PRAYER
PRAYER
PRAYER
PRAYER
PRAYER
PRAYER
PRAYER -
1 -The Lord's Prayer (Matthew 6:9-13):
This prayer, taught by Jesus to His disciples, is a model for how believers should approach God in prayer.
9 “तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर:
‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ,
तपाईंको नाउँ पवित्र होस्।
10 तपाईंको राज्य आओस्।
तपाईंको इच्छा स्वर्गमा जस्तो छ, त्यस्तै यस पृथ्वीमा पूरा होस्।
11 हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्।
12 हाम्रा अपराध क्षमा गर्नुहोस्,
जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं।
13 हामीलाई परीक्षामा पर्न नदिनुहोस्,
तर दुष्टबाट छुटाउनुहोस् किनभने राज्य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्, आमेन।’
....................................................................................................
2 - David's Prayer of Repentance (Psalm 51):
David, after confessing his sin, expresses deep remorse and pleads for mercy and restoration.
1हे परमेश्वर, तपाईंको अचूक करुणाअनुसार ममाथि कृपा गर्नुहोस्, तपाईंको अपार अनुकम्पामा मेरा अपराधहरू मेटिदिनुहोस्।
2मेरो सबै अधर्मबाट मलाई पूर्ण रूपमा धोइदिनुहोस्,
र मेरो पापबाट मलाई शुद्ध गरिदिनुहोस्।
3किनकि मेरा अपराधहरू म जान्दछु,
र मेरो पाप सदा मेरो सामुन्ने छ।
4तपाईंको विरुद्धमा, केवल तपाईंकै विरुद्धमा मैले पाप गरेको छु,
र तपाईंको दृष्टिमा जे खराबी छ, त्यही गरेको छु। यसैकारण बोल्नुहुँदा तपाईं ठीक प्रमाणित हुनुहुन्छ,
र न्याय गर्दा तपाईं न्यायी ठहरिनुहुन्छ।
5साँच्चै, म जन्मँदा नै पापी थिएँ,
र मेरी आमाले मलाई गर्भधारण गरेदेखि नै म पापी थिएँ।
6निश्चय नै हृदयको सत्यता तपाईं चाहना गर्नुहुन्छ, अन्तस्करणमा तपाईं मलाई बुद्धिका कुरा सिकाउनुहुन्छ।
7हिसपले मलाई शुद्ध पार्नुहोस्, र म शुद्ध हुनेछु। मलाई धुनुहोस्, र म हिउँभन्दा सेतो हुनेछु।
8मलाई हर्ष र उल्लास सुन्न दिनुहोस्,
र तपाईंले चूर्ण पारिदिनुभएका हड्डीहरू आनन्दित होऊन्।
9मेरा पापहरूदेखि आफ्नो मुख लुकाउनुहोस्,
र मेरा सारा अधर्महरू मेटिदिनुहोस्।
10हे परमेश्वर, ममा शुद्ध हृदय सृजनुहोस्, र मभित्र एउटा स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्।
11मलाई तपाईंको उपस्थितिबाट नहटाउनुहोस्, न त मबाट तपाईंका पवित्र आत्मा लैजानुहोस्।
12तपाईंको मुक्तिको आनन्द मलाई फेरि दिनुहोस्,
र मलाई सम्हाल्ने इच्छुक आत्मा दिनुहोस्।
13तब अपराधीहरूलाई म तपाईंका मार्गको शिक्षा दिनेछु,
र पापीहरू तपाईंतर्फ फर्कनेछन्।
14हे परमेश्वर, हे मेरा उद्धारकर्ता परमेश्वर, मलाई रक्तपातको दोषबाट छुटकारा दिनुहोस्,
र मेरो मुखले तपाईंका धार्मिकताको स्तुति गाउनेछ।
15हे परमप्रभु, मेरा ओठ खोलिदिनुहोस्,
र मेरो जिब्रोले तपाईंको प्रशंसाको घोषणा गर्नेछ।
16किनकि तपाईं बलिमा प्रसन्न हुनुहुन्न, नत्रता म बलि चढ़ाउनेथिएँ। होमबलिमा तपाईं खुशी हुनुहुन्न।
17तोडिएको आत्मा नै परमेश्वरको निम्ति बलिदान हो। हे परमेश्वर, तोडिएको र पश्चात्तापी हृदयलाई तपाईं तिरस्कार गर्नुहुन्न।
18तपाईंको इच्छाअनुसार सियोनको भलाइ गर्नुहोस्। यरूशलेमका पर्खालहरू निर्माण गरिदिनुहोस्।
19तब तपाईंलाई प्रसन्न पार्न धार्मिकताका बलिहरू चढ़ाइनेछन्, सम्पूर्ण होमबलि र साँढ़ेहरू तपाईंको वेदीमा चढ़ाइनेछन्।
....................................................................................................................
3 - Jesus' High Priestly Prayer (John 17):
This prayer, delivered on the night before His crucifixion, is a powerful expression of His love for His Father and His followers.
आफ्नो निम्ति येशूको प्रार्थना
1यी कुरा भनिसक्नुभएपछि येशूले स्वर्गतिर आँखा उचाली भन्नुभयो, “हे पिता, समय आइपुगेको छ, तपाईंका पुत्रको महिमा प्रकट गर्नुहोस्, र पुत्रले तपाईंको महिमा प्रकट गरोस्। 2किनकि तपाईंले उसलाई सबै मानिसमाथि अधिकार दिनुभएको छ, ताकि तपाईंले उसलाई दिनुभएका सबैलाई उसले अनन्त जीवन देओस्। 3अब अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्वरलाई चिनून्, र तपाईंले पठाउनुभएको येशू ख्रीष्टलाई चिनून्। 4जुन काम तपाईंले मलाई दिनुभयो, त्यो पूरा गरी तपाईंलाई पृथ्वीमा मैले महिमित तुल्याएको छु। 5अब हे पिता, संसारको सृष्टि हुन अघि तपाईंको सम्मुख मेरो जुन महिमा थियो, त्यसैले आफ्नो उपस्थितिमा मलाई महिमित पार्नुहोस्।
………………………………………………….
चेलाहरूका निम्ति येशूको प्रार्थना
6 “संसारबाट जुन मानिसहरू तपाईंले मलाई दिनुभयो, तिनीहरूलाई तपाईंको नाउँ मैले प्रकट गरिदिएको छु। तिनीहरू तपाईंका थिए, अनि तपाईंले तिनीहरू मलाई दिनुभयो, र तिनीहरूले तपाईंको वचन पालन गरेका छन्। 7तिनीहरूलाई अब थाहा छ, कि तपाईंले मलाई दिनुभएको प्रत्येक कुरा तपाईंबाट आएको हो। 8किनभने जुन वाणी तपाईंले मलाई दिनुभयो, मैले तिनीहरूलाई दिएको छु, र तिनीहरूले ती ग्रहण गरेका छन्। म तपाईंबाट आएको हुँ भन्ने तिनीहरूले साँच्चै जानेका छन्, अनि तपाईंले मलाई पठाउनुभएको हो भनी तिनीहरूले विश्वास गरेका छन्। 9म तिनीहरूका निम्ति प्रार्थना गर्दछु, संसारको निम्ति म प्रार्थना गर्दिनँ, तर तिनीहरूका निम्ति, जसलाई तपाईंले मलाई दिनुभएको छ। किनभने तिनीहरू तपाईंकै हुन्। 10मेरा सबै जे छन् तपाईंका हुन्, र तपाईंका जे छन् मेरा हुन्। मेरो महिमा तिनीहरूमा प्रकट भएको छ।
11 “म फेरि संसारमा रहँदिनँ, तर यिनीहरू त संसारमा रहन्छन्। मचाहिँ तपाईंकहाँ आइरहेछु। पवित्र पिता, तपाईंले मलाई दिनुभएको तपाईंको नाउँमा तिनीहरूलाई सुरक्षित राख्नुहोस्, र हामी जस्तै तिनीहरू पनि एक होऊन्। 12जबसम्म म तिनीहरूसँग थिएँ, तपाईंले मलाई दिनुभएको तपाईंको नाउँमा तिनीहरूलाई सुरक्षित राखें। तिनीहरूको रक्षा गरें। अनि तिनीहरूमध्ये विनाशको छोराबाहेक अरू कोही नष्ट भएन, किनकि धर्मशास्त्र पूरा हुन आवश्यक थियो।
13 “तर अब म तपाईंकहाँ आइरहेछु। संसारमा हुँदा यी कुरा म बोल्दछु, कि तिनीहरूमा मेरो आनन्द पूरा होस्। 14मैले तिनीहरूलाई तपाईंको वचन दिएँ, तर संसारले तिनीहरूलाई घृणा गर्यो, किनकि तिनीहरू संसारका होइनन्, जसरी म संसारको होइनँ। 15तपाईंले तिनीहरूलाई संसारबाट लैजानुहोस् भनी म प्रार्थना गर्दिनँ, तर तिनीहरूलाई दुष्टबाट सुरक्षित राखिदिनुहोस्। 16तिनीहरू संसारका होइनन्, जस्तो म पनि संसारको होइनँ। 17तिनीहरूलाई सत्यमा पवित्र पारिदिनुहोस्, तपाईंको वचन सत्य हो। 18जसरी तपाईंले मलाई संसारमा पठाउनुभयो, मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु। 19तिनीहरूका खातिर म आफैलाई पवित्र पार्दछु, ताकि तिनीहरू पनि सत्यतामा पवित्र होऊन्।
…………………………………………………………
सबै विश्वासीहरूका निम्ति येशूको प्रार्थना
20 “म यिनीहरूका निम्ति मात्र प्रार्थना गर्दिनँ, तर यिनीहरूका सन्देशद्वारा ममाथि विश्वास गर्नेहरूका निम्ति पनि प्रार्थना गर्छु, 21कि तिनीहरू सबै एक होऊन्। हे पिता, जसरी तपाईं ममा हुनुहुन्छ, र म तपाईंमा, त्यसरी तिनीहरू पनि हामीमा होऊन्, र तपाईंले मलाई पठाउनुभयो भनी संसारले विश्वास गरोस्। 22जुन महिमा तपाईंले मलाई दिनुभएको छ, मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भएझैँ तिनीहरू पनि एक होऊन्। 23म तिनीहरूमा, अनि तपाईं ममा, र तिनीहरू पूर्ण रूपले एक होऊन्, र तपाईंले मलाई पठाउनुभएको हो, अनि मलाई प्रेम गर्नुभएजस्तो तपाईंले तिनीहरूलाई पनि प्रेम गर्नुभयो भनी संसारले जानोस्।
24 “पिता, म इच्छा गर्दछु, कि तपाईंले मलाई दिनुभएकाहरू म जहाँ छु मसँग रहून्, र मेरो महिमा देखून्, जुन महिमा, संसारको सृष्टि हुन अघि देखि नै मलाई प्रेम गर्नुभएको हुनाले तपाईंले मलाई दिनुभएको थियो।
25 “धार्मिक पिता, संसारले तपाईंलाई चिन्दैन, तर म तपाईंलाई चिन्दछु, अनि तपाईंले मलाई पठाउनुभएको हो भनी यिनीहरूले जान्दछन्। 26मैले तपाईंको नाउँ यिनीहरूमा प्रकट गरें, अनि तपाईंको नाउँ यिनीहरूमा प्रकट गराइरहनेछु, ताकि जुन प्रेमले मलाई तपाईंले प्रेम गर्नुभयो, त्यो तिनीहरूमा रहोस्, र म तिनीहरूमा रहूँ।”
………………………………………………......................................
4 - Hannah's Prayer (1 Samuel 2:1-10):
Hannah, a woman who struggled with barrenness, praises God after being granted a son, highlighting her faith and devotion.
हन्नाहको धन्यवाद प्रदान
1तब हन्नाहले यो प्रार्थना चढ़ाइन्:
“मेरो हृदयले परमप्रभुमा आनन्द गर्दछ,
परमप्रभुमा म मेरो सीङ उच्च पार्दछु।
मेरो मुख मेरा शत्रुहरूप्रति धाकले भरिएको छ,
तपाईंले मलाई उद्धार गर्नुभएकोले म हर्षित भएकी छु।
2“परमप्रभुबाहेक पवित्र अरू कोही छैन,
तपाईंजस्तै अरू कोही छैन,
हाम्रा परमेश्वरजस्तै अरू कुनै चट्टान छैन।
3“तेरो घमण्ड बन्द गर्,
अहङ्कारको वचन तेरो मुखबाट ननिकाल्।
किनभने परमप्रभु सबै कुराको ज्ञाता हुनुहुन्छ।
उहाँद्वारा सबै काम जोखिन्छ।
4“शूरवीरहरूका धनु भाँचिएका छन्,
तर ठेस खाएर लड़ेकाहरूले
बल प्राप्त गरेका छन्,
5भरिपूर्ण हुनेहरू भोजनको निम्ति आफैलाई बेच्छन्,
तर भोकाएकाहरू फेरि भोकाउनेछैनन्।
बाँझी स्त्रीले सात जना बच्चाहरू जन्माएकी छे,
तर धेरै छोराहरूकी आमा शिथिल हुन्छे।
6“परमप्रभुले मृत्यु ल्याउनुहुन्छ र
जीवन दिनुहुन्छ,
उहाँले नै चिहानमा पठाउनुहुन्छ
र मरेकालाई जीवित पार्नुहुन्छ।
7परमप्रभुले दरिद्रता र धन-सम्पत्ति पठाउनुहुन्छ।
उहाँले नम्र तुल्याउनुहुन्छ,
र उहाँले उच्च पार्नुहुन्छ।
8राजकुमारहरूसित बसाल्नलाई
तथा सम्मानको आसनको उत्तराधिकारी
बनाउनलाई उहाँले दुर्बललाई धूलोबाट
र दरिद्रलाई घुरानबाट उठाउनुहुन्छ।
“किनभने पृथ्वीका जगहरू परमप्रभुकै हुन्,
उहाँले संसारलाई तीमाथि बसाल्नुभएको हो।
9उहाँले आफ्ना पवित्र जनहरूका खुट्टालाई रक्षा गर्नुहुनेछ,
तर दुष्टहरू अन्धकारमा मौन गराइएका हुनेछन्।”
“केवल बलले मात्र मानिस प्रबल हुन सक्दैन।
10परमप्रभुको विरोध गर्नेहरू चकनाचूर पारिनेछन्।
उहाँ स्वर्गबाट तिनीहरूको विरुद्धमा गर्जनुहुनेछ,
पृथ्वीको पल्लो छेउसम्मै परमप्रभुले न्याय गर्नुहुनेछ।
“उहाँले आफ्ना राजालाई शक्ति दिनुहुनेछ,
र आफ्नो अभिषिक्त जनको सीङ उच्च पार्नुहुनेछ।”
..................................................................................................................
5 - Jabez's Prayer (1 Chronicles 4:10):
Jabez's brief yet powerful prayer for God's blessing and protection is a testament to his faith and desire for God's favor.
10याबेसले यसो भनेर इस्राएलीहरूका परमेश्वरलाई पुकारा गरे, “बिन्ती छ, मलाई आशिष् दिएर ठूलो इलाका दिनुहोस्! तपाईंको हात ममाथि रहोस्, र मलाई जोखिमबाट जोगाएर राख्नुहोस्, ताकि मलाई कुनै चोटले पनि नदुखोस्।” अनि परमेश्वरले तिनको बिन्ती सुन्नुभयो।
.............................................................................................................
6 - Moses' Prayer (Exodus 33):
Moses's prayer, particularly his request to see God's glory, demonstrates his deep desire to know and experience God's presence.
मोशाको अन्तर्बिन्ती
1तब परमप्रभुले मोशालाई भन्नुभयो, “मिश्रबाट ल्याएका यी मानिसहरूसँग त्यस देशमा जा, जसको विषयमा ‘तेरा सन्तानलाई दिनेछु’ भनेर मैले अब्राहाम, इसहाक र याकूबसित शपथ खाएको थिएँ। 2म तिमीहरूका अगिअगि एउटा दूत पठाउनेछु, र कनानी, एमोरी, हित्ती, परिज्जी, हिव्वी र यबूसीहरूलाई धपाउनेछु। 3दूध र मह बग्ने त्यो देशमा जाओ। तर तिमीहरू हठी मानिस हौ, यसकारण म तिमीहरूका बीचमा हिँड्नेछैनँ, नत्रता बाटैमा म तिमीहरूलाई नाश गरुँला।”
4जब मानिसहरूले यो नराम्रो समाचार सुने, तब तिनीहरूले अफसोस गरे, र कसैले आफ्ना गहनाहरू लगाएन। 5किनकि परमप्रभुले मोशालाई भन्नुभएको थियो, “इस्राएलीहरूलाई भन्, ‘तिमीहरू हठी मानिस हौ। म एक क्षणको निम्ति पनि तिमीहरूका बीचमा आएँ भने म तिमीहरूलाई भस्म पार्नेछु। अब तिमीहरूले आफ्ना गहनाहरू फुकाल, र तिमीहरूसित के गर्नुपर्ने हो, सो म विचार गरुँला’।” 6यसैले होरेब पर्वतमा इस्राएलीहरूले आफ्ना गहनाहरू फुकाले।
भेट हुने पाल
7मोशाले चाहिँ छाउनीदेखि बाहिर धेरै टाढ़ामा पाल टाँग्ने गर्थे। तिनले त्यसलाई “भेट हुने पाल” भन्थे। परमप्रभुसित भेट गर्न चाहने प्रत्येक व्यक्ति छाउनीको बाहिर भएको त्यही भेट हुने पालमा जान्थ्यो। 8जब मोशा निस्केर भेट हुने पालमा जान्थे, तब सबै मानिसहरू उठेर आफ्नो पालको ढोकामा खड़ा भई मोशा त्यस पालभित्र नपसुञ्जेलसम्म तिनीतिर नै हेरिरहन्थे। 9जब मोशा त्यस पालभित्र पस्थे तब बादलको खामो ओर्लेर पालको ढोकामा खड़ा रहन्थ्यो। तब परमप्रभु मोशासित कुरा गर्नुहुन्थ्यो। 10जब मानिसहरूले बादलको खामो पालको ढोकामा खड़ा भएको देख्तथे, तब तिनीहरू उठेर आ-आफ्नो पालको ढोकामा आराधना गर्थे। 11परमप्रभु मोशासित यसरी आमने-सामने कुरा गर्नुहुन्थ्यो, जसरी कोही आफ्ना मित्रसित कुरा गर्दछ। तब मोशा फर्केर छाउनीमा आउँथे, तर तिनको जवान सहायक, नूनका छोरा यहोशू, त्यस पालबाट निस्कँदैनथे।
मोशा र परमप्रभुको महिमा
12अनि मोशाले परमप्रभुलाई भने, “तपाईंले मलाई ‘यी मानिसहरूलाई लिएर जा’ भन्नुहुन्छ, तर मसित को-को पठाउनुहुन्छ तपाईंले मलाई थाहा दिनुभएको छैन। तपाईंले भन्नुभएको छ, ‘म त तँलाई तेरो नाउँले नै चिन्छु: र तँमाथि मेरो निगाह भएको छ’। 13यदि तपाईंको निगाह ममाथि भएको छ भने, अब मलाई तपाईंको मार्ग देखाउनुहोस्, र म तपाईंलाई चिन्न सकूँ र तपाईंको दृष्टिमा निगाह पाइरहन सकूँ। यो जाति तपाईंकै हो भनी सम्झनुहोस्।”
14अनि परमप्रभुले भन्नुभयो, “मेरो उपस्थिति तँसँग जानेछ, र म तँलाई विश्राम दिनेछु।”
15तब मोशाले उहाँलाई भने, “यदि तपाईंको उपस्थिति हामीसित गएन भने हामीलाई यहाँबाट उता नलानुहोस्। 16तपाईं हामीसितै नगएसम्म म र तपाईंका यी मानिसहरूले तपाईंको निगाह पाएका छौं भनेर हामीले कसरी जान्ने? अरू के कुराले म र तपाईंका मानिसहरू पृथ्वीका सारा मानिसहरूदेखि भिन्नै हुन्छौं?”
17तब परमप्रभुले मोशालाई भन्नुभयो, “तैंले भनेकै कुरा म गर्नेछु, किनकि तैंले मेरो दृष्टिमा निगाह पाएको छस्, र मैले तँलाई नाउँले नै चिनेको छु।”
18तिनले भने, “अब मलाई तपाईंको महिमा देखाउनुहोस्।”
19उहाँले भन्नुभयो, “म तेरै सामुन्ने मेरो सारा श्रेष्ठता देखाउनेछु, र तेरै सामुन्ने ‘परमप्रभु’ नाउँको घोषणा गर्नेछु। जसलाई म अनुग्रह गर्न चाहन्छु त्यसलाई म अनुग्रह गर्नेछु। जसलाई म कृपा देखाउन चाहन्छु, त्यसलाई म कृपा देखाउनेछु।” 20अनि उहाँले भन्नुभयो, “तर तैंले मेरो अनुहार हेर्न सक्दैनस्, किनकि मेरो अनुहार हेरेर मानिस जीवितै रहन सक्दैन।”
21तब परमप्रभुले भन्नुभयो, “मेरो छेउमा एउटा ठाउँ छ, जहाँ तँ एउटा चट्टानमा खड़ा हो। 22मेरो महिमा त्यहाँबाट भएर जाँदा तँलाई म त्यस चट्टानको धाँदोमा राख्नेछु, र म त्यहाँबाट भएर नजाउञ्जेल तँलाई मेरै हातले छोपिराख्नेछु। 23त्यसपछि म मेरो हात उठाउनेछु, र तैंले मेरो पछिको भाग देख्नेछस्, तर मेरो अनुहारचाहिँ देखिनेछैन।”
...................................................................................
7 - Hezekiah's Prayer (2 Kings 19):
Hezekiah's prayer during a time of great national crisis reveals his faith in God's power and his trust in God's protection.
1जब हिजकिया राजाले यो सुने, तब तिनले आफ्ना लुगा च्याते, र भाङ्ग्रा लाएर परमप्रभुको मन्दिरभित्र पसे। 2तिनले राजमहलका सञ्चालक एल्याकीम, सचिव शेब्ना र मुख्य-मुख्य पूजाहारीहरूलाई सबैले भाङ्ग्रा लाएर आमोजका छोरा अगमवक्ता यशैयाकहाँ पठाए। 3तिनीहरूले तिनलाई भने, “हिजकिया यसो भन्नुहुन्छ: जसरी बच्चा जन्मनै लाग्दा त्यसलाई जन्माउन बल हुँदैन, आजको दिन कष्ट, निन्दा र तिरस्कारको दिन भएको छ। 4शायद परमप्रभु तपाईंका परमेश्वरले ती रणभूमिका सेनापतिका सबै कुरा सुन्नुहुनेछ होला, जसलाई उनका मालिक अश्शूरका राजाले जीवित परमेश्वरलाई गिल्ला गर्न पठाएका थिए, र परमप्रभु तपाईंका परमेश्वरले सुन्नुभएको कुराको कारण उहाँले उनलाई हप्काउनुहोला। यसकारण अझै बाँचेकाहरूका निम्ति प्रार्थना चढ़ाइदिनुहोस्।”
5जब हिजकियाले पठाएका अधिकारीहरू यशैयाकहाँ आए, 6तब यशैयाले तिनीहरूलाई भने, “आफ्ना मालिकलाई भन, ‘परमप्रभु यसो भन्नुहुन्छ: तैंले सुनेका कुराले गर्दा तँ नडरा— जुन कुराहरूले अश्शूरको राजाका चाकरहरूले मेरो निन्दा गरेका छन्। 7ध्यानसित सुन्! म त्यसमा एउटा यस्तो आत्मा हालिदिनेछु, कि जब त्यसले कुनै एउटा प्रतिवेदन सुन्नेछ, तब त्यो आफ्नै देशमा फर्किजानेछ, र म त्यहाँ त्यसलाई तरवारद्वारा खतम पार्न लाउनेछु’।”
8रणभूमिका सेनापतिले यो सुने कि अश्शूरका राजाले लाकीश छोड़े, तब उनी फर्के, र राजाले लिब्नाको विरुद्धमा लड़ाइँ गरिरहेका उनले भेट्टाए।
9अब मिश्रदेशका कूशी राजा तिर्हाकाह आफूसित लड़ाइँ गर्नलाई आइरहेका छन् भनी सनहेरीबले प्रतिवेदन पाए। यसैले उनले फेरि यहूदाका राजा हिजकियाकहाँ यसो भनेर समाचारवाहक पठाए, 10“यहूदाका राजा हिजकियालाई भन्नू: ‘यरूशलेम अश्शूरका राजाको हातमा पर्नेछैन’ भन्ने तिमीले भरोसा गरेका देवताले तिमीलाई धोका नदेऊन्। 11अश्शूरका राजाहरूले सबै देशहरूलाई के गरेका छन्, र तिनीहरूलाई कसरी सम्पूर्ण सर्वनाश गरेका छन् सो तिमीले निश्चय नै सुनेकै छौ। अनि के तिमी छुटकारा पाउने आशा गर्दछौ र? 12के मेरा पिता-पुर्खाहरूले सर्वनाश गरेका जातिहरूका देवताहरूले तिनीहरूलाई छुटकारा दिए त— गोजान, हारान, रेसेप र तेल-अस्सारमा बस्ने अदनका मानिसहरूका देवताहरू? 13हमातका राजा, अर्पादका राजा वा सपर्बेम सहरका राजा, अथवा हेना वा इव्वाका राजाहरू कहाँ छन् त?”
हिजकियाको प्रार्थना
14हिजकियाले यो चिट्ठी समाचारवाहकहरूबाट लिए, र पढ़े। तब तिनी परमप्रभुको मन्दिरमा उक्लेर गए, र परमप्रभुको सामुन्ने त्यो खोलेर राखिदिए। 15र हिजकियाले परमप्रभुमा यो प्रार्थना चढ़ाए: “हे परमप्रभु, इस्राएलका परमेश्वर, जो करूबहरूका बीचमा सिंहासनमा विराजमान हुनुहुन्छ, पृथ्वीका सारा राज्यहरूमा तपाईं मात्र परमेश्वर हुनुहुन्छ। तपाईंले स्वर्ग र पृथ्वी सृष्टि गर्नुभयो! 16हे परमप्रभु, आफ्ना कान खोलेर सुन्नुहोस्! हे परमप्रभु, आफ्ना आँखा खोलेर हेर्नुहोस्। जीवित परमेश्वरलाई ठट्टा गर्न सनहेरीबले पठाएका कुराहरू सुन्नुहोस्।
17“हे परमप्रभु, यो कुरा साँचो हो, कि अश्शूरका राजाहरूले यी जाति-जातिहरू र यिनीहरूका देशहरूलाई उजाड़ पारेका छन्। 18उनीहरूले यिनीहरूका देवताहरूलाई आगोमा हालेर सर्वनाश पारिदिएका छन्, किनकि तिनीहरू त ईश्वर थिएनन्, तर मानिसहरूका हातले बनाएका काठ र ढुङ्गा मात्र थिए। 19अब हे परमप्रभु हाम्रा परमेश्वर, उनको हातबाट हामीलाई बचाउनुहोस्, ताकि पृथ्वीका सबै राज्यहरूले यो जानून् कि परमप्रभु, तपाईं मात्र परमेश्वर हुनुहुन्छ।”
यशैयाले सनहेरीबका पतनको अगमवाणी कहेका
20तब आमोजका छोरा यशैयाले हिजकियाकहाँ एउटा समाचार पठाए, “परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘अश्शूरका राजा सनहेरीबको विषयमा तैंले मलाई चढ़ाएको प्रार्थना मैले सुनें। 21त्यसको विरुद्धमा परमप्रभुले भन्नुभएको वचन यही हो:
“‘सियोनकी कन्ये-छोरीले तेरो निन्दा गर्छे,
र तेरो गिल्ला गर्छे।
तँ भागेर जाँदा यरूशलेमकी छोरीले आफ्नो शिर हल्लाउँछे।
22तैंले कसको ठट्टा र निन्दा गरिस्?
कसको विरुद्धमा तँ चिच्च्याइस्,
र घमण्डले तेरा आँखा उठाइस्?
इस्राएलका परमपवित्रको विरुद्धमा हो!
23आफ्ना समाचारवाहकहरूद्वारा
तैंले परमप्रभुमाथि अनादर थुपारिस्,
र तैंले भनिस्, “मेरा धेरै रथहरूसित
म पहाड़का टाकुराहरूमा चढ़ेको छु,
लेबनानका सबैभन्दा उच्च टाकुराहरूमा।
मैले त्यसका सबैभन्दा अल्गा देवदारुका रूखहरू,
त्यसका सबैभन्दा असल सल्लाका रूखहरू ढालें।
म त्यसको पल्लो कुनामा,
त्यसका सबैभन्दा सुन्दर वनहरूमा पुगें।
24मैले विदेशी ठाउँहरूमा कूवा खनेको छु,
र त्यहाँ पानी पिएको छु।
मेरा खुट्टाका पैतालाले मैले
मिश्रदेशका खोलाहरू सुकाइदिएँ।”
25“‘के तिमीहरूले सुनेका छैनौ र?
उहिले नै मैले त्यो ठहराएँ।
तादिका दिनमा नै मैले त्यो युक्ति रचें।
अब मैले यो पूरा गरेको छु,
कि तैंले किल्ला भएका सहरहरूलाई
ढुङ्गाहरूका थुप्रा तुल्याएको छस्।
26तिनीहरूका नगरवासीहरूको
बल सुकेर तिनीहरू निराश भएर लज्जित भएका छन्’।”
तिनीहरू मैदानका बोटहरूजस्तै, कलिला हरिया मुनाहरूझैँ छन्,
उम्रन अघि नै सुकिहाल्नेजस्तै छन्।
27“‘तर तँ कहाँ बस्छस् म जान्दछु।
तँ बाहिर गएको र भित्र आएको मलाई थाहा छ।
मेरो विरुद्धमा तेरो रीसको झोँक म जान्दछु।
28तैंले मेरो विरुद्धमा झोँक देखाएकोले,
र तेरो अहङ्कार मेरो कानमा पुगेको कारणले, म तेरो नाकमा बल्छी
र तेरो मुखमा लगाम लगाइदिनेछु,
र तँ आएकै बाटो भएर म तँलाई फर्कन लाउनेछु’।”
29“ए हिजकिया, तेरो निम्ति चिन्हचाहिँ यो हुनेछ:
यो साल तिमीहरूले आफै उम्रेका अन्न खानेछौ।
दोस्रो साल त्यसैबाट उम्रेका खानेछौ।
तर तेस्रो सालचाहिँ तिमीहरू छर र कटनी गर,
दाखबारी लगाओ र त्यसको फल खाओ।
30फेरि यहूदाका घरानाका बाँचेकाहरूले भूइँमुनि जरा हाल्नेछन्,
र जमिनमाथि फल उमार्नेछन्।
31किनभने यरूशलेमबाट एउटा बाँकी रहेको भाग,
र सियोन डाँड़ाबाट बाँचेकाहरूको एक दल निस्केर आउनेछन्।
सर्वशक्तिमान् परमप्रभुको जोशले यो काम पूरा गर्नेछ।
32“यसैकारण अश्शूरका राजाको विषयमा परमप्रभु यसो भन्नुहुन्छ:
“त्यो यस सहरभित्र पस्नेछैन,
अथवा त्यसले एउटा काँड़ पनि यहाँ हान्नेछैन।
त्यो ढाल लिएर यसको अगि आउनेछैन,
अथवा यसको विरुद्धमा घेरा-मचान लाउनेछैन।
33त्यो आएकै बाटो भएर फर्किजानेछ।
यस सहरभित्र त्यो पस्नेछैन,
परमप्रभु यही घोषणा गर्नुहुन्छ।
34मेरो खातिर र मेरो दास दाऊदको खातिर
म यस सहरलाई रक्षा गर्नेछु र बचाउनेछु।”
35त्यस रात परमप्रभुका स्वर्गदूत निस्के, र तिनले अश्शूरको छाउनीमा एक लाख पचासी हजार मानिसहरूलाई मारे। जब भोलिपल्ट बिहानै मानिसहरू उठे, त्यहाँ सबै लाशहरू मात्र थिए। 36यसैले अश्शूरका राजा सनहेरीब आफ्नो छाउनी उठाएर फर्किगए। उनी निनवेमा फर्केर गई बस्न लागे।
37एक दिन जब उनी आफ्नो देवता निस्रोकको मन्दिरमा पूजा गरिरहेका थिए, तब उनका छोराहरू अद्रम्मलेक र शरेसेरले उनलाई तरवारले मारे, र उनीहरू आरारात देशमा भागेर गए। उनीपछि उनका छोरा एसरहदोन राजा भए।
........................................................................................................................
8 - Daniel's Prayer Forgiveness (Dan 9:1-19):
Daniel's prayer, filled with repentance and supplication, demonstrates his humility and his faith in God's ability to restore His people.
दानिएलको प्रार्थना
1अहासूरसका छोरा दाराको प्रथम वर्षमा, जो मादी वंशका थिए र बेबिलोनी राज्यका शासक तुल्याइएका थिए— 2उनका राज्यकालको प्रथम वर्षमा म, दानिएलले, यर्मिया अगमवक्तालाई दिइएको परमप्रभुको वचनअनुसार, धर्मशास्त्रबाट बुझें कि यरूशलेमको उजाड़ अवस्था सत्तरी वर्षसम्म रहनेछ। 3यसकारण म उपवाससाथ भाङ्ग्रा ओढ़ेर खरानी धसी प्रार्थना र अन्तर्बिन्ती गर्दै परमप्रभु परमेश्वरतिर फर्कें। 4मैले पाप स्वीकार गर्दै परमप्रभु मेरा परमेश्वरलाई प्रार्थना गरें:
“हे परमप्रभु, महान् र भययोग्य परमेश्वर, जसले उहाँलाई प्रेम गर्ने र उहाँका आज्ञा पालन गर्ने सबैसँग प्रेमको करार पूरा गर्नुहुन्छ, 5हामीले पाप गरेका छौं र गल्ती गरेका छौं। हामी दुष्ट भएका छौं र बागी बनेका छौं, हामी तपाईंका आज्ञा र धार्मिक नियमहरूबाट तर्केका छौं। 6हामीले तपाईंका सेवक अगमवक्ताहरूका कुरामा ध्यान दिएनौं, जसले तपाईंको नाउँमा हाम्रा राज्यहरू, हाम्रा प्रधानहरू र हाम्रा पिता-पुर्खाहरू र देशका सबै मानिसहरूसँग बोलेका थिए।
7“परमप्रभु, तपाईं धर्मी हुनुहुन्छ, तर तपाईंप्रति भएको विश्वासघातको कारणले सबै देशहरूमा छरपष्ट पारिएका नजिक र टाढ़ा बस्ने, हामी यहूदाका मानिसहरू र यरूशलेम र इस्राएलका जनताहरू लाजले ढाकिएका छौं। 8हे परमप्रभु, हामी र हाम्रा राजाहरू हाम्रा प्रधानहरू र हाम्रा पिता-पुर्खाहरू लाजले ढाकिएका छौं, किनभने तपाईंको विरुद्धमा हामीले पाप गरेका छौं। 9हामी उहाँको विरुद्धमा बागी भएका छौं, यद्यपि परमप्रभु हाम्रा परमेश्वर कृपालु र क्षमाशील हुनुहुन्छ। 10हामीले परमप्रभु हाम्रा परमेश्वरका आज्ञा पालन गरेका छैनौं र उहाँका सेवक अगमवक्ताहरूद्वारा दिइएका नियमहरू पनि मानेका छैनौं। 11तपाईंको आज्ञापालन गर्न अस्वीकार गरी सम्पूर्ण इस्राएलले तपाईंको व्यवस्था भङ्ग गरेका छन् र तपाईंदेखि टाढ़ा भएका छन्।
“यसकारण परमेश्वरका सेवक मोशाको व्यवस्थामा उल्लिखित सराप र शपथ गरिएका फैसलाहरू हामीमाथि खन्याइएका छन्, किनभने तपाईंको विरुद्धमा हामीले पाप गरेका छौं। 12हामीमाथि ठूलो विपत्ति ल्याएर हाम्रा विरुद्धमा र हाम्रा शासकहरूका विरुद्धमा बोल्नुभएका वचनहरू तपाईंले पूरा गर्नुभएको छ। यरूशलेमसित आकाशमुनि कहिल्यै नगरिएको व्यवहार गरिएको छ। 13मोशाको व्यवस्थामा लेखिएजस्तै यी सबै विपत्ति हामीमाथि आएका छन्, तैपनि आफ्ना पापदेखि फर्की तपाईंको सत्यतालाई ध्यान दिएर हामीले परमप्रभु हाम्रा परमेश्वरको कृपा खोजेका छैनौं। 14हामीमाथि विपत्ति ल्याउन परमप्रभु अनकनाउनुभएन, किनभने परमप्रभु हाम्रा परमेश्वर उहाँले गर्नुहुने सबै कुरामा धर्मी हुनुहुन्छ। तापनि हामीले उहाँको आज्ञा मानेका छैनौं।
15“अब हे परमप्रभु हाम्रा परमेश्वर, जसले आफ्ना जनहरूलाई शक्तिशाली हातले मिश्रदेशबाट ल्याउनुभयो र आजको दिनसम्म आफ्नो नाम स्थिर राख्नुभएको छ, हामीले पाप गरेका छौं, हामीले गल्ती गरेका छौं। 16हे परमप्रभु, तपाईंका धार्मिक कार्यअनुरूप तपाईंको सहर, तपाईंको पवित्र डाँड़ा यरूशलेमबाट आफ्नो क्रोध र रीस हटाउनुहोस्। हाम्रा पाप र हाम्रा पिता-पुर्खाका अपराधले गर्दा यरूशलेम र तपाईंका मानिसहरू हाम्रा वरिपरिका मानिसहरूका सामु गिल्लाका पात्र बनेका छन्।
17“अब हे हाम्रा परमेश्वर, आफ्नो दासको प्रार्थना र अन्तर्बिन्ती सुन्नुहोस्। हे परमप्रभु, तपाईंको आफ्नै खातिर आफ्नो उजाड़ पारिएको पवित्रस्थानमाथि कृपा-दृष्टि राखिदिनुहोस्। 18हे परमेश्वर, आफ्नो कान थाप्नुहोस् र आँखा खोल्नुहोस् र तपाईंको नाउँ बोकेको सहरको उजाड़ अवस्था हेर्नुहोस्। हामी धर्मी छौं भनेर यो बिन्ती गरेका छैनौं, तर तपाईंको महान् कृपाको कारणले। 19हे परमप्रभु, सुन्नुहोस्! हे परमप्रभु, क्षमा गर्नुहोस्! हे परमप्रभु, सुन्नुहोस् र कारबाही गर्नुहोस्। हे मेरा परमेश्वर, आफ्नो खातिर ढिलो नगर्नुहोस्, किनभने तपाईंको सहर र तपाईंका मानिसहरूले तपाईंको नाउँ बोकेका छन्।”
.........................................................................................................
9 - Jehoshaphat's Prayer (2 Chronicles 20):
Jehoshaphat's prayer in the face of overwhelming odds highlights his reliance on God and his trust in His power to deliver.
1यसको केही समयपछि मोआबी, अम्मोनी र केही सेनानीहरू यहोशापातको विरुद्धमा युद्ध गर्न आए।
2तिनलाई यो समाचार सुनाइयो कि एक ठूलो सैन्य-दल खारा समुद्र पारि एदोमबाट तिनको विरुद्धमा लड़ाइँ गर्न आइरहेछ, र हासेसोन-तामार, अर्थात् एन-गदीमा पुगिसकेको छ। 3यस्तो विपद्को समाचार सुनेर यहोशापातले परमप्रभुको अगुवाइ खोज्न अठोट गरे। तिनले सारा यहूदाभरि नै उपवास बस्नलाई घोषणा गरे। 4यहूदाका मानिसहरू परमेश्वरको सल्लाह माग्नलाई भेला भए। देशको हरेक सहरबाट तिनीहरू उहाँसित सल्लाह माग्न आए।
5यहूदा र यरूशलेमका सभाको सामुन्ने परमप्रभुका मन्दिरको नयाँ चोकको अगि खड़ा भएर यहोशापातले भने:
6“हे परमप्रभु हाम्रा पुर्खाहरूका परमेश्वर, के तपाईं नै स्वर्गमा विराजमान हुनुहुने परमेश्वर हुनुहुन्न? तपाईं जाति-जातिका सबै राज्यहरूमा शासन गर्नुहुन्छ। तपाईंकै हातमा शक्ति र बल छन्। तपाईंको सामना गर्ने कोही छैन। 7हे हाम्रा परमेश्वर, के तपाईंले नै आफ्नो प्रजा इस्राएलको सामुबाट यस देशका बासिन्दाहरूलाई धपाउनुभएको र आफ्ना मित्र अब्राहामका सन्तानलाई सदासर्वदाको निम्ति त्यो दिनुभएको होइन? 8तिनीहरू त्यसमा वास बसेका छन्, र तपाईंका नाउँको निम्ति यसो भनेर एउटा वासस्थान बनाएका छन्, 9‘यदि विपत्ति हामीमाथि आइलाग्यो भने, अर्थात् न्यायको तरवार वा रूढ़ी वा अनिकाल पर्यो भने, हामी यस मन्दिरको अगि जहाँ तपाईंको नाउँ छ, र तपाईंको सामुन्ने खड़ा हुनेछौं। अनि हामी आफ्नो विपत्तिमा तपाईंलाई पुकार्नेछौं, र तपाईंले हाम्रो बिन्ती सुनेर हामीलाई बचाउनुहुनेछ’।
10“मिश्रदेशबाट आउँदा तपाईंले इस्राएललाई अम्मोनी र मोआबीहरू र सेइर पर्वतका मानिसहरूको देशमा पस्न मनाही गर्नुभएको थियो, र यसैले उनीहरू यहाँ आएका छन्। इस्राएलीहरूले उनीहरूलाई त्यसै छोड़िदिए, र उनीहरूलाई नाश गरेनन्। 11तर अब हेर्नुहोस्, यी मानिसहरूले हामीलाई कस्तो बदला दिइरहेछन्। तपाईंले हामीलाई अधिकार गर्न दिनुभएको जग्गादेखि उनीहरू हामीलाई धपाउन आइरहेछन्। 12हे हाम्रा परमेश्वर, उनीहरूको न्याय तपाईं गर्नुहुन्न र? किनभने हाम्रो देशलाई आक्रमण गर्न आइरहेको यो ठूलो सैन्य-दलको सामना गर्न हाम्रो केही शक्ति छैन। हामीले जे गर्नुपर्ने हो सो हामी जान्दैनौं, तर हामी आफ्ना आँखा तपाईंतिर उठाउँछौं।”
13यहूदाका सबै मानिसहरू, तिनीहरूका पत्नीहरू र तिनीहरूका बालकहरूसमेत त्यहाँ परमप्रभुको सामुन्ने खड़ा भए।
14तब आसापको वंशका एक जना लेवी यहासेलमाथि परमप्रभुका आत्मा उत्रनुभयो। तिनी मत्तन्याहका जनाति, यहीएलका पनाति, बनायाहका नाति अनि जकरियाका छोरा थिए।
15तिनले भने, “हे यहूदा र यरूशलेमका सबै बासिन्दा र राजा यहोशापात सुन्नुहोस्, परमप्रभु तपाईंहरूलाई यही भन्नुहुन्छ: ‘नडराओ, यस ठूलो सैन्यदलदेखि नआत्तिओ। किनभने लड़ाइँ परमप्रभुको हातमा छ, तिमीहरूका हातमा होइन। 16भोलि उनीहरूसँग युद्ध गर्न निस्क। उनीहरू जीजको उकालोबाट भएर आउँछन्। तिमीहरूले उनीहरूलाई यरूएलको उजाड़-स्थानमा भएको खोलाको पल्लो छेउमा भेट्नेछौ। 17यो लड़ाइँ तिमीहरूले लड्नुपर्नेछैन। ताँतीमा दृढ़ भएर पर्खिबस। परमप्रभुले तिमीहरूका उद्धारको काम गर्नुभएको तिमीहरू देख्नेछौ। नडराओ, न त आत्तिओ। भोलि उनीहरूको सामना गर्न तिमीहरू निस्किआओ। किनभने परमप्रभु तिमीहरूतर्फ हुनुहुनेछ’।”
18यहोशापात भूइँमा घोप्टो परे, र यहूदा र यरूशलेमका सबै बासिन्दाहरू परमप्रभुको सामुन्ने दण्डवत् गर्न घोप्टो परे। 19तब कहात र कोरहका वंशका कोही लेवीहरू खड़ा भए, र चर्को सोरले परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा गरे।
20तब तिनीहरू बिहान सबेरै उठेर तकोको उजाड़-स्थानमा गए। तिनीहरू निस्केर जाँदा खड़ा भएर यहोशापातले भने, “हे यहूदा र यरूशलेमका बासिन्दा हो, मेरो कुरा सुन। परमप्रभु तिमीहरूका परमेश्वरको विश्वासमा तिमीहरू स्थिर भइरहो, र उहाँले तिमीहरूलाई थामिराख्नुहुनेछ। उहाँका अगमवक्ताहरूमाथि विश्वास गर, र तिमीहरूको फलिफाप हुनेछ।” 21मानिसहरूसित सल्लाह गरेपछि तिनले कति जनालाई परमप्रभुको स्तुतिगान र उहाँका पवित्रताको प्रतापको प्रशंसा गर्न सेनाको अगिअगि गएर गाउनलाई नियुक्त गरे। अनि तिनीहरूले यसो भनेर गाए,
“परमप्रभुलाई धन्यवाद देओ,
किनभने उहाँको प्रेम
अनन्तकालसम्म रहिरहन्छ।”
22तिनीहरूका प्रशंसाको चर्को आवाज सुनिने बित्तिकै परमप्रभुले यहूदासँग युद्ध गर्न आएका अम्मोनी, मोआबी र सेइर पर्वतका मानिसहरूलाई अलमल्याइदिनुभयो, र उनीहरू परास्त भए। 23अम्मोनी र मोआबीहरू सेइर पर्वतका मानिसहरूका विरुद्धमा उनीहरूलाई खतम गर्न र नाश गर्न उठे। जब उनीहरूले सेइरका मानिसहरूलाई नाश गरिसके, तब उनीहरूले आपसमा नै एक-अर्कालाई अन्धाधुन्ध आक्रमण गर्न लागे।
24जब यहूदाका मानिसहरू उजाड़-स्थानमा भएको अल्गो ठाउँमा आइपुगे र शत्रुको सैन्य-दललाई हेरे, तब त्यहाँ तिनीहरूले उनीहरूलाई भूइँमा मारिएर पड़िरहेका देखे, अनि उनीहरूमध्ये एउटै पनि उम्केको थिएन। 25जब यहोशापात र तिनका मानिसहरू लूटका माल जम्मा गर्न आए, तब तिनीहरूले असंख्य सामानहरू, लुगाफाटाहरू र बहुमूल्य थोकहरू लानै नसक्ने गरी लुटेर लगे। तिनीहरूले तीन दिनसम्म लूटका माल जम्मा गरे, किनभने ती त्यति धेरै थिए। 26चौथो दिन तिनीहरू बराकाहको बेँसीमा भेला भए। तिनीहरूले त्यहाँ परमप्रभुको प्रशंसा गरेका हुनाले आजको दिनसम्मै त्यसको नाउँ त्यही छ।
27त्यसपछि यहूदा र यरूशलेमका सबै मानिसहरू यहोशापातलाई अगि लाएर विजयको साथ सहरमा फर्के, किनभने परमप्रभुले तिनीहरूका शत्रुमाथि तिनीहरूलाई विजयी तुल्याउनुभएको थियो। 28तिनीहरू वीणा, सितार र तुरही बजाउँदै यरूशलेममा पसेर परमप्रभुको मन्दिरभित्र गए।
29परमप्रभुले नै इस्राएलका शत्रुहरूका विरुद्धमा युद्ध गर्नुभयो भनी सुनेर सबै देशका राज्यहरूमा परमेश्वरको भय फैलियो। 30यहोशापातको राज्यमा शान्ति भयो, किनभने परमेश्वरले तिनलाई चारैतिर विश्राम दिनुभयो।
यहोशापातका शासनकालको अन्त्य
31यसरी यहोशापातले यहूदामाथि राज्य गरे। राजगद्दी आरोहण गर्दा तिनी पैँतीस वर्षका थिए, र तिनले यरूशलेममा पच्चीस वर्ष राज्य गरे। तिनकी आमाको नाउँ अजूबा थियो, र तिनी शिल्हीकी छोरी थिइन्। 32तिनी आफ्ना पिता आसाका चालमा हिँड़े, र तीबाट तर्केनन्। परमप्रभुको दृष्टिमा जे कुरा असल थियो त्यही तिनले गरे। 33तर डाँड़ाहरूका पूजा गर्ने थानहरू तिनले हटाएनन्, र मानिसहरूले आफ्ना पुर्खाहरूका परमेश्वरमाथि आफ्नो मन लाएनन्।
34यहोशापातको राजकालका अरू घटनाहरू सुरुदेखि अन्त्यसम्मै हनानीका छोरा येहूको इतिहासमा लेखिएका छन्। ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा गाभिएका छन्।
35पछि यहूदाका राजा यहोशापातले इस्राएलका राजा अहज्याहसँग मित्रता बाँधे, जो दुष्टताको दोषी थिए। 36व्यापार गर्नलाई जहाजहरू बनाउनका निम्ति तिनले अहज्याहसित सम्बन्ध राखे। यी जहाजहरू एस्योन-गेबेरमा बनाइसकेपछि, 37मारेशाका दोदाबाहुका छोरा एलीएजरले यहोशापातको विरुद्धमा यो अगमवाणी कहे, “तपाईंले अहज्याहसँग मित्रता बाँध्नुभएको हुनाले परमप्रभुले तपाईंको काम निष्फल तुल्याउनुहुनेछ।” अनि ती जहाजहरू नष्ट भएर व्यापार गर्नलाई यात्रा गर्न पाएनन्।
.......................................................................................................................
10 - Paul's Prayers
Eph 1:15-23,
धन्यवाद ज्ञापन र प्रार्थना
15प्रभु येशूप्रति रहेको तिमीहरूको विश्वास र सबै सन्तहरूप्रति तिमीहरूका प्रेमको विषयमा मैले सुनेको कारणले नै, 16मेरो प्रार्थनामा तिमीहरूलाई सम्झना गर्दै तिमीहरूका निम्ति धन्यवाद दिन म थामिन्नँ। 17म प्रार्थना गरिरहन्छु, कि हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर, महिमाका पिताले तिमीहरूलाई उहाँको विषयको ज्ञानमा बुद्धि र प्रकाशको आत्मा देऊन्। 18म यो पनि प्रार्थना गर्दछु, कि तिमीहरूको हृदयका आँखा उज्यालो होस्, र कुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनुभएको छ, र सन्तहरूमा उहाँको महिमित उत्तराधिकारको सम्पत्ति के हो, सो तिमीहरूले जान्न सक। 19अनि हामी विश्वास गर्नेहरूका निम्ति उहाँको शक्तिको असीम महानता के हो, सो तिमीहरू जान्न सक। त्यो शक्ति उहाँको महान् सामर्थ्यको काम नै हो, 20जो उहाँले ख्रीष्टमा पूरा गर्नुभयो, जब उहाँले ख्रीष्टलाई मरेकाहरूबाट जीवित पार्नुभयो, अनि स्वर्गीय स्थानहरूमा आफ्नै दाहिने बाहुलीपट्टि बसाल्नुभयो। 21सबै शासन, र अधिकार, र शक्ति र राज्यमाथि, र यस युगका मात्र होइन, तर आउने युगका पनि जति नाउँ छन्, ती सबैमाथि उहाँलाई राख्नुभयो, 22र परमेश्वरले सबै कुरा उहाँका पाउमुनि राखिदिनुभयो, र मण्डलीको निम्ति उहाँलाई नै सबै कुराको शिर बनाइदिनुभयो, 23जुन मण्डली उहाँको शरीर, उहाँको पूर्णता हो। र उहाँले नै सबै थोक परिपूर्ण पार्नुहुन्छ।
EPH 3:14-21,
एफिससको मण्डलीको निम्ति प्रार्थना
14यसैकारण म पिताको सामने आफ्ना घुँड़ा टेक्तछु, 15जसद्वारा स्वर्ग र पृथ्वीमा भएको हरेक परिवारको नाउँ राखिएको छ। 16म प्रार्थना गर्छु, कि उहाँका महिमाको सम्पत्तिअनुसारको शक्तिले उहाँका आत्माद्वारा भित्री मनुष्यत्वमा तिमीहरूलाई शक्तिशाली पारून्, 17र विश्वासद्वारा ख्रीष्ट तिमीहरूका हृदयमा वास गरून्, र प्रेममा जरा गाडिएका र दह्रिला भएर, 18सबै सन्तहरूसँग चौडाइ, लमाइ, उचाइ र गहिराइ के रहेछ सो बुझ्ने शक्ति प्राप्त गर्न सक, 19र ज्ञानलाई माथ गर्ने ख्रीष्टको प्रेमलाई थाहा पाउन सक, ताकि परमेश्वरको सारा पूर्णताले तिमीहरू भरिपूर्ण होओ।
20उहाँलाई, जसले हामीभित्र काम गर्ने उहाँको शक्तिअनुसार हामीले मागेको वा चिताएको भन्दा ज्यादै प्रशस्त मात्रामा गर्न सक्नुहुन्छ, 21उहाँलाई नै पुस्ता-पुस्तासम्म मण्डली र ख्रीष्ट येशूमा सदासर्वदा महिमा होस्। आमेन।
Romans 15:13):
13आशाका परमेश्वरले तिमीहरूलाई विश्वासद्वारा सम्पूर्ण आनन्द र शान्तिले भरिपूर्ण गरिदेऊन्, यस हेतुले कि पवित्र आत्माको शक्तिले तिमीहरू आशामा प्रशस्त हुन सक।
PRAYER - BY - DAMBER - B
6। हामीले परमेश्वरको इच्छाअनुसार जीवन बिताउनुपर्छ।
— यशैया 1:15
“तिमीहरूले प्रार्थनामा आफ्ना हात पसार्दा, म मेरा आँखा तिमीहरूदेखि छोप्नेछु। तिमीहरूले ज्यादै प्रार्थना गर्दा पनि म सुन्नेछैनँ। तिमीहरूका हात रगतले भरिएका छन्।”
7 — दुई: प्रार्थनाबारे साधारणतया सोधिने प्रश्नहरू हामीले कसलाई प्रार्थना गर्नुपर्छ?
मत्ति ६:९; ““तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर: ‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ, तपाईंको नाउँ पवित्र होस्।”
युहन्ना 14:6 “येशूले तिनलाई भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।”
—- 8। के हामीले प्रार्थना गर्दा कुनै खास आसन धारण गर्नुपर्छ?
— मर्कूस 11:25 जब तिमीहरू प्रार्थना गर्न खड़ा हुन्छौ, तब कसैको विरुद्धमा तिमीहरूको केही छ भने क्षमा गर, ताकि स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गरिदेऊन्।”
9। हामीले कति चोटि प्रार्थना गर्नुपर्छ?
रोमी १२:१२; “आफ्नो आशामा आनन्द गर, सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा निरन्तर लागिरहो।” 1 थिस्सलोनिकी 5:17 “निरन्तर प्रार्थना गर
10 तीन : कस्ता कुराको लागि प्रार्थना गर्न सक्छौँ? “उहाँको इच्छाबमोजिम हामीले जेसुकै मागे पनि उहाँले हाम्रो बिन्ती सुन्नुहुन्छ।”
—१ युहन्ना ५:१४ “परमेश्वरमा हाम्रो पूर्ण भरोसा छ कि उहाँको इच्छाबमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ।”
11 आफ्नो आवश्यकता र चिन्ता-फिक्रीबारे प्रार्थना गर्नुहोस्।
मत्ती 6:11-13 “हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्। हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं। हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्टबाट छुटाउनुहोस् किनभने राज्य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्, आमेन।’”
— 12 सही निर्णय गर्ने बुद्धिको लागि प्रार्थना गर्नुहोस्।
याकूब 1:5 “तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको अभाव छ भने उदार-चित्तसँग नझर्की दिनुहुने परमेश्वरलाई त्यसले मागोस्, र त्यसलाई त्यो दिइनेछ।”
— 13 सहने बलको लागि प्रार्थना गर्नुहोस्।
फलिप्पी 4:13 “जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु।”
— 14 पापहरूको क्षमाको लागि प्रार्थना गर्नुहोस्। एफिसी 1:3 “हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिताको प्रशंसा होस्, जसले हामीलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिष्ले ख्रीष्टमा आशीर्वाद दिनुभएको छ।”
— एफिसी 1:7 “उहाँको अपार अनुग्रहअनुसार ख्रीष्टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रा पापको क्षमा, पाउँछौं,”
— ( 15 अरूको लागि प्रार्थना गर्नुहोस् )
प्रेरित 12:5 “यसरी पत्रुस झ्यालखानमा राखिए, तर तिनको निम्ति मण्डलीले परमेश्वरलाई बड़ो जोशसँग प्रार्थना गरिरहेको थियो।”
PRAYER
Top Bible Verses about Prayer
Philippians 4:6 - Do not be anxious about anything, but in everything by prayer and supplication with thanksgiving let your requests be made known to God.
6कुनै कुरामा चिन्तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होऊन्,
Mark 11:24 - Therefore I tell you, whatever you ask in prayer, believe that you have received it, and it will be yours.
24यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरूले प्रार्थनामा जेसुकै माग्छौ सो पाएका छौं भन्ने विश्वास राख, र त्यो तिमीहरूको हुनेछ।
Romans 8:26 - Likewise the Spirit helps us in our weakness. For we do not know what to pray for as we ought, but the Spirit himself intercedes for us with groanings too deep for words.
26त्यसै गरी पवित्र आत्माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ। कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्दैनौं, तर शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा पवित्र आत्माले हाम्रा निम्ति मध्यस्थता गर्नुहुन्छ।
Matthew 6:6 - But when you pray, go into your room and shut the door and pray to your Father who is in secret. And your Father who sees in secret will reward you.
6तर तिमी जब प्रार्थना गर्दछौ, आफ्नो भित्री कोठामा पस, र ढोका थुनेर गुप्तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।
James 5:16 - Therefore, confess your sins to one another and pray for one another, that you may be healed. The prayer of a righteous person has great power as it is working.
16यसकारण तिमीहरू एकले-अर्कासँग आ-आफ्ना पाप स्वीकार गर। तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ।
Matthew 26:41 - Watch and pray that you may not enter into temptation. The spirit indeed is willing, but the flesh is weak.”
41जागा रहो, प्रार्थना गर, र परीक्षामा नपर। आत्मा त साँच्चै तयार छ, तर शरीर दुर्बल छ।”
Colossians 4:2 - Continue steadfastly in prayer, being watchful in it with thanksgiving.
2सतर्क भएर धन्यवादसहित स्थिर भई प्रार्थनामा लागिरहो।
1 Thessalonians 5:16-18 - Rejoice always, pray without ceasing, give thanks in all circumstances; for this is the will of God in Christ Jesus for you
16सधैँ आनन्दित रहो। 17निरन्तर प्रार्थना गरिरहो। 18सबै परिस्थितिमा धन्यवाद देओ, किनकि ख्रीष्ट येशूमा तिमीहरूका लागि परमेश्वरको इच्छा यही हो।
PRAYER

PRAYER - PRAYER - PRAYING
1 THES 5:17, निरन्तर प्रार्थना गरिरहो
EPH 1:14 – 23, धन्यवाद ज्ञापन र प्रार्थना
15प्रभु येशूप्रति रहेको तिमीहरूको विश्वास र सबै सन्तहरूप्रति तिमीहरूका प्रेमको विषयमा मैले सुनेको कारणले नै, 16मेरो प्रार्थनामा तिमीहरूलाई सम्झना गर्दै तिमीहरूका निम्ति धन्यवाद दिन म थामिन्नँ। 17म प्रार्थना गरिरहन्छु, कि हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर, महिमाका पिताले तिमीहरूलाई उहाँको विषयको ज्ञानमा बुद्धि र प्रकाशको आत्मा देऊन्। 18म यो पनि प्रार्थना गर्दछु, कि तिमीहरूको हृदयका आँखा उज्यालो होस्, र कुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनुभएको छ, र सन्तहरूमा उहाँको महिमित उत्तराधिकारको सम्पत्ति के हो, सो तिमीहरूले जान्न सक। 19अनि हामी विश्वास गर्नेहरूका निम्ति उहाँको शक्तिको असीम महानता के हो, सो तिमीहरू जान्न सक। त्यो शक्ति उहाँको महान् सामर्थ्यको काम नै हो, 20जो उहाँले ख्रीष्टमा पूरा गर्नुभयो, जब उहाँले ख्रीष्टलाई मरेकाहरूबाट जीवित पार्नुभयो, अनि स्वर्गीय स्थानहरूमा आफ्नै दाहिने बाहुलीपट्टि बसाल्नुभयो। 21सबै शासन, र अधिकार, र शक्ति र राज्यमाथि, र यस युगका मात्र होइन, तर आउने युगका पनि जति नाउँ छन्, ती सबैमाथि उहाँलाई राख्नुभयो, 22र परमेश्वरले सबै कुरा उहाँका पाउमुनि राखिदिनुभयो, र मण्डलीको निम्ति उहाँलाई नै सबै कुराको शिर बनाइदिनुभयो, 23जुन मण्डली उहाँको शरीर, उहाँको पूर्णता हो। र उहाँले नै सबै थोक परिपूर्ण पार्नुहुन्छ।
MT 6:9-13, “तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर:
‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ,
तपाईंको नाउँ पवित्र होस्।
10 तपाईंको राज्य आओस्।
तपाईंको इच्छा स्वर्गमा जस्तो छ, त्यस्तै यस पृथ्वीमा पूरा होस्।
11 हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्।
12 हाम्रा अपराध क्षमा गर्नुहोस्,
जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं।
13 हामीलाई परीक्षामा पर्न नदिनुहोस्,
तर दुष्टबाट छुटाउनुहोस् किनभने राज्य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्, आमेन।’
EPH 3:14 -21, एफिससको मण्डलीको निम्ति प्रार्थना
14यसैकारण म पिताको सामने आफ्ना घुँड़ा टेक्तछु, 15जसद्वारा स्वर्ग र पृथ्वीमा भएको हरेक परिवारको नाउँ राखिएको छ। 16म प्रार्थना गर्छु, कि उहाँका महिमाको सम्पत्तिअनुसारको शक्तिले उहाँका आत्माद्वारा भित्री मनुष्यत्वमा तिमीहरूलाई शक्तिशाली पारून्, 17र विश्वासद्वारा ख्रीष्ट तिमीहरूका हृदयमा वास गरून्, र प्रेममा जरा गाडिएका र दह्रिला भएर, 18सबै सन्तहरूसँग चौडाइ, लमाइ, उचाइ र गहिराइ के रहेछ सो बुझ्ने शक्ति प्राप्त गर्न सक, 19र ज्ञानलाई माथ गर्ने ख्रीष्टको प्रेमलाई थाहा पाउन सक, ताकि परमेश्वरको सारा पूर्णताले तिमीहरू भरिपूर्ण होओ।
20उहाँलाई, जसले हामीभित्र काम गर्ने उहाँको शक्तिअनुसार हामीले मागेको वा चिताएको भन्दा ज्यादै प्रशस्त मात्रामा गर्न सक्नुहुन्छ, 21उहाँलाई नै पुस्ता-पुस्तासम्म मण्डली र ख्रीष्ट येशूमा सदासर्वदा महिमा होस्। आमेन।
2 - INTERCESSION PRAYER
अन्तर्बिन्ती प्रार्थना
EZEKIEL – 22:30,
मैले यो देश ध्वंस गर्नुनपरोस् भनी पर्खाल खडा गर्ने र पर्खाल भत्किएको खाली ठाउँमा देशको निम्ति मेरो सामुन्ने खडा हुने एक जना मानिसको खोजी गरें। तर कोही पनि पाइनँ
1 TIM 2:1,
अब सबैभन्दा पहिले म भन्छु, सबै मानिसहरूका लागि नम्र निवेदन, प्रार्थना, अन्तर्बिन्ती र धन्यवाद पनि चढाउने गर।
EPH 6:18,
सधैँ प्रार्थना गर, परमेश्वरको सहायता मागिबस। सबै समय पवित्र आत्माको शक्तिमा प्रार्थना गरिबस। यी कुरा मनमा राखी सधैँ होशियार भएर लगातार प्रार्थना गर र ख्रीष्टका पवित्र जनहरूका लागि प्रार्थना गर।
1 JN 5:14-15,
परमेश्वरको इच्छाअनुसार केही कुरा हामीले माग्दा उहाँले सुन्नुहुन्छ भनेर नै उहाँका अगाडि जाने आँट गर्छौं।15हामीले जहिले मागे पनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ। यो सत्य हो भनी जानेको हुनाले हामीले यो पनि जान्दछौं कि उहाँसित मागेका कुरा हामी पाउँछौं।
MT 18:19-20,
अनि म तिमीहरूलाई फेरि भन्छु, यस पृथ्वीमा तिमीहरू दुईले जे माग्ने हो, सो मिलेर माग्यौ भने स्वर्गमा हुनुहुने तिमीहरूका परमेश्वर पिताले तिमीहरूलाई त्यो दिनुहुनेछ 20किनभने जहाँ दुई वा तीन जना मेरो नाउँमा भेला हुन्छन्, म तिनीहरूको बीचमा हुनेछु।”
JAS 5:14-15,
कोही बिरामी छ? उसले मण्डलीका गुरुहरूलाई बोलाओस् अनि उनीहरूले प्रभुको नाउँमा तेलले अभिषेक गरेर उसको लागि प्रार्थना गर्नेछन्।15 विश्वाससँग गरेको प्रार्थनाले बिरामी निको हुन्छ अनि प्रभुले उसलाई बिसेक पार्नुहुन्छ। उसले पाप गरेको छ भने क्षमा पाउनेछ।
MT 5:44,
4तर म तिमीहरूलाई भन्छु, शत्रुहरूलाई पनि प्रेम गर। आफूलाई खेदो गर्नेहरूका निम्ति प्रार्थना गर।
HEB 7:25,
5यसैकारण येशूमा विश्वास गरेर परमेश्वरकहाँ आउनेहरूलाई उहाँले अहिले र सधैँभरिका लागि बचाउन सक्नुहुन्छ किनभने तिनीहरूका लागि परमेश्वरसँग प्रार्थना गर्न उहाँ सधैँभरि रहनुहुन्छ
………………………………
3 - INTERCESSION PRAYER
अन्तर्बिन्ती प्रार्थना
YWAM – ATLANTA
HOW SHOULT WE PRAY
HOW SHOULT WE NOT TO PRAY?
MT 6:5-15
तिमीहरू प्रार्थना गर्दा कपटीले जस्तो प्रार्थना नगर। तिनीहरू त अरू मानिसले देखून् भनेर सभाघर र बाटोको छेउछाउमा उभिएर प्रार्थना गर्न मन पराउँछन्। साँच्चै म तिमीहरूलाई भन्छु, तिनीहरूले पाउनुपर्ने जति आफ्नो इनाम पाइसकेका हुन्छन्। तिमीचाहिँ प्रार्थना गर्ने बेलामा कोठाभित्र पसी ढोका थुनेर गुप्तमा हुनुहुने तिम्रा परमेश्वर पितासँग प्रार्थना गर अनि गुप्तमा गरेको काम देख्नुहुने पिताले तिमीलाई इनाम दिनुहुनेछ।
परमेश्वरलाई नचिन्ने अन्यजातिहरूले गरेजस्तो नचाहिँदोसँग बरबराएर प्रार्थना नगर। तिनीहरू त लामो-लामो प्रार्थना गरेदेखि पो उत्तर पाइन्छ भन्ने विचार गर्छन्। तर तिमीहरूचाहिँ तिनीहरूजस्ता नहोओ किनभने माग्नुभन्दा पहिले नै तिमीहरूलाई के कुराको खाँचो परेको छ भन्ने कुरा स्वर्गमा हुनुहुने तिमीहरूका परमेश्वर पिताले जान्नुहुन्छ। तिमीहरूले चाहिँ यसरी प्रार्थना गर्ने गर–
“हे स्वर्गमा हुनुहुने हाम्रा परमेश्वर पिता,
तपाईंको नाउँ पवित्र गरियोस्।
तपाईंको राज्य आओस्,
तपाईंको इच्छा स्वर्गमा पूरा भएजस्तै यस पृथ्वीमा पनि पूरा होस्।
दिनहुँ चाहिने खानेकुरा हामीलाई आज पनि दिनुहोस्,
हामीले गरेका पापहरू क्षमा गरिदिनुहोस्,
जसरी हामीले पनि हाम्रा विरुद्धमा पाप गर्नेहरूलाई क्षमा गरेका छौं।
हामीलाई ठूलो जाँचमा नपार्नुहोस्।
तर हामीलाई दुष्टबाट जोगाउनुहोस्।
[किनभने राज्य, पराक्रम र महिमा सधैँको लागि तपाईंकै हुन्। आमेन। ]
तिम्रो विरुद्धमा पाप गर्नेलाई क्षमा गर्यौ भने स्वर्गमा हुनुहुने तिम्रा परमेश्वर पिताले पनि तिमीलाई क्षमा गर्नुहुनेछ। तर यदि तिमीहरूले अरूलाई क्षमा गरेनौ भने परमेश्वर पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछैन।
1 JN 5:14
परमेश्वरको इच्छाअनुसार केही कुरा हामीले माग्दा उहाँले सुन्नुहुन्छ भनेर नै उहाँका अगाडि जाने आँट गर्छौं।
JN 14:13,
तिमीहरूले मेरो नाउँमा जे मागे पनि मबाट पिताको महिमा होस् भनेर म तिमीहरूले मागेको कुरा पूरा गरिदिनेछु।
JN 15:7,
यदि तिमीहरू ममा रह्यौ र मैले भनेका वचनहरू पनि तिमीहरूमा रहे भने तिमीहरूले चाहेका कुरा माग्दा पाउनेछौ।
1 THES 5:17, प्रार्थनामा लागिबस।
JAS 5:16, निको हुन आफूले गरेको पाप एक-अर्काको अघि मानिलेओ अनि एक-अर्काको लागि प्रार्थना गर। परमेश्वरको अघि ठीक ठहरिएका मानिसले गरेको प्रार्थना शक्तिशाली हुन्छ र यसले ठूलो काम गर्न सक्छ।
2 PET 3:9, कसै-कसैले विचारेजस्तो परमप्रभु परमेश्वर आफ्नो प्रतिज्ञा पूरा गर्न ढिलाउनुहुनेछैन। तर उहाँले तिमीहरूलाई पर्खिरहनुभएको छ। तिमीहरू कोही पनि नाश नभएको उहाँ चाहनुहुन्छ अनि सबैले आफ्ना पाप त्यागून् भन्ने उहाँको इच्छा छ।
MK 11:24, यसकारण म तिमीहरूलाई भन्छु, तिमीहरूले प्रार्थना गरेर जे माग्छौ, ‘मैले पाइसकेको छु’ भनेर विश्वास गर अनि तिमीहरूले मागेको कुरा पाउनेछौ।
EPH 6:18, सधैँ प्रार्थना गर, परमेश्वरको सहायता मागिबस। सबै समय पवित्र आत्माको शक्तिमा प्रार्थना गरिबस। यी कुरा मनमा राखी सधैँ होशियार भएर लगातार प्रार्थना गर र ख्रीष्टका पवित्र जनहरूका लागि प्रार्थना गर।
PHI 3:1-11, 3,जहिले पनि तिमीहरूलाई सम्झँदा म मेरा परमेश्वरलाई धन्यवाद दिन्छु।4,सधैँ तिमीहरू सबैको लागि प्रार्थना गर्दा म खुसीसाथ प्रार्थना गर्छु 5,किनभने तिमीहरूले मलाई सुसमाचारको काममा सुरुदेखि अहिलेसम्म सघाउँदै आएका छौ। 6,परमेश्वरले तिमीहरूमा सुरु गर्नुभएको राम्रो काम येशू ख्रीष्टको राज्य नआएसम्म परमेश्वरले नै सम्हाल्नुहुनेछ। यसमा मेरो पूरा विश्वास छ। 7,तिमीहरूलाई सधैँ मैले आफ्नै हृदयमा राखेको छु। तिमीहरूको बारेमा यस्तै विचार गर्न मलाई ठीक लाग्यो किनभने अहिले म थुनामा हुँदा र बाहिर हुँदा पनि तिमीहरूले मलाई सुसमाचार फैलाउन र यसलाई जोगाउन परमेश्वरले दिनुभएका यी सबै अनुग्रहमा तिमीहरू मसँग सहभागी भएका छौ। 8,साँच्चै तिमीहरूप्रति भएको मेरो यो गहिरो तिर्सना ख्रीष्ट येशूको हृदयबाटै आएको हो, म सत्य बोलिरहेछु भनी परमेश्वर नै मेरो साक्षी हुनुहुन्छ। 9,मेरो प्रार्थना छ, तिमीहरूको प्रेम बढ्दै-बढ्दै जाओस्। यो प्रेम दुवै सत्य ज्ञान र राम्रो-नराम्रो केलाउने बुद्धिमा बढ्दै जाओस्।10,त्यसो भए मात्र तिमीहरूले सबैभन्दा राम्रो कुरोलाई छुट्याउन सक्नेछौ अनि ख्रीष्ट आउँदा तिमीहरू पवित्र र निर्दोष हुनेछौ।11,अनि परमेश्वरको आदर र प्रशंसाको लागि तिमीहरूको जीवनमा येशू ख्रीष्टले दिने असल फलहरू फल्नेछन्।
REV 19:6-9, मा गड्याङ-गुडुङको गर्जनजस्तो आवाजले यसो भनेको मैले सुनें: “परमेश्वरको प्रशंसा होस्! हाम्रा प्रभु सर्वशक्तिमान् परमेश्वर महाराजा हुनुहुन्छ।
7हामी रमाऔं र खुसी मनाऔं!
उहाँको जयजयकार गरौं!
किनभने थुमाको विवाहको दिन आइसक्यो
र उहाँकी दुलही तयार भइसकेकी छिन्!
8लगाउनका लागि तिनलाई सफा चम्कने वस्त्र दिइएको छ।”
सफा वस्त्रचाहिँ परमेश्वरका भक्तहरूका असल काम हुन्।
9यसपछि स्वर्गदूतले मलाई यसो भनेर अह्राए, “यो कुरा लेख: थुमाको विवाहको भोजमा बोलाइएका सबै धन्य हुन्।” तब स्वर्गदूतले फेरि भने, “यी कुरा परमेश्वरले भन्नुभएका साँचा वचन हुन्।”
ROM 12:12, तिमीहरूले पाएको आशामा खुसी रहो। कष्टहरूमा धैर्य बन र सधैँ प्रार्थनामा लागिरहो
2 CHR 7:14, त्यस बेला मेरा प्रजाले मलाई प्रार्थना गरे र पश्चात्ताप गरेर आफूले गरेका दुष्कर्महरू त्यागे भने म स्वर्गमा तिनीहरूको बिन्ती सुन्नेछु, पाप क्षमा गर्नेछु र फेरि तिनीहरूको देशको फलिफाप गराउनेछु।
1 TIM 2:1, 1अब सबैभन्दा पहिले म भन्छु, सबै मानिसहरूका लागि नम्र निवेदन, प्रार्थना, अन्तर्बिन्ती र धन्यवाद पनि चढाउने गर।
PHI 4:6-7, 6केही कुरामा पनि फिक्री नगर। तर तिमीहरूलाई खाँचो परेको कुरा प्रार्थनामा परमेश्वरलाई भन अनि धन्यवाद दिंदै बिन्ती चढाओ।7परमेश्वरको शान्ति कसैले बुझ्नै नसक्ने छ। यही शान्तिले तिमीहरूको हृदय र मनलाई ख्रीष्ट येशूमा जोगाएर राख्नेछ।
COL 4:2-4, तिमीहरू प्रार्थनामा निरन्तर लागि रहो। प्रार्थना गर्दा धन्यवाद दिंदै परमेश्वरमा मन लगाएर प्रार्थना गर।3मैले सुसमाचार प्रचार गरेकोले म थुनामा परेको छु। अब ख्रीष्टको रहस्य बताउन र उहाँको सुसमाचार प्रचार गर्न परमेश्वरले हाम्रो लागि राम्रो ढोका खोलिदेऊन् भनी हाम्रो लागि प्रार्थना गर।4मेरो लागि तिमीहरूले प्रार्थना गरिदेओ, मैले जसरी बुझाउनुपर्ने हो, त्यसरी नै म बोल्न सकूँ।
JAS 4:3, माग्यौ भने पनि तिमीहरू मोज-मज्जा गर्ने दुष्ट विचारले माग्छौ र पाउँदैनौ।
1 TIM 2:8, 8पुरुषहरूले रिस र शङ्का नलिई निर्दोष हात उठाएर प्रार्थना गरून् भन्ने मेरो इच्छा छ।
PS 122:6, 6यरूशलेमको शान्तिको निम्ति प्रार्थना गर:
“तिमीलाई प्रेम गर्नेहरूको उन्नति होस्।
JAS 1:5, तिमीहरूमा कसै-कसैलाई बुद्धिको खाँचो छ भने परमेश्वरसँग माग र बुद्धि पाउनेछौ किनभने परमेश्वरले नअन्कनाई सबैलाई प्रशस्त गरिदिनुहुनेछ।
MT 26:41, 1तिमीहरू ‘आइपर्ने जाँचको बेला पापमा नफसौं’ भनी जागै बसेर प्रार्थना गर। साँच्चै आत्माचाहिँ तयार छ, तर शरीर भने कमजोर छ।”
PS 145:18, 8The LORD is near to all who call on him,
to all who call on him in truth.
……………..
4 - INTERCESSION PRAYER
अन्तर्बिन्ती प्रार्थना
YWAM – ATLANTA
1 JN 5:15, 5हामीले जहिले मागे पनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ। यो सत्य हो भनी जानेको हुनाले हामीले यो पनि जान्दछौं कि उहाँसित मागेका कुरा हामी पाउँछौं।
MK 1:35, 5भोलिपल्ट बिहान उज्यालो नहुँदै येशू उठेर एकान्त ठाउँमा गई प्रार्थना गर्न लाग्नुभयो
LK 11:1-13, 1एकपल्ट कुनै एक ठाउँमा प्रभु येशू प्रार्थना गरिरहनुभएको थियो। प्रार्थना गरिसक्नुभएपछि उहाँका एउटा चेलाले भने, “प्रभु, यूहन्नाले आफ्ना चेलाहरूलाई प्रार्थना गर्न सिकाएजस्तै हामीलाई पनि सिकाउनुहोस्।”2येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले यसरी प्रार्थना गर– हे परमेश्वर पिता,
तपाईंको नाउँ पवित्र गरियोस्,
तपाईंको राज्य आओस्,
3दिनहुँ चाहिने खानेकुरा हामीलाई हरेक दिन दिनुहोस्।
4हामीले गरेका पापहरू क्षमा गरिदिनुहोस्
किनभने हाम्रो विरुद्धमा पाप गर्ने सबैलाई हामी पनि क्षमा गर्छौं।
अनि हामीलाई खप्न नसक्ने जाँचमा नपार्नुहोस्।”
5त्यसपछि येशूले चेलाहरूलाई भन्नुभयो, “मानौं, तिमीहरू कसैको कोही साथी होला। आधा रातमा त्यस साथीकहाँ गएर भन्छौ, ‘ए साथी, तीन वटा रोटी पैंचो देऊ न।6मेरो घरमा एक जना साथी धेरै टाढाबाट आएका छन्। तर मसित खानेकुरा केही छैन’।7त्यस साथीले भित्रबाटै भन्यो, ‘मलाई दु:ख नदेऊ। ढोका लगाइसकें, बालकहरूसँग सुतिसकेको छु। अहिले म उठेर तिमीलाई केही पनि दिन सक्दिनँ’।”8यति भनिसक्नुभएपछि येशूले तिनीहरूलाई सम्झाउनुभयो, “म तिमीहरूलाई भन्छु, उसले साथी सम्झेर नदिए पनि उसले एकोहोरो मागिरह्यो भने ऊ उठ्नेछ र मागे जति सबै उसलाई दिनेछ।
9“त्यसैले म तिमीहरूलाई भन्छु, माग त पाउनेछौ, खोज त भेट्टाउनेछौ, ढकढक्याओ त तिमीहरूको लागि ढोका उघारिनेछ10किनभने माग्नेले पाउँछ, खोज्नेले भेट्टाउँछ र ढकढक्याउँनेका लागि ढोका उघारिनेछ।11के तिमीहरूमध्ये कोही यस्तो बुबा पनि होला, जसले छोराले माछा माग्दा सर्प दिन्छ,12वा फुल माग्दा बिच्छी दिन्छ?13तिमीहरू दुष्ट भएर पनि आफ्ना छोरा-छोरीलाई असल कुरा दिन जान्दछौ भने झन् स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसँग माग्नेहरूलाई कति बढी गरी पवित्र आत्मा दिनुहुन्छ।”
1 JN 3:22, हामीले जे माग्छौं, त्यो उहाँबाट पाउँछौं किनभने हामी उहाँका आज्ञा मान्छौं र उहाँलाई मन पर्ने काम गर्दछौं।
JER 33:3, “मलाई पुकार र म तँलाई जवाफ दिनेछु। तैँले नजानेका उदेक र अचम्मका कुराहरूबारे म तँलाई भन्नेछु।
PRO 15:29, 9धर्मी मानिसहरूले प्रार्थना गर्दा परमप्रभुले कान थाप्नुहुन्छ तर दुष्टदेखि उहाँ टाढा रहनुहुन्छ।
ACT 1:14, तिनीहरू केही दिदी-बहिनीहरू र येशूकी आमा मरियम र उहाँका भाइहरूसँग जम्मा भएर प्रार्थनामा लागिरहन्थे।
JER 29:12, तब तिमीहरूले मलाई पुकार्नेछौ। तिमीहरू मकहाँ आएर प्रार्थना गर्नेछौ र म तिमीहरूलाई उत्तर दिनेछु।
…………….
5 - INTERCESSION PRAYER
1 धन्यवाद र पारथना
“निरन्तर प्रार्थना गरिरहो। सबै परिस्थितिमा धन्यवाद देओ, किनकि ख्रीष्ट येशूमा तिमीहरूका लागि परमेश्वरको इच्छा यही हो।”
2 - हिरदयलाइ शुद पारनु ;
“यदि मैले मेरो हृदयमा अधर्मलाई आश्रय दिएको भए, परमेश्वरले सुन्नुहुनेथिएन।”
“हे परमेश्वर, मलाई जाँच्नुहोस्, र मेरो हृदयलाई जान्नुहोस्। मलाई जाँच्नुहोस्, र मेरा चिन्ताहरूलाई जान्नुहोस्। हेर्नुहोस्, ममा कुनै खराब चाल छ कि, र मलाई अनन्तको मार्गमा डोर्याइदिनुहोस्।”
3 - पबितर आतमालाइ निमतेउनु
“त्यसै गरी पवित्र आत्माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ। कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्दैनौं, तर शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा पवित्र आत्माले हाम्रा निम्ति मध्यस्थता गर्नुहुन्छ।”
4 - शााैतानको बिरोध गर्नु
“यसकारण आफैलाई परमेश्वरको अधीनमा राख। दियाबलसको विरोध गर, र त्यो तिमीहरूबाट भाग्नेछ।”
5 - आफ्नो बिचारलाइ मारुनु
“आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख्, र तेरो आफ्नै समझशक्तिमा भर नपर् आफ्ना सारा मार्गमा उहाँलाई सम्झी, र उहाँले तेरा मार्गहरू सोझा तुल्याइदिनुहुनेछ।”
6 - परमेशवरमा परखनु
“ममाथि दया गर्नुहोस्, हे परमप्रभु, किनभने म अति दुर्बल छु। हे परमप्रभु, मलाई निको पार्नुहोस्, किनकि मेरा हाड़हरूमा पीडा छ। मेरो प्राण पनि साह्रै बेचैनीमा छ। कहिलेसम्म, हे परमप्रभु, कहिलेसम्म पर्खनु? मतिर फर्कनुहोस्, हे परमप्रभु, मेरो प्राणलाई छुटकारा दिनुहोस्। तपाईंको अचूक कृपाको खातिर मेरो उद्धार गरिदिनुहोस्। मृत्युमा तपाईंको सम्झना हुँदैन, पातालमा कसले तपाईंको प्रशंसा गर्न सक्छ र?”
7 - वहामा परथना गरनु
““मेरा भेड़ाहरूले मेरो सोर सुन्छन्, र तिनीहरूलाई म चिन्छु, र तिनीहरू मेरो पछि आउँछन्।”
“म तँलाई शिक्षा दिनेछु, तँ कुन मार्गमा हिँड्नुपर्ने सो तँलाई सिकाउनेछु। म तँलाई परामर्श दिनेछु र तँमाथि नजर राख्नेछु।”
GEN 18:16-33,
सदोमको निम्ति अब्राहामको अन्तर्बिन्ती
16तब ती पुरुषहरू त्यहाँबाट सदोमतिर हेर्न लागे। अब्राहाम उनीहरूसित अलि परसम्म बाटो देखाउन गए। 17परमप्रभुले भन्नुभयो, “मैले गर्न लागेको काम के अब्राहामबाट लुकाएर राखूँ? 18अब्राहामबाट एउटा ठूलो र शक्तिशाली जाति बन्नेछ, र त्यसद्वारा नै पृथ्वीका सबै जातिहरूले आशिष् पाउनेछन् 19किनभने त्यसले आफ्ना छोराछोरीहरू र घरानालाई धर्म र न्याय गरेर परमप्रभुको मार्ग पालन गर्नलाई आज्ञा देओस् भनेर मैले त्यसलाई छानेको छु। यसैले नै परमप्रभुले अब्राहामसित गर्नुभएको प्रतिज्ञा पूरा गरिदिनुहुनेछ।”
20तब परमप्रभुले भन्नुभयो, “सदोम र गमोराको विरुद्धमा ठूलो आवाज उठेको छ, र तिनीहरूका पाप साह्रै ज्यादा भएका छन्। 21अब त्यही आवाजअनुसार तिनीहरूबाट यो काम भएको हो कि होइन भनी हेर्नलाई म तल ओर्लेर जानेछु। होइन रहेछ भने मलाई थाहा हुनेछ।”
22यसकारण ती पुरुषहरू त्यहाँबाट झरेर सदोमतिर गए। तर अब्राहामचाहिँ अझै परमप्रभुकै सामु उभिरहे। 23तब अब्राहामले नजिक गएर उहाँलाई भने, ‘के दुष्टहरूसँग धर्मीहरूलाई पनि सर्वनाश गर्नुहुनेछ?
50 ………………
24त्यस सहरमा पचास धर्मी जन रहेछन् भने, के त्यसमा भएका पचास धर्मी जनका निम्ति त्यस सहरलाई नजोगाएर नष्ट पार्नुहुनेछ र? 25दुष्टका साथमा धर्मी जनलाई मार्ने काम तपाईंबाट कहिल्यै नहोस्। धर्मीको दशा पनि दुष्टको जस्तै हुनु त तपाईंबाट पर रहोस्। सारा पृथ्वीका न्यायकर्ताले उचित न्याय गर्नुहुन्न र?
26परमप्रभुले भन्नुभयो, “सदोम सहरभित्र पचास धर्मी जन पाएँ भने म तिनीहरूका खातिर जम्मैलाई छोड़िदिनेछु।”
45 ………………
27अब्राहामले भने, “हेर्नुहोस्, म केवल माटो र खरानी मात्र भएर पनि परमप्रभुसँग कुरा गर्न आँट गरेको छु। 28पाँच कम पचास जना धर्मी जन त्यहाँ रहेछन् भने, केवल पाँच मात्र घटी भएकामा सारा सहरै तपाईं नाश गर्नुहुनेछ?”
उहाँले भन्नुभयो, “त्यहाँ पैँतालीस पाएँ भने म त्यो नाश गर्नेछैनँ।”
40 ………………
फेरि तिनले भने, “त्यहाँ चालीस रहेछन् भने?”
29उहाँले भन्नुभयो, “चालीस जनाका खातिर पनि म त्यसो गर्नेछैनँ।”
30 ………………….
30तब तिनले भने, “परमप्रभुलाई रिसानी नभए म अझै बोल्नेछु। यदि त्यहाँ तीस जना पाइए भने?”
उहाँले भन्नुभयो, “त्यहाँ तीसै पाएँ भने पनि म त्यसो गर्नेछैनँ।”
20 …………….
31तिनले भने, “हेर्नुहोस्, परमप्रभुसँग मैले कुरा गर्ने आँट गरिरहेछु। बीस जना पाइए भने?”
उहाँले भन्नुभयो, “बीस जनाका खातिर पनि म नाश गर्नेछैनँ।”
10 ………………..
32अनि तिनले भने, “परमप्रभु रिसानी नहोस्। अब एक पल्ट मात्र बोल्नेछु। यदि त्यहाँ दश जना पाइए भने?”
उहाँले भन्नुभयो, “दश जनाका खातिरमा पनि म त्यो नाश गर्नेछैनँ।”
33अब्राहामसित कुरा गरिसक्नुभएपछि परमप्रभु गइहाल्नुभयो, र अब्राहामचाहिँ आफ्नो ठाउँमा फर्के।
………….................................................................................................
............................................................................................................
6 - Top 10 Prayer Bible Verses
1. Luke 18:13-14: “But the tax collector stood at a distance. He would not even look up to heaven, but beat his breast and said, 'God, have mercy on me, a sinner.' I tell you that this man, rather than the other, went home justified before God. For everyone who exalts himself will be humbled, and he who humbles himself will be exalted.”
These verses, from the well-known story of the Pharisee and the tax collector praying in the temple, reveals the prayer that allows us to enter into a relationship with God: “God, have mercy on me, a sinner.” The tax collector was honest with God about his sin. He humbled himself, repented, and acknowledged his need for God’s mercy. God answered his prayer and saved him.
Bottom line—the first step in developing a prayer life is calling upon God for salvation.
3तर कर उठाउने मानिसले चाहिँ टाढै उभिएर स्वर्गतिर हेर्ने आँटसम्म नगरी छाती पिट्दै भन्यो, ‘हे परमेश्वर, म पापीमाथि दया गर्नुहोस्’!”14अनि येशूले कुरा टुङ्ग्याउँदै भन्नुभयो, “म तिमीहरूलाई भन्छु, त्यो फरिसी होइन बरु कर उठाउने मानिसचाहिँ परमेश्वरको सामुन्ने ठीक ठहरिएर घर फर्कियो। आफैं ठूलो हुन खोज्नेहरू सबै होच्याइनेछन् र आफैंलाई होच्याउनेहरू उच्च पारिनेछन्।”
2. Psalm 66:18: “If I had cherished sin in my heart, the Lord would not have listened.”
This verse from David’s psalm shows us a major hindrance to God’s willingness to hear our prayers—unconfessed sin. Some might ask, “If sin prevents God from hearing our prayers, then none of us have a chance, because of we all sin, even after we’re saved.”
A careful reading of
Psalm 66:18,
18मैले आफ्नो पापको वास्ता नगरेको भए
परमप्रभुले मेरो बिन्ती सुन्नुहुनेथिएन।
however, draws our attention to the word “cherished.” “If I had cherished sin...” To cherish sin means to embrace it. To love it, hold on to it, and refuse to give it up. This is vastly different from committing a sin that we regret, confess, and forsake as soon as the Holy Spirit brings it to our attention. God doesn’t expect us to be sinless, but he does call us to deal with our sin as soon as possible (1 John 1:9).
Bottom line—we can’t live a consistently sinful lifestyle and expect God to hear our prayers.
3. Psalm 34:15: “The eyes of the LORD are on the righteous and his ears are attentive to their cry.”
If we have a right relationship with God and are earnestly seeking to follow and honor him with our lives, we never have to wonder if he’s listening to our prayers. On the contrary, this verse assures us that he is carefully attuned to our lives and eager to hear every prayer that comes from our lips.
Bottom line—God hears the prayers of those who put their trust in him.
5परमप्रभुले धर्मीहरूको रेखदेख गर्नुहुन्छ
र तिनीहरूको पुकार सुन्नुहुन्छ।
4. Daniel 9:18: “We do not make requests of you because we are righteous, but because of your great mercy.”
This beautiful excerpt from Daniel’s prayer on behalf of the Jews exiled in Babylon shows us a profound truth about prayer—that God answers our prayers because of his mercy, not our good works. Many believers think their good works obligate or persuade God to act on their behalf. And while God does call us to live holy lives, it is not our obedience that moves God to answer our prayers, it is his great mercy toward us.
Bottom line—God’s mercy, not our goodness, is the basis for answered prayers.
5. Psalm 5:3: “In the morning, O LORD, you hear my voice; in the morning I lay my requests before you and wait in expectation.”
The psalmist who penned Psalm 5:3 models the attitude we should have when we pray—that of eager expectation. We should believe God will answer our prayers and diligently watch for his hand at work. The psalmist also shows us that when we pray early in the day, we have the rest of the day to anticipate God’s answer.
तपाईंले बिहान मेरो सोर सुन्नुहुन्छ,
सूर्य उदाउँदा म तपाईंसँग प्रार्थना गर्छु
र उत्तर पर्खन्छु। PS 5/3
Bottom line—when we pray, we can wait in eager anticipation for God to work on our behalf.
6. 1 John 5:14: “This is the confidence we have in approaching God: that if we ask anything according to his will, he hears us.”
God delights in answering prayers that align with his will. But how do we know what God’s will is? The most reliable way to know is by reading his Word. As we seek God through Bible reading and prayer, we get to know his heart and gain wisdom and spiritual insight. This gives us a greater understanding of how to pray according to his will, and a greater chance of having our prayers answered.
परमेश्वरको इच्छाअनुसार केही कुरा हामीले माग्दा उहाँले सुन्नुहुन्छ भनेर नै उहाँका अगाडि जाने आँट गर्छौं।
Bottom line—God answers every prayer that aligns with his will.
7. James 4:3: “When you ask, you do not receive, because you ask with wrong motives, that you may spend what you get on your pleasures.”
This verse from the book of James tells us why God says “No” to many of our prayers—they are selfish, self-centered, and sometimes downright bad for us. Because God is wise and loving, like any good parent, he will not give things that will harm us or others.
3माग्यौ भने पनि तिमीहरू मोज-मज्जा गर्ने दुष्ट विचारले माग्छौ र पाउँदैनौ।
Bottom line—God will say no to our prayers if we ask for something for the wrong reason or for the wrong purpose.
8. Matthew 26:42: “He (Jesus) went away a second time and prayed, ‘My Father, if it is not possible for this cup to be taken away unless I drink it, may your will be done.’"
Jesus set the supreme example of surrender and submission to the Father’s will when he prayed for God to spare him from dying on the cross. Because he was fully human, he was fearful and reluctant to experience the agony of the crucifixion. Because he was fully God, he could have refused to die, but instead, in humble trust and submission, he prayed, “may your will be done.”
On the surface, death by crucifixion seemed to end Christ’s ministry. In reality, his death on the cross paved the way for countless believers to receive eternal life by believing in his death and resurrection.
2फेरि गएर येशूले दोस्रोपल्ट यसो भनेर प्रार्थना गर्नुभयो, “हे मेरा पिता, यो दु:खको घुट्को मैले नलिई नहुने भए, तपाईंकै इच्छा पूरा होस्।
Bottom line—we can surrender our will to God’s in complete confidence that he knows what’s best.
9. Mark 9:24: “I do believe; help me overcome my unbelief!”
This honest confession comes from a man whose son was demon-possessed. He wasn’t fully convinced Jesus had the power to deliver his son, but he asked anyway.
This passage debunks two of the greatest misconceptions about prayer—that if we have enough faith, God will answer our prayers, and if we don’t, he won’t. Scripture doesn’t support the idea that great faith produces great miracles and small faith prevents them. Instead, God tells us to ask in faith, believing that he can and will answer our prayers in the way he knows is best. Even frightened, tiny, mustard-seed faith like this father had can and does move the hand of God.
24यो सुनेर बुबाचाहिँले कराउँदै भने, “हजुर, म विश्वास गर्छु। मेरो कमजोर विश्वासलाई मद्दत गर्नुहोस्!”
Bottom line—it’s not how much faith we have that matters, but who we have faith in.
10. James 5:16: “The prayer of a righteous man is powerful and effective.”
What a beautiful affirmation James, the half-brother of Jesus, gives in this short verse. When we wonder if prayer accomplishes anything, he encourages us—not only is prayer powerful, but it’s effective. “You’re not wasting your time,” he seems to call to us. “Keep praying! God is using your prayers to accomplish his will.”
निको हुन आफूले गरेको पाप एक-अर्काको अघि मानिलेओ अनि एक-अर्काको लागि प्रार्थना गर। परमेश्वरको अघि ठीक ठहरिएका मानिसले गरेको प्रार्थना शक्तिशाली हुन्छ र यसले ठूलो काम गर्न सक्छ।
