Dive into scripture

Welcome to our Bible Study section, designed to help you prepare for sermons and deepen your understanding of scripture. Whether you're a long-time believer or new to exploring the Bible, this page offers resources for everyone. Join us as we learn and grow together in faith.

Bible Study - Subject 

Bible Study - Subject 

Bible Study - Subject 

Bible Study - Subject 

Bible Study - Subject 

10 - Miracles from Peter ;

1 - PETER WALK ON THE WATER = MT 14:28-31

28पत्रुसले उहाँलाई भने, “हे प्रभु, तपाईं नै हुनुहुन्‍छ भने, मलाई तपाईंकहाँ पानीमाथि आउने आज्ञा दिनुहोस्‌।”

29उहाँले भन्‍नुभयो, “आऊ।”

पत्रुस डुङ्गाबाट ओर्लेर येशूकहाँ जानलाई पानीमाथि हिँड्‌न लागे। 30तर बतास जोड़ले चलेको देखेर तिनी डराए, र जब डुब्‍नै लागे तब तिनले चिच्‍च्‍याएर भने, “हे प्रभु, मलाई बचाउनुहोस्‌।”

31तब येशूले झट्टै हात पसारेर तिनलाई समातिहाल्‍नुभयो, र तिनलाई भन्‍नुभयो, “ए अल्‍पविश्‍वासी, किन शङ्का गर्‍यौ?”........

........................................................................................................................................................................................

2 - THE MAN ON BEAUTIFUL GATE OF THE TEMPLE WAS HEAL - ACT 3:1-8,......

1पत्रुस र यूहन्‍ना दिउँसो तीन बजे प्रार्थनाको समयमा मन्‍दिरमा जाँदैथिए। 2मन्‍दिरभित्र पस्‍नेहरूसँग भीख माग्‍न जन्‍मैदेखिको एक जना लङ्गड़ालाई मानिसहरू बोकेर ल्‍याउँथे र दिनहुँ मन्‍दिरको सुन्‍दर नामक ढोकामा राखिदिन्‍थे। 3पत्रुस र यूहन्‍नालाई मन्‍दिरभित्र पस्‍न लागेका देखेर त्‍यसले भीख माग्‍यो। 4यूहन्‍नासँगै पत्रुसले त्‍यसलाई एकटक लाएर हेरिकन भने, “हामीतिर हेर्‌!” 5तिनीहरूबाट केही पाउने आशा गरेर त्‍यसले ध्‍यान दिएर तिनीहरूलाई हेर्‍यो।

6तब पत्रुसले भने, “सुनचाँदी मसित छैन। तर जे मसित छ, त्‍यही म तँलाई दिन्‍छु। नासरतका येशू ख्रीष्‍टको नाउँमा हिँड्‌!” 7तिनले त्‍यसको दाहिने हात समातेर त्‍यसलाई उठाए, र तुरुन्‍तै त्‍यसका खुट्टाहरू र गोलीगाँठामा ताकत आयो। 8अनि जुरुक्‍कै उठेर त्‍यो खड़ा भयो र हिँड्‌न थाल्‍यो, र हिँड्‌दै र उफ्रँदै र परमेश्‍वरको स्‍तुति गर्दै तिनीहरूसँग मन्‍दिरमा पस्‍यो।

.....................................................................................................................................................................................

3 -  PETER DISCERNED THE SECRET OF ANANIAS AND SAPPHIRAWHEN THEY AGREED TO WITHHOLD  MONEY FROM THE SALE OF THEIR PROPERTY

- ACT 5:1-11....

1तर हननिया नाउँका कोही एक जना र तिनकी पत्नी सफीराले एक टुक्रा जमिन बेचे, 2र त्‍यसको मोलबाट तिनकी पत्नीकै जानकारीमा केही हिस्‍सा आफूसँग राखे, र केही हिस्‍सा ल्‍याएर प्रेरितहरूका चरणमा राखिदिए।

3तर पत्रुसले भने, “ए हननिया, पवित्र आत्‍मासँग झूट बोल्‍ने र जमिनको बिक्रीको मोलबाट केही हिस्‍सा आफूसँग राख्‍ने कुरा शैतानले कसरी तिम्रो मनमा भरिदियो? 4त्‍यो बिक्री नभइञ्‍जेल के त्‍यो तिम्रो आफ्‍नै थिएन? र त्‍यो बिक्री भएपछि पनि त्‍यो तिम्रै अधिकारमा थिएन र? यस्‍तो काम गर्ने विचार तिम्रो हृदयमा कसरी आयो? तिमीले मानिसहरूलाई त होइन, तर परमेश्‍वरलाई नै ढाँटेका छौ।”

5यो कुरा सुनेर हननिया भूइँमा लड़े र तिनले प्राण त्‍यागे। यो सुन्‍नेहरू सबैमाथि ठूलो डर छायो। 6तब जवानहरूले उठेर तिनलाई लुगाले बेह्रे र बाहिर बोकी लगे, र गाडिदिए।

7जे भइसकेको थियो सो थाहा नपाई प्राय: तीन घण्‍टापछि तिनकी पत्नी पनि भित्र आई। 8पत्रुसले त्‍यसलाई सोधे, “मलाई भन, तिमीहरूले जमिन त्‍यत्तिमै बेचेका हौ?”

अनि त्‍यसले भनी, “ज्‍यू, त्‍यत्तिमै।”

9तर पत्रुसले त्‍यसलाई भने, “तिमीहरूले प्रभुका आत्‍माको परीक्षा गर्न कसरी मिलेर मतो गर्‍यौ? हेर, तिम्रा पतिलाई गाड्‌नेहरू ढोकामै छन्‌ र तिनीहरूले तिमीलाई बोकेर बाहिर लैजानेछन्‌।”

10अनि तुरुन्‍तै त्‍यो उनका पाउनेर लड़ी र प्राण त्‍याग गरी। जब जवानहरू भित्र आए, त्‍यसलाई मरिसकेकी देखेर बाहिर बोकेर लगे, र त्‍यसको पतिको नजिकमा गाडिदिए। 11सारा मण्‍डलीमाथि र यी कुरा सुन्‍ने सबैमाथि ठूलो डर छायो।

...............................................................................................................................................................................

4 - THERE WAS A MULTITUDE OF HEALING WHEN PETER'S SHADOW FELL UPON THE SICK - ACT 5:15-16....

..15यहाँसम्‍म कि मानिसहरूले सड़क-सड़कमा बिरामीहरूलाई ल्‍याए, र पत्रुस आउँदा तिनको छाया मात्र भए पनि तिनीहरूमध्‍ये कोही-कोहीमाथि परोस्‌ भनी ओछ्यान र खाटहरूमा तिनीहरूलाई सुताइराख्‍थे। 16यरूशलेमका वरिपरिका सहरहरूबाट पनि धेरै मानिसहरूले बिरामीहरू र अशुद्ध आत्‍माले सताएकाहरूलाई लिएर आउँथे र ती सबै निको हुन्‍थे।.

.....................................................................................................................................................................................

5 - THE APOSTLES WERE DELIVERED FROM PRISON BY THE ANGEL OF THE LORD - ACT 5:17-29,

17प्रधान पूजाहारी र तिनीसँग हुने सबै (जो सदुकी पन्‍थका थिए) डाहले भरिएर प्रेरितहरूका विरुद्धमा खड़ा भए, 18र तिनीहरूलाई पक्रेर सार्वजनिक झ्‍यालखानमा हालिदिए। 19तर प्रभुका एउटा दूतले राती झ्‍यालखानका ढोकाहरू खोलिदिए, र तिनीहरूलाई बाहिर ल्‍याएर भने, 20“जाओ र मन्‍दिरमा खड़ा भएर यस जीवनका सारा सन्‍देश मानिसहरूलाई सुनाओ।”

21यो सुनेपछि तिनीहरू एकाबिहानै मन्‍दिरभित्र पसे र शिक्षा दिन थाले। तर प्रधान पूजाहारी र तिनीसँग हुनेहरू आए, र महासभा, अर्थात्‌ इस्राएलीहरूको सम्‍पूर्ण सभाका सबैलाई बोलाए, र प्रेरितहरूलाई झ्‍यालखानबाट ल्‍याउन मानिसहरू पठाए। 22तर अधिकृतहरूले तिनीहरूलाई झ्‍यालखानमा नभेट्टाउँदा फर्की आएर यो खबर दिए, 23“हामीले झ्‍यालखानमा सुरक्षितसाथ ताला लाएका र पालेहरू ढोकाहरूमा खड़ा भएकै देख्‍यौं, तर ढोका उघार्दा हामीले भित्र कसैलाई भेट्टाएनौं।” 24जब मन्‍दिरका कप्‍तान र मुख्‍य पूजाहारीहरूले यो खबर सुने तब यी सबको नतीजा के हुने हो भनी तिनीहरू प्रेरितहरूका विषयमा अन्‍योलमा परे।

25तर कोही एक जनाले आएर तिनीहरूलाई भन्‍यो, “हेर्नुहोस्, तपाईंहरूले जुन मानिसहरूलाई झ्‍यालखानमा राख्‍नुभएको थियो तिनीहरू मन्‍दिरमा खड़ा भएर मानिसहरूलाई शिक्षा दिइरहेछन्‌।” 26तब अफिसरहरूका साथमा कप्‍तान गईकन तिनीहरूलाई बलजफत नगरिकन ल्‍याए, किनभने मानिसहरूले तिनीहरूलाई ढुङ्गाले हान्‍लान्‌ भनी तिनीहरू डराए।

27उनीहरूले तिनीहरूलाई ल्‍याएर महासभाको अगाडि खड़ा गराए, र प्रधान पूजाहारीले तिनीहरूलाई सोधे, 28“हामीले तिमीहरूलाई यस नाउँमा केही शिक्षा नदिने कड़ा आज्ञा दिएका थियौं, तर तिमीहरूले आफ्‍ना शिक्षाले सारा यरूशलेम भरिसक्‍यौ, र त्‍यस मानिसका रक्तपातको दोष हामीमाथि ल्‍याउन चाहन्‍छौ।” 

29तर पत्रुस र प्रेरितहरूले भने, “हामीले मानिसहरूको होइन तर परमेश्‍वरको आज्ञा पालन गर्नैपर्छ।

.........................................................................................................................................................................

6 - THE HOLY GHOST WAS IMPARTED BY THE LAYING ON OF PETER'S HAND AT SAMARIA - ACT 8:14-17,..........

..14सामरियाका मानिसहरूले परमेश्‍वरको वचन ग्रहण गरे भन्‍ने सुनेर यरूशलेममा रहेका प्रेरितहरूले पत्रुस र यूहन्‍नालाई तिनीहरूकहाँ पठाए। 15उनीहरू त्‍यहाँ आएर तिनीहरूले पवित्र आत्‍मा पाऊन्‌ भनेर तिनीहरूका निम्‍ति प्रार्थना गरे। 16किनकि त्‍यतिञ्‍जेलसम्‍म तिनीहरूमध्‍ये कुनैमाथि पनि उहाँ आउनुभएको थिएन। तिनीहरूको बप्‍तिस्‍मा प्रभु येशूको नाउँमा मात्र भएको थियो। 17तब उनीहरूले आफ्‍ना हात तिनीहरूमाथि राखे, र तिनीहरूले पवित्र आत्‍मा पाए।......................

.........................................................................................................................................................................

7 - AENEAS WAS HEALED OF PALSY AFTER HE HAD BEEN SICK FOR EIGHT YEARS - ACT 9:33-34...

..33तिनले त्‍यहाँ एनियास नाउँको कोही एक जना मानिसलाई भेट्टाए, जो आठ वर्षदेखि पक्षाघातको रोगले ओछ्यानमा पड़िरहेको थियो। 34पत्रुसले त्‍यसलाई भने, “ए एनियास, येशू ख्रीष्‍टले तिमीलाई निको पार्नुहुन्‍छ। उठ, र तिम्रो ओछ्यान मिलाऊ।” अनि त्‍यो तुरुन्‍तै उठिहाल्‍यो।.............

.......................................................................................................................................................................................

8 - DORCAS WAS RAISED FROM THE DEATH BY PETER - ACT 9:36-41.....

36योप्‍पा नगरमा तबीता, अर्थात्‌ डोरकास (हरिणी) भन्‍ने एउटी शिष्‍य थिइन्‌। तिनी असल काम गर्न र दान दिनमा लागिरहन्‍थिन्‌। 37ती दिनमा तिनी बिरामी भइन्‌ र तिनको मृत्‍यु भयो, र मानिसहरूले नुहाइदिएर तिनलाई माथिल्‍लो तलाको एउटा कोठामा राखे। 38लुड्डा योप्‍पाको नजिक भएको हुनाले, चेलाहरूले पत्रुस त्‍यहाँ छन्‌ भन्‍ने सुनेर तिनीकहाँ दुई जना मानिसलाई यस्‍तो बिन्‍ती गर्न पठाए, “हामीकहाँ ढिलो नगरी आउनुहोस्‌।”

39तब पत्रुस उठेर तिनीहरूसँग गए। त्‍यहाँ पुगेपछि तिनीहरूले तिनलाई माथिल्‍लो कोठामा लगे। विधवाहरू सबै तिनको नजिक उभिएर रुन लागे, र डोरकास तिनीहरूसँग हुँदा तिनले बनाइराखेका पोशाक र अरू वस्‍त्रहरू देखाए।

40तर पत्रुसले तिनीहरू सबैलाई बाहिर पठाएर घुँड़ा टेके अनि प्रार्थना गरे, र त्‍यस लाशतिर फर्केर भने, “तबीता, उठ!” अनि तिनले आँखा उघारिन्, र पत्रुसलाई देखी उठेर बसिन्‌। 41उनले तिनलाई आफ्‍ना हातले समाती जुरुक्‍कै उठाए, अनि सन्‍तहरू र विधवाहरूलाई बोलाएर तिनलाई जीवित प्रस्‍तुत गरे। 

...............................................................................................................................................................................

9 - THE OUTPOURING OF THE HOLY GHOST AT THE HOUSE OF CORNELIUS OCCURRED WHILE PETER WAS PREACHING - ACT 10:34-48,....................

34तब पत्रुसले बोल्‍न थाले, “साँच्‍ची नै म देख्‍तछु, कि परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न, 35तर हरेक जातिमा जो उहासँग डराउँछ, र उचित काम गर्छ, त्‍यो उहाँको सामुन्‍ने ग्रहणयोग्‍य हुन्‍छ। 36परमेश्‍वरले इस्राएलीहरूलाई पठाउनुभएको सन्‍देश, अर्थात्‌ ख्रीष्‍टद्वारा प्रचार गरिएको शान्‍तिको सुसमाचार तपाईंहरूलाई थाहा छ। (उहाँ नै सबैका प्रभु हुनुहुन्‍छ।) 37यूहन्‍नाले प्रचार गरेको बप्‍तिस्‍मापछि, गालीलदेखि सुरु गरेर सारा यहूदियाभरि प्रचार गरिएको वचन यही हो, 38कि परमेश्‍वरले नासरतका येशूलाई पवित्र आत्‍मा र शक्तिले अभिषेक गर्नुभयो। उहाँ सुकर्म गर्दै र दियाबलसबाट पेलिएकाहरूलाई निको पार्दै हिँड्‌नुभयो, किनकि परमेश्‍वर उहाँको साथमा हुनुहुन्‍थ्‍यो।

39“अनि उहाँले यहूदीहरूको देशमा र यरूशलेममा गर्नुभएका सबै कुराका हामी साक्षी हौं। उहाँलाई तिनीहरूले काठमा झुण्‍ड्याएर पनि मारे। 40उहाँलाई नै परमेश्‍वरले तेस्रो दिनमा जीवित पारी उठाउनुभयो, र उहाँलाई प्रकट गराउनुभयो, 41सबै मानिसलाई होइन, तर हामी जसलाई परमेश्‍वरले साक्षीको रूपमा छान्‍नुभयो, र उहाँ मृतकबाट जीवित हुनुभएपछि हामीले उहाँसँग खानपान गर्‍यौं। 42उहाँले हामीलाई जनतामा प्रचार गर्न, र उहाँ जीवित र मृतकहरूका न्‍यायकर्ता हुनलाई परमेश्‍वरद्वारा नियुक्त हुनुभएको व्‍यक्ति हुनुहुन्‍छ भन्‍ने गवाही दिनलाई आज्ञा गर्नुभएको छ। 43सबै अगमवक्ताहरूले उहाँको गवाही दिएका छन्, कि उहाँमाथि विश्‍वास गर्ने प्रत्‍येकले उहाँको नाउँद्वारा पाप-क्षमा पाउँछ।”

44पत्रुसले यी कुरा बोल्‍दाबोल्‍दै वचन सुन्‍ने सबैमाथि पवित्र आत्‍मा ओर्लनुभयो। 45अन्‍यजातिहरूमाथि पनि पवित्र आत्‍माको वरदान खन्‍याइएको देखेर पत्रुसको साथमा आउने यहूदी विश्‍वासीहरू आश्‍चर्यचकित भए। 46किनकि अन्‍य भाषामा बोलेर तिनीहरूले परमेश्‍वरको प्रशंसा गरिरहेका उनीहरूले सुने। तब पत्रुसले भने, 47“हामीझैँ पवित्र आत्‍मा पाउने यिनीहरूलाई पानीको बप्‍तिस्‍मा हुनदेखि कसले मनाही गर्न सक्‍छ?” 48अनि तिनले तिनीहरूलाई येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्‍मा दिनू भनी आज्ञा गरे। तब तिनीहरूले पत्रुसलाई केही दिन त्‍यहीँ रहनुहोस्‌ भनी अनुरोध गरे।

...........................................................................................................................................................................

10 - PETER WAS DELIVERED FROM THE PRISON A SECOND TIME

- ACT 12:1-17........

1ती दिनमा हेरोद राजाले मण्‍डलीका कति जनामाथि कठोर अत्‍याचार गर्न थाले। 2उनले यूहन्‍नाका दाजु याकूबलाई तरवारले मारे। 3यस कामले यहूदीहरू खुशी भएका देखेर पत्रुसलाई पनि पक्रने तरखर गरे। यो घटना अखमिरी रोटीका चाड़को समयमा भएको थियो। 4हेरोदले पत्रुसलाई गिरफ्‍तार गरेर झ्‍यालखानमा हालिदिए, र निस्‍तारचाड़पछि तिनलाई जनताका सामने ल्‍याउने विचार गरेर तिनको पहरा गर्नलाई सिपाहीका चार टोलीको जिम्‍मा लाइदिए।

5यसरी पत्रुस झ्‍यालखानमा राखिए, तर तिनको निम्‍ति मण्‍डलीले परमेश्‍वरलाई बड़ो जोशसँग प्रार्थना गरिरहेको थियो।

6हेरोदले तिनलाई बाहिर निकालिल्‍याउन खोजेकै रात, पत्रुस दुई वटा साङ्‌लाले बाँधिएर दुई जना सिपाहीहरूका बीचमा सुतिरहेका थिए। सिपाहीहरू पनि ढोका अगिल्‍तिर उभिएर झ्‍यालखानको पहरा दिइरहेका थिए। 7अचानक प्रभुका एउटा स्‍वर्गदूत त्‍यहाँ देखा परे, र कोठरीमा ज्‍योति चम्‍क्‍यो। स्‍वर्गदूतले पत्रुसलाई कोखामा हिर्काए अनि “छिटो उठ” भनेर तिनलाई जगाए। तब साङ्‌लाहरू तिनका हातबाट फुस्‍केर खसे।

8स्‍वर्गदूतले तिनलाई भने, “लुगा लगाऊ, र जुत्ता लाऊ।” तब तिनले त्‍यसै गरे। उनले तिनलाई भने, “खास्‍टो ओढ़ेर मेरो पछिपछि लाग।” 9अनि तिनी निस्‍केर उनको पछिपछि लागे। स्‍वर्गदूतबाट गरिएको कुरो साँच्‍चीकै हो भन्‍ने तिनलाई थाहै भएन। तर दर्शन देख्‍दैछु भनी तिनले ठाने। 10जब पहिलो र दोस्रो पहरा-टोली नाघेर सहरमा पस्‍ने फलामे ढोकामा तिनीहरू पुगे, तब त्‍यो ढोका आफै तिनीहरूका लागि उघ्रियो, र तिनीहरू बाहिर निस्‍केर एउटा गल्‍लीको बाटो भएर गए, र तुरुन्‍तै स्‍वर्गदूत तिनलाई छोड़ेर गए।

11जब पत्रुसको होश खुल्‍यो तब तिनले भने, “अब मलाई साँच्‍ची नै थाहा भयो, कि प्रभुले आफ्‍ना दूत पठाउनुभएर हेरोद राजाको हातबाट, र यहूदीहरूले जे गर्न चाहन्‍थे ती सबैबाट मलाई छुटकारा दिनुभयो।”

12यो कुरा तिनलाई थाहा भएपछि, तिनी मर्कूस भनिने यूहन्‍नाकी आमा मरियमको घरमा गए। त्‍यहाँ धेरै जना जम्‍मा भएर प्रार्थना गरिरहेका थिए। 13तिनले ढोका ढकढक्‍याउँदा रोदा नाउँ भएकी नोकर्नी ढोका खोल्‍न आई। 14पत्रुसको सोर चिनेपछि त्‍यो खुशी भएर ढोकै नखोली भित्र दगुरेर गई “पत्रुस ढोकामा उभिरहेका छन्‌” भनी खबर दिई।

15तर तिनीहरूले त्‍यसलाई भने, “तँ बौलाही होस्‌।” तर त्‍यसले भनेकी कुरा साँच्‍चै हो भनी त्‍यसले जिद्दी गरी। तब तिनीहरूले भने, “त्‍यो उनको स्‍वर्गदूत होला।”

16तर पत्रुसले चाहिँ ढकढक्‍याइरहे। ढोका खोल्‍दा तिनलाई देखेर तिनीहरू छक्‍क परे। 17तिनले “चूप लाग” भनी हातले इशारा गरे, र प्रभुले तिनलाई कसरी झ्‍यालखानबाट बाहिर निकाल्‍नुभयो सो तिनीहरूलाई बताए। यी कुराको समाचार याकूब र अरू भाइहरूलाई दिनू भनेर तिनी बिदा भएर अर्कै ठाउँमा गइहाले।

11 - Miracles from Paul;

1 - PAUL HAD A MIRACULOUS CONVERSION ON THE ROAD TO DAMASCUS - ACT 9:1-9

1शाऊल प्रभुका चेलाहरूका विरुद्धमा अझ पनि धम्‍की र हत्‍याको धुनमा प्रधान पूजाहारीकहाँ गए, 2र तिनले त्‍यस मार्गका पुरुष होस्‌ वा स्‍त्री, जसलाई फेला पारे पनि तिनीहरूलाई बाँधेर यरूशलेममा ल्‍याउन पाऊँ भनी दमस्‍कसका सभाघरहरूको नाउँमा पुर्जी मागे। 3जब शाऊल यात्रा गर्दै दमस्‍कसको नजिक पुगे, अचानक स्‍वर्गबाट एउटा ज्‍योति तिनको वरिपरि चम्‍क्‍यो। 4तिनी भूइँमा लोटे, र तिनले यसो भन्‍ने सोर सुने, “शाऊल, शाऊल, तिमी किन मलाई सताउँछौ?”

5तिनले भने, “प्रभु, तपाईं को हुनुहुन्‍छ?”

अनि उहाँले भन्‍नुभयो, “म येशू हुँ, जसलाई तिमी सताउँदैछौ। 6तर उठेर सहरमा जाऊ, र तिमीले जे गर्नुपर्छ सो तिमीलाई बताइनेछ।”

7तिनको साथमा जाने मानिसहरूले सोरचाहिँ सुने, तर कसैलाई नदेख्‍दा अवाक भई उभिरहे। 8तब शाऊल भूइँबाट उठे र आँखा खोल्‍दा तिनले केही पनि देखेनन्, र तिनीहरूले तिनका हात समाती डोर्‍याएर तिनलाई दमस्‍कसमा ल्‍याए। 9अनि तीन दिनसम्‍म तिनी नदेख्‍ने भए, र न त खाना खाए न पानी पिए।.....................................................

....................................................................................................................................................................

2 - PAUL'S EYES WERE HEALED - ACT 9:10-18.......

10दमस्‍कसमा हननिया नाउँ भएका एक जना चेला थिए। तिनलाई प्रभुले दर्शनमा भन्‍नुभयो, “ए हननिया।”

तिनले भने, “प्रभु, हाजिर छु।”

11तब प्रभुले तिनलाई भन्‍नुभयो, “उठ, र ‘सीधा’ नामक गल्‍लीमा जाऊ, र त्‍यहाँ यहूदाको घरमा शाऊल नाउँ भएका टार्सस-निवासीलाई खोज, किनकि तिनी प्रार्थना गरिरहेका छन्‌। 12तिनले दर्शनमा हननिया नाउँ भएका एक जना मानिस भित्र आएर तिनले दृष्‍टि पाऊन्‌ भनेर आफूमाथि उनका हात राखेका देखेका छन्‌।”

13तर हननियाले भने, “प्रभु, यी मानिसले यरूशलेममा तपाईंका सन्‍तानहरूलाई कत्ति धेरै खराबी गरेका छन्, सो मैले धेरै जनाबाट सुनेको छु। 14यहाँ पनि तपाईंको नाउँ लिने सबैलाई बाँध्‍ने अधिकार मुख्‍य पूजाहारीहरूबाट तिनले पाएका छन्‌।”

15तर प्रभुले तिनलाई भन्‍नुभयो, “जाऊ, किनकि अन्‍यजातिहरू, राजाहरू र इस्राएलका सन्‍तानका सामुन्‍ने मेरो नाउँ प्रचार गर्न तिनी छानिएका मेरा एक पात्र हुन्, 16किनकि मेरो नाउँको खातिर तिनले कति कष्‍ट भोग्‍नुपर्छ, सो म तिनलाई देखाउनेछु।”

17तब हननिया गएर त्‍यस घरभित्र पसे, र तिनीमाथि आफ्‍ना हात राखेर भने, “भाइ शाऊल, जुन प्रभु येशू तिमी आइरहेको बाटोमा तिमीकहाँ देखा पर्नुभएको थियो, उहाँले नै तिमीले दृष्‍टि पाऊ र तिमी पवित्र आत्‍माले भरिपूर्ण होऊ भनी मलाई पठाउनुभएको छ।” 18तुरुन्‍तै तिनका आँखाबाट पाप्राजस्‍ता केही खसे, र तिनले फेरि दृष्‍टि पाए। तब तिनी उठे र बप्‍तिस्‍मा लिए, 

...................................................................................................................................................................

3 - ELYMAS THE SORCERER WAS BLINDED FOR SEASON AT PAUL'S WORD - ACT 13:8-12..

8तर एलुमास जादूगरले (किनकि ग्रीक भाषामा त्‍यसको नाउँको अर्थ यही हो) सर्गियस पौलसलाई विश्‍वासबाट फर्काउन खोजेर तिनीहरूको सामना गर्‍यो। 9तर शाऊलले, जसलाई पावल पनि भनिन्‍छ, पवित्र आत्‍माले भरिएर त्‍यसमाथि एकटक लाएर हेरे, 10“तँ दियाबलसको छोरो, सारा धार्मिकताको शत्रु, सम्‍पूर्ण छल र दुष्‍टताले भरिएको! के तँ प्रभुको सोझो मार्ग बङ्‌ग्‍याउन छोड्‌दैनस्‌? 11अब हेर्‌, प्रभुको हात तँमाथि परेको छ, र तँ अब केही समयसम्‍म घामको प्रकाश नदेख्‍ने भई अन्‍धो हुनेछस्‌।”

अनि उत्तिखेरै कुइरो र अन्‍धकारले त्‍यसलाई छोप्‍यो, र कसैले त्‍यसको हात पक्रेर डोर्‍याइदेला कि भनेर त्‍यो यताउता जान लाग्‍यो। 12तब प्रान्‍तका ती शासकले यो भएको देखेर विश्‍वास गरे, किनकि प्रभुको शिक्षामा तिनी छक्‍क परेका थिए।

.......................................................................................................................................................................

4 - A CRIPLED MAN AT LYSTRA WAS HEALED BY PAUL - ACT 14:8-10, ....

..8अब लुस्‍त्रा सहरमा खुट्टा चलाउन नसक्‍ने एक जना मानिस बसिरहेको थियो। त्‍यो जन्‍मैको लङ्गड़ो थियो, र कहिल्‍यै हिँड़ेको थिएन। 9पावलले बोलेको त्‍यसले सुन्‍दैथियो। पावलले त्‍यसलाई एकटक लगाएर हेरे, र निको हुने त्‍यसको विश्‍वास छ भन्‍ने देखिकन 10ठूलो सोरले कराएर भने, “तेरा खुट्टाको भरमा सीधा उभी।” अनि त्‍यो जुरुक्‍क उठ्यो र हिँड्‌न लाग्‍यो।........

..............................................................................................................................................................................

5 - A GIRL IN PHILIPPI WAS EXORCISED BY PAUL - ACT 16:16-18 ....

.....16जब हामी प्रार्थना गर्ने ठाउँमा गइरहेका थियौं, तब जोखना हेर्ने आत्‍मा भएकी एउटी कमारी केटीसँग हाम्रो भेट भयो, जसले जोखना हेरेर त्‍यसका मालिकहरूका निम्‍ति धेरै कमाइ गरिदिन्‍थी। 17त्‍यो पावल र हाम्रा पछिपछि लागी, र यसो भन्‍दै चिच्‍च्‍याई, “यी मानिसहरू सर्वोच्‍च परमेश्‍वरका सेवकहरू हुन्‌। यिनीहरूले तिमीहरूलाई मुक्तिका बाटोको घोषणा गर्छन्‌।” 18त्‍यसले धेरै दिनसम्‍म यसो गरिरही। तब पावलले झिजो मानेर फनक्‍क फर्की त्‍यस दुष्‍टात्‍मालाई भने, “येशू ख्रीष्‍टको नाउँमा म तँलाई त्‍यसबाट निस्‍कने आज्ञा गर्दछु।” अनि त्‍यो दुष्‍टात्‍मा त्‍यही घड़ी निस्‍किहाल्‍यो।.......................................................................

....................................................................................................................................................................

6 -PAUL AND SILAS WERE DELIVERED FROM PRISON BY DIVINE EARTHQUAKE

- ACT 16:25-33 .......

25तर आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्‍वरका भजन गाइरहेका थिए, र अरू कैदीहरूले सो सुनिरहेका थिए। 26तब एक्‍कासि एउटा ठूलो भैँचालो गयो, र झ्‍यालखानका जगहरू हल्‍लिए, र तुरुन्‍तै जम्‍मै ढोकाहरू उघ्रिए, र सबैका बन्‍धनहरू खुले। 27झ्‍यालखानका हाकिम निद्राबाट ब्‍यूँझे, र झ्‍यालखानका ढोकाहरू उघ्रेका देखेर कैदीहरू सबै भागिसके भन्‍ठानेर उनले अपहत्‍या गर्ने विचारले आफ्‍नो तरवार थुते। 28तर पावलले चर्को सोरले यसो भन्‍दै कराए, “तपाईंले आफूलाई केही नोक्‍सानी नगर्नुहोस्, किनकि हामी सबै यहीँ छौं।”

29तब बत्ती मागेर उनी हामफाल्‍दै भित्र आए, र डरले काम्‍दै पावल र सिलासका अगाडि घोप्‍टो परे। 30तिनीहरूलाई बाहिर ल्‍याएर उनले भने, “उद्धार पाउनलाई मैले के गर्नुपर्छ?”

31अनि तिनीहरूले भने, “प्रभु येशू ख्रीष्‍टमा विश्‍वास गर्नुहोस्, र तपाईंले उद्धार पाउनुहुनेछ— तपाईं र तपाईंका परिवारले।” 32तिनीहरूले उनलाई र उनको घरमा भएका जति सबैलाई प्रभुको वचन सुनाए। 33तब रातको त्‍यही घड़ी उनले तिनीहरूलाई लगेर घाउ धोइदिए। अनि उनी र उनका परिवारले तुरुन्‍तै बप्‍तिस्‍मा लिए।

........................................................................................................................................................

7 - THE HOLY GHOST WAS IMPARTED AT EPHESUS BY THE LAYING ON OF PAUL'S HANDS - ACT 19:1-7,

पावल एफिससमा

1अपोल्‍लोस कोरिन्‍थमा हुँदा पावल भित्री इलाकाहरू भएर एफिससमा आए। त्‍यहाँ तिनले कुनै-कुनै चेलाहरूलाई भेट्टाए। 2तिनले उनीहरूलाई भने, “जब तिमीहरूले विश्‍वास गर्‍यौ के तिमीहरूले पवित्र आत्‍मा पायौ?”

उनीहरूले तिनलाई भने, “पवित्र आत्‍मा हुनुहुन्छ भन्‍ने त हामीले सुनेका पनि छैनौं।”

3अनि तिनले उनीहरूलाई भने, “तब तिमीहरूले कस्‍तो बप्‍तिस्‍मा लियौ?”

उनीहरूले भने, “यूहन्‍नाको बप्‍तिस्‍मा।”

4तब पावलले भने, “यूहन्‍नाले दिएको बप्‍तिस्‍माचाहिँ पश्‍चात्तापको बप्‍तिस्‍मा थियो। उनीपछि आउनुहुने व्‍यक्ति, अर्थात्‌ येशूमाथि विश्‍वास गर्नू भनी उनले मानिसहरूलाई बताउँथे।” 5यो कुरा सुनेर उनीहरूले प्रभु येशूको नाउँमा बप्‍तिस्‍मा लिए। 6जब पावलले उनीहरूमाथि हात राखे, तब पवित्र आत्‍मा उनीहरूमाथि आउनुभयो, र उनीहरू अन्‍य भाषामा बोले र अगमवाणी गरे। 7उनीहरू प्राय: बाह्र जना जति थिए।..................

....................................................................................................................................................................................

8 - HEALING AND EXORCISMS TOOK PLACE VIA HANDKERCHIEFS AND APRONS THAT HAD BEEN PLACED ON PAUL'S BODY - ACT 19:11-12, ....

....11परमेश्‍वरले पावलको हातबाट असाधारण आश्‍चर्य कामहरू गर्नुभयो, 12यहाँसम्‍म कि रूमाल अथवा पछ्यौरा तिनको शरीरमा छुवाएर बिरामीहरूकहाँ लगिन्‍थे, र तिनीहरूका शरीरबाट रोग जान्‍थे र दुष्‍टात्‍मा पनि निस्‍कन्‍थे।...............

................................................................................................................................................................................

9 - EUTYCHUS WAS RAISED FROM THE DEAD AT TROAS AFTER HE HAD FALLEN FROM A THIRD STORY WINDOW - ACT 20:9-10........

...युटिकस नाउँ भएको एक जना युवक झ्‍यालमा बसेको थियो। पावलले धेरै बेरसम्‍म कुरा गरिरहँदा त्‍यो गहिरो निद्रामा पर्‍यो र निद्राको वशमा परी त्‍यो तेस्रो तलाबाट खस्‍यो र त्‍यसलाई तिनीहरूले मृत अवस्‍थामा उठाए। 10तब पावल तल ओर्ले, र घोप्‍टो परी त्‍यसलाई अँगालो हाले र भने, “नघबराओ किनभने त्‍यो जीवितै छ।” ..............................

..............................................................................................................................................................

10 - PAUL WAS UNAFFECTED AFTER BEING BITTEN BY A VIPER - ACT 28:3-6,......

...3पावलले एक बिटा दाउरा जम्‍मा गरेका थिए र सो ल्‍याएर आगोमा हाले। आगोको तापले एउटा सर्प निस्‍केर आयो, र तिनको हातमा बेह्रियो। 4त्‍यहाँका बासिन्‍दाहरूले तिनको हातमा सर्प बेह्रिएको देखेर आपसमा भन्‍न लागे, “यो मानिस पक्‍का पनि ज्‍यानमारा नै हुनुपर्छ। यो समुद्रबाट बाँचेर त निस्‍क्‍यो तर इन्‍साफबाट यो उम्‍कन सकेन।” 5तर पावलले चाहिँ त्‍यस सर्पलाई आगोमा झट्‌कारिदिए, र तिनको केही बिगार हुन पाएन। 6तर तिनको शरीर सुनिनेछ, अथवा तिनी एक्‍कासि ढलेर मर्नेछन्‌ भनी तिनीहरूले प्रतीक्षा गर्न लागे। तर धेरै बेरसम्‍म प्रतीक्षा गरिरहँदा पनि तिनको केही बिगार नभएको देखेर तिनीहरूले आफ्‍नो विचार बद्‌लेर भन्‍न लागे, “यिनी त देवता पो रहेछन्‌।”.....................................................................

....................................................................................................................................................................

11 - PUBLIUS' FATHER AND OTHERS WERE HEALED THROUGH PAUL'S MINISTRY - ACT 28: 8-9.....

...8पब्‍लियसका बुबा जरो र आउँको रोगले बिरामी थिए। पावल तिनलाई हेर्न गए, र तिनको लागि प्रार्थना गरे, र आफ्‍नो हात तिनीमाथि राखी तिनलाई निको पारे। 9यो घटना भएपछि, त्‍यस टापूका अरू रोगी मानिसहरू पनि आए, र निको पारिए। ........

43 - Miracles from Jesus;

1 - Jesus was conceived by holy spirit - Mt 1:18-25,

18येशू ख्रीष्‍टको जन्‍म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्‍माद्वारा गर्भवती भएकी थाहा भयो।  19तर तिनका पति योसेफ धार्मिक मानिस भएका हुनाले, तिनलाई शर्ममा पार्ने इच्‍छा नगरी तिनलाई गुप्‍तमै त्‍याग्‍ने इच्‍छा गरे।

20तर जब उनले यी कुरा विचार गर्दैथिए, सपनामा परमप्रभुका दूत देखा परे, र उनलाई यसो भने, “योसेफ, दाऊदका छोरा, तिम्री पत्‍नी मरियमलाई स्‍वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्‍छ, उहाँ पवित्र आत्‍माबाट हुनुहुन्‍छ। 21तिनले एउटा पुत्र जन्‍माउनेछिन्, र तिमीले उहाँको नाउँ येशू राख्‍नेछौ, किनभने उहाँले आफ्‍ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ।” 

22अगमवक्ताद्वारा परमप्रभुले बोल्‍नुभएको वचन पूरा हुनलाई नै यी सबै भएका हुन्‌: 23“हेर, कन्‍याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्‍माउनेछिन्, र उहाँको नाउँ इम्‍मानुएल राखिनेछ,” जसको अर्थ हो, “परमेश्‍वर हामीहरूसँग।”

24योसेफ निद्राबाट ब्‍यूँझे, र परमप्रभुका दूतले उनलाई भनेबमोजिम उनले मरियमलाई आफ्‍नी पत्‍नीको रूपमा स्‍वीकार गरे। 25मरियमले पुत्र नजन्‍माउञ्‍जेल योसेफले तिनीसँग सहवास गरेनन्‌। योसेफले उहाँको नाउँ येशू राखे।.....................

..............................................................................................................................................................................................

2 - Jesus healed leper who worshiped him - Mt 8:1-4,

1उहाँ डाँड़ाबाट ओर्लनुभएपछि ठूलो भीड उहाँको पछि लाग्‍यो। 2एक जना कुष्‍ठरोगी उहाँकहाँ आयो, र उहाँको अगि घुँड़ा टेकी यसो भन्‍यो, “हे प्रभु, तपाईंको इच्‍छा भए मलाई निको पार्न सक्‍नुहुन्‍छ।”

3उहाँले आफ्‍नो हात पसारेर त्‍यसलाई छुनुभयो, र भन्‍नुभयो, “म इच्‍छा गर्छु, तिमी निको भइजाऊ।” तुरुन्‍तै त्‍यसको कुष्‍ठरोग निको भइगयो। 4तब येशूले त्‍यसलाई भन्‍नुभयो, “कसैलाई नभन्‍नू। तर जाऊ, र आफूलाई पूजाहारीकहाँ देखाऊ, र मोशाले आज्ञा गरेको भेटी चढ़ाऊ, र मानिसहरूलाई प्रमाण होस्‌।” 

.........................................................................................................................................................................

3 - Jesus healed centurion's servant - Mt 8:5-13 ....

5येशू कफर्नहुममा पस्‍नुहुँदा एक जना कप्‍तान उहाँकहाँ आएर बिन्‍ती गर्न लागे। तिनले भने, 6“हे प्रभु, मेरो नोकर पक्षाघातले साह्रै दुःख पाएर घरमा ओछ्यान परेको छ।”

7उहाँले तिनलाई भन्‍नुभयो, “म आएर त्‍यसलाई निको पार्नेछु।”

8तर कप्‍तानले भने, “हे प्रभु, तपाईंलाई मेरो घरमा स्‍वागत गर्ने योग्‍यको म छैनँ। तर वचन मात्र बोलिदिनुहोस्, र मेरो नोकर निको हुनेछ। 9किनकि म पनि अधिकारीहरूका अधीनमा छु, अनि मेरो अधीनमा सिपाहीहरू छन्‌। म एक जनालाई ‘जा’ भन्‍छु, अनि त्‍यो जान्‍छ, र अर्कालाई ‘आइज’ भन्‍छु, अनि त्‍यो आउँछ। मेरो कमारालाई ‘यसो गर्’ भन्‍छु, अनि त्‍यसले त्‍यो गर्छ।”

10तिनको कुरा सुनेर येशूले आश्‍चर्य मान्‍नुभयो, र उहाँको पछि आउनेहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, इस्राएलमा पनि यति ठूलो विश्‍वास मैले भेट्टाएको छैनँ। 11म तिमीहरूलाई भन्‍दछु, पूर्व र पश्‍चिमबाट धेरै जना आउनेछन्, र अब्राहाम, इसहाक र याकूबसँग स्‍वर्गका राज्‍यको भोजमा बस्‍नेछन्‌।  12तर राज्‍यका सन्‍तान बाहिरी अन्‍धकारमा फालिनेछन्‌। त्‍यहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।” 

13तब येशूले कप्‍तानलाई भन्‍नुभयो, “जाऊ, जस्‍तो तिमीले विश्‍वास गरेका छौ, त्‍यस्‍तै तिमीलाई होस्‌।” अनि त्‍यो नोकर त्‍यही घड़ी निको भयो।

...........................................................................................................................................................................

4 - Jesus healed peter's mother in law - Mt 8:14-15,

..14पत्रुसको घरमा आउनुभएपछि येशूले तिनकी सासूलाई जरोले थलिएर पस्रिएकी देख्‍नुभयो। 15उहाँले तिनको हात छुनुभयो, र जरोले तिनलाई छोड़्यो। अनि तिनी उठिन्, र उहाँको सेवा गरिन्‌।

........................................................................................................................................................................

5 - Jesus cast out devils with his wards - Mt 8:16, ...

....16जब साँझ पर्‍यो, तब तिनीहरूले उहाँकहाँ भूत लागेका धेरै जनालाई ल्‍याए। र उहाँले वचनद्वारा नै भूतहरूलाई निकाल्‍नुभयो, र जति बिरामी थिए, सबैलाई निको पार्नुभयो।..........

..................................................................................................................................................................

6 - Jesus rebuked the wind and raging sea - Mt 8:23-27, ...

23उहाँ डुङ्गामा चढ्‌नुभएपछि उहाँका चेलाहरू उहाँको पछि लागे। 24अकस्‍मात्‌ तालमा ठूलो आँधी आयो, र छालले डुङ्गालाई ढाक्‍न लाग्‍यो। येशू निदाइरहनुभएको थियो। 25चेलाहरू आएर यसो भन्‍दै उहाँलाई बिउँझाए, “बचाउनुहोस्‌ प्रभु! हामीहरू नष्‍ट हुन लाग्‍यौं।”

26येशूले तिनीहरूलाई भन्‍नुभयो, “अल्‍पविश्‍वासी मानिस हो, तिमीहरू किन डराउँछौ?” तब उठेर उहाँले बतास र समुद्रलाई हकार्नुभयो, र आँधी बिलकुल शान्‍त भयो।

27“यिनी त कस्‍ता मानिस हुन्, किनभने बतास र समुद्रले पनि यिनका आज्ञा मान्‍दारहेछन्” भनी ती मानिसहरू छक्‍क परे।.

..............................................................................................................................................................................

7 - Jesus cast legion demons out of two men and let the demons go in to

the heart of swine  - Mt 8:28 - 34,  

28जब उहाँ पारिपट्टि गदरिनीहरूको मुलुकमा आउनुभयो, तब भूत लागेका दुई जना मानिसहरूले चिहानबाट आउँदैगर्दा उहाँलाई भेटे। तिनीहरू यति डरलाग्‍दा थिए, कि कोही पनि त्‍यहाँबाट आउन-जान सक्‍दैनथिए। 29तिनीहरूले यसो भन्‍दै चिच्‍च्‍याए, “हे परमेश्‍वरका पुत्र, तपाईंको हामीहरूसँग के सरोकार? हाम्रो समय नपुगी हामीहरूलाई कष्‍ट दिन तपाईं यहाँ आउनुभएको हो?”

30तिनीहरूदेखि केही टाढ़ामा सुँगुरको एक ठूलो बगाल चरिरहेको थियो। 31भूतहरूले उहाँलाई यसो भनेर बिन्‍ती गरे, “यदि तपाईंले हामीलाई निकाल्‍नुहुन्‍छ भने, हामीलाई सुँगुरको बथानमा पठाइदिनुहोस्‌।”

32अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जाओ।” तब तिनीहरू निस्‍केर सुँगुरहरूमा पसे, र सुँगुरको जम्‍मै बगाल भिरालोबाट समुद्रतिर हुर्रिंदैगए, र पानीमा डुबेर मरे। 33सुँगुर चराउनेहरू भागे र सहरमा गएर सबै कुरा, र ती भूत लागेकाहरूलाई के भयो सो सुनाइदिए। 34तब जम्‍मै सहर नै येशूलाई भेट गर्न उल्‍टेर आयो, र उहाँलाई देखेर मानिसहरूले तिनीहरूको इलाकाबाट जानुहोस्‌ भनी उहाँलाई बिन्‍ती गरे।

.................................................................................................................................................................

8 - Jesus healed palsied man also forgive his sins - Mt 9:1-8,....

1त्‍यसपछि येशू डुङ्गामा चढ़ेर पारि जानुभयो, र उहाँको आफ्‍नो सहरमा आउनुभयो। 2मानिसहरूले खाटमा पस्रिरहेको एक जना पक्षाघातीलाई उहाँकहाँ ल्‍याए। येशूले तिनीहरूको विश्‍वास देखेर पक्षाघातीलाई भन्‍नुभयो, “छोरा, साहस गर। तिम्रा पाप क्षमा भए।”

3शास्‍त्रीहरूमध्‍ये कतिले आपसमा भने, “यिनी परमेश्‍वरको निन्‍दा गर्दैछन्‌।”

4येशूले तिनीहरूको विचार बुझेर भन्‍नुभयो, “तिमीहरू किन आफ्‍ना हृदयमा दुष्‍ट विचार गर्दछौ? 5किनकि के भन्‍नु सजिलो छ, ‘तिम्रा पाप क्षमा भए’ भन्‍नु कि ‘उठ र हिँड़’ भन्‍नु? 6तर मानिसको पुत्रलाई पृथ्‍वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान्‍न सक।” तब उहाँले त्‍यस पक्षाघातीलाई भन्‍नुभयो, “उठ, तिम्रो खाट बोक, र घर जाऊ।” 7अनि त्‍यो उठ्यो, र आफ्‍नो घरतिर लाग्‍यो। 8जब भीड़ले यो देख्‍यो, तब तिनीहरू भयभीत भए, र मानिसहरूलाई यस्‍तो शक्ति दिनुहुने परमेश्‍वरको प्रशंसा गरे।

.............................................................................................................................................................

9 - A woman with an issue of blood was healed  when she touched the hem of Jesus - Mt 9:20-22,.

20त्‍यति नै बेला बाह्र वर्षदेखि रगत बग्ने रोग भएकी एउटी स्‍त्रीले पछिल्‍तिरबाट आएर उहाँका वस्‍त्रको किनार छोई। 21किनकि त्‍यसले मनमनै सोचेकी थिई, “मैले उहाँको वस्‍त्र मात्र छोएँ भने पनि म निको भइजानेछु।”

22फनक्‍क फर्की हेर्दा येशूले त्‍यस स्‍त्रीलाई देख्‍नुभयो, र भन्‍नुभयो, “छोरी, साहस गर, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।” त्‍यो स्‍त्री त्‍यही घड़ी निको भई।..................

....................................................................................................................................................................

10 - Jesus raised Jairus's Daughter from dead - Mt 9:23-25 .............

...23अनि जब येशू शासकको घरमा आइपुग्‍नुभयो, उहाँले बाँसुरी बजाउनेहरू र भीड़ले खैलाबैला मचाइरहेका देख्‍नुभयो। 24उहाँले तिनीहरूलाई भन्‍नुभयो, “बाहिर जाओ, किनकि ठिटी मरेकी छैन, तर सुतेकी छे।” तिनीहरूले उहाँको हाँसो गरे। 25भीड़लाई बाहिर निकाल्‍नुभएपछि उहाँ भित्र पस्‍नुभयो, र त्‍यस ठिटीको हात समात्‍नुभयो, अनि त्‍यो ठिटी जुरुक्‍क उठी।..

.......................................................................................................................................................................

11 - Two blind Men were healed when Jesus touched their eyes - Mt 9:27-30,

27येशू त्‍यहाँबाट जानुहुँदा दुई जना अन्‍धाहरू “हे दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्‌” भनी कराउँदै उहाँको पछिपछि लागे।

28उहाँ घरमा पस्‍नुभएपछि ती अन्‍धा मानिसहरू उहाँकहाँ आए। येशूले तिनीहरूलाई भन्‍नुभयो, “म यो गर्न सक्‍छु भनी के तिमीहरू विश्‍वास गर्दछौ?”

तिनीहरूले उहाँलाई भने, “ज्‍यू, प्रभु।”

29तब उहाँले तिनीहरूका आँखा छोएर भन्‍नुभयो, “तिमीहरूको विश्‍वासअनुसार तिमीहरूलाई होस्‌।” 30अनि तिनीहरूका आँखा खोलिए। येशूले यसो भनेर तिनीहरूलाई कड़ा आज्ञा दिनुभयो, “यो कुरो कसैले थाहा नपाओस्‌।” 

.........................................................................................................................................................................

12 - Jesus exorcised dumb demoniac then demoniac able to speak -

Mt 9:32-33..

..32जब उहाँहरू निस्‍केर जाँदैहुनुहुन्‍थ्‍यो, तब भूत लागेको एउटा गूँगो मानिस उहाँकहाँ ल्‍याइयो। 33भूत निकालिएपछि त्‍यो गूँगो बोल्‍यो। अनि “इस्राएलमा कहिल्‍यै यस्‍तो देखिएन” भन्‍दै भीड छक्‍क पर्‍यो।..

......................................................................................................................................................................

13 - Jesus healed a man who had withered hand - Mt 12:10--13, ..

 10त्‍यहाँ एउटा हात सुकेको मानिस थियो। तिनीहरूले येशूलाई दोष लगाउने अभिप्रायले उहाँलाई सोधे, “के शबाथमा कसैलाई निको पार्नु उचित छ?”

11उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमध्‍ये कसैको एउटा भेड़ा छ, र शबाथमा त्‍यो खाल्‍डोमा पर्‍यो भने, के तिमी त्‍यसलाई समातेर बाहिर निकाल्‍दैनौ र?  12भेड़ाभन्‍दा मानिस कति बढ़ी मूल्‍यवान्‌ छ? यसैकारण शबाथमा भलो गर्नु उचित छ।”

13तब उहाँले त्‍यस मानिसलाई भन्‍नुभयो, “तिम्रो हात पसार।” त्‍यसले हात पसार्‍यो, र त्‍यो हात अर्को जस्‍तै सद्दे भइगयो। 14तर फरिसीहरूले बाहिर गएर उहाँलाई कसरी नाश गरौं भनेर उहाँको विरुद्धमा मतो गर्न लागे।

............................................................................................................................................................................................................

14 - A blind and Dumb demoniac was exorcised by Jesus and able to speak and see  - Mt 12:22....

..22तब उहाँकहाँ भूत लागेको एक जना अन्‍धो र गूँगो मान्‍छे ल्‍याइयो। येशूले त्‍यसलाई निको पार्नुभयो, यतिसम्‍म कि, त्‍यो गूँगो मानिस बोल्‍ने र देख्‍ने भयो।...

..............................................................................................................................................................................

15 - Jesus feed 5000 , five loaves and two fish - Mt 14:15-21........

15साँझ परेपछि चेलाहरू यसो भन्‍दै उहाँकहाँ आए, “यो निर्जन ठाउँ छ, र दिन ढलिसक्‍यो। भीड़लाई बिदा दिनुहोस्, र यिनीहरूले गाउँ-गाउँमा गएर आफ्‍ना लागि खानेकुरा किनून्‌।”

16तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिनीहरूलाई जानु आवश्‍यक छैन। तिमीहरूले नै यिनीहरूलाई खान देओ।”

17तिनीहरूले उहाँलाई भने, “यहाँ हामीहरूसित पाँच रोटी र दुई माछा मात्र छन्‌।”

18तब उहाँले भन्‍नुभयो, “ती मकहाँ ल्‍याओ।” 19उहाँले भीड़लाई घाँसमा बस्‍ने आज्ञा दिनुभयो, र ती पाँच रोटी र दुई माछा लिएर स्‍वर्गतिर हेरी परमेश्‍वरलाई धन्‍यवाद दिनुभयो, र रोटीहरू भाँचेर चेलाहरूलाई दिनुभयो, र चेलाहरूले मानिसहरूलाई दिए। 20ती सबैले खाएर तृप्‍त भए, र उब्रेका टुक्राहरू तिनीहरूले बाह्र डालाभरि उठाए। 21स्‍त्रीहरू र केटाकेटीहरूबाहेक खानेहरू प्राय: पाँच हजार पुरुषहरू थिए।..........

.....................................................................................................................................................

16 - Jesus walked on the water - Mt 14:25,........

...25बिहान तीन बजेतिर उहाँ समुद्रमाथि हिँड्‌दै तिनीहरूकहाँ आउनुभयो।............

........................................................................................................................................................

17 - Jesus made possible for Peter walk on the water - Mt 14:28-31.,     

28पत्रुसले उहाँलाई भने, “हे प्रभु, तपाईं नै हुनुहुन्‍छ भने, मलाई तपाईंकहाँ पानीमाथि आउने आज्ञा दिनुहोस्‌।”

29उहाँले भन्‍नुभयो, “आऊ।”

पत्रुस डुङ्गाबाट ओर्लेर येशूकहाँ जानलाई पानीमाथि हिँड्‌न लागे। 30तर बतास जोड़ले चलेको देखेर तिनी डराए, र जब डुब्‍नै लागे तब तिनले चिच्‍च्‍याएर भने, “हे प्रभु, मलाई बचाउनुहोस्‌।”

31तब येशूले झट्टै हात पसारेर तिनलाई समातिहाल्‍नुभयो, र तिनलाई भन्‍नुभयो, “ए अल्‍पविश्‍वासी, किन शङ्का गर्‍यौ?”...

............................................................................................................................................................................

18 - Jesus cast a demon out of Canaanite woman's daughter

- Mt 15:22-28, 

22त्‍यस इलाकाबाट एउटी कनानी स्‍त्री आएर कराउँदै भन्‍न लागी, “हे प्रभु, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्‌। मेरी छोरीलाई भूतले साह्रै सताएको छ।”

23येशूले त्‍यसलाई केही जवाफ दिनुभएन। उहाँका चेलाहरूले आएर उहाँलाई बिन्‍ती गरे, “यसलाई बिदा गर्नुहोस्, किनभने त्‍यो कराउँदै हाम्रो पछि लागिरहिछे।”

24उहाँले भन्‍नुभयो, “म इस्राएल जातिका हराएका भेड़ाहरूका निम्‍ति मात्र पठाइएको हुँ।”

25तर त्‍यो स्‍त्री आएर उहाँको अघि घोप्‍टो परी र भनी, “हे प्रभु, मलाई सहायता गर्नुहोस्‌।”

26उहाँले भन्‍नुभयो, “बालकहरूको रोटी लिएर कुकुरहरूलाई फालिदिनु ठीक हुँदैन।”

27त्‍यसले भनी, “हो प्रभु, तर कुकुरहरूले पनि त आफ्‍ना मालिकको टेबिलबाट झरेका टुक्राटाक्री खान्‍छन्‌।”

28तब येशूले त्‍यसलाई जवाफ दिनुभयो, “ए नारी, तिम्रो विश्‍वास ठूलो रहेछ। तिमीले इच्‍छा गरेबमोजिम तिमीलाई होस्‌।” त्‍यसकी छोरी त्‍यही घड़ी निको भइहाली।

....................................................................................................................................................................

19 - Jesus healed the lame , blind and dumb and the maimed - Mt 15:30-31,  .....

30तब ठूला-ठूला भीड उहाँकहाँ आए, र तिनीहरूले साथमा ल्‍याएका लङ्गड़ा, लुला, अन्‍धा, गूँगा र अरू धेरैलाई उहाँका चरणमा राखिदिए, अनि उहाँले तिनीहरूलाई निको पारिदिनुभयो, 31यहाँसम्‍म कि, गूँगाहरू बोलेका, लुलाहरू निको भएका, लङ्गड़ा हिँड़ेका, र अन्‍धाहरूका आँखा खोलिएका देखेर मानिसहरू छक्‍क परे, र तिनीहरूले इस्राएलका परमेश्‍वरको महिमा गरे। ...............................

........................................................................................................................................................................................

20 - Jesus feed 4000 and women and children with seven loaves and few fish - Mt 15:32-39,

32तब येशूले आफ्‍ना चेलाहरूलाई आफूकहाँ बोलाएर भन्‍नुभयो, “म यस भीड़लाई टिठ्याउँछु, किनभने यिनीहरू मसँग रहेका आज तीन दिन भयो, अनि यिनीहरूसित खानलाई केही छैन। यिनीहरूलाई भोकै पठाउन म चाहन्‍नँ। नत्रता तिनीहरू बाटोमा लखतरान होलान्‌।”

33चेलाहरूले उहाँलाई भने, “यस्‍तो ठूलो भीड़लाई यस निर्जन ठाउँमा खुवाउनु हामीले कहाँबाट यति धेरै रोटी पाउने?

34येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूसित कति वटा रोटी छन्‌?”

तिनीहरूले भने, “सात वटा रोटी र केही ससाना माछा छन्‌।”

35उहाँले भीड़लाई भूइँमा बस्‍ने आज्ञा दिनुभयो। 36उहाँले ती सात रोटी र माछा लिएर धन्‍यवाद चढ़ाउनुभएपछि भाँचेर चेलाहरूलाई दिनुभयो, अनि चेलाहरूले मानिसहरूलाई दिए। 37तिनीहरू सबैले खाए र तृप्‍त भए। र उब्रेका टुक्राहरू तिनीहरूले सात डालाभरि उठाए। 38स्‍त्रीहरू र केटाकेटीहरूबाहेक खानेहरू चार हजार पुरुषहरू थिए। 39तब भीड़लाई बिदा गरिसकेपछि उहाँ डुङ्गामा चढ्‌नुभयो, र मगादानको इलाकातिर जानुभयो।

...................................................................................................................................................................................................

21 - Jesus was transfigured - Mt 17:1-9, 

1यसको छ दिनपछि येशूले पत्रुस, याकूब र तिनका भाइ यूहन्‍नालाई आफूसँग एउटा उच्‍च पहाड़माथि अलग्‍गै लैजानुभयो। 2तिनीहरूका सामुन्‍ने उहाँको रूप परिवर्तन भयो। उहाँको चेहरा सूर्यझैँ चम्‍क्‍यो, 3र उहाँका वस्‍त्र प्रकाशझैँ सेता भए। अनि मोशा र एलिया उहाँसँग बातचीत गरिरहेका देखा परे।

4पत्रुसले येशूलाई भने, “हे प्रभु, हामी यहाँ भएको असल छ। तपाईंको इच्‍छा भए म यहाँ तीन वटा वासस्‍थान बनाउनेछु, एउटा तपाईंको निम्‍ति, एउटा मोशाको निम्‍ति र एउटा एलियाको निम्‍ति।”

5तिनी बोल्‍दाबोल्‍दै, चम्‍किलो बादलले तिनीहरूलाई ढाकिहाल्‍यो, र त्‍यस बादलबाट एउटा आवाज आयो, “यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्‍न छु, यिनको कुरा सुन।”

6जब चेलाहरूले यो सुने, तब तिनीहरू अति भयभीत भएर घोप्‍टो परे। 7तर येशूले आएर तिनीहरूलाई छोएर भन्‍नुभयो, “उठ, नडराओ।” 8जब तिनीहरूले आफ्‍ना आँखा उचाले, येशूबाहेक तिनीहरूले अरू कसैलाई देखेनन्‌।

9जब उहाँहरू पहाड़बाट ओर्लंदैहुनुहुन्‍थ्‍यो, येशूले तिनीहरूलाई आज्ञा गर्नुभयो, “जबसम्‍म मानिसको पुत्र मृतकबाट जीवित भई उठ्‌दैन, तबसम्‍म तिमीहरूले यो दर्शनको कुरा कसैलाई नभन्‍नू।”

........................................................................................................................................................................................................

22 - Jesus cast demon out of young boy - Mt 17:14-18, ...............

14तब उहाँहरू भीड भएको ठाउँमा आउनुभएपछि एक जना मानिसले उहाँको सामु आई घुँड़ा टेकेर भन्‍यो, 15“प्रभु, मेरो छोरामाथि दया गर्नुहोस्, किनकि त्‍यसलाई छारेरोग लागेको छ, र ठूलो कष्‍ट भोग्‍दैछ। त्‍यो कहिले आगोमा पर्छ, कहिले पानीमा पस्‍छ। 16मैले त्‍यसलाई तपाईंका चेलाहरूकहाँ ल्‍याएँ, तर तिनीहरूले त्‍यसलाई निको पार्न सकेनन्‌।”

17तब येशूले भन्‍नुभयो, “ए अल्‍पविश्‍वासी र भ्रष्‍ट पुस्‍ता, कहिलेसम्‍म म तिमीहरूका साथमा रहनेछु? कहिलेसम्‍म मैले तिमीहरूलाई सहनु? त्‍यसलाई यहाँ मकहाँ ल्‍याओ।” 18येशूले त्‍यसलाई हकार्नुभयो, र भूतात्‍मा त्‍यसबाट निस्‍किगयो। त्‍यो केटो तुरुन्‍तै निको भयो।

...........................................................................................................................................................................................................................

23 - Jesus sent Peter to catch a fish with money in its mouth so the Peter could pay tribute - Mt 17:24-27....

24जब उहाँहरू कफर्नहुममा आउनुभयो, मन्‍दिरको कर उठाउनेहरूले पत्रुसकहाँ आएर भने, “के तिमीहरूका गुरुले तिरो तिर्दैनन्‌?”

25तिनले भने, “हो, तिर्नुहुन्‍छ।”

पत्रुस घरमा पसेपछि येशूले तिनलाई पहिले भन्‍नुभयो, “सिमोन, तिम्रो विचार के छ? पृथ्‍वीका राजाहरूले महसूल वा कर कोबाट उठाउँछन्‌? आफ्‍ना छोराहरूबाट कि अरूहरूबाट?”

26“अरूहरूबाट,” पत्रुसले जवाफ दिए।

येशूले तिनलाई भन्‍नुभयो, “उसो भए छोराहरूले त छुट पाएका रहेछन्‌। 27तर तिनीहरू हामीबाट नचिढ़िऊन्‌ भन्‍ने हेतुले, समुद्रमा गएर बल्‍छी हान, र पहिले परेको माछा ल्‍याऊ। त्‍यसको मुख खोल्‍दा तिमीले एउटा चाँदीको सिक्‍का पाउनेछौ। त्‍यो लगेर तिम्रो र मेरो निम्‍ति तिनीहरूलाई देऊ।”

.................................................................................................................................................................................

24 - Jesus heal two blind men on the wayside by touching their eyes

- Mt 20:30-34,

30बाटोको छेउमा बसिरहेका दुई जना अन्‍धाहरूले येशू त्‍यो बाटो जाँदैहुनुहुन्‍छ भन्‍ने सुनेर यसो भनी चिच्‍च्‍याए, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्‌।”

31भीड़ले तिनीहरूलाई चूप लाग भनी हप्‍कायो, तर तिनीहरू यसो भन्‍दै झन्‌ साह्रो कराए, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्‌।”

32तब येशू अड़िनुभयो र तिनीहरूलाई बोलाएर भन्‍नुभयो, “तिमीहरू के चाहन्‍छौ? म तिमीहरूका निम्‍ति के गरिदिऊँ?”

33तिनीहरूले उहाँलाई भने, “हे प्रभु, हाम्रा आँखा खोलिदिनुहोस्‌।”

34येशूले टिठ्याएर तिनीहरूका आँखा छोइदिनुभयो र उत्तिखेरै तिनीहरूले दृष्‍टि पाए र तिनीहरू उहाँको पछि लागे।

...........................................................................................................................................................................

25 - JESUS Healed two blind and lame in the temple - Mt 21:14, ...

..14अन्‍धा र लङ्गड़ाहरू मन्‍दिरमा उहाँकहाँ आए, र उहाँले तिनीहरूलाई निको पार्नुभयो। .........................

.......................................................................................................................................................................

26 - Jesus cursed a fig tree - Mt 21:18 -20 ............

18बिहान सहरतिर फर्कनुहुँदा उहाँ भोकाउनुभयो। 19बाटोको किनारमा उहाँले एउटा अञ्‍जीरको बोट देख्‍नुभयो। उहाँ त्‍यस बोटको छेउमा आउनुभयो, तर त्‍यसमा पातबाहेक अरू केही पाउनुभएन। तब उहाँले त्‍यसलाई भन्‍नुभयो, “अब उप्रान्‍त तँमा कहिल्‍यै फल नफलोस्‌” र त्‍यो अञ्‍जीरको रूख तुरुन्‍तै ओइलाइहाल्‍यो।

20यो देखेर चेलाहरूले अचम्‍म मानेर भने, “यो अञ्‍जीरको बोट कसरी तुरुन्‍तै ओइलाइहाल्‍यो?” ..................

.....................................................................................................................................................................

27 - Jesus Resurrected - Mt 28:5-10,......

5तर स्‍वर्गदूतले ती स्‍त्रीहरूलाई भने, “तिमीहरू नडराओ, किनभने मलाई थाहा छ, तिमीहरू क्रूसमा टाँगिनुभएको येशूलाई खोज्‍दैछौ। 6उहाँ यहाँ हुनुहुन्‍न, किनकि उहाँले भन्‍नुभएबमोजिम उहाँ जीवित भई उठ्‌नुभएको छ। आओ, उहाँलाई राखिएको ठाउँ हेर। 7तब चाँड़ो गएर उहाँका चेलाहरूलाई खबर देओ, कि उहाँ मृतकबाट जीवित भई उठ्‌नुभएको छ, र उहाँ तिमीहरूभन्‍दा अगाडि गालीलमा जाँदैहुनुहुन्‍छ। तिमीहरूले उहाँलाई त्‍यहाँ देख्‍नेछौ। हेर, मैले तिमीहरूलाई भनिदिएको छु।”

8अनि तिनीहरू डर र अति आनन्‍दसँग झट्टै चिहानबाट निस्‍केर गए, र उहाँका चेलाहरूलाई खबर दिन दगुरे।

9अकस्‍मात्‌ येशूले तिनीहरूलाई भेटेर भन्‍नुभयो, “शान्‍ति!” तिनीहरू नजिक आएर उहाँका पाउ पक्रेर उहाँलाई दण्‍डवत्‌ गरे। 10तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “नडराओ, गएर मेरा भाइहरूलाई गालीलमा जानू भनिदेओ, र त्‍यहाँ तिनीहरूले मलाई देख्‍नेछन्‌।”

......................................................................................................................................................................

28 - Jesus healed deaf and dumb man - Mk :7:31-35.............

31टुरोसको इलाकाबाट निस्‍केर उहाँ सीदोन भएर डेकापोलिसका सिमानाका बीचबाट हुँदै गालील-समुद्रमा जानुभयो। 32त्‍यहाँ मानिसहरूले एक जना बहिरो र गूँगो मानिसलाई उहाँकहाँ ल्‍याए, र त्‍यसमाथि हात राखिदिनोस्‌ भनी उहाँलाई बिन्‍ती गरे।

33त्‍यसलाई भीड़बाट अलग्‍गै एकान्‍तमा लगेर येशूले आफ्‍ना औँला त्‍यसका कानमा लगाउनुभयो। त्‍यसपछि थुकेर त्‍यसको जिब्रो छुनुभयो। 34अनि स्‍वर्गतिर हेरेर लामो सास लिई त्‍यसलाई भन्‍नुभयो, “इफ्‍फाता,” अर्थात्‌ “खोलिजा।” 35त्‍यति नै बेला त्‍यसका कान खोलिए, र त्‍यसको जिब्रोको बन्‍धन फुक्‍यो, र त्‍यो स्‍पष्‍ट बोल्‍न लाग्‍यो।

......................................................................................................................................................................

29 - Jesus healed blind man at Bethsaida by spitting his eyes - Mk 8:22-26, .....

त्‍यसपछि उहाँ बेथसेदा आउनुभयो, र मानिसहरूले एउटा अन्‍धो मानिसलाई उहाँकहाँ ल्‍याए, र त्‍यसलाई छोइदिनुहोस्‌ भनी उहाँसँग बिन्‍ती गरे। 23उहाँले त्‍यस अन्‍धो मानिसको हात समातेर त्‍यसलाई गाउँबाट बाहिर ल्‍याउनुभयो, र त्‍यसका आँखामा थुकेर त्‍यसमाथि आफ्‍ना हात राखी त्‍यसलाई सोध्‍नुभयो, “के तिमी केही देख्‍छौ?”

24अनि माथितिर हेरेर त्‍यसले भन्‍यो, “म मानिसहरूलाई रूखहरूजस्‍तै हिँड़िरहेका देख्‍छु।”

25तब उहाँले फेरि त्‍यसका आँखामा हात राख्‍नुभयो, र त्‍यसले एक टक लाएर हेर्‍यो। त्‍यसले आफ्‍नो दृष्‍टि प्राप्‍त गर्‍यो र सबै थोक छर्लङ्ग देख्‍न लाग्‍यो। 26तब उहाँले त्‍यसलाई गाउँतिर नपस्‍ने हुकुम गरी त्‍यसको घरमा पठाउनुभयो।

................................................................................................................................................................................................

30 - Jesus walked right through a crowd - Lk 4:29-30

29तिनीहरू उठे र उहाँलाई सहरबाट बाहिर निकालिकन जुन पहाड़मा तिनीहरूको सहर बनाइएको थियो, त्‍यसैको टाकुरामा लगेर उहाँलाई तलतिर खसालिदिन खोजे। 30तर उहाँ तिनीहरूका बीचबाट छिरेर निस्‍किजानुभयो।

................................................................................................................................................................................................................................

31 - Jesus exorcised an unclean demon from a man in a synagogue

- Lk 4:33-36........

33सभाघरमा अशुद्ध भूतात्‍मा लागेको एक जना मानिस थियो, र त्‍यो चर्को सोरले चिच्‍च्‍यायो, 34“हे येशू नासरी, तपाईंको हामीहरूसँग के काम? के तपाईं हामीहरूलाई नष्‍ट गर्न आउनुभएको हो? मलाई थाहा छ, तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्‍छ।”

35अनि येशूले त्‍यसलाई हकारेर भन्‍नुभयो, “चूप लाग्, र त्‍यसबाट निस्‍किजा।” त्‍यस मानिसलाई बीचमा पछारेर त्‍यसलाई केही हानि नगरिकन त्‍यो भूतात्‍मा त्‍यसबाट निस्‍केर गयो।

36तब तिनीहरू सबै छक्‍क परे, र आपसमा यसो भने, “यो कस्‍तो वचन हो? यिनले त अधिकार र शक्तिसित अशुद्ध आत्‍माहरूलाई आज्ञा गर्दछन्, र ती निस्‍किजान्‍छन्‌।”

....................................................................................................................................................................

32 - Jesus caused Peter to make great catch of fishes to filled two ships

- Lk 5:4-11,..

4बोलिसक्‍नुभएपछि, उहाँले सिमोनलाई भन्‍नुभयो, “गहिरोतिर लगेर माछा पक्रनलाई आफ्‍ना जाल हान।”

5तर सिमोनले भने, ‘गुरुज्‍यू, हामीले रातभरि मेहनत गरेर पनि केही फेला पारेनौं, तापनि तपाईंको वचनअनुसार म जाल हान्‍नेछु।” 

6अनि जब त्‍यसो गरे, तब तिनीहरूले एक थुप्रो माछा पक्रे, र तिनीहरूका जाल फाट्‌न लागे।  7तिनीहरूले अर्को डुङ्गामा भएका साझेदारहरूलाई आएर सहायता गर्ने इशारा गरे, र आएर तिनीहरूले दुवै डुङ्गा माछाले भरे, यहाँसम्‍म कि डुङ्गाहरू डुब्‍न लागे।

8तब यो देखेर येशूको पाउमा घोप्‍टो परी सिमोन पत्रुसले भने, “हे प्रभु, मबाट जाइजानुहोस्, किनभने म पापी मानिस हुँ।” 9यतिका माछा पक्रेको देखेर तिनी र तिनको साथमा हुनेहरू सबैले साह्रै अचम्‍म माने। 10त्‍यसै गरी जब्‍दियाका छोराहरू याकूब र यूहन्‍ना पनि छक्‍क परे। तिनीहरू सिमोनसँग साझेदार थिए।

येशूले सिमोनलाई भन्‍नुभयो, “नडराऊ, अब उप्रान्‍त तिमीले मानिसहरूलाई पक्रनेछौ।” 11अनि जब तिनीहरूले आफ्‍ना डुङ्गाहरू पाखामा ल्‍याए, तिनीहरूले सबै थोक त्‍यागे, र उहाँको पछि लागे।

..............................................................................................................................................................

33 - Jesus brought life the death son of widow - Lk 7:11-15..............

11भोलिपल्‍ट येशू नाइन नाउँको सहरमा जानुभयो, र उहाँका चेलाहरू र एउटा ठूलो भीड उहाँका साथमा गए। 12जब उहाँ सहरको ढोका नजिक पुग्‍नुभएको थियो, एउटी विधवाको एउटै छोराको लाश लगिँदैथियो। सहरको निकै ठूलो भीड तिनको साथमा थियो। 13जब प्रभुले तिनलाई देख्‍नुभयो, तब तिनलाई टिठ्याएर भन्‍नुभयो, “नरोऊ।”

14अनि नजिक गएर उहाँले अरथी छुनुभयो, र बोक्‍नेहरू टक्‍क अड़िए। उहाँले भन्‍नुभयो, “ए युवक, म तिमीलाई भन्‍दछु, ‘उठ’।” 15तब मृत मानिस उठेर बस्‍यो, र बोल्‍न लाग्‍यो। येशूले त्‍यसलाई आमाको जिम्‍मा लगाउनुभयो।

...............................................................................................................................................................

34 - Jesus healed a woman who was been over and couldn't straighten up

- Lk 13:11-13, ...

..11त्‍यहाँ एउटी स्‍त्री थिई, जसलाई अठार वर्षदेखि दुर्बल पार्ने दुष्‍टात्‍मा लागेको थियो। त्‍यो कुप्री परेकी थिई, र आफै पूर्ण रूपले सीधा हुन सक्‍दिनथिई। 12येशूले त्‍यसलाई देख्‍नुभयो, र बोलाएर भन्‍नुभयो “ए नारी, तिमी आफ्‍नो दुर्बलताबाट मुक्त भयौ।” 13तब उहाँले त्‍यसमाथि आफ्‍ना हात राख्‍नुभयो, र त्‍यो तुरुन्‍तै सीधा भई र परमेश्‍वरको प्रशंसा गर्न लागी।...................

...........................................................................................................................................................

35 - Jesus healed a man of dropsy in the house of one of the chief Pharisees - Lk 14:1-4,....

...1एक शबाथ उहाँ फरिसीहरूका कुनै एक जना शासकको घरमा खान जानुभयो। फरिसीहरू उहाँको चेवामा बसिरहेका थिए। 2जलग्रह रोगले पीडित एक जना मानिस उहाँको सामुन्‍ने थियो। 3येशूले व्‍यवस्‍थाका पण्‍डितहरू र फरिसीहरूलाई सोध्‍नुभयो, “शबाथमा निको पार्नु उचित छ, कि छैन?” 4तर तिनीहरू चूप लागिरहे, र उहाँले त्‍यस रोगीको शरीरमा हात राखी निको पार्नुभयो र त्‍यसलाई जान दिनुभयो।................................................................................

.......................................................................................................................................................

36 - Jesus healed ten lepers at the same time - Lk 17:11-19..........

11येशू यरूशलेमतिर जाँदैहुनुहुन्‍थ्‍यो। यस यात्रामा उहाँ सामरिया र गालीलको सिमाना भएर जानुभयो। 12उहाँ एउटा गाउँमा पस्‍नुहुँदा दश जना कुष्‍ठरोगीसँग उहाँको भेट भयो। टाढ़ै उभिएर तिनीहरूले 13चर्को सोरले भने, “हे येशू गुरुज्‍यू, हामीमाथि कृपा गर्नुहोस्‌।”

14उहाँले तिनीहरूलाई देखेर भन्‍नुभयो, “जाओ, गएर पूजाहारीकहाँ आफैलाई देखाओ।” तिनीहरू जाँदाजाँदै निको भइहाले। 

15तिनीहरूमध्‍ये एक जनाले आफू निको भएको देख्‍यो, र उच्‍च सोरले परमेश्‍वरको महिमा गर्दै त्‍यो फर्क्‍यो, 16र येशूलाई धन्‍यवाद दिएर त्‍यो येशूका पाउमा घोप्‍टो पर्‍यो। त्‍यो एक सामरी थियो।

17येशूले भन्‍नुभयो, “के निको भएका दश जना होइनन्‌ र? अरू नौ जना कहाँ छन्‌? 18के यो विदेशीबाहेक फर्किआएर परमेश्‍वरको प्रशंसा गर्ने अरू कोही भएन?” 19अनि उहाँले त्‍यसलाई भन्‍नुभयो, “उठ, र आफ्‍नो बाटो लाग। तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।”

..........................................................................................................................................................................

37 - Jesus healed the ear of Malchus after Peter chopped it of with a sword - Lk 22:50-51 ...

50तिनीहरूमध्‍ये एक जनाले प्रधान पूजाहारीको नोकरलाई हान्‍यो, र त्‍यसको दाहिने कान च्‍वाट्टै काटिदियो।

51तर येशूले भन्‍नुभयो, “भयो, अब यसो नगर।” अनि त्‍यस मान्‍छेको कान छोएर उहाँले त्‍यसलाई निको पारिदिनुभयो।

....................................................................................................................................................................

38 - Jesus turn water in to wine - Jn 2:1-11....

1तेस्रो दिन गालीलको काना नगरमा एउटा विवाह थियो। येशूकी आमा त्‍यहाँ थिइन्‌। 2येशू र उहाँका चेलाहरू पनि विवाहमा निम्‍त्‍याइएका थिए। 3दाखमद्य सिद्धिएपछि येशूकी आमाले उहाँलाई भनिन्, “तिनीहरूसित दाखमद्य छैन।”

4येशूले तिनलाई भन्‍नुभयो, “हे नारी, मैले के गर्नुपर्छ मलाई नभन्‍नुहोस्‌। मेरो समय अझसम्‍म आएको छैन।” 5उहाँकी आमाले चाकरहरूलाई भनिन्, “उहाँले भन्‍नुभएबमोजिम तिमीहरूले गर।”

6अब यहूदीहरूको शुद्धि हुने प्रथाको निम्‍ति त्‍यहाँ प्राय: एक सय लिटर अटाउने ढुङ्गाका छ वटा घ्याम्‍पाहरू राखिएका थिए। 7येशूले तिनीहरूलाई भन्‍नुभयो, “घ्याम्‍पाहरू पानीले भर।” तिनीहरूले घ्याम्‍पाको मुखसम्‍मै पानी भरिदिए।

8उहाँले तिनीहरूलाई भन्‍नुभयो, “अलिकता उघाएर भोजका मुखियाकहाँ लैजाओ।” तिनीहरूले सो लगे। 9भोजका मुखियाले त्‍यो पानी चाखे, जो अब दाखमद्यमा परिणत भएको थियो। त्‍यो कहाँबाट आएको हो सो तिनलाई थाहा थिएन, तर पानी भर्ने चाकरहरूलाई भने थाहा थियो।

तब भोजका मुखियाले दुलहालाई बोलाएर भने, 10“हरेक मानिसले पहिले असल दाखमद्य टक्र्याउँछ अनि मानिसहरूले निकै खाइसकेपछि मात्र कमसल दाखमद्य राखिदिन्‍छ। तिमीले त असल दाखमद्य अहिलेसम्‍म राखिछोड़ेछौ।”

11उहाँका चिन्‍हहरूमध्‍ये यो पहिलो चिन्‍ह येशूले गालीलको कानामा गर्नुभयो। यसरी उहाँले आफ्‍नो महिमा प्रकट गर्नुभयो, अनि उहाँका चेलाहरूले उहाँमाथि विश्‍वास गरे।

............................................................................................................................................................................

39 - Jesus healed nobleman's son of fever - Jn 4:46-54..............................

46त्‍यसपछि उहाँ फेरि गालीलको काना नगरमा आउनुभयो, जहाँ उहाँले पानीलाई दाखमद्य बनाउनुभएको थियो। कफर्नहुममा एक जना उच्‍च अधिकारी थिए, जसको छोरो बिरामी थियो।  47येशू यहूदियाबाट गालीलमा आउनुभएको छ भन्‍ने सुनेर तिनी उहाँकहाँ गए, अनि तिनको छोरालाई आएर निको पारिदिन भनी उहाँलाई बिन्‍ती गरे, किनकि तिनको छोरो मर्नै आँटेको थियो।

48येशूले तिनलाई भन्‍नुभयो, “तिमीहरू चिन्‍ह र अचम्‍मका कामहरू नदेखेसम्‍म कुनै रीतिले विश्‍वास गर्दैनौ।”

49ती उच्‍च अधिकारीले उहाँलाई भने, “हजूर, मेरो छोरो मर्नुभन्‍दा अघि नै आइदिनुहोस्‌।”

50येशूले तिनलाई भन्‍नुभयो, “जाऊ, तिम्रो छोरो बाँच्‍नेछ।” येशूले तिनलाई भन्‍नुभएको वचन ती मानिसले विश्‍वास गरे, र आफ्‍नो बाटो लागे।

51अनि तिनी जाँदैगर्दा बाटैमा तिनका चाकरहरूले तिनलाई भेटेर तिनको छोरा बाँच्‍यो भनी तिनलाई बताए। 52कुन घड़ीदेखि त्‍यसलाई सन्‍चो हुन लाग्‍यो भनी तिनले तिनीहरूलाई सोध्‍दा तिनीहरूले भने, “हिजो दिउँसो एक बजेदेखि जरोले तिनलाई छोड़्यो।” 53येशूले तिनलाई “तिम्रो छोरो बाँच्‍नेछ” भन्‍नुभएको घड़ीदेखि नै हो रहेछ भनी बाबुले थाहा पाए। अनि तिनी आफैले र तिनका सारा परिवारले विश्‍वास गरे।

54यहूदियाबाट गालीलमा आएर येशूले गर्नुभएको यो दोस्रो चिन्‍ह थियो।

............................................................................................................................................................

40 - Jesus heal a impotent man who was sick for 38 years  - Jn 5:2-9...........

2यरूशलेममा भेड़ा-ढोकाको नजिक पाँच वटा दलान भएको एउटा जल-कुण्‍ड छ, जसलाई हिब्रू भाषामा बेथस्‍दा भनिन्‍छ। 3त्‍यहाँ अनेक रोगीहरू, अर्थात्‌— अन्‍धा, लङ्गड़ा, पक्षाघातीहरू पस्रिरहन्‍थे। [तिनीहरू पानी कति बेला छचल्‍किन्‍छ भनेर पर्खिरहन्‍थे। 4किनभने परमप्रभुका एउटा दूतले बेला-बेलामा जल-कुण्‍डमा ओर्लेर पानी हल्‍लाइदिन्‍थे, र पानी छचल्‍किएपछि जो पहिला पानी भित्र पस्‍थ्‍यो, जस्‍तै रोगले ग्रस्‍त भए पनि, त्‍यो निको भइहाल्‍थ्‍यो।]

5त्‍यहाँ अठतीस वर्षदेखि बिरामी भएको एक जना मानिस थियो। 6येशूले त्‍यसलाई त्‍यहाँ पस्रिरहेको देख्‍नुभयो अनि लामो समयदेखि त्‍यो यस दशामा रहेछ भनी जानेर येशूले त्‍यसलाई भन्‍नुभयो, “के तिमी निको हुन चाहन्‍छौ?”

7रोगीले उहाँलाई भन्‍यो, “हजूर, जुन बेला पानी छचल्‍काइन्‍छ मलाई जलकुण्‍डमा हालिदिने मेरो कोही मानिस छैन, म जाँदाजाँदै मभन्‍दा अगाडि अर्को मान्‍छे पानीमा ओर्लिहाल्‍छ।”

8येशूले त्‍यसलाई भन्‍नुभयो, “खड़ा होऊ, र आफ्‍नो ओछ्यान उठाऊ, र हिँड़।” 9तुरुन्‍तै त्‍यो मानिस निको भयो, र आफ्‍नो ओछ्यान बोकी ऊ हिँड़िहाल्‍यो।

त्‍यो दिन शबाथ-दिन थियो। 

........................................................................................................................................................................

41 - Jesus heal a man who was born blind - Jn 9:1-7,......

1त्‍यहाँबाट जाँदैगर्दा येशूले एक जना जन्‍मैको अन्‍धालाई देख्‍नुभयो। 2उहाँका चेलाहरूले उहाँलाई सोधे, “रब्‍बी, कसले पाप गर्‍यो, यसले कि यसका आमा-बुबाले, र यो अन्‍धो जन्‍म्‍यो?”

3येशूले जवाफ दिनुभयो, “न त यसले पाप गर्‍यो न यसका आमा-बुबाले, तर यो यस हेतुले भयो कि परमेश्‍वरको काम यस मानिसको जीवनमा प्रकट होस्‌। 4मलाई पठाउनुहुनेका कामहरू हामीले दिन छँदै गर्नुपर्छ। रात आउँछ, जब कसैले काम गर्न सक्‍दैन। 5म संसारमा रहुञ्‍जेल म संसारको ज्‍योति हुँ।” 

6यी कुरा भनेर उहाँले भूइँमा थुक्‍नुभयो, र थूकले माटो मुछेर लेप बनाई त्‍यसका आँखामा लगाइदिनुभयो। 7अनि उहाँले त्‍यसलाई भन्‍नुभयो, “जाऊ, सिलोआमको (जसको अर्थ हो, पठाइएको) तलाउमा गएर पखाल।” त्‍यसले गएर पखाल्‍यो, र देख्‍ने भएर फर्क्‍यो।

................................................................................................................................................................................................................

42 - Jesus raised Lazarus from dead - Jn 11:41-44..............................

41तिनीहरूले ढुङ्गो हटाए। अनि येशूले मास्‍तिर नजर उठाएर भन्‍नुभयो, “हे पिता, म तपाईंलाई धन्‍यवाद दिन्‍छु, किनकि तपाईंले मेरो बिन्‍ती सुन्‍नुभयो। 42मलाई थाहा छ, कि तपाईंले मेरो बिन्‍ती सधैँ सुन्‍नुहुन्‍छ। तर यहाँ उभिएका भीड़को खातिर मैले यो भनेको हुँ, ताकि तपाईंले मलाई पठाउनुभएको हो भनी तिनीहरूले विश्‍वास गरून्‌।”

43अनि यो कुरा भन्‍नुभएपछि उहाँ उच्‍च सोरले कराउनुभयो, “लाजरस, बाहिर निस्‍की आऊ।” 44त्‍यो मृत मानिस त्‍यसको हात-खुट्टा पट्टीले बाँधिएकै र अनुहार लुगाले बेह्रिएकैमा बाहिर निस्‍की आयो। येशूले तिनीहरूलाई भन्‍नुभयो, “त्‍यसको बन्‍धन खोलिदेओ, र त्‍यसलाई जान देओ।”

....................................................................................................................................................................

43 - Jesus caused the apostles to make a miraculous catch of fish after Jesus was resurrected   - Jn 21:3-11...........................

 3सिमोन पत्रुसले तिनीहरूलाई भने, “म माछा मार्न जाँदैछु।” तिनीहरूले उनलाई भने, “हामी पनि तिमीसँग आउँछौं।” तिनीहरू गएर डुङ्गामा चढ़े, तर त्‍यो रात तिनीहरूले केही पक्रेनन्‌।

4बिहान हुन लागेको थियो, येशू किनारमा खड़ा हुनुभयो। तर चेलाहरूले उहाँ येशू नै हुनुहुन्‍छ भनी चिनेनन्‌। 5येशूले तिनीहरूलाई भन्‍नुभयो, “बालक हो, तिमीहरूसँग केही माछा छ?”

तिनीहरूले उहाँलाई उत्तर दिए, “छैन।”

6उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जाल डुङ्गाको दाहिनेपट्टि हान, अनि भेट्टाउनेछौ।” तब तिनीहरूले जाल हाने, र माछाहरूको थुप्रोले गर्दा तिनीहरूले जाल तान्‍न सकेनन्‌।

7येशूले प्रेम गर्नुहुने चेलाले पत्रुसलाई भने, “उहाँ प्रभु पो हुनुहुँदोरहेछ।” “उहाँ प्रभु हुनुहुँदोरहेछ” भन्‍ने सुनेर सिमोन पत्रुसले आफ्‍नो बाहिरी वस्‍त्र कम्‍मरमा लपेटे, किनभने तिनले वस्‍त्र खोलेका थिए, र समुद्रमा हामफाले। 8अरू चेलाहरू डुङ्गामै बसी जाल तान्‍दै आए। तिनीहरू किनारदेखि टाढ़ा होइन, तर प्राय: सय मिटर जतिमा थिए। 9जब तिनीहरू किनारमा उत्रे, तब तिनीहरूले कोइलाको भुङ्‌ग्रोमा माछा राखिएका र रोटी देखे।

10येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले भर्खरै पक्रेका माछाबाट केही ल्‍याओ।”

11तब सिमोन पत्रुसले डुङ्गामा चढ़ेर एक सय त्रिपन्‍न वटा ठूला-ठूला माछाले भरिएको जाल पाखामा तानी ल्‍याए, तर यति धेरै भए तापनि जाल फाटेन।

................................................................................................................................................................

 

15 - Miracles from - Elisha;

1 - Elisha parted the water of Jordan river - 2 Kg 2:13-14,....

..13एलीशाले एलियाको खसेको खास्‍टो उठाए र फर्केर यर्दन नदीको किनारमा उभिए। 14तब त्‍यहाँ तिनले एलियाको खसेको खास्‍टोले पानीलाई हिर्काए। तिनले सोधे, “परमप्रभु एलियाका परमेश्‍वर अब कहाँ हुनुहुन्‍छ त?” जब तिनले पानीलाई हिर्काए, तब त्‍यो दाहिने र देब्रेतिर दुई भाग भयो, र तिनी पारि गए। ...............................

..................................................................................................................................................................

2 - Elisha healed a water source by throwing a cruse of salt into the water - 2 Kg 2:19-22,  ..

19त्‍यस सहरका मानिसहरूले एलीशालाई भने, “हे प्रभु, हेर्नुहोस्, कि यो नगर राम्रो गरी बसालिएको छ, तर यहाँको पानी दूषित छ, र केही उम्रदैन।”

20तिनले भने, “एउटा नयाँ बटुको मकहाँ ल्‍याओ, र त्‍यसमा नून हाल।” यसैले तिनीहरूले त्‍यो ल्‍याए। 21तब तिनी पानीको मूलमा गएर त्‍यहाँ त्‍यो नून छर्केर भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘मैले यस पानीलाई विशुद्ध तुल्‍याएको छु। त्‍यसले अब कहिल्‍यै मृत्‍यु ल्‍याउनेछैन, न केही नउम्रने गराउनेछ।” 22एलीशाले भनेको वचनअनुसार आजको दिनसम्‍मै त्‍यो पानी स्‍वस्‍थकर रहेको छ।

...............................................................................................................................................

3 - Fourty Two children were tornup bears when they cruse Elisha - 2 Kg 2:23 - 25,  ..

..23त्‍यहाँबाट एलीशा उक्‍लेर बेथलेहेममा गए। जब तिनी बाटोमा गइरहेका थिए, सहरबाट ससाना ठिटाहरू आएर तिनलाई यसो भन्‍दै जिस्‍क्‍याउन लागे, “ए मुडुले, माथि जाऊ। ए मुडुले, माथि जाऊ।” 24तिनले फर्केर तिनीहरूलाई हेरी परमप्रभुको नाउँमा सराप दिए। तब जङ्गलबाट दुई वटा भालू निस्‍केर तिनीहरूमध्‍येका बयालीस जना ठिटाहरूलाई फहराए। 25अनि त्‍यहाँबाट तिनी कर्मेल डाँड़ामा उक्‍लेर गए, र त्‍यसपछि तिनी सामरियामा फर्के।...........................

......................................................................................................................................................

4 - Water was supplied for the king of Israel - 2 Kg 3:14-20,  ....

14एलीशाले भने, “सर्वशक्तिमान्‌ परमप्रभु, जसको सेवा म गर्दछु, उहाँका नाउँको शपथ खाएर म भन्‍दछु, यदि मैले यहूदाका राजा यहोशापातको आदर नगर्ने भए म तपाईंलाई एक आँखाले पनि हेर्नेथिइनँ अथवा ख्‍यालै पनि गर्नेथिइनँ। 15तर अब एक जना वीणा बजाउनेलाई मेरो निम्‍ति ल्‍याऊ।”

जब वीणा बजाउनेले बजाइरहेको थियो, तब परमप्रभुको हात एलीशामाथि पर्‍यो, 16र तिनले भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: यो बेँसीमा खाल्‍डै-खाल्‍डा बनाओ। 17किनकि परमप्रभुले यसो भन्‍नुहुन्‍छ: तिमीहरूले न बतास न त पानीको झरी देख्‍नेछौ, तापनि यो बेँसी पानीले भरिनेछ, र तिमीहरू, तिमीहरूका गाई-गोरु र अरू पशुहरूले पानी पिउनेछन्‌। 18परमप्रभुको दृष्‍टिमा यो त एउटा सजिलो कुरा हो। उहाँले मोआबलाई तपाईंहरूका हातमा सुम्‍पिदिनुहुनेछ। 19तपाईंहरूले किल्‍ला भएको हरेक सहर र हरेक ठूलो नगरलाई परास्‍त गर्नुहुनेछ। तपाईंहरूले हरेक असल रूखलाई काटेर ढाल्‍नुहुनेछ, र सबै पानीका मूलहरू बन्‍द गरिदिनुहुनेछ, र हरेक असल खेतलाई ढुङ्गाहरूले नष्‍ट पारिदिनुहुनेछ।”

20भोलिपल्‍ट प्राय: बिहानको बलिदानको समयमा अचानक एदोमको दिशाबाट पानी बग्‍न थाल्‍यो! अनि जमिन पानीले भरियो।

...................................................................................................................................................................

5 -A widow's pot produce large quantities of oil - 2 Kg 4:1-7,   ...

1अगमवक्ताहरूमध्‍ये एक जनाकी पत्‍नीले एलीशालाई हपारेर भनिन्, “तपाईंका दास मेरा पति मर्नुभयो। तपाईंलाई थाहै छ कि उहाँले परमप्रभुलाई अति आदर गर्नुहुन्‍थ्‍यो। तर अब मेरा दुई भाइ छोराहरूलाई लगेर कमारा तुल्‍याउन उहाँका साहूकार आइरहेछन्‌।”

2एलीशाले तिनलाई जवाफ दिए, “म तिमीलाई कसरी सहायता गरूँ? तिम्रो घरमा के छ? मलाई भन।”

तिनले भनिन्, “हजूरकी दासीसित एउटा भुँडुल्‍कोमा तेलबाहेक अरू केही पनि छैन।”

3एलीशाले भने, “गएर आफ्‍ना सबै छिमेकीहरूबाट रित्ता भुँडुल्‍काहरू मागेर ल्‍याऊ। थोरै मात्र नमाग। 4त्‍यसपछि घरमा गएर तिम्रा छोराहरूलाई पनि भित्र राखेर ढोका थुन। भुँडुल्‍कोको तेल ती सबै भाँड़ाहरूमा खन्‍याऊ, र भरिएका भाँड़ाहरू अलग्‍गै राख।”

5तिनी एलीशाबाट बिदा भइन्, र आफ्‍ना छोराहरूलाई भित्र राखेर ढोका लगाइन्‌। उनीहरूले भुँडुल्‍काहरू ल्‍याए र तिनले ती भर्दैगइन्‌। 6जब ती सबै भरिसके, तिनले आफ्‍नो एक जना छोरालाई भनिन्, “अर्को भुँडुल्‍को ले।”

तर त्‍यसले जवाफ दियो, “अब एउटै भुँडुल्‍को पनि छैन।” तब तेल आउन पनि बन्‍द भयो।

7ती विधवा गएर परमेश्‍वरका जनलाई यो कुरो बताइन्, र तिनले भने, “गएर त्‍यो तेल बेच, र तिम्रो कर्जा तिर। उब्रेकोचाहिँले तिमी र तिम्रा छोराहरूको जीविका चलाउन सक्‍नेछौ।”

................................................................................................................................................................

6 - Shunammite women was healed that conceived and had prophesied -

2 Kg 4:14-17,...

14एलीशाले गेहजीलाई भने, “तिनको निम्‍ति म के गर्न सक्‍छु?”

गेहजीले भन्‍यो, “तिनको कोही छोरा छैन, र तिनका पति वृद्ध छन्‌।”

15तब एलीशाले भने, “तिनलाई बोला।” तब गेहजीले तिनलाई बोलाएर ल्‍यायो, र तिनी ढोकानेर खड़ा भइन्‌। 16तब एलीशाले भने, “प्राय: यही समय अर्को वर्ष तिम्रो काखमा एउटा छोरो हुनेछ।” 

तिनले भनिन्, “होइन, होइन, मेरा प्रभु, हे परमेश्‍वरका जन, आफ्‍नी दासीलाई नछकाउनुहोस्‌।”

17तर तिनी गर्भवती भइन्‌ र अर्को वर्ष एलीशाले भनेकै समयमा तिनले एउटा छोरा जन्‍माइन्‌।

......................................................................................................................................................

7 - Elisha raised Shunammite's son from the death - 2 Kg 4:32-37,  ..

32जब एलीशा घरमा पुगे, तब तिनले आफ्‍नो ओछ्यानमा राखिएको त्‍यस ठिटालाई मरिसकेको भेट्टाए। 33तिनी कोठाभित्र पसे र ती दुई मात्र भित्र गएर तिनले कोठाको ढोका थुने र परमप्रभुलाई प्रार्थना गरे। 34त्‍यसपछि ओछ्यानमाथि चढ़ेर आफ्‍ना मुख त्‍यसका मुखमा, आफ्‍नो आँखा त्‍यसको आँखामा र आफ्‍ना हात त्‍यसका हातमा राखेर तिनी त्‍यस बालकमाथि लमतन्‍न पस्रिए। जब तिनी त्‍यसमाथि लमतन्‍न परे, तब त्‍यस बालकको शरीर तातो हुँदैगयो।  35एलीशा उठे, र कोठाभित्र यताउता हिँड़े, र फेरि एक पल्‍ट ओछ्यानमा चढ़ेर तिनी त्‍यसमाथि लमतन्‍न परे। तब त्‍यस ठिटाले सात खेप छिउँ काढ़्यो र आँखा खोल्‍यो।

36तब एलीशाले गेहजीलाई बोलाएर भने, “ती शूनम्‍मी स्‍त्रीलाई बोला।” त्‍यसले तिनलाई बोलायो। ती स्‍त्री आएपछि एलीशाले भने, “तिम्रो छोरालाई लैजाऊ।” 37तिनी भित्र आइन्‌ र भूइँसम्‍मै निहुरेर एलीशाका खुट्टामा घोप्‍टो परिन्‌। त्‍यसपछि आफ्‍नो छोरालाई लगेर तिनी बाहिर निस्‍किन्‌।

........................................................................................................................................................................

8 - Elisha counteracted the poison pottage made of wild gourds

- 2 Kg 4:38 - 41......

38एलीशा फर्केर गिलगालमा गए, र त्‍यस इलाकामा अनिकाल परिरहेको थियो। जब अगमवक्ताहरूको दलले तिनलाई भेट गरिरहेका थिए, तब तिनले आफ्‍नो चाकरलाई भने, “आगोमा ठूलो भाँड़ा राखेर यी मानिसहरूका निम्‍ति केही जाउलो बना।”

39उनीहरूमध्‍ये एक जनाचाहिँ झारपात खोज्‍न खेतमा गए, र जङ्गली लहरा भेट्टाए। उनले त्‍यसका केही लौका पोल्‍टोभरि टिपेर ल्‍याए। ती के हुन्‌ भनी कसैले नजानी उनले ती फलहरू काटेर त्‍यस जाउलोको भाँड़ोमा हाले। 40मानिसहरूले खाऊन्‌ भनी त्‍यो खन्‍याइयो, तर जब उनीहरूले त्‍यो खान लागे, तब उनीहरूले कराएर भने, “हे परमेश्‍वरका जन, यस भाँड़ामा त मृत्‍यु पो रहेछ!” अनि उनीहरूले त्‍यो खान सकेनन्‌।

41एलीशाले भने, “केही पीठो ल्‍याऊ।” तिनले त्‍यो भाँड़ामा हालेर भने, “अब यिनीहरूलाई त्‍यो खान देऊ।” यस पल्‍ट त्‍यस भाँड़ाको खानेकुरामा हानि गर्ने केही थिएन।

..............................................................................................................................................................................

9 - One hundred men were fed with 20 loaves of barley and some ears of corn - 2 Kg 4:42-44, .

42बाल-शलीशाको कुनै एक जना मानिसले परमेश्‍वरका जनको निम्‍ति अगौटे अन्‍नका जौका बीस वटा रोटी र केही नयाँ अन्‍नका बालाहरू लिएर आयो। एलीशाले भने, “यी मानिसहरूलाई त्‍यो खान देऊ।”

तिनको चाकरले सोध्‍यो, “एक सय मानिसलाई यति मात्र म कसरी खान दिन सक्‍छु र?”

43तर एलीशाले जवाफ दिए, “मानिसहरूलाई त्‍यो खान देऊ। किनकि परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘तिनीहरूले खाएर केही उब्रिएको पनि हुनेछ’।” 44तब त्‍यसले त्‍यो तिनीहरूको अगि राखिदियो, र परमप्रभुले भन्‍नुभएझैँ तिनीहरूले खाएर केही उब्‍य्रो।

............................................................................................................................................................................

10 - Naaman was healed of leprosy - 2 Kg 5:1-14,   ...

1नामान अरामका राजाको सेनाका सेनापति थिए। उनी आफ्‍ना मालिकको दृष्‍टिमा एक ठूला मानिस थिए, र अति इज्‍जतदार थिए, किनभने उनले गर्दा नै अरामलाई परमप्रभुले विजयी तुल्‍याउनुभएको थियो। उनी एक वीर योद्धा थिए, तर कुष्‍ठरोगी पनि थिए। 

2अब अरामबाट दलहरू गएर इस्राएलबाट एउटी जवान ठिटीलाई कैद गरेर ल्‍याएका थिए, र त्‍यसले नामानकी पत्‍नीको चाकरी गर्थी। 3त्‍यसले आफ्‍नी मालिक्‍नीलाई भनी, “यदि मेरा मालिकले सामरियामा बस्‍नुहुने अगमवक्तालाई भेट गरे भने, उहाँले तिनको रोग निको पारिदिनुहुनेथियो!”

4नामान आफ्‍ना मालिककहाँ गएर इस्राएलबाट ल्‍याएकी त्‍यस ठिटीले भनेको कुरा बताइदिए। 5अरामका राजाले जवाफ दिए, “हुन्‍छ, तिमी जाऊ। म इस्राएलका राजालाई एउटा पत्र पठाउनेछु।” यसैले नामान आफ्‍नो साथमा सत्तरी किलोग्राम सुन र तीन सय चालीस किलोग्राम चाँदी र दश जोर लुगा लिएर गए। 6उनले इस्राएलका राजाकहाँ लगेको पत्र यस्‍तो थियो: “यो पत्रसाथै म तपाईंकहाँ मेरो दास नामानलाई पठाइरहेछु। तपाईंले त्‍यसको कुष्‍ठरोग निको पारिदिनुहोला।”

7इस्राएलका राजाले त्‍यो चिट्ठी पढ्‌ने बित्तिकै आफ्‍ना लुगा च्‍यातेर भने, “के म परमेश्‍वर हुँ र? मार्न र जिउँदो पार्न सक्‍छु र? यस मानिसले किन त्‍यसको कुष्‍ठरोगबाट निको पार्न कसैलाई मकहाँ पठाउँछ? हेर त, त्‍यसले मसित झगड़ाको निहुँ खोज्‍दैछ!”

8इस्राएलका राजाले आफ्‍ना लुगा च्‍यातेको कुरा जब परमेश्‍वरका जन एलीशाले सुने, तब तिनले राजालाई यो समाचार पठाए, “तपाईंले किन आफ्‍ना लुगा च्‍यात्‍नुभयो? मानिस यहाँ मकहाँ आओस्, र त्‍यसले इस्राएलमा एक जना अगमवक्ता रहेछन्‌ भनी जान्‍नेछ।” 9यसैले नामान आफ्‍ना घोड़ाहरू र रथहरूका साथमा गए, र एलीशाका घरको ढोकामा अड़िए। 10एलीशाले उनलाई यसो भन्‍न एउटा समाचारवाहक पठाए, “तिमी आफै गएर यर्दन नदीमा सात पल्‍ट डुबुल्‍की मार, र तिम्रो मासु ज्‍यूँका त्‍यूँ हुनेछ, र तिमी शुद्ध हुनेछौ।”

11तर नामान रिसाएर यसो भन्‍दै गइहाले, “मैले सोचेको थिएँ, तिनी बाहिर निस्‍किआएर परमप्रभु आफ्‍ना परमेश्‍वरको नाउँ पुकारेर मेरो रोग भएको ठाउँमाथि हात हल्‍लाएर मेरो कुष्‍ठरोग निको पारिदिनेछन्‌ होला। 12के दमस्‍कसका अबाना र फारपर नदीहरू इस्राएलको कुनै पानीभन्‍दा असल छैनन्‌ र? के म तिनमा नै धोएर शुद्ध हुन सक्‍दिनँ र?” यसैले उनी फर्केर रीसको झोँकमा गइहाले।

13तर नामानका नोकरहरूले उनीकहाँ आएर उनलाई भने, “हे पिताज्‍यू, यदि अगमवक्ताले तपाईंलाई केही ठूलो कुरा गर्नुहोस्‌ भनी भन्‍नुभएको भए के तपाईं गर्नुहुनेथिएन र? उहाँले तपाईंलाई धोएर शुद्ध हुनुहोस्‌ भन्‍नुभएकोमा तपाईंले झन्‌ किन नगर्ने?” 14यसैले उनी तल ओर्ले र परमेश्‍वरका जनले भनेबमोजिम यर्दन नदीमा सात पल्‍ट स्‍वयम्‌ डुबुल्‍की मारे, र उनको मासु ज्‍यूँका त्‍यूँ भयो, जवान केटाको जस्‍तै भयो।

........................................................................................................................................................................

11 - An iron axe float on the top of the water - 2 Kg 6:4-7....

4अनि तिनी उनीहरूसँग गए।

उनीहरूले यर्दन नदीमा पुगेपछि रूखहरू ढाल्‍न सुरु गरे। 5एउटा रूख काट्‌दाकाट्‌दै एक जनाको बन्‍चरो बीँड़बाट खुस्‍केर पानीभित्र खस्‍यो। उनले कराएर भने, “हे मेरा प्रभु, यो त मागेर ल्‍याएको बन्‍चरो पो थियो।”

6ती परमेश्‍वरका जनले सोधे, “त्‍यो कहाँ खस्‍यो?” जब उनले तिनलाई यो ठाउँ देखाइदिए, तब एलीशाले एउटा लट्ठी काटेर त्‍यहाँ हालिदिए, र त्‍यो बन्‍चरो माथि उत्रँदै निस्‍क्‍यो। 7तब तिनले भने, “उठाएर लैजाऊ।” तब ती मानिसले आफ्‍नो हात पसारेर त्‍यो उठाएर लगे।

...............................................................................................................................................................................

12 - Elisha's servant's spiritual eyes were open - 2 Kg 6:15-17 ..

15जब परमेश्‍वरका जनको चाकर बिहानै उठेर बाहिर गयो, तब घोड़ाहरू र रथहरूको एउटा फौजले सहरलाई घेरिराखेको थियो। त्‍यस चाकरले आएर आफ्‍ना मालिकलाई सोध्‍यो, “हे मेरा प्रभु, अब हामी के गरौं?”

16ती अगमवक्ताले जवाफ दिए, “नडरा, हामीसँग भएकाहरू उनीहरूसँग भएकाहरूभन्‍दा धेरै छन्‌।”

17तब एलीशाले यसो भनेर प्रार्थना गरे, “हे परमप्रभु, यसको आँखा खोलिदिनुहोस्, र यसले देखोस्‌।” तब परमप्रभुले त्‍यस चाकरको आँखा खोलिदिनुभयो, र त्‍यसले एलीशाका वरिपरिका डाँड़ाहरू अग्‍निमय घोड़ाहरू र रथहरूले भरिएका देख्‍यो।

............................................................................................................................................................................

13 - The Syrian army was struck and blind - 2 Kg 6:18,  ..

..18जब शत्रुहरू तिनीतर्फ ओर्लेर आए, तब एलीशाले परमप्रभुलाई यसो भनेर प्रार्थना गरे, “यी मानिसहरूलाई अन्‍धा पारिदिनुहोस्‌।” एलीशाले बिन्‍ती गरेझैँ उहाँले उनीहरूलाई अन्‍धा पारिदिनुभयो।..

............................................................................................................................................................................

14 - The Syrian army were healed from blindness - 2 Kg 6:19-20,...

19तब एलीशाले उनीहरूलाई भने, “यो बाटो होइन। यो सहर पनि होइन। मेरो पछि लाग, र म तिमीहरूले खोजेको मानिसकहाँ तिमीहरूलाई पुर्‍याइदिनेछु।” अनि तिनले उनीहरूलाई सामरियामा पुर्‍याए।

20उनीहरू सहरमा पसेपछि एलीशाले यसो भने, “हे परमप्रभु, यी मानिसहरूका आँखा खोलिदिनुहोस्, र उनीहरूले फेरि देख्‍न सकून्‌।” अनि उहाँले उनीहरूका आँखा खोलिदिनुभयो, र उनीहरूले हेरे, र आफूलाई सामरियाभित्र पो रहेछौं भनी देखे।

..............................................................................................................................................................................

15 - The bones of Elisha caused a man to be raised from dead

- 2 Kg 13:20-21.........................

20त्‍यसपछि एलीशाको मृत्‍यु भयो, र तिनी गाड़िए।

वर्षैपिच्‍छे मोआबी लूटपीट गर्नेहरू बसन्‍त ऋतुमा देशभित्र पस्‍थे। 21एक पल्‍ट कति जना इस्राएलीहरूले एउटा लाश गाड्‌दैगर्दा एक्‍कासि तिनीहरूले एक दल लूटपीट गर्नेहरूलाई देखे। यसैले तिनीहरूले त्‍यस लाशलाई एलीशाको चिहानमा त्‍यसै फ्‍याँकिराखेर भागे। जब त्‍यस लाशले एलीशाका हड्डीहरू छोयो, तब त्‍यो मानिस जीवित भएर आफ्‍नो खुट्टामा उभियो।

 

11 - Miracles from - Elijah;

1 - Elijah prayed and didn't rain three and half years - 1 Kg 17:1,.

1अब गिलादको तिश्‍बेका तिश्‍बी एलियाले आहाबलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर जसको सेवा म गर्दछु, उहाँको जीवित नाउँमा शपथ खाएर म भन्‍दछु, कि मेरो वचनविना आगामी केही वर्षहरूभरि न त शीत पर्नेछ न केही पानी पर्नेछ।”.............................

......................................................................................................................

2 - Continuous supply meal and oil for widow and her son - 1 Kg 17:13-16...

13एलियाले त्‍यसलाई भने, “नडराऊ, घर गएर तिमीले भनेझैँ गर। तर पहिले तिमीसित जे छ त्‍यसको एउटा सानो रोटी बनाएर मकहाँ ल्‍याऊ, र त्‍यसपछि तिमी र तिम्रो छोराको निम्‍ति केही बनाऊ। 14किनकि परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘देशमा परमप्रभुले पानी नपठाउञ्‍जेल भाँड़ाको पीठो सिद्धिनेछैन र ढुङ्‌ग्रोको तेल रित्तिनेछैन’।”

15त्‍यो विधवा गएर एलियाले भनेझैँ गरी। यसैले एलियाको निम्‍ति र त्‍यो र त्‍यसका परिवारको निम्‍ति दिनहुँ खानेकुरा भयो। 16किनकि एलियाद्वारा परमप्रभुले भन्‍नुभएझैँ भाँड़ाको पीठो सिद्धिएन, र ढुङ्‌ग्रोको तेल पनि रित्तिएन।

......................................................................................................................................................................

3 - Widow's son raised from dead - 1 Kg 17:17-23, 

17केही समयपछि त्‍यो स्‍त्री, त्‍यस घरकी मालिक्‍नीको छोरो बिरामी पर्‍यो, र त्‍यो झन्‌-झन्‌ सिकिस्‍त हुँदैगयो, अनि आखिरमा त्‍यसले सास फेर्न पनि छोड़्यो। 18तब त्‍यस स्‍त्रीले एलियालाई भनी, “हे परमेश्‍वरका जन, तपाईंको मेरो विरुद्धमा के छ? के तपाईं यहाँ मेरो पाप सम्‍झाएर मेरो छोरालाई मार्न आउनुभएको हो?”

19एलियाले जवाफ दिए, “तिम्रो छोरो यहाँ मलाई देऊ।” एलियाले त्‍यसलाई त्‍यस स्‍त्रीका हातबाट लिएर आफू बसेको माथिल्‍लो कोठामा लगे, र त्‍यसलाई आफ्‍नो ओछ्यानमा राखे। 20त्‍यसपछि तिनले परमप्रभुलाई हपारेर भने, “हे परमप्रभु मेरा परमेश्‍वर, के म जसकहाँ बसेको छु त्‍यसको छोरालाई मारेर त्‍यस विधवामाथि यो विपत्ति तपाईंले ल्‍याउनुभएको हो?” 21तब तिनी तीन पल्‍ट त्‍यस बालकमाथि लमतन्‍न पस्रे, र परमप्रभुलाई हपारेर भने, “हे परमप्रभु मेरा परमेश्‍वर, फेरि यस बालकको जीवन यसमा फर्कोस्‌।” 

22परमप्रभुले एलियाको पुकारा सुन्‍नुभयो, र त्‍यसमा जीवन फर्क्‍यो र त्‍यो बाँच्‍यो। 23एलियाले बालकलाई उठाएर कोठाबाट तल घरमा लगे। त्‍यसकी आमालाई तिनले दिएर यसो भने, “हेर त, तिम्रो छोरो जिउँदैछ।”

.................................................................................................................................................................

4 - Elijah Prayed a fire came from heaven and burned sacrifice - 1 Kg 18:17-38,.

17जब आहाबले एलियालाई देखे, तब तिनले एलियालाई भने, “इस्राएललाई कष्‍ट दिने तिमी नै हौ?”

18एलियाले जवाफ दिए, “इस्राएललाई कष्‍ट मैले दिएको होइनँ, तर तपाईं र तपाईंका पिताका परिवारले पो हो। तपाईं परमप्रभुका आज्ञा त्‍यागी बाल देवताहरूको पछि लाग्‍नुभएको छ। 19अब तपाईंले मलाई कर्मेल डाँड़ामा भेट गर्न इस्राएलबाट सारा मानिसहरूलाई बोलाउनुहोस्‌। अनि बालका ती चार सय पचास अगमवक्ता र अशेराका चार सय अगमवक्ता, जसले ईजेबेलको टेबिलमा बसेर खाने गर्दछन्, ती पनि ल्‍याएर आउनुहोस्‌।”

20यसैले आहाबले समस्‍त इस्राएलीहरूमा समाचार पठाए, र सबै अगमवक्ताहरूलाई कर्मेल डाँड़ामा भेला गराए। 21एलियाले मानिसहरूका अगि आएर भने, “तिमीहरू कहिलेसम्‍म दोधारमा बसिरहन्‍छौ? यदि परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ भने उहाँलाई पछ्याओ। तर यदि बाल परमेश्‍वर हो भने त्‍यसलाई पछ्याओ।”

तर मानिसहरूले केही भनेनन्‌।

22तब एलियाले तिनीहरूलाई भने, “परमप्रभुका अगमवक्ताहरूमा त केवल म मात्र बाँकी रहेको छु, तर बालका त चार सय पचास अगमवक्ताहरू छन्‌। 23अब हाम्रा निम्‍ति दुई वटा साँढ़े ल्‍याओ। उनीहरूले आफ्‍ना निम्‍ति एउटा छानेर टुक्रा-टुक्रा गरी काटेर आगो नलगाईकन दाउरामाथि राखून्‌। अनि मचाहिँ त्‍यो अर्कोलाई तयार गरेर आगो नलाईकन दाउरामाथि राख्‍नेछु। 24तब तिमीहरू आफ्‍नो देवता पुकार, र म परमप्रभुको नाउँ पुकार्नेछु। त्‍यो देवता जसले आगोद्वारा जवाफ दिनुहुन्‍छ, त्‍यही नै परमेश्‍वर हुनुहुन्‍छ।”

तब सबै मानिसहरूले भने, “तपाईंले भन्‍नुभएको कुरा असल हो।”

25एलियाले बालका अगमवक्ताहरूलाई भने, “एउटा साँढ़े छान, र त्‍यसलाई पहिले तयार गर, किनभने तिमीहरू यति धेरै छौ। आफ्‍नो देवताको नाउँ पुकार, तर आगोचाहिँ नलगाओ।” 26यसैले आफूहरूलाई दिएको साँढ़े उनीहरूले लिएर तयार गरे।

तब बालको नाउँ लिएर उनीहरूले बिहानदेखि मध्‍यान्‍हसम्‍म यसो भनेर पुकारे, “हे बाल, हामीलाई जवाफ दिनुहोस्‌।” तर केही प्रत्‍युत्तर आएन। अनि आफूहरूले बनाएको वेदीको वरिपरि उनीहरू खूब उफ्रँदै नाचे।

27मध्‍यदिनमा एलियाले यसो भनेर उनीहरूलाई ठट्टा गर्न लागे, “अझ जोडसित कराओ। निश्‍चय नै त्‍यो त देवता हो! शायद ऊ घोर ध्‍यानमा मग्‍न होला, अथवा काममा व्‍यस्‍त होला वा यात्रामा गएको होला। शायद ऊ सुतिरहेको होला र उठाउनुपर्छ।” 28यसैले उनीहरू अझै जोडसित कराए, र उनीहरूको दस्‍तूरअनुसार तरवार र भालाले रगत नबगुञ्‍जेल आफैलाई चोट पारे। 29मध्‍यदिन बित्‍यो, र साँझको बलिदान चढ़ाउने बेलासम्‍म उनीहरूले बरबराउँदै अगमवाणी कहँदैरहे। तर कुनै प्रत्‍युत्तर आएन, कसैले जवाफ दिएन, न कसैले ध्‍यान नै दिए।

30तब एलियाले सबै मानिसहरूलाई भने, “यहाँ मकहाँ आओ।” तिनीहरू तिनीकहाँ आए। त्‍यसपछि परमप्रभुको भत्‍केको वेदीलाई तिनले मरम्‍मत गरे। 31एलियाले बाह्र वटा ढुङ्गा लिए, प्रत्‍येक ढुङ्गा याकूबबाट आएको एक-एक कुलको निम्‍ति, जसकहाँ परमप्रभुको यसो भन्‍ने वचन आएको थियो, “तेरो नाउँ इस्राएल हुनेछ।”  32ती ढुङ्गाहरू लिएर तिनले परमप्रभुको नाउँमा एउटा वेदी बनाए। तिनले त्‍यस वेदीको वरिपरि पन्‍ध्र लिटर जति बीउ जाने ठूलो खाड़ल खने। 33तिनले दाउरा मिलाए र त्‍यस साँढ़ेलाई टुक्रा-टुक्रा काटेर दाउरामाथि राखे। तब तिनले तिनीहरूलाई भने, “चार गाग्रा पानी भरेर यो बलि र दाउरामाथि खन्‍याइदेओ।”

34तिनले भने, “फेरि त्‍यसै गर।” अनि तिनीहरूले फेरि त्‍यसै गरे।

तिनले हुकुम गरे, “तेस्रो खेप पनि त्‍यसै गर।” तिनीहरूले तेस्रो खेप त्‍यसै गरे। 35पानी वेदीका चारैतिर पोखिएर खाड़ल पनि भरियो।

36बलिदानको बेलामा एलिया अगमवक्ताले अगि बढ़ेर प्रार्थना गरे, “हे परमप्रभु, अब्राहाम, इसहाक र इस्राएलका परमेश्‍वर, इस्राएलमा तपाईं परमेश्‍वर हुनुहुन्‍छ, र मचाहिँ तपाईंको दास हुँ, र यी सबै काम तपाईंको आज्ञाअनुसार मैले गरेको छु भनी आज थाहा होस्‌। 37मलाई जवाफ दिनुहोस्, हे परमप्रभु, जवाफ दिनुहोस्, र यी मानिसहरूले जानून्, कि तपाईं परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ, र तपाईंले नै तिनीहरूका मन फर्काउँदैहुनुहुन्‍छ।”

38तब परमप्रभुको आगो बर्स्‍यो र आगोले बलिदान, दाउरा, ढुङ्गाहरू र माटो भस्‍म पार्‍यो, र खाड़लको पानी पनि सुकाइदियो।

..................................................................................................................................................................

5 - Elijah prayed and end three and half years rain again - 1 Kg 18:41-46,  ..

41अनि एलियाले आहाबलाई भने, “गएर खानपान गर्नुहोस्, किनभने म ठूलो झरी आइरहेको सुन्‍दैछु।” 42तब आहाब खानपान गर्न गए, तर एलियाचाहिँ कर्मेल डाँड़ाको टाकुरामा चढ़े, र त्‍यहाँ तिनले भूइँमा निहुरेर आफ्‍नो टाउको घुँड़ाहरूका बीचमा राखे। 

43तिनले आफ्‍नो चाकरलाई भने, “गएर समुद्रतिर हेर्‌।” त्‍यसले गएर हेर्‍यो।

त्‍यसले भन्‍यो, “त्‍यहाँ केही छैन।”

एलियाले सात पल्‍ट त्‍यसलाई “गएर हेर्‌” भने।

44सातौँ पल्‍टमा चाकरले भन्‍यो, “मान्‍छेको हात जत्रो एउटा बादल समुद्रबाट उठ्‌दैछ।”

तब एलियाले त्‍यसलाई भने, “गएर आहाबलाई भन, ‘आफ्‍नो रथ तयार गरेर तल गइहाल्‍नुहोस्, नत्रता तपाईंलाई पानीले रोक्‍नेछ’।”

45यसै बीचमा कालो बादलले आकाश छायो, हुरी चल्‍यो र ठूलो पानी पर्न लाग्‍यो, र आहाब आफ्‍नो रथमा चढ़ेर यिजरेलमा गए। 46परमप्रभुको शक्ति एलियामाथि पर्‍यो, र आफ्‍नो खास्‍टो पटुकामा लपेटेर तिनी यिजरेलसम्‍मै आहाबको अगिअगि बाटोमा कुदे।

.....................................................................................................................................................................................

6 - Elijah was fed two miraculous meals that sustained him for 40 days;

- 1 Kg 19:4-8,..

4र आफूचाहिँ मरुभूमिमा एक दिनको बाटो गए। तिनी अम्रिसको एउटा झाड़ीमा आइपुगे, र त्‍यसमुनि बसेर आफ्‍नो मृत्‍युको निम्‍ति प्रार्थना गर्न लागे। तिनले भने, “हे परमप्रभु, मेरो प्राण लिनुहोस्, मैले पूरै भोगिसकें। म त मेरा पिता-पुर्खाहरूभन्‍दा असल छैनँ!”  5तब तिनी त्‍यही झाड़ीमुनि ढल्‍के र भुसुक्‍कै निदाए।

तब झट्टै एउटा स्‍वर्गदूतले तिनलाई छोएर भने, “उठेर खाऊ।” 6तिनले यताउता हेरे, र आफ्‍नो टाउकोनेर ताता भुङ्‌ग्रामा पोलेको एउटा रोटी र पानीको एउटा सुराही देखे। ती खाएर तिनी फेरि ढल्‍के।

7परमप्रभुका स्‍वर्गदूत फेरि आएर दोस्रो पल्‍ट तिनलाई छोएर भने, “उठेर खाऊ, किनकि यात्रा तिम्रो लागि साह्रै लामो छ।” 8यसैले तिनी उठेर खानपान गरे। त्‍यही भोजनको बल पाएर तिनी चालीस दिन र चालीस रात यात्रा गरेर परमेश्‍वरको पर्वत होरेबमा पुगे। 9तिनी त्‍यहाँ एउटा ओड़ारभित्र पसे र त्‍यहीँ रात बिताए।..........

..................................................................................................................................................................................

7 - Elijah was fed by ravens - 1 Kg 17:2-6, 

2तब परमप्रभुको यो वचन एलियाकहाँ आयो: 3“यो ठाउँ छोड़ेर पूर्वतिर लाग्, र यर्दनको पूर्वतिर भएको करीतको खोल्‍सामा गएर लुकिबस्‌। 4तैंले खोलाको पानी पिउनू, र तँलाई त्‍यहाँ खुवाउनलाई मैले कागहरूलाई हुकुम गरेको छु।”

5यसैले परमप्रभुले भन्‍नुभएझैँ तिनले गरे। तिनी यर्दनको पूर्वतिर भएको करीत खोल्‍सामा गएर बसे। 6त्‍यहाँ कागहरूले तिनलाई बिहान रोटी र मासु र बेलुकी रोटी र मासु ल्‍याइदिए, र तिनले खोलाको पानी पिए।

...........................................................................................................................................................................

8 - Fire from heaven came down at the word of Elijah to burn up two different bands of soldiers

( 102 ) mens - 2 Kg 1:10-12, ................

10एलियाले ती कप्‍तानलाई जवाफ दिए, “यदि म परमेश्‍वरका जन हुँ भने, स्‍वर्गबाट आगो झरेर तिमी र तिम्रा पचासै मानिसलाई भस्‍म पारोस्‌!” तब स्‍वर्गबाट आगो झरेर ती कप्‍तान र तिनका मानिसलाई भस्‍म पार्‍यो। 

11त्‍यसपछि राजाले अर्का एक जना कप्‍तानलाई तिनको पचास जनाको दलसहित एलियाकहाँ पठाए। ती कप्‍तानले तिनलाई भने, “हे परमेश्‍वरका जन, राजा यसो भन्‍नुहुन्‍छ, ‘झट्टै तल आऊ’!”

12एलियाले जवाफ दिए, “यदि म परमेश्‍वरका जन हुँ भने, स्‍वर्गबाट आगो झरेर तिमी र तिम्रा पचास मानिसलाई भस्‍म पारोस्‌।” तब परमेश्‍वरको आगो स्‍वर्गबाट झर्‍यो र तिनी र तिनका मानिसहरूलाई भस्‍म पार्‍यो।................

...................................................................................................................................................

9 - Elijah parted water of Jordan Elijah walk across the water - 2kg 2:8....

.8एलियाले आफ्‍नो खास्‍टो उतारे, र त्‍यो बेहेरेर यर्दन नदीको पानीलाई त्‍यसले हिर्काए। पानी देब्रे र दाहिनेतिर दुई भाग भयो, र तिनीहरू सुक्‍खा जमिनमा हिँड़ेर पारि गए।..................

..........................................................................................................................................................

10 - Elijah was taken to Heaven by whirlwind - 2 Kg 2;11.......

..11जब तिनीहरू कुरा गर्दै अगि हिँड़िरहेका थिए, तब एक्‍कासि एउटा अग्‍निमय रथ र घोड़ाहरू देखा परे, र दुईलाई एक-अर्काबाट अलग गरे, र एलिया भुमरीमा माथि स्‍वर्गतिर लगिए।.....................................

..........................................................................................................................................................................

11 - Elijah appeared the mount of transfiguration with Jesus - Lk 9:28-36, 

28यी कुराको प्राय: आठ दिनपछि पत्रुस, यूहन्‍ना र याकूबलाई आफूसित लिएर प्रार्थना गर्नलाई उहाँ पहाड़माथि उक्‍लनुभयो।  29उहाँले प्रार्थना गरिरहनुहुँदा उहाँको मुहारको रूप बद्‌लियो, र उहाँको वस्‍त्र बिजुली चम्‍केको जस्‍तो उज्‍ज्‍वल भयो। 30अनि उहाँसँग दुई जना मानिस बातचीत गरिरहेका थिए, उनीहरू मोशा र एलिया थिए। 31उनीहरू महिमित रूपमा देखा परी येशूका मृत्‍युको विषयमा बातचीत गरिरहेका थिए। यो कुरा उहाँले यरूशलेममा पूरा गर्नुपर्नेथियो। 32अब पत्रुस र तिनीसँग हुनेहरू निद्राले लट्ठ भएका थिए। तर ब्‍यूँझेपछि तिनीहरूले उहाँको महिमा र उहाँसँग उभिएका ती दुई जना मानिसलाई देखे। 33तब ती दुई मानिसहरू उहाँसँग बिदा भएर जान लाग्‍दा पत्रुसले येशूलाई भने, “गुरुज्‍यू, हामीलाई यहीँ बस्‍नु असल रहेछ। हामी तीन वटा वासस्‍थान बनाऔं— एउटा तपाईंको निम्‍ति, एउटा मोशाको निम्‍ति र एउटा एलियाको निम्‍ति।” आफूले बोलेका कुराको तिनलाई ख्‍यालै थिएन।

34तिनी यी कुरा बोल्‍दाबोल्‍दै एउटा बादल आएर उहाँहरूलाई छोप्‍यो, र उहाँहरू बादलभित्र पस्‍न लाग्‍दा तिनीहरू भयभीत भए। 35अनि बादलबाट यसो भन्‍ने एउटा आवाज निस्‍क्‍यो, “यिनी मेरा पुत्र हुन्, जसलाई मैले छानेको हुँ। यिनको वचन सुन।”  36यो शब्‍द भएपछि येशू त्‍यहाँ एकलै हुनुभयो। तिनीहरू चूपचाप रहे, र तिनीहरूले देखेका कुराहरू ती दिनमा कसैलाई भनेनन्‌।

..........

38 - Miracles from - Moses;

1 - A rod became a serpent; = EX 4:2-4,

2तब परमप्रभुले तिनलाई भन्‍नुभयो, “तेरो हातमा के छ?”

तिनले भने, “लट्ठी।”

3परमप्रभुले भन्‍नुभयो, “त्‍यो भूइँमा फाल्‌।”

मोशाले त्‍यो भूइँमा फालिदिए, र त्‍यो एउटा सर्प भयो, र मोशा त्‍यसदेखि डराएर भागे। 4तब परमेश्‍वरले मोशालाई भन्‍नुभयो, “तेरो हात लम्‍काएर त्‍यसको पुच्‍छरमा समात्‌।” अनि मोशाले हात लम्‍काएर समाते, र त्‍यो तिनको हातमा फेरि लट्ठी नै भइहाल्‍यो।‭‭प्रस्‍थान‬ ‭4‬:‭2-4,
......................................................................................................................
2 - Moses hand became leprous and then turn normal;

      Ex 4:7, उहाँले तिनलाई भन्‍नुभयो, “तेरो हात फेरि खास्‍टोभित्र हाल्‌।” तिनले फेरि आफ्‍नो हात खास्‍टोभित्र हाले, र जब फेरि निकाले, तब त्‍यो आफ्‍नो शरीरको अरू मासुजस्‍तै भइहाल्‍यो। '

प्रस्‍थान 4:7
.........................................................................................................................

3 - Aaron's Rod became serpent and swallowed of the sorcerers' serpents

= Ex 7:10-12, 

10तब मोशा र हारून फारोकहाँ गएर परमप्रभुले आज्ञा गर्नुभएबमोजिम गरे। हारूनले आफ्‍नो लहुरो लिएर फारो र उनका अधिकारीहरूका सामुन्‍ने फालिदिए, र त्‍यो साँप बन्‍यो। 11तब फारोले पनि ज्ञानी मानिस र टुनामुना गर्नेहरूलाई बोलाइपठाए, र ती मिश्रका जादूगरहरूले पनि आ-आफ्‍नो गोप्‍य सीपले त्‍यसै गरे: 12हरेकले आ-आफ्‍नो लहुरो फाल्‍यो, र त्‍यो साँप बन्‍यो। तर हारूनको लहुरोले उनीहरूका लहुरालाई निल्‍यो। 

...........................................................................................................................................................................

4 - Water in Egypt turn in to blood .   Ex 7:19-25, 

19फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारूनलाई भन्, ‘तपाईंको लहुरो लिएर मिश्रमा जति पानी छ, अर्थात्‌ खोला, कुला र पोखरीका पानी रगत भइजाऊन्‌ भनी ती सबैमाथि तपाईंको हात पसार्नुहोस्‌।’ अनि तिनीहरू रगत हुनेछन्‌। मिश्रभरि भएको पानी, काठ अथवा ढुङ्गाका घड़ाहरूको पानीसमेत रगत हुनेछ।”

20तब मोशा र हारूनले परमप्रभुको आज्ञाबमोजिम गरे। फारो र उनका अधिकारीहरूकै सामुन्‍ने तिनले लहुरो उठाएर नील नदीको पानीमा हिर्काए। तब जम्‍मै पानी रगत भइहाल्‍यो। 21नील नदीका माछाहरू मरे, र नदी गन्‍हाउन लाग्‍यो, र मिश्रीहरूले नदीको पानी खान सकेनन्‌। मिश्रको सबै पानी रगत भयो।

22तर मिश्रका जादूगरहरूले पनि आफ्‍ना गोप्‍य सीपद्वारा त्‍यसै गरे। अनि परमप्रभुले भन्‍नुभएझैँ फारोको हृदय कठोर भयो, र उनले तिनीहरूका कुरा सुनेनन्‌। 23तब फारो फर्केर आफ्‍नो महल गए, अनि उनले यस कुराको ख्‍यालै पनि राखेनन्‌। 24सारा मिश्रीहरूले नीलको वरिपरि पानीको लागि खन्‍न लागे, किनभने नील नदीको पानी खान सकिँदैनथ्‍यो। 25परमप्रभुको प्रहार नदीमाथि सात दिन रह्यो।

..............................................................................................................................................................

5 - Frogs were brought the Land of Egypt - Ex 8:5-7,

5तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारूनलाई भन्, ‘आफ्‍नो लहुरो लिएर खोलाहरू, कुलाहरू र पोखरीहरूमाथि हात पसार्नुहोस्, र मिश्रभरि भ्‍यागुताहरू आऊन्‌’।”

6यसैले हारूनले आफ्‍नो हात मिश्रका पानीहरूमाथि पसारे र भ्‍यागुताहरू निस्‍केर मिश्रदेशै ढाके। 7तर जादूगरहरूले पनि आफ्‍ना गोप्‍य सीपद्वारा त्‍यसै गरे, र मिश्रमा भ्‍यागुताहरू निकाले। 

.............................................................................................................................................................

6 - All Frogs were Killed - 8:12 - 13,

12तब मोशा र हारून फारोकहाँबाट निस्‍केर गए। परमप्रभुले फारोमाथि पठाउनुभएका भ्‍यागुताहरूका बारेमा मोशाले पुकारा गरे। 13अनि परमप्रभुले मोशाको वचनअनुसार गर्नुभयो। भ्‍यागुताहरू घर, आँगन र मैदानमा मरे।..

........................................................................................................................................................

7 - Dust change to lice - Ex 8:16-17, ( भुसुनाको विपत्ति )

.16फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारूनलाई भन्, ‘तपाईंको लहुरो लिएर जमिनको धूलोमा हिर्काउनुहोस्, र ती मिश्रभरि भुसुना बनिऊन्‌’।” 17तिनीहरूले त्‍यसै गरे। जब हारूनले लहुरो लिएर आफ्‍नो हात पसारेर जमिनको धूलोमाथि हिर्काए, तब मानिसहरू र पशुहरूमा भुसुना लागे। सारा मिश्रभरिको धूलो भुसुनै-भुसुना भयो।.

..........................................................................................................................................

8 - Swarm of flies produced in Egypt except Goshen - Ex 8:20-24,.

20फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो, “बिहान सबेरै उठेर फारो नदीतिर जाँदा त्‍यसको सामु हाजिर हो। त्‍यसलाई भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: मेरो आराधना गर्न मेरा प्रजालाई जान दे। 21मेरा प्रजालाई जान दिइनस्‌ भने, हेर्, तँ, तेरा अधिकारीहरू र तेरा प्रजामाथि र तेरा घरहरूमा म हूलका हूल झीँगा पठाउनेछु, र मिश्रीहरूका घर-घरमा र तिनीहरू रहेका ठाउँहरूमा समेत हूलका हूल झीँगा थुप्रिनेछन्‌।

22“‘तर त्‍यस दिन म मेरा मानिसहरू बस्‍ने गोशेन प्रदेशलाई चाहिँ छुट्ट्याउनेछु, र त्‍यहाँ झीँगाका बथान हुनेछैन। तब तैंले जान्‍नेछस्‌ कि म, परमप्रभु यस देशमा छु। 23यसरी म मेरो प्रजा र तेरो प्रजाको बीचमा भिन्‍नता ल्‍याउनेछु। यो आश्‍चर्यपूर्ण चिन्‍ह भोलि हुनेछ’।”

24अनि परमप्रभुले त्‍यसै गर्नुभयो। फारोको महल, उनका अधिकारीहरूका घर-घरमा हूलका हूल झीँगाहरू आए, र झीँगाहरूको कारण मिश्र बरबाद भयो।

.............................................................................................................................................

9 - Flies in Egypt were made to depart - Ex 8:29-31,

29मोशाले भने, “म तपाईंबाट बाहिर जानासाथ, फारो र तपाईंका अधिकारीहरू र प्रजाबाट भोलि नै ती झीँगाका हूल हटून्‌ भनी म प्रार्थना गर्नेछु। तर परमप्रभुको निम्‍ति बलि गर्न जान नदिएर फारोले फेरि-फेरि छल नगर्नुहोला।”

30तब मोशा फारोकहाँबाट बाहिर गएर परमप्रभुलाई बिन्‍ती गरे। 31अनि परमप्रभुले मोशाको वचनअनुसार गर्नुभयो, र फारो र उनका अधिकारीहरू र उनका प्रजाकहाँबाट ती झीँगाका हूल एउटै पनि नरहने गरी हटे। 

.........................................................................................................................................

10 - Murrain was brought upon Egyptian cattle but but not Israel's Cattles -

  Ex 9:1-7, ( गाईबस्तुमा विपत्ति )

1फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो, “फारोकहाँ गएर त्‍यसलाई भन्, ‘परमप्रभु हिब्रूहरूका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: मेरा प्रजालाई मेरो आराधना गर्नलाई जान दे। 2तैंले तिनीहरूलाई जान दिन अस्‍वीकार गरिस्‌ र अझै रोकेर राखिस्‌ भने, 3खेत-मैदानमा भएका तेरा पशुहरू, अर्थात्‌ घोड़ा, गधा, ऊँट, गाईबस्‍तुहरू र भेड़ाबाख्राहरूमाथि परमप्रभुको हात पर्नेछ, र त्‍यहाँ भयानक रूढ़ी आउनेछ। 4तर परमप्रभुले इस्राएलका गाईबस्‍तु र मिश्रका गाईबस्‍तुमा भेद राख्‍नुहुनेछ, र इस्राएलीहरूको एउटै पनि पशु मर्नेछैन’।”

5परमप्रभुले यसो भनेर एक निश्‍चित समय ठहराउनुभयो, “भोलि नै यस देशमा परमप्रभुले यो काम गर्नुहुन्‍छ।” 6अनि भोलिपल्‍ट परमप्रभुले त्‍यो काम गर्नुभयो, र मिश्रका सबै गाईबस्‍तु मरे, तर इस्राएलीहरूको एउटै पनि गाईबस्‍तु मरेन। 7फारोले सो हेर्नलाई मानिसहरू पठाए, तर इस्राएलीहरूका गाईबस्‍तुहरूमध्‍येको एउटै पनि मरेको उनीहरूले देखेनन्‌। तापनि फारोको हृदय कठोर भई नै रह्यो, र उनले मानिसहरूलाई जान दिएनन्‌।

..........................................................................................................................................

11 - Ashes were change in to dust - Ex 9:8-12, ( खटिराको विपत्ति )

8फेरि परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, “भट्टीबाट आ-आफ्‍ना मुट्ठीभरि खरानी लेओ, र मोशाले फारोका आँखाकै सामु यो आकाशतिर छरिदेओस्‌। 9त्‍यो सारा मिश्रमा मसिनो धूलो भएर मिश्रका सबै मानिस र पशुका शरीरमा खटिरा बन्‍नेछन्‌।”

10तब तिनीहरू भट्टीको खरानी लिएर फारोको सामुन्‍ने खड़ा भए, र मोशाले हावामा त्‍यो छरिदिए। अनि मानिस र पशुका शरीरमा खटिरा निस्‍किआए।  11जादूगरहरू खटिराको कारणले गर्दा मोशाको सामुन्‍ने टिक्‍नै सकेनन्, किनकि जादूगरहरूका शरीरमा र सारा मिश्रीहरूका शरीरमा खटिरा निस्‍केका थिए। 12तर परमप्रभुले फारोको हृदय कठोर गराउनुभयो, र परमप्रभुले मोशालाई भन्‍नुभएझैँ उनले मोशा र हारूनका कुरा सुनेनन्‌।

12 - A grievous hailstorms with fire that ran along the ground was sent upen the Egyptains ( असिनाको विपत्ति )

- Ex 9:22 - 26, 

 .22तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “तेरो हात आकाशतिर पसार्, र सारा मिश्रभरि असिना परोस्‌— मिश्रभरिका मानिस, पशु, बारीमा उम्रने सबैमा असिना बर्सोस्‌।” 23तब मोशाले आफ्‍नो लहुरो आकाशतिर पसारे, र परमप्रभुले गर्जन र असिना पठाउनुभयो, र पृथ्‍वीसम्‍म बिजुली चम्‍क्‍यो। अनि परमप्रभुले मिश्रमा असिना बर्साउनुभयो। 24असिना पर्‍यो र बिजुली चम्‍क्‍यो। यस्‍तो त मिश्र राष्‍ट्रको प्रारम्‍भदेखि भएको थिएन।  25असिनाले सारा मिश्रभरिका मैदानका मानिस र पशु दुवैलाई चुट्यो। असिनाले बारीमा उम्रेका सबैलाई चुट्यो र सबै रूखहरू नाङ्गा पार्‍यो। 26केवल इस्राएलीहरू भएको गोशेन प्रदेशमा असिना परेन।

................................................................................................................................................................

13 - The thunder and hail stopped upon command - Ex 9:33 ,

33अनि मोशा फारोबाट सहरदेखि निस्‍केर गए, र परमप्रभुतिर आफ्‍ना हात पसारे। तब गर्जन र असिना थामियो, र जमिनमा पानी ओइरिएन। ......

.........................................................................................................................................

14 - Plague and Locusts was brought - Ex 10:12-15 ,  (  सलहको विपत्ति ) ..

12तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “सलहहरू मिश्रमा आऊन्‌ भनी आफ्‍नो हात पसार्, र ती मिश्रमा आएर असिनाबाट बाँचेका बारीका जम्‍मै सागपातहरू खाइदेऊन्।”

13अनि मोशाले आफ्‍नो लहुरो मिश्रमाथि पसारे, र परमप्रभुले त्‍यस दिनभरि र रातभरि देशमा पूर्वीय बतास चलाउनुभयो। जब बिहान भयो तब पूर्वीय बतासले सलहहरू ल्‍याएको थियो। 14अनि सलहहरू मिश्रमा आए, र सारा देशभरि हूलका हूलमा बसे। त्‍यतिका सलहहरू न त अघि आएका थिए न पछि फेरि आउनेछन्‌।  15तिनीहरूले सारा भूमिलाई ढाके, यहाँसम्‍म कि जमिनै कालो देखियो। अनि तिनीहरूले असिनाबाट बाँचेका, देशका सब सागपात र रूखका सबै फलहरू खाइहाले। मिश्रभरि हरियोपरियो केही रहेन।

............................................................................................................

15 - Locusts were blown away - Ex 10:16-20,  

16तब फारोले मोशा र हारूनलाई झट्टै बोलाउन पठाए, र उनले भने, “मैले परमप्रभु तिमीहरूका परमेश्‍वरको विरुद्धमा र तिमीहरूका विरुद्धमा पाप गरें। 17यसकारण अब म बिन्‍ती गर्दछु, फेरि मेरो पाप क्षमा गर, र परमप्रभु आफ्‍ना परमेश्‍वरसँग बिन्‍ती गर, र उहाँले ममाथि आइलागेको यो विपत्ति मबाट हटाइदेऊन्।”

18तब मोशा फारोकहाँबाट निस्‍केर गए, र परमप्रभुलाई बिन्‍ती गरे। 19अनि परमप्रभुले अति ठूलो पश्‍चिमी बतास चलाइदिनुभयो, जसले सलहहरूलाई लाल समुद्रतिर उड़ाएर लग्‍यो, र मिश्रभित्र एउटै पनि सलह रहेन। 20तर परमप्रभुले फारोको हृदय कठोर पारिदिनुभयो, र उनले इस्राएलीहरूलाई जान दिएनन्‌।  ......

......................................................................................................................................................

16 - Darkness brought but Hebrew had light Ex - 10:21-23,  (  अन्‍धकारको विपत्ति )

    21फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो, “तेरो हात आकाशतिर पसार्, र मिश्रमा अँध्‍यारो भइजाओस्‌। छाम्‍दा थाहा पाउनेजस्‍तो अन्‍धकार होस्‌।” 22अनि मोशाले आफ्‍नो हात आकाशतिर पसारे, र सारा मिश्रमा तीन दिनसम्‍म निस्‍पट्ट अन्‍धकार भयो।  23तीन दिनसम्‍म न त कसैले कसैलाई देख्‍न सक्‍यो, न कोही आफ्‍नो ठाउँबाट उठ्‌न सक्‍यो। तर सारा इस्राएलीहरू बसेका ठाउँहरूमा भने उज्‍यालै रह्यो।   

...........................................................................................................................................................

17 - Firstborn was slain but passover blood on their doorpost were saved -

Ex 12:21-30,

21तब मोशाले इस्राएलका सबै धर्म-गुरुहरूलाई बोलाउन पठाएर तिनीहरूलाई भने, “गएर आ-आफ्‍नो परिवारअनुसार एउटा-एउटा थुमा निकाल, र निस्‍तार-चाड़का बलिको निम्‍ति मार। 22हिसपको झुप्‍पा भाँड़ाको रगतमा चोपेर ढोकाको चौकोसको माथिल्‍लो भाग र दुवैतिरका खम्‍बामा छ्याप्‍नू। तिमीहरूमध्‍ये कोही पनि बिहानसम्‍म घरको ढोकाबाहिर ननिस्‍कनू। 23जब परमप्रभु मिश्रीहरूलाई प्रहार गर्न देश भएर जानुहुनेछ, तब उहाँले चौकोसको माथिल्‍लो भाग र दुवैतिरका खम्‍बामा रगत देख्‍नुहुनेछ, र त्‍यस ढोकालाई छोड़ेर, निस्‍तार गरी, विनाश पार्नेलाई तिमीहरूका घरमा तिमीहरूलाई मार्न पस्‍न दिनुहुन्‍न। 

24“तिमीहरूले यी कुरा सदाको निम्‍ति एक रहिरहने विधि स्‍वरूप आफू र आफ्‍ना भावी सन्‍तानका लागि मान्‍नू। 25जब तिमीहरू परमप्रभुले प्रतिज्ञा गरेर दिनुभएको देशमा पस्‍नेछौ, तब तिमीहरूले यो चाड़ मान्‍नू। 26जब तिमीहरूका छोराछोरीले यस चाड़को अर्थ के हो भनी सोध्‍छन्, 27तब तिमीहरूले भन्‍नू, ‘यो परमप्रभुको निस्‍तार-चाड़को बलिदान हो। उहाँ मिश्रमा इस्राएलीहरूका घरहरूबाट भएर जानुभयो, र उहाँले मिश्रीहरूलाई प्रहार गर्नुहुँदा हामीहरूका घरचाहिँ उहाँले छोड्‌नुभएको थियो’।” तब मानिसहरूले शिर निहुराएर आराधना गरे। 28अनि इस्राएलीहरूले परमप्रभुले मोशा र हारूनलाई आज्ञा गर्नुभएझैँ गरे।

29मध्‍यरातमा सिंहासनमा बस्‍ने फारोको जेठो छोरादेखि लिएर झ्‍यालखानमा हुने कैदीको जेठो छोरासम्‍म, सबै गाईबस्‍तुहरूका पहिले बियाएकासमेत, मिश्रमा सबैलाई पहिले जन्‍मेकाहरू परमप्रभुले मार्नुभयो।  30फारो, उनका सबै अधिकारीहरू, र सारा मिश्रीहरू राती नै उठे। मिश्रमा ठूलो रुवाबासी भयो, किनकि त्‍यहाँ एउटा नमरेको कुनै घर थिएन।

 ......................................................................................................................................................

18 - Lord hid Hebrews with cloud - Ex 14:19-20, 

..19तब इस्राएलका सैनिकहरूका अगिअगि हिँड्‌ने परमेश्‍वरका दूत हटेर तिनीहरूका पछिल्‍तिर गए, र बादलको खामो तिनीहरूका अगिबाट हटेर तिनीहरूका पछिल्‍तिर खड़ा भयो। 20त्‍यो मिश्रीको सेना र इस्राएलको सेनाको बीचमा आयो। रातभरि बादलले एकातिर अँध्‍यारो पार्‍यो र अर्कोतिर उज्‍यालो पार्‍यो। तिनीहरू रातभरि एक-अर्काको नजिक आएनन्‌।

....................................................................................................................................................

19 - The Red sea was Parted - Ex 14:21, ......................

......21तब मोशाले आफ्‍नो हात समुद्रमाथि पसारे, र परमप्रभुले रातभरि जोडसित पूर्वीय बतास चलाइदिनुभयो, र समुद्रलाई पछि पन्‍साइदिनुभयो, र पानी दुई भाग भएर समुद्र ओबानो जमिन भयो।........................

......................................................................................................................................................................

20 - The Sea bottom was made by dry the land ..Ex 14:21,...

.21तब मोशाले आफ्‍नो हात समुद्रमाथि पसारे, र परमप्रभुले रातभरि जोडसित पूर्वीय बतास चलाइदिनुभयो, र समुद्रलाई पछि पन्‍साइदिनुभयो, र पानी दुई भाग भएर समुद्र ओबानो जमिन भयो।................................

.............................................................................................................................................

21 - The wheels were taken off - Ex 14:23 - 25, 

..23मिश्रीहरू, फारोका घोड़ाहरू, उनका रथहरू र घोड़चढ़ीहरू तिनीहरूलाई खेदेर समुद्रभित्रै तिनीहरूका पछिपछि लागे। 24अनि रातको पछिल्‍लो पहरमा परमप्रभुले मिश्रीहरूको सेनालाई आगो र बादलको खम्‍बाबाट हेर्नुभयो, र मिश्रीहरूको सेनालाई अलमल्‍ल गराइदिनुभयो। 25उहाँले उनीहरूका रथका पाङ्‌ग्राहरू फुस्‍काइदिनुभयो र उनीहरूलाई ती चलाउन कठिन भयो। मिश्रीहरू भन्‍न लागे, “हामी इस्राएलीहरूदेखि भागौं, किनकि परमप्रभु तिनीहरूका पक्षमा भएर मिश्रीहरूका विरुद्धमा लड्‌दैहुनुहुन्‍छ।”...

...................................................................................................................................................

22 - The water of red sea returned and drowned the Egyptians army -

Ex 14:27-28, ..

. 27मोशाले आफ्‍नो हात समुद्रमाथि पसारे, र बिहान उज्‍यालो हुँदा समुद्र फेरि फर्केर आफ्‍नो ठाउँमा आयो। मिश्रीहरू त्‍यसको विपरीत दिशातिर भाग्‍न लागे, तर परमप्रभुले मिश्रीहरूलाई समुद्रमै फ्‍याँकिदिनुभयो। 28पानी फर्केर आयो र रथहरू, घोड़चढ़ीहरू, अर्थात्‌ इस्राएलका पछिपछि आएका फारोका जम्‍मै सेनालाई छोप्‍यो; र उनीहरूमध्‍ये एउटै पनि बाँचेन।...............

....................................................................................................................................................

23 - Moses made bitter water sweet - Ex 15:23-25, .....

23अनि मारा भन्‍ने ठाउँमा आएपछि माराको पानी तिनीहरूले खान सकेनन्, किनकि त्‍यो तीतो थियो। (यसैले त्‍यसको नाउँ मारा भयो।) 24यसकारण मानिसहरू “हामीले के पिउने?” भनेर मोशासित गनगनाउन लागे।

25तब मोशाले परमप्रभुलाई पुकारा गरे। अनि परमप्रभुले तिनलाई एउटा काठको टुक्रा देखाइदिनुभयो, र तिनले त्‍यो पानीमा हाल्‍दा पानी मीठो भयो।

त्‍यहीँ नै परमप्रभुले तिनीहरूका निम्‍ति एक विधि र विधान बनाउनुभयो, र उहाँले तिनीहरूको जाँच गर्नुभयो।

..............................................................................................................................................................

24 - Hebrew were fed with quails - Ex 16:11-13, 

11परमप्रभुले मोशालाई भन्‍नुभयो, 12“इस्राएलीहरूको गनगन मैले सुनेको छु। तिनीहरूलाई भन्, ‘बेलुकी तिमीहरूले मासु खानेछौ, र बिहान रोटीले अघाउनेछौ। तब म परमप्रभु तिमीहरूका परमेश्‍वर रहेछु भन्‍ने तिमीहरूले थाहा पाउनेछौ’।”

13तब बेलुकी बट्टाई चराहरू आएर छाउनी नै ढाके, र बिहानचाहिँ छाउनीका चारैतिर शीत परिरह्यो। 14जब त्‍यो शीत सुक्‍यो तब जमिनमा परेको तुसारोझैँ ससाना डल्‍ला उजाड़-स्‍थानभरि रहेछन्‌।

..........................................................................................................................................................

25 - Hebrew were fed with Manna - Ex 16:14-15, .

जब त्‍यो शीत सुक्‍यो तब जमिनमा परेको तुसारोझैँ ससाना डल्‍ला उजाड़-स्‍थानभरि रहेछन्‌। 15इस्राएलीहरूले त्‍यो देखेर आपसमा भन्‍न लागे, “यो के हो?” किनकि तिनीहरूले त्‍यो के हो भनी जान्‍दैनथे। 

मोशाले तिनीहरूलाई भने, “यो परमप्रभुले तिमीहरूलाई दिनुभएको रोटी हो। 

..........................................................................................................................................................

26 - The manna wouldn't store until morning - Ex 16:19-20

19तब मोशाले तिनीहरूलाई भने, “कसैले पनि त्‍यसबाट केही पनि बिहानसम्‍म नराखोस्‌।”

20तर तिनीहरूमध्‍ये कसैले मोशाको कुरा सुनेनन्, र तिनीहरूले त्‍यसबाट केही भाग बिहानसम्‍मै राखे। तर त्‍यसमा कीरा लागेर गन्‍हाउन लाग्‍यो। मोशा तिनीहरूसित क्रोधित भए।

Ex 16:23-24,   

3तब तिनले तिनीहरूलाई भने, “परमप्रभुले अह्राउनुभएको कुरा यही हो: ‘भोलि विश्रामको दिन हो, परमप्रभुको निम्‍ति एक पवित्र शबाथ हो। जे पकाउनु छ, सो पकाओ, र जे उमाल्‍नु छ, सो उमाल। जति उब्रिन्‍छ त्‍यो आफ्‍नो निम्‍ति बिहानसम्‍मलाई राख’।” 

24मोशाले आज्ञा गरेझैँ त्‍यो तिनीहरूले बिहानसम्‍मै छोड़िराखे। त्‍यो गन्‍हाएन र त्‍यसमा कुनै कीरा पनि लागेन। 

...........................................................................................................................................................

27 - Manna per his exact needs - Ex 16:16-22, ......

 16परमप्रभुले यो आज्ञा गर्नुभएको छ: ‘यसबाट हरेकले आफूले खाने जति बटुल। तिमीहरूका आ-आफ्‍नो पालमा हुने हरेकको निम्‍ति एक-एक ओमेर बटुल’।”

17इस्राएलीहरूले त्‍यसै गरे, कसैले धेरै, कसैले थोरै बटुले। 18जब तिनीहरूले त्‍यो ओमेरले नापे, तब धेरै बटुल्‍नेको ज्‍यादा भएन र थोरै बटुल्‍नेको कम भएन। तिनीहरू हरेकले आफूले खाने जति नै बटुले। 

19तब मोशाले तिनीहरूलाई भने, “कसैले पनि त्‍यसबाट केही पनि बिहानसम्‍म नराखोस्‌।”

20तर तिनीहरूमध्‍ये कसैले मोशाको कुरा सुनेनन्, र तिनीहरूले त्‍यसबाट केही भाग बिहानसम्‍मै राखे। तर त्‍यसमा कीरा लागेर गन्‍हाउन लाग्‍यो। मोशा तिनीहरूसित क्रोधित भए।

21यसरी बिहान-बिहान तिनीहरू हरेक मानिसले आफूले खाने जति बटुल्‍थे, र घाम छिप्‍पिएपछि त्‍यो बिलाइहाल्‍थ्‍यो। 22छैटौँ दिनचाहिँ तिनीहरूले दोबर, अर्थात्‌ हरेकको निम्‍ति दुई-दुई ओमेर बटुले, अनि समुदायका सबै नाइकेहरू आएर मोशालाई त्‍यो कुरा बताए।.

...................................................................................................................................................................

28 - Water from Rock in Horeb - Ex 17:1-6,

1इस्राएलीहरूका सारा समुदाय सीनको उजाड़-स्‍थानबाट परमप्रभुको आज्ञाबमोजिम ठाउँ-ठाउँमा यात्रा गरेर रपीदीममा आइपुगे। त्‍यहाँ तिनीहरूले डेरा बनाए, तर मानिसहरूका निम्‍ति खाने पानी थिएन।  2यसकारण तिनीहरूले मोशासित झगड़ा गरेर भने, “हामीलाई खाने पानी दिनुहोस्‌।”

मोशाले तिनीहरूलाई भने, “तिमीहरू किन मसित कलह गर्दछौ? तिमीहरू किन परमप्रभुको परीक्षा गर्दछौ?”

3तर मानिसहरूलाई पानीको तिर्खा लाग्‍यो, र ती यसो भनेर मोशाको विरुद्धमा गनगनाए, “तपाईंले हामी, हाम्रा बालबच्‍चा र पशुहरूलाई तिर्खाले मार्न किन मिश्रबाट यहाँ ल्‍याउनुभयो?”

4तब मोशाले यसो भनी परमप्रभुलाई पुकारा गरे, “म यी मानिसहरूलाई के गरूँ? यिनीहरूले त मलाई ढुङ्गाले हान्‍नै आँटेका छन्‌।”

5परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूका धर्म-गुरुहरूमध्‍ये कतिलाई साथमा लिएर मानिसहरूका अगिअगि जा, र तैंले नील नदीलाई हिर्काएको तेरो लहुरो पनि आफ्‍नो हातमा लिएर जा। 6म होरेबमा भएको चट्टानमा तेरो अगि खड़ा हुनेछु। तैंले चट्टानलाई हिर्काउनू, र मानिसहरूले पिउनलाई त्‍यहाँबाट पानी निस्‍कनेछ।” तब मोशाले इस्राएलीहरूका धर्म-गुरुहरूका सामुन्‍ने त्‍यसै गरे। 

... ...............................................................................................................................................................

29 - Fire from burnt offering - Lev 9;22 - 24, 

22तब हारूनले आफ्‍ना हात मानिसहरूतिर उठाएर तिनीहरूलाई आशीर्वाद दिए। यसरी पापबलि, होमबलि र मेलबलि चढ़ाएर उनी तल ओर्ले। 

23तब मोशा र हारून भेट हुने पालभित्र प्रवेश गरे, अनि निस्‍केर मानिसहरूलाई आशीर्वाद दिए। अनि परमप्रभुको महिमा सबै मानिसहरूमा देखा पर्‍यो। 24परमप्रभुको सामुन्‍नेबाट आगो निस्‍केर वेदीमा रहेको होमबलि र बोसोलाई भस्‍म पार्‍यो। जब मानिसहरूले यो देखे, तब तिनीहरू खुशीले कराएर घोप्‍टो परेर लोटे।

.........................................................................................................................................................................

30 - Miriam was made leprous - Ex 12:1-16, 

1मोशाकी कूशी पत्‍नीको कारणले मिरियम र हारून मोशाको विरुद्धमा बोल्‍न लागे, किनभने तिनले कूशी पत्‍नी ल्‍याएका थिए।  2तिनीहरूले भने, “के परमप्रभुले केवल मोशाद्वारा मात्र कुरा गर्नुभएको छ र? के उहाँले हामीद्वारा पनि कुरा गर्नुभएको छैन र?” अनि परमप्रभुले यो कुरा सुन्‍नभयो।

3मोशाचाहिँ पृथ्‍वीभरिमा सबैभन्‍दा विनम्र व्‍यक्ति थिए।

4परमप्रभुले तुरुन्‍तै मोशा, हारून र मिरियमलाई भन्‍नुभयो, “तिमीहरू तीनै जना भेट हुने पालमा आओ।” अनि ती तीनै जना आए। 5तब परमप्रभु बादलको खामोमा आई भेट हुने पालको ढोकामा उभिएर हारून र मिरियमलाई बोलाउनुभयो। जब ती दुवै अगि आए, 6तब उहाँले भन्‍नुभयो, “अब मेरो कुरा सुन:

“जब तिमीहरूका बीचमा परमप्रभुको कुनै अगमवक्ता छ,

तब म त्‍यससँग दर्शनमा आफैलाई प्रकट गर्छु,

त्‍यससँग सपनामा कुरा गर्छु।

7तर मेरो दास मोशासित त म त्‍यसो गर्दिनँ। 

त्‍यो त मेरा सबै घरानामा विश्‍वासी छ।

8त्‍यससँग म गुप्‍त रीतिले होइन,

तर आमनेसामने प्रष्‍टसँग कुरा गर्छु,

र मेरो स्‍वरूप त्‍यसले हेर्छ।

यसैकारण मेरो दास मोशाको विरुद्धमा बोल्‍न तिमीहरूलाई किन डर लागेन?”

9अनि तिनीहरूका विरुद्धमा परमप्रभुको क्रोध दन्‍क्‍यो, र उहाँ त्‍यहाँबाट गइहाल्‍नुभयो।

10पालमाथिबाट बादल हट्‌दा मिरियम कुष्ठरोग लागेर हिउँजस्‍तै सेती भइसकेकी थिइन्‌। हारूनले मिरियमलाई हेर्दा तिनी कुष्ठरोगी भइसकेकी देखे। 11हारूनले मोशालाई भने, “मेरा प्रभु, बिन्‍ती छ, हामीले मूर्खता गरेर पाप गरेका छौं, तर यसको दण्‍ड हामीले भोग्‍नु नपरोस्‌। 12आमाको गर्भबाट निस्‍कँदै आधा कुहेर मरिसकेको जस्‍तो यसलाई हुन नदिनुहोस्‌।”

13तब मोशाले यसो भनेर परमप्रभुमा पुकारा गरे, “हे परमेश्‍वर, म आग्रहपूर्वक बिन्‍ती गर्दछु, त्‍यसलाई निको पारिदिनुहोस्‌।”

14तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “त्‍यसको बुबाले त्‍यसको मुखमा थुकिदिएको भए, के त्‍यो सात दिनसम्‍म शर्ममा पर्ने थिइन र? त्‍यसलाई सात दिनसम्‍म छाउनीबाहिरै थुनिराख्, त्‍यसपछि मात्र त्‍यसलाई भित्र ल्‍याउनू।”  15तब मिरियम सात दिनसम्‍म छाउनीबाहिर थुनिइन्, र मिरियमलाई भित्र नल्‍याउञ्‍जेल मानिसहरू पनि अगाड़ि बढ़ेनन्‌।

16त्‍यसपछि हसेरोतबाट बढ़ेर तिनीहरूले पारानको मरुभूमिमा पाल टाँगे।

.........................................................................................................................................................

31 - Complaining Hebrews were burn - Ex Num 11:1-2,

.1यतिखेर परमप्रभुको कानमा पुग्‍ने गरी ती मानिसहरू आफ्‍ना कष्‍टहरूका विषयमा गनगनाउन लागे। जब परमप्रभुले यो सुन्‍नुभयो, तब उहाँको क्रोध दन्‍क्‍यो, र परमप्रभुको अग्‍नि सल्‍केर छाउनीको पल्‍लो भाग भस्‍म पारिदियो। 2अनि मानिसहरू मोशाकहाँ आएर विलाप गरे। तब मोशाले परमप्रभुलाई प्रार्थना गरे, र आगो निभ्‍यो।....

..................................................................................................................................................................

32 - The Lord Consumed 250 Men - Num 16:16-18, 35,

.16मोशाले कोरहलाई भने, “तिमी र तिम्रा सबै दल र हारून पनि भोलि परमप्रभुको सामुन्‍ने आओ। 17तिमीहरू हरेकले आ-आफ्‍नो धुपौरो लिएर त्‍यसमा धूप हाल, र हरेकले आ-आफ्‍नो धुपौरो, अर्थात्‌ दुई सय पचास धुपौरा परमप्रभुको सामु ल्‍याओ। हारून र तिमीले पनि आ-आफ्‍नो धुपौरो ल्‍याउनू।” 18यसैकारण उनीहरू हरेकले आ-आफ्‍नो धुपौरो लिएर तिनमा आगो सल्‍काएर धूप हाले। अनि उनीहरू मोशा र हारूनका साथमा भेट हुने पालको ढोकामा खड़ा भए।

35अनि परमप्रभुकहाँबाट आगो निस्‍केर धूप चढ़ाउने ती दुई सय पचास जनालाई भस्‍म पार्‍यो।......................

..............................................................................................................................................................................

33 - Earth swallowed Korah and his men - Num 16:28-33....

28तब मोशाले भने, “यसबाट तिमीहरूले थाहा पाउनेछौ, कि यी सबै काम गर्नलाई परमप्रभुले मलाई पठाउनुभएको हो, र मैले यी आफ्‍नै राजीखुशीले गरेको होइनँ। 29यदि यी मानिसहरू पनि सबै अन्‍य मानिसझैँ स्‍वाभाविक मृत्‍युले मर्छन्‌ भने, परमप्रभुले मलाई पठाउनुभएको होइन। 30तर यदि परमप्रभुले अनौठो काम गर्नुहुन्‍छ र धरती फाटेर यिनीहरूका सबै थोकसमेत यिनीहरू जिउँदै चिहानमा पुरिन्‍छन्‌ भने, यी मानिसहरूले परमप्रभुलाई तुच्‍छ ठानेका नै रहेछन्‌ भनी तिमीहरूले थाहा पाउनेछौ।”

31तिनले यी सबै कुरा भनिसकेका मात्र थिए, उनीहरूमुनिको धरती फाट्यो। 32अनि धरतीले आफ्‍नो मुख बाएर उनीहरू र उनीहरूका घरानाहरू— कोरहतर्फका सबै मानिसहरू— उनीहरूका मालतालसमेतलाई निलिहाल्‍यो। 33आफ्‍ना सबै कुरासमेत उनीहरू जिउँदै चिहानमा पुरिए। धरती उनीहरूमाथि बन्‍द भयो, र समुदायको बीचबाट उनीहरू नष्‍ट भए।

................................................................................................................................................................

34 - Plague that killed 14,700 - Num 16:46-50 ...

.46अनि मोशाले हारूनलाई भने, “तपाईंको धुपौरो लिनुहोस्, र त्‍यसमा वेदीबाट आगो राखेर धूप हाल्‍नुहोस्, र तुरुन्‍तै त्‍यस समुदायकहाँ लगेर तिनीहरूका निम्‍ति प्रायश्‍चित गर्नुहोस्, किनकि परमप्रभुको क्रोध दन्‍किसकेको छ— विपत्ति सुरु भएको छ।” 47तब मोशाले भनेझैँ हारून धुपौरो लिएर समुदायको माझमा दौड़ेर गए। विपत्ति मानिसहरूका बीचमा आइसकेको थियो, तर तिनले धूप हालेर मानिसहरूका निम्‍ति प्रायश्‍चित गरे। 48तिनी मरेका र जिउँदाहरूका बीचमा खड़ा भए, र विपत्ति थामियो। 49कोरहको घटनामा मरेकाबाहेक त्‍यस बेला विपत्तिले मरेकाहरू चौध हजार सात सय थिए। 50विपत्ति थामिएपछि हारून भेट हुने पालमा मोशाकहाँ फर्के।...........

..........................................................................................................................................................

35 - Aaron Rod Budded - Num 17: 1- 13, ...

1परमप्रभुले मोशालाई भन्‍नुभयो, 2“इस्राएलीहरूलाई भनेर तिनीहरूका पुर्खाका कुल-कुलबाट एक-एक वटा गरी बाह्र वटा लौराहरू ले, र तिनीहरू हरेकको नाउँ तैंले तिनीहरूको आ-आफ्‍नो लहुरोमा लेख्‌। 3लेवीका कुलको लहुरोमा तैंले हारूनको नाउँ लेख्, किनकि हरेक कुलको प्रमुख मानिसको निम्‍ति एउटा लहुरो हुनुपर्छ। 4भेट हुने पालमा गवाही-पाटीको सामुन्‍ने मैले तिमीहरूसित भेट गर्ने ठाउँमा ती राखिदे। 5जुन मानिसलाई म रोज्‍छु, त्‍यसको लहुरो टुसाउनेछ। यसरी इस्राएलीहरूले तेरो विरुद्धमा सुनाउने गनगन म बन्‍द गरिदिनेछु।”

6तब मोशाले इस्राएलीहरूलाई यो कुरा सुनाए, र तिनीहरूका नायकहरूले आ-आफ्‍ना पुर्खाको कुलअनुसार हरेक कुलनायकको निम्‍ति एक-एक वटा गरी बाह्र वटा लौराहरू तिनलाई दिए। हारूनको लहुरो पनि तिनीहरूका लौराहरूका बीचमा थियो। 7मोशाले ती लौराहरू लिएर गवाही-पाटीको पालमा परमप्रभुको सामुन्‍ने राखिदिए।

8भोलिपल्‍ट मोशा गवाही-पाटीको पालमा गए। अनि लेवी घरानाको निम्‍ति राखेको हारूनको लहुरोमा कोपिला लागेको रहेछ, र कोपिला लागेर फूल फुलेको र हाड़े-बदाम पनि पाकिसकेको रहेछ।  9तब मोशाले सबै लौराहरू परमप्रभुको सामुन्‍नेबाट इस्राएलीहरूकहाँ ल्‍याए र हेरेर हरेकले आ-आफ्‍नो लहुरो लिए।

10परमप्रभुले मोशालाई भन्‍नुभयो, “विद्रोही पुस्‍ताको विरुद्धमा चिन्‍हको निम्‍ति हारूनको लहुरोलाई गवाही-पाटीको सामु फेरि लगेर राख्, र मेरो विरुद्ध तिनीहरूको गनगन तैंले अन्‍त गरिदे, नत्रता तिनीहरू मर्लान्‌।” 11परमप्रभुले आज्ञा गर्नुभएअनुसार मोशाले सबै गरे।

12इस्राएलीहरूले मोशालाई भने, “हेर्नुहोस्, हामी नष्‍ट भयौं, बरबाद भयौं, हामी सबै खतम भयौं 13परमप्रभुको पवित्र स्‍थानको नजिक आउने हरेक मर्नेछ। के हामी पनि सबै नष्‍ट हुने?”

.....................................................................................................................................................

36 - Moses struck the rock twice to bring forth water - Num 20:1-11, ..

1इस्राएलीहरूका सारा समुदाय पहिलो महिनामा जीनको उजाड़-स्‍थानमा आइपुगे, र कादेशमा वास बसे। अनि मिरियम त्‍यहीँ मरिन्, र तिनीहरूले तिनलाई त्‍यहीँ नै गाड़े। 

2समुदायको निम्‍ति त्‍यहाँ पानी थिएन, अनि मानिसहरू मोशा र हारूनका विरुद्धमा जम्‍मा भए। 3तिनीहरूले मोशासित झगड़ा गरेर यसो भने, “हाम्रा दाजुभाइहरू परमप्रभुको सामु मर्दा हामी पनि मरेको भए असल हुनेथियो, 4किनभने अब हाम्रा गाईबस्‍तुसमेत हामी सब यहाँ मर्नेछौं। किन परमप्रभुको समुदायलाई तपाईंले यस उजाड़-स्‍थानमा ल्‍याउनुभयो? 5मिश्रबाट किन हामीलाई यस खराब ठाउँमा ल्‍याउनुभयो? यस ठाउँमा अन्‍न, अथवा नेभारा वा दाख वा अनारहरू केही छैनन्‌। यहाँ पिउने पानी पनि छैन।”

6तब मोशा र हारून समुदायको सामुबाट भेट हुने पालको ढोकामा गएर घोप्‍टो परे, र परमप्रभुको महिमा तिनीहरूकहाँ देखा पर्‍यो। 7परमप्रभुले मोशालाई भन्‍नुभयो, 8“यो लहुरो लिएर तँ र तेरो दाजु हारून गएर समुदायलाई जम्‍मा गर। तिनीहरूका आँखाकै सामुन्‍ने यस चट्टानलाई हुकुम गर्‌ र चट्टानबाट पानी निस्‍कनेछ, र तैंले यस चट्टानबाट तिनीहरूका निम्‍ति पानी निकाल्‍नेछस्‌। यसरी तैंले समुदाय र तिनका गाईबस्‍तुहरूलाई पानी दिनेछस्‌।”

9तब परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशा लहुरो लिएर उहाँको सामुन्‍नेबाट गए, 10अनि मोशा र हारूनले चट्टानको सामुन्‍ने समुदायलाई जम्‍मा गरे। तब मोशाले तिनीहरूलाई भने, “सुन, ए विद्रोही मानिस हो! के यही चट्टानबाट हामी तिमीहरूका निम्‍ति पानी निकालिदिऔँ?” 11अनि मोशाले आफ्‍नो हात उठाएर दुई पल्‍ट आफ्‍नो लहुरोले चट्टान हिर्काए। तब त्‍यहाँबाट प्रशस्‍त पानी फुटेर निस्‍क्‍यो, अनि समुदाय र तिनीहरूका गाईबस्‍तुले पिए।

...........................................................................................................................................................

37 - Moses made brass serpent - Num 21:5-9, 

 5तब तिनीहरूले परमेश्‍वर र मोशाको विरुद्धमा यसो भन्‍न लागे, “यस उजाड़-स्‍थानमा मर्न हामीलाई तपाईंहरूले किन मिश्रदेशबाट ल्‍याउनुभयो? यहाँ रोटी छैन, यहाँ पानी पनि छैन। यस तुच्‍छ खानेकुरादेखि त हामीलाई वाक्‍कै लागिसक्‍यो।” 

6तब परमप्रभुले ती मानिसहरूका बीचमा विषालु सर्पहरू पठाइदिनुभयो, र सर्पले मानिसहरूलाई डसे, र इस्राएलीहरूका धेरै जना मरे। 7अनि मोशाकहाँ आएर मानिसहरूले भने, “परमप्रभु र तपाईंको विरुद्धमा बोलेर हामीले पाप गरेका छौं। उहाँले हामीबाट यी सर्पहरू हटाइदेऊन् भनी परमप्रभुलाई प्रार्थना गर्नुहोस्‌।” तब मोशाले ती मानिसहरूका निम्‍ति प्रार्थना गरे।

8परमप्रभुले मोशालाई भन्‍नुभयो, “तैंले विषालु सर्पको एउटा प्रतिमा बनाएर त्‍यसलाई एउटा खामामा झुण्‍ड्या। सर्पले डसेकाहरूले त्‍यसलाई हेरेपछि तिनीहरू बाँच्‍नेछन्‌।” 9तब मोशाले एउटा काँसाको सर्प बनाएर त्‍यसलाई एउटा खामामा झुण्‍ड्याए। सर्पले डसेका सबैले काँसाको सर्पलाई हेरेपछि बाँचे। 

............................................................................................................................................................

38 - Moses appeared on the mount of transfiguration with Jesus - Lk 9:28-36, 

28यी कुराको प्राय: आठ दिनपछि पत्रुस, यूहन्‍ना र याकूबलाई आफूसित लिएर प्रार्थना गर्नलाई उहाँ पहाड़माथि उक्‍लनुभयो।  29उहाँले प्रार्थना गरिरहनुहुँदा उहाँको मुहारको रूप बद्‌लियो, र उहाँको वस्‍त्र बिजुली चम्‍केको जस्‍तो उज्‍ज्‍वल भयो। 30अनि उहाँसँग दुई जना मानिस बातचीत गरिरहेका थिए, उनीहरू मोशा र एलिया थिए। 31उनीहरू महिमित रूपमा देखा परी येशूका मृत्‍युको विषयमा बातचीत गरिरहेका थिए। यो कुरा उहाँले यरूशलेममा पूरा गर्नुपर्नेथियो। 32अब पत्रुस र तिनीसँग हुनेहरू निद्राले लट्ठ भएका थिए। तर ब्‍यूँझेपछि तिनीहरूले उहाँको महिमा र उहाँसँग उभिएका ती दुई जना मानिसलाई देखे। 33तब ती दुई मानिसहरू उहाँसँग बिदा भएर जान लाग्‍दा पत्रुसले येशूलाई भने, “गुरुज्‍यू, हामीलाई यहीँ बस्‍नु असल रहेछ। हामी तीन वटा वासस्‍थान बनाऔं— एउटा तपाईंको निम्‍ति, एउटा मोशाको निम्‍ति र एउटा एलियाको निम्‍ति।” आफूले बोलेका कुराको तिनलाई ख्‍यालै थिएन।

34तिनी यी कुरा बोल्‍दाबोल्‍दै एउटा बादल आएर उहाँहरूलाई छोप्‍यो, र उहाँहरू बादलभित्र पस्‍न लाग्‍दा तिनीहरू भयभीत भए। 35अनि बादलबाट यसो भन्‍ने एउटा आवाज निस्‍क्‍यो, “यिनी मेरा पुत्र हुन्, जसलाई मैले छानेको हुँ। यिनको वचन सुन।”  36यो शब्‍द भएपछि येशू त्‍यहाँ एकलै हुनुभयो। तिनीहरू चूपचाप रहे, र तिनीहरूले देखेका कुराहरू ती दिनमा कसैलाई भनेनन्‌।

......

 

 

 

 

Our story

We are a dedicated team committed to crafting exceptional experiences. Our focus lies in providing reliable and innovative solutions, driven by a deep respect for quality and a genuine desire to exceed expectations.

Our history

From modest beginnings, we've grown through unwavering dedication and a commitment to continuous improvement. Each step has reinforced our core belief in the power of collaboration and the importance of integrity. We're passionate about what we do, and we're excited to share our story with you.

Bible Study - Subject 

Be ready for sermon

Our Bible Study - A page is designed to help you prepare your heart and mind for the messages you'll hear in sermons. We provide insights and resources to enrich your understanding and application of biblical teachings, ensuring you're always ready to receive and grow from the Word.

Designed for everyone

This Bible Study page is for everyone! Whether you are just starting your spiritual journey or have been walking with God for many years, our resources are designed to meet you where you are and help you grow. Join our community at SIMON THAPA in Decatur GA, where we are teaching the community for developing together in faith.

Key themes explored

Our most important theme is helping you to be ready for sermons, this page focuses on helping you understand the core teachings of the Bible, providing context, and encouraging personal reflection. We aim to equip you with the knowledge and understanding to apply biblical principles to your daily life.