Welcome to ECCLESIASTES at SIMON THAPA

ECCLESIASTES - Start Date / November 23/2025 .

End Date / .......

ECCLESIASTES - Introduction

उपदेशक पुस्‍तक परिचय

पुस्‍तक परिचय
उपदेशकको पुस्तकमा एक “दार्शनिक” को विचार हामी पढ्न पाउँछौं। मानव जीवन कति छोटो छ अनि धेरै अमिल्दा विषयहरूले बुनिएको छ, जीवनमा रहस्य छ, अन्याय छ, भ्रष्‍टचार छ, अनि यो सबैलाई हेरेर दार्शनिक भन्छन् “सबै कुरा व्यर्थ छन्।”
तर यही लेखकले कडा परिश्रमको महत्वबारे उत्ति नै जोड दिएका छन्। परमेश्‍वरका दान वरदानहरू खुशीसाथ ग्रहण गर्नुपर्छ र उपभोग गर्नुपर्छ भनी सिकाएका छन्। दार्शनिकका धेरै विचारहरू निराशाजनक र नकारात्मक देखिन्छन्। जीवनका समस्या र शंकाहरूले यस पुस्तकद्वारा बाइबलमा स्थान पाएका छन्। अनि ती सबै प्रश्‍नका उत्तर पनि मानिसहरूले बाइबलबाट नै निकालेका छन्। परमेश्‍वरमा नै हामी जीवनको साँचो अर्थ र उद्देश्य पाउन सक्छौं।

ECCLESIASTES - 1:1-18,

उपदेशक 1

सबै कुरा व्यर्थ हुन्
1दाऊदका छोरा, यरूशलेमका राजा, उपदेशकका वचन:
The words of the Preacher, the son of David, king in Jerusalem.
2उपदेशक भन्‍दछन्, “व्‍यर्थ नै व्‍यर्थ, पूर्ण रूपमा व्‍यर्थ, सबै व्‍यर्थ हुन्‌।”
Vanity of vanities, saith the Preacher, vanity of vanities; all is vanity.
3मानिसले आफ्‍ना सारा कामबाट के लाभ पाउँछ, जसमा त्‍यसले सूर्यमुनि कठिन परिश्रम गर्दछ? 
What profit hath a man of all his labour which he taketh under the sun?
4पुस्‍ताहरू आउँछन्, पुस्‍ताहरू जान्‍छन्, तर पृथ्‍वीचाहिँ सदासर्वदै रहिरहन्‍छ।
One generation passeth away, and another generation cometh: but the earth abideth for ever.
5सूर्य उदाउँछ र अस्‍ताउँछ। त्‍यो आफू उदाएको ठाउँमा चाँड़ो जान्‍छ।
The sun also ariseth, and the sun goeth down, and hasteth to his place where he arose.
 6बतास दक्षिणतिर बहन्‍छ, अनि उत्तरतिर फर्कन्‍छ। त्‍यो सधैँ आफ्‍नै चक्‍करमा फर्केर घुमिरहन्‍छ।
The wind goeth toward the south, and turneth about unto the north; it whirleth about continually, and the wind returneth again according to his circuits.
 7सबै खोलाहरू समुद्रमा नै बगेर जान्‍छन्, तापनि समुद्र कहिल्‍यै भरिँदैन। जुन स्‍थानबाट खोलाहरू आउँछन्, ती फेरि त्‍यहीँ नै फर्केर जान्‍छन्‌।
All the rivers run into the sea; yet the sea is not full; unto the place from whence the rivers come, thither they return again.
8सबै कुराहरू विरक्त छन्, यतिसम्‍म कि कसैले पनि त्‍यसको वर्णन गर्न सक्‍दैन। देखेर आँखा कहिल्‍यै सन्‍तुष्‍ट हुँदैन, न त सुनेर कान तृप्‍त हुन्‍छ। 
All things are full of labour; man cannot utter it: the eye is not satisfied with seeing, nor the ear filled with hearing.
9जे भएको छ त्‍यो फेरि हुनेछ, र जे गरिएको छ त्‍यो फेरि गरिनेछ। सूर्यमुनि कुनै कुरा नयाँ छैन। The thing that hath been, it is that which shall be; and that which is done is that which shall be done: and there is no new thing under the sun.
10के कुनै कुरो छ, जसको बारेमा कसैले भन्‍न सक्‍छ, “हेर त, यो त नयाँ कुरो हो”? त्‍यो त पहिलेदेखि नै यहाँ थियो, हाम्रो पालोभन्‍दा उहिले नै।
Is there any thing whereof it may be said, See, this is new? it hath been already of old time, which was before us.
 11प्राचीन कालका मानिसहरूको केही सम्‍झना रहँदैन, अनि ती जुन अझ आउनेवालाहरू छन्, उनीहरूभन्‍दा पछि आउनेहरूले उनीहरूको सम्‍झना गर्नेछैनन्‌। There is no remembrance of former things; neither shall there be any remembrance of things that are to come with those that shall come after.
 
उपदेशकको अनुभव
12म, उपदेशकले यरूशलेममा इस्राएलका राजा भएर शासन गरें।
I the Preacher was king over Israel in Jerusalem.
 13आकाशमुनि जे-जे गरिन्‍छन्‌ ती सबै ज्ञानद्वारा अध्‍ययन र अनुसन्‍धान गर्न मैले आफ्‍नो मनमा निश्‍चय गरें। कति ठूलो अभिभारा परमेश्‍वरले मानिसहरूमाथि राखिदिनुभएको छ! 
And I gave my heart to seek and search out by wisdom concerning all things that are done under heaven: this sore travail hath God given to the sons of man to be exercised therewith.
14सूर्यमुनि गरिएका सबै काम मैले देखेको छु। ती सबै व्‍यर्थ हुन्, बतासलाई खेदेको जस्‍तो मात्र। 
I have seen all the works that are done under the sun; and, behold, all is vanity and vexation of spirit.
15जे बाङ्गो छ, त्‍यसलाई सोझ्‍याउन सकिँदैन। जे छँदैछैन, त्‍यसको गन्‍ती हुँदैन। That which is crooked cannot be made straight: and that which is wanting cannot be numbered.
16मैले आफ्‍नो मनमा विचार गरें, “हेर त, मभन्‍दा अघि यरूशलेममा राज्‍य गर्ने कुनै व्‍यक्तिभन्‍दा मैले बुद्धिमा बढ़ी अनुभव गरेको छु। ज्ञान र बुद्धिको मैले धेरै अनुभव गरें।”  
I communed with mine own heart, saying, Lo, I am come to great estate, and have gotten more wisdom than all they that have been before me in Jerusalem: yea, my heart had great experience of wisdom and knowledge.
17तब बुद्धि बुझ्‍न र पागलपन र मूर्खता जान्‍नमा मैले मेरो मन लगाएँ। तर यो पनि बतासलाई खेदेको जस्‍तो मात्र रहेछ भन्‍ने मैले थाहा पाएँ।
And I gave my heart to know wisdom, and to know madness and folly: I perceived that this also is vexation of spirit.
 18किनकि धेरै बुद्धिले धेरै दु:ख ल्‍याउँछ, धेरै ज्ञानले धेरै पीर।
For in much wisdom is much grief: and he that increaseth knowledge increaseth sorrow.
..............................................................................................................................................................
1 The words of the Preacher, the son of David, king in Jerusalem.
2 Vanity of vanities, saith the Preacher, vanity of vanities; all is vanity.
3 What profit hath a man of all his labour which he taketh under the sun?
4 One generation passeth away, and another generation cometh: but the earth abideth for ever.
5 The sun also ariseth, and the sun goeth down, and hasteth to his place where he arose.
6 The wind goeth toward the south, and turneth about unto the north; it whirleth about continually, and the wind returneth again according to his circuits.
7 All the rivers run into the sea; yet the sea is not full; unto the place from whence the rivers come, thither they return again.
8 All things are full of labour; man cannot utter it: the eye is not satisfied with seeing, nor the ear filled with hearing.
9 The thing that hath been, it is that which shall be; and that which is done is that which shall be done: and there is no new thing under the sun.
10 Is there any thing whereof it may be said, See, this is new? it hath been already of old time, which was before us.
11 There is no remembrance of former things; neither shall there be any remembrance of things that are to come with those that shall come after.
12 I the Preacher was king over Israel in Jerusalem.
13 And I gave my heart to seek and search out by wisdom concerning all things that are done under heaven: this sore travail hath God given to the sons of man to be exercised therewith.
14 I have seen all the works that are done under the sun; and, behold, all is vanity and vexation of spirit.
15 That which is crooked cannot be made straight: and that which is wanting cannot be numbered.
16 I communed with mine own heart, saying, Lo, I am come to great estate, and have gotten more wisdom than all they that have been before me in Jerusalem: yea, my heart had great experience of wisdom and knowledge.
17 And I gave my heart to know wisdom, and to know madness and folly: I perceived that this also is vexation of spirit.
18 For in much wisdom is much grief: and he that increaseth knowledge increaseth sorrow.
................................................................................................................................................................

उपदेशक 1

सबै कुरा व्यर्थ हुन्
1दाऊदका छोरा, यरूशलेमका राजा, उपदेशकका वचन:
2उपदेशक भन्‍दछन्, “व्‍यर्थ नै व्‍यर्थ, पूर्ण रूपमा व्‍यर्थ, सबै व्‍यर्थ हुन्‌।”
3मानिसले आफ्‍ना सारा कामबाट के लाभ पाउँछ, जसमा त्‍यसले सूर्यमुनि कठिन परिश्रम गर्दछ? 4पुस्‍ताहरू आउँछन्, पुस्‍ताहरू जान्‍छन्, तर पृथ्‍वीचाहिँ सदासर्वदै रहिरहन्‍छ।
5सूर्य उदाउँछ र अस्‍ताउँछ। त्‍यो आफू उदाएको ठाउँमा चाँड़ो जान्‍छ। 6बतास दक्षिणतिर बहन्‍छ, अनि उत्तरतिर फर्कन्‍छ। त्‍यो सधैँ आफ्‍नै चक्‍करमा फर्केर घुमिरहन्‍छ। 7सबै खोलाहरू समुद्रमा नै बगेर जान्‍छन्, तापनि समुद्र कहिल्‍यै भरिँदैन। जुन स्‍थानबाट खोलाहरू आउँछन्, ती फेरि त्‍यहीँ नै फर्केर जान्‍छन्‌।
8सबै कुराहरू विरक्त छन्, यतिसम्‍म कि कसैले पनि त्‍यसको वर्णन गर्न सक्‍दैन। देखेर आँखा कहिल्‍यै सन्‍तुष्‍ट हुँदैन, न त सुनेर कान तृप्‍त हुन्‍छ। 9जे भएको छ त्‍यो फेरि हुनेछ, र जे गरिएको छ त्‍यो फेरि गरिनेछ। सूर्यमुनि कुनै कुरा नयाँ छैन। 10के कुनै कुरो छ, जसको बारेमा कसैले भन्‍न सक्‍छ, “हेर त, यो त नयाँ कुरो हो”? त्‍यो त पहिलेदेखि नै यहाँ थियो, हाम्रो पालोभन्‍दा उहिले नै। 11प्राचीन कालका मानिसहरूको केही सम्‍झना रहँदैन, अनि ती जुन अझ आउनेवालाहरू छन्, उनीहरूभन्‍दा पछि आउनेहरूले उनीहरूको सम्‍झना गर्नेछैनन्‌।
उपदेशकको अनुभव
12म, उपदेशकले यरूशलेममा इस्राएलका राजा भएर शासन गरें। 13आकाशमुनि जे-जे गरिन्‍छन्‌ ती सबै ज्ञानद्वारा अध्‍ययन र अनुसन्‍धान गर्न मैले आफ्‍नो मनमा निश्‍चय गरें। कति ठूलो अभिभारा परमेश्‍वरले मानिसहरूमाथि राखिदिनुभएको छ! 14सूर्यमुनि गरिएका सबै काम मैले देखेको छु। ती सबै व्‍यर्थ हुन्, बतासलाई खेदेको जस्‍तो मात्र। 15जे बाङ्गो छ, त्‍यसलाई सोझ्‍याउन सकिँदैन। जे छँदैछैन, त्‍यसको गन्‍ती हुँदैन।
16मैले आफ्‍नो मनमा विचार गरें, “हेर त, मभन्‍दा अघि यरूशलेममा राज्‍य गर्ने कुनै व्‍यक्तिभन्‍दा मैले बुद्धिमा बढ़ी अनुभव गरेको छु। ज्ञान र बुद्धिको मैले धेरै अनुभव गरें।”  17तब बुद्धि बुझ्‍न र पागलपन र मूर्खता जान्‍नमा मैले मेरो मन लगाएँ। तर यो पनि बतासलाई खेदेको जस्‍तो मात्र रहेछ भन्‍ने मैले थाहा पाएँ। 18किनकि धेरै बुद्धिले धेरै दु:ख ल्‍याउँछ, धेरै ज्ञानले धेरै पीर।

ECCLESIASTES - 2:1-26.

उपदेशक 2

सुख-विलास व्यर्थ हुन्
1मैले आफ्‍नो मनमा विचार गरें, “आऊ, अब असल कुरोचाहिँ के हो भनी पत्ता लाउन म सुख-विलाससित तिम्रो जाँच गर्नेछु।” तर त्‍यो पनि व्‍यर्थै रहेछ भनी प्रमाणित भयो। 2मैले भनें, “हाँसो मूर्खता हो। अनि सुख-विलासले के फाइदा गर्छ?” 3दाखमद्य पिएर तथा मूर्खतालाई अँगालेर मैले आफैलाई प्रफुल्‍ल तुल्‍याउन कोशिश गरें— मेरो मनले अझै मलाई बुद्धिद्वारा डोर्‍याउँदैथियो। आकाशमुनि यस छोटो जीवनमा मानिसहरूका निम्‍ति असल काम के हो सो जान्‍न भनी मैले इच्‍छा गरें।
4मैले ठूला योजनाहरू थालें। मैले मेरो निम्‍ति घरहरू बनाएँ। मैले दाखको खेत स्‍थापना गरें।  5मैले बगैँचाहरू र उद्यानहरू बनाएँ र तिनमा सबै प्रकारका फलफूलका रूखहरू रोपें। 6लहलह बढ्‌दैगरेका वृक्षहरूका उद्यानहरूलाई सिँचाइ गर्न मैले पानीका ठूला-ठूला जलाशयहरू बनाएँ। 7मैले कमारा-कमारीहरू किनें र मेरो घरमा जन्‍मेका अरू कमारा-कमारी पनि थिए। मअघि यरूशलेममा हुने अरू कुनैका पनि मेरा भन्‍दा धेरै गाईबस्‍तुका बथान र भेड़ाबाख्राहरूका बगाल थिएनन्‌।  8मैले मेरो निम्‍ति सुन र चाँदी तथा राजाहरू र देश-देशबाट धन-सम्‍पत्ति थुपारें। मैले गायक र गायिकाहरू र एउटा स्‍त्रीगृह पनि मानिसका हृदयको मनोरञ्‍जनको निम्‍ति प्राप्‍त गरें।  9यरूशलेममा मेरो अघिका सबैभन्‍दा म धेरै महान्‌ भएँ। यी सबैमा मेरो बुद्धि मसँगै रह्यो। 
10मेरा आँखाले अभिलाषा गरेको केही प्राप्‍त गर्न मैले आफैलाई इन्‍कार गरिनँ। कुनै सुख-विलास मेरो हृदयलाई मैले इन्‍कार गरिनँ। मेरा सारा कामहरूमा मेरो हृदय आनन्‍दित भयो, र योचाहिँ मेरा सबै परिश्रमको फल थियो। 11तापनि मेरा हातहरूले गरेका सबै कार्यहरू र प्राप्‍त गर्नलाई मैले परिश्रम गरेका सबै कुरा जब मैले निरीक्षण गरें, तब प्रत्‍येक कुरा व्‍यर्थ थियो। बतासलाई खेदेको जस्‍तो मात्र रहेछ। सूर्यमुनि केही उपलब्‍धि भएन।
बुद्धि र मूर्खता व्‍यर्थका हुन्‌
12तब बुद्धि, तथा पागलपन र मूर्खता पनि के रहेछन्‌ भनी सोच्‍नलाई मैले मेरा विचार त्‍यसतिर फर्काएँ। राजाले अघि नै गरिराखेका कामभन्‍दा तिनको पछि आउनेले अरू के बढ़ी गर्न सक्‍छ र? 13मैले के देखें भने जसरी अँध्‍यारोभन्‍दा उज्‍यालो असल हुन्‍छ, त्‍यसरी नै मूर्खताभन्‍दा बुद्धि असल हुन्‍छ। 14बुद्धिमान्‌ मानिसका आँखा त्‍यसको शिरमा हुन्‍छन्, तर मूर्खचाहिँ अन्‍धकारमा हिँड्‌छ। तर मैले थाहा पाएँ कि यी दुवैमाथि एउटै दशा आइपर्नेछ।
15तब मैले आफ्‍नो मनमा विचार गरें, “मूर्खको दशा ममाथि पनि आइलाग्‍नेछ। म बुद्धिमान्‌ भएको के लाभ भयो त?” मैले मेरो मनमा भने, “यो पनि व्‍यर्थै रहेछ।” 16किनकि बुद्धिमान्‌ मानिसको पनि मूर्खको झैँ धेरै सम्‍झना रहँदैन। आउने दिनहरूमा दुवै जना बिर्सिइनेछन्‌। मूर्खजस्‍तै बुद्धिमान्‌ मानिस पनि मर्नैपर्छ।
परिश्रम पनि व्‍यर्थ हो
17यसैले मैले मेरो जीवनलाई घृणा गरें, किनभने सूर्यमुनि गरेको काम मेरो निम्‍ति दु:खदायी रहेछ। ती सबै व्‍यर्थ हुन्, बतासलाई खेदेको जस्‍तो मात्र। 18सूर्यमुनि सबै कुरा, जसका निम्‍ति मैले परिश्रम गरेको छु, ती सबै मैले घृणा गरें, किनभने मैले ती मपछि आउनेको निम्‍ति छोड्‌नैपर्छ। 19अनि कसले जान्‍दछ, त्‍यो बुद्धिमान्‌ हो कि मूर्ख? तापनि मैले सूर्यमुनि गरेका सबै कार्यहरू त्‍यसकै अधीनमा रहनेछन्, जसमा मैले मेरा सारा प्रयास र सीप लगाएको छु। यो पनि व्‍यर्थ हो। 20तब सूर्यमुनि गरेका मेरा सबै परिश्रम र मेहनतलाई सम्‍झेर म स्‍वयम्‌ निराश भएँ। 21किनभने बुद्धि, ज्ञान र निपुणतासित कुनै मानिसले काम गरे तापनि त्‍यसले प्राप्‍त गरेका सबै अरू कसैको लागि छोड़िदिनैपर्छ, जसले त्‍यसको निम्‍ति काम गरेकै छैन। यो पनि व्‍यर्थ, र ठूलो दुर्भाग्‍य हो। 22सूर्यमुनि आफैले गरेका सबै मेहनत र चिन्‍तासहितको परिश्रमबाट मानिसले के पाउँछ र? 23त्‍यसका सबै दिनका काम पीर र दु:ख हुन्‌। राती पनि त्‍यसको मनले विश्राम पाउँदैन। त्‍यो पनि व्‍यर्थै हो। 
24मानिसले खानु, पिउनु र आफ्‍नो काममा सन्‍तुष्‍ट रहनुभन्‍दा अरू अझ बढ़ी केही गर्न सक्‍दैन। यो पनि परमेश्‍वरको हातबाट आएको म देख्‍छु।  25किनभने उहाँविना कसले खान वा सुख प्राप्‍त गर्न सक्‍छ र? 26जुन मानिसले परमेश्‍वरलाई खुशी तुल्‍याउँछ त्‍यसैलाई उहाँले बुद्धि, ज्ञान र आनन्‍द दिनुहुन्‍छ। तर पापीलाई चाहिँ उहाँले परमेश्‍वरलाई खुशी तुल्‍याउने व्‍यक्तिको निम्‍ति धन-सम्‍पत्ति जम्‍मा गर्ने र थुपार्ने काम दिनुहुन्‍छ। यो पनि व्‍यर्थ, र बतासलाई खेदेको जस्‍तो मात्र हो। 

...................................................................................................................

1 I said in mine heart, Go to now, I will prove thee with mirth, therefore enjoy pleasure: and, behold, this also is vanity.
2 I said of laughter, It is mad: and of mirth, What doeth it?
3 I sought in mine heart to give myself unto wine, yet acquainting mine heart with wisdom; and to lay hold on folly, till I might see what was that good for the sons of men, which they should do under the heaven all the days of their life.
4 I made me great works; I builded me houses; I planted me vineyards:
5 I made me gardens and orchards, and I planted trees in them of all kind of fruits:
6 I made me pools of water, to water therewith the wood that bringeth forth trees:
7 I got me servants and maidens, and had servants born in my house; also I had great possessions of great and small cattle above all that were in Jerusalem before me:
8 I gathered me also silver and gold, and the peculiar treasure of kings and of the provinces: I gat me men singers and women singers, and the delights of the sons of men, as musical instruments, and that of all sorts.
9 So I was great, and increased more than all that were before me in Jerusalem: also my wisdom remained with me.
10 And whatsoever mine eyes desired I kept not from them, I withheld not my heart from any joy; for my heart rejoiced in all my labour: and this was my portion of all my labour.
11 Then I looked on all the works that my hands had wrought, and on the labour that I had laboured to do: and, behold, all was vanity and vexation of spirit, and there was no profit under the sun.
12 And I turned myself to behold wisdom, and madness, and folly: for what can the man do that cometh after the king? even that which hath been already done.
13 Then I saw that wisdom excelleth folly, as far as light excelleth darkness.
14 The wise man's eyes are in his head; but the fool walketh in darkness: and I myself perceived also that one event happeneth to them all.
15 Then said I in my heart, As it happeneth to the fool, so it happeneth even to me; and why was I then more wise? Then I said in my heart, that this also is vanity.
16 For there is no remembrance of the wise more than of the fool for ever; seeing that which now is in the days to come shall all be forgotten. And how dieth the wise man? as the fool.
17 Therefore I hated life; because the work that is wrought under the sun is grievous unto me: for all is vanity and vexation of spirit.
18 Yea, I hated all my labour which I had taken under the sun: because I should leave it unto the man that shall be after me.
19 And who knoweth whether he shall be a wise man or a fool? yet shall he have rule over all my labour wherein I have laboured, and wherein I have shewed myself wise under the sun. This is also vanity.
20 Therefore I went about to cause my heart to despair of all the labour which I took under the sun.
21 For there is a man whose labour is in wisdom, and in knowledge, and in equity; yet to a man that hath not laboured therein shall he leave it for his portion. This also is vanity and a great evil.
22 For what hath man of all his labour, and of the vexation of his heart, wherein he hath laboured under the sun?
23 For all his days are sorrows, and his travail grief; yea, his heart taketh not rest in the night. This is also vanity.
24 There is nothing better for a man, than that he should eat and drink, and that he should make his soul enjoy good in his labour. This also I saw, that it was from the hand of God.
25 For who can eat, or who else can hasten hereunto, more than I?
26 For God giveth to a man that is good in his sight wisdom, and knowledge, and joy: but to the sinner he giveth travail, to gather and to heap up, that he may give to him that is good before God. This also is vanity and vexation of spirit.

....................................................................................................................

उपदेशक 2

सुख-विलास व्यर्थ हुन्
1मैले आफ्‍नो मनमा विचार गरें, “आऊ, अब असल कुरोचाहिँ के हो भनी पत्ता लाउन म सुख-विलाससित तिम्रो जाँच गर्नेछु।” तर त्‍यो पनि व्‍यर्थै रहेछ भनी प्रमाणित भयो।
I said in mine heart, Go to now, I will prove thee with mirth, therefore enjoy pleasure: and, behold, this also is vanity.
 2मैले भनें, “हाँसो मूर्खता हो। अनि सुख-विलासले के फाइदा गर्छ?”
I said of laughter, It is mad: and of mirth, What doeth it?
 3दाखमद्य पिएर तथा मूर्खतालाई अँगालेर मैले आफैलाई प्रफुल्‍ल तुल्‍याउन कोशिश गरें— मेरो मनले अझै मलाई बुद्धिद्वारा डोर्‍याउँदैथियो। आकाशमुनि यस छोटो जीवनमा मानिसहरूका निम्‍ति असल काम के हो सो जान्‍न भनी मैले इच्‍छा गरें। I sought in mine heart to give myself unto wine, yet acquainting mine heart with wisdom; and to lay hold on folly, till I might see what was that good for the sons of men, which they should do under the heaven all the days of their life.
4मैले ठूला योजनाहरू थालें। मैले मेरो निम्‍ति घरहरू बनाएँ। मैले दाखको खेत स्‍थापना गरें।  
I made me great works; I builded me houses; I planted me vineyards:
5मैले बगैँचाहरू र उद्यानहरू बनाएँ र तिनमा सबै प्रकारका फलफूलका रूखहरू रोपें। 
I made me gardens and orchards, and I planted trees in them of all kind of fruits:
6लहलह बढ्‌दैगरेका वृक्षहरूका उद्यानहरूलाई सिँचाइ गर्न मैले पानीका ठूला-ठूला जलाशयहरू बनाएँ।
I made me pools of water, to water therewith the wood that bringeth forth trees:
 7मैले कमारा-कमारीहरू किनें र मेरो घरमा जन्‍मेका अरू कमारा-कमारी पनि थिए। मअघि यरूशलेममा हुने अरू कुनैका पनि मेरा भन्‍दा धेरै गाईबस्‍तुका बथान र भेड़ाबाख्राहरूका बगाल थिएनन्‌। 
I got me servants and maidens, and had servants born in my house; also I had great possessions of great and small cattle above all that were in Jerusalem before me:
 8मैले मेरो निम्‍ति सुन र चाँदी तथा राजाहरू र देश-देशबाट धन-सम्‍पत्ति थुपारें। मैले गायक र गायिकाहरू र एउटा स्‍त्रीगृह पनि मानिसका हृदयको मनोरञ्‍जनको निम्‍ति प्राप्‍त गरें। 
I gathered me also silver and gold, and the peculiar treasure of kings and of the provinces: I gat me men singers and women singers, and the delights of the sons of men, as musical instruments, and that of all sorts.
 9यरूशलेममा मेरो अघिका सबैभन्‍दा म धेरै महान्‌ भएँ। यी सबैमा मेरो बुद्धि मसँगै रह्यो।  So I was great, and increased more than all that were before me in Jerusalem: also my wisdom remained with me.
10मेरा आँखाले अभिलाषा गरेको केही प्राप्‍त गर्न मैले आफैलाई इन्‍कार गरिनँ। कुनै सुख-विलास मेरो हृदयलाई मैले इन्‍कार गरिनँ। मेरा सारा कामहरूमा मेरो हृदय आनन्‍दित भयो, र योचाहिँ मेरा सबै परिश्रमको फल थियो। And whatsoever mine eyes desired I kept not from them, I withheld not my heart from any joy; for my heart rejoiced in all my labour: and this was my portion of all my labour.
11तापनि मेरा हातहरूले गरेका सबै कार्यहरू र प्राप्‍त गर्नलाई मैले परिश्रम गरेका सबै कुरा जब मैले निरीक्षण गरें, तब प्रत्‍येक कुरा व्‍यर्थ थियो। बतासलाई खेदेको जस्‍तो मात्र रहेछ। सूर्यमुनि केही उपलब्‍धि भएन।
बुद्धि र मूर्खता व्‍यर्थका हुन्‌ Then I looked on all the works that my hands had wrought, and on the labour that I had laboured to do: and, behold, all was vanity and vexation of spirit, and there was no profit under the sun.
12तब बुद्धि, तथा पागलपन र मूर्खता पनि के रहेछन्‌ भनी सोच्‍नलाई मैले मेरा विचार त्‍यसतिर फर्काएँ। राजाले अघि नै गरिराखेका कामभन्‍दा तिनको पछि आउनेले अरू के बढ़ी गर्न सक्‍छ र?
And I turned myself to behold wisdom, and madness, and folly: for what can the man do that cometh after the king? even that which hath been already done.
 13मैले के देखें भने जसरी अँध्‍यारोभन्‍दा उज्‍यालो असल हुन्‍छ, त्‍यसरी नै मूर्खताभन्‍दा बुद्धि असल हुन्‍छ। Then I saw that wisdom excelleth folly, as far as light excelleth darkness.
 14बुद्धिमान्‌ मानिसका आँखा त्‍यसको शिरमा हुन्‍छन्, तर मूर्खचाहिँ अन्‍धकारमा हिँड्‌छ। तर मैले थाहा पाएँ कि यी दुवैमाथि एउटै दशा आइपर्नेछ। The wise man's eyes are in his head; but the fool walketh in darkness: and I myself perceived also that one event happeneth to them all.
15तब मैले आफ्‍नो मनमा विचार गरें, “मूर्खको दशा ममाथि पनि आइलाग्‍नेछ। म बुद्धिमान्‌ भएको के लाभ भयो त?” मैले मेरो मनमा भने, “यो पनि व्‍यर्थै रहेछ।” 
Then said I in my heart, As it happeneth to the fool, so it happeneth even to me; and why was I then more wise? Then I said in my heart, that this also is vanity.
16किनकि बुद्धिमान्‌ मानिसको पनि मूर्खको झैँ धेरै सम्‍झना रहँदैन। आउने दिनहरूमा दुवै जना बिर्सिइनेछन्‌। मूर्खजस्‍तै बुद्धिमान्‌ मानिस पनि मर्नैपर्छ।
परिश्रम पनि व्‍यर्थ हो For there is no remembrance of the wise more than of the fool for ever; seeing that which now is in the days to come shall all be forgotten. And how dieth the wise man? as the fool.
17यसैले मैले मेरो जीवनलाई घृणा गरें, किनभने सूर्यमुनि गरेको काम मेरो निम्‍ति दु:खदायी रहेछ। ती सबै व्‍यर्थ हुन्, बतासलाई खेदेको जस्‍तो मात्र। 
Therefore I hated life; because the work that is wrought under the sun is grievous unto me: for all is vanity and vexation of spirit.
18सूर्यमुनि सबै कुरा, जसका निम्‍ति मैले परिश्रम गरेको छु, ती सबै मैले घृणा गरें, किनभने मैले ती मपछि आउनेको निम्‍ति छोड्‌नैपर्छ।
Yea, I hated all my labour which I had taken under the sun: because I should leave it unto the man that shall be after me.
 19अनि कसले जान्‍दछ, त्‍यो बुद्धिमान्‌ हो कि मूर्ख? तापनि मैले सूर्यमुनि गरेका सबै कार्यहरू त्‍यसकै अधीनमा रहनेछन्, जसमा मैले मेरा सारा प्रयास र सीप लगाएको छु। यो पनि व्‍यर्थ हो। 
And who knoweth whether he shall be a wise man or a fool? yet shall he have rule over all my labour wherein I have laboured, and wherein I have shewed myself wise under the sun. This is also vanity.
20तब सूर्यमुनि गरेका मेरा सबै परिश्रम र मेहनतलाई सम्‍झेर म स्‍वयम्‌ निराश भएँ। 
Therefore I went about to cause my heart to despair of all the labour which I took under the sun.
21किनभने बुद्धि, ज्ञान र निपुणतासित कुनै मानिसले काम गरे तापनि त्‍यसले प्राप्‍त गरेका सबै अरू कसैको लागि छोड़िदिनैपर्छ, जसले त्‍यसको निम्‍ति काम गरेकै छैन। यो पनि व्‍यर्थ, र ठूलो दुर्भाग्‍य हो।
For there is a man whose labour is in wisdom, and in knowledge, and in equity; yet to a man that hath not laboured therein shall he leave it for his portion. This also is vanity and a great evil.
 22सूर्यमुनि आफैले गरेका सबै मेहनत र चिन्‍तासहितको परिश्रमबाट मानिसले के पाउँछ र? For what hath man of all his labour, and of the vexation of his heart, wherein he hath laboured under the sun?
23त्‍यसका सबै दिनका काम पीर र दु:ख हुन्‌। राती पनि त्‍यसको मनले विश्राम पाउँदैन। त्‍यो पनि व्‍यर्थै हो।  For all his days are sorrows, and his travail grief; yea, his heart taketh not rest in the night. This is also vanity.
24मानिसले खानु, पिउनु र आफ्‍नो काममा सन्‍तुष्‍ट रहनुभन्‍दा अरू अझ बढ़ी केही गर्न सक्‍दैन। यो पनि परमेश्‍वरको हातबाट आएको म देख्‍छु। 
There is nothing better for a man, than that he should eat and drink, and that he should make his soul enjoy good in his labour. This also I saw, that it was from the hand of God.
 25किनभने उहाँविना कसले खान वा सुख प्राप्‍त गर्न सक्‍छ र? 
For who can eat, or who else can hasten hereunto, more than I?
26जुन मानिसले परमेश्‍वरलाई खुशी तुल्‍याउँछ त्‍यसैलाई उहाँले बुद्धि, ज्ञान र आनन्‍द दिनुहुन्‍छ। तर पापीलाई चाहिँ उहाँले परमेश्‍वरलाई खुशी तुल्‍याउने व्‍यक्तिको निम्‍ति धन-सम्‍पत्ति जम्‍मा गर्ने र थुपार्ने काम दिनुहुन्‍छ। यो पनि व्‍यर्थ, र बतासलाई खेदेको जस्‍तो मात्र हो। 
For God giveth to a man that is good in his sight wisdom, and knowledge, and joy: but to the sinner he giveth travail, to gather and to heap up, that he may give to him that is good before God. This also is vanity and vexation of spirit.

ECCLESIASTES - 3:1-22,

उपदेशक 3

प्रत्येक कुराको लागि समय छ
1सबै कुराका लागि समय छ,
र आकाशमुनि सबै कार्यकलापको बेला छ:
2जन्‍मने एउटा समय छ,
र मर्ने एउटा समय। रोप्‍ने एउटा समय छ,
र उखेल्‍ने एउटा समय।
3मार्ने एउटा समय छ,
र निको पार्ने एउटा समय। भत्‍काउने एउटा समय छ,
र बनाउने एउटा समय।
4रुने एउटा समय छ,
र हाँस्‍ने एउटा समय। शोक गर्ने एउटा समय छ,
र नाच्‍ने एउटा समय।
5ढुङ्गा छर्ने एउटा समय छ,
र ती बटुल्‍ने एउटा समय। अँगाल्‍ने एउटा समय छ,
र अलग रहने एउटा समय।
6खोज्‍ने एउटा समय छ,
र छोड़िदिने एउटा समय। राख्‍ने एउटा समय छ,
र फाल्‍ने एउटा समय।
7च्‍यात्‍ने एउटा समय छ,
र मरम्‍मत गर्ने एउटा समय। चूप लाग्‍ने एउटा समय छ,
र बोल्‍ने एउटा समय।
8प्रेम गर्ने एउटा समय छ,
र घृणा गर्ने एउटा समय। युद्ध गर्ने एउटा समय छ,
र मेलमिलाप गर्ने एउटा समय।
9काम गर्नेले आफ्‍नो परिश्रमबाट के लाभ पाउँछ र? 10परमेश्‍वरले मानिसहरूमाथि राखिदिनुभएको भार मैले देखेको छु। 11उहाँले हरेक कुरालाई आफ्‍नो समयमा सुन्‍दर बनाउनुभएको छ। उहाँले मानिसका हृदयमा अनन्‍तता पनि राखिदिनुभएको छ। तापनि तिनीहरूले परमेश्‍वरले आदिदेखि अन्‍त्‍यसम्‍म के गर्नुभएको छ त्‍यसको गहिराइलाई बुझ्‍न सक्‍दैनन्‌। 12म जान्‍दछु कि मानिसको निम्‍ति आफू जीवित रहँदा आनन्‍दित रहनु र असल गर्नुभन्‍दा अरू असल कुरो केही छैन। 13परमेश्‍वरको दान यही हो कि हरेक मानिसले खाओस्, पिओस्, र आफ्‍नो सारा परिश्रममा सन्‍तुष्‍ट रहोस्‌। 14मलाई थाहा छ कि परमेश्‍वरले जे गर्नुहुन्‍छ त्‍यो सधैँभरि नै रहिरहन्‍छ। त्‍यसमा केही थप्‍न वा घटाउन सकिँदैन। मानिसहरूले उहाँलाई श्रद्धा गरून्‌ भनी परमेश्‍वर यसो गर्नुहुन्‍छ।
15जे छ त्‍यो अघिदेखि नै थियो, जे हुनेछ त्‍यो पहिलेदेखि थियो। परमेश्‍वरले भूतकालमा भएका कुराहरूको हरहिसाब लिनुहुन्‍छ।
16अनि मैले सूर्यमुनि अर्कै कुरा पनि देखें: न्‍यायको सट्टामा खराबी पो रहेछ, धार्मिकताको सट्टामा खराबी पो रहेछ।
17मैले आफ्‍नो मनमा विचार गरें, “परमेश्‍वरले धर्मी र दुष्‍ट दुवैलाई न्‍यायमा ल्‍याउनुहुनेछ, किनकि हरेक कार्यको समय हुनेछ, र हरेक कामको समय हुनेछ।”
18मैले यो पनि सोचें, “मानिसहरू त पशुसरह हुन्‌ भन्‍ने जानून्‌ भनी परमेश्‍वरले तिनीहरूको जाँच गर्नुहुन्‍छ। 19मानिसको भाग्‍य पशुको झैँ हुन्‍छ। ती दुवैको एउटै दशाले प्रतीक्षा गरिरहन्‍छ। एउटा जसरी मर्छ, अर्को पनि त्‍यसरी नै मर्छ। सबैको एउटै सास हुन्‍छ। मानिसहरूको पशुभन्‍दा बढ़ी सुविधा हुँदैन। हरेक कुरा व्‍यर्थ हो। 20सबै एउटै ठाउँमा जान्‍छन्, किनभने सबै धूलोबाट आएका हुन्‌ र सबै धूलोमा फर्किजान्‍छन्‌। 21मानिसको आत्‍माचाहिँ उँभोतिर र पशुको तल माटोमा जान्‍छ भनी कसले जान्‍दछ र?
22यसैले मैले देखें कि मानिसको निम्‍ति त आफ्‍नै काममा आनन्‍द लिनुभन्‍दा अरू असल कुरो केही हुँदैन, किनभने त्‍यही नै त्‍यसको भाग हो। किनकि कसले त्‍यसलाई त्‍योभन्‍दा पछि हुने कुराहरू देखाउन सक्‍छ र?

.........................................................................................................................

..............................................................................................................................

ECCLESIASTES - 4:1-16,

उपदेशक 4

अत्याचार, परिश्रम, मित्रहीनता
1फेरि मैले हेरें, र सूर्यमुनि भइरहेका सबै अत्‍याचार देखें। अत्‍याचारमा परेकाहरूको आँसु मैले देखें, अनि तिनीहरूलाई सान्‍त्‍वना दिने कोही छैन। अत्‍याचारीहरूका पक्षमा शक्ति थियो, र अत्‍याचारमा परेकाहरूलाई सान्‍त्‍वना दिने कोही थिएन। 2यसैले मैले प्रष्‍टै भनें कि मृतकहरू जुन मरिसकेका छन्, तिनीहरू हालका जीवितहरूभन्‍दा खुशी छन्‌। 3तर ती दुवैभन्‍दा पनि अझ सुखीचाहिँ त्‍यो व्‍यक्ति हो, जो अहिलेसम्‍म भएको छैन, र जसले सूर्यमुनि गरिने दुष्‍ट काम देखेकै छैन।
4अनि मैले यो देखें कि सबै परिश्रम र उपलब्‍धिहरूचाहिँ मानिसले आफ्‍नै छिमेकीलाई ईर्ष्‍या गरेको कारणबाट मात्र हुँदारहेछन्‌। यो पनि व्‍यर्थ, र बतासलाई खेदेको जस्‍तो मात्र हो।
5मूर्ख आफ्‍ना हात बाँधेर बस्‍छ र आफ्‍नो विनाश आफै ल्‍याउँछ। 6परिश्रमसाथ कमाएको र बतासलाई खेदेको दुई मुट्ठी भन्‍दा शान्‍तिसित एक मुट्ठी भएको अझ असल हो।
7फेरि मैले सूर्यमुनि केही व्‍यर्थ देखें। 8एउटा एकलो मानिस थियो, त्‍यसका न त छोरा न दाजुभाइ थिए। त्‍यसको परिश्रमको अन्‍त्‍यै थिएन, तापनि त्‍यो आफ्‍नो धन-सम्‍पत्तिमा सन्‍तुष्‍ट हुँदैनथ्‍यो। त्‍यसले सोध्‍यो, “कसको लागि म मेहनत गरिरहेको छु? जीवनको सुख म किन त्‍याग्‍दैछु?” यो पनि व्‍यर्थ हो, एउटा दु:खदायी कुरा।
9एकभन्‍दा दुई असल हो, किनभने तिनीहरूले आफ्‍नो कामको असल फल पाउनेछन्‌। 10यदि एउटा लोट्‌यो भने त्‍यसको मित्रले त्‍यसलाई उठाउन सहायता गर्छ। तर लोट्‌दा पनि उठाउने कोही साथी नहुने बिचरा! 11त्‍यस्‍तै यदि दुई जना सँगै सुते भने ती न्‍याना हुन्‍छन्, तर एकलै त कसरी न्‍यानो हुने? 12एक जनालाई कसैले जित्‍ला, तर दुई जनाले त आफ्‍ना सुरक्षा गर्न सक्‍छन्‌। तीन सूतले बाटेको डोरी चाँड़ै चुँडिँदैन।
प्रगति व्‍यर्थ हो
13चेताउनी नलिने वृद्ध तर मूर्ख राजाभन्‍दा निर्धन तर बुद्धिमान्‌ युवक अझ उत्तम हो। 14त्‍यो युवक झ्‍यालखानबाट निस्‍केर राजा हुन पुगेको होला, वा त त्‍यो आफ्‍नो राज्‍यमा निर्धन जन्‍मेको होला। 15मैले के देखें भने सूर्यमुनि जिउने र हिँड्‌डूल गर्ने सबै राजाको उत्तराधिकारी त्‍यही युवकको पछि लागे। 16तिनीहरू अघिका सबै मानिसहरूको कुनै अन्‍त्‍य थिएन, तर जो तिनीहरूपछि आए उनीहरू त्‍यस उत्तराधिकारीसँग प्रसन्‍न भएनन्‌। यो पनि व्‍यर्थ हो, र बतासलाई खेदेको जस्‍तो मात्र हो।

........................................................................................................

ECCLESIASTES - 5:1-20,

उपदेशक 5

परमेश्‍वरको भयमा बस्‍नु
1परमेश्‍वरको भवनमा जाँदा होशियारीसाथ जाऊ। मूर्खहरूको बलिदान चढ़ाउनुभन्‍दा परमेश्‍वरको वचन सुन्‍नलाई जाओ, किनकि भूल गर्दैछन्‌ भन्‍ने तिनीहरू जान्‍दैनन्‌। 2बोल्‍नमा हतार नगर, परमेश्‍वरको अगि केही कुरा बोल्‍न तिम्रो मनमा आतुरी नगर। परमेश्‍वर स्‍वर्गमा हुनुहुन्‍छ र तिमी संसारमा छौ। यसैकारण तिम्रो वचन थोरै होस्‌। 3जसरी धेरै चिन्‍ताले सपना हुन्‍छ, त्‍यसरी नै धेरै शब्‍दहरूमा मूर्खका बोली हुन्‍छन्‌।
4जब तिमी परमेश्‍वरसित भाकल गर्दछौ, त्‍यो पूरा गर्नमा विलम्‍ब नगर। मूर्खसँग उहाँ प्रसन्‍न हुनुहुन्‍न। तिम्रो भाकल पूरा गर।  5भाकल गरेर पनि पूरा नगर्नुभन्‍दा त भाकल नगरेको अझ असल हो। 6तिम्रो आफ्‍नो बोलीले तिमीलाई पाप गर्न नलाओस्‌। अनि मन्‍दिरको समाचारवाहकलाई “मेरो भाकल त भूल भएको थियो,” भनी प्रतिवाद नगर। तिमीले बोलेका कुरासँग परमेश्‍वर रिसाएर तिम्रो हातको कामलाई नाश गर्ने, किन? 7धेरै कल्‍पना र धेरै शब्‍दहरू व्‍यर्थ हुन्‌। यसकारण परमेश्‍वरको भय मान।
धन-सम्‍पत्ति व्‍यर्थ हुन्‌
8यदि तिमीले एउटा जिल्‍लामा गरीबहरूको अत्‍याचार भएको र तिनीहरूका न्‍याय र हक इन्‍कार भएको देख्‍यौ भने अचम्‍म नमान, किनभने हरेक अधिकारीमाथि अझ ठूलो अधिकारी खटाइएको हुन्‍छ, र तीभन्‍दा अझै ठूला अधिकारीहरूले तिनीहरूमाथि हेर-विचार गर्दछन्‌। 9जमिनबाट उब्‍जेका सबैले लिन्‍छन्, राजा स्‍वयम्‌ले खेतबाटै लाभ उठाउँछन्‌।
10जसले रुपियाँपैसाको माया गर्छ, त्‍यसलाई रुपियाँपैसाले कहिल्‍यै पुग्‍दैन। जसले धन-सम्‍पत्तिको माया गर्छ, त्‍यो आफ्‍नो आमदानीसँग कहिल्‍यै सन्‍तुष्‍ट हुँदैन। यो पनि व्‍यर्थ हो।
11जब धन-सम्‍पत्ति बढ्‌छ, तब खाने मुख पनि धेरै बढ्‌छ। अनि ती हेर्नुबाहेक मालिकलाई धन-सम्‍पत्तिको अरू के लाभ हुन्‍छ र?
12परिश्रम गर्नेको निद्रा मीठो हुन्‍छ, चाहे त्‍यसले थोरै खाओस्‌ अथवा धेरै, तर धनीको प्रचुर धनले गर्दा त्‍यसलाई निद्रै लाग्‍दैन।
13मैले सूर्यमुनि एउटा दु:खदायी खराबी देखेको छु। मालिकले आफ्‍नै नोक्‍सानीको निम्‍ति धन-सम्‍पत्ति थुपारेको, 14अथवा कुनै दुर्भाग्‍यले त्‍यसले आफ्‍नो धन-सम्‍पत्ति गुमाएको थियो, र जब त्‍यसको छोरा भयो उसको निम्‍ति केही रहेन।
15मानिस आमाको गर्भबाट नाङ्गै आउँछ, र जसरी आउँछ, त्‍यसरी नै त्‍यो फर्किजान्‍छ। त्‍यसले आफ्‍नो परिश्रमबाट आफ्‍नो हातमा लान सक्‍ने केही लैजाँदैन। 
16यो पनि एउटा दु:खदायी खराबी हो। मानिस जसरी आउँछ, त्‍यसरी नै फर्किजान्‍छ। त्‍यसलाई के लाभ हुन्‍छ र? किनभने त्‍यसको परिश्रम हावामै खेर जान्‍छ। 17त्‍यसले आफ्‍नो सारा जीवनकाल ठूलो नैराश्‍य, कष्‍ट, रीसराग र अन्‍धकारमा बिताउँछ।
18तब मैले यो थाहा गरें कि परमेश्‍वरले दिनुभएको यस जीवनको छोटो अवधिमा सूर्यमुनि खानु, पिउनु र आफ्‍नो घोर परिश्रममा सन्‍तुष्‍टि खोज्‍नु नै मानिसको निम्‍ति असल र ठीक रहेछ, किनकि यो नै त्‍यसको भाग हो। 19यसबाहेक जब परमेश्‍वरले कुनै मानिसलाई धन-सम्‍पत्ति र जग्‍गाजमिन, र ती उपभोग गर्ने मौका दिनुहुन्‍छ, र त्‍यसलाई आफ्‍नो भाग ग्रहण गर्न र आफ्‍नो काममा खुशी रहन दिनुहुन्‍छ— यो परमेश्‍वरको वरदान हो। 20त्‍यसले आफ्‍नो जीवनका दिनहरूको थोरै स्‍मरण गर्नेछ, किनभने परमेश्‍वरले त्‍यसलाई आफ्‍नो हृदयको आनन्‍दमा व्‍यस्‍त राख्‍नुहुनेछ।

.....................................................................................

.............................................................................................

ECCLESIASTES - 6:1-12,

उपदेशक 6

1सूर्यमुनि मैले यस्‍तो एउटा अर्को खराबी देखेको छु, जसले मानिसलाई साह्रै थिचेर लादेको छ। 2परमेश्‍वरले कुनै मानिसलाई धन-सम्‍पत्ति, जग्‍गाजमिन र मान दिनुहुन्‍छ, जसले गर्दा त्‍यसलाई मन लागेको कुनै कुराको अभाव हुँदैन। तर परमेश्‍वरले त्‍यसलाई ती उपभोग गर्न नदिएर एउटा अर्कै मानिसलाई उपभोग गर्न दिनुहुन्‍छ। यो व्‍यर्थ र दु:खदायी खराबी हो।
3कुनै मानिस आफ्‍ना एक सय जना छोराहरू भएर धेरै वर्षसम्‍म बाँच्‍यो, तर त्‍यो धेरै दिनसम्‍म बाँचेर पनि आफ्‍नो उन्‍नतिको उपभोग गर्न पाएन र उचित मृत-संस्‍कार पनि पाएन भने, म भन्‍दछु कि त्‍योभन्‍दा त तुहेको बालकको दशा अझ असल हुन्‍छ। 4यो तुहेको नानी व्‍यर्थमा जन्‍मन्‍छ, र अन्‍धकारमा लोप हुन्‍छ र अन्‍धकारले नै त्‍यसको नाम ढाक्‍दछ। 5यसले कहिल्‍यै घाम देखेको हुँदैन, अथवा केही कुरा जानेको पनि हुँदैन, तापनि त्‍यस मानिसको भन्‍दा यसको विश्राम असल हुन्‍छ। 6यदि त्‍यो मानिस दुई हजार वर्ष बाँचेर पनि आफ्‍नो उन्‍नतिको सुख-भोग गर्न असफल हुन्‍छ भने, त्‍यसलाई के विश्राम हुन्‍छ र? आखिरमा सबै एउटै ठाउँमा जाँदैनन्‌ र?
7मानिसको सारा परिश्रम पेट भर्नलाई मात्र हो, तापनि त्‍यसको भोक कहिल्‍यै मर्दैन। 8बुद्धिमान्‌ मानिसको मूर्खमाथि के फाइदा छ र? अरूहरूका सामु आफूले कस्‍तो व्‍यवहार गर्नुपर्छ भन्‍ने जानेर गरीब मानिसलाई के लाभ हुन्‍छ र? 9आफूसँग जे छ त्‍यसमा सन्‍तुष्‍ट हुनु अरू कुराको लोभ गरिरहनुभन्‍दा असल छ। यो पनि व्‍यर्थ, र बतासलाई खेदेको जस्‍तो मात्र हो।
10जे छँदैछ त्‍यसलाई नाउँ दिइसकेकै छ, र मानिस के हो त्‍यो जानिएकै छ। आफूभन्‍दा बलियोसँग कोही मानिस विरोध गर्न सक्‍दैन। 11जति धेरै कुरा त्‍यति नै कम अर्थ हुन्‍छ। त्‍यसले कसैलाई के लाभ हुन्‍छ र?
12किनकि यस जीवनको छोटो र अर्थहीन अवधिमा, जो मानिसले छायाजस्‍तै बिताउँछ, त्‍यसलाई के कुरो असल छ भनी कसले जान्‍दछ र? त्‍यो मरिगएपछि सूर्यमुनि के हुनेछ भनी त्‍यसलाई कसले भन्‍न सक्‍छ र?

................................................................................................................

...............................................................................................................

उपदेशक 6

1सूर्यमुनि मैले यस्‍तो एउटा अर्को खराबी देखेको छु, जसले मानिसलाई साह्रै थिचेर लादेको छ। 2परमेश्‍वरले कुनै मानिसलाई धन-सम्‍पत्ति, जग्‍गाजमिन र मान दिनुहुन्‍छ, जसले गर्दा त्‍यसलाई मन लागेको कुनै कुराको अभाव हुँदैन। तर परमेश्‍वरले त्‍यसलाई ती उपभोग गर्न नदिएर एउटा अर्कै मानिसलाई उपभोग गर्न दिनुहुन्‍छ। यो व्‍यर्थ र दु:खदायी खराबी हो।
3कुनै मानिस आफ्‍ना एक सय जना छोराहरू भएर धेरै वर्षसम्‍म बाँच्‍यो, तर त्‍यो धेरै दिनसम्‍म बाँचेर पनि आफ्‍नो उन्‍नतिको उपभोग गर्न पाएन र उचित मृत-संस्‍कार पनि पाएन भने, म भन्‍दछु कि त्‍योभन्‍दा त तुहेको बालकको दशा अझ असल हुन्‍छ। 4यो तुहेको नानी व्‍यर्थमा जन्‍मन्‍छ, र अन्‍धकारमा लोप हुन्‍छ र अन्‍धकारले नै त्‍यसको नाम ढाक्‍दछ। 5यसले कहिल्‍यै घाम देखेको हुँदैन, अथवा केही कुरा जानेको पनि हुँदैन, तापनि त्‍यस मानिसको भन्‍दा यसको विश्राम असल हुन्‍छ। 6यदि त्‍यो मानिस दुई हजार वर्ष बाँचेर पनि आफ्‍नो उन्‍नतिको सुख-भोग गर्न असफल हुन्‍छ भने, त्‍यसलाई के विश्राम हुन्‍छ र? आखिरमा सबै एउटै ठाउँमा जाँदैनन्‌ र?
7मानिसको सारा परिश्रम पेट भर्नलाई मात्र हो, तापनि त्‍यसको भोक कहिल्‍यै मर्दैन। 8बुद्धिमान्‌ मानिसको मूर्खमाथि के फाइदा छ र? अरूहरूका सामु आफूले कस्‍तो व्‍यवहार गर्नुपर्छ भन्‍ने जानेर गरीब मानिसलाई के लाभ हुन्‍छ र? 9आफूसँग जे छ त्‍यसमा सन्‍तुष्‍ट हुनु अरू कुराको लोभ गरिरहनुभन्‍दा असल छ। यो पनि व्‍यर्थ, र बतासलाई खेदेको जस्‍तो मात्र हो।
10जे छँदैछ त्‍यसलाई नाउँ दिइसकेकै छ, र मानिस के हो त्‍यो जानिएकै छ। आफूभन्‍दा बलियोसँग कोही मानिस विरोध गर्न सक्‍दैन। 11जति धेरै कुरा त्‍यति नै कम अर्थ हुन्‍छ। त्‍यसले कसैलाई के लाभ हुन्‍छ र?
12किनकि यस जीवनको छोटो र अर्थहीन अवधिमा, जो मानिसले छायाजस्‍तै बिताउँछ, त्‍यसलाई के कुरो असल छ भनी कसले जान्‍दछ र? त्‍यो मरिगएपछि सूर्यमुनि के हुनेछ भनी त्‍यसलाई कसले भन्‍न सक्‍छ र?

ECCLESIASTES - 7:1-29,

उपदेशक 7

बुद्धिको श्रेष्‍ठता
1असल नाउँ अति सुगन्‍धित अत्तरभन्‍दा अझ असल हो, र मृत्‍युको दिन जन्‍मको दिनभन्‍दा अझ उत्तम हो।  2भोजको घरमा जानुभन्‍दा शोकको घरमा जानु असल हो। जीवित मानिसले यो कुरा हृदयमा जानिराख्‍नुपर्छ कि मृत्‍यु सबै मानिसको अन्‍तिम दशा हो। 3हँस्‍सीभन्‍दा अफसोस अझ असल हो, किनकि शोकित अनुहार हृदयको लागि ठीक छ। 4बुद्धिमान्‌को मन शोकको घरमा हुन्‍छ, तर मूर्खहरूको मन चैनको घरमा हुन्‍छ। 5बुद्धिमान्‌ मानिसको हप्‍काइलाई ध्‍यान दिनु मूर्खहरूको सङ्गीत सुन्‍नुभन्‍दा अझ असल हो। 6भाँड़ामुनि पड्‌कने काँढ़ाको आगोजस्‍तै मूर्खहरूको हाँसो हुन्‍छ। यो पनि व्‍यर्थै हो।
7करकापले बुद्धिमान्‌ मानिसलाई पनि मूर्ख बनाउँछ, र घूसले हृदयलाई भ्रष्‍ट पार्छ।
8कुनै कामको सुरुभन्‍दा त्‍यसको अन्‍त अझ असल हुन्‍छ। धैर्य धारण गर्नु अहङ्कारी हुनुभन्‍दा असल हुन्‍छ। 9मनमा झट्टै नरिसाऊ, किनभने रीस त मूर्खहरूको काखैमा बसेको हुन्‍छ। 
10“उहिलेका दिनहरू अहिलेका दिनहरूभन्‍दा किन उत्तम थिए,” भनी नभन, किनकि यस्‍तो प्रश्‍न सोध्‍नु बुद्धिको कुरो होइन।
11बुद्धि पैतृक-धनझैँ असल कुरो हो, र घामको उज्‍यालो देख्‍नेलाई यसले फाइदा गर्दछ। 12जसरी रुपियाँपैसा एउटा आश्रय हो, त्‍यसरी नै बुद्धि पनि एउटा आश्रय हो। तर बुद्धिको लाभ यही हो कि बुद्धिले बुद्धिमान्‌ मानिसको प्राण जोगाइराख्‍छ।
13परमेश्‍वरले के गर्नुभएको छ, सो विचार गर। उहाँले बाङ्गो बनाउनुभएको कुरालाई कसले सोझो पार्न सक्‍छ र? 14समय राम्रो हुँदा खुशी होऊ, तर समय नराम्रो हुँदा विचार गर कि परमेश्‍वरले ती दुवै बनाउनुभएको हो। यसकारण मानिसले आफ्‍नो भविष्‍यको विषयमा केही पत्ता लाउन सक्‍दैन।
15धर्मी मानिस आफ्‍नो धार्मिकतामा नष्‍ट भएको र दुष्‍ट मानिसचाहिँ आफ्‍नो दुष्‍टतामा धेरै वर्षसम्‍म बाँचेको मैले मेरो अर्थहीन जीवनमा देखेको छु। 16धेरै धर्मात्‍मा नहोऊ, र धेरै बुद्धिमान्‌ पनि नहोऊ। तिमी किन आफैलाई नाश गर्ने? 17ज्‍यादै दुष्‍ट र ज्‍यादै मूर्ख नहोऊ। तिमी किन अकालमा मर्ने। 18एउटालाई समातिराख्‍नु र अर्कोलाई नछोड्‌नु दुवै असल हुन्‌। जसले परमेश्‍वरको भय राख्‍छ त्‍यो मानिस सबैदेखि अलग्‍गै बस्‍छ।
19बुद्धिले बुद्धिमान्‌ मानिसलाई सहरका दश जना शासकभन्‍दा शक्तिशाली तुल्‍याउँछ।
20संसारमा यस्‍तो कुनै धर्मी मानिस छैन, जसले सबै काम ठीक गर्छ र कहिल्‍यै पाप गर्दैन।
21मानिसले भनेका सबै कुराहरूमाथि ध्‍यान नदेऊ, नत्रता तिम्रै नोकरले तिमीलाई सरापेको तिमीले सुन्‍नेछौ। 22किनभने तिमीले कति चोटि अरूहरूलाई सरापेका छौ त्‍यो तिमीलाई मनमनै थाहा होला।
23यी सबै कुरा मैले बुद्धिद्वारा जाँच गरें, र भनें, “बुद्धिमान्‌ हुनलाई मैले निश्‍चय गरेको छु।” तर यो मबाट टाढ़ै रह्यो। 24बुद्धि जे नै भए तापनि यो महान्‌ र प्रगाढ़ छ। कसले त्‍यसको आविष्‍कार गर्न सक्‍छ र? 25यसैकारण मैले बुद्धि र घटनापछिका कारणहरू खोजतलाश गर्न मेरो मन लगाएँ, र दुष्‍टताको मूर्खता र मूर्खको पागलपना बुझ्‍न इच्‍छा गरें।
26त्‍यही स्‍त्री जो एउटा पासो छे, त्‍यसलाई मृत्‍युभन्‍दा तीतो मैले भेट्टाएँ। त्‍यसको हृदय धराप र त्‍यसका हातहरूचाहिँ साङ्‌लाका बन्‍धन हुन्‌। जुन मानिसले परमेश्‍वरलाई खुशी पार्छ, त्‍यो त्‍यसबाट बाँच्‍नेछ, तर पापीलाई त्‍यसले पासोमा पार्छे।
27उपदेशकले भन्‍छन्, “मैले जे पत्ता लगाएको छु, सो सुन। एउटा कुरामाथि अर्को थप्‍दै प्रत्‍येक घटनापछिका कारण पत्ता लाउन खोजिरहँदा— 28तर नभेट्टाउँदा— मैले एक हजारमा एउटा सोझो मानिस भेट्टाएँ, तर एक हजारमा एउटै सोझी स्‍त्री भेट्टाइनँ। 29यो मात्र मैले भेट्टाएको छु: परमेश्‍वरले मानिसलाई सोझो बनाउनुभयो, तर मानिसचाहिँ अनेक परिकल्‍पनाको खोजीमा लागेको छ।

.........................................................................................................................

...........................................................................................................................

ECCLESIASTES - 8:1-17,

उपदेशक 8

1बुद्धिमान्‌ मानिसजस्‍तै को छ र? यी कुराहरूको व्‍याख्‍या कसलाई थाहा छ र? बुद्धिले मानिसको अनुहार उज्‍यालो बनाउँछ, र त्‍यसको कठोर अनुहार बद्‌लिदिन्‍छ।
राजाको आज्ञापालन गर्नमा शिक्षा
2म भन्‍दछु, राजाज्ञा पालन गर, किनभने तिमीले परमेश्‍वरको अगि शपथ खाएका छौ। 3राजाको उपस्‍थितिबाट बिदा हुन हतार नगर। कुनै दुष्‍ट कुराको पक्षमा अड़ान नलेऊ, किनभने राजालाई जे इच्‍छा लाग्‍छ, तिनले त्‍यही गर्दछन्‌। 4किनकि राजाको वचन सर्वमान्‍य हुन्‍छ। कसले तिनलाई भन्‍न सक्‍छ, “हजूर के गरिबक्‍सन्‍छ?” 5जसले राजाको आज्ञापालन गर्दछ, त्‍यसलाई केही हानि हुँदैन, अनि बुद्धिमान्‌ हृदयले उचित समय र तरीका जान्‍नेछ। 6यद्यपि मानिसमाथि साह्रै दु:ख-कष्‍ट आए तापनि हरेक कुराको निम्‍ति उचित समय र तरीका हुन्‍छ।
7भविष्‍यबारे कसैलाई थाहा छैन, यसकारण कसले मानिसलाई पछि के हुन्‍छ भनी भन्‍न सक्‍छ? 8बतासलाई थामिराख्‍नु कसैको शक्ति छैन, र त्‍यसै गरी आफ्‍नो मृत्‍युको दिनमाथि कसैको अधिकार छैन। जसरी युद्धको समयमा कसैलाई पनि बिदा हुँदैन, त्‍यसरी नै खराबी गर्नेलाई त्‍यसले कहिल्‍यै छोड्‌नेछैन।
9सूर्यमुनि गरिएका सबै कुराहरूलाई मैले मन लगाएर हेर्दा यी सबै कुरा देखें। अरूमाथि प्रभुत्‍व गरेर आफैलाई हानि हुने एउटा समय छ। 10तब मैले दुष्‍ट गाड़िएका पनि देखें— तिनीहरू पवित्रस्‍थानमा आउने-जाने गर्थे र यसको निम्‍ति सहरमा सम्‍मान लिने गर्थे। यो पनि व्‍यर्थ हो।
11कुनै अपराधको दण्‍ड तुरुन्‍तै भएन भने मानिसहरूका हृदयले दुष्‍ट काम गर्नलाई योजनाहरू बनाउँछन्‌। 12यद्यपि दुष्‍ट मानिसले अनेकौँ खराबी गरेर पनि लामो समयसम्‍म बाँचिरहन्‍छ, तापनि परमेश्‍वरको भय मान्‍नेहरूलाई र उहाँको अगि श्रद्धालु हुनेहरूलाई असलै हुनेछ भन्‍ने मलाई थाहा छ। 13तर दुष्‍टहरूले परमेश्‍वरको भय नमानेका हुनाले, तिनीहरूको भलो हुँदैन र तिनीहरूका दिनहरू छायाजस्‍तै लामा हुनेछैनन्‌।
14संसारमा केही अर्को एउटा व्‍यर्थको कुरा हुँदैछ: दुष्‍टले पाउनुपर्ने दण्‍ड धर्मीले पाउँछ, र धर्मीले पाउनुपर्ने इनाम दुष्‍टले पाउँछ। म भन्‍दछु, यो पनि व्‍यर्थ हो। 15यसैले सुख-चैन गरे हुन्‍छ भनी म सल्‍लाह दिन्‍छु, किनभने सूर्यमुनि मानिसलाई खानु, पिउनु, र रमाइलो गर्नुभन्‍दा अरू असल केही रहेनछ। तब सूर्यमुनि परमेश्‍वरले दिनुभएको जीवनको अवधिभर त्‍यसको आफ्‍नो काममा आनन्‍दले साथ दिनेछ।
16संसारमा मानिसले आँखा चिम्‍म नगरी रातदिन नसुती गरेको परिश्रम हेर्न र बुद्धि के हो भनी जान्‍न तब मैले आफ्‍नो मन लगाएँ, 17तब परमेश्‍वरले गर्नुभएका सबै कुराहरू मैले देखें। सूर्यमुनि के हुँदछ, सो कसैले पनि बुझ्‍न सक्‍दैन। मानिसले यसलाई खोज्‍ने सारा प्रयत्‍न गरे तापनि यी कुराको अर्थ पहिल्‍याउन सक्‍दैन। यदि कुनै बुद्धिमान्‌ मानिसले म जान्‍दछु भनी दाबी गर्छ भने पनि यथार्थमा त्‍यसले जानेको हुँदैन।

.....................................................................................................................

ECCLESIASTES - 9:1-18,

उपदेशक 9

सबैको निम्ति अन्तिम दशा एउटै हुन्‍छ
1यी सबै कुरामा मैले विचार गरें र यही निष्‍कर्षमा पुगें कि धर्मात्‍मा र बुद्धिमान्‌हरू र तिनीहरूले गर्ने गरेका सारा क्रियाकलाप परमेश्‍वरकै हातमा हुँदारहेछन्‌। तर कुनै मानिसले पनि आफूलाई प्रेम वा घृणा केले प्रतीक्षा गरिरहेको छ सो जान्‍दैन। 2किनभने धर्मात्‍मा र दुष्‍ट, असल र खराब, शुद्ध र अशुद्ध, बलि चढ़ाउनेहरू र बलि नचढ़ाउनेहरू सबै सामान्‍य अन्‍त्‍यका साझेदार हुन्‍छन्‌। असल मानिसलाई झैँ पापीलाई पनि हुन्‍छ। शपथ खानेहरूलाई झैँ शपथ खान डराउने मानिसहरूलाई पनि हुन्‍छ।
3सूर्यमुनि हुने प्रत्‍येक काममा दुष्‍टता छ। सबैलाई एकै अन्‍त्‍य आइपर्छ। मानिसहरूका हृदय दुष्‍टताले भरिएका हुन्‍छन्, र तिनीहरूका जीवनकालभरि नै तिनीहरूका हृदय पागलपनाले भरिन्‍छन्, अनि त्‍यसपछि तिनीहरू मरेकाहरूसँग मिल्‍नजान्‍छन्‌। 4बाँचिरहनेहरूका साथमा हुनेसँग आशा हुन्‍छ। जिउँदो कुकुरको स्‍थिति मरेको सिंहको भन्‍दा असल हो। 5किनभने हामीहरू मर्नेछौं भनी जीवितहरूले जान्‍दछन्, तर मरेकाहरूले त केही पनि जान्‍दैनन्‌। तिनीहरूका निम्‍ति केही प्रतिफल हुँदैन। तिनीहरूको सम्‍झना पनि लोप हुन्‍छ। 6तिनीहरूका प्रेम, घृणा, ईर्ष्‍या सबै लोप भएका हुन्‍छन्‌। सूर्यमुनि गरिएको कुनै काममा तिनीहरूको फेरि कहिल्‍यै भाग हुँदैन।
7आफ्‍नो बाटो लाग, आफ्‍नो खानेकुरा आनन्‍दसँग खाऊ, खुशी मनले आफ्‍नो दाखमद्य पिऊ, किनभने तिमीले गरेको काममा अहिले परमेश्‍वरको निगाह रहेको छ। 8सधैँ सेतो वस्‍त्र पहिराऊ, र कपालमा तेल लगाऊ। 9परमेश्‍वरले सूर्यमुनि दिनुभएको यस व्‍यर्थ जीवनकालमा आफूले प्रेम गरेकी पत्‍नीसँग जीवनको सुख-भोग गर। किनभने यस जीवनमा र सूर्यमुनि तिमीले गरेको परिश्रममा तिम्रो भाग त्‍यही नै हुन्‍छ। 10तिम्रो हातमा जे काम छ त्‍यो आफ्‍नो पूरा शक्तिले गर, किनभने चिहानमा, जहाँ तिमी जान्‍छौ, त्‍यहाँ न त केही गर्ने, न योजना गर्ने, न ज्ञान, न बुद्धि नै हुन्‍छ।
11सूर्यमुनि एउटा अर्को कुरा मैले देखेको छु: चाँड़ो दगुर्नेले दौड़ जित्‍दैन, न शक्तिशालीले युद्ध जित्‍छ, न त बुद्धिमान्‌लाई भोजन आउँछ, न तीव्र ज्ञानीलाई धन-सम्‍पत्ति आउँछ, वा न त पढ़ेकाले निगाह प्राप्‍त गर्छ। तर समय र मौका नै तिनीहरू सबैले पाउँछन्‌।
12त्‍यसबाहेक आफ्‍नो काल कहिले आउँछ भनी कुनै मानिसले जान्‍दैन। माछा निर्दयी जालमा र चरा पासोमा परेझैँ मानिसहरू पनि नसोच्‍दै दुर्दशामा फेला पर्छन्‌।
मूर्खताभन्‍दा बुद्धि ठूलो
13मैले सूर्यमुनि बुद्धिको पनि एउटा नमूना देखें, जसले मलाई साह्रै प्रभावित पार्‍यो। 14एक पल्‍ट थोरै बासिन्‍दा भएको एउटा सानो सहर थियो। त्‍यसलाई शक्तिशाली राजाले आक्रमण गरे। तिनले त्‍यसलाई घेरेर त्‍यसको चारैतिर घेरा-मचान बनाए। 15त्‍यस सहरमा एउटा गरीब तर बुद्धिमान्‌ मानिस थियो, र त्‍यसले आफ्‍नो बुद्धिले त्‍यो सहर बचायो। तर त्‍यस गरीब मानिसलाई कसैले सम्‍झेन। 16तब मैले भनें, “बलभन्‍दा बुद्धि श्रेष्‍ठ हो।” तर त्‍यस गरीब मानिसको बुद्धिको अवहेलना भयो, र त्‍यसको वचनको केही वास्‍ता छैन। 17कराएर भन्‍ने मूर्खहरूको शासकको वचनभन्‍दा बुद्धिमान्‌को नम्र वचनको वास्‍ता गर्नु असल हो। 18युद्धका हातहतियारभन्‍दा बुद्धि असल हो, तर एउटा पापीले धेरै असल कामलाई सर्वनाश गर्छ।

.........................................................................................................

............................................................................................................

ECCLESIASTES - 10:1-20,

उपदेशक 10

1जसरी मरेका झीँगाहरूले सुगिन्‍धत अत्तरलाई दुर्गन्‍धित तुल्‍याइदिन्‍छन्, त्‍यसरी नै थोरै मूर्खताले बुद्धि र सम्‍मानलाई बेकामको बनाइदिन्‍छ। 2बुद्धिमान्‌ मानिसको मन सोझो बाटोमा तर निर्बुद्धि मानिसको मन बाङ्गो बाटोमा लागेको हुन्‍छ। 3बाटोमा हिँड्‌दा पनि मूर्खले विचारै गर्दैन र सबैलाई त्‍यसले आफ्‍नो मूर्खता जनाउँछ।
4हाकिमको रीस तिम्रो विरुद्धमा उठे तापनि तिमीले आफ्‍नो काम नछोड। चूपचाप बस्‍नाले ठूला-ठूला भूल शान्‍त हुन्‍छन्‌।
5सूर्यमुनि मैले एउटा खराबी देखेको छु, यस्‍तो किसिमको खराबी जो हाकिमबाट हुन्‍छ: 6मूर्खहरू धेरै उच्‍च पदमा राखिन्‍छन्, तर धनीहरू निम्‍न स्‍थानमा बस्‍छन्‌। 7मैले दासहरूलाई घोड़ामा सवारी भएका र राजकुमार दासझैँ पैदलै हिँड़ेका देखेको छु।
8खाड़ल खन्‍ने मानिस आफै त्‍यसमा जाकिन सक्‍छ, र पर्खाल भत्‍काउने मानिसलाई साँपले डस्‍न सक्‍छ।  9ढुङ्गा फोर्ने मानिसलाई तीबाट चोट लाग्‍न सक्‍छ, अनि दाउरा काट्‌ने मानिस ती दाउराबाटै खतरामा पर्न सक्‍छ।
10बन्‍चरो बोधो छ र त्‍यो उध्‍याएको छैन भने ज्‍यादै बल प्रयोग गर्नुपर्छ, तर सीपले सफलता ल्‍याउँछ।
11लट्ठ्याउन अघि नै साँपले डस्‍यो भने सपेरालाई केही फाइदा हुँदैन।
12बुद्धिमान्‌ मानिसको मुखका वचन शिष्‍टाचार भएका हुन्‍छन्, तर मूर्खचाहिँ आफ्‍नै बोलीले नष्‍ट हुन्‍छ। 13सुरुमा त्‍यसले अर्थहीन कुरा गर्छ। अन्‍त्‍यमा त्‍यसको कुरा दुष्‍ट पागलपना मात्र हुन्‍छ। 14मूर्खले कुरा गरेको गरेकै हुन्‍छ।
के हुने हो कसैले जान्‍दैन— त्‍यसको पछि के हुने त्‍यसलाई कसले बताउन सक्‍छ र?
15मूर्ख आफ्‍नो कामले आफै थाक्‍छ, त्‍यसले सहर जाने बाटै चिन्‍दैन।
16जुन देशमा नोकर राजा थियो र जसमा राजकुमारहरूले एकाबिहानै भोज खान्‍छन्, त्‍यस देशलाई धिक्‍कार छ। 17त्‍यो देश सुखी छ, जसका राजा कुलीन परिवारमा जन्‍मेका छन्, र जसका राजकुमारहरूले मतवालापनको निम्‍ति होइन तर बलको निम्‍ति ठीक समयमा भोजन गर्छन्‌।
18यदि कुनै मानिस अल्‍छे छ भने, घरको धुरी भत्‍कन्‍छ। यदि त्‍यो हात बाँधेर बस्‍छ भने, त्‍यसको घर चुहिन्‍छ।
19खुशीयालीको लागि भोज तयार गरिन्‍छ, र दाखमद्यले जीवनलाई आनन्‍दित तुल्‍याउँछ। तर, पैसाले नै हर कुरा सुल्‍झाउँछ।
20आफ्‍नो सोचाइमा पनि राजाको निन्‍दा नगर, अथवा धनीलाई आफ्‍नो कोठामा नसराप। किनकि आकाशको पक्षीले तिम्रो कुरा लैजाला, र उड़िरहेको चराले तिमीले भनेको कुरा बताइदेला।

........................................................................................

.....................................................................................................

ECCLESIASTES - 11:1-10,

उपदेशक 11

पानीमाथि अन्‍न
1आफ्‍नो अन्‍न पानीमा फालिदेऊ, र धेरै दिनपछि तिमीले त्‍यो फेरि पाउनेछौ। 2तिमीले सात, आठ जनालाई भाग बाँड़िदेऊ, किनभने तिमी जान्‍दैनौ कस्‍तो विपत्ति देशमा आइपर्नेछ।
3बादल पानीले पूर्ण भयो भने त्‍यसले जमिनमा पानी बर्साउँछ। रूख दक्षिणमा ढल्‍यो भने पनि अथवा उत्तरमा ढल्‍यो भने पनि त्‍यो जहाँ ढलेको छ त्‍यहीँ नै पड़िरहन्‍छ। 4बतासको विचार गर्नेले कहिल्‍यै छर्दैन, बादलमा नजर राख्‍नेले कहिल्‍यै कटनी गर्दैन।
5जसरी तिमीले हावाको चाल कतातिर पुग्‍छ र आमाको गर्भमा शरीर कसरी बनिन्‍छ भनेर जान्‍दैनौ, त्‍यसरी नै सब थोक बनाउनुहुने परमेश्‍वरका हातको कामलाई तिमी बुझ्‍न सक्‍दैनौ।
6बिहान समयमा नै तिम्रो बीउ छर, र बेलुकी पनि काम गर्न नछोड, किनभने अहिले छरेको अथवा भरे छरेको कुनचाहिँ सफल हुन्‍छ, अथवा दुवै नै राम्रा होलान्‌ भनी तिमी जान्‍दैनौ।
युवावस्‍थामा आफ्‍ना सृष्‍टिकर्ताको सम्‍झना गर
7उज्‍यालो असल हुन्‍छ। आँखाले घामलाई हेर्न मन पराउँछ। 8मानिस जति धेरै वर्ष बाँचे तापनि त्‍यो ती सबैमा आनन्‍दित होस्‌। तर त्‍यसले अन्‍धकारका दिनहरूको पनि स्‍मरण गरोस्, किनभने ती धेरै हुन्‍छन्‌। हुन आउने सबै कुराहरू व्‍यर्थ हुन्‌।
9ए जवान मानिस, युवावस्‍थामा हुँदा खुशी होऊ। तिम्रो हृदयले तिम्रो जवानीमा आनन्‍द देऊन्। तिम्रा आँखाले देखेका कुराहरू र तिम्रो हृदयका कुराहरूलाई पछ्याऊ। तर यो याद राख्‌ कि परमेश्‍वरले यी सबै कुराको लेखा लिनुहुन्‍छ। 10यसैकारण चिन्‍तालाई तिम्रो हृदयबाट पर राख, र शरीरको दु:खलाई फालिदेऊ, किनभने युवावस्‍था र बल व्‍यर्थ हुन्‌।

...............................................................................................

ECCLESIASTES - 12:1-14,

उपदेशक 12

1दु:खको समय र वृद्धावस्‍था आउन अघि नै, जब तिमीले भन्‍नेछौ, “यस समयमा मेरो मन लाग्‍दैन,” ती समयभन्‍दा अघि नै आफ्‍नो युवावस्‍थामा आफ्‍ना सृष्‍टिकर्ताको सम्‍झना गर— 2सूर्य र दिनको उज्‍यालोलाई अँध्‍यारोले ढाक्‍न अघि नै, चन्‍द्रमा र ताराहरू धमिला हुन र बादलहरू वर्षापछि फर्कन अघि नै, 3जब घरको हेरचाह गर्नेहरू काम्‍दछन्‌ र बलिया मानिसहरू झुक्‍छन्, जब जाँतो पिँध्‍ने स्‍त्रीहरू कम भएकाले आफ्‍नो काम बन्‍द गर्छन्‌ र झ्‍यालबाट हेर्नेहरूका आँखा धमिला हुन्‍छन्, 4जब गल्‍लीतिर जाने ढोकाहरू बन्‍द हुन्‍छन्‌ र जाँतोको आवाज कम हुँदैजान्‍छ, जब चराको चिरबिरे आवाजमा मानिसहरू उठ्‌छन्, तर तिनीहरूका सबै गीत मधुरा हुन्‍छन्, 5जब मानिसहरू अग्‍लो ठाउँदेखि र गल्‍लीका खतरादेखि डरले भरिएका हुन्‍छन्, जब हाँड़े-बदामको बोट सेतै फुलेर फक्रन्‍छ, र फटेङ्‌ग्रो पेटले घस्रँदैहिँड्‌छ, र मनको कामना उत्तेजित रहँदैन— यी सबै हुनुभन्‍दा अघि नै उहाँको सम्‍झना गर। तब मानिस आफ्‍नो अनन्‍तको घरमा जानेछ, र मलामीहरू गल्‍लीमा यताउता लाग्‍नेछन्‌।
6चाँदीको तार चुँड़िन अघि र सुनको कचौरा फुटाइन अघि, माटोको गाग्री पँधेरोमा टुक्रा-टुक्रा पारिन अघि र कूवामा पाङ्‌ग्रो भचाइन अघि, 7जमिनबाट आएको धूलो जमिनमै फर्कन अघि, तथा आत्‍मा दिनुहुने परमेश्‍वरकहाँ आत्‍मा जान अघि उहाँको नै सम्‍झना गर।
8“व्‍यर्थ! व्‍यर्थ! सबै व्‍यर्थ!” उपदेशकले भन्‍दछन्‌।
सबै कुराको निष्‍कर्ष
9उपदेशक बुद्धिमान्‌ मात्र थिएनन्, तर तिनले मानिसहरूलाई ज्ञानका कुरा पनि सिकाए। तिनले आफ्‍नो मनमा विचार गरे, अनि धेरै उखानहरू यथोचित क्रममा राखे। 10उपदेशकले ठीक-ठीक शब्‍दहरू खोजेर निकाले, अनि जे तिनले लेखे, ती सोझा र सत्‍य थिए।
11बुद्धिमान्‌का वचनहरू गोठालाको लाठोझैँ छन्, र तिनीहरूले सङ्कलन गरेका भनाइहरू दह्रिलो प्रकारले ठोकेका किल्‍लाहरूझैँ छन्, जो एउटै गोठालाबाट दिइएका हुन्‌। 12ए मेरा छोरा, तिनमा थपेका केही कुराबाट होशियार बस।
धेरै पुस्‍तकहरू बनाउने कामको अन्‍त्‍य हुँदैन। अनि धेरै अध्‍ययनले शरीरलाई थकाउँछ।
13अब सबै कुरा सुनिएका छन्‌— कुराको निष्‍कर्ष यही हो। परमेश्‍वरको भय राख र उहाँका आज्ञाहरू पालन गर। किनभने मानिसले गर्नुपर्ने सारा कर्तव्‍य यही नै हो।
14किनकि हामीले गरेको हरेक काम, असल होस्‌ वा खराब होस्, प्रत्‍येक गुप्‍त कुरासमेत सबैको न्‍याय परमेश्‍वरले गर्नुहुनेछ।

....................................................................................................................

............................................................................................................................

उपदेशक 12

1दु:खको समय र वृद्धावस्‍था आउन अघि नै, जब तिमीले भन्‍नेछौ, “यस समयमा मेरो मन लाग्‍दैन,” ती समयभन्‍दा अघि नै आफ्‍नो युवावस्‍थामा आफ्‍ना सृष्‍टिकर्ताको सम्‍झना गर— 2सूर्य र दिनको उज्‍यालोलाई अँध्‍यारोले ढाक्‍न अघि नै, चन्‍द्रमा र ताराहरू धमिला हुन र बादलहरू वर्षापछि फर्कन अघि नै, 3जब घरको हेरचाह गर्नेहरू काम्‍दछन्‌ र बलिया मानिसहरू झुक्‍छन्, जब जाँतो पिँध्‍ने स्‍त्रीहरू कम भएकाले आफ्‍नो काम बन्‍द गर्छन्‌ र झ्‍यालबाट हेर्नेहरूका आँखा धमिला हुन्‍छन्, 4जब गल्‍लीतिर जाने ढोकाहरू बन्‍द हुन्‍छन्‌ र जाँतोको आवाज कम हुँदैजान्‍छ, जब चराको चिरबिरे आवाजमा मानिसहरू उठ्‌छन्, तर तिनीहरूका सबै गीत मधुरा हुन्‍छन्, 5जब मानिसहरू अग्‍लो ठाउँदेखि र गल्‍लीका खतरादेखि डरले भरिएका हुन्‍छन्, जब हाँड़े-बदामको बोट सेतै फुलेर फक्रन्‍छ, र फटेङ्‌ग्रो पेटले घस्रँदैहिँड्‌छ, र मनको कामना उत्तेजित रहँदैन— यी सबै हुनुभन्‍दा अघि नै उहाँको सम्‍झना गर। तब मानिस आफ्‍नो अनन्‍तको घरमा जानेछ, र मलामीहरू गल्‍लीमा यताउता लाग्‍नेछन्‌।
6चाँदीको तार चुँड़िन अघि र सुनको कचौरा फुटाइन अघि, माटोको गाग्री पँधेरोमा टुक्रा-टुक्रा पारिन अघि र कूवामा पाङ्‌ग्रो भचाइन अघि, 7जमिनबाट आएको धूलो जमिनमै फर्कन अघि, तथा आत्‍मा दिनुहुने परमेश्‍वरकहाँ आत्‍मा जान अघि उहाँको नै सम्‍झना गर।
8“व्‍यर्थ! व्‍यर्थ! सबै व्‍यर्थ!” उपदेशकले भन्‍दछन्‌।
सबै कुराको निष्‍कर्ष
9उपदेशक बुद्धिमान्‌ मात्र थिएनन्, तर तिनले मानिसहरूलाई ज्ञानका कुरा पनि सिकाए। तिनले आफ्‍नो मनमा विचार गरे, अनि धेरै उखानहरू यथोचित क्रममा राखे। 10उपदेशकले ठीक-ठीक शब्‍दहरू खोजेर निकाले, अनि जे तिनले लेखे, ती सोझा र सत्‍य थिए।
11बुद्धिमान्‌का वचनहरू गोठालाको लाठोझैँ छन्, र तिनीहरूले सङ्कलन गरेका भनाइहरू दह्रिलो प्रकारले ठोकेका किल्‍लाहरूझैँ छन्, जो एउटै गोठालाबाट दिइएका हुन्‌। 12ए मेरा छोरा, तिनमा थपेका केही कुराबाट होशियार बस।
धेरै पुस्‍तकहरू बनाउने कामको अन्‍त्‍य हुँदैन। अनि धेरै अध्‍ययनले शरीरलाई थकाउँछ।
13अब सबै कुरा सुनिएका छन्‌— कुराको निष्‍कर्ष यही हो। परमेश्‍वरको भय राख र उहाँका आज्ञाहरू पालन गर। किनभने मानिसले गर्नुपर्ने सारा कर्तव्‍य यही नै हो।
14किनकि हामीले गरेको हरेक काम, असल होस्‌ वा खराब होस्, प्रत्‍येक गुप्‍त कुरासमेत सबैको न्‍याय परमेश्‍वरले गर्नुहुनेछ।

At ECCLESIASTES, we are passionate about community development and teaching individuals the skills they need to thrive. Our focus is on creating a supportive environment where everyone can grow and learn together.

Our Services

Join us for engaging training sessions and community events that are designed to empower individuals and foster a sense of belonging. We believe in the power of education to transform lives and communities.

Simon Thapa's Journey

Simon Thapa's personal experiences of persecution, resettlement, challenges faced, and blessings received have shaped the mission of ECCLESIASTES. His story inspires us to create a welcoming community for all.

Future Goals

Our future goals include expanding our reach, making a positive impact on the community, and forming meaningful partnerships. Together, we can create a brighter future for all.

Join Us in Building a Stronger Community

Together, we can make a difference. Join ECCLESIASTES today and be a part of our community development initiatives.