JEREMIAH - START - JULY 22, 2026 - END / .................................................

JEREMIAH - INTRODUCTION

पुस्‍तक परिचय

यर्मिया यरूशलेमको बाहिरी भागमा पर्ने अनातोत नाउँका एक पूजाहारी परिवारका सदस्य थिए। सबैभन्दा लामो अगमवाणीको पुस्तकको लेखक यर्मियाले आफ्नो चालीस बर्षभन्दा बढीको सेवामा यहूदाका अन्तिम पाँच राजाका राजत्वकाललाई देखेका थिए। उनी सातसय शताब्‍दीको अन्त्यतिर बाँचेका थिए। उनले भविष्यवाणी गरी बताएका डरलाग्दा नतिजाहरू पूरो भएको देख्‍न पाए अर्थात् यरूशलेमको नाश र मन्दिरको विनाश साथै बेबिलोनमा यहूदाका राजा र मानिसहरू कैदमा गएका घटना। उनले आफ्नो जातिलाई धेरै माया गरेका थिए। उनलाई यसरी न्याय र इन्साफको भविष्यवाणी सुनाउने इच्छा थिएन। तर परमेश्‍वरको वचन उनको हृदयमा आगो जस्तै गरी दन्किएको थियो (२०:९)। यस पुस्तकका वचनहरूले यर्मियाको जीवनकालदेखि पनि अझै टाढोको समयलाई देखाएको छ जब परमेश्‍वरको एउटा नयाँ करार परमेश्‍वर स्वयम्‌ले मानिसहरूको हृदयमा लेखिदिनुहुनेछ।

JEREMIAH - 1: 1-19,

यर्मिया 1

1बेन्‍यामीनको इलाकाको अनातोतमा बस्‍ने पूजाहारीहरूमध्‍ये एक जना, हिल्‍कियाहका छोरा यर्मियाका वचन यी हुन्‌। 2यहूदाका राजा अमोनका छोरा योशियाहका राजकालको तेह्रौँ वर्षमा परमप्रभुको वचन तिनीकहाँ आयो,  3अनि परमप्रभुको वचन यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको राजकालभरि र यहूदाका राजा योशियाहका छोरा सिदकियाहका राजकालको एघारौँ वर्षको पाँचौँ महिनासम्‍म, यरूशलेमका मानिसहरू कैदमा नलगुञ्‍जेलसम्‍मै आइरह्यो। 

यर्मियाको बोलावट

4परमप्रभुको यो वचन मकहाँ आयो,

5“मैले तँलाई गर्भमा रच्‍नभन्‍दा अघि नै तँलाई चिनिसकेको थिएँ, तँ जन्‍मनभन्‍दा अघि नै मैले तँलाई अलग गरें। मैले तँलाई जाति-जातिहरूका निम्‍ति एक अगमवक्ता नियुक्त गरें।”

6मैले भनें, “हे परमप्रभु परमेश्‍वर, म त बोल्‍नै जान्‍दिनँ, म त बालकै छु।”

7तर परमप्रभुले मलाई भन्‍नुभयो, “‘म त बालकै छु,’ भनी नभन्‌। जसकहाँ म तँलाई पठाउँछु ती हरेककहाँ तँ जानैपर्छ र जे-जे म तँलाई आज्ञा गर्छु, ती तैंले भन्‍नैपर्छ। 8तिनीहरूसँग नडरा, किनकि तँलाई बचाउनलाई म तेरो साथमा छु,” परमप्रभु भन्‍नुहुन्‍छ।

9तब आफ्‍नो हात पसारेर परमप्रभुले मेरो मुख छुनुभयो, र मलाई भन्‍नुभयो, “अब, मैले मेरा वचन तेरो मुखमा हालिदिएको छु। 10हेर्, उखेल्‍न र भत्‍काउन, नाश गर्न र भताभुङ्ग पार्न, निर्माण गर्न र रोप्‍न म आज तँलाई जाति-जातिहरू र राज्‍य-राज्‍यहरूमाथि नियुक्त गर्दछु।”

11परमप्रभुको यो वचन मकहाँ आयो: “यर्मिया, तँ के देख्‍छस्‌?”

मैले भनें, “म हाड़े-बदामका रूखको एउटा हाँगा देख्‍दैछु।”

12तब परमप्रभुले मलाई भन्‍नुभयो, “तैंले ठीकै देखिस्, किनकि मेरो वचन पूरा भएको होस्‌ भनेर म नियालेर हेरिरहेको छु।”

13परमप्रभुको यो वचन फेरि मकहाँ आयो: “तँ के देख्‍दैछस्‌?”

मैले भनें, “एउटा उम्‍लँदैगरेको भाँड़ो उत्तर दिशाबाट घोप्‍टिरहेको म देख्‍दैछु।”

14तब परमप्रभुले मलाई भन्‍नुभयो, “उत्तरदेखि नै यस देशका सबै मानिसहरूमाथि सर्वनाश खन्‍याइनेछ। 15म उत्तरका राज्‍यहरूका सबै मानिसहरूलाई बोलाउनै लागेको छु,” परमप्रभु भन्‍नुहुन्‍छ। “उनीहरूका राजाहरू आएर हरेकले आ-आफ्‍नो सिंहासन यरूशलेमका मूल ढोकाहरूको पस्‍ने ठाउँमा स्‍थापना गर्नेछ। उनीहरू त्‍यसका चारैतिरका पर्खालहरू र यहूदाका सबै सहरहरूका विरुद्धमा आउनेछन्‌। 16मलाई त्‍यागेर तिनीहरूले गरेका सबै दुष्‍टताको कारणले गर्दा तिनीहरूका विरुद्धमा म मेरो न्‍यायको फैसला सुनाउनेछु। तिनीहरूले पराई देवताहरूका निम्‍ति धूप बाले, र आफ्‍नै हातले बनाएका कुराहरूलाई दण्‍डवत्‌ गरे।

17“तँचाहिँ तयार हो! उठ्, र जे-जे कुराको म तँलाई आज्ञा दिन्‍छु ती तिनीहरूलाई भन्‌। तिनीहरूदेखि तँ नडरा, नत्रता म तँलाई नै तिनीहरूका सामुन्‍ने भयभीत पार्नेछु। 18आज यो सारा देश, यहूदाका राजाहरू, अधिकारीहरू, पूजाहारीहरू र देशका मानिसहरूका विरुद्धमा उभिनलाई मैले तँलाई एक किल्‍ला भएको सहर, फलामको खामो र काँसाको पर्खाल बनाएको छु। 19तिनीहरूले तेरो विरुद्ध युद्ध गर्नेछन्, तर तिनीहरू तँमाथि विजयी हुनेछैनन्, किनकि तँलाई बचाउनलाई म तेरो साथमा छु,” परमप्रभु भन्‍नुहुन्‍छ।

......................................................................................................................................................

 

...........................................................................................................................................................

यर्मिया 1

1बेन्‍यामीनको इलाकाको अनातोतमा बस्‍ने पूजाहारीहरूमध्‍ये एक जना, हिल्‍कियाहका छोरा यर्मियाका वचन यी हुन्‌। 2यहूदाका राजा अमोनका छोरा योशियाहका राजकालको तेह्रौँ वर्षमा परमप्रभुको वचन तिनीकहाँ आयो,  3अनि परमप्रभुको वचन यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको राजकालभरि र यहूदाका राजा योशियाहका छोरा सिदकियाहका राजकालको एघारौँ वर्षको पाँचौँ महिनासम्‍म, यरूशलेमका मानिसहरू कैदमा नलगुञ्‍जेलसम्‍मै आइरह्यो। 

यर्मियाको बोलावट

4परमप्रभुको यो वचन मकहाँ आयो,

5“मैले तँलाई गर्भमा रच्‍नभन्‍दा अघि नै तँलाई चिनिसकेको थिएँ, तँ जन्‍मनभन्‍दा अघि नै मैले तँलाई अलग गरें। मैले तँलाई जाति-जातिहरूका निम्‍ति एक अगमवक्ता नियुक्त गरें।”

6मैले भनें, “हे परमप्रभु परमेश्‍वर, म त बोल्‍नै जान्‍दिनँ, म त बालकै छु।”

7तर परमप्रभुले मलाई भन्‍नुभयो, “‘म त बालकै छु,’ भनी नभन्‌। जसकहाँ म तँलाई पठाउँछु ती हरेककहाँ तँ जानैपर्छ र जे-जे म तँलाई आज्ञा गर्छु, ती तैंले भन्‍नैपर्छ। 8तिनीहरूसँग नडरा, किनकि तँलाई बचाउनलाई म तेरो साथमा छु,” परमप्रभु भन्‍नुहुन्‍छ।

9तब आफ्‍नो हात पसारेर परमप्रभुले मेरो मुख छुनुभयो, र मलाई भन्‍नुभयो, “अब, मैले मेरा वचन तेरो मुखमा हालिदिएको छु। 10हेर्, उखेल्‍न र भत्‍काउन, नाश गर्न र भताभुङ्ग पार्न, निर्माण गर्न र रोप्‍न म आज तँलाई जाति-जातिहरू र राज्‍य-राज्‍यहरूमाथि नियुक्त गर्दछु।”

11परमप्रभुको यो वचन मकहाँ आयो: “यर्मिया, तँ के देख्‍छस्‌?”

मैले भनें, “म हाड़े-बदामका रूखको एउटा हाँगा देख्‍दैछु।”

12तब परमप्रभुले मलाई भन्‍नुभयो, “तैंले ठीकै देखिस्, किनकि मेरो वचन पूरा भएको होस्‌ भनेर म नियालेर हेरिरहेको छु।”

13परमप्रभुको यो वचन फेरि मकहाँ आयो: “तँ के देख्‍दैछस्‌?”

मैले भनें, “एउटा उम्‍लँदैगरेको भाँड़ो उत्तर दिशाबाट घोप्‍टिरहेको म देख्‍दैछु।”

14तब परमप्रभुले मलाई भन्‍नुभयो, “उत्तरदेखि नै यस देशका सबै मानिसहरूमाथि सर्वनाश खन्‍याइनेछ। 15म उत्तरका राज्‍यहरूका सबै मानिसहरूलाई बोलाउनै लागेको छु,” परमप्रभु भन्‍नुहुन्‍छ। “उनीहरूका राजाहरू आएर हरेकले आ-आफ्‍नो सिंहासन यरूशलेमका मूल ढोकाहरूको पस्‍ने ठाउँमा स्‍थापना गर्नेछ। उनीहरू त्‍यसका चारैतिरका पर्खालहरू र यहूदाका सबै सहरहरूका विरुद्धमा आउनेछन्‌। 16मलाई त्‍यागेर तिनीहरूले गरेका सबै दुष्‍टताको कारणले गर्दा तिनीहरूका विरुद्धमा म मेरो न्‍यायको फैसला सुनाउनेछु। तिनीहरूले पराई देवताहरूका निम्‍ति धूप बाले, र आफ्‍नै हातले बनाएका कुराहरूलाई दण्‍डवत्‌ गरे।

17“तँचाहिँ तयार हो! उठ्, र जे-जे कुराको म तँलाई आज्ञा दिन्‍छु ती तिनीहरूलाई भन्‌। तिनीहरूदेखि तँ नडरा, नत्रता म तँलाई नै तिनीहरूका सामुन्‍ने भयभीत पार्नेछु। 18आज यो सारा देश, यहूदाका राजाहरू, अधिकारीहरू, पूजाहारीहरू र देशका मानिसहरूका विरुद्धमा उभिनलाई मैले तँलाई एक किल्‍ला भएको सहर, फलामको खामो र काँसाको पर्खाल बनाएको छु। 19तिनीहरूले तेरो विरुद्ध युद्ध गर्नेछन्, तर तिनीहरू तँमाथि विजयी हुनेछैनन्, किनकि तँलाई बचाउनलाई म तेरो साथमा छु,” परमप्रभु भन्‍नुहुन्‍छ।

 

 

JEREMIAH - 2: 1-37,

यर्मिया 2

1परमप्रभुको यो वचन मकहाँ आयो: 2“जा, र यरूशलेमले सुन्‍ने गरी यसो भनेर घोषणा गर: ‘तेरो युवावस्‍थाको भक्ति, दुलहीको जस्‍तो तेरो प्रेमलाई म सम्‍झन्‍छु, र कसरी तँ मेरो पछिपछि मरुभूमिमा हिँड़ेको थिइस्, त्‍यस बीउ नछरेको भूमिमा। 3इस्राएल आफ्‍ना परमप्रभुको निम्‍ति पवित्र थियो, त्‍यो उहाँको फसलको अगौटे फल थियो। त्‍यसलाई निल्‍नेहरू सबै दोषी ठहरिए, र विपत्ति उनीहरूमाथि आइलागे,” परमप्रभु भन्‍नुहुन्‍छ।

4हे याकूबका घराना र इस्राएलका घरानाका सबै वंश हो, परमप्रभुको वचन सुन।

5परमप्रभु यसो भन्‍नुहुन्‍छ: “तिमीहरूका पिता-पुर्खाहरूले ममा के दोष भेट्टाए र तिनीहरू मबाट टाढ़ा भए? तिनीहरू व्‍यर्थैका मूर्तिहरूका पछि लागे र आफैलाई बेकामका तुल्‍याए। 6तिनीहरूले यो सोधेनन्, ‘परमप्रभु कहाँ हुनुहुन्‍छ, जसले हामीहरूलाई मिश्रदेशदेखि निकालेर ल्‍याउनुभयो, र हामीहरूलाई उजाड़-स्‍थानमा डोर्‍याएर ल्‍याउनुभयो, मरुभूमि र खाड़लहरू भएको जग्‍गा, पानी नभएको र घोर अन्‍धकारको ठाउँबाट जहाँ कोही पनि यात्रा गर्न सक्‍दैन, जहाँ कोही बस्‍दैन?’ 7मैले तिमीहरूलाई एउटा मलिलो देशमा, त्‍यसका फलहरू र असल-असल कुराहरू तिमीहरूले खान भनी ल्‍याएँ। तर जब तिमीहरू आयौ तब तिमीहरूले मेरो देश बिटुलो पार्‍यौ, र मेरो उत्तराधिकारलाई घृणित तुल्‍यायौ। 8‘परमप्रभु कहाँ हुनुहुन्‍छ?’ पूजाहारीहरूले भनेनन्‌। व्‍यवस्‍था सिकाउनेहरूले मलाई चिनेनन्, शासकहरू मेरा विरुद्धमा बागी भए। अगमवक्ताहरूले बाल देवताको नाउँमा अगमवाणी बोले, र व्‍यर्थैका मूर्तिहरूका पछि लागे।

9“यसैकारण म फेरि तिमीहरू र तिमीहरूका नातिनातिनाका विरुद्धमा दोष लगाउनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ। 10कित्तीमका किनारमा गएर हेर, केदारमा दूतहरू पठाई नियालेर हेर, के यस्‍तो काम त्‍यहाँ कहिल्‍यै भएको रहेछ त? 11के कुनै जातिले आफ्‍ना देवताहरू बद्‌लिगरेका छन्‌ र? (यद्यपि कुनै प्रकारले ती ईश्‍वर होइनन्‌।) तर मेरो प्रजाले त आफ्‍नो गौरव व्‍यर्थका मूर्तिहरूसित साट्यो। 12हे आकाशमण्‍डल, यस कुरामा तिमीहरू चकित होओ, र ठूलो डरले थरथर काम,” परमप्रभु भन्‍नुहुन्‍छ। 13“मेरा प्रजाले दुई वटा पाप गरेका छन्‌: मलाई, जिउँदो पानीको मूललाई, तिनीहरूले त्‍यागेका छन्, र पानी नरहने फुटेका कुण्‍डहरू आफ्‍ना निम्‍ति खनेका छन्‌।

14“के इस्राएल एउटा नोकर, जन्‍मैको एक कमारो हो र? तब किन त्‍यो लुटियो त? 15सिंहहरू गर्जेका छन्, तिनीहरू त्‍योतिर फर्केर गर्जंदैछन्‌। तिनीहरूले त्‍यसको देश उजाड़ पारिदिएका छन्‌। त्‍यसका नगरहरू जलाइएका र त्‍यागिएका छन्‌। 16नोप र तहपनेसका मानिसहरूले तिमीहरूको शिर नै खुइले पारिदिएका छन्‌। 17जब परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई बाटोमा डोर्‍याएर ल्‍याउनुभयो, तब उहाँलाई त्‍यागेर तिमीहरूले यो आफैमाथि ल्‍याएका होइनौ र? 18शिहोर नदीको पानी पिउनलाई किन मिश्रदेशमा जान्‍छौ? यूफ्रेटिस नदीको पानी पिउनलाई अश्‍शूरमा किन जान्‍छौ? 19तिमीहरूको दुष्‍टताले तिमीहरूलाई दण्‍ड दिनेछ, तिमीहरूको धर्म-त्‍यागले तिमीहरूलाई हप्‍काउनेछ। यसकारण तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई त्‍यागेका र उहाँको भय नमानेका हुनाले तिमीहरूको कति खराबी हुनेछ, र तिमीहरूलाई कति तीतो लाग्‍नेछ भनी जान,” परमप्रभु, सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।

20“धेरै अघि नै तैंले आफ्‍नो जुवा भाँचिदिइस्, र बन्‍धनहरू फुकाइस्, र भनिस्, ‘म तपाईंको सेवा गर्नेछैनँ!’ साँच्‍चै, हरेक डाँड़ामाथि, र हरेक झ्‍याम्‍म परेको रूखमुनि तँ वेश्‍याझैँ ढल्‍किस्‌। 21मैले त तँलाई भरिलो र भरपर्दोजस्‍तो गरी छानेको दाखको बोट पो रोपेको थिएँ। तँ कसरी मेरो विरुद्ध उठी भ्रष्‍ट जङ्गली दाखको बोट भइस्‌? 22तैंले आफैलाई सोडाले र बेसरी साबून लगाएर धोए तापनि तेरो दोषको कलङ्क मेरो सामुन्‍ने नै छ,” परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ। 23“‘म बिटुलो भएको छैनँ, र म बाल देवताहरूको पछि लागेको छैनँ,’ भनी तैंले कसरी भन्‍न सक्‍छस्‌? हेर, बेँसीमा तैंले कस्‍तो व्‍यवहार गरिस्‌? त्‍यहाँ तैंले के गरिस्‌ सो विचार गर्‌। वेगले यताउता कुदिहिँड्‌ने तँ चञ्‍चली जवान ऊँट! 24उजाड़-स्‍थानमा बस्‍ने आदत भएकी, कामातुर भएर हावा सुँघिहिँड़ने वन-गधैनी। त्‍यसको कामवासनालाई कसले रोक्‍न सक्‍छ र? त्‍यसको पछि लाग्‍ने कुनै पनि गधा थकित हुनुपर्दैन, किनकि मिसिने ऋतुमा तिनीहरूले त्‍यसलाई भेट्टाउनेछन्‌। 25तेरो खुट्टा नाङ्गो नहोउञ्‍जेल र तेरो घाँटी तिर्खाले नसुकुञ्‍जेल नकुद्‌। तर तैंले भनिस्, ‘बेकार छ! विदेशी देवताहरूलाई म प्रेम गर्दछु, र तिनीहरूकै पछि म लाग्‍नेछु’।

26“जसरी चोर पक्राउ पर्दा लज्‍जित हुन्‍छ, त्‍यसरी नै इस्राएलका घराना, तिनीहरूका राजाहरू, अधिकारीहरू, पूजाहारीहरू र अगमवक्ताहरू लज्‍जित छन्‌। 27तिनीहरू काठलाई भन्‍छन्, ‘तिमी मेरा पिता हौ,’ र ढुङ्गालाई, ‘तिमीले मलाई जन्‍म दिएकी हौ’। तिनीहरूले आफ्‍ना पीठ मतिर फर्काएका छन्, तर मुख होइन। तापनि दु:खका दिनमा तिनीहरू भन्‍छन्, ‘आएर हामीलाई बचाउनुहोस्‌!’ 28तब तिमीहरूले आफ्‍ना निम्‍ति बनाएका देवताहरू कता गए? तिमीहरूले दु:ख पाउँदा तिनीहरूले तिमीहरूलाई बचाउन सक्‍ने भए, तिनीहरू आऊन्‌। किनकि हे यहूदा, तिमीहरूका जति सहरहरू छन्, तिमीहरूका देवताहरू पनि त्‍यति नै छन्‌।

29“तिमीहरू किन मेरो विरुद्धमा दोष ल्‍याउँछौ? तिमीहरू सबै मेरो विरुद्धमा बागी भएका छौ,” परमप्रभु भन्‍नुहुन्‍छ। 30“तिमीहरूका मानिसहरूलाई मैले व्‍यर्थमा दण्‍ड दिएँ। सुधार्ने मेरो शिक्षा तिनीहरूले ग्रहण गरेनन्‌। निलिहाल्‍ने सिंहले झैँ तिमीहरूका अगमवक्ताहरूलाई तिमीहरूले तरवारले नाश गरेका छौ।

31“हे यस पुस्‍ताका मानिस हो, परमप्रभुको वचनमा विचार गर। के म इस्राएलीको निम्‍ति एक मरुभूमि अथवा बाक्‍लो अन्‍धकारको देश भएँ र? किन मेरो प्रजाले यसो भन्‍छ, ‘हामी घुम्‍नलाई स्‍वतन्‍त्र छौं, हामी तपाईंकहाँ फेरि कहिल्‍यै आउनेछैनौं’? 32के कुमारीले आफ्‍ना रत्‍नहरू, दुलहीले आफ्‍ना विवाहका गरगहनाहरू बिर्सन सक्‍छे र? तर मेरो प्रजाले त मलाई गन्‍नै नसकिने दिनदेखि बिर्सिसक्‍यो। 33प्रेम खोजिहिँड्‌न तँ कति निपुण छेस्‌? यहाँसम्‍म कि खराबभन्‍दा खराब स्‍त्रीहरूले पनि तेरा चालबाट सिक्‍न सक्‍छन्‌। 34तेरो वस्‍त्रमा गरीब निर्दोषहरूको जीवन-रक्त पुरुषहरूले भेट्टाउँछन्, यद्यपि तैंले तिनीहरूलाई घर फोरेर भित्र पसेका भेट्टाइनस्‌। ती सबै हुँदाहुँदै पनि 35तँ भन्‍छस्, ‘म त निर्दोष छु। उहाँ मसित रिसाउनुहुन्‍न’। तर, ‘मैले पाप गरेकी छैनँ’ भनी तैंले भनेको कारण म तेरो न्‍याय गर्नेछु। 36आफ्‍ना चाल बद्‌लिँदै तँ किन यसरी यताउता हिँड़िबस्‍छेस्‌? जसरी अश्‍शूरले तँलाई निराश पार्‍यो, त्‍यसरी नै मिश्रले पनि तँलाई निराश पार्नेछ। 37शिरमा हात राखेर तैंले त्‍यो ठाउँ पनि छोड्‌नुपर्नेछ। तैंले भरोसा गरेकाहरूलाई परमप्रभुले इन्‍कार गर्नुभएको छ। तैंले उनीहरूबाट केही सहायता पाउनेछैनस्‌।”

.......................................................................................................................................................................

 

......................................................................................................................................................................

यर्मिया 2

1परमप्रभुको यो वचन मकहाँ आयो: 2“जा, र यरूशलेमले सुन्‍ने गरी यसो भनेर घोषणा गर: ‘तेरो युवावस्‍थाको भक्ति, दुलहीको जस्‍तो तेरो प्रेमलाई म सम्‍झन्‍छु, र कसरी तँ मेरो पछिपछि मरुभूमिमा हिँड़ेको थिइस्, त्‍यस बीउ नछरेको भूमिमा। 3इस्राएल आफ्‍ना परमप्रभुको निम्‍ति पवित्र थियो, त्‍यो उहाँको फसलको अगौटे फल थियो। त्‍यसलाई निल्‍नेहरू सबै दोषी ठहरिए, र विपत्ति उनीहरूमाथि आइलागे,” परमप्रभु भन्‍नुहुन्‍छ।

4हे याकूबका घराना र इस्राएलका घरानाका सबै वंश हो, परमप्रभुको वचन सुन।

5परमप्रभु यसो भन्‍नुहुन्‍छ: “तिमीहरूका पिता-पुर्खाहरूले ममा के दोष भेट्टाए र तिनीहरू मबाट टाढ़ा भए? तिनीहरू व्‍यर्थैका मूर्तिहरूका पछि लागे र आफैलाई बेकामका तुल्‍याए। 6तिनीहरूले यो सोधेनन्, ‘परमप्रभु कहाँ हुनुहुन्‍छ, जसले हामीहरूलाई मिश्रदेशदेखि निकालेर ल्‍याउनुभयो, र हामीहरूलाई उजाड़-स्‍थानमा डोर्‍याएर ल्‍याउनुभयो, मरुभूमि र खाड़लहरू भएको जग्‍गा, पानी नभएको र घोर अन्‍धकारको ठाउँबाट जहाँ कोही पनि यात्रा गर्न सक्‍दैन, जहाँ कोही बस्‍दैन?’ 7मैले तिमीहरूलाई एउटा मलिलो देशमा, त्‍यसका फलहरू र असल-असल कुराहरू तिमीहरूले खान भनी ल्‍याएँ। तर जब तिमीहरू आयौ तब तिमीहरूले मेरो देश बिटुलो पार्‍यौ, र मेरो उत्तराधिकारलाई घृणित तुल्‍यायौ। 8‘परमप्रभु कहाँ हुनुहुन्‍छ?’ पूजाहारीहरूले भनेनन्‌। व्‍यवस्‍था सिकाउनेहरूले मलाई चिनेनन्, शासकहरू मेरा विरुद्धमा बागी भए। अगमवक्ताहरूले बाल देवताको नाउँमा अगमवाणी बोले, र व्‍यर्थैका मूर्तिहरूका पछि लागे।

9“यसैकारण म फेरि तिमीहरू र तिमीहरूका नातिनातिनाका विरुद्धमा दोष लगाउनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ। 10कित्तीमका किनारमा गएर हेर, केदारमा दूतहरू पठाई नियालेर हेर, के यस्‍तो काम त्‍यहाँ कहिल्‍यै भएको रहेछ त? 11के कुनै जातिले आफ्‍ना देवताहरू बद्‌लिगरेका छन्‌ र? (यद्यपि कुनै प्रकारले ती ईश्‍वर होइनन्‌।) तर मेरो प्रजाले त आफ्‍नो गौरव व्‍यर्थका मूर्तिहरूसित साट्यो। 12हे आकाशमण्‍डल, यस कुरामा तिमीहरू चकित होओ, र ठूलो डरले थरथर काम,” परमप्रभु भन्‍नुहुन्‍छ। 13“मेरा प्रजाले दुई वटा पाप गरेका छन्‌: मलाई, जिउँदो पानीको मूललाई, तिनीहरूले त्‍यागेका छन्, र पानी नरहने फुटेका कुण्‍डहरू आफ्‍ना निम्‍ति खनेका छन्‌।

14“के इस्राएल एउटा नोकर, जन्‍मैको एक कमारो हो र? तब किन त्‍यो लुटियो त? 15सिंहहरू गर्जेका छन्, तिनीहरू त्‍योतिर फर्केर गर्जंदैछन्‌। तिनीहरूले त्‍यसको देश उजाड़ पारिदिएका छन्‌। त्‍यसका नगरहरू जलाइएका र त्‍यागिएका छन्‌। 16नोप र तहपनेसका मानिसहरूले तिमीहरूको शिर नै खुइले पारिदिएका छन्‌। 17जब परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई बाटोमा डोर्‍याएर ल्‍याउनुभयो, तब उहाँलाई त्‍यागेर तिमीहरूले यो आफैमाथि ल्‍याएका होइनौ र? 18शिहोर नदीको पानी पिउनलाई किन मिश्रदेशमा जान्‍छौ? यूफ्रेटिस नदीको पानी पिउनलाई अश्‍शूरमा किन जान्‍छौ? 19तिमीहरूको दुष्‍टताले तिमीहरूलाई दण्‍ड दिनेछ, तिमीहरूको धर्म-त्‍यागले तिमीहरूलाई हप्‍काउनेछ। यसकारण तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई त्‍यागेका र उहाँको भय नमानेका हुनाले तिमीहरूको कति खराबी हुनेछ, र तिमीहरूलाई कति तीतो लाग्‍नेछ भनी जान,” परमप्रभु, सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।

20“धेरै अघि नै तैंले आफ्‍नो जुवा भाँचिदिइस्, र बन्‍धनहरू फुकाइस्, र भनिस्, ‘म तपाईंको सेवा गर्नेछैनँ!’ साँच्‍चै, हरेक डाँड़ामाथि, र हरेक झ्‍याम्‍म परेको रूखमुनि तँ वेश्‍याझैँ ढल्‍किस्‌। 21मैले त तँलाई भरिलो र भरपर्दोजस्‍तो गरी छानेको दाखको बोट पो रोपेको थिएँ। तँ कसरी मेरो विरुद्ध उठी भ्रष्‍ट जङ्गली दाखको बोट भइस्‌? 22तैंले आफैलाई सोडाले र बेसरी साबून लगाएर धोए तापनि तेरो दोषको कलङ्क मेरो सामुन्‍ने नै छ,” परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ। 23“‘म बिटुलो भएको छैनँ, र म बाल देवताहरूको पछि लागेको छैनँ,’ भनी तैंले कसरी भन्‍न सक्‍छस्‌? हेर, बेँसीमा तैंले कस्‍तो व्‍यवहार गरिस्‌? त्‍यहाँ तैंले के गरिस्‌ सो विचार गर्‌। वेगले यताउता कुदिहिँड्‌ने तँ चञ्‍चली जवान ऊँट! 24उजाड़-स्‍थानमा बस्‍ने आदत भएकी, कामातुर भएर हावा सुँघिहिँड़ने वन-गधैनी। त्‍यसको कामवासनालाई कसले रोक्‍न सक्‍छ र? त्‍यसको पछि लाग्‍ने कुनै पनि गधा थकित हुनुपर्दैन, किनकि मिसिने ऋतुमा तिनीहरूले त्‍यसलाई भेट्टाउनेछन्‌। 25तेरो खुट्टा नाङ्गो नहोउञ्‍जेल र तेरो घाँटी तिर्खाले नसुकुञ्‍जेल नकुद्‌। तर तैंले भनिस्, ‘बेकार छ! विदेशी देवताहरूलाई म प्रेम गर्दछु, र तिनीहरूकै पछि म लाग्‍नेछु’।

26“जसरी चोर पक्राउ पर्दा लज्‍जित हुन्‍छ, त्‍यसरी नै इस्राएलका घराना, तिनीहरूका राजाहरू, अधिकारीहरू, पूजाहारीहरू र अगमवक्ताहरू लज्‍जित छन्‌। 27तिनीहरू काठलाई भन्‍छन्, ‘तिमी मेरा पिता हौ,’ र ढुङ्गालाई, ‘तिमीले मलाई जन्‍म दिएकी हौ’। तिनीहरूले आफ्‍ना पीठ मतिर फर्काएका छन्, तर मुख होइन। तापनि दु:खका दिनमा तिनीहरू भन्‍छन्, ‘आएर हामीलाई बचाउनुहोस्‌!’ 28तब तिमीहरूले आफ्‍ना निम्‍ति बनाएका देवताहरू कता गए? तिमीहरूले दु:ख पाउँदा तिनीहरूले तिमीहरूलाई बचाउन सक्‍ने भए, तिनीहरू आऊन्‌। किनकि हे यहूदा, तिमीहरूका जति सहरहरू छन्, तिमीहरूका देवताहरू पनि त्‍यति नै छन्‌।

29“तिमीहरू किन मेरो विरुद्धमा दोष ल्‍याउँछौ? तिमीहरू सबै मेरो विरुद्धमा बागी भएका छौ,” परमप्रभु भन्‍नुहुन्‍छ। 30“तिमीहरूका मानिसहरूलाई मैले व्‍यर्थमा दण्‍ड दिएँ। सुधार्ने मेरो शिक्षा तिनीहरूले ग्रहण गरेनन्‌। निलिहाल्‍ने सिंहले झैँ तिमीहरूका अगमवक्ताहरूलाई तिमीहरूले तरवारले नाश गरेका छौ।

31“हे यस पुस्‍ताका मानिस हो, परमप्रभुको वचनमा विचार गर। के म इस्राएलीको निम्‍ति एक मरुभूमि अथवा बाक्‍लो अन्‍धकारको देश भएँ र? किन मेरो प्रजाले यसो भन्‍छ, ‘हामी घुम्‍नलाई स्‍वतन्‍त्र छौं, हामी तपाईंकहाँ फेरि कहिल्‍यै आउनेछैनौं’? 32के कुमारीले आफ्‍ना रत्‍नहरू, दुलहीले आफ्‍ना विवाहका गरगहनाहरू बिर्सन सक्‍छे र? तर मेरो प्रजाले त मलाई गन्‍नै नसकिने दिनदेखि बिर्सिसक्‍यो। 33प्रेम खोजिहिँड्‌न तँ कति निपुण छेस्‌? यहाँसम्‍म कि खराबभन्‍दा खराब स्‍त्रीहरूले पनि तेरा चालबाट सिक्‍न सक्‍छन्‌। 34तेरो वस्‍त्रमा गरीब निर्दोषहरूको जीवन-रक्त पुरुषहरूले भेट्टाउँछन्, यद्यपि तैंले तिनीहरूलाई घर फोरेर भित्र पसेका भेट्टाइनस्‌। ती सबै हुँदाहुँदै पनि 35तँ भन्‍छस्, ‘म त निर्दोष छु। उहाँ मसित रिसाउनुहुन्‍न’। तर, ‘मैले पाप गरेकी छैनँ’ भनी तैंले भनेको कारण म तेरो न्‍याय गर्नेछु। 36आफ्‍ना चाल बद्‌लिँदै तँ किन यसरी यताउता हिँड़िबस्‍छेस्‌? जसरी अश्‍शूरले तँलाई निराश पार्‍यो, त्‍यसरी नै मिश्रले पनि तँलाई निराश पार्नेछ। 37शिरमा हात राखेर तैंले त्‍यो ठाउँ पनि छोड्‌नुपर्नेछ। तैंले भरोसा गरेकाहरूलाई परमप्रभुले इन्‍कार गर्नुभएको छ। तैंले उनीहरूबाट केही सहायता पाउनेछैनस्‌।”

 

 

JEREMIAH - 3:1-1-25

यर्मिया 3

1“यदि कुनै मानिसले आफ्‍नी पत्‍नीलाई त्‍याग्‍छ र त्‍यो स्‍त्री उदेखि छुट्टिएर अर्को मानिसकी पत्‍नी भई भने, के त्‍यो मानिसले फेरि त्‍यसकहाँ फर्केर जानुपर्ने? के त्‍यो देश बिलकुलै बिटुलो हुनेथिएन र? तर तँचाहिँ एउटी वेश्‍याझैँ धेरैकहाँ गएकी छस्‌— र के तँ मकहाँ फर्केर आउँछेस्‌?” परमप्रभु भन्‍नुहुन्‍छ। 2“आफ्‍ना आँखा उठाएर नाङ्गा डाँड़ाहरूमा हेर्‌। तिनीहरूमध्‍ये कुनचाहिँमा तैंले कुकर्म गरेकी छैनस्‌ र? एउटा अरबी मरुभूमिमा बसेझैँ तँ आफ्‍ना प्रेमीहरूको प्रतीक्षामा बाटो हुँदो बसिस्‌। तैंले देशलाई आफ्‍नो व्‍यभिचार र दुष्‍ट कर्मले बिटुलो पारेकी छस्‌। 3यसैकारण झरी थामिएको छ, र बसन्‍तको वर्षा परेको छैन। तापनि तेरो रूप निर्लज्‍ज वेश्‍याजस्‍तै छ। तँ लाजले रातो हुन इन्‍कार गर्छेस्‌। 4के भर्खरै मात्र तैंले मलाई यसरी पुकारिनस्, ‘हे मेरा पिता, युवावस्‍थादेखि मेरा मित्र, 5के तपाईं सधैँ रिसाइरहनुहुन्‍छ र? के तपाईंको क्रोध सधैँसम्‍म रहिरहन्‍छ?’ तैंले त यसरी कुरा गर्छेस्, तर तैंले सकेसम्‍म खराबी गर्छेस्‌।”

अविश्‍वासी इस्राएल

6योशियाह राजाका राजकालमा परमप्रभुले मलाई भन्‍नुभयो, “अविश्‍वासी इस्राएलले के गर्‍यो, के तैंले देखेको छस्‌? त्‍यो गएर हरेक डाँड़ामा र हरेक झ्‍याम्‍म परेको रूखमुनि त्‍यसले व्‍यभिचार गरेकी छ।  7त्‍यसले यी सबै काम गरेपछि मकहाँ फर्कन्‍छे होला भनी मैले विचार गरेको थिएँ, र तर त्‍यो फर्किन, र त्‍यसकी विश्‍वासघाती बहिनीले त्‍यो देखी। 8त्‍यस अविश्‍वासी इस्राएलका सबै व्‍यभिचारको कारण मैले त्‍यसलाई त्‍यागपत्र दिएर निकालिदिएँ। तापनि मैले हेरें, त्‍यसकी विश्‍वासघाती बहिनी यहूदा डराइन, तर गएर त्‍यसले पनि वेश्‍यावृत्ति गरी। 9वेश्‍यावृत्ति इस्राएलको निम्‍ति यति सजिलो कुरा भयो, कि त्‍यसले ढुङ्गा र रूखसित व्‍यभिचार गरेर देशलाई बिटुलो पारी। 10यी सबै भए तापनि त्‍यसकी विश्‍वासघाती बहिनी यहूदा, पूर्ण हृदयले त होइन, तर बाहिरी रूपले मात्र मतिर फर्किइ,” परमप्रभु भन्‍नुहुन्‍छ।

11परमप्रभुले मलाई भन्‍नुभयो, “अविश्‍वासी इस्राएल विश्‍वासघाती यहूदाभन्‍दा अझ धर्मी ठहरी।

12जा, उत्तरमा गएर यो सन्‍देश प्रचार गर्‌:

“‘हे अविश्‍वासी इस्राएल, तँ फर्की,’ परमप्रभु भन्‍नुहुन्‍छ, ‘आँखा तरेर म अब तँलाई हेर्नेछैनँ, किनभने म कृपालु छु,’ परमप्रभु भन्‍नुहुन्‍छ, ‘म सधैँ रीस गरिरहनेछैनँ।

13केवल, तँ, परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा बागी भइस्,

र हरेक झ्‍याम्‍म परेको रूखमुनि पराई देवताहरूलाई तेरो निगाह देखाइस्, र तैंले मेरो आज्ञापालन गरिनस्‌ भनी आफ्‍नो दोष स्‍वीकार गर्‌’,” परमप्रभु भन्‍नुहुन्‍छ।

14“फर्क, अविश्‍वासी प्रजा हो,” परमप्रभु भन्‍नुहुन्‍छ, “किनभने म तेरो पति हुँ। म सहरबाट एक जनालाई र वंशबाट दुई जनालाई छान्‍नेछु र तिमीहरूलाई सियोनमा ल्‍याउनेछु। 15अनि मेरो हृदयले रुचाएका गोठालाहरू म तिमीहरूलाई दिनेछु, जसले तिमीहरूलाई ज्ञान र बुद्धिसित डोर्‍याउनेछन्‌। 16ती दिनमा जब तिमीहरू देशमा खूब बढ़ेर फैलिनेछौ, तब मानिसहरूले फेरि कहिल्‍यै ‘परमप्रभुका करारको सन्‍दूक’ भनी भन्‍नेछैनन्,” परमप्रभु भन्‍नुहुन्‍छ। “त्‍यसको विचार तिनीहरूका मनमा आउनेछैन, त्‍यसको सम्‍झना नै हुनेछैन, त्‍यसको अनुपस्‍थितिको केही ख्‍याल रहनेछैन। त्‍योजस्‍तै अर्को फेरि कहिल्‍यै बनाइनेछैन। 17त्‍यस बेला यरूशलेम ‘परमप्रभुको सिंहासन’ भनिनेछ, र सबै जातिहरू परमप्रभुको नाउँलाई महिमा दिन यरूशलेममा भेला हुनेछन्‌। हठी भएर आफ्‍ना मनका दुष्‍ट कुराहरूमा तिनीहरू फेरि कहिल्‍यै लाग्‍नेछैनन्‌। 18ती दिनमा यहूदाका घराना इस्राएलका घरानासित मिल्‍नेछ, र मैले तिमीहरूका पिता-पुर्खाहरूलाई उत्तराधिकार स्‍वरूप दिएको देशमा तिनीहरू उत्तरको देशदेखि एकैसाथ आउनेछन्‌।

19“म आफैले भनें, ‘कति खुशीसित आफ्‍ना छोराहरूजस्‍तै तिमीहरूसँग व्‍यवहार गर्नेथिएँ र एउटा सुन्‍दर देश, जातिहरूमा सबैभन्‍दा मनपर्दो पैतृक-सम्‍पत्ति तिमीहरूलाई दिनेथिएँ। अनि मैले विचार गरेको थिएँ, कि तिमीहरूले मलाई ‘पिता’ भनी पुकार्नेछौ र मलाई पछ्याउनदेखि फर्केर जानेछैनौ। 20तर जसरी एक विश्‍वासघाती पत्‍नीले आफ्‍नो पतिलाई त्‍याग्‍छे, त्‍यसरी नै तिमीहरू पनि मप्रति विश्‍वासघाती भएका छौ, हे इस्राएलका घराना हो,” परमप्रभु भन्‍नुहुन्‍छ।

21नाङ्गा डाँड़ाहरूमा एउटा चिच्‍च्‍याई सुनिन्‍छ— इस्राएलका मानिसहरूका रुवाइ र पुकाराको सोर, किनभने तिनीहरू कुमार्गमा चलेका छन्, र तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई बिर्सेका छन्‌।

22“हे अविश्‍वासी मानिस हो, फर्क, तिमीहरूको विश्‍वासघातबाट म तिमीहरूलाई निको पार्नेछु।”

“हवस्, हामी तपाईंकहाँ फर्केर आउनेछौं, किनकि तपाईं परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्‍छ। 23निश्‍चय नै देवता-देवी पुज्‍नेहरू, डाँड़ा र पहाड़हरूमा होहल्‍ला मच्‍चाउनेहरू छली छन्‌। निश्‍चय नै परमप्रभु हाम्रा परमेश्‍वरमा इस्राएलको उद्धार छ। 24हाम्रा युवावस्‍थादेखि नै ती लाजलाग्‍दा देवताहरूले हाम्रा पिता-पुर्खादेखि परिश्रम गरेर ल्‍याएका फलहरूलाई— अर्थात्‌ तिनीहरूका बगाल, बथान, तिनीहरूका छोराछोरीहरूलाई स्‍वाहा गरेका छन्‌। 25अब हामी आफ्‍ना लाजमा डुबौं र हाम्रो अपमानले हामीलाई ढाकोस्‌। हामी र हाम्रा पिता-पुर्खाहरूले परमप्रभु हाम्रा परमेश्‍वरको विरुद्धमा पाप गर्दैआएका छौं। हामीले आफ्‍नो युवावस्‍थादेखि आजको दिनसम्‍म परमप्रभु हाम्रा परमेश्‍वरको आज्ञापालन गरेका छैनौं।”

 

JEREMIAH - 4:1-31,

यर्मिया 4

1“हे इस्राएल, यदि तिमीहरू फर्किआउँछौ भने, मतिरै फर्किआओ,” परमप्रभु भन्‍नुहुन्‍छ। “यदि तिमीहरूले आफ्‍ना घिनलाग्‍दा मूर्तिहरू मेरो दृष्‍टिबाट हटायौ र तिमीहरू बरालिएनौ भने, 2र तिमीहरूले सत्‍य, न्‍याय र धर्मसित ‘जीवित परमेश्‍वरको नाउँमा’ भन्‍ने शपथ खायौ भने, जाति-जातिहरू उहाँद्वारा आशिषित हुनेछन्‌ र उनीहरूले उहाँमा महिमा गर्नेछन्‌।”

3यहूदाका मानिसहरू र यरूशलेमलाई परमप्रभु यसो भन्‍नुहुन्‍छ: “तिमीहरूका बाँझो भूमिमा डल्‍ला फोर, र काँढ़ाहरूका बीचमा नछर।  4परमप्रभुमा आफूलाई खतना गर। हे यहूदाका मानिसहरू र यरूशलेमका बासिन्‍दाहरू हो, तिमीहरूका हृदयको खतना गर, नत्रता तिमीहरूले गरेका दुष्‍टताले गर्दा मेरो क्रोध आगोझैँ दन्‍केर निस्‍कनेछ, र कसैले ननिभाउने गरी त्‍यो जल्‍नेछ।

उत्तरबाट आउने सर्वनाश

5“यहूदामा प्रचार गर, र यरूशलेममा यसो भन्‍दै घोषणा गर: ‘देशका चारैतिर तुरही फुक!’ चर्को गरी कराएर यसो भन: ‘भेला होओ, र हामी किल्‍ला भएका सहरहरूमा भागेर जाऔं!’ 6सियोनतिर जान झन्‍डा उठाओ, ढीला नगरी सुरक्षाको निम्‍ति भागेर जाओ! किनकि म उत्तरदेखि विपत्ति र ठूलो सर्वनाश ल्‍याइरहेछु।”

7आफ्‍नो ओड़ारदेखि एउटा सिंह निस्‍किआएको छ, जाति-जातिहरूलाई सर्वनाश गर्ने निस्‍केर आएको छ। तिमीहरूको देशलाई उजाड़ पार्नलाई त्‍यो आफ्‍नो ठाउँदेखि आएको छ। तिमीहरूका नगरहरू बासिन्‍दारहित भई नष्‍ट हुनेछन्‌। 8यसैकारण भाङ्‌ग्रा लगाओ, विलाप गर र रोओ, किनभने परमप्रभुको डरलाग्‍दो रीस हामीबाट हटेको छैन।”

9परमप्रभु भन्‍नुहुन्‍छ “त्‍यस दिन राजा र अधिकारीहरू सबैको मुटु काम्‍नेछ, पूजाहारीहरू भयभीत हुनेछन्, र अगमवक्ताहरू तर्सनेछन्‌।”

10तब मैले भनें, “हाय, परमप्रभु परमेश्‍वर, हाम्रा घिच्रैमा तरवार आइलाग्‍दा पनि ‘तिमीहरूलाई शान्‍ति हुनेछ’ भनेर तपाईंले यस प्रजा र यरूशलेमलाई पूरै धोका दिनुभएको छ।”

11त्‍यस बेला यो प्रजा र यरूशलेमलाई यसो भनिनेछ, “मरुभूमिका नाङ्गा डाँड़ाहरूबाट एउटा पोल्‍ने बतास मेरो प्रजातिर बहन्‍छ, तर त्‍यो न त निफन्‍न न छान्‍नलाई हुन्‍छ। 12त्‍यसभन्‍दा एउटा प्रचण्‍ड वायु मबाट आउनेछ। अब तिनीहरूका विरुद्धमा म मेरो दण्‍डाज्ञा दिनेछु।”

13हेर, बादलझैँ उहाँ अगि बढ्‌नुहुन्‍छ, उहाँका रथहरू भुमरीझैँ आउँछन्, उहाँका घोड़ाहरू गरुडहरूभन्‍दा चाँड़ा छन्‌। हाय, हामीहरू, हामी नष्‍ट भयौं! 14हे यरूशलेम, दुष्‍ट कुराहरू तेरो हृदयदेखि पखाली फ्‍याँक्‌, र तँ बाँच्‍नेछस्‌। कहिलेसम्‍म खराब विचारहरू तँमा रहिरहनेछन्‌? 15दानबाट एउटा आवाजले घोषणा गर्दैछ, एफ्राइमका पहाड़हरूबाट सर्वनाशको घोषणा हुँदैछ। 16“जाति-जातिलाई यो भन्, यरूशलेमलाई यो घोषणा गर, ‘घेरा हाल्‍ने एक सेना आइरहेछ, र यहूदाका सहरहरूका विरुद्धमा युद्ध-ध्‍वनि उठाइरहेछ। 17बारी रुँग्‍नेहरूजस्‍तै तिनीहरू त्‍यसका चारैतिर घेरेर बस्‍छन्, किनभने त्‍यो मेरो विरुद्धमा बागी भएको छ,” परमप्रभु भन्‍नुहुन्‍छ। 18“तेरा आफ्‍नै चाल र कामहरूले गर्दा यो तँमाथि आइपरेको छ। तेरो दण्‍ड यही हो, त्‍यो कस्‍तो तीतो छ! त्‍यसले कस्‍तो किसिमले मुटु छेड्‌छ!”

19हाय, मेरो वेदना, मेरो वेदना! पीडाले म मड़ारिन्‍छु! हाय, मेरो हृदयको वेदना! मेरो मुटु मभित्र हल्‍लिन्‍छ। म चूप लागी रहन सक्‍दिनँ, किनकि तुरहीको आवाज मैले सुनेको छु, लड़ाइँको ध्‍वनि मैले सुनेको छु। 20नाशमाथि नाश आउँछ, सारा देश नै उजाड़ पारिन्‍छ। मेरा पालहरू तुरुन्‍तै ध्‍वस्‍त हुन्‍छन्, मेरा शरणस्‍थान एक क्षणमा नै नष्‍ट हुन्‍छ। 21कहिलेसम्‍म मैले युद्धको झन्‍डालाई हेरिबस्‍ने, र तुरहीको आवाजलाई सुनिरहने?

22“मेरा प्रजा मूर्ख छन्, तिनीहरू मलाई चिन्‍दैनन्‌। तिनीहरू बुद्धिहीन बालकहरू हुन्, तिनीहरूको समझशक्ति नै छैन। दुष्‍ट्याइँ गर्नलाई तिनीहरू सिपालु छन्, तर भलाइ गर्न तिनीहरू जान्‍दैनन्‌।”

23मैले पृथ्‍वीलाई हेरें, र त्‍यो त आकारहीन र शून्‍य थियो। अनि आकाशलाई मैले हेरें, र त्‍यहाँ ज्‍योति नै थिएन। 24मैले पहाड़हरूलाई हेरें, ती कामिरहेका थिए, सबै डाँड़ाहरू यताउता हल्‍लिरहेका थिए। 25मैले हेरें, र त्‍यहाँ कोही मानिसहरू नै थिएनन्‌। आकाशका सबै पक्षीहरू उड़ेर गइसकेका थिए। 26मैले हेरें, र परमप्रभुको सामुन्‍ने, उहाँको भयानक रीसको सामुन्‍ने फलदायक जमिन मरुभूमि भएथ्‍यो, र त्‍यसका सबै नगरहरू ध्‍वस्‍त भएथे।

27परमप्रभु यसो भन्‍नुहुन्‍छ: “सारा देश ध्‍वस्‍त हुनेछ, तापनि म त्‍यो पूरै नाश गर्नेछैनँ। 28यसकारण पृथ्‍वीले विलाप गर्नेछ, र माथिको आकाश अँध्‍यारो हुनेछ, किनभने यो मेरो मुखबाट निस्‍केको फैसला हो, र त्‍यो गर्नदेखि मेरो मन बद्‌लिनेछैन। यो मैले निश्‍चय गरिसकेको छु, म पछि फर्कनेछैनँ।”

29घोड़चढ़ीहरू र धनुर्धारीहरूको आवाज सुनेर हरेक नगरका सारा बासिन्‍दाहरू भागेर जान्‍छन्, र तिनीहरूमध्‍ये कोही झाड़ीहरूमा पस्‍छन्, र कोहीचाहिँ चट्टानहरूमा उक्‍लेर जान्‍छन्‌। सबै सहरहरू निर्जन भएका छन्, त्‍यहाँ कोही पनि बस्‍दैन।

30हे उजाड़ पारिएकी, तँ के गरिरहिछस्‌? तैंले रातो पोशाक पहिरेकी, र सुनका गहना पहिरेर आफूलाई सिँगारेकी अर्थ के हो? तँ किन गाजल लगाएर तेरा आँखा ठूलो पार्छेस्‌? व्‍यर्थमा तँ आफूलाई सुन्‍दर बनाउँछेस्‌। तेरा प्रेमीहरूले तँलाई घृणा गर्छन्, तिनीहरू तेरो ज्‍यान लिन खोज्‍छन्‌।

31प्रसववेदनामा परेकी स्‍त्रीको सोरजस्‍तो एउटा आवाज म सुन्‍छु, पहिलो बालक जन्‍माउने स्‍त्रीको आवाजझैँ— हात फैलाएर सासको निम्‍ति छटपटाउँदै सियोनकी छोरी यसो भनिरहेकी म सुन्‍दछु, “हाय, म मूर्च्‍छा खाइरहेकी छु! हत्‍याराहरूलाई मेरो ज्‍यान दिइएको छ!”

 

JEREMIAH - 5:1-31,

यर्मिया 5

एक जना पनि सोझो छैन
1“यरूशलेमका सड़कहरूमा माथि र तल जा, चारैतिर हेर्, र विचार गर्‌। त्‍यसका चोकहरूमा खोजेर हेर्, ईमानदार काम गर्ने र सत्‍यको खोजी गर्ने कतै एकैजना मानिसलाई त्‍यहाँ तैंले भेट्टाइस्‌ भने, म त्‍यस सहरलाई क्षमा गर्नेछु। 2‘जीवित परमप्रभुको नाउँमा’ भनी तिनीहरू भन्‍छन्, तापनि तिनीहरू झूटा शपथ खान्‍छन्‌।”
3हे परमप्रभु, के तपाईंको दृष्‍टिले सत्‍यलाई खोज्‍दैन र? तपाईंले तिनीहरूलाई हिर्काउनुभयो, तर तिनीहरूलाई दुखेन। तपाईंले तिनीहरूलाई थिचोमिचो गर्नुभयो, तर आफ्‍नो व्‍यवहार ठीक गर्न तिनीहरूले इन्‍कार गरे। तिनीहरूले आफ्‍ना अनुहार ढुङ्गाभन्‍दा पनि कड़ा बनाए, र पश्‍चात्ताप गर्न इन्‍कार गरे। 4मैले विचार गरें, “यिनीहरू त गरीब रहेछन्, यिनीहरू मूर्ख रहेछन्, किनकि यिनीहरूले परमप्रभुको मार्ग, आफ्‍ना परमेश्‍वरका मार्गहरूलाई जान्‍दैनन्‌। 5यसकारण म तिनीहरूका अगुवाहरूकहाँ जानेछु, र तिनीहरूसँग कुरा गर्नेछु। निश्‍चय नै तिनीहरू परमप्रभुको मार्ग, र आफ्‍ना परमेश्‍वरका मार्गहरूलाई जान्‍दछन्‌।” तर एक मतका भएर तिनीहरूले जुवा पनि भाँचिदिएका थिए, र बन्‍धन छिनालिदिएका थिए। 6यसैकारण वनबाट निस्‍केको एउटा सिंहले तिनीहरूलाई आक्रमण गर्नेछ, मरुभूमिबाट निस्‍केको एउटा ब्‍वाँसाले तिनीहरूलाई स्‍वाहा पार्नेछ। एउटा चितुवा तिनीहरूका नगरहरूनजिकै ढुकिबस्‍नेछ, र त्‍यहाँबाट निस्‍कनलाई आँट गर्ने कोही पनि छिल्‍लीबिल्‍ली पारिनेछ, किनकि तिनीहरू अति बागी भए, र तिनीहरूका धर्म-त्‍याग धेरै भए।
7“मैले तिमीहरूलाई किन क्षमा गर्ने? तिमीहरूका छोराछोरीहरूले मलाई त्‍यागेका छन्, र तिनीहरू ती ईश्‍वरहरूका शपथ खान्‍छन्, जो ईश्‍वर नै होइनन्‌। मैले तिनीहरूका सबै खाँचो पूरा गरिदिएँ, तापनि तिनीहरूले व्‍यभिचार गरे, र वेश्‍याहरूका घरहुँदो भीड़ लागे। 8तिनीहरू खूब पोसिएका र कामवासनाले मस्‍त भएका घोड़ाहरूजस्‍तै छन्, जो प्रत्‍येक आफ्‍नै छिमेकीकी पत्‍नीको निम्‍ति हिनहिनाउँछ। 9के म यी कुराका निम्‍ति तिनीहरूलाई सजाय नदिऊँ? के म यस्‍तो जातिमाथि बदला नलिऊँ?” परमप्रभु भन्‍नुहुन्‍छ।
10“गएर त्‍यसका दाखबारीहरूलाई नोक्‍सान गरिदे, तर पूरै त नाश नगर्‌। त्‍यसका हाँगाहरू लाछिदे, किनकि यी मानिसहरू परमप्रभुका होइनन्‌। 11इस्राएलका घराना र यहूदाका घराना मप्रति सम्‍पूर्ण रूपले विश्‍वासघाती भए,” परमप्रभु भन्‍नुहुन्‍छ।
12तिनीहरूले परमप्रभुको विषयमा झूटा कुराहरू भनेका छन्‌। “उहाँले केही गर्नुहुन्‍न” भनी तिनीहरूले भने। “हामीमाथि कुनै नोक्‍सानी आइपर्नेछैन। हामी कहिल्‍यै तरवार वा अनिकाल देख्‍नेछैनौं। 13अगमवक्ताहरू त हावा मात्रै हुन्, र तिनीहरूमा वचन छैन। यसैले तिनीहरूले भनेका कुरा तिनीहरूमाथि नै गरिऊन्‌।”
14यसकारण सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “ती मानिसहरूले यस्‍ता कुरा भनेका हुनाले, म मेरो वचन तेरो मुखमा आगो र यी मानिसहरूलाईचाहिँ भस्‍म हुने दाउरा तुल्‍याउनेछु।” 15परमप्रभु घोषणा गर्नुहुन्‍छ, “हे इस्राएलका घराना हो, म टाढ़ाको एउटा जातिलाई तिमीहरूका विरुद्धमा ल्‍याइरहेछु— एउटा प्राचीन र दिगो जाति। त्‍यो एउटा यस्‍तो जाति हो, जसको भाषा तिमीहरू जान्‍दैनौ र जसको बोली तिमीहरू बुझ्‍दैनौ। 16तिनीहरूका काँड़का ठोक्राहरू खुला चिहानजस्‍तै छन्‌। तिनीहरू सबै महान्‌ योद्धाहरू हुन्‌। 17तिनीहरूले तिमीहरूका फसल र खानेकुरा निलिहाल्‍नेछन्, र तिमीहरूका छोराछोरीहरूलाई पनि निलिहाल्‍नेछन्‌। तिनीहरूले तिमीहरूका भेड़ाबाख्रा र गाई-गोरुहरू निलिहाल्‍नेछन्‌। तिनीहरूले तिमीहरूका दाख र अञ्‍जीरहरू खाइहाल्‍नेछन्‌। तिमीहरूले भरोसा गरेका तिमीहरूका किल्‍ला भएका सहरहरू तिनीहरूले तरवारले नष्‍ट पार्नेछन्‌।
18“तापनि ती दिनमा पनि म तिमीहरूको पूरै अन्‍त्‍य त गर्नेछैनँ,” परमप्रभु भन्‍नुहुन्‍छ। 19“जब मानिसहरू सोध्‍छन्, ‘परमप्रभु हाम्रा परमेश्‍वरले हामीमाथि किन यस्‍तो गर्नुभयो?’ तब तैंले तिनीहरूलाई भन्‍नेछस्, ‘जसरी तिमीहरूले मलाई त्‍यागेर आफ्‍नै देशमा अन्‍य देवताहरूको सेवा गर्‍यौ, त्‍यसरी नै अब तिमीहरूले बिरानो देशमा विदेशीहरूको सेवा गर्नेछौ’।
20“याकूबको घरानामा यो प्रचार गर्, यहूदामा यो घोषणा गर्‌: 21हे मूर्ख र समझ नभएका मानिस हो, यो कुरा सुन, तिमीहरू, जसका आँखा त छन्, तर देख्‍दैनौ, कान त छन्, तर सुन्‍दैनौ।  22के तिमीहरूले मेरो भय मान्‍नुपर्दैन?” परमप्रभु भन्‍नुहुन्‍छ। “के तिमीहरू मेरो उपस्‍थितिमा काम्‍नुपर्दैन? मैले बालुवालाई समुद्रले नाघ्न नसक्‍ने निरन्‍तर रहने अवरोधको सिमाना ठहराइदिएँ। छालहरू उठे तापनि तिनीहरू त्‍यसमाथि विजयी हुन सक्‍दैनन्‌। ती गर्जे तापनि त्‍यसलाई नाघ्न सक्‍दैनन्‌।  23तर यी मानिसहरूका त हठी र बागी हृदय छन्‌। तिनीहरू बरालिएर गइहाले। 24तिनीहरू आफ्‍ना हृदयमा भन्‍दैनन्, ‘हामी परमप्रभु आफ्‍ना परमेश्‍वरको भय मानौं, जसले हामीलाई शरद्‌ र बसन्‍त ऋतुको झरी, र कटनीको निम्‍ति ठहराइएका हप्‍ताहरू हामीलाई दिनुहुन्‍छ’। 25तिमीहरूका अधर्मले यी कुराहरूलाई पर राखेका छन्‌। तिमीहरूका पापले असल कुराबाट तिमीहरूलाई परै राखेका छन्‌।
26“मेरा प्रजाका बीचमा दुष्‍ट मानिसहरू छन्‌। पक्षीका शिकारीहरूजस्‍तै तिनीहरू ढुकिबस्‍छन्‌। मानिसहरूलाई पक्रन तिनीहरू पासो थाप्‍छन्‌। 27चराहरूले भरिएका पिँजराझैँ तिनीहरूका घरहरू छलले भरिएका छन्‌। तिनीहरू धनी र शक्तिशाली भएका छन्‌। 28तिनीहरू मोटाएर चिल्‍ला-चिल्‍ला भएका छन्‌। तिनीहरूका दुष्‍ट कामको सीमा छैन। टुहुरा-टुहुरीहरूको भलाइ होस्‌ भनी तिनीहरू तिनको न्‍याय गरिदिँदैनन्‌। तिनीहरू दरिद्रहरूका हकको रक्षा गर्दैनन्‌। 29के यसको निम्‍ति म तिनीहरूलाई दण्‍ड नदिऊँ? अनि के यस्‍तो जातिमाथि म साटो नलिऊँ?” परमप्रभु भन्‍नुहुन्‍छ।
30“यस देशमा डरलाग्‍दो र बीभत्‍स काम भएको छ। 31अगमवक्ताहरू झूट अगमवाणी कहन्‍छन्‌। पूजाहारीहरू आफ्‍नै अधिकारले शासन गर्छन्‌। अनि मेरा प्रजाचाहिँ यस्‍तै हुन रुचाउँछन्‌। तर आखिरमा तिमीहरू के गर्नेछौ?”

JEREMIAH - 6:1-30,

यर्मिया 6

यरूशलेम घेरामा परेको

1“हे बेन्‍यामीनका मानिसहरू हो, सुरक्षाको निम्‍ति भाग, यरूशलेमबाट भाग! तकोमा तुरही बजाओ! बेथहक्‍केरेममाथि सङ्केतबाट इशारा देओ! किनकि उत्तर दिशादेखि नाश, ठूलो सर्वनाश घेरेर आउँदैछ। 2सुन्‍दरी र कोमल सियोनकी छोरीलाई म नाश गर्नेछु। 3गोठालाहरू आ-आफ्‍ना बगालसाथ त्‍यसको विरुद्धमा आइलाग्‍नेछन्‌। उनीहरू आफ्‍ना पाल त्‍यसका चारैतिर लगाउनेछन्‌। हरेकले आफ्‍नै भाग चराउनेछ।”

4“त्‍यसको विरुद्धमा लड़ाइँको तयारी गर। उठ, हामी मध्‍यदिनमा त्‍यसमाथि आक्रमण गरौं। तर, हाय, दिन ढल्‍कँदैजाँदैछ। बेलुकीको छाया लमिँदैछ। 5यसकारण उठ, हामी राती त्‍यसमाथि आक्रमण गरौं, र त्‍यसका किल्‍लाहरू नाश गरौं!”

6सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: “रूखहरू काटेर ढाल, र यरूशलेमको विरुद्धमा मचानहरू बनाओ। यस सहरलाई दण्‍ड दिनैपर्छ। यो सहर अत्‍याचारले भरिएको छ। 7जसरी इनारले आफ्‍नो पानी खन्‍याउँछ, त्‍यसरी नै त्‍यसले आफ्‍नो दुष्‍टता खन्‍याउँछ। त्‍यसभित्र उपद्रव र विनाशको आवाज सुनिन्‍छ। त्‍यसका रोग र चोटहरू सधैँ मेरो नजरको सामुन्‍ने छन्‌। 8हे यरूशलेम, यो चेताउनी सुनिराख्, नत्रता म तँदेखि अलग्‍गै बस्‍नेछु, म तेरो देश उजाड़ पार्नेछु, र त्‍यसमा कोही वास गर्नेछैन।”

9सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: “दाखको बोटमा छोड़िएका फल टिपेझैँ इस्राएलका बचेकाहरूलाई एउटै नछोड़ीकन तिनीहरूले टिपून्‌। दाख टिप्‍नेले झैँ त्‍यसका हाँगाहरूमा फेरि आफ्‍नो हात बढ़ा।”

10म कसलाई भनूँ र चेताउनी दिऊँ? कसले मेरो कुरा सुन्‍ला? तिनीहरूका कान बन्‍द भएका छन्‌। तिनीहरू सुन्‍न सक्‍दैनन्‌। परमप्रभुको वचन तिनीहरूका निम्‍ति मन नपर्ने भएको छ। तिनीहरू त्‍यसमा केही रुचि लिँदैनन्‌। 11तर परमप्रभुको क्रोधले म भरिपूर्ण भएको छु। म अब त्‍यो थाम्‍न सक्‍दिनँ।

“सड़कहरूमा केटाकेटीहरूमाथि र भेला भएका जवानहरूमाथि पनि त्‍यो खन्‍याइदे। पति र पत्‍नी दुवै र बुढापाकाहरू र उमेरले दबेकाहरू सबै त्‍यसभित्र समातिनेछन्‌। 12देशका बासिन्‍दाहरूका विरुद्धमा जब म मेरो हात बढ़ाउनेछु, तब तिनीहरूका घर, खेतबारी र पत्‍नीहरूसमेत अर्कालाई दिइनेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।  13“सबैभन्‍दा सानादेखि लिएर सबैभन्‍दा ठूलासम्‍म धन-सम्‍पत्ति पाउनलाई तिनीहरू सबै लोभी भएका छन्‌। अगमवक्ता र पूजाहारी सबै छली कुरा गर्दछन्‌। 14मेरो प्रजाको चोटलाई साह्रो नभएझैँ गरी तिनीहरूले मलहमपट्टी बाँधेका छन्‌। शान्‍ति नै नहुँदा पनि ‘शान्‍ति, शान्‍ति’ भन्‍छन्‌।  15के तिनीहरू आफ्‍ना घिनलाग्‍दा चालचलनदेखि लज्‍जित छन्‌ र? अँहँ, तिनीहरू कत्ति पनि लज्‍जित छैनन्‌। लाजले रातो हुनु के हो, तिनीहरू जान्‍दैनन्‌। यसैले पतन हुनेहरूसँगै तिनीहरूको पनि पतन हुनेछ। तिनीहरूलाई मैले दण्‍ड दिँदा तिनीहरू नष्‍ट हुनेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।

16परमप्रभु यसो भन्‍नुहुन्‍छ: “दोबाटोमा उभिएर हेर, प्राचीन मार्गहरूका विषयमा सोध। असल मार्ग कहाँ छ त्‍यो सोध, र त्‍यसैमा हिँड, र तिमीहरूले आफ्‍नो प्राणको निम्‍ति विश्राम पाउनेछौ। तर तिमीहरूले भन्‍यौ, ‘हामी त्‍यसमा हिँड्‌नेछैनौं’।  17मैले तिमीहरूमाथि पहरादारहरू नियुक्त गरें, र भने, ‘तुरहीको आवाज ध्‍यानसित सुन!’ तर तिमीहरूले भन्‍यौ, ‘हामी सुन्‍नेछैनौं’। 18यसकारण तिनीहरूलाई के हुनेछ? हे जाति-जातिका मानिस हो, सुन। हे गवाही दिने हो, सो हेरिराख। 19हे पृथ्‍वी, सुन्‌। म यस प्रजामाथि सर्वनाश ल्‍याइरहेछु, जो तिनीहरूकै युक्तिको फल हो, किनभने तिनीहरूले मेरा वचनमाथि ध्‍यान दिएनन्, र मेरो व्‍यवस्‍थालाई चाहिँ तिनीहरूले इन्‍कार गरे। 20शेबादेखि धूप वा टाढ़ा देशदेखि बोझो मकहाँ ल्‍याइएका मलाई के वास्‍ता छ र? तिमीहरूका होमबलि ग्रहणयोग्‍य हुँदैनन्‌। तिमीहरूका बलिदानदेखि म खुशी हुँदिनँ।”

21यसकारण परमप्रभु यसो भन्‍नुहुन्‍छ: “म यस प्रजाको अगाड़ि ठेस लाग्‍ने बाधाहरू राखिदिनेछु। बुबा र छोराहरू तिनमा ठेस खानेछन्, र छिमेकीहरू र मित्रहरू नष्‍ट हुनेछन्‌।”

22परमप्रभु यसो भन्‍नुहुन्‍छ: “हेर, उत्तरको देशबाट एक सेना आइरहेछ। पृथ्‍वीको पल्‍लो छेउदेखि आउनलाई एउटा ठूलो जाति सुर्‍याइँदैछ। 23उनीहरू धनु र भाला लिएर सुसज्‍जित भएका छन्, उनीहरू निष्‍ठुर र निर्दयी छन्‌। उनीहरूको हल्‍ला समुद्रको गर्जनजस्‍तै छ। हे सियोनकी छोरी, तँलाई आक्रमण गर्न उनीहरू पङ्‌क्ति बाँधेर घोड़ाहरूमा सवार भएर आउँछन्‌।”

24हामीले उनीहरूका विषयमा प्रतिवेदन सुन्‍यौं र हाम्रा हात-खुट्टा लल्‍याकलुलुक भए। सङ्कष्‍टले हामीलाई समातिहाल्‍यो, प्रसववेदनामा परेकी स्‍त्रीझैँ हामी भयौं। 25खेतमा नजाओ, अथवा बाटोमा नहिँड़। किनकि शत्रुको हातमा तरवार छ र चारैतिर त्रास देखिन्‍छ। 26हे मेरा प्रजा, भाङ्‌ग्रा लगाओ, र खरानीमा लड़ीबड़ी गर। एकमात्र छोराको लागि विलाप गरेझैँ शोक गर। किनकि विनाश गर्ने एक्‍कासि हामीमाथि आइलाग्‍नेछ।

27“तैंले तिनीहरूका चाल जाँच्‍न र हेर्न भनी मैले तँलाई धातु जाँच गर्ने र तिनीहरूलाई चाहिँ नपगालेको कच्‍चा धातुझैँ बनाएँ। 28तिनीहरू सबै अपवाद गर्दै यताउता हिँड्‌ने कठोर बागीहरू हुन्‌। तिनीहरू काँसा र फलाम भइगएका छन्‌। तिनीहरू सबै भ्रष्‍ट चालको काम गर्दछन्‌। 29आगोले भस्‍म हुने पदार्थलाई भस्‍म पार्न खलाँती खूब जोडसित फुकिन्‍छ। तर सफा गर्ने काम व्‍यर्थमा भइरहन्‍छ। दुष्‍टहरूको छनोट भएको छैन। 30तिनीहरूलाई खोट लागेका चाँदी भनिन्‍छ, किनभने परमप्रभुले तिनीहरूलाई इन्‍कार गर्नुभएको छ।”

 

JEREMIAH - 7:1-34,

यर्मिया 7

झूटो धर्म व्यर्थ हो

1यर्मियाकहाँ आएको परमप्रभुको वचन यही हो: 2“परमप्रभुका भवनको मूल ढोकामा उभिएर यो सन्‍देश घोषणा गर्‌: ‘परमप्रभुको आराधना गर्नलाई यी मूल ढोकाहरूबाट पस्‍ने हे यहूदाका सबै मानिस हो, परमप्रभुको वचन सुन। 3सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: तिमीहरूका चाल र तिमीहरूका कामहरू सुधार गर, र म तिमीहरूलाई यस ठाउँमा रहन दिउँला। 4छली कुरामा भरोसा गरी यो नभन, “यो परमप्रभुको मन्‍दिर हो, परमप्रभुको मन्‍दिर हो, परमप्रभुको मन्‍दिर हो!” 5यदि तिमीहरूले आफ्‍ना चाल र कामहरू साँच्‍ची नै सुधार्‍यौ, र तिमीहरू एउटाले अर्कासित न्‍यायसङ्गत व्‍यवहार गर्‍यौ भने, 6यदि तिमीहरूले विदेशी, टुहुरा-टुहुरी र विधवाहरूमाथि अत्‍याचार गरेनौ भने, अथवा यस ठाउँमा निर्दोषको रगत बगाएनौ भने, र यदि तिमीहरूको आफ्‍नै हानिको निम्‍ति अरू देवताहरूका पछि लागेनौ भने, 7म तिमीहरूलाई यस ठाउँमा बस्‍न दिनेछु, यसै देशमा, जो मैले तिमीहरूका पिता-पुर्खालाई युग-युगसम्‍म रहनलाई दिएको थिएँ। 8तर हेर, तिमीहरू छली कुरामा भरोसा राख्‍तछौ, जो व्‍यर्थैका छन्‌।

9“‘के तिमीहरू चोरी गर्छौ, हत्‍या गर्छौ, व्‍यभिचार गर्छौ, झूटा देवताहरूको नाउँमा शपथ खान्‍छौ, बाल देवतालाई धूप बाल्‍छौ र तिमीहरूले नजानेका देवताहरूका पछि लाग्‍छौ, 10अनि त्‍यसपछि मेरो नाउँको यस भवनमा आई मेरो सामुन्‍ने खड़ा भएर भन्‍छौ, “हामी सुरक्षित छौं”— अनि फेरि यी नै घृणित कामहरू गर्नलाई ढुक्‍क बस्‍छौ? 11के मेरो नाउँले कहलाइएको यो भवन तिमीहरूका निम्‍ति डाँकूहरूको ओड़ार भयो त? तर म आफैले यो हेरिरहेछु, परमप्रभु भन्‍नुहुन्‍छ। 

12“‘अब शीलोमा जाओ, जहाँ मैले पहिले मेरो नाउँको निवासस्‍थान बनाएको थिएँ, र मैले आफ्‍नो प्रजा इस्राएलको दुष्‍ट्याइँको कारण त्‍यस ठाउँलाई के गरें त्‍यहाँ गएर हेर।  13परमप्रभु भन्‍नुहुन्‍छ, तिमीहरूले यी सबै काम गरिरहँदा, म तिमीहरूसित बारम्‍बार बोलें, तर तिमीहरूले ध्‍यानै दिएनौ। मैले तिमीहरूलाई बोलाएँ, तर तिमीहरूले जवाफै दिएनौ। 14यसकारण मेरो नाउँ राखिएको मन्‍दिर, जसमा तिमीहरूले भरोसा राखेका छौ, जो मैले तिमीहरू र तिमीहरूका पिता-पुर्खालाई दिएको थिएँ, यो स्‍थानलाई अब म शीलोलाई गरेझैँ गर्नेछु। 15मैले एफ्राइमका सबै मानिसहरू, अर्थात्‌ तिमीहरूका दाजुभाइहरूलाई निकालेझैँ तिमीहरूलाई मेरो उपस्‍थितिदेखि म बाहिर निकालिदिनेछु’।

16“यसैले तैंले यस प्रजाको निम्‍ति प्रार्थना नगर्, न त यिनीहरूका निम्‍ति पुकारा वा बिन्‍ती चढ़ा। मसित यिनीहरूका निम्‍ति अन्‍तर्बिन्‍ती नगर्, किनकि म तेरो प्रार्थना सुन्‍नेछैनँ। 17यहूदाका सहरहरूमा र यरूशलेमका गल्‍लीहरूमा तिनीहरू के गर्दछन्, के तँ देख्‍दैनस्‌? 18छोराछोरीहरू दाउरा बटुल्‍छन्, बुबाहरू आगो सल्‍काउँछन्, र स्‍वर्गकी रानीको निम्‍ति फुरौला बनाउन स्‍त्रीहरू पीठो मुछ्‌छन्‌। अरू देवताहरूका निम्‍ति अर्घ-बलि चढ़ाएर यिनीहरू मलाई रीस उठाउँछन्‌।  19तर के तिनीहरूले मलाई नै रीस उठाउनलाई यसो गरेका हुन्‌ त? परमप्रभु भन्‍नुहुन्‍छ। के तिनीहरू आफैलाई लज्‍जित तुल्‍याउनलाई आफ्‍नै हानि गरिरहेका छैनन्‌ र?

20“‘यसकारण परमप्रभु भन्‍नुहुन्‍छ: यस ठाउँमा मेरो रीस, मेरो क्रोध खन्‍याइनेछ— मानिस र पशु, मैदानका रूखहरू र जमिनका उब्‍जनीहरू सबैमाथि त्‍यो जलिरहनेछ, र कहिल्‍यै निभ्‍नेछैन।

21“‘सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ: तिमीहरूका अरू बलिदानहरूमा तिमीहरूका होमबलि पनि मिसाओ र मासुचाहिँ तिमीहरू आफै खाओ। 22किनकि तिमीहरूका पिता-पुर्खाहरूलाई मिश्रदेशबाट निकालेर ल्‍याएको दिन जब मैले तिनीहरूसँग बोलें, तब मैले तिनीहरूलाई केवल होमबलि र बलिदानका बारेमा आज्ञा मात्र दिइनँ, 23तर मैले तिनीहरूलाई यो आज्ञा दिएको थिएँ: मेरो आज्ञापालन गर, र म तिमीहरूका परमेश्‍वर हुनेछु, र तिमीहरूचाहिँ मेरा प्रजा हुनेछौ। जुन मार्गका विषयमा म तिमीहरूलाई आज्ञा गर्दछु ती सबैमा हिँड, ताकि तिमीहरूको भलो होस्‌। 24तर तिनीहरूले आज्ञापालन गरेनन्‌ न त तिनीहरूले ध्‍यान नै दिए। त्‍यसको सट्टा तिनीहरू आफ्‍नै दुष्‍ट हृदयको अटेरीपनामा हिँड्‌दैरहे। तिनीहरू पछि हटे, अगि बढ़ेनन्‌। 25तिमीहरूका पिता-पुर्खा मिश्रदेशबाट निस्‍केको समयदेखि यसो अहिलेसम्‍म मैले बारम्‍बार दिनैपिच्‍छे मेरा सेवक, अगमवक्ताहरूलाई तिमीहरूकहाँ पठाएँ। 26तर तिनीहरूले मेरो वचन सुनेनन्, मेरो कुरामा कान थापेनन्, तर अटेरी भए, र तिनीहरूका पिता-पुर्खाहरूले भन्‍दा पनि अझ खराबी गरे’।

27“जब तैंले तिनीहरूलाई यी सबै कुरा भन्‍छस्, तब तिनीहरूले तेरा कुरामा ध्‍यान दिनेछैनन्‌। तैंले तिनीहरूलाई बोलाए तापनि तिनीहरूले जवाफ दिनेछैनन्‌। 28यसैकारण तैंले तिनीहरूलाई भन्, ‘यो त्‍यही जाति हो, जसले परमप्रभु आफ्‍ना परमेश्‍वरको आज्ञापालन गरेन, र उहाँको अनुशासन ग्रहण गरेन। सत्‍यचाहिँ नष्‍ट भयो, त्‍यो तिनीहरूको मुखबाट लोप भयो। 29आफ्‍नो केश खौरेर फालिदे, नाङ्गा डाँड़ाहरूमा विलाप गर्, किनकि उहाँको क्रोधमा परेको यस पुस्‍तालाई परमप्रभुले इन्‍कार गर्नु र त्‍याग्‍नुभएको छ।

हत्‍याको बेँसी

30“‘यहूदाका मानिसहरूले मेरो दृष्‍टिमा दुष्‍ट काम गरेका छन्, परमप्रभु भन्‍नुहुन्‍छ। तिनीहरूले मेरो नाउँले कहलाइएको भवन बिटुलो पारी घिनलाग्‍दा देवताहरू त्‍यसमा खड़ा गरेका छन्‌। 31आफ्‍ना छोराछोरीहरूलाई आगोमा बलि गर्न बेन-हिन्‍नोमको बेँसीमा तोपेतका अल्‍गा ठाउँहरू तिनीहरूले बनाएका छन्‌। यस्‍तो आज्ञा मैले दिएको थिइनँ, न त त्‍यो कुरा मेरो मनमा उब्‍जेको थियो।  32यसकारण होशियार होओ, यस्‍ता दिनहरू आउँदैछन्, परमप्रभु भन्‍नुहुन्‍छ, जब मानिसहरूले त्‍यसलाई तोपेत वा बेन-हिन्‍नोमको बेँसी कहिल्‍यै भन्‍नेछैनन्, तर त्‍यो हत्‍याको बेँसी कहलाइनेछ। किनकि तिनीहरूले आफ्‍ना मरेकाहरूलाई तोपेतमा ठाउँ नअटाउञ्‍जेलसम्‍म गाड्‌नेछन्‌। 33तब यस प्रजाका लाशहरू आकाशका पक्षीहरू र पृथ्‍वीका पशुहरूलाई आहार हुनेछन्‌। अनि तिनीहरूलाई तर्साएर धपाउने कोही हुनेछैन। 34म यहूदाका सहरहरू र यरूशलेमका गल्‍लीहरूबाट हर्ष र आनन्‍दको आवाज, दुलहा र दुलहीको सोर खतम गरिदिनेछु, किनकि देश उजाड़ हुनेछ’।” 

 

JEREMIAH - 8:1-22,

यर्मिया 8

1“‘परमप्रभु भन्‍नुहुन्‍छ, त्‍यस बेला यहूदाका राजाहरू र अधिकारीहरूका हाड़हरू, पूजाहारीहरू र अगमवक्ताहरूका हाड़हरू र यरूशलेमका बासिन्‍दाहरूका हाड़हरू तिनीहरूका चिहानहरूबाट हटाइनेछन्‌। 2तिनीहरूले प्रेम गरेका, सेवा गरेका तथा तिनीहरूले पछ्याएका, मन्‍त्रणा गरेका र पूजा गरेका सूर्य, चन्‍द्र र आकाशका सारा नक्षत्रहरूकै सामुन्‍ने ती हाड़हरू खुला राखिनेछन्‌। ती जम्‍मा गरिनेछैनन्, न गाड़िनेछन्, तर ती जमिनमा मलजस्‍तै पड़िरहनेछन्‌। 3यस दुष्‍ट प्रजाका सबै बाँकी रहेकाहरूले मैले तिनीहरूलाई धपाइदिएका सबै ठाउँहरूमा जीवनभन्‍दा मृत्‍यु नै रुचाउनेछन्, सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ’।

पाप र त्‍यसको दण्‍ड

4“तिनीहरूलाई भन्, ‘परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘जब मानिसहरू लोट्‌दछन्, के तिनीहरू फेरि उठ्‌दैनन्‌ र? जब कोही तर्किजान्‍छ, के त्‍यो फर्केर आउँदैन र? 5त्‍यसो भए यी मानिसहरू किन तर्केर गएका छन्‌ त? तिनीहरू छलमै टाँसिरहन्‍छन्, फर्किआउन तिनीहरू इन्‍कार गर्दछन्‌। 6मैले ध्‍यान दिएर सुनेको छु, तर तिनीहरू ठीक कुरा बोल्‍दैनन्‌। “मैले के गरेको छु र?” भनी कुनै मानिस पनि आफ्‍नो दुष्‍टतादेखि पश्‍चात्ताप गर्दैन। घोड़ा लड़ाइँमा अगि कुदेर गएझैँ, हरेक आफ्‍नै बाटोतिर लाग्‍दछ। 7आकाशका सारस पनि आफ्‍नो ऋतु जान्‍दछ, अनि ढुकुर, गौँथली र सारिका चराले आफ्‍नो फर्कने समय जान्‍दछ। तर मेरो प्रजाले त आफ्‍ना परमप्रभुका मागहरूलाई जान्‍दैनन्‌।

8“‘तिमीहरू कसरी भन्‍न सक्‍छौ, “हामी बुद्धिमान्‌ छौं, किनकि परमप्रभुको व्‍यवस्‍था हामीसितै छ।” साँच्‍चै भनौं भने, शास्‍त्रीहरूको झूटो कलमले त्‍यसलाई झूट बनाइदिएको छ। 9बुद्धिमान्‌ मानिसहरू लाजमा पारिनेछन्, तिनीहरूले हताश खानेछन्, र पासोमा पर्नेछन्‌। तिनीहरूले परमप्रभुको वचनलाई इन्‍कार गरेका हुनाले तिनीहरूमा कस्‍तो बुद्धि छ? 10यसकारण म तिनीहरूका पत्‍नी अरूहरूलाई र तिनीहरूका खेत नयाँ मालिकहरूलाई दिनेछु। सबैभन्‍दा सानादेखि लिएर सबैभन्‍दा ठूलासम्‍म धनसम्‍पत्ति पाउनलाई तिनीहरू सबै लोभी भएका छन्‌। अगमवक्ता र पूजाहारी सबै छली कुरा गर्दछन्‌।  11मेरो प्रजाको चोट साह्रो नभएझैँ गरी तिनीहरूले मलहमपट्टी बाँधेका छन्‌। शान्‍ति नहुँदा पनि ‘शान्‍ति, शान्‍ति’ भन्‍छन्‌।  12के तिनीहरू आफ्‍ना घिनलाग्‍दो चालचलनदेखि लज्‍जित छन्‌ र? अँहँ, तिनीहरू कत्ति पनि लज्‍जित छैनन्‌। लाजले रातो हुनु के हो, तिनीहरू जान्‍दैनन्‌। यसैले पतन हुनेहरूसँग तिनीहरूको पतन हुनेछ। तिनीहरूलाई दण्‍ड दिँदा तिनीहरू नष्‍ट हुनेछन्, परमप्रभु भन्‍नुहुन्‍छ।

13“‘म तिनीहरूका फसल लैजानेछु, परमप्रभु भन्‍नुहुन्‍छ। दाखको बोटमा दाख हुनेछैन, न त अञ्‍जीरको बोटमा अञ्‍जीर हुनेछ। तिनका पातहरू पनि ओइलाइहाल्‍नेछन्‌। मैले तिनीहरूलाई दिएको पनि तिनीहरूदेखि खोसिनेछ’।”

14“हामी किन एकसाथ भेटेर यहाँ बसिरहौं? आओ, हामी किल्‍ला भएका सहरहरूभित्र जाऔं र त्‍यहीँ नै नष्‍ट होऔं। किनकि परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई नष्‍टै हुन भनी ठहराउनुभएको छ, र उहाँले हामीलाई विषालु पानी पिउन दिनुभएको छ, किनभने हामीले उहाँको विरुद्धमा पाप गरेका छौं। 15हामीले शान्‍तिको आशा गर्‍यौं, तर केही असल भएन, निको हुने समयको प्रतीक्षा गर्‍यौं, तर केवल त्रास मात्र आइलाग्‍यो। 16शत्रुहरूका घोड़ाहरूका स्‍वाँ-स्‍वाँ गर्ने आवाज दानबाट सुनियो, उनीहरूका जवान घोड़ाहरूका हिनहिनाइको आवाज सुन्‍दा सारा देश नै काम्‍दछ। उनीहरूले देश र त्‍यसमा भएका सबै थोकलाई, सहर र त्‍यसमा बस्‍ने सबैलाई निलिहाल्‍न आएका छन्‌।”

17“हेर, म विषालु सर्पहरू तिमीहरूका बीचमा पठाउनेछु, सर्पहरू जसलाई कुनै मन्‍त्रतन्‍त्र लाग्‍दैन, र तिनीहरूले तिमीहरूलाई डस्‍नेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।

18हे मेरा शोकमा सान्‍त्‍वना दिनुहुने, मेरो हृदय व्‍याकुल भएको छ। 19टाढ़ाको देशबाट आएको मेरो प्रजाको रुवाइ सुन्‍नुहोस्‌: “के परमप्रभु सियोनमा हुनुहुन्‍न? के त्‍यसका महाराजा त्‍यहाँ हुनुहुन्‍न?”

“तिनीहरूले किन आफ्‍ना मूर्तिहरूले र तिनीहरूका बेकामका विदेशी देवताहरूले मलाई रीस उठाएका छन्‌?”

20“कटनीको समय त बितिहाल्‍यो, ग्रीष्‍म ऋतु समाप्‍त भयो, र पनि हामीहरूको चाहिँ उद्धार भएकै छैन।”

21मेरो प्रजा पिँधिएको कारण म पनि पिँधिएँ। म विलाप गर्दछु, र त्रासले मलाई खाएको छ। 22के गिलादमा कुनै लेप छैन? के त्‍यहाँ कुनै वैद्य छैन? त्‍यसो हो भने मेरो प्रजाको चोट किन निको भएको छैन?

 

JEREMIAH - 9:1-26,

यर्मिया 9

1मेरो शिर पानीको मूल र मेरो आँखा आँसुको फुहारा भए त, मेरो प्रजाका मारिएकाहरूका निम्‍ति म रातदिन रुनेथिएँ। 2मरुभूमिमा यात्रीहरू बस्‍नका निम्‍ति मेरो एउटा बस्‍ने ठाउँ भए त, म आफ्‍नो प्रजालाई छोड़ेर तिनीहरूबाट टाढ़ा जानेथिएँ। किनकि तिनीहरू सबै व्‍यभिचारी हुन्, विश्‍वासघातीको एक जमात।

3“तिनीहरू झूट बोलिहाल्‍नलाई आफ्‍नो जिब्रो धनुझैँ तयार गर्छन्‌। देशमा तिनीहरू सत्‍यद्वारा विजयी हुँदैनन्‌। तिनीहरू एक पापदेखि अर्को पापतिर लम्‍कन्‍छन्, अनि मलाई चिन्‍दैनन्,” परमप्रभु भन्‍नुहुन्‍छ। 4“आफ्‍ना मित्रहरूदेखि होशियार बस। आफ्‍ना दाजुभाइमाथि पनि भरोसा नराख। किनभने हरेक दाजुभाइ छली छ, र हरेक मित्र नै झूटा दोष लगाउँदै हिँड्‌छ। 5मित्रले मित्रलाई छल गर्छ, र कसैले पनि सत्‍य कुरा बोल्‍दैन। तिनीहरूले आफ्‍नो जिब्रोलाई झूट बोल्‍न सिकाएका छन्, र तिनीहरू पाप गर्दागर्दा थकित भएका छन्‌। 6तँ छलहरूका बीचमा बस्‍छस्‌। आफ्‍नो छलमा तिनीहरू मलाई चिन्‍न इन्‍कार गर्छन्,” परमप्रभु भन्‍नुहुन्‍छ।

7यसैकारण सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: “हेर, म तिनीहरूलाई खारेर जाँच्‍नेछु, किनकि मेरो प्रजाकै पापको कारण म अरू के गर्न सक्‍छु र? 8तिनीहरूको जिब्रो विषालु काँड़ हो, त्‍यसले छलको कुरा बोल्‍दछ। हरेकले आफ्‍नो छिमेकीसित मुखले त मेलको कुरा गर्दछ, तर हृदयमा चाहिँ त्‍यसको विरुद्ध ढुकेर पासो थाप्‍दछ। 9के यसैको निम्‍ति म तिनीहरूलाई दण्‍ड नदिऊँ?” परमप्रभु भन्‍नुहुन्‍छ। “के यस्‍तो जातिलाई म दण्‍ड नदिऊँ?”

10पहाड़हरूका निम्‍ति म रुन्‍छु र विलाप गर्छु, मरुभूमिमा भएका खर्कहरूका निम्‍ति म विलाप गर्छु। ती उजाड़ पारिएका छन्, त्‍यसबाट भएर कोही पनि यात्रा गर्दैन, र गाई-गोरुहरूको सोर त्‍यहाँ सुनिँदैन। आकाशका पक्षीहरू भागेका छन्, र पशुहरू गइगएका छन्‌।

11“म यरूशलेमलाई भत्‍केको थुप्रो, स्‍यालहरूको ओड़ार तुल्‍याइदिनेछु। म यहूदाका नगरहरूलाई उजाड़-स्‍थान तुल्‍याइदिनेछु, र त्‍यहाँ कोही पनि बस्‍न सक्‍नेछैन।”

12यो बुझ्‍ने कुन यस्‍तो बुद्धिमान्‌ मानिस होला? कसलाई परमप्रभुले सिकाउनुभएको छ र त्‍यसले यो बुझाउन सक्‍छ? कोही त्‍यसमा भएर जान नसक्‍ने गरी किन देश मरुभूमिजस्‍तै नाश र उजाड़ भयो?

13परमप्रभुले भन्‍नुभयो, “किनभने मैले तिनीहरूका सामुन्‍ने राखेका मेरो व्‍यवस्‍थालाई तिनीहरूले त्‍यागे। तिनीहरूले मेरो आज्ञापालन गरेका छैनन्, र मेरो व्‍यवस्‍थाबमोजिम तिनीहरू हिँड़ेका छैनन्‌। 14त्‍यसको सट्टा तिनीहरू आफ्‍ना हृदयको हठमा हिँड़ेर तिनीहरूका पिता-पुर्खाहरूले सिकाएअनुसार बाल देवताका पछि लागेका छन्‌।” 15यसकारण सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “हेर, म यस प्रजालाई ऐरेलु खुवाउनेछु, र पिउनलाई विषालु पानी दिनेछु। 16न त तिनीहरूले न तिनीहरूका पिता-पुर्खाहरूले जानेका जातिहरूका बीचमा म तिनीहरूलाई छरपष्‍ट पार्नेछु, र तिनीहरूलाई नष्‍ट नपारुञ्‍जेल तरवार लिएर म तिनीहरूलाई खेद्‌नेछु।”

17सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: “अब विचार गर! विलाप गर्ने स्‍त्रीहरूलाई बोलाओ, तिनीहरूमध्‍येका सबैभन्‍दा निपुण विलाप गर्नेहरूलाई बोलाइपठाओ। 18तिनीहरू चाँड़ै आऊन्, र हाम्रा निम्‍ति विलाप गरिदेऊन्, जबसम्‍म हाम्रा आँखाभरि आँसु हुँदैन, र हाम्रा परेलाबाट आँसुको धारा छुट्‌दैन। 19सियोनबाट विलापको सोर सुनिँदैछ: ‘हामीहरू कस्‍तो किसिमले नष्‍ट भयौं! हामीहरू लाजले भुतुक्‍क भयौं! हामीले हाम्रो देश छोड्‌नैपर्छ, किनभने हाम्रा घरहरू नष्‍ट भए’।”

20अब हे स्‍त्री हो, परमप्रभुको वचन सुन, उहाँको मुखको वचन सुन्‍न तिमीहरूका कान खोल। तिमीहरूका छोरीहरूलाई शोक गर्न र एक-अर्कालाई विलाप गर्न सिकाइदेओ। 21हाम्रा बालकहरूलाई गल्‍लीदेखि, र हाम्रा जवानहरूलाई चोकहरूदेखि मृत्‍युले नाश गरेको छ। त्‍यो हाम्रा झ्‍यालहरूसम्‍मै चढ़ेर आएको छ र हाम्रा किल्‍लाहरूभित्र पसेको छ।

22तैंले भन्, “परमप्रभु यो घोषणा गर्नुहुन्‍छ: ‘मानिसहरूका लाश बारीका मलझैँ, बाली काट्‌नेहरूका पछाड़ि छोड़िएका दानाझैँ पड़िरहनेछन्, र कसैले तिनलाई बटुल्‍नेछैन’।”

23परमप्रभु यसो भन्‍नुहुन्‍छ: “बुद्धिमान्‌ मानिसले आफ्‍नो बुद्धिमा घमण्‍ड नगरोस्, अथवा बलियो मानिसले आफ्‍नो बलमा घमण्‍ड नगरोस्, अथवा धनी मानिसले आफ्‍नो धनमा घमण्‍ड नगरोस्, 24तर जसले घमण्‍ड गर्छ त्‍यसले यस विषयमा घमण्‍ड गरोस्‌: ‘म परमप्रभुलाई जान्‍दछु र चिन्‍दछु, र उहाँ त्‍यही परमप्रभु हुनुहुन्‍छ, जसले पृथ्‍वीमा दया, न्‍याय र धार्मिकताको व्‍यवहार गर्नुहुन्‍छ। किनभने यिनैमा म प्रसन्‍न हुन्‍छु,” परमप्रभु भन्‍नुहुन्‍छ। 

25परमप्रभु घोषणा गर्नुहुन्‍छ: “समय आउँदैछ, जब म शरीरको मात्र खतना भएकाहरू तर यथार्थमा बेखतना भएका सबैलाई दण्‍ड दिनेछु— 26अर्थात्‌ मिश्रदेश, यहूदा, एदोम, अम्‍मोन, मोआब र मरुभूमि र टाढ़ा-टाढ़ाका ठाउँहरूमा बस्‍ने सबैलाई। किनकि यी सबै जातिहरू साँच्‍चै नै बेखतनाका हुन्, र इस्राएलका सारा घरानासित पनि हृदयमा बेखतना भएकाहरू हुन्‌।”

 

JEREMIAH - 10:1-25, 

यर्मिया 10

परमेश्‍वर र मूर्तिहरू

1हे इस्राएलका घराना हो, परमप्रभुले तिमीहरूलाई के भन्‍नुहुन्‍छ सो सुन। 2परमप्रभु यसो भन्‍नुहुन्‍छ: “जाति-जातिहरूका चाल नसिक, अथवा उनीहरूझैँ आकाशका चिन्‍हहरूदेखि त्रासित नहोओ। 3किनकि जाति-जातिहरूका रीतिथिति त व्‍यर्थ हुन्‌। उनीहरू वनमा एउटा रूख ढाल्‍छन्, र सिकर्मीको हातले हतियारद्वारा कुनै आकार बनाइन्‍छ। 4उनीहरूले त्‍यसलाई सुन र चाँदीले सिँगार्दछन्‌। त्‍यो नहल्‍लिओस्‌ भनेर उनीहरूले त्‍यसलाई घन र कीलाले ठोक्‍दछन्‌। 5खरबूजा बारीमा राखेका तर्साउने पुतलाजस्‍तै उनीहरूका मूर्तिहरू बोल्‍न सक्‍दैनन्‌। तिनीहरूलाई बोक्‍नु पर्छ, किनकि तिनीहरू हिँड्‌न सक्‍दैनन्‌। तिनीहरूदेखि नडराओ, किनभने तिनीहरूले केही खराबी गर्न सक्‍दैनन्, न त तिनीहरूले केही असल गर्न सक्‍छन्‌।”

6हे परमप्रभु, तपाईंजस्‍तो कोही पनि छैन। तपाईं महान्‌ हुनुहुन्‍छ। पराक्रममा तपाईंको नाउँ महान्‌ छ। 7हे जाति-जातिका महाराजा, कसले तपाईंलाई सम्‍मान गर्नुपर्दैन र? तपाईं यसका योग्‍य हुनुहुन्‍छ। जाति-जातिका बुद्धिमान्‌ मानिसहरूमध्‍ये र उनीहरूका जम्‍मै राज्‍यहरूमा तपाईंजस्‍तै कोही पनि छैन।  8उनीहरू त बुद्धिहीन र मूर्ख छन्‌। उनीहरू बेकामका काठका मूर्तिहरूबाट सिकाइन्‍छन्‌। 9तर्शीशबाट पिटिएको चाँदी ल्‍याइन्‍छ, र उपज देशबाट सुन। जे कारीगर र सुनारले बनाउँछन्, बैजनी र नीला लुगा त्‍यसलाई लगाइन्‍छन्‌— ती सबै सिपालु मानिसहरूद्वारा बनाइन्‍छन्‌। 10तर परमप्रभु त साँचो परमेश्‍वर हुनुहुन्‍छ, उहाँ जीवित परमेश्‍वर, अनन्‍तका महाराजा हुनुहुन्‍छ। जब उहाँ क्रुद्ध हुनुहुन्‍छ, तब पृथ्‍वी काम्‍दछ। जाति-जातिहरूले उहाँको क्रोध सहन सक्‍दैनन्‌।

11“तिनीहरूलाई यसो भन्‌: ‘यी देवताहरू, जसले आकाश र पृथ्‍वीलाई बनाएनन्, तिनीहरू पृथ्‍वीबाट र आकाशमुनिबाट नष्‍ट हुनेछन्‌’।”

12तर परमेश्‍वरले नै पृथ्‍वीलाई आफ्‍नो सामर्थ्‍यले बनाउनुभयो। उहाँले आफ्‍नो बुद्धिले संसारलाई स्‍थापित गर्नुभयो, र आफ्‍नो समझशक्तिले उहाँले आकाशलाई फैलाउनुभयो। 13जब उहाँ गर्जनुहुन्‍छ, तब आकाशमा पानीको गर्जन हुन्‍छ। उहाँले पृथ्‍वीको पल्‍लो छेउदेखि बादल उठाउनुहुन्‍छ। उहाँले वृष्‍टिसँग बिजुली चम्‍काउनुहुन्‍छ, र आफ्‍ना भण्‍डारबाट बतास चलाउनुहुन्‍छ।

14हरेक मानिस मूर्ख र बुद्धिहीन छ। हरेक सुनार त्‍यसका मूर्तिहरूद्वारा नै लाजमा पर्छ। त्‍यसका मूर्तिहरू झूटा हुन्, तिनमा सास हुँदैन। 15ती व्‍यर्थका हुन्, गिल्‍लाको थोक मात्र। तिनीहरूका न्‍याय हुँदा ती नष्‍ट हुन्‍छन्‌। 16उहाँ, जो याकूबका भाग हुनुहुन्‍छ, यीजस्‍ता हुनुहुन्‍न, किनकि उहाँ नै सारा थोकहरूलाई बनाउनुहुने हुनुहुन्‍छ, इस्राएललाई पनि, जो उहाँको निज उत्तराधिकारको कुल हो— सर्वशक्तिमान्‌ परमप्रभु उहाँको नाउँ हो।

आउने सर्वनाश

17हे घेराभित्र परेका हो, देश छोड्‌नका लागि आ-आफ्‍नो पोकोपन्‍तरो जम्‍मा गर। 18किनकि परमप्रभु यसो भन्‍नुहुन्‍छ: “यस बेला म यस देशका बासिन्‍दाहरूलाई फ्‍याँकिदिनेछु। तिनीहरूमाथि सङ्कष्‍ट ल्‍याउनेछु, ताकि तिनीहरू पक्राउ परून्‌।”

19मेरो चोटको कारण मलाई धिक्‍कार छ! मेरो चोट निको हुनेछैन! तर मैले आफैलाई भनें, “यो त मेरो रोग हो, जो मैले सहनैपर्छ।” 20मेरो पाल नष्‍ट भएको छ। त्‍यसका सबै डोरीहरू चुँड़िएका छन्‌। मेरा छोराहरू मबाट गइहाले, र तिनीहरू अब छैनन्‌। मेरो पाल टाँगिदिने र मेरो वासस्‍थान बनाइदिने अब कोही छैन। 21गोठालाहरू निर्बुद्धि छन्, र परमप्रभुलाई सोधपूछ गर्दैनन्‌। यसैकारण तिनीहरू सफल हुँदैनन्, र तिनीहरूका सबै बगाल तितरबितर भएका छन्‌। 22सुन! एउटा खबर आइरहेछ— उत्तरको देशबाट एउटा ठूलो खैलाबैला! त्‍यसले यहूदाका सहरहरूलाई उजाड़ पर्छ र स्‍यालहरूको अखड़ा तुल्‍याउँछ।

यर्मियाको प्रार्थना

23हे परमप्रभु, मलाई थाहा छ, कि मानिसको जीवन उसको आफ्‍नै होइन। मानिसले आफ्‍नो मार्ग आफैले निर्देशन गर्नुहुँदैन। 24हे परमप्रभु, मलाई सुधार्नुहोस्, तर ठीक न्‍यायसित मात्र, तपाईंको रीसमा त होइन, नत्रता तपाईंले मलाई भस्‍म पार्नुहुनेछ। 25तपाईंलाई स्‍वीकार नगर्ने जाति-जातिहरूमाथि र तपाईंको नाउँ नलिने मानिसहरूमाथि आफ्‍नो क्रोध खन्‍याउनुहोस्‌। किनकि उनीहरूले याकूबलाई स्‍वाहा पारेका छन्‌। उनीहरूले तिनलाई पूर्ण रूपले निलेका छन्, र तिनको जन्‍मभूमिलाई उजाड़ पारिदिएका छन्‌।

 

JEREMIAH - 11:1-23,

यर्मिया 11

करारको भङ्ग

1यर्मियाकहाँ आएको परमप्रभुको वचन यही हो: 2“यस करारका शर्तहरू ध्‍यानसित सुन्, र यहूदाका मानिसहरू र यरूशलेमका बासिन्‍दाहरूलाई भन्‌। 3तैंले तिनीहरूलाई भन्, परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘यस करारका शर्तहरूलाई पालन नगर्ने मानिस श्रापित होस्‌— 4करारका ती शर्तहरू जो मैले तिमीहरूका पिता-पुर्खाहरूलाई मैले फलामको भट्टी, अर्थात्‌ मिश्रदेशबाट निकालेर ल्‍याउँदा तिनीहरूलाई आज्ञा गरेको थिएँ’। ‘मेरो आज्ञापालन गर, र मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा मान, र तिमीहरू मेरा प्रजा हुनेछौ, र म तिमीहरूका परमेश्‍वर हुनेछु। 5तब दूध र मह बग्ने एउटा देश दिनेछु भनी मैले तिमीहरूका पिता-पुर्खाहरूसित खाएको शपथ म पूरा गर्नेछु’— अनि त्‍यो देश जो आज तिमीहरूको अधिकारमा छ।”

तब मैले जवाफ दिएँ, “हे परमप्रभु, आमेन।”

6परमप्रभुले मलाई भन्‍नुभयो, “यहूदाका सबै सहरहरू र यरूशलेमका गल्‍ली-गल्‍लीहरू हुँदो यसो भन्‍दै यी सबै कुरा घोषणा गर्‌: ‘यस करारका शर्तहरू ध्‍यानसित सुन र पालन गर। 7जुन बेला मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट छुटाएर ल्‍याएँ, त्‍यस बेलादेखि आजको दिनसम्‍म तिनीहरूलाई दृढ़तापूर्वक बारम्‍बार “मेरो आज्ञापालन गर” भनेर चेताउनी दिँदैआएको छु। 8तर तिनीहरूले ध्‍यानसित सुनेनन्, अथवा मेरा कुरामा कान थापेनन्‌। त्‍यसको सट्टा तिनीहरू आफ्‍ना-आफ्‍नै दुष्‍ट हृदयको हठीपनामा लागिरहे। करारका सबै भागहरू पालन गर्नू भनी मैले आज्ञा गरेको थिएँ, तर तिनीहरूले सो पालन गर्न इन्‍कार गरे। त्‍यसैले करारका सबै श्रापहरू मैले तिनीहरूमाथि ल्‍याएँ’।”

9तब परमप्रभुले मलाई भन्‍नुभयो, “यहूदाका मानिसहरू र यरूशलेममा बस्‍नेहरूले षड्‌यन्‍त्र रचेका छन्‌। 10तिनीहरू आफ्‍ना पिता-पुर्खाहरू, जसले मेरा वचन सुन्‍न इन्‍कार गरे, तिनका पापतिरै फर्किगएका छन्‌। तिनीहरू अरू देवताहरूको सेवा गर्न तिनीहरूका पछि लागेका छन्‌। मैले तिनीहरूका पिता-पुर्खाहरूसित गरेको मेरो करारलाई इस्राएलका घराना र यहूदाका घराना दुवैले भङ्ग गरेका छन्‌। 11यसकारण परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘म तिनीहरूमाथि विपत्ति ल्‍याउनेछु, जसबाट तिनीहरू उम्‍कन सक्‍दैनन्‌। तिनीहरूले मेरो पुकारा गरे तापनि म सुन्‍नेछैनँ। 12तब यहूदाका सहरहरू र यरूशलेमका मानिसहरूले गएर ती देवताहरूको पुकारा गर्नेछन्, जसका निम्‍ति तिनीहरूले धूप बालेका थिए, तर तिनीहरूको आपत्‌को बेलामा ती देवताहरूले तिनीहरूलाई कसै गरेर पनि सहायता गर्नेछैनन्‌। 13हे यहूदा, तिमीहरूका जति सहरहरू छन्, त्‍यति नै तिमीहरूका देवताहरू भएका छन्‌। यरूशलेमका जति गल्‍लीहरू छन्, शर्मलाग्‍दो बाल देवतालाई धूप चढ़ाउने वेदीहरू पनि त्‍यति नै भएका छन्‌।’

14“यस जातिको निम्‍ति प्रार्थना नगर्, अथवा तिनीहरूका निम्‍ति पुकारा वा बिन्‍ती नचढ़ा, किनभने तिनीहरूका दु:खको समयमा तिनीहरूले गरेको पुकारा म सुन्‍नेछैनँ।

15“मेरो मन्‍दिरमा मेरी प्रिया के गर्दैछे, जब कि त्‍यसले आफ्‍नो दुष्‍ट योजना धेरैसित बनाइसकेकी छ? के अर्पण गरिएका मासुहरूले तिमीहरूको दण्‍ड परसम्‍म सार्न सक्‍छन्‌ र? जब तिमीहरू दुष्‍ट काममा लाग्‍छौ, तब तिमीहरू हर्षित हुन्‍छौ।”

16परमप्रभुले तिमीहरूलाई असल फल भएको सुन्‍दर हरियो जैतूनको रूख भनी नाउँ दिनुभएको थियो, तर भयङ्कर आँधीबेहरीको गर्जनसित उहाँले त्‍यसलाई आगो लगाइदिनुहुनेछ, र त्‍यसका हाँगाहरू भाँचिनेछन्‌।

17सर्वशक्तिमान्‌ परमप्रभु, जसले तिमीहरूलाई रोप्‍नुभयो, उहाँले तिमीहरूमाथि विपत्ति ल्‍याउनलाई फैसला गर्नुभएको छ। किनभने इस्राएलका घराना र यहूदाका घरानाले दुष्‍ट काम गरेका छन्, र बाल देवताको निम्‍ति धूप चढ़ाएर मलाई रीस उठाएका छन्‌।

यर्मियाको विरुद्धमा षड्‌यन्‍त्र

18परमप्रभुले तिनीहरूको षड्‌यन्‍त्र मलाई देखाइदिनुभएकोले, मैले थाहा पाएँ, किनभने तिनीहरूले के गरिरहेका थिए, त्‍यस बेला उहाँले मलाई सो देखाइदिनुभयो। 19म त मार्नलाई लैजान लागेको एउटा सुधो थुमाजस्‍तो थिएँ। तिनीहरूले यसो भन्‍दै मेरो विरुद्ध षड्‌यन्‍त्र रचेका मलाई थाहा थिएन: “यस रूखलाई यसको फलैसमेत नाश गरौं, यसलाई जीवितहरूको देशबाट काटेर फालिदिऔं, र यसको नाउँको कहिल्‍यै सम्‍झना नगरिओस्‌।” 20तर हे सर्वशक्तिमान्‌ परमप्रभु, तपाईं जसले धर्मसित न्‍याय गर्नुहुन्‍छ, र हृदय र मनको जाँच गर्नुहुन्‍छ, तपाईंले तिनीहरूमाथि बदला लिनुभएको म देख्‍न पाऊँ, किनभने तपाईंलाई नै मैले मेरो मुद्दा सुम्‍पिदिएको छु।

21“यसकारण तेरो प्राण लिन खोज्‍ने अनातोतका मानिसहरूका सम्‍बन्‍धमा परमप्रभु यसो भन्‍नुहुन्‍छ— ती मानिसहरू जो तँलाई भन्‍छन्, ‘परमप्रभुको नाउँमा अगमवाणी नभन्, नत्रता तँ हाम्रा हातबाट मर्नेछस्‌’— 22यसकारण सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘म तिनीहरूलाई दण्‍ड दिनेछु। तिनीहरूका जवान मानिसहरू तरवारले मारिनेछन्, र तिनीहरूका छोराछोरीहरूचाहिँ अनिकालले मर्नेछन्‌। 23तिनीहरूमा कोही पनि बाँच्‍नेछैन, किनभने तिनीहरूका दण्‍डको वर्षमा म अनातोतका मानिसहरूमाथि सर्वनाश ल्‍याउनेछु’।”

 

JEREMIAH - 12:1-17,

JEREMIAH - 13:1-27,

JEREMIAH - 14:1-22,

JEREMIAH - 15:1-21.

JEREMIAH - 16:1-21, 

JEREMIAH - 17:1-27,

JEREMIAH - 18:1-23,

JEREMIAH - 19:1-15,

JEREMIAH - 20:1-18,

JEREMIAH - 21:14,

JEREMIAH -22:1-30, 

JEREMIAH - 23:1-40,

JEREMIAH - 24:1-10,

JEREMIAH - 25:1-38,

JEREMIAH - 26:1-24,

JEREMIAH - 27:1-22,

JEREMIAH - 28:1-17,

JEREMIAH - 29:1-32,

JEREMIAH - 30:1-24,

JEREMIAH - 31:1-40,

JEREMIAH - 32:1-44, 

JEREMIAH - 33:1-26, 

JEREMIAH - 34:1-22, 

JEREMIAH -  35:1-19.

JEREMIAH -  36:1-32,

JEREMIAH -  37:1-21,

JEREMIAH -  38:1-28,

JEREMIAH -  39:1-18,

JEREMIAH - 40:1-16, 

JEREMIAH -  41:1-18,

JEREMIAH -  42:1-22,

JEREMIAH -  43:1-13,

JEREMIAH -  44:1-30,

JEREMIAH -  45:1-5,

JEREMIAH -  46:1-28,

JEREMIAH -  47:1-7,

JEREMIAH -  48:1-47,

JEREMIAH -  49:1-39,

JEREMIAH -  50:1-46,

JEREMIAH -  51:1-64,

JEREMIAH -  52:1-34

JEREMIAH -  

Welcome to the Jeremiah series. Here, we delve into the profound teachings of the prophet Jeremiah, drawing parallels to modern community development. Our mission at SIMON THAPA is to foster growth and connection, guided by the principle of loving God. Discover how these ancient messages resonate today, inspiring us to build stronger, more compassionate communities in Decatur, GA, and beyond.

Love God: The foundation of our community

At SIMON THAPA, we believe that the core message of "Love God" is the cornerstone of all meaningful community development. This isn't just a spiritual concept; it's a practical guide for how we interact, support each other, and grow together. For the community in Decatur, GA, this means fostering an environment of respect, kindness, and shared purpose, rooted in a divine connection.

Engaging our community through Jeremiah's wisdom

The timeless wisdom found in the book of Jeremiah offers powerful insights into resilience, faith, and the importance of ethical living. We use these teachings to engage and empower our community members. Whether you are seeking spiritual guidance, community support, or opportunities to contribute, SIMON THAPA provides a platform for growth and collective action, aiming to strengthen the bonds within Decatur, GA.

Join our community development journey

SIMON THAPA is dedicated to teaching and fostering a community for developing, right here in Decatur, GA. Our unique approach integrates spiritual principles with practical community initiatives. We invite everyone interested in positive change, personal growth, and contributing to a loving community to explore our programs and events. Connect with us and become a part of a movement dedicated to building a better future through divine love and collective effort.