Welcome to ZWFA

 “परमप्रभुमा भरोसा राख्‍नेहरू सियोन पर्वतझैँ छन्‌, जसलाई हल्‍लाउन सकिँदैन तर सदासर्वदै स्‍थिर रहन्‍छ।”
‭‭भजनसंग्रह‬ ‭125‬:‭1‬ ‭NNRV‬‬

Welcome to Zion Women Fellowship Atlanta

Welcome to Zion Women Fellowship Atlanta

....

Zion Women Fellowship Atlanta

....

Zion Women Fellowship Atlanta

....

Zion Women Fellowship Atlanta

....

Zion Women Fellowship Atlanta

.

Zion Women Fellowship Atlanta

.

Zion Women Fellowship Atlanta

.

ZWFA - September - 2025

Leading - Samerpen = Chandra/Gopal

Worship - Grace  = Priskila/ BhIm Maya

Sermon - Kingdom 

Prayer - Emmanuel 

“आज्ञाकारी बालकहरू भएका हुनाले अगाडिको अजान अवस्‍थाका कुइच्‍छाहरूमा तिमीहरू अब नलाग।”
‭‭१ पत्रुस‬ ‭1‬:‭14‬ ‭NNRV‬‬

“तर तिमीहरूलाई बोलाउनुहुने जस्‍तो पवित्र हुनुहुन्‍छ, तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र होओ,”
‭‭१ पत्रुस‬ ‭1‬:‭15‬ ‭NNRV‬‬

“किनभने यो लेखिएको छ, “तिमीहरू पवित्र होओ, किनभने म पवित्र छु।””
‭‭१ पत्रुस‬ ‭1‬:‭16‬ ‭NNRV‬‬

““मलाई ‘प्रभु, प्रभु’ भन्‍ने सबै स्‍वर्गको राज्‍यमा प्रवेश गर्नेछैनन्‌। स्‍वर्गमा हुनुहुने मेरा पिताको इच्‍छा पालन गर्ने मानिस मात्र परमेश्‍वरको राज्‍यमा प्रवेश गर्नेछ।”
‭‭मत्ती‬ ‭7‬:‭21‬ ‭NNRV‬‬

“तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “जसले मेरो विरुद्धमा पाप गरेको छ, त्‍यसलाई नै म आफ्‍नो पुस्‍तकबाट मेटिदिनेछु।”
‭‭प्रस्‍थान‬ ‭32‬:‭33‬ ‭NNRV‬‬

“तिमीले भोग्‍नै लागेका कष्‍टहरूसँग नडराओ। हेर, दियाबलसले तिमीहरूमध्‍ये कतिलाई तिमीहरूका जाँचको निम्‍ति कैदमा हाल्‍न आँटेको छ, र तिमीहरूलाई दशै दिन कष्‍ट हुनेछ। तिमी मृत्‍युसम्‍मै विश्‍वासी होओ, र म तिमीलाई जीवनको मुकुट दिनेछु।”
‭‭प्रकाश‬ ‭2‬:‭10‬ ‭NNRV‬‬

“पनपक्ष नगरी मानिसको कामअनुसार इन्‍साफ गर्नुहुनेलाई पिता भनी पुकारा गर्छौ भने, तिमीहरूका प्रवासको सम्‍पूर्ण समय डरसँग बिताओ।”
‭‭१ पत्रुस‬ ‭1‬:‭17‬ ‭NNRV‬‬

“परमप्रभुमा भरोसा राख्‍नेहरू सियोन पर्वतझैँ छन्‌, जसलाई हल्‍लाउन सकिँदैन तर सदासर्वदै स्‍थिर रहन्‍छ।”
‭‭भजनसंग्रह‬ ‭125‬:‭1‬ ‭NNRV‬‬

 

Leading - Emmanuel 

Worship - Kingdom 
Sermon - Grace/Solomi  

Prayer - Emmanuel 

“जब परमप्रभुको सन्‍दूक दाऊदको सहरमा प्रवेश गर्दैथियो, तब शाऊलकी छोरी मीकलले झ्‍यालबाट हेरिन्, र दाऊद राजालाई परमप्रभुको सामुन्‍ने उफ्रँदै र नाच्‍दैगरेका देखिन्, र तिनले मनमनै दाऊदलाई घृणा गरिन्‌।”
‭‭२ शमूएल‬ ‭6‬:‭16‬ ‭NNRV‬‬


LK 10:38-42,

मार्था र मरियमको घरमा

38उहाँहरू जाँदैगर्नुहुँदा उहाँ कुनै एउटा गाउँमा पस्‍नुभयो, र मार्था नाउँ भएकी एउटी स्‍त्रीले उहाँलाई आफ्‍नो घरमा स्‍वागत गरिन्‌।  39मरियम नाउँ भएकी तिनकी एउटी बहिनी थिइन्‌। तिनी येशूका पाउनेर बसेर उहाँको वचन सुन्‍दथिन्‌। 40तर मार्था सेवा-सत्‍कारको धेरै काममा अल्‍झेकी थिइन्‌। तिनले येशूकहाँ आएर भनिन्, “प्रभुज्‍यू, मेरी बहिनीले सेवा-सत्‍कारको काममा मलाई एकलै पारेकी छिन्, तपाईं वास्‍ता राख्‍नुहुन्‍न? त्‍यसलाई भनिदिनोस्, र त्‍यसले मलाई सघाओस्‌।”

41तर येशूले जवाफ दिएर तिनलाई भन्‍नुभयो, “मार्था, मार्था, तिमी धेरै कुराका विषयमा चिन्‍ता गर्छ्यौ, र व्‍याकुल हुन्‍छ्यौ। 42तर आवश्‍यकता एउटै कुराको छ, त्‍यही असल कुरा मरियमले छानेकी छे, जो तिनीबाट खोसिनेछैन।”

LK 14:15-24, 

विराट्‌ भोजको दृष्‍टान्‍त

मत्ती २२:१-१४

15उहाँसँग खान बस्‍नेहरूमध्‍ये एक जनाले यी कुरा सुनेर उहाँलाई भन्‍यो, “त्‍यो धन्‍य हो, जसले परमेश्‍वरको राज्‍यमा भोज खानेछ!”

16तर उहाँले त्‍यसलाई भन्‍नुभयो, “कुनै एक जना मानिसले बेलुकीको एउटा विराट्‌ भोज तयार गर्‍यो, र धेरैलाई निम्‍तो दियो। 17उसले आफ्‍नो नोकरलाई भोजन खाने बेलामा निम्‍ताराहरूलाई यसो भन्‍न पठायो, ‘आउनुहोस्, अब सब थोक तयार छ।’

18 “तर तिनीहरू सबैले समान रूपले एकनासको बहाना बनाउन लागे। पहिलोले त्‍यसलाई भन्‍यो, ‘मैले एउटा खेत किनेको छु, मलाई त्‍यो हेर्न जानुपरेको छ। म बिन्‍ती गर्दछु, मलाई माफी होस्‌।’

19 “अनि अर्कोले भन्‍यो, ‘मैले पाँच हल गोरु किनेको छु, म ती हेर्न जान्‍छु। म बिन्‍ती गर्दछु, मलाई माफी होस्‌।’

20 “अर्कोले भन्‍यो, ‘मैले विवाह गरेको छु। यसकारण म आउन सक्‍दिनँ।’

21 “तब नोकरले आएर आफ्‍नो मालिकलाई यो कुरा भनिदियो। तब घरको मालिकले रिसाएर आफ्‍नो नोकरलाई भन्‍यो, ‘सहरका सड़कहरू र गल्‍लीहरूमा चाँड़ो जा, र गरीबहरू, लुलाहरू, अन्‍धाहरूलाई, लङ्गड़ाहरूलाई यहाँ भित्र ले।’

22 “तब नोकरले भन्‍यो, ‘हजूरले आज्ञा गर्नुभएबमोजिम काम भएको छ, तर अझै ठाउँ खाली छ।’

23 “मालिकले नोकरलाई भन्‍यो, ‘मूल सड़कहरू र गल्‍लीहरू हुँदो गएर मानिसहरूलाई भित्र आउन कर लगा, र मेरो घर भरिओस्‌। 24किनभने म तिमीहरूलाई भन्‍दछु, निम्‍ताराहरूमध्‍ये कसैले पनि मेरो भोजको स्‍वाद चाख्‍न पाउनेछैन’।”

Zion Women Fellowship Atlanta
July - 12, 2025

Leading - Grace 

Worship - Emmanuel 

Sermon - Samerpen  / Chandra 

Prayer - Kingdom 

“तिमीहरूमध्‍ये थोरैचाहिँ हजार हुनेछ, र सबैभन्‍दा सानोचाहिँ एउटा शक्तिशाली जाति हुनेछ। म परमप्रभु हुँ। त्‍यसको समयमा त्‍यो चाँड़ै पूरा गर्नेछु।””
‭‭यशैया‬ ‭60‬:‭22‬ ‭NNRV‬‬

“हकल्‍याहका छोरा नहेम्‍याहको विवरण: बीसौँ वर्षको किसलेव महिनामा जब म राजधानी शूशनमा थिएँ,”
‭‭नहेम्‍याह‬ ‭1‬:‭1‬ ‭NNRV‬‬

“तब मेरा दाजुहरूमध्‍येका एक जना हनानी अरू कोही मानिससँग यहूदाबाट आइपुगे। मैले यरूशलेमको र कैदबाट अरू बाँचेका यहूदीहरूको विषयमा तिनीहरूसित सोधपूछ गरें।”
‭‭नहेम्‍याह‬ ‭1‬:‭2‬ ‭NNRV‬‬

“तिनीहरूले मलाई भने, “निर्वासनबाट बाँचेर प्रदेशमा आएकाहरूले साह्रै दु:ख र निन्‍दा सहनुपरिरहेको छ। यरूशलेमको पर्खाल भत्‍काइएको छ र त्‍यसका मूल ढोकाहरू आगोले नष्‍ट पारिएका छन्‌।””
‭‭नहेम्‍याह‬ ‭1‬:‭3‬ ‭NNRV‬‬

“यो समाचार सुनेपछि बसेर म रोएँ। म केही दिनसम्‍म विलाप गर्दैरहें, र उपवास बसें अनि स्‍वर्गका परमेश्‍वरसित प्रार्थना गरें।”
‭‭नहेम्‍याह‬ ‭1‬:‭4‬ ‭NNRV‬‬

““तपाईंले आफ्‍नो महाबल र शक्तिशाली हातद्वारा उद्धार गर्नुभएका तिनीहरू तपाईंका दासहरू र तपाईंका प्रजा हुन्‌।”
‭‭नहेम्‍याह‬ ‭1‬:‭10‬ ‭NNRV‬‬

“हे परमप्रभु, तपाईंको दासको विनम्र प्रार्थनामा ध्‍यानसित कान थाप्‍नुहोस्, र तपाईंका नाउँको सम्‍मान गर्न प्रसन्‍न हुने तपाईंका दासहरूको प्रार्थना सुन्‍नुहोस्‌। आज यस मानिसको उपस्‍थितिमा आफ्‍नो सेवकमाथि कृपा देखाई उसलाई सफलता दिनुहोस्‌।” त्‍यस बेला म राजाको मद्य टक्र्याउनेहरूका अधिकृत थिएँ।”
‭‭नहेम्‍याह‬ ‭1‬:‭11‬ ‭NNRV‬‬

“तर इस्राएलको भलो चाहने कुनै एक जना मानिस आएको छ भन्‍ने कुरा जब होरोनी सन्‍बलत र अम्‍मोनी अधिकृत तोबियाले सुने तब उनीहरू साह्रै अप्रसन्‍न भए।”
‭‭नहेम्‍याह‬ ‭2‬:‭10‬ ‭NNRV‬‬

“त्‍यसपछि मैले तिनीहरूलाई भनें, “तिमीहरू हाम्रो दुर्दशा जान्‍दछौ। यरूशलेम उजाड़ भएको छ। त्‍यसका मूल ढोकाहरू आगोले भस्‍म भएका छन्‌। आओ, हामी यरूशलेमको पर्खालको पुनर्निर्माण गरेर हाम्रो निन्‍दा हटाऔं।””
‭‭नहेम्‍याह‬ ‭2‬:‭17‬ ‭NNRV‬‬

“परमेश्‍वरको कृपालु हात कसरी ममाथि परेको थियो, र राजाले मलाई के भन्‍नुभएको थियो, सो मैले तिनीहरूलाई बताइदिएँ। तिनीहरूले जवाफ दिए, “हामी पुनर्निर्माणको काम सुरु गरौं।” यसैले तिनीहरूले उत्‍साहपूर्वक यो असल काम सुरु गरे।”
‭‭नहेम्‍याह‬ ‭2‬:‭18‬ ‭NNRV‬‬

“तिनको छेउमा तिनका देशवासीहरूले कीलाहको आधा जिल्‍लाका शासक हेनादादका छोरा बिन्‍नूईको अधीनमा मरम्‍मत गरे।”
‭‭नहेम्‍याह‬ ‭3‬:‭18‬ ‭NNRV‬‬

“तिनको छेउमा मिस्‍पाका शासक येशूअका छोरा एसेरले अर्को एउटा भाग हतियारखानाका भिरालोको सामुन्‍नेदेखि मरम्‍मत गरे।”
‭‭नहेम्‍याह‬ ‭3‬:‭19‬ ‭NNRV‬‬

“जब हामीले पर्खालको पुनर्निर्माण गरिरहेका कुरा सन्‍बलतले सुने तब उनी साह्रै क्रोधित भए। रीसको झोँकमा उनले यहूदीहरूलाई खिसी गरेर”
‭‭नहेम्‍याह‬ ‭4‬:‭1‬ ‭NNRV‬‬

“आफ्‍ना सहयोगीहरू र सामरियाका फौजको सामुन्‍ने यसो भने, “यी निर्बल यहूदीहरू के गर्दैछन्‌? के तिनीहरूले आफ्‍नो पर्खालको पुनर्निर्माण गर्नेछन्‌? के तिनीहरूले बलिदान चढ़ाउनेछन्‌? के तिनीहरू यो काम एकै दिनमा सिद्ध्याउँछन्‌? कसिङ्गरका थुप्राबाट ती जलिसकेका ढुङ्गाहरू के तिनीहरूले पुनर्जीवित पार्न सक्‍छन्‌ र?””
‭‭नहेम्‍याह‬ ‭4‬:‭2‬ ‭NNRV‬‬

“उनको छेउमा उभिरहने अम्‍मोनी तोबियाले भने, “तिनीहरूले जेसुकै बनाइरहे तापनि एउटा स्‍याल ढुङ्गाको त्‍यस पर्खालमा चढ़्यो भने, त्‍यो भत्‍किनेछ।””
‭‭नहेम्‍याह‬ ‭4‬:‭3‬ ‭NNRV‬‬

“यसै बीचमा यहूदाका मानिसहरूले भने, “मजदूरहरूको बल घट्‌दैजाँदैछ, र कसिङ्गरहरू थुप्रै छन्‌। हामी आफैले कहिल्‍यै यस पर्खालको पुनर्निर्माण गर्न सक्‍नेछैनौं।””
‭‭नहेम्‍याह‬ ‭4‬:‭10‬ ‭NNRV‬‬

“हाम्रा विरोधीहरूले पनि भने, “तिनीहरूले चाल पाउन वा देख्‍न अघि नै हामी तिनीहरूमाथि जाइलागेर तिनीहरूलाई मारिदिनेछौं र यस कामलाई खतम पारिदिनेछौं।””
‭‭नहेम्‍याह‬ ‭4‬:‭11‬ ‭NNRV‬‬

“तब उनीहरूका बीचमा बस्‍ने यहूदीहरू आए, र तिनीहरूले हामीलाई दशौँ पल्‍ट यसो भनेर चेताउनी दिए, “तपाईंहरू जता फर्कनुभए पनि हरेक ठाउँबाट उनीहरूले हामीलाई आक्रमण गर्नेछन्‌।””
‭‭नहेम्‍याह‬ ‭4‬:‭12‬ ‭NNRV‬‬

“तब उठेर मैले ती सबको निरीक्षण गरें, र भारदारहरू, अधिकृतहरू र सबै मानिसहरूलाई यसो भनें, “उनीहरूसँग नडराओ। महान्‌ र भययोग्‍य परमप्रभुको सम्‍झना गर, र आफ्‍ना दाजुभाइ, छोराछोरी, पत्‍नी र घरहरूका निम्‍ति युद्ध गर।””
‭‭नहेम्‍याह‬ ‭4‬:‭14‬ ‭NNRV‬‬

“भारी बोक्‍ने मजदूरहरूको एउटा हात काममा र अर्को हात आफ्‍नो हतियारमा हुन्‍थ्‍यो।”
‭‭नहेम्‍याह‬ ‭4‬:‭17‬ ‭NNRV‬‬

“हाम्रा परिश्रम गर्ने हातहरू दुर्बल होऊन्‌ र हाम्रो काम कहिल्‍यै नसिद्धिओस्‌ भन्‍ने आशाले उनीहरूले हामीलाई घुर्की दिने चेष्‍टा गर्दैथिए। तर मैले प्रार्थना गरें, “अब हे परमेश्‍वर, मेरा हात बलिया पार्नुहोस्‌।””
‭‭नहेम्‍याह‬ ‭6‬:‭9‬ ‭NNRV‬‬

“एक दिन म दलायाहका छोरा, महेतबेलका नाति शमायाहको घरमा गएँ। तिनी आफ्‍नो घरभित्रै बन्‍द गरिएका थिए। तिनले भने, “हामी परमेश्‍वरको भवनभित्र, उहाँको मन्‍दिरभित्र ढोकाहरू थुनेर भेट गरौं। किनभने उनीहरू तपाईंलाई मार्न आउँदैछन्‌— उनीहरू तपाईंलाई मार्न राती आउनेछन्‌।””
‭‭नहेम्‍याह‬ ‭6‬:‭10‬ ‭NNRV‬‬

“एलूल महिनाको पच्‍चीसौँ दिनमा पर्खालको काम सिद्धियो। त्‍यो बनाउन बाउन्‍न दिन लाग्‍यो।”
‭‭नहेम्‍याह‬ ‭6‬:‭15‬ ‭NNRV‬‬

“जब हाम्रा सबै शत्रुहरूले यो कुरा सुने, तब वरिपरिका सबै जातिहरू डराएर हतोत्‍साहित भए, किनकि यो काम परमेश्‍वरको सहायताद्वारा पूरा भएको हो भनी उनीहरूले चाल पाए।”
‭‭नहेम्‍याह‬ ‭6‬:‭16‬ ‭NNRV‬‬

“अब अन्‍त्‍यमा, प्रभुमा र उहाँका शक्तिको सामर्थ्‍यमा बलवान्‌ होओ।”
‭‭एफिसी‬ ‭6‬:‭10‬ ‭NNRV‬‬

“दियाबलसका युक्तिहरूका विरुद्धमा खड़ा हुन सक्‍नलाई परमेश्‍वरका सारा हातहतियार धारण गर।”
‭‭एफिसी‬ ‭6‬:‭11‬ ‭NNRV‬‬

“किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्‍धकारका सांसारिक शासकहरूका विरुद्ध र स्‍वर्गीय स्‍थानहरूमा भएका दुष्‍ट्याइँका आत्‍मिक सेनाहरूका विरुद्ध हो।”
‭‭एफिसी‬ ‭6‬:‭12‬ ‭NNRV‬‬

“यसैकारण परमेश्‍वरका सारा हातहतियार उठाओ, र यसरी खराब दिनको सामना गर्न सक, र सबै काम गरेर खड़ा हुन सक्‍ने होओ।”
‭‭एफिसी‬ ‭6‬:‭13‬ ‭NNRV‬‬

“यसबाहेक यो वर्तमान समय कस्‍तो छ, सो तिमीहरूलाई थाहा छ। अब निद्राबाट ब्‍यूँझने ठीक बेला आइपुगेको छ, किनकि हामीले पहिले विश्‍वास गरेको भन्‍दा अहिले हाम्रो मुक्ति अझ नजिक छ।”
‭‭रोमी‬ ‭13‬:‭11‬ ‭NNRV‬‬

“रात बितिसक्‍यो, र दिन नजिकै आइपुगेको छ। यसकारण अन्‍धकारका काम छोड़ेर हामी ज्‍योतिका हातहतियार धारण गरौं।”
‭‭रोमी‬ ‭13‬:‭12‬ ‭NNRV‬‬

“दिउँसोजस्‍तै गरी हामी ठीकसँग चलौं। मोजमज्‍जामा, पियक्‍कडपनमा, व्‍यभिचारमा, भ्रष्‍टाचारमा, झगड़ामा र डाहमा होइन।”
‭‭रोमी‬ ‭13‬:‭13‬ ‭NNRV‬‬

 

1 corianthans chapter 12 verse : 1 to 11. another 1 corianthans chapter 2 verse : 10 to 12 . another Galatians chapter 5 verse : 22 and 23 . And last bible verse : Acts chapter 1 verse : 8 .

Welcome to Zion Women Fellowship Atlanta

....

Welcome to Zion Women Fellowship Atlanta

Welcome to Zion Women Fellowship Atlanta

Welcome to Zion Women Fellowship Atlanta

Welcome to Zion Women Fellowship Atlanta

At Simon Thapa's Zion Women Fellowship Atlanta, we are dedicated to community development through education, empowerment, and support. Our mission is to create a thriving community where everyone has the opportunity to grow and succeed.

“हे सियोनकी छोरी, खूब रमाऊ। हे यरूशलेमकी छोरी, जोडसित कराऊ! हेर, तिम्रा राजा तिमीकहाँ आउँदैहुनुहुन्छ। उहाँ धर्मात्मा र मुक्तिदाता हुनुहुन्छ। उहाँ भला हुनुहुन्छ, र गधामाथि, अर्थात्‌ गधाको बच्चा एउटा बछेड़ामाथि सवार भएर आउँदैहुनुहुन्छ।”‭‭जकरिया‬ ‭9:9‬ ‭

14हे सियोनकी छोरी, गा! हे इस्राएल, चर्को सारेले करा! हे यरूशलेमकी छोरी, खुशी हो र सम्‍पूर्ण हृदयले रमाहट गर्‌! 15तेरो दण्‍ड परमप्रभुले हटाइदिनुभएको छ, उहाँले तेरा शत्रुहरूलाई फिर्ता पठाइदिनुभएको छ। परमप्रभु इस्राएलका राजा तँसित हुनुहुन्‍छ। अब उप्रान्‍त तैंले कुनै खराबीको डर मान्‍नुपर्दैन। 16त्‍यस दिन यरूशलेमलाई तिनीहरूले यसो भन्‍नेछन्, “तँ नडरा, हे सियोन। तेरा हात ढीला हुन नपाऊन्‌। 17परमप्रभु तेरा परमेश्‍वर तँसित हुनुहुन्‍छ। उहाँ बचाउनलाई सामर्थी हुनुहुन्‍छ। उहाँ तँसित अत्‍यन्‍तै आनन्‍दित हुनुहुन्‍छ। उहाँले आफ्‍नो प्रेममा तँलाई शान्‍त पार्नुहुनेछ। गीत गाएर उहाँ तेरा बारेमा रमाउनुहुनेछ।

18“नियुक्त गरिएका चाड़हरूको शोक म तँबाट हटाइदिनेछु। ती तेरा निम्‍ति भार र लाज हुन्‌। 19तँलाई थिचोमिचो गर्नेहरू सबैसँग म उचित व्‍यवहार गर्नेछु। म लङ्गड़ालाई छुटाउनेछु, र छरपष्‍ट भएकाहरूलाई म जम्‍मा गर्नेछु। तिनीहरूलाई शर्ममा पार्ने हरेक देशमा म तिनीहरूलाई प्रशंसा र सम्‍मान दिनेछु। 20त्‍यस बेला म तिमीहरूलाई जम्‍मा गर्नेछु, र त्‍यस बेला म तिमीहरूलाई घरमा ल्‍याउनेछु। जब म तिमीहरूको सौभाग्‍य तिमीहरूकै नजरको सामुन्‍ने फर्काएर ल्‍याउनेछु, तब पृथ्‍वीका सारा मानिसहरूका बीचमा म तिमीहरूलाई सम्‍मान र प्रशंसा दिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।

‭‭सपन्याह‬ ‭3:14-19‬ ‭

17सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: “अब विचार गर! विलाप गर्ने स्‍त्रीहरूलाई बोलाओ, तिनीहरूमध्‍येका सबैभन्‍दा निपुण विलाप गर्नेहरूलाई बोलाइपठाओ। 18तिनीहरू चाँड़ै आऊन्, र हाम्रा निम्‍ति विलाप गरिदेऊन्, जबसम्‍म हाम्रा आँखाभरि आँसु हुँदैन, र हाम्रा परेलाबाट आँसुको धारा छुट्‌दैन। 19सियोनबाट विलापको सोर सुनिँदैछ: ‘हामीहरू कस्‍तो किसिमले नष्‍ट भयौं! हामीहरू लाजले भुतुक्‍क भयौं! हामीले हाम्रो देश छोड्‌नैपर्छ, किनभने हाम्रा घरहरू नष्‍ट भए’।”

““हे सियोनकी छोरी, जोडसित कराऊ र खुशी होऊ, किनकि म आउँदैछु र तिमीहरूका बीचमा वास गर्नेछु,” परमप्रभु भन्नुहुन्छ।”‭‭जकरिया‬ ‭2:10‬ ‭NNRV‬‬

“तपाईंको इच्छाअनुसार सियोनको भलाइ गर्नुहोस्‌। यरूशलेमका पर्खालहरू निर्माण गरिदिनुहोस्‌।”‭‭भजनसंग्रह‬ ‭51:18‬ ‭

“तर म तँलाई फेरि स्वस्थ बनाउनेछु, र तेरा चोटहरू म निको पार्नेछु,’ परमप्रभु भन्नुहुन्छ, ‘किनभने तँलाई त्यागिएकी, कसैले वास्ता नगर्ने सियोन भनिन्छ’।”‭‭यर्मिया‬ ‭30:17‬ ‭NNRV‬‬

“तर तिमीहरू त सियोन पर्वतमा आएका छौ, जीवित परमेश्वरको सहर, स्वर्गीय यरूशलेममा, र असंख्य स्वर्गदूतहरूको आनन्द-उत्सवमा आएका छौ।”‭‭हिब्रू‬ ‭12:22‬ ‭NNRV‬‬

 

Our programs focus on teaching essential skills, providing resources, and fostering a sense of unity among all members. We believe that by coming together, we can achieve great things and make a positive impact on our society.

Join Us in Building a Stronger Community

Get involved with Zion Women Fellowship Atlanta today and be part of a community that supports and uplifts each other. Together, we can make a difference!