Welcome to Simon Thapa Community Development!
Welcome to Simon Thapa Community Development!
SUBJECT - LOVE
1 - ““किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।”
यूहन्ना 3:16 NNRV
2 - “मैले मानिसहरू र स्वर्गदूतहरूको भाषामा बोलें तापनि ममा प्रेम छैन भने, म हल्ला मचाउने घण्टा र झ्याइँ-झ्याइँ गर्ने झ्याली मात्र हुन्छु।”
१ कोरिन्थी 13:1 NNRV
3 - “हेर, पिताले हामीलाई कस्तो किसिमले प्रेम गर्नुभएको छ, कि हामी परमेश्वरका सन्तान भनी कहलिएकाहरू हौं, र साँच्चै हौं पनि। यसैकारणले त संसारले हामीलाई चिन्दैन, किनभने त्यसले उहाँलाई चिनेन।”
१ यूहन्ना 3:1 NNRV
4 - “तिमीहरूले सुरुदेखि नै सुनेको सन्देश यही हो, “हामीले एक-अर्कालाई प्रेम गर्नुपर्छ।””
१ यूहन्ना 3:11 NNRV
5 - “जे गर्छौ ती सबै प्रेममा गरिएका होऊन्।”
१ कोरिन्थी 16:14 NNRV
6 -“प्रिय हो, हामी एउटाले अर्कोलाई प्रेम गरौं, किनभने प्रेम परमेश्वरबाट आउँछ। जसले प्रेम गर्छ त्यो परमेश्वरबाट जन्मेको हो, र परमेश्वरलाई चिन्छ।”
१ यूहन्ना 4:7 NNRV
1 Jn 4:7 - 21 ,
1 Cor 13:1 - 13 , NNRV
SUBJECT - PEACE
1 - “शान्ति म तिमीहरूसँग छोडिराख्छु। म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु। संसारले दिएजस्तो म तिमीहरूलाई दिँदिनँ। तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस्।”
यूहन्ना 14:27 NNRV
2 - “मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु, कि ममा तिमीहरूलाई शान्ति होस्। संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु।””
यूहन्ना 16:33 NNRV
3 - “र समझले नै भियाउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ।”
फिलिप्पी 4:7 NNRV
4 - “ख्रीष्टको शान्तिले तिमीहरूका हृदयमा राज्य गरोस्। साँच्चै, तिमीहरू त्यसको निम्ति एउटै शरीरमा बोलाइएका थियौ। तिमीहरू धन्यवादी होओ।”
कलस्सी 3:15 NNRV
5 - “त्यही दिन, अर्थात् हप्ताको पहिलो दिनको साँझ, जब यहूदीहरूको डरले चेलाहरू ढोकाहरू बन्द गरेर भित्र बसेका थिए, येशू आएर तिनीहरूका माझमा उभिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति!””
यूहन्ना 20:19 NNRV
At Simon Thapa, we are dedicated to empowering our community through education, support, and collaboration. Our mission is to create a space where everyone can learn, grow, and thrive together.
Upcoming Events
Stay Informed, Get Involved!
Stay Informed, Get Involved!
Be the first to know about our upcoming events and initiatives. Join us in building a stronger community together.