Information

Information

EVE - GEN 2:-4:

DATE - OCTOBER 31/2025,

उत्‍पत्ति 2

1यसरी आकाशमण्डल र पृथ्‍वी र तिनमा भएका सबै कुरा बनाइसिद्धिए।

2आफूले गर्नुभएका काम छैटौँ दिनमा परमेश्‍वरले सिद्ध्याउनुभयो। र सातौँ दिनमा आफूले गर्नुभएका सबै कामबाट उहाँले विश्राम लिनुभयो।   3अनि परमेश्‍वरले सातौँ दिनलाई आशिष्‌ दिनुभयो र त्‍यसलाई पवित्र तुल्‍याउनुभयो, किनभने आफूले सृष्‍टिमा गर्नुभएका सारा कामबाट यसै दिनमा उहाँले विश्राम लिनुभयो।

                                          अदनको बगैँचामा आदम र हव्‍वा

4आकाश र पृथ्‍वीका सृष्‍टिको वृत्तान्‍त यही हो।

परमप्रभु परमेश्‍वरले आकाश र पृथ्‍वी सृष्‍टि गर्नुभएको दिन 5भूमिमा एउटै पनि वनस्‍पति थिएन, र भूमिमा कुनै घाँसपात पनि उम्रेको थिएन, किनभने परमप्रभु परमेश्‍वरले पृथ्‍वीमा पानी बर्साउनुभएको थिएन र भूमि खनजोत गर्न कुनै मानिस पनि थिएन। 6तर पृथ्‍वीबाट खोलाहरू निस्‍की उठेर समस्‍त भूमिलाई भिजाउने गर्थे। 7तब परमप्रभु परमेश्‍वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भए। 

8परमेश्‍वरले पूर्वतिर अदनमा एउटा बगैँचा लगाउनुभयो, र उहाँले बनाउनुभएको मानिसलाई त्‍यहीँ राख्‍नुभयो। 9अनि हेर्नमा राम्रो र खानमा असल फल भएको हरेक किसिमको रूख परमप्रभु परमेश्‍वरले भूमिबाट उमार्नुभयो। उहाँले बगैँचाको बीचमा जीवनको रूख र असल र खराबको ज्ञान दिने रूख पनि लगाउनुभयो। 

10बगैँचा भिजाउनलाई अदनबाट एउटा नदी निस्‍केको थियो, र त्‍यहाँबाट छुट्टिएर त्‍यो चार वटा शाखा भएको थियो। 11पहिलो नदीको नाउँ पीशोन हो। यो त्‍यही नदी हो, जुन हवीलाको समस्‍त मुलुकमा बग्छ, जहाँ सुन पाइन्‍छ। 12त्‍यस देशको सुन असल हुन्‍छ। त्‍यहाँ खोटो र आनिक्‍सहरू छन्‌। 13दोस्रो नदीको नाउँ गीहोन हो। कूशको समस्‍त देशमा बग्ने नदी यही हो। 14तेस्रो नदीको नाउँ टाइग्रिस हो। यो अश्‍शूरको पूर्वतिर बग्छ र चौथो नदी यूफ्रेटिस हो।

15परमप्रभु परमेश्‍वरले मानिसलाई अदनको बगैँचामा लानुभई त्‍यसको गोड़गाड़ र हेरचाह गर्न राख्‍नुभयो। 16अनि उहाँले मानिसलाई यो आज्ञा दिनुभयो, “बगैँचाका सबै रूखका फल तैंले सङ्कोच नमानी खाए हुन्‍छ, 17तर असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ नखानू, किनभने जुन दिन तैंले त्‍यो खान्‍छस्‌ तँ निश्‍चय नै मर्नेछस्‌।

18फेरि परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “मानिस एकलो रहन असल छैन। म त्‍यसको निम्‍ति त्‍यसलाई सुहाउने एक जना सहयोगी बनाउनेछु।”

19परमप्रभुले सबै वन-पशु र आकाशका सबै पक्षीलाई भूमिबाट बनाएर मानिसले तिनीहरूको के-के नाउँ राख्‍दो रहेछ भनी हेर्न तिनीहरूलाई मानिसकहाँ ल्‍याउनुभयो। र मानिसले हरेक प्राणीलाई जे-जे नाउँ दिए त्‍यही-त्‍यही नै त्‍यसको नाउँ भयो। 20यसरी मानिसले नै सबै पाल्तु पशु, आकाशका पक्षी र सबै वन-पशुहरूका नाउँ राखे।

तर आदमको निम्‍ति तिनलाई सुहाउँदो कोही सहयोगी पाइएन। 21यसैकारण परमप्रभु परमेश्‍वरले मानिसलाई मस्‍त निद्रामा पार्नुभयो, र उनी निदाएको बेलामा उनका करङहरूमध्‍येको एउटा निकाल्नुभई त्‍यसको ठाउँमा मासु भरिदिनुभयो। 22जुन करङ परमप्रभु परमेश्‍वरले मानिसबाट निकाल्‍नुभएको थियो, त्‍यसबाट एउटी स्‍त्री बनाउनुभई मानिसकहाँ ल्‍याउनुभयो।

23मानिसले भने,

“यो त मेरै हाड़को हाड़

र मासुको मासु हो।

तिनलाई स्‍त्री भनिनेछ।

किनभने तिनी पुरुषबाट निकालिएकी थिइन्‌।”

24यसैकारण मानिसले आफ्‍ना आमा-बुबालाई छोड्‌छ र आफ्‍नी पत्‍नीसँग मिलिरहन्‍छ, र तिनीहरू एउटै शरीर हुन्‍छन्‌। 

25मानिस र तिनकी पत्‍नी दुवै नाङ्गा थिए, र लजाउँदैनथे।

......................................................................

उत्‍पत्ति 3

मानिसको परीक्षा र पतन
1परमप्रभु परमेश्‍वरले बनाउनुभएका वन-पशुहरूमध्‍ये सर्प सबभन्‍दा धूर्त थियो। त्‍यसले स्‍त्रीलाई भन्‍यो, “के परमेश्‍वरले तिमीहरूलाई बगैँचाको कुनै पनि रूखको फल नखानू भनी भन्‍नुभएको छ?” 
2स्‍त्रीले सर्पलाई भनिन्, “बगैँचाका रूखहरूका फल हामी खान सक्‍छौं, 3तर बगैँचाको बीचमा भएको रूखका फलको विषयमा परमेश्‍वरले भन्‍नुभएको छ, ‘त्‍योचाहिँ नखानू र नछुनू, नत्रता तिमीहरू मर्छौ’।”
4सर्पले स्‍त्रीलाई भन्‍यो, “तिमीहरू मर्दैनौ। 5किनकि परमेश्‍वर जान्‍नुहुन्‍छ कि जुन दिन तिमीहरू त्‍यो खान्‍छौ त्‍यही दिन तिमीहरूका आँखा खुल्‍नेछन्, र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्‍वरजस्‍तै हुनेछौ।”
6जब स्‍त्रीले त्‍यस रूखको फल खानलाई असल र हेर्नमा रहरलाग्‍दो, र बुद्धि पाउनलाई त्‍यस रूखको चाह गर्नुपर्ने रहेछ भनी देखिन्, तब तिनले त्‍यस रूखको फल टिपेर खाइन्, र आफ्‍ना पतिलाई पनि दिइन्, र उनले पनि खाए। 7अनि दुवैका आँखा खुले, र “नाङ्गै पो रहेछौं” भनी तिनीहरूले थाहा पाए। अनि अञ्‍जीरका पातहरू गाँसेर आफ्‍ना निम्‍ति तिनीहरूले वस्‍त्र बनाए।
8अनि साँझपख परमप्रभु परमेश्‍वर बगैँचामा डुल्‍दैहुनुहुँदा तिनीहरूले उहाँको सोर सुने, र मानिस र उनकी पत्‍नी बगैँचाका रूखहरूका बीचमा परमप्रभु परमेश्‍वरको नजरबाट लुके। 9तर परमप्रभु परमेश्‍वरले मानिसलाई बोलाउनुभयो, “तँ कहाँ छस्‌?”
10उनले भने, “मैले तपाईंको सोर बगैँचामा सुनें र म डराएँ, किनभने म नाङ्गै थिएँ, र म लुकें।”
11उहाँले सोध्‍नुभयो, “तँ नाङ्गै छस्‌ भनेर कसले भन्‍यो? जुन रूखको फल नखानू भनी मैले तँलाई आज्ञा दिएको थिएँ के तैंले त्‍यो खाइस्‌?”
12मानिसले भने, “जुन स्‍त्री तपाईंले मलाई मसँगै रहन भनी दिनुभएको थियो, त्‍यसैले मलाई त्‍यो रूखको फल दिई र मैले खाएँ।”
13अनि परमप्रभु परमेश्‍वरले स्‍त्रीलाई भन्‍नुभयो, “तैंले यो के गरिस्‌?” 
स्‍त्रीले भनिन्, “सर्पले मलाई छल गर्‍यो, र मैले त्‍यो खाएँ।”
14तब परमेश्‍वरले सर्पलाई भन्‍नुभयो, तैंले यसो गरेको हुनाले,
“तँ सबै पाल्तु पशुहरू
र सबै वन-पशुहरूभन्‍दा ज्‍यादा श्रापित हुनेछस्‌।
पेटद्वारा तँ हिँड्‌नेछस्‌
र तेरो जीवनभरि तैंले माटो खानेछस्‌।
15तेरो र स्‍त्रीको बीचमा, 
र तेरो सन्‍तान र स्‍त्रीको सन्‍तानको बीचमा
म दुश्‍मनी हालिदिनेछु।
त्‍यसले तेरो शिर कुच्‍च्‍याउनेछ,
र तैंले त्‍यसको कुर्कुच्‍चो डस्‍नेछस्‌।”
16स्‍त्रीलाई उहाँले भन्‍नुभयो,
“तेरो सुत्‍केरी-वेदना म ज्‍यादै गरी बढ़ाइदिनेछु।
दु:खसँग तैंले बालक जन्‍माउनेछस्‌।
तेरो इच्‍छा पतितर्फ नै हुनेछ,
र त्‍यसले तँलाई अधीनमा राख्‍नेछ।”
17त्‍यसपछि आदमलाई उहाँले भन्‍नुभयो, तैंले तेरी पत्‍नीको कुरा सुनेर मैले नखानू भनेको रूखको फल खाएको हुनाले, 
“भूमि तेरो कारण श्रापित भएको छ।
तेरो जीवनभरि दु:खसँग त्‍यसको उब्‍जनी तैंले खानेछस्‌।
18त्‍यसले तेरो निम्‍ति काँढ़ा र सिउँड़ीहरू उमार्नेछ,
र तैंले खेतको सागपात खानेछस्‌।
19माटोमा नफर्कुञ्‍जेल
तेरो निधारको पसीनाले कमाएको भोजन तैंले खानेछस्‌।
किनकि माटैबाट तँ निकालिएको थिइस्‌।
तँ माटै होस्,
र माटैमा फर्किजानेछस्‌।”
20आदमले आफ्‍नी पत्‍नीको नाउँ हव्‍वा राखे, किनभने सबै जीवितहरूकी आमा तिनी नै हुन्‌।
21परमप्रभु परमेश्‍वरले आदम र तिनकी पत्‍नीका निम्‍ति छालाका लुगा बनाई तिनीहरूलाई लगाइदिनुभयो। 22तब परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “मानिस हामीजस्‍तै असल र खराबको ज्ञान जान्‍ने भएको छ। अब त्‍यसले जीवनको रूखको फल पनि टिपेर खान नपाओस्, नत्रभने त्‍यो सधैँभरि जीवित रहला।”  23यसैकारण जुन भूमिबाट उनी बनाइएका थिए, त्‍यसैको खेतीकिसानी गर्न परमप्रभु परमेश्‍वरले उनलाई अदनको बगैँचाबाट निकालिदिनुभयो। 24उहाँले मानिसलाई धपाइदिनुभएपछि जीवनको रूखतर्फको बाटो पहरा गर्नलाई उहाँले अदनका बगैँचाको पूर्वपट्टि करूबहरू र चारैतिर घुमिरहने ज्‍वालामय तरवार राखिदिनुभयो।

...............................................................................................................

उत्‍पत्ति 4

कयिन र हाबिल

1आफ्‍नी पत्‍नीसित आदमको सहवास भयो, र तिनी गर्भवती भएर कयिनलाई जन्माइन्, र भनिन्, “परमप्रभुको सहायताले एक पुरुष जन्‍माएँ।” 2फेरि तिनले कयिनको भाइ हाबिललाई जन्‍माइन्‌।

हाबिल भेड़ा-गोठाला भए, र कयिनचाहिँ भूमिको खेतीकिसानी गर्ने भए। 3केही समय बितेपछि कयिनले परमप्रभुकहाँ भूमिको उब्‍जनीबाट केही ल्‍याए। 4तर हाबिलले आफ्‍ना भेड़ाको बगालबाट पहिले बियाएका पाठाहरूका बोसे भाग ल्‍याए। परमप्रभुले हाबिल र तिनको भेटी ग्रहण गर्नुभयो,  5तर कयिन र उनको भेटी ग्रहण गर्नुभएन। यसैले कयिन ज्‍यादै रिसाए, र उनको मुख अँध्‍यारो भयो।

6तब परमप्रभुले कयिनलाई भन्‍नुभयो, “तँ किन रिसाउँछस्‌? तेरो मुख किन अँध्‍यारो छ? 7यदि तैंले जे ठीक छ त्‍यो गरिस्‌ भने तँ ग्रहणयोग्‍य हुँदैनस्‌ र? तर यदि तैंले ठीक काम गरिनस्‌ भनेता पाप तेरो ढोकैमा ढुकिबस्‍छ। त्‍यसको इच्‍छा तँप्रति हुन्‍छ, तर तैंले त्‍यसलाई अधीन गर्नैपर्छ।”

8कयिनले आफ्‍ना भाइ हाबिललाई भने, “आऊ, हामी बाहिर खेतमा जाऔं।” अनि जब तिनीहरू खेतमा थिए तब कयिनले आफ्‍ना भाइ हाबिलमाथि आक्रमण गरेर तिनलाई मारे। 

9तब परमप्रभुले कयिनलाई सोध्‍नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?”

तिनले भने, “मलाई थाहा छैन। के म मेरो भाइको गोठाला हुँ र?”

10परमप्रभुले भन्‍नुभयो, “यो तैंले के गरिस्‌? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेछ।  11तँ अब श्रापित भएर यस भूमिबाट खेदिएको छस्, जसले तेरो भाइको रगत तेरो हातबाट लिनलाई आफ्‍नो मुख उघार्‍यो। 12तैंले भूमिको खेती गर्दा अब उप्रान्‍त त्‍यसले तँलाई आफ्‍नो उब्‍जनी दिनेछैन। तँ पृथ्‍वीमा एक विनाचैनको डुलुवा हुनेछस्‌।”

13कयिनले परमप्रभुलाई भने, “मैले सहनै नसक्‍ने कड़ा दण्‍ड मलाई भयो। 14हेर्नुहोस्, आज तपाईंले मलाई यस भूमिबाट निकालिदिनुहुन्‍छ, र तपाईंको उपस्‍थितिबाट मैले लुक्‍नुपर्नेछ। म पृथ्‍वीमा विनाचैनको डुलुवा हुनेछु, र मलाई फेला पार्ने जोसुकैले पनि मलाई मार्नेछ।”

15तर परमप्रभुले तिनलाई भन्‍नुभयो, “त्‍यसो होइन, जसले कयिनलाई मार्छ त्‍यससित सात गुणा बदला लिइनेछ।” अनि कयिनलाई कसैले फेला पारेर नमारोस्‌ भनी परमप्रभुले तिनीमाथि एउटा चिन्‍ह लगाइदिनुभयो। 16तब कयिन परमप्रभुको उपस्‍थितिबाट निस्‍केर अदनको पूर्वपट्टि भएको नोद भन्‍ने देशमा बस्‍न लागे।

17आफ्‍नी पत्‍नीसित कयिनको सहवास भयो, र गर्भवती भएर तिनले हनोकलाई जन्‍माइन्‌। कयिनले एउटा सहर बनाएर आफ्‍नो छोराकै नाउँमा त्‍यस सहरको नाउँ पनि हनोक राखे। 18हनोकबाट ईरादको जन्‍म भयो। ईरादबाट महूयाएलको जन्‍म भयो। महूयाएलबाट मतूशाएलको जन्‍म भयो। मतूशाएलबाट लेमेखको जन्‍म भयो।

19लेमेखले दुई जना पत्‍नी ल्‍याए। एउटीको नाउँ आदा र अर्कीको सिल्‍ला थियो। 20आदाले याबाललाई जन्‍माइन्‌। उनी पालमा बस्‍नेहरू र पशु पाल्‍नेहरूका पुर्खा थिए। 21उनका भाइको नाउँ यूबाल हो। उनीचाहिँ वीणा र बाँसुरी बजाउनेहरू सबैका पुर्खा थिए। 22सिल्‍लाले तूबल-कयिनलाई जन्‍माइन्‌। उनी सबै किसिमका काँसो र फलामका हतियारहरू बनाउँथे। तूबल-कयिनकी बहिनी नामा थिइन्‌।

23लेमेखले आफ्‍ना पत्‍नीहरूलाई भने,

“ए आदा र सिल्‍ला, मेरा कुरा सुन,

ए लेमेखका पत्‍नी हो, मैले भनेका कुरामा ध्‍यान दिएर सुन,

किनभने मलाई चोट लाउने मानिसलाई मैले मारेको छु,

मलाई घाइते बनाउने जवान मानिसलाई।

24यदि कयिनको बदला सात गुणा लिइन्‍छ भने, 

लेमेखको चाहिँ सतहत्तर गुणा लिइनेछ।”

25फेरि आफ्‍नी पत्‍नीसित आदमको सहवास भयो, र तिनले एक जना छोरा जन्‍माइन्‌ र तिनको नाउँ यसो भनेर शेत राखिन्, “कयिनले मारेको हाबिलको सट्टामा परमेश्‍वरले एक जना अर्को बालक मलाई दिनुभयो।” 26शेतको पनि एक जना छोरो भयो, र उनको नाउँ एनोश राखियो।

त्‍यस समयदेखि मानिसले परमप्रभुका नाउँको पुकारा गर्न सुरु गरे।

 

 

Eve

“फेरि परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “मानिस एकलो रहन असल छैन। म त्‍यसको निम्‍ति त्‍यसलाई सुहाउने एक जना सहयोगी बनाउनेछु।””
‭‭उत्‍पत्ति‬ ‭2‬:‭18‬ ‭NNRV‬‬

“यसैकारण परमप्रभु परमेश्‍वरले मानिसलाई मस्‍त निद्रामा पार्नुभयो, र उनी निदाएको बेलामा उनका करङहरूमध्‍येको एउटा निकाल्नुभई त्‍यसको ठाउँमा मासु भरिदिनुभयो।”
‭‭उत्‍पत्ति‬ ‭2‬:‭21‬ ‭NNRV‬‬

“जुन करङ परमप्रभु परमेश्‍वरले मानिसबाट निकाल्‍नुभएको थियो, त्‍यसबाट एउटी स्‍त्री बनाउनुभई मानिसकहाँ ल्‍याउनुभयो।”
‭‭उत्‍पत्ति‬ ‭2‬:‭22‬ ‭NNRV‬‬

“मानिसले भने, “यो त मेरै हाड़को हाड़ र मासुको मासु हो। तिनलाई स्‍त्री भनिनेछ। किनभने तिनी पुरुषबाट निकालिएकी थिइन्‌।””
‭‭उत्‍पत्ति‬ ‭2‬:‭23‬ ‭NNRV‬‬

“परमप्रभु परमेश्‍वरले बनाउनुभएका वन-पशुहरूमध्‍ये सर्प सबभन्‍दा धूर्त थियो। त्‍यसले स्‍त्रीलाई भन्‍यो, “के परमेश्‍वरले तिमीहरूलाई बगैँचाको कुनै पनि रूखको फल नखानू भनी भन्‍नुभएको छ?””
‭‭उत्‍पत्ति‬ ‭3‬:‭1‬ ‭NNRV‬‬

“स्‍त्रीले सर्पलाई भनिन्, “बगैँचाका रूखहरूका फल हामी खान सक्‍छौं,”
‭‭उत्‍पत्ति‬ ‭3‬:‭2‬ ‭NNRV‬‬

“जब स्‍त्रीले त्‍यस रूखको फल खानलाई असल र हेर्नमा रहरलाग्‍दो, र बुद्धि पाउनलाई त्‍यस रूखको चाह गर्नुपर्ने रहेछ भनी देखिन्, तब तिनले त्‍यस रूखको फल टिपेर खाइन्, र आफ्‍ना पतिलाई पनि दिइन्, र उनले पनि खाए।”
‭‭उत्‍पत्ति‬ ‭3‬:‭6‬ ‭NNRV‬‬

“अनि साँझपख परमप्रभु परमेश्‍वर बगैँचामा डुल्‍दैहुनुहुँदा तिनीहरूले उहाँको सोर सुने, र मानिस र उनकी पत्‍नी बगैँचाका रूखहरूका बीचमा परमप्रभु परमेश्‍वरको नजरबाट लुके।”
‭‭उत्‍पत्ति‬ ‭3‬:‭8‬ ‭NNRV‬‬

“मानिसले भने, “जुन स्‍त्री तपाईंले मलाई मसँगै रहन भनी दिनुभएको थियो, त्‍यसैले मलाई त्‍यो रूखको फल दिई र मैले खाएँ।””
‭‭उत्‍पत्ति‬ ‭3‬:‭12‬ ‭NNRV‬‬

“अनि परमप्रभु परमेश्‍वरले स्‍त्रीलाई भन्‍नुभयो, “तैंले यो के गरिस्‌?” स्‍त्रीले भनिन्, “सर्पले मलाई छल गर्‍यो, र मैले त्‍यो खाएँ।””
‭‭उत्‍पत्ति‬ ‭3‬:‭13‬ ‭NNRV‬‬

“तेरो र स्‍त्रीको बीचमा, र तेरो सन्‍तान र स्‍त्रीको सन्‍तानको बीचमा म दुश्‍मनी हालिदिनेछु। त्‍यसले तेरो शिर कुच्‍च्‍याउनेछ, र तैंले त्‍यसको कुर्कुच्‍चो डस्‍नेछस्‌।””
‭‭उत्‍पत्ति‬ ‭3‬:‭15‬ ‭NNRV‬‬

“स्‍त्रीलाई उहाँले भन्‍नुभयो, “तेरो सुत्‍केरी-वेदना म ज्‍यादै गरी बढ़ाइदिनेछु। दु:खसँग तैंले बालक जन्‍माउनेछस्‌। तेरो इच्‍छा पतितर्फ नै हुनेछ, र त्‍यसले तँलाई अधीनमा राख्‍नेछ।””
‭‭उत्‍पत्ति‬ ‭3‬:‭16‬ ‭NNRV‬‬

“आदमले आफ्‍नी पत्‍नीको नाउँ हव्‍वा राखे, किनभने सबै जीवितहरूकी आमा तिनी नै हुन्‌।”
‭‭उत्‍पत्ति‬ ‭3‬:‭20‬ ‭NNRV‬‬

“परमप्रभु परमेश्‍वरले आदम र तिनकी पत्‍नीका निम्‍ति छालाका लुगा बनाई तिनीहरूलाई लगाइदिनुभयो।”
‭‭उत्‍पत्ति‬ ‭3‬:‭21‬ ‭NNRV‬‬

“आफ्‍नी पत्‍नीसित आदमको सहवास भयो, र तिनी गर्भवती भएर कयिनलाई जन्माइन्, र भनिन्, “परमप्रभुको सहायताले एक पुरुष जन्‍माएँ।””
‭‭उत्‍पत्ति‬ ‭4‬:‭1‬ ‭NNRV‬‬

“फेरि आफ्‍नी पत्‍नीसित आदमको सहवास भयो, र तिनले एक जना छोरा जन्‍माइन्‌ र तिनको नाउँ यसो भनेर शेत राखिन्, “कयिनले मारेको हाबिलको सट्टामा परमेश्‍वरले एक जना अर्को बालक मलाई दिनुभयो।””
‭‭उत्‍पत्ति‬ ‭4‬:‭25‬ ‭NNRV‬‬



Information

Information

Information

Information - 

LK 7:36-50, 

पापी स्‍त्रीलाई क्षमा

36फरिसीहरूमध्‍ये एक जनाले उहाँलाई भोजन गर्न निम्‍तो दिए, र उहाँ त्‍यस फरिसीको घरमा गएर खान बस्‍नुभयो। 37त्‍यस सहरमा एउटी पापी स्‍त्री थिई। फरिसीको घरमा येशू खान बस्‍नुभएको छ भन्‍ने सुनेर, र एउटा सिङ्गमरमरको शीशीमा अत्तर लिएर त्‍यो त्‍यहाँ आई,  38र पछिल्‍तिरबाट उहाँका पाउनेर उभिएर, रुँदै उहाँका पाउ आँसुले भिजाउन लागी, र आफ्‍नो शिरका कपालले पुछ्‌दै उहाँका पाउलाई चुम्‍बन गरी, र त्‍यो अत्तर घस्‍न लागी।

39उहाँलाई निम्‍तो गर्ने फरिसीले यो देखेर मनमनै यसो भन्‍न लागे, “यिनी अगमवक्ता हुँदा हुन्‌ ता यिनलाई छुने को र कस्‍ती स्‍त्री हो भनी यिनले जान्‍नेथिए, किनकि यो त पापीनी हो।”

40येशूले त्‍यस फरिसीलाई भन्‍नुभयो, “ए सिमोन, तिमीलाई केही भन्‍नु छ।”

तिनले भने, “गुरुज्‍यू, भन्‍नुहोस्‌।”

41 “कोही साहूकारका दुई ऋणीहरू थिए, एउटाले पाँच सय रुपियाँ र अर्काले पचास रुपियाँ ऋण लिएका थिए। 42तर तिनीहरूसित तिर्ने केही नहुँदा तिनले दुवैलाई माफी दिए। यसकारण भन त, यी दुईमध्‍ये कुनचाहिँले तिनलाई बढ़ी प्रेम गर्नेछ?”

43सिमोनले भने, “म ठान्‍छु, जसले बढ़ी क्षमा पायो।” उहाँले तिनलाई भन्‍नुभयो, “तिमीले ठीकै विचार गरेका छौ।” 44अनि त्‍यस स्‍त्रीतिर फर्केर उहाँले सिमोनलाई भन्‍नुभयो, “यस स्‍त्रीलाई देख्‍तछौ? म तिम्रो घरभित्र आएँ, तर तिमीले मलाई पाउ धुने पानी दिएनौ, तर यसले मेरा पाउ आँसुले भिजाई, र आफ्‍ना केशले पुछी। 45तिमीले मलाई चुम्‍बन गरेनौ, तर यसले त, यहाँ म आएदेखि, मेरा पाउ चुम्‍बन गर्न छोड़ेकी छैन। 46तिमीले मेरो शिरमा तेल घसिदिएनौ, तर यसले त मेरा खुट्टामा अत्तर घसेकी छे। 47यसकारण म तिमीलाई भन्‍दछु, यसका पाप, जो धेरै छन्, क्षमा भएका छन्, किनकि यस स्‍त्रीले बढ़ी प्रेम देखाई। तर जसलाई थोरै क्षमा गरिन्‍छ, त्‍यसले थोरै प्रेम गर्दछ।”

48अनि उहाँले त्‍यस स्‍त्रीलाई भन्‍नुभयो, “तिम्रा पाप क्षमा भएका छन्‌।”

49खान बस्‍नेहरूले आपसमा भन्‍न लागे, “पाप क्षमा गर्ने यिनीचाहिँ को हुन्‌?”

50उहाँले त्‍यस स्‍त्रीलाई भन्‍नुभयो, “तिम्रो विश्‍वासले तिमीलाई बचाएको छ, शान्‍तिसाथ जाऊ।”

Information

LK 10:38-42, 

मार्था र मरियमको घरमा

38उहाँहरू जाँदैगर्नुहुँदा उहाँ कुनै एउटा गाउँमा पस्‍नुभयो, र मार्था नाउँ भएकी एउटी स्‍त्रीले उहाँलाई आफ्‍नो घरमा स्‍वागत गरिन्‌।  39मरियम नाउँ भएकी तिनकी एउटी बहिनी थिइन्‌। तिनी येशूका पाउनेर बसेर उहाँको वचन सुन्‍दथिन्‌। 40तर मार्था सेवा-सत्‍कारको धेरै काममा अल्‍झेकी थिइन्‌। तिनले येशूकहाँ आएर भनिन्, “प्रभुज्‍यू, मेरी बहिनीले सेवा-सत्‍कारको काममा मलाई एकलै पारेकी छिन्, तपाईं वास्‍ता राख्‍नुहुन्‍न? त्‍यसलाई भनिदिनोस्, र त्‍यसले मलाई सघाओस्‌।”

41तर येशूले जवाफ दिएर तिनलाई भन्‍नुभयो, “मार्था, मार्था, तिमी धेरै कुराका विषयमा चिन्‍ता गर्छ्यौ, र व्‍याकुल हुन्‍छ्यौ। 42तर आवश्‍यकता एउटै कुराको छ, त्‍यही असल कुरा मरियमले छानेकी छे, जो तिनीबाट खोसिनेछैन।”

Information

MT 15:21-28,

कनानी स्‍त्रीको विश्‍वास

मर्कूस ७:२४-३०

21तब येशू त्‍यहाँबाट निस्‍कनुभयो, र टुरोस र सीदोनका इलाकातिर जानुभयो। 22त्‍यस इलाकाबाट एउटी कनानी स्‍त्री आएर कराउँदै भन्‍न लागी, “हे प्रभु, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्‌। मेरी छोरीलाई भूतले साह्रै सताएको छ।”

23येशूले त्‍यसलाई केही जवाफ दिनुभएन। उहाँका चेलाहरूले आएर उहाँलाई बिन्‍ती गरे, “यसलाई बिदा गर्नुहोस्, किनभने त्‍यो कराउँदै हाम्रो पछि लागिरहिछे।”

24उहाँले भन्‍नुभयो, “म इस्राएल जातिका हराएका भेड़ाहरूका निम्‍ति मात्र पठाइएको हुँ।”

25तर त्‍यो स्‍त्री आएर उहाँको अघि घोप्‍टो परी र भनी, “हे प्रभु, मलाई सहायता गर्नुहोस्‌।”

26उहाँले भन्‍नुभयो, “बालकहरूको रोटी लिएर कुकुरहरूलाई फालिदिनु ठीक हुँदैन।”

27त्‍यसले भनी, “हो प्रभु, तर कुकुरहरूले पनि त आफ्‍ना मालिकको टेबिलबाट झरेका टुक्राटाक्री खान्‍छन्‌।”

28तब येशूले त्‍यसलाई जवाफ दिनुभयो, “ए नारी, तिम्रो विश्‍वास ठूलो रहेछ। तिमीले इच्‍छा गरेबमोजिम तिमीलाई होस्‌।” त्‍यसकी छोरी त्‍यही घड़ी निको भइहाली।

Information

MT 25:1-13,

दश कन्‍याको दृष्‍टान्‍त

1 “तब स्‍वर्गको राज्‍य दश कन्‍याहरूसँग तुलना गर्न सकिन्‍छ। तिनीहरूले आ-आफ्‍नो बत्ती लिएर दुलहालाई भेट्‌न निस्‍के।  2तीमध्‍ये पाँच जना निर्बुद्धि र पाँच जनाचाहिँ बुद्धिमती थिए। 3किनकि जब निर्बुद्धिहरूले आफ्‍ना बत्ती लगे, तब तिनीहरूले साथमा तेलचाहिँ लगेनन्‌। 4तर बुद्धिमतीहरूले चाहिँ आफ्‍ना बत्तीसँगसँगै पात्रमा तेल पनि लगे। 5दुलहाले बियाँलो गर्दा ती सबै निद्राले लट्ठ भए र निदाए।

6 “तर मध्‍यरातमा ‘हेर दुलहा, उनलाई भेट्‌न आओ,’ भन्‍ने आवाज आयो।

7 “तब ती सबै कन्‍याहरू ब्‍यूँझे, र आ-आफ्‍नो बत्ती ठीकठाक पारे। 8निर्बुद्धि कन्‍याहरूले बुद्धिमतीहरूलाई भने, ‘तिमीहरूको तेलबाट हामीलाई अलिकता देओ, किनभने हाम्रा बत्ती त निभ्‍न लागे।’

9 “तर बुद्धिमतीहरूले यसो भनेर जवाफ दिए, ‘हामी र तिमीहरू दुवैलाई पुग्‍ने यथेष्‍ट तेल छैन होला, बरु पसलेकहाँ जाओ र आफ्‍नो लागि किन।’

10 “तिनीहरू किन्‍न जाँदा दुलहा आइपुगे, र तयार हुनेहरू उनीसँग विवाहको भोजमा भित्र पसे, र ढोका बन्‍द भयो।

11 “पछिबाट ती अरू कन्‍याहरू आइपुगे र यसो भन्‍न लागे, ‘प्रभु, प्रभु, हाम्रा लागि खोलिदिनुहोस्‌!’ 

12 “तर उनले जवाफ दिएर भने, ‘साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, म तिमीहरूलाई चिन्‍दिनँ।’

13 “यसकारण जागा रहो, किनकि त्‍यो दिन र त्‍यो घड़ी तिमीहरूलाई थाहा छैन।

Information

JN 4:1-42, 

सामरी स्‍त्रीसँग येशूको वार्ता

1यूहन्‍नाले भन्‍दा येशूले धेरै चेलाहरू बनाउँदैहुनुहुन्‍छ र बप्‍तिस्‍मा पनि दिँदैहुनुहुन्‍छ भन्‍ने फरिसीहरूले सुने। 2(वास्‍तवमा येशू आफैले त होइन, तर उहाँका चेलाहरूले बप्‍तिस्‍मा दिन्‍थे।) 3जब येशूले यो थाहा पाउनुभयो, उहाँ यहूदिया छोड़ेर फेरि गालीलमा फर्कनुभयो।

4उहाँलाई सामरिया भएर जानुपर्थ्‍यो। 5र उहाँ सामरियाको सुखार भनिने नगरमा आइपुग्‍नुभयो। यो नगरचाहिँ याकूबले आफ्‍ना छोरा योसेफलाई दिएका जमिनको नजिकै पर्थ्‍यो।  6त्‍यहाँ याकूबको इनार थियो। येशू यात्राले थाक्‍नुभएको हुनाले त्‍यस इनारको छेउमा बसिरहनुभएको थियो। प्राय: मध्‍यान्‍ह भएको थियो।

7एउटी सामरी स्‍त्री पानी भर्न त्‍यहाँ आई। येशूले त्‍यसलाई भन्‍नुभयो, “मलाई पानी पिउन देऊ।” 8उहाँका चेलाहरू सहरमा खानेकुरा किन्‍न गएका थिए।

9तब सामरी स्‍त्रीले उहाँलाई भनी, “तपाईं यहूदी भएर म सामरी स्‍त्रीको हातबाट कसरी पानी पिउनुहुन्‍छ?” (यहूदीहरूले सामरीहरूसँग केही सम्‍बन्‍ध राख्‍दैनन्‌।) 

10येशूले त्‍यसलाई भन्‍नुभयो, “तिमीले परमेश्‍वरको वरदान र तिमीसँग पानी माग्‍ने व्‍यक्तिलाई चिनेकी भए तिमीले उसलाई माग्‍नेथियौ, र उसले तिमीलाई जिउँदो पानी दिनेथियो।”

11त्‍यस स्‍त्रीले उहाँलाई भनी, “हजूर, तपाईंसित उघाउने भाँड़ो छैन, र इनार पनि गहिरो छ। तब तपाईंले कहाँबाट त्‍यो जिउँदो पानी ल्‍याउनुहुन्‍छ? 12के तपाईं हाम्रा पुर्खा याकूबभन्‍दा ठूला हुनुहुन्‍छ? उनले हामीलाई यो इनार बनाइदिए, र उनी आफैले, उनका सन्‍तान र उनका गाईबस्‍तुले यही इनारको पानी पिए।”

13येशूले त्‍यसलाई भन्‍नुभयो, “यो पानी पिउने प्रत्‍येक फेरि तिर्खाउनेछ, 14तर जस-जसले मैले दिने पानी पिउँछ त्‍यो कहिल्‍यै तिर्खाउनेछैन। जुन पानी म त्‍यसलाई दिनेछु, त्‍यो त्‍यसमा अनन्‍त जीवनको निम्‍ति उम्रिरहने पानीको मूल बन्‍नेछ!”

15त्‍यस स्‍त्रीले उहाँलाई भनी, “हजूर, मलाई त्‍यही पानी दिनुहोस्, र म तिर्खाउनेछैनँ, र यहाँ पानी भर्न आइरहनुपर्दैन”।

16येशूले त्‍यसलाई भन्‍नुभयो, “जाऊ, तिम्रो पतिलाई बोलाएर ल्‍याऊ।”

17त्‍यस स्‍त्रीले भनी, “मेरो पति छैन।”

येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो पति छैन भनी तिमीले ठीकै भन्‍यौ, 18किनभने तिम्रा पाँच जना पति भइसकेका छन्, र जो अहिले तिमीसँग छ, त्‍यो तिम्रो पति होइन। तिमीले यो साँचो भनेकी हौ।”

19त्‍यस स्‍त्रीले उहाँलाई भनी, “हजूर, तपाईं अगमवक्ता हुनुहुन्‍छ भनी म थाहा पाउँछु। 20हाम्रा पुर्खाहरूले यस डाँड़ामा आराधना गरे, अनि तपाईंहरू भन्‍नुहुन्‍छ, कि आराधना गर्ने स्‍थान यरूशलेम हो।”

21येशूले तिनलाई भन्‍नुभयो, “ए नारी, मलाई विश्‍वास गर, त्‍यो बेला आउँदैछ, जब तिमीहरू न त यस डाँड़ामा, न यरूशलेममा पिताको आराधना गर्नेछौ। 22तिमीहरू जे आराधना गर्दछौ सो जान्‍दैनौ। हामी जे आराधना गर्दछौं सो जान्‍दछौं, किनभने मुक्तिचाहिँ यहूदीहरूबाट आउँछ। 23तर बेला आइरहेछ, र त्‍यो बेला अहिल्‍यै हो, जब सच्‍चा आराधकहरूले पितालाई आत्‍मा र सत्‍यतामा आराधना गर्नेछन्‌। किनकि आराधना गर्ने यस्‍तै आराधकहरूलाई नै पिताले खोज्‍नुहुन्‍छ। 24परमेश्‍वर आत्‍मा हुनुहुन्‍छ, र उहाँका आराधकहरूले आत्‍मा र सत्‍यतामा आराधना गर्नुपर्छ।”

25त्‍यस स्‍त्रीले उहाँलाई भनी, “म जान्‍दछु, कि मसीह आउनुहुन्‍छ (जसलाई ख्रीष्‍ट भनिन्‍छ), र जब उहाँ आउनुहुन्‍छ, तब उहाँले नै हामीलाई सबै कुरा बताउनुहुनेछ।”

26येशूले तिनलाई भन्‍नुभयो, “तिमीसँग बोल्‍ने, म उही हुँ।”

27त्‍यति नै बेला उहाँका चेलाहरू आए, र उहाँलाई एउटी स्‍त्रीसँग कुरा गरिरहनुभएको देखेर छक्‍क परे, तर “तपाईं के चाहनुहुन्‍छ?” अथवा “तपाईं त्‍यस स्‍त्रीसँग किन बातचीत गर्दैहुनुहुन्‍छ?” भनेर कसैले सोधेनन्‌।

28तब त्‍यो स्‍त्री आफ्‍नो गाग्रो छोड़ेर नगरतिर गई, र मानिसहरूलाई भनी, 29“आओ, एक जना मानिसलाई हेर, जसले मैले गरेका सबै काम मलाई बताइदिनुभयो। कतै उहाँ नै ख्रीष्‍ट त हुनुहुन्‍न?” 30तब तिनीहरू नगरबाट निस्‍केर उहाँकहाँ गए।

31यसै बीचमा चेलाहरूले उहाँलाई यसो भनेर बिन्‍ती गरे, “रब्‍बी, भोजन गर्नुहोस्‌।”

32तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मसित खानलाई भोजन छ, जो तिमीहरूलाई थाहा छैन।”

33यसकारण चेलाहरूले आपसमा भने, “के कसैले उहाँलाई भोजन ल्‍याइदियो कि कसो?”

34येशूले तिनीहरूलाई भन्‍नुभयो, “मलाई पठाउनुहुनेको इच्‍छाअनुसार गर्नु, र उहाँको काम पूरा गर्नु नै मेरो भोजन हो। 35के तिमीहरू भन्‍दैनौ, ‘अझ चार महिना बाँकी छ, तब बाली काट्‌ने बेला आउँछ?’ म तिमीहरूलाई भन्‍दछु, आफ्‍ना आँखा उचालेर खेतबारी हेर, बाली कटनीको निम्‍ति पाकिसकेको छ। 36जसले बाली काट्‌छ त्‍यसले ज्‍याला पाउँछ, र अनन्‍त जीवनको लागि फल बटुल्‍छ, र छर्ने र कटनी गर्ने एकसाथ रमाउँछन्‌। 37किनकि ‘एक जनाले छर्छ, र अर्काले कटनी गर्छ,’ भन्‍ने वचन यसैमा सत्‍य हुन्‍छ। 38मैले तिमीहरूलाई त्‍यहाँ कटनी गर्न पठाएँ, जहाँ तिमीहरूले परिश्रम गरेका छैनौं। अरूहरूले परिश्रम गरेका छन्, र तिनीहरूको परिश्रमका फल तिमीहरूले पाएका छौ।”

39“मैले जे गरें उहाँले मलाई सबै भनिदिनुभयो” भन्‍ने त्‍यस स्‍त्रीको गवाहीले गर्दा त्‍यस नगरका सामरीहरूमध्‍ये धेरैले उहाँमाथि विश्‍वास गरे। 40यसकारण जब सामरीहरू उहाँकहाँ आए, तब तिनीहरूले उहाँलाई तिनीहरूसँग बस्‍न बिन्‍ती गरे, र उहाँ दुई दिन त्‍यहाँ बस्‍नुभयो। 41अनि उहाँका वचनको कारण अरू धेरैले उहाँमाथि विश्‍वास गरे।

42त्‍यस स्‍त्रीलाई तिनीहरूले भने, “अब तिमीले भनेका कुराले गर्दा हामीले विश्‍वास गरेका होइनौं, तर हामी आफैले सुनेका कारणले साँच्‍चै उहाँ संसारका मुक्तिदाता हुनुहुन्‍छ भनी हामीले जानेका छौं।”

Information

JN 8:1-11, 

व्‍यभिचारिणीको उद्धार

1तर येशू जैतून डाँड़ामा जानुभयो। 2उहाँ एकाबिहानै फेरि मन्‍दिरमा जानुभयो, र सबै मानिसहरू उहाँकहाँ आए, र उहाँ बस्‍नुभयो, र तिनीहरूलाई शिक्षा दिनुभयो। 3शास्‍त्री र फरिसीहरूले व्‍यभिचारमा पक्राउ परेकी एउटी स्‍त्रीलाई ल्‍याए, र त्‍यसलाई माझमा उभ्‍याए। 4तिनीहरूले उहाँलाई भने, “गुरुज्‍यू, यो स्‍त्री व्‍यभिचारको कर्ममा पक्राउ परी। 5व्‍यवस्‍थामा मोशाले यस्‍ताहरूलाई ढुङ्गाले हान्‍ने हामीलाई आज्ञा दिएका छन्‌। तपाईं यसको बारेमा के भन्‍नुहुन्‍छ?”  6तर तिनीहरूले उहाँको जाँच गर्नलाई, र उहाँमाथि अभियोग लाउन सकिन्‍छ कि भनी यसो भनेका थिए।

येशूले निहुरेर भूइँमा औँलाले लेख्‍नुभयो। 7तर जब तिनीहरूले उहाँलाई सोधी नै रहे, तब उहाँले खड़ा भएर तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमा जो पापरहित छ, त्‍यसैले यस स्‍त्रीलाई पहिले ढुङ्गा हानोस्‌।” 8अनि फेरि निहुरेर उहाँले भूइँमा औँलाले लेख्‍नुभयो। 9तर जब तिनीहरूले यो सुने, तब ठूलादेखि सुरु गरी सानासम्‍म एक-एक गरेर गए, र येशू त्‍यस स्‍त्रीसँग एकलै छोडिनुभयो, अनि त्‍यो स्‍त्रीचाहिँ उहाँको अगि उभिरही।

10येशूले त्‍यस स्‍त्रीलाई हेरेर भन्‍नुभयो, “ए नारी, तिनीहरू कहाँ गए? के कसैले तिमीलाई दण्‍ड दिएन?” 11त्‍यसले भनी, “प्रभु, कसैले दिएन।” येशूले भन्‍नुभयो, “म पनि तिमीलाई दण्‍ड दिन्‍नँ। जाऊ, अनि फेरि पाप नगर।”]

Empowering Women Through Communication

At SIMON THAPA Community Development in Decatur GA, we aim to equip women with the specific skills and knowledge to communicate effectively, fostering personal and communal growth.

Overcoming Challenges Together

The women in our community often face numerous challenges. Our work is dedicated to helping them overcome these obstacles by encouraging each other and building a strong support network.

Success in Progress

While we don't yet have a specific success story to share, we are diligently working towards creating meaningful impact within the lives of women in our community. We are committed to tracking and celebrating our future achievements.

Tailoring Programs to Unique Needs

We tailor our programs to meet the unique needs and cultural backgrounds of the women we serve based on Mt 28, ensuring that our approach is relevant, respectful, and effective.

Join Our Community

Connect with SIMON THAPA Community Development and be a part of empowering women in Decatur GA. Discover how you can contribute and benefit from our unique teaching community for developing.