BOOK OF GEN
पुस्तक परिचय
उत्पत्ति १:१ को वाक्यांश “आदिमा” हिब्रू शब्द “बेरेशीय” बाट अनुवाद गरिएको हो, जसलाई “उत्पत्ति” अर्थात् सबै कुराहरूको सुरुवात् भनी नामाकरण गरियो।
यस पुस्तकमा सृष्टिको वर्णन मात्र भएको छैन। तर अझ उदेकको घटना अब्राहामद्वारा इस्राएलजातिको उत्पत्ति र त्यही इस्राएली राष्ट्रको निर्माणद्वारा परमेश्वरको मुक्तिको विश्वव्यापी परियोजनाको प्रथम प्रभातको उल्लेख यहाँ गरिएको छ।
यस पुस्तकलाई विशेषत: सम्बन्धको पुस्तक भनेर पनि चिनिन्छ। विशेष गरी यसमा परमेश्वर र प्रकृतिको सम्बन्ध, परमेश्वर र मानिसको सम्बन्ध र मानिस मानिसको सम्बन्ध आदि उल्लेख गरिएको पाउछौं।
BOOK OF GEN - 1 / ENG
📖THE BOOK OF GENESIS🌍✨
“In the beginning…” — Genesis is the foundation of the whole Bible. It answers the big questions: Where did we come from? Why is the world broken? And how does God begin His rescue plan?
📌 What Genesis Is About
Genesis means “Beginnings.” It’s the story of:
•The beginning of the world
•The beginning of people
•The beginning of sin and suffering
•The beginning of God’s covenant promises
•The beginning of a family God will use to bless the whole world
Genesis is not just history—it’s the start of God’s plan for humanity.
👤 Author & Setting
Genesis is traditionally connected with Moses, written for God’s people to know their identity, their God, and their purpose.
Setting: Creation and early human history, then the lives of the patriarchs (Abraham, Isaac, Jacob, Joseph).
🎯 Purpose of Genesis
Genesis explains:
•God is Creator — everything begins with Him
•Humans are made with value — created in God’s image
•Sin is real — it entered the world through rebellion
•God doesn’t give up on us — He starts a promise that leads to salvation
🌟 Key Themes
Creation
God created everything with purpose and order. Our lives are not accidents—God designed the world and designed us.
The Fall & Sin
Adam and Eve chose disobedience, and sin entered the world. That’s why we see brokenness—pain, selfishness, and evil. But even there, God shows mercy and begins His plan to restore what was lost.
Covenant Promises
God chooses Abraham and makes a promise: through Abraham’s family, God will bring blessing to all nations. This is the beginning of God building a people—and later, the coming of the Savior.
God’s Faithfulness
Even when people fail, God stays faithful. Humans change, but God’s promises do not.
🧭 What Happens in Genesis
•God creates the world and calls it good
•Humans are made in God’s image
•Sin enters through disobedience and affects everything
•God still shows mercy and guides humanity
•God calls Abraham and begins a covenant family
•The stories of Isaac, Jacob, and Joseph show God’s guidance
• Joseph’s life proves God can turn suffering into purpose
📖 Key Verses
Genesis 1:1 — God is first, and God is Lord
Genesis 12:1–3 — God’s promise is meant to bless the whole world
Genesis 50:20 — God can turn what was meant for harm into good
💛 Practical Application
•Trust God’s plan, even when you don’t understand it
•Remember your value—you are made in God’s image
•Sin is serious, but God’s mercy is stronger
•God can use your hardest season as a testimony
•God is faithful to finish what He starts
Genesis reminds us that life begins with God—and life only makes sense with God. Even when humanity falls, God doesn’t cancel His plan. He begins a promise, and God keeps His promises.
If God can bring light out of darkness, He can still bring light into our lives today. ✨🙏
#Genesis #GodsWord #Faith #Creation #TrustGod #GodsPlan #Hope #Prayer #Encouragement
उत्पत्ति 1
सृष्टिको वर्णन
1आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो। 2पृथ्वी आकारविनाको र शून्य थियो। अथाह समुद्रमाथि अन्धकार थियो, र परमेश्वरका आत्मा पानीमाथि परिभ्रमण गर्दैरहनुहुन्थ्यो।
3अनि परमेश्वरले भन्नुभयो, “उज्यालो होस्।” तब उज्यालो भयो। 4र परमेश्वरले उज्यालोलाई हेर्नुभयो, त्यो असल थियो। उहाँले उज्यालो र अँध्यारोलाई अलग-अलग गर्नुभयो। 5परमेश्वरले उज्यालोलाई “दिन” र अँध्यारोलाई “रात” भन्नुभयो। साँझ पर्यो र बिहान भयो— पहिलो दिन।
6अनि परमेश्वरले भन्नुभयो, “पानीका बीचमा एक क्षेत्र होस्, र त्यसले पानीलाई दुई भाग गरोस्।” 7परमेश्वरले सो बनाएर क्षेत्रमुनिको र माथिको पानीलाई अलग-अलग गर्नुभयो। तब त्यस्तै भइहाल्यो। 8परमेश्वरले यस अन्तरिक्षलाई आकाश भन्नुभयो। साँझ पर्यो र बिहान भयो— दोस्रो दिन।
9अनि परमेश्वरले भन्नुभयो, “आकाशमुनि भएको पानी एक ठाउँमा जम्मा होस् र ओबानो भूमि देखा परोस्।” तब त्यस्तै भइहाल्यो। 10परमेश्वरले ओबानो भूमिलाई “पृथ्वी” भन्नुभयो, र जम्मा भएको पानीलाई “समुद्र” भन्नुभयो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो।
11अनि परमेश्वरले भन्नुभयो, “भूमिले वनस्पति, बीउ हुने बोट-बिरुवाहरू र आ-आफ्नो किसिमको बीउ हुने फल फल्ने वृक्षहरू पृथ्वीमा उमारोस्।” तब त्यस्तै भइहाल्यो। 12भूमिले वनस्पति, बीउ हुने बोटहरू र आ-आफ्नो किसिमको बीउ हुने फल फल्ने वृक्षहरू उमार्यो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो। 13साँझ पर्यो र बिहान भयो— तेस्रो दिन।
14अनि परमेश्वरले भन्नुभयो, “अन्तरिक्षमा दिन र रात छुट्ट्याउनलाई ज्योतिहरू होऊन्। तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरू छुट्ट्याउन चिन्हको रूपमा काम गरून्। 15र पृथ्वीमा प्रकाश दिनलाई अन्तरिक्षमा ती ज्योतिहरू होऊन्।” तब त्यस्तै भइहाल्यो। 16अनि परमेश्वरले दुई विशाल ज्योतिहरू बनाउनुभयो— ठूलो ज्योति दिनमाथि प्रभुत्व गर्न, र सानो ज्योति रातमाथि प्रभुत्व गर्न। उहाँले ताराहरू पनि बनाउनुभयो। 17अनि परमेश्वरले पृथ्वीमा प्रकाश दिनलाई, 18दिन र रातमाथि प्रभुत्व गर्न अनि उज्यालो र अँध्यारोलाई अलग-अलग गर्नलाई ती आकाशमा राख्नुभयो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो। 19साँझ पर्यो र बिहान भयो— चौथो दिन।
20अनि परमेश्वरले भन्नुभयो, “पानी जीवित प्राणीहरूले प्रशस्त गरी भरिऊन् र पक्षीहरूचाहिँ पृथ्वीमाथि आकाशमा उडून्।” 21यसैले समुद्रका विशाल जलचरहरू, पानीहरूमा भरिएर चलहल गर्ने किसिम-किसिमका सबै जीवित प्राणीहरू र जात-जातका पखेटा भएका सबै पक्षीहरू परमेश्वरले सृष्टि गर्नुभयो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो। 22अनि परमेश्वरले तिनीहरूलाई यसो भनेर आशिष् दिनुभयो, “फल्दै-फुल्दै, वृद्धि हुँदै र समुद्रमा भरिँदैजाओ। अनि पक्षीहरूको पनि पृथ्वीमा वृद्धि हुँदैजाओस्।” 23अनि साँझ पर्यो र बिहान भयो— पाँचौँ दिन।
24अनि परमेश्वरले भन्नुभयो, पृथ्वीले जात-जातका जीवित प्राणीहरू, अर्थात् जात-जातका पाल्तु पशुहरू, घस्रने जन्तुहरू र जात-जातका वन-पशुहरू उत्पन्न गरोस्। तब त्यस्तै भयो। 25परमेश्वरले पृथ्वीका जात-जातका वन-पशुहरू, जात-जातका पाल्तु पशुहरू र जमिनमा घस्रने जात-जातका जन्तुहरू बनाउनुभयो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो।
26अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्।”
27यसैकारण परमेश्वरले मानिसलाई
आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो।
परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो।
नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो।
28परमेश्वरले तिनीहरूलाई आशिष् दिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दैजाओ। समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।”
29अनि परमेश्वरले भन्नुभयो, “हेर, म तिमीहरूलाई पृथ्वीका सबै बीउ उमार्ने बोटहरू र फलमा नै बीउ हुने सबै फलका रूखहरू दिन्छु। ती तिमीहरूलाई आहाराको निम्ति हुनेछन्। 30अनि पृथ्वीको हरेक पशु, आकाशको हरेक पक्षी र जमिनमा चलहल गर्ने हरेक जन्तु— हरेक प्राणी जसमा जीवन छ— तिनीहरूका आहाराको निम्ति म हरिया वनस्पति दिन्छु।” तब त्यस्तै भयो।
31आफूले बनाउनुभएको हरेक कुरा परमेश्वरले हेर्नुभयो। वास्तवमा त्यो साह्रै राम्रो थियो। अनि साँझ पर्यो र बिहान भयो— छैटौँ दिन।
......................................................................................................
GENESIS Chapter 1 (KJV) — The Creation in Six Days Sometimes we forget how powerful our God is… but Genesis Chapter 1 reminds us: God speaks—and life begins.
Even when everything looks empty, dark, and messy, God is still present—His Spirit is still moving.
LIGHT God spoke light into existence and separated it from darkness. Lesson: God brings light and order into our confusion.
FIRMAMENT (HEAVEN)God formed the sky and created separation and boundaries. Lesson: God creates structure and healthy boundaries for our good.
LAND & PLANTS God brought forth dry land and filled it with life—grass, herbs, and fruit trees. Lesson: God provides fruitfulness and provision.
SUN, MOON & STARS God set the lights in the sky for seasons, days, and years. Lesson: God is a God of timing and purpose—nothing is random.
CREATURES OF SEA & SKY God filled the waters with living creatures and the skies with birds. Lesson: God blesses with life and abundance.
ANIMALS & MANKINDGod created animals—and created people in His image. Lesson: Our lives have value, purpose, and responsibility.
“And God saw every thing that he had made, and, behold, it was very good.”(Genesis 1:31, KJV)
If God can bring beauty out of nothing…He can bring purpose out of our season too.
#GenesisChapter1 #KJV #Creation #GodIsCreator #Faith #GodsWord
See less
BOOK OF GEN - 2
GENESIS 2 (KJV) — God Rested • Eden • Our First Family
Today in Genesis 2, we’re reminded that God is not only powerful—He is personal. He finishes His work, blesses a day of rest, prepares a beautiful home, and forms the first man and woman with purpose and love.
God Rested (The Seventh Day)God ended His work and rested—not because He was tired, but to show us that rest is holy. Let’s slow down, breathe, and remember: rest is a gift from God, not laziness.
The Garden of Eden God planted a garden and provided everything needed. Eden shows us the heart of God—He wants us to live with provision, peace, and His presence.When life feels dry, let’s return to the Source.
Our First Family (Man & Woman)God formed man from the dust and made woman from Adam’s rib—showing value, unity, and partnership. Marriage and family were created with purpose: love, honor, and togetherness.
Trust & Obey God gave freedom… but also a command. Love listens. Faith obeys. Let’s choose to trust God’s voice over temptation, and walk in obedience—because God’s boundaries are for our protection.
Today’s Reminder: Commit to rest, honor, and obey God.His way brings life. His presence brings peace.
#Genesis2 #KJV #BibleStudy #GodsWord #TrustAndObey #RestInGod #Eden #FaithWalk
See less
उत्पत्ति 2
BOOK OF GEN - 3
GENESIS 3 (KJV) — The Fall of Man
Genesis 3 shows us how sin entered the world—through temptation, disobedience, shame, and judgment… but it also shows God’s mercy even in the middle of the consequences.
THE SERPENT’S STRATEGY (Genesis 3:1–5)•”Hath God said…?” → Doubt God’s Word•”Ye shall not surely die.” → The lie•”Ye shall be as gods…” → The temptation Lesson: Temptation twists God’s truth.
THE FALL & SHAME (Genesis 3:6–8)•They ate• Eyes opened• Shame entered• They hid from the Lord Lesson: Sin brings shame and separation.
GOD’S JUDGMENT & CURSE (Genesis 3:14–19)•Serpent cursed• Eve’s sorrows •Adam’s toil Lesson: Sin has consequences.
MERCY & BANISHMENT (Genesis 3:20–24)•God provided coats of skins• Driven from Eden• Cherubim & flaming sword Lesson: God is merciful and protective—He doesn’t ignore sin, but He still cares for us.
When we fall, the enemy wants us to hide in shame. But God calls us back—He corrects, He covers, and He guides.
Lord, help us not to doubt Your Word. When we are tempted, give us strength to obey. When we fail, help us run to You—not hide. Amen.
Question: What part of Genesis 3 speaks to you most today?
#Genesis #KJV #Faith #Grace #Mercy
See less
उत्पत्ति 3
मानिसको परीक्षा र पतन
1परमप्रभु परमेश्वरले बनाउनुभएका वन-पशुहरूमध्ये सर्प सबभन्दा धूर्त थियो। त्यसले स्त्रीलाई भन्यो, “के परमेश्वरले तिमीहरूलाई बगैँचाको कुनै पनि रूखको फल नखानू भनी भन्नुभएको छ?”
2स्त्रीले सर्पलाई भनिन्, “बगैँचाका रूखहरूका फल हामी खान सक्छौं, 3तर बगैँचाको बीचमा भएको रूखका फलको विषयमा परमेश्वरले भन्नुभएको छ, ‘त्योचाहिँ नखानू र नछुनू, नत्रता तिमीहरू मर्छौ’।”
4सर्पले स्त्रीलाई भन्यो, “तिमीहरू मर्दैनौ। 5किनकि परमेश्वर जान्नुहुन्छ कि जुन दिन तिमीहरू त्यो खान्छौ त्यही दिन तिमीहरूका आँखा खुल्नेछन्, र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्वरजस्तै हुनेछौ।”
6जब स्त्रीले त्यस रूखको फल खानलाई असल र हेर्नमा रहरलाग्दो, र बुद्धि पाउनलाई त्यस रूखको चाह गर्नुपर्ने रहेछ भनी देखिन्, तब तिनले त्यस रूखको फल टिपेर खाइन्, र आफ्ना पतिलाई पनि दिइन्, र उनले पनि खाए। 7अनि दुवैका आँखा खुले, र “नाङ्गै पो रहेछौं” भनी तिनीहरूले थाहा पाए। अनि अञ्जीरका पातहरू गाँसेर आफ्ना निम्ति तिनीहरूले वस्त्र बनाए।
8अनि साँझपख परमप्रभु परमेश्वर बगैँचामा डुल्दैहुनुहुँदा तिनीहरूले उहाँको सोर सुने, र मानिस र उनकी पत्नी बगैँचाका रूखहरूका बीचमा परमप्रभु परमेश्वरको नजरबाट लुके। 9तर परमप्रभु परमेश्वरले मानिसलाई बोलाउनुभयो, “तँ कहाँ छस्?”
10उनले भने, “मैले तपाईंको सोर बगैँचामा सुनें र म डराएँ, किनभने म नाङ्गै थिएँ, र म लुकें।”
11उहाँले सोध्नुभयो, “तँ नाङ्गै छस् भनेर कसले भन्यो? जुन रूखको फल नखानू भनी मैले तँलाई आज्ञा दिएको थिएँ के तैंले त्यो खाइस्?”
12मानिसले भने, “जुन स्त्री तपाईंले मलाई मसँगै रहन भनी दिनुभएको थियो, त्यसैले मलाई त्यो रूखको फल दिई र मैले खाएँ।”
13अनि परमप्रभु परमेश्वरले स्त्रीलाई भन्नुभयो, “तैंले यो के गरिस्?”
स्त्रीले भनिन्, “सर्पले मलाई छल गर्यो, र मैले त्यो खाएँ।” 14तब परमेश्वरले सर्पलाई भन्नुभयो, तैंले यसो गरेको हुनाले,
“तँ सबै पाल्तु पशुहरू
र सबै वन-पशुहरूभन्दा ज्यादा श्रापित हुनेछस्।
पेटद्वारा तँ हिँड्नेछस्
र तेरो जीवनभरि तैंले माटो खानेछस्। 15तेरो र स्त्रीको बीचमा,
र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा
म दुश्मनी हालिदिनेछु।
त्यसले तेरो शिर कुच्च्याउनेछ,
र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्।” 16स्त्रीलाई उहाँले भन्नुभयो,
“तेरो सुत्केरी-वेदना म ज्यादै गरी बढ़ाइदिनेछु।
दु:खसँग तैंले बालक जन्माउनेछस्।
तेरो इच्छा पतितर्फ नै हुनेछ,
र त्यसले तँलाई अधीनमा राख्नेछ।”
17त्यसपछि आदमलाई उहाँले भन्नुभयो, तैंले तेरी पत्नीको कुरा सुनेर मैले नखानू भनेको रूखको फल खाएको हुनाले,
“भूमि तेरो कारण श्रापित भएको छ।
तेरो जीवनभरि दु:खसँग त्यसको उब्जनी तैंले खानेछस्। 18त्यसले तेरो निम्ति काँढ़ा र सिउँड़ीहरू उमार्नेछ,
र तैंले खेतको सागपात खानेछस्।
19माटोमा नफर्कुञ्जेल तेरो निधारको पसीनाले कमाएको भोजन तैंले खानेछस्।
किनकि माटैबाट तँ निकालिएको थिइस्।
तँ माटै होस्,
र माटैमा फर्किजानेछस्।”20आदमले आफ्नी पत्नीको नाउँ हव्वा राखे, किनभने सबै जीवितहरूकी आमा तिनी नै हुन्।
21परमप्रभु परमेश्वरले आदम र तिनकी पत्नीका निम्ति छालाका लुगा बनाई तिनीहरूलाई लगाइदिनुभयो। 22तब परमप्रभु परमेश्वरले भन्नुभयो, “मानिस हामीजस्तै असल र खराबको ज्ञान जान्ने भएको छ। अब त्यसले जीवनको रूखको फल पनि टिपेर खान नपाओस्, नत्रभने त्यो सधैँभरि जीवित रहला।” 23यसैकारण जुन भूमिबाट उनी बनाइएका थिए, त्यसैको खेतीकिसानी गर्न परमप्रभु परमेश्वरले उनलाई अदनको बगैँचाबाट निकालिदिनुभयो। 24उहाँले मानिसलाई धपाइदिनुभएपछि जीवनको रूखतर्फको बाटो पहरा गर्नलाई उहाँले अदनका बगैँचाको पूर्वपट्टि करूबहरू र चारैतिर घुमिरहने ज्वालामय तरवार राखिदिनुभयो।
BOOK OF GEN - 4
GENESIS 4 (KJV) — Cain & Abel | A Heart Check
Today’s chapter is more than a story about two brothers… it’s a mirror for us.
Cain and Abel both brought an offering to the LORD—but God looked past the “gift” and saw the heart behind it. Abel offered in faith. Cain offered, but his heart wasn’t right… and when he felt rejected, he let jealousy grow into anger, then anger into sin.
And God’s warning still speaks loud:
“Sin lieth at the door… and unto thee shall be his desire, and thou shalt rule over him.” (Genesis 4:7)
That means: Sin will try to control you… but you don’t have to let it. God is showing us there’s always a choice—before the fall, before the words, before the action.
Then comes the painful question:
“Where is Abel thy brother?” (Genesis 4:9)
God wasn’t asking because He didn’t know. He was giving Cain a chance to own it, repent, and return.
Cain didn’t… and the consequence was heavy. Yet even in judgment, God still showed mercy—placing a mark so Cain wouldn’t be killed. That’s a reminder: God is holy and just… but He is also merciful, even when we’ve messed up.
What Genesis 4 teaches us today: God wants our heart, not just our routine Jealousy grows when we compare Sin starts small—deal with it early We are responsible for how we treat others God still gives mercy… but choices still have consequences
Lord, purify our hearts. Help us give You our best with faith and love. Teach us to rule over sin, not be ruled by it. Keep us from jealousy, anger, and pride. Make us humble, honest, and repentant. In Jesus’ name, Amen.
#Genesis4 #KJV #Faith #GodsWord #HeartCheck #ChooseRighteousness
See less
उत्पत्ति 4
BOOK OF GEN
BOOK OF GEN - 5
GENESIS 5 — “The Generations of Adam”
Genesis 5 looks like a long list of names and ages… but it’s really a powerful message about God’s faithfulness, the value of every life, and the truth that sin brought death—yet God still gives hope.
God keeps His promise through generations.
Even after the fall, God didn’t stop working. This genealogy shows that God was preserving a family line that would eventually lead to His greater plan of salvation.
What stands out in this chapter:•The repeated words “and he died” remind us that death entered the world through sin.• But God’s story doesn’t end in death—He keeps moving His purpose forward.
Enoch is the bright light in the chapter: “Enoch walked with God: and he was not; for God took him.” (Genesis 5:24)Enoch shows us that it’s not just about living long—it’s about living close to God. A life that truly walks with God will never be wasted.
Then Noah is born—hope for a future: Noah’s name points to comfort and new beginnings. Even in a chapter full of death, God is saying: “I still have a plan. I will still save.”
Reflection for us today:•Our life is more than numbers and years—it’s a walk with God.• God remembers every name, every season, every generation. God.• Even when life feels repetitive, God is still building His promise in your story.
Lord, help us walk with You like Enoch. Teach us to trust Your promises and live with purpose. Amen.
#Genesis5 #BibleReflection #WalkWithGod #GodsPromises #Faith
See less
आदमदेखि नोआसम्मको वंशावली
1आदमको लिखित वंश-विवरण यही हो।
परमेश्वरले मानिसलाई सृष्टि गर्नुहुँदा उहाँले उनलाई आफ्नै स्वरूपमा बनाउनुभयो। 2उहाँले तिनीहरूलाई नर र नारी गरी सृष्टि गर्नुभयो। तिनीहरूको सृष्टि भएको दिन उहाँले तिनीहरूलाई आशिष् दिनुभयो र “मानिस” नाउँ दिनुभयो।
3आदमको उमेर एक सय तीस वर्षको हुँदा उनको आफ्नै प्रतिरूपमा एउटा छोरो जन्म्यो। उनले त्यसको नाउँ शेत राखे। 4शेतको जन्म भएपछि आदम आठ सय वर्षसम्म बाँचे, र उनका अरू छोराछोरीहरू जन्मे। 5आदमको जम्मा उमेर नौ सय तीस वर्ष भएको थियो। अनि तिनी मरे।
शेतको वंश
6शेतको उमेर एक सय पाँच वर्षको हुँदा उनको छोरो एनोश जन्म्यो। 7एनोश जन्मेपछि शेत आठ सय सात वर्षसम्म बाँचे। उनका अरू छोराछोरीहरू जन्मे। 8शेतको जम्मा उमेर नौ सय बाह्र वर्ष भएको थियो। अनि उनी मरे।
9एनोशको उमेर नब्बे वर्षको हुँदा उनको छोरो केनान जन्म्यो। 10केनान जन्मेपछि एनोश आठ सय पन्ध्र वर्षसम्म बाँचे। उनका अरू छोराछोरीहरू जन्मे। 11एनोशको जम्मा उमेर नौ सय पाँच वर्ष भएको थियो। अनि उनी मरे।
12केनानको उमेर सत्तरी वर्षको हुँदा उनको छोरो महलालेल जन्म्यो। 13महलालेल जन्मेपछि केनान आठ सय चालीस वर्षसम्म बाँचे। अनि उनका अरू छोराछोरीहरू जन्मे। 14केनानको जम्मा उमेर नौ सय दश वर्ष भएको थियो। अनि उनी मरे।
15महलालेलको उमेर पैँसट्ठी वर्षको हुँदा उनको छोरो येरेद जन्म्यो। 16येरेद जन्मेपछि महलालेल आठ सय तीस वर्षसम्म बाँचे। उनका अरू छोराछोरीहरू जन्मे। 17महलालेलको जम्मा उमेर आठ सय पञ्चानब्बे वर्ष भएको थियो। अनि उनी मरे।
18येरेदको उमेर एक सय बयसट्ठी वर्षको हुँदा उनको छोरो हनोक जन्म्यो। 19हनोक जन्मेपछि येरेद आठ सय वर्षसम्म बाँचे। उनका अरू छोराछोरीहरू जन्मे। 20येरेदको जम्मा उमेर नौ सय बयसट्ठी वर्ष भएको थियो। अनि उनी मरे।
21हनोकको उमेर पैँसट्ठी वर्षको हुँदा उनको छोरो मतूशेलह जन्म्यो। 22मतूशेलह जन्मेपछि हनोक तीन सय वर्षसम्म परमेश्वरको साथसाथ हिँड्दैरहे। उनका अरू छोराछोरीहरू जन्मे। 23हनोकको जम्मा उमेर तीन सय पैँसट्ठी वर्ष भएको थियो। 24हनोक परमेश्वरको साथसाथ हिँड्थे। अनि उनी अलप भए, किनभने परमेश्वरले उनलाई उठाइलानुभयो।
25मतूशेलहको उमेर एक सय सतासी वर्षको हुँदा उनको छोरो लेमेक जन्म्यो। 26लेमेक जन्मेपछि मतूशेलह सात सय बयासी वर्षसम्म बाँचे। उनका अरू छोराछोरीहरू जन्मे। 27मतूशेलहको जम्मा उमेर नौ सय उनन्सत्तरी वर्ष भएको थियो। अनि उनी मरे।
28लेमेकको उमेर एक सय बयासी वर्षको हुँदा उनको एउटा छोरो जन्म्यो। 29उनले यसो भनेर उसको नाउँ नोआ राखे, “परमप्रभुले श्राप दिनुभएको भूमिको हाम्रो काम र परिश्रममा यसले हामीलाई शान्ति दिनेछ।” 30नोआ जन्मेपछि लेमेक पाँच सय पञ्चानब्बे वर्षसम्म बाँचे। उनका अरू छोराछोरीहरू जन्मे। 31लेमेकको जम्मा उमेर सात सय सतहत्तर वर्ष भएको थियो। अनि उनी मरे।
32नोआ पाँच सय वर्षका हुँदा उनको छोराहरू शेम, हाम र येपेत जन्मे।
BOOK OF GEN - 6
GENESIS 6 (KJV)
The World Before the Flood• Humanity multiplied on the earth, but sin multiplied too.• People followed their own desires, and the earth became corrupt and violent.
**“Sons of God” • “Daughters of Men” • “Giants” (Gen. 6:1–4)•This passage shows a time of great spiritual confusion and moral darkness.• The Bible says there were “giants (Nephilim)” in those days (Gen. 6:4).•The chapter’s main message is not curiosity—it is warning: the world was drifting far from God.
**God Saw the Depth of Sin (Gen. 6:5–7)•”The wickedness of man was great…” (6:5)•Every imagination of the heart was continually evil.• God was grieved because mankind chose rebellion, violence, and corruption.• So God declared judgment: He would destroy man whom He created (6:7).
**But Noah Found Grace (Gen. 6:8–10)•While the world was falling apart, Noah walked with God.• Noah was not perfect by human strength—he was saved by grace. •God always keeps a remnant: one faithful life can shine in a dark world.
**God’s Warning + God’s Way of Salvation (Gen. 6:11–16)•God told Noah the earth was filled with violence.• God gave clear instructions: “Make thee an ark of gopher wood…” (6:14)•The ark shows a truth: God judges sin, but He provides a way to be saved.
**The Coming Flood (Gen. 6:17)•God announced: a flood of waters would cleanse the earth.• Judgment would be real, complete, and worldwide.
**God’s Covenant Promise (Gen. 6:18)•”But with thee will I establish my covenant…”•Even in judgment, God speaks promise and hope to those who trust Him.
**Two of Every Kind (Gen. 6:19–22)•God cared not only for Noah’s family, but also for the living creatures.• Noah obeyed completely: “Thus did Noah; according to all that God commanded him, so did he.” (6:22)
Reflection God’s judgment is holy. God’s salvation is sure. Faith obeys even when the world is against you. Grace finds those who walk with God.
Life Application• Don’t follow the crowd.• Walk with God daily.• Obey God’s Word even when it’s hard.• Prepare your heart—God’s warnings are mercy.
#Genesis6 #KJV #Noah #Grace #Obedience #WalkWithGod #GodsWord #Faith #TrustGod
See less
नोआ र जलप्रलय
1जब मानिसहरूको संख्या पृथ्वीमा बढ्दैगयो र तिनीहरूका छोरीहरू जन्मे, 2तब परमेश्वरका छोराहरूले मानिसका छोरीहरूलाई सुन्दरी देखे, र आ-आफ्ना रुचिका पत्नीहरू ल्याए। 3तब परमप्रभुले भन्नुभयो, “मेरो आत्माले मानिससँग सधैँ संघर्ष गर्नेछैन, किनभने त्यो मरणशील हो। त्यसको उमेर एक सय बीस वर्षको हुनेछ।”
4त्यस बेला र त्यसपछि पनि पृथ्वीमा नेफिलीमहरू थिए। परमेश्वरका छोराहरू मानिसका छोरीहरूकहाँ जान लागे र सन्तान जन्माए। तिनीहरू नै उहिलेका शूरवीर र नाउँ चलेका मानिसहरू थिए।
5पृथ्वीमा मानिसहरूको दुष्टता बढ़ी भएको र तिनीहरूका हृदयका विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्नुभयो। 6पृथ्वीमा मानिसलाई बनाउनुभएकोमा परमप्रभुले अफसोस गर्नुभयो, र उहाँ मनमा साह्रै दु:खित हुनुभयो। 7त्यसकारण परमप्रभुले भन्नुभयो, “मैले सृष्टि गरेको मानिसलाई पृथ्वीबाट म मेटिदिनेछु— के मानिस, के घस्रने जन्तु, के आकाशका पक्षी सबैलाई— किनभने ती बनाएकोमा मलाई दु:ख लागेको छ।” 8तर नोआमाथि चाहिँ परमप्रभुको अनुग्रह भयो।
9नोआको वृत्तान्त यही हो।
आफ्नो पुस्तामा नोआ धर्मी र निर्दोष मानिस थिए। तिनी परमेश्वरको साथै हिँड्ने गर्थे। 10नोआका तीन जना छोराहरू जन्मे— शेम, हाम र येपेत।
11परमेश्वरको दृष्टिमा पृथ्वी भ्रष्ट भएको र उपद्रवले भरिएको थियो। 12जब परमेश्वरले पृथ्वीमाथि दृष्टि गर्नुभयो तब त्यो भ्रष्ट भएको देख्नुभयो, किनकि पृथ्वीमा भएका सबै मानिसहरूले आफ्ना चालचलन भ्रष्ट पारिसकेका थिए। 13यसकारण परमेश्वरले नोआलाई भन्नुभयो, “सबै मानिसहरूको अन्त्य गर्ने मैले अठोट गरेको छु, किनभने पृथ्वी तिनीहरूद्वारा उपद्रवले भरिएको छ। हेर, म तिनीहरूलाई पृथ्वीसमेत नाश गर्नेछु। 14तैंले गोपेर काठको एउटा जहाज बनाउनू। जहाजमा कोठा-कोठा बनाउनू र त्यसलाई भित्र-बाहिर अलकत्राले लिप्नू। 15तैंले त्यो यसरी बनाउनू: जहाजको लमाइ एक सय चालीस मिटर, चौड़ाइ तेईस मिटर र उचाइ चौध मिटरको होस्। 16जहाजमा उज्यालो आओस् भनेर त्यो मास्तिर माथिबाट एक हात छोड़ेर टुङ्ग्याउनू। जहाजको ढोका त्यसको एकापट्टि राख्नू। पहिलो, दोस्रो र तेस्रो तला भएको त्यो बनाउनू। 17जीवनको सास हुने आकाशमुनिका सबै प्राणीलाई म सर्वनाश पार्नलाई पृथ्वीमा जलप्रलय ल्याउनेछु, र पृथ्वीमा भएको हरेक प्राणी मर्नेछ। 18तर तँसँगचाहिँ म आफ्नो करार स्थापित गर्नेछु। तँ तेरा छोराहरू, तेरी पत्नी र तेरा बुहारीहरूसमेत जहाजमा आउनेछस्। 19सबै जीवित प्राणीमध्ये हरेक जातका भाले र पोथी दुई-दुई गरी जहाजमा ले, र तिनीहरू पनि तँसँग बाँचिरहून्। 20पक्षीहरूमध्ये तिनीहरूका जात-जातअनुसार, पशुहरूमध्ये तिनीहरूका जात-जातअनुसार र जमिनमा घस्रने सबै प्राणीहरूमध्ये जात-जातअनुसार— सबै थरीका दुई वटा— तिनीहरू जीवित रहनलाई तँकहाँ आउनेछन्। 21हरेक किसिमका आहारा पनि तैंले आफ्नो साथमा जम्मा गरेर राख्नू। ती तेरो र तिनीहरूका निम्ति आहार हुनेछन्।”
22परमेश्वरले नोआलाई आज्ञा गर्नुभएबमोजिम तिनले सबै गरे।
BOOK OF GEN - 7
Genesis 7 (KJV)
THE FLOOD BEGINS • THE ARK IS LIFTED UP • GOD SAVES NOAH
What happened •The LORD told Noah to bring his whole household into the ark, because Noah was righteous before God in his generation. (Genesis 7:1)
•Noah brought animals into the ark—clean beasts by sevens and unclean by twos, also fowls by sevens—as God commanded. (Genesis 7:2–3)
•God gave a final warning: “Yet seven days” and then the rain would come. (Genesis 7:4)•Noah obeyed everything the LORD commanded. (Genesis 7:5)
•All went in: Noah, his family, and the animals—male and female—and the LORD shut him in. (Genesis 7:7–9, 16)
•The Flood began: rain fell 40 days and 40 nights, and “the fountains of the great deep” and “windows of heaven” were opened. (Genesis 7:11–12)
•The waters increased until even the highest mountains were covered, and the ark was lifted up above the earth. (Genesis 7:17–20)
•Judgment fell on the earth, and only Noah and those with him in the ark remained alive. (Genesis 7:21–23)
•The waters “prevailed” upon the earth 150 days. (Genesis 7:24)
Why did God send the Flood?•Because the earth was filled with corruption and violence, and God brought judgment on wickedness—yet He provided a way of salvation for those who believed and obeyed. (See Genesis 6:5–13; Genesis 7:1)
Life lesson:God’s warning is real, but His mercy is real too.When God provides a way, the safest place is obedience.
Trust God’s Word. He saves those who follow Him!
#Genesis7 #KJV #Noah #Ark #Flood #Bible #Faith #ObeyGod #GodSaves #Scripture
See less
1तब परमप्रभुले नोआलाई भन्नुभयो, “तँ र तेरा सबै जहान जहाजभित्र जाओ। किनभने यस पुस्तामा मेरो सामु तँलाई मैले धर्मी देखेको छु। 2सबै जातका शुद्ध पशुहरूमध्येका सात जोड़ी, अर्थात् भाले र पोथी, र जुन-जुन शुद्ध छैनन् तिनीहरूमध्येका दुई, अर्थात् भाले र पोथी, 3र पक्षीहरूमध्येका पनि सात जोड़ी, अर्थात् भाले र पोथी समस्त पृथ्वीमा तिनीहरूका जातिहरूलाई जीवित राख्न तिनीहरूलाई तैंले ल्याउनू। 4अबको सात दिनमा म पृथ्वीमा चालीस दिन र चालीस रात पानी बर्साउनेछु। जति प्राणीलाई मैले बनाएको छु, ती सबैलाई पृथ्वीबाट नाश गर्नेछु।”
5तब परमप्रभुले तिनलाई हुकुम गर्नुभएबमोजिम नोआले सबै गरे।
6नोआ छ सय वर्षको हुँदा पृथ्वीमा जलप्रलय भएको थियो। 7नोआ, तिनका छोराहरू, तिनकी पत्नी तथा तिनका बुहारीहरू जलप्रलयको पानीबाट बाँच्नलाई जहाजमा गए। 8शुद्ध पशुहरू र अशुद्ध पशुहरू, पक्षीहरू र भूइँमा घस्रने हरेक प्राणी 9परमेश्वरको हुकुमबमोजिम जोड़ी-जोड़ी, अर्थात् भाले र पोथी नोआकहाँ जहाजमा आए। 10अनि ठीक सात दिनपछि पृथ्वीमा जलप्रलयको पानी पर्न लाग्यो।
11नोआका जीवनको छ सय वर्षको दोस्रो महिनाको सत्रौँ दिनमा ठूला-ठूला अगाधका सब मूलहरू फुटे, र आकाशका द्वारहरू खुले। 12अनि चालीस दिन र रातसम्म पृथ्वीमा पानी परिरह्यो।
13ठीक त्यसै दिन नोआ, तिनका छोराहरू शेम, हाम र येपेत, तिनकी पत्नी र तिनका तीन बुहारीहरू जहाजभित्र पसे। 14तिनीहरू र आ-आफ्नो जातअनुसारका सबै वन-पशुहरू, सबै पालिने पशुहरू, भूइँमा घस्रने सबै प्राणीहरू र आ-आफ्नो जातका सबै थरीका पक्षीहरू पसे। 15जीवनको सास हुने सबै प्राणीका जोड़ी-जोड़ी गरी नोआकहाँ जहाजमा आए। 16परमेश्वरले नोआलाई हुकुम गर्नुभएबमोजिम जहाजभित्र पसेका प्राणी भाले र पोथी गरी आए। त्यसपछि परमप्रभुले जहाजको ढोका थुनिदिनुभयो।
17पृथ्वीमा चालीस दिनसम्म जलप्रलय भइरह्यो। पानी बढ़ेर जहाजलाई उचाल्न लाग्यो र त्यो जमिनबाट माथि जान लाग्यो। 18पानी धेरै परिरह्यो र चौपट्टै बढ़ेर पृथ्वीमा भरिन लाग्यो, र जहाज पानी माथि-माथि उत्रन लाग्यो। 19पानी पृथ्वीमा जोडसँग परिरह्यो र आकाशमुनिका जम्मै अल्गा-अल्गा पर्वतहरू ढाकिए। 20पानी बढ़ेर आयो र पर्वतहरूलाई सात मिटरसम्म डुबाइदियो। 21पृथ्वीमा चलहल गर्ने सबै जीवित जीवात— के पक्षी, के पालिने पशु, के वन-पशु, के भूइँमा घस्रने सबै प्राणीहरू— तथा सबै मानिसहरू मरे। 22ओबानो भूमिमा भएका सास हुने सबै प्राणी मरे। 23अनि जति प्राणी जमिनमा थिए— के मानिस, के पशु, के घस्रने जन्तु, के पक्षी, सबै मासिए। तिनीहरू पृथ्वीबाट मासिए, केवल नोआ र जति जना तिनीसित जहाजमा थिए तिनीहरू मात्र जीवितै रहे।
24अनि पृथ्वीमा पानी एक सय पचास दिनसम्म रहिरह्यो।
BOOK OF GEN - 8
Genesis 8 — God Remembers Noah KJV
God remembered Noah (v.1)“Remembered” means God acted in mercy and kept His promise—He did not forget Noah. God cared for Noah, his family, and every living creature in the ark.
God sent a wind and the waters went down (v.1–5)God caused a wind to pass over the earth, and the floodwaters began to recede.➤ The fountains of the deep and the windows of heaven were stopped➤ The rain was restrained➤ The ark came to rest on the mountains of Ararat➤ Later, the tops of the mountains were seen
Noah tested if the earth was dry (v.6–12)Noah opened the window of the ark and sent out birds to see if the land was ready.➤ The raven went to and fro➤ The dove returned because it found no resting place➤ The dove later returned with an olive leaf (sign of new life and dry land)➤ The dove was sent again and did not return (the earth was becoming habitable)
Noah saw the dry ground and waited for God’s command (v.13–19)Noah removed the covering of the ark and saw the ground was drying.Even then, Noah stayed until God told them to go out.Then Noah, his family, and the animals came out, each after their kinds.
Noah worshipped God first (v.20–21)After deliverance, Noah built an altar and offered burnt offerings.This shows a thankful heart: worship, gratitude, and obedience.
God’s promise of seasons (v.22)“While the earth remaineth, seedtime and harvest, cold and heat, summer and winter, day and night shall not cease.”God established stability and order for life on earth after the flood.
Main Lessons (Genesis God keeps His promises and remembers His people Waiting on God is part of obedience After deliverance, worship should come first God gives mercy and stability even in a fallen world
#Genesis8 #Noah #KJV #GodsMercy #Faith #Obedience #Worship
See less
1तर परमेश्वरले नोआ र तिनीसँग जहाजमा भएका सबै वन-पशु र पालिने पशुहरूलाई सम्झनुभयो, अनि उहाँले पृथ्वीमा बतास चलाइदिनुभयो, र पानी घट्न लाग्यो। 2अगाधका मूलहरू र आकाशका द्वारहरू थुनिए र आकाशबाट पानी बन्द गरियो। 3अनि पानी पृथ्वीमा लगातार घट्दैगयो। एक सय पचास दिन बितेपछि पानी घट्यो। 4सातौँ महिनाको सत्रौँ दिनमा जहाज आरारातका पहाड़हरूमा अड़ियो। 5दशौँ महिनासम्म पानी लगातार घट्दैगयो। दशौँ महिनाको पहिलो दिनमा डाँड़ाहरूका टाकुरा देखा परे।
6चालीस दिनपछि आफूले बनाएको जहाजको झ्याल नोआले खोले, 7र एउटा कागलाई उड़ाइदिए, अनि जमिनको पानी नसुकुञ्जेल त्यो काग यताउता उड़िरह्यो। 8तब नोआले जमिनमा पानी घट्यो कि भनी हेर्न एउटा ढुकुर पनि उड़ाइदिए। 9त्यस ढुकुरले आफ्ना खुट्टा टेक्ने ठाउँ नपाएकोले त्यो तिनीकहाँ नै जहाजमा फर्क्यो, किनभने पृथ्वीमा अझै पानी थियो। तब तिनले आफ्नो हात पसारेर त्यस ढुकुरलाई समाती आफूकहाँ जहाजभित्र ल्याए। 10अरू सात दिन पर्खेर तिनले फेरि त्यस ढुकुरलाई जहाजबाट उड़ाइपठाए। 11त्यो ढुकुर साँझमा तिनीकहाँ फर्क्यो। त्यसको चुच्चामा भर्खरै टिपेको भद्राक्षको एउटा पात थियो। तब पानी जमिनमा घटेछ भन्ने नोआले थाहा पाए। 12तब तिनले अरू सात दिन पर्खेर त्यस ढुकुरलाई फेरि उड़ाइपठाए, तर यस पाली त्यो तिनीकहाँ फर्केर आएन।
13नोआको छ सय एक वर्षको पहिलो महिनाको पहिलो दिन पृथ्वीबाट पानी सुक्यो, र नोआले जहाजको छत उघारेर हेरे, जमिन सुक्खा थियो। 14अनि दोस्रो महिनाको सत्ताईसौँ दिनमा जमिन पूर्ण रूपले सुक्यो।
15तब परमेश्वरले नोआलाई भन्नुभयो, 16“तँ, तेरी पत्नी, तेरा छोराहरू र तेरा बुहारीहरूसमेत जहाजबाट निस्की। 17तेरो साथमा भएको हरेक जीवित प्राणी, पशु र पक्षी दुवै, र घस्रने जन्तुलाई बाहिर निकाल्, र तिनीहरू पृथ्वीमा प्रशस्त गरी बढून्, र तिनीहरू पृथ्वीमा फैलिँदै र संख्यामा वृद्धि हुँदैजाऊन्।”
18तब नोआ, तिनका छोराहरू, तिनकी पत्नी तथा बुहारीहरू जहाजबाट निस्केर आए। 19र सबै पशु, घस्रने जन्तु, पक्षी र पृथ्वीमा हिँड्डुल गर्ने सबै जीवजन्तुहरू पनि तिनीहरूका जात-जातअनुसार जहाजबाट निस्केर आए।
20अनि नोआले परमप्रभुको निम्ति एउटा वेदी बनाएर हरेक शुद्ध पशु र शुद्ध पक्षी मध्येबाट लिई होमबलि चढ़ाए। 21त्यसको मीठो बास्ना लिनुभएपछि परमप्रभुले आफ्नो मनमा भन्नुभयो, अब म फेरि कहिल्यै मानिसको खातिर पृथ्वीलाई सराप दिनेछैनँ, यद्यपि मानिसको हृदयका भावनाहरू बालकदेखि नै खराब हुन्छन्। अहिले मैले गरेजस्तै सबै प्राणीलाई फेरि यसरी सर्वनाश म गर्नेछैनँ।
22“पृथ्वी रहुञ्जेल बीउ छर्ने र फसल काट्ने समय, जाडो र गर्मी, ग्रीष्म र शिशिर, र दिन र रातको अन्त हुनेछैन।”
BOOK OF GEN - 9
Genesis 9 (KJV) — Covenant & Rainbow
After the Flood, God gives Noah and his family a fresh start, new instructions for living, and a covenant promise for the whole earth—confirmed with a sign in the sky.
Blessing & New Beginning (v. 1–7) Be fruitful, multiply, and fill the earth.➤ God allows food from animals (not only plants). Do not eat blood—life belongs to God. Human life is sacred because mankind is made in God’s image.➤ God establishes justice and accountability for shedding innocent blood.
Covenant Promise (v. 8–11)◆ God makes a covenant with Noah, his children, and every living creature.◆ God promises: never again will a flood destroy all flesh and the whole earth like before.
Sign of the Covenant: Rainbow (v. 12–17) God sets His “bow in the cloud” as a token of the covenant.◆ Whenever the rainbow appears, it reminds that God remembers His promise.
Noah’s Vineyard & Family Lesson (v. 18–27)➤ Noah plants a vineyard and becomes drunk; shame happens in his tent. Shem and Japheth cover their father with honor. Ham dishonors the situation and spreads it.◆ A blessing and a curse are spoken, showing how choices inside a family can affect the future.
Noah’s Years (v. 28–29) Noah lived 950 years, then died—God’s covenant remains even after generations pass.
God keeps His promises. Respect the sanctity of life. Honor matters—especially in family.
Walk in obedience after a new beginning. Trust God’s covenant and remember His faithfulness.
#Genesis9 #KJV #GodsPromise #Covenant #Rainbow #Noah #Faith #Obedience #GodIsFaithful #Scripture #BibleTruth #GodsWord
See less
नोआसँग बाँधिएको परमेश्वरको करार
1त्यसपछि परमेश्वरले नोआ र तिनका छोराहरूलाई आशिष् दिएर भन्नुभयो, “फल्दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदैजाओ। 2पृथ्वीका सबै पशुहरू र आकाशका सबै पक्षीहरू र जमिनमा घस्रने सबै प्राणीहरू र समुद्रका सबै माछाहरूमा तिमीहरूको डर र त्रास हुनेछ। तिमीहरूकै हातमा ती सुम्पिएका हुन्छन्। 3जीवित-जीवात सबै तिमीहरूका निम्ति आहारा हुनेछन्। मैले हरिया वनस्पति तिमीहरूलाई दिएझैँ सबै थोक म तिमीहरूलाई दिन्छु।
4“तर मासु त्यसको प्राण दिने रगतसमेत नखाओ। 5र तिमीहरूको प्राण दिने रगतको सट्टा म निश्चय लेखा लिनेछु। हरेक पशुदेखि म प्राणको साटो लिनेछु, र हरेक मानिसदेखि पनि आफ्नो दाजुभाइका प्राणको साटो म लिनेछु।
6जसले मानिसको रक्तपात गर्छ,
मानिसबाटै त्यसको रक्तपात हुनेछ,
किनभने परमेश्वरले मानिसलाई
आफ्नै स्वरूपमा बनाउनुभएको हो।
7तिमीहरूचाहिँ फल्दै-फुल्दै जाओ। पृथ्वीमा प्रशस्तसँग बालकहरू जन्मून्, र संख्यामा तिनीहरूको वृद्धि हुँदैजाओस्।”
8तब परमेश्वरले नोआ र तिनका छोराहरूलाई यसो भन्नुभयो, 9“तिमीहरू र तिमीहरूका भावी सन्तानसित, 10तथा जहाजबाट तिमीहरूसित निस्केर आएका सबै जीवित प्राणीहरू— अर्थात्, पक्षीहरू, पालिने पशुहरू, वन-पशुहरू— तिमीहरूसित भएका पृथ्वीका सबै जीव-जन्तुहरूसित म मेरो करार स्थापित गर्दछु। 11म तिमीहरूसित मेरो यो करार स्थापित गर्दछु, कि सबै प्राणी फेरि कहिल्यै प्रलयको पानीले नष्ट हुनेछैनन्, अनि पृथ्वीलाई सर्वनाश गर्न फेरि कहिल्यै जलप्रलय हुनेछैन।”
12अनि परमेश्वरले भन्नुभयो, “जुन करार मेरो र तिमीहरू र तिमीहरूका साथमा भएको हरेक जीवित प्राणीको बीचमा सबै पुस्तौँसम्मको निम्ति म ठहराउँदैछु, त्यसको चिन्ह यही हुन्छ। 13म बादलमा मेरो इन्द्रेनी राख्तछु, र मेरो र पृथ्वीको बीचमा त्यो एउटा करारको चिन्ह हुनेछ। 14जहिले-जहिले म पृथ्वीमा बादल फिँजाउँछु र बादलमा इन्द्रेनी देखा पर्छ, 15मेरो र तिमीहरू अनि हरेक किसिमको जीवित प्राणीको बीचमा रहेको मेरो करार म सम्झनेछु। पानीले फेरि कहिल्यै सबै प्राणीलाई नाश गर्ने प्रलय ल्याउनेछैन। 16जुन बेला बादलमा इन्द्रेनी देखा पर्छ, म त्यो हेरेर यो सधैँको करारलाई सम्झनेछु, जो परमेश्वर र पृथ्वीका सबै जीवित-जीवातसँग बाँधिएको छ।”
17यसरी परमेश्वरले नोआलाई भन्नुभयो, “मैले पृथ्वीका सारा प्राणी र मेरो बीचमा बाँधेको करारको चिन्ह यही हो।”
नोआ र तिनका छोराहरू
18जहाजबाट बाहिर निस्किआएका नोआका छोराहरू शेम, हाम र येपेत हुन्। हामचाहिँ कनानका पिता थिए। 19नोआका छोराहरू यी नै तीन जना थिए। यिनीहरूबाट समस्त पृथ्वी भरियो। 20माटोमा काम गर्ने नोआले दाखबारी लगाए। 21जब तिनले दाखमद्य पिए, तब तिनी मात्तिए र आफ्नो पालभित्र नाङ्गै सुतिबसे। 22कनानका पिता हामले आफ्ना पिताको नाङ्गोपन देखेर बाहिर आई आफ्ना दुवै दाजुहरूलाई बताइदिए। 23तर शेम र येपेतले एउटा लुगा लिए, र दुवैले आफ्ना काँधमा हाले र पछिल्तिर सर्दै-सर्दै गएर तिनीहरूले आफ्ना पिताको नग्नता ढाकिदिए। तिनीहरूका मुख पछिल्तिर फर्केको हुनाले तिनीहरूले आफ्ना पिताको नाङ्गोपन देखेनन्।
24जब नोआलाई मद्यको निद्राले छोड्यो र तिनका कान्छा छोराले गरेको कुरा तिनले थाहा पाए, 25तब तिनले भने, “श्रापित होस्, कनान, त्यो आफ्ना दाजुहरूका कमाराहरूको पनि कमारो हुनेछ।”
26तिनले यसो पनि भने,
“शेमका परमप्रभु धन्यका होऊन्,
कनान त्यसको दास होस्।
27परमेश्वरले येपेतको वृद्धि गरून्,
र त्यसले शेमको पालमा वास गरोस्,
र कनानचाहिँ शेमको कमारो होस्।”
28जलप्रलयपछि नोआ साढ़े तीन सय वर्षसम्म बाँचिरहे। 29नोआको जम्मा उमेर नौ सय पचास वर्ष भएको थियो। अनि तिनी मरे।
BOOK OF GEN - 10
GENESIS 10 (KJV) TABLE OF NATIONS
Genesis 10:1 — “Now these are the generations of the sons of Noah, Shem, Ham, and Japheth…”Genesis 10:5 — “By these were the isles of the Gentiles divided… every one after his tongue… in their nations.”Genesis 10:20 — “These are the sons of Ham… after their tongues… in their countries, and in their nations.”Genesis 10:31–32 — “These are the sons of Shem… and by these were the nations divided in the earth after the flood.”
What Genesis 10 is aboutGenesis 10 is called the “Table of Nations.”After the Flood, the earth was repopulated through Noah’s family. This chapter shows how people spread out into families, tribes, languages, lands, and nations. It prepares us for Genesis 11 (Tower of Babel), where languages are confused.
Noah’s three sons• Japheth• Ham• ShemFrom these three lines, the Bible records the early nations of the earth.
Main message repeated in the chapter• After their families• After their tongues• In their countries/lands• In their nationsThis shows how God allowed people to grow and spread across the world.
Japheth’s line (Genesis 10:2–5) Mentions “isles” (coastlands/distant lands) Emphasizes division by tongues and lands Picture: people spreading outward into many places
Ham’s line (Genesis 10:6–20) Includes major places and growing cities Mentions Nimrod (Genesis 10:8–12) — linked with early kingdoms and cities like Babel and Nineveh This points forward to human power, cities, and the events leading to Genesis 11
Shem’s line (Genesis 10:21–31) Important because it connects toward the later promise line in Genesis Peleg is mentioned: “in his days was the earth divided” (Genesis 10:25) Again, this prepares us for the coming division of tongues in Genesis 11
Why Genesis 10 matters God is in control of history All humanity comes from one family after the Flood Nations and languages didn’t happen by accident—God allowed people to spread Our true identity is not only where we came from, but Who created us
Simple reminderFamilies became tribesTribes became nationsGod’s plan moved forward step by step
“By these were the nations divided in the earth after the flood.” — Genesis 10:32 (KJV)
#Genesis10 #KJV #TableOfNations #GodsWord #OldTestament #Noah #Shem #Ham #Japheth #Scripture #BibleTruth
See less
1नोआका छोराहरू शेम, हाम र येपेतको वृत्तान्त यही हो। जलप्रलयपछि तिनका पनि छोराहरू जन्मे।
येपेतका सन्तान
2येपेतका छोराहरू:
गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास।
3गोमेरका छोराहरू:
अशकनज, रीपत र तोगर्मा।
4यावानका छोराहरू:
एलीशाह, तर्शीश, कित्तीम र रोदानीम।
5यिनीहरूबाट नै समुद्रतटवासीहरू, तिनीहरूका देशभित्र, प्रत्येकको आफ्नो भाषा र जातिअनुसार फिँजिए।
हामका सन्तान
6हामका छोराहरू:
कूश, मिश्रइम, पूत र कनान।
7कूशका छोराहरू:
सेबा, हवीला, सब्ता, रामाह, र सब्तका।
रामाहका छोराहरू:
शेबा र ददान।
8कूश निम्रोदका पिता भए। यिनी नै पृथ्वीका पहिलो शक्तिशाली पुरुष भए। 9यिनी परमप्रभुको सामु शक्तिशाली शिकारी थिए। यसैले “निम्रोदजस्तै परमप्रभुको सामु शक्तिशाली शिकारी” भन्ने आहान चलेको छ। 10उनको राज्यको सुरु बाबेल, एरेक, अक्कद र कल्नेहबाट भयो, जुन शिनार देशमा छन्। 11त्यही देशबाट उनी अश्शूरमा गए, र निनवे, रहोबोत-इर र कालह सहरहरू, 12अनि निनवे र कालहको बीचमा रेसेन सहर बनाए। रेसेनचाहिँ महान् सहर हो।
13मिश्रइमचाहिँ लूदी, अनामी, लहाबी, नप्तूही 14पत्रुसी, कस्लूही (जसबाट पलिश्तीहरू निस्के) र कप्तोरीहरूका पुर्खा थिए।
15कनान आफ्ना जेठा छोरा सीदोन र हेतका पिता भए। 16कनानबाट हित्ती, यबूसी, एमोरी, गिर्गाशी, 17हिव्वी, अरकी, सिनी, 18अर्वादी, सेमारी र हमातीहरू उत्पन्न भए।
त्यसपछि कनानका वंशहरू जताततै फिँजिए। 19कनान देशको सिमाना सीदोनदेखि गरार जाने बाटोतिर गाजासम्म, र सदोम, गमोरा, अदमा र सबोयीम जाने बाटोतिर भएर लाशासम्म थियो।
20हामका छोराहरू, उनीहरूका वंश र भाषाअनुसार, र उनीहरूका देश र जातिहरू यी नै हुन्।
शेमका सन्तान
21येपेतका भाइ शेमका पनि छोराहरू जन्मे। शेम एबेरका सबै सन्तानका पुर्खा थिए।
22शेमका छोराहरू: एलाम, अश्शूर, अर्पक्षद, लूद र अराम थिए।
23अरामका छोराहरू:
ऊज, हुल, गेतेर र मेशेक थिए।
24अर्पक्षद शेलहका पिता भए।
शेलह एबेरका पिता भए।
25एबेरका दुई जना छोराहरू जन्मे। एउटाको नाउँ पेलेग थियो, किनभने उनकै समयमा पृथ्वी अलग-अलग भागमा बाँड़ियो। उनका भाइको नाउँ योक्तान थियो।
26योक्तान अल्मोदद, शेलेप, हसर्मवित, येरह, 27हदोरम, ऊजाल, दिक्ला, 28ओबाल, अबमाएल, शेबा, 29ओपीर, हवीला र योबाबका पिता भए। यी सबै योक्तानका छोराहरू थिए।
30उनको वासस्थान मेशादेखि यता पूर्वको पहाड़ी देश सपारा जाने बाटोसम्म थियो।
31शेमका छोराहरू, उनीहरूका वंश र भाषाअनुसार, र उनीहरूका देश र जातिहरू यी नै हुन्।
32नोआका छोराहरूका वंशहरू आ-आफ्ना जातिअनुसार यी नै हुन्। यीबाट जलप्रलयपछि पृथ्वीमा जाति-जाति अलग-अलग भएर जताततै फिँजिए।
BOOK OF GEN - 11
Genesis 11 (KJV) Tower of Babel • God’s Response • Shem’s Line • Terah’s Family
The Tower of Babel (1–4)✓ The whole earth was of one language and one speech.✓ The people journeyed and settled in the plain of Shinar.✓ They used brick for stone and slime for morter.✓ They said, “Let us build us a city and a tower… and let us make us a name.”✓ The heart issue was pride and fear, “lest we be scattered abroad.”
God’s Response (5–9)✓ “The LORD came down” to see the city and the tower.✓ God saw their united pride and warned of what they imagined to do.✓ “Let us go down, and there confound their language.”✓ They could not understand one another, so the work stopped.✓ “The LORD scattered them abroad upon the face of all the earth.”✓ The place was called Babel because the LORD did confound the language.
The Generations of Shem (10–26)◆ Shem begat Arphaxad◆ Arphaxad begat Salah◆ Salah begat Eber◆ Eber begat Peleg◆ Peleg begat Reu◆ Reu begat Serug◆ Serug begat Nahor◆ Nahor begat Terah◆ Terah’s line leads to Abram
Terah’s Family (27–32)✓ Terah begat Abram, Nahor, and Haran.✓ Haran died in Ur of the Chaldees.✓ Terah took Abram, Lot, and Sarai, and they went from Ur toward Canaan.✓ They came to Haran and dwelt there.✓ Terah died in Haran.
#Genesis11 #KJV #TowerOfBabel #GodsWord #ScriptureTruth #Faith
See less
बाबेलको धरहरा
1त्यस बेला जम्मै पृथ्वीमा एउटै भाषा र एकै खालको बोली थिए। 2मानिसहरू पूर्वतिर सर्दैजाँदा शिनार देशमा एउटा मैदान भेट्टाएर त्यहीँ बसोबास गरे।
3तिनीहरूले आपसमा भने, “लौ, हामीहरू इँट बनाएर पोलौं।” ढुङ्गाको सट्टा इँट र हिलोको सट्टा अलकत्रा तिनीहरूले प्रयोग गरे। 4तब तिनीहरूले भने, “लौ, हामी आफ्नो निम्ति एउटा सहर र स्वर्गैसम्म पुग्ने एउटा धरहरा बनाऔं, अनि आफ्नो नाउँ राखौं र हामी पृथ्वीभरि जताततै नछरिऔं।”
5मानिसहरूका सन्तानले बनाइरहेका सहर र धरहरा हेर्नलाई परमप्रभु तल ओर्लनुभयो। 6अनि परमप्रभुले भन्नुभयो, “यदि एउटै भाषा बोल्ने एउटै जातिको स्थानमा अहिले यिनीहरूले यो गरे भने, अब तिनीहरूले योजना गरेको कुनै पनि कुरा असम्भव हुनेछैन। 7आओ, तल ओर्लेर गई तिनीहरूको भाषा खलबल पारिदिऔं, र तिनीहरूले एक-अर्काको बोली नबुझून्।”
8तब परमप्रभुले त्यहीँबाट तिनीहरूलाई जम्मै पृथ्वीभरि तितरबितर पारिदिनुभयो, र तिनीहरूले त्यो सहर बनाउन छोड़िदिए। 9यसकारण त्यसको नाउँ बाबेल राखियो, किनभने परमप्रभुले त्यहीँ नै सारा पृथ्वीभरिका भाषा खलबल पारिदिनुभएको थियो। त्यहीँबाटै परमप्रभुले तिनीहरूलाई सारा पृथ्वीभरि तितरबितर पारिदिनुभयो।
शेमदेखि अब्रामसम्मको वंशावली
10शेमको वृत्तान्त यही हो।
जलप्रलयको दुई वर्षपछि एक सय वर्षको उमेरमा शेम अर्पक्षदको पिता भए। 11अर्पक्षद जन्मेपछि शेम पाँच सय वर्षसम्म बाँचे, र उनका अरू छोराछोरीहरू जन्मे।
12अर्पक्षदको उमेर पैँतीस वर्षको हुँदा उनी शेलहका पिता भए। 13शेलह जन्मेपछि अर्पक्षद चार सय तीन वर्षसम्म बाँचे, र उनका अरू छोराछोरीहरू जन्मे।
14शेलहको उमेर तीस वर्षको हुँदा उनी एबेरका पिता भए। 15एबेर जन्मेपछि शेलह चार सय तीन वर्षसम्म बाँचे, र उनका अरू छोराछोरीहरू जन्मे।
16एबेरको उमेर चौतीस वर्षको हुँदा उनी पेलेगका पिता भए। 17पेलेग जन्मेपछि एबेर चार सय तीस वर्षसम्म बाँचे, र उनका अरू छोराछोरीहरू जन्मे।
18पेलेगको उमेर तीस वर्षको हुँदा उनी रऊका पिता भए। 19रऊ जन्मेपछि पेलेग दुई सय नौ वर्षसम्म बाँचे, र उनका अरू छोराछोरीहरू जन्मे।
20रऊको उमेर बत्तीस वर्षको हुँदा उनी सरूगका पिता भए। 21सरूग जन्मेपछि रऊ दुई सय सात वर्षसम्म बाँचे, र उनका अरू छोराछोरीहरू जन्मे।
22सरूगको उमेर तीस वर्षको हुँदा उनी नाहोरका पिता भए। 23नाहोर जन्मेपछि सरूग दुई सय वर्षसम्म बाँचे, र उनका अरू छोराछोरीहरू जन्मे।
24नाहोरको उमेर उनन्तीस वर्षको हुँदा उनी तेरहका पिता भए। 25तेरह जन्मेपछि नाहोर एक सय उन्नाईस वर्षसम्म बाँचे, र उनका अरू छोराछोरीहरू जन्मे।
26तेरहको उमेर सत्तरी वर्षको हुँदा उनी अब्राम, नाहोर र हारानका पिता भए।
27तेरहको वृत्तान्त यही हो।
तेरह अब्राम, नाहोर र हारानका पिता भए। अनि हारान लोतका पिता भए। 28हारान उनका बुबा तेरहकै जीवनकालमा आफ्नो जन्म देश कल्दीहरूको ऊरमा मरे। 29अब्राम र नाहोरले विवाह गरेर पत्नी ल्याए। अब्रामकी पत्नीको नाउँ साराई र नाहोरकी पत्नीको नाउँ मिल्का थियो। तिनी हारानकी छोरी थिइन्। हारानचाहिँ मिल्का र यिस्काका पिता थिए। 30साराई बाँझी थिइन्, र तिनका कोही छोराछोरी थिएनन्।
31तेरहले आफ्ना छोरा अब्राम र हारानको छोरो आफ्नो नाति लोत र अब्रामकी पत्नी आफ्नी बुहारी साराईलाई साथमा लिएर कल्दीहरूको ऊरबाट कनान देशमा जान तिनीहरूसँगै निस्के। तर तिनीहरू हारानमा पुगेपछि त्यहीँ नै बसोबास गरे।
32तेरहको उमेर दुई सय पाँच वर्ष पुगेपछि उनी हारानमा मरे।
BOOK OF GEN - 12
Genesis 12 — The Call of Abram (KJV)
God calls Abram to leave everything familiar. The LORD tells Abram to go out from his country, kindred, and father’s house. This is a lesson of faith and obedience—Abram must trust God’s word before seeing the full outcome.
God gives Abram strong promises. The LORD says He will make Abram a great nation, bless him, and make his name great. Abram will become a blessing to others. God also declares that He will bless those who bless Abram and judge those who oppose him—showing that God protects His plan and His covenant.
Abram obeys and begins the journey. Abram departs as the LORD had spoken, and Lot goes with him. They travel into the land of Canaan. Abram’s obedience shows true faith: moving forward because God said so.
God confirms the promise in Canaan. The LORD appears to Abram and promises, “Unto thy seed will I give this land.” Abram responds by worshiping—building an altar to the LORD.
A test comes through famine in the land. Even after obeying, Abram faces hardship. Because of famine, he goes down into Egypt for help and survival.
Fear leads Abram into a wrong choice. Abram worries that the Egyptians may kill him because Sarai is beautiful, so he asks her to say, “Thou art my sister.” This teaches that fear can push believers to make unwise decisions instead of trusting God fully.
Trouble follows the lie. Sarai is taken into Pharaoh’s house, and the situation becomes dangerous. But God steps in and protects Sarai, showing that God is faithful even when His people fail.
Pharaoh confronts Abram and sends them away. Pharaoh asks why Abram did not tell the truth that Sarai was his wife. Pharaoh then commands his men to send Abram away with his wife and all that he had. God’s promise continues—not because Abram was perfect, but because God is faithful.
#Genesis12 #KJV #Faith #Obedience #GodsPromise #Abram #GodIsFaithful #BibleTruth #Scripture
See less
कनानतिर अब्रामको यात्रा
1परमप्रभुले अब्रामलाई भन्नुभयो, “तेरो देश र तेरा कुटुम्ब तथा तेरा पिताका घरबाट निस्केर जुन देश म तँलाई देखाउँछु त्यहाँ जा।
2“म तँबाट एउटा ठूलो जाति खड़ा गर्नेछु,
र तँलाई आशिष् दिनेछु।
म तेरो नाउँ प्रसिद्ध गराउनेछु,
र तँ आशिष्को मूल हुनेछस्।
3तँलाई आशिष् दिनेहरूलाई म आशिष् दिनेछु,
र तँलाई सराप दिनेहरूलाई सराप दिनेछु।
तँद्वारा नै पृथ्वीका सबै
कुलले आशिष् पाउनेछन्।”
4यसैकारण परमप्रभुले भन्नुभएबमोजिम अब्राम गइहाले, र लोत पनि तिनीसँग गए। हारानबाट निस्केर जाँदा अब्राम पचहत्तर वर्षका थिए। 5अब्राम, तिनकी पत्नी साराई र तिनका भतिजा लोत र तिनीहरूले जम्मा गरेका सबै धन-सम्पत्ति र हारानमा प्राप्त गरेका मानिसहरूलाई लिएर कनान देशमा जानलाई निस्के, अनि त्यहाँ पुगे।
6अब्राम त्यस देशबाट भएर शकेममा भएको मोरेका फलाँटको रूख भएको ठाउँसम्म पुगे। त्यस बेला त्यस ठाउँमा कनानीहरू बस्थे। 7परमप्रभु अब्रामकहाँ देखा पर्नुभयो, र तिनलाई भन्नुभयो, “म तेरा सन्तानलाई यो देश दिनेछु।” यसैले तिनीकहाँ देखा पर्नुभएको परमप्रभुको निम्ति तिनले त्यहाँ एउटा वेदी बनाए।
8त्यहाँबाट तिनी हिँड़ेर बेथेलको पूर्वपट्टि भएको पहाड़मा सरे, र बेथेललाई पश्चिम र ऐ सहरलाई पूर्वपट्टि पारेर आफ्नो पाल टाँगे। तिनले परमप्रभुको निम्ति एउटा वेदी बनाएर परमप्रभुका नाउँको पुकारा गरे। 9अनि अब्राम अझै यात्रा गर्दै नेगेव भनिने दक्षिण देशतिर गए।
अब्राम मिश्रदेशमा गएका
10अनि त्यस देशमा अनिकाल पर्यो। अनिकाल तीव्र भएको हुनाले अब्राम मिश्रदेशमा प्रवास गर्नलाई गए। 11तिनी मिश्रमा पस्नै लाग्दा तिनले आफ्नी पत्नी साराईलाई भने, “हेर, तिमी हेर्नमा सुन्दरी छ्यौ भन्ने मलाई थाहा छ। 12जब मिश्रीहरूले तिमीलाई देख्छन्, ‘यो त त्यसकी पत्नी रहिछ’ भन्नेछन्। र मलाई मारेर तिमीलाई चाहिँ जीवित राख्नेछन्। 13‘म तिनकी बहिनी हुँ’ भनी तिमीले भनिदेऊ, र तिम्रो कारण मलाई भलो हुनेछ, र तिम्रै कारण मेरो ज्यान जोगिनेछ।”
14जब अब्राम मिश्रमा पसे तब मिश्रीहरूले त्यस स्त्रीलाई अत्यन्त सुन्दरी रहिछन् भनी देखे। 15अनि फारोका अधिकारीहरूले तिनलाई देखेर फारोकहाँ तिनको तारीफ गरे, र तिनलाई फारोको महलमा लगे। 16तिनको खातिर फारोले अब्रामसँग राम्रो व्यवहार गरे, र अब्रामलाई भेड़ा, गाईबस्तु, कमारा-कमारी, गधा र ऊँटहरू दिए।
17तर परमप्रभुले अब्रामकी पत्नी साराईको कारणले फारो र उनको परिवारमाथि भयानक विपत्तिहरू पठाउनुभयो। 18यसकारण फारोले अब्रामलाई बोलाएर भने, “यो तिमीले मलाई के गर्यौ? तिनी तिम्री पत्नी हुन् भनेर तिमीले मलाई किन भनेनौ? 19‘तिनी मेरी बहिनी हुन्,’ भनेर तिमीले किन भन्यौ? यसैले मैले तिनलाई मेरी पत्नी तुल्याउन लगेको हुँ। अब हेर, तिम्री पत्नी यहीँ छिन्। तिनलाई लिएर जाऊ।” 20अनि फारोले आफ्ना मानिसहरूलाई तिनको विषयमा हुकुम गरे, र तिनीहरूले अब्रामलाई तिनकी पत्नी र तिनीसँग भएका सबै थोकहरूसमेत पठाइदिए।
BOOK OF GEN - 13
GENESIS 13
Theme: Worship • Peace • Choices • God’s Promise
Abram Returns & Worships (Back to Bethel)• Abram leaves Egypt and travels back into Canaan with Sarai and Lot.• He returns to the place where he first built an altar (between Bethel and Hai).• Abram calls on the name of the LORD again—showing faith and worship after a hard season. “And there Abram called on the name of the LORD.” (Genesis 13:4)Meaning: When life gets messy, return to God—back to prayer, back to worship, back to obedience.
Strife Over Possessions (Conflict Begins)• Abram and Lot both become very rich in cattle, servants, and goods.• The land can’t support all their herds together.• Their herdsmen start arguing—there is strife between them.• The Canaanites and Perizzites are still living in the land (people are watching).Meaning: Blessings can create pressure if there’s no wisdom, humility, and peace.
Abram Chooses Peace (A Humble Response)• Abram does not fight for control.• He speaks gently and calls Lot “brethren,” reminding him they are family. “Let there be no strife, I pray thee, between me and thee… for we be brethren.” (Genesis 13:8)• Abram offers Lot the first choice of land. “If thou wilt take the left hand, then I will go to the right…” (Genesis 13:9)Meaning: True faith doesn’t need to grab—it trusts God to provide.
Lot’s Choice (Chosen by Sight)• Lot looks toward the plain of Jordan and sees it is well watered, like a garden.• It appears perfect for riches and comfort.• Lot chooses the plain of Jordan and journeys east. “Then Lot chose him all the plain of Jordan…” (Genesis 13:11)• Lot settles near Sodom. “But the men of Sodom were wicked and sinners before the LORD exceedingly.” (Genesis 13:13)Meaning: Lot chose what looked best to the eyes, not what was safest for the soul.
God’s Promise Confirmed (After Separation)• After Lot leaves, God speaks directly to Abram.• God tells him to lift up his eyes and look north, south, east, and west.• God promises Abram the land for his seed forever. “All the land which thou seest, to thee will I give it, and to thy seed for ever.” (Genesis 13:15)• God promises countless descendants. “I will make thy seed as the dust of the earth…” (Genesis 13:16)• God tells Abram to walk through the land.Meaning: Abram lost nothing by choosing peace—God gave him more.
Abram Builds Another Altar (Worship Continues)• Abram moves to Hebron, to the plain of Mamre.• He builds an altar to the LORD. (Genesis 13:18)Meaning: Abram’s life is marked by worship, surrender, and fellowship with God.
Lessons to Live By• Seek God first in all things.• Pursue peace with others.• Don’t choose only by what looks good—choose what is godly.• Trust God’s promises more than your own plans.
Abram chose peace and trusted God, and God confirmed the promise. Lot chose what looked best, but it led him closer to danger. Choose God first, and you will never lose what God truly has for you.
#Genesis13 #KJV #GodFirst #Faith #Peace #GodsPromise #Abram #Lot #Worship #ChooseWisely
See less
लोत अब्रामबाट छुट्टिएका
1अब्राम, तिनकी पत्नी र तिनीसँग भएका सबै थोक र लोतलाई साथमा लिएर मिश्रबाट उक्लेर नेगेवमा आए। 2पालिने पशु, सुन र चाँदी भएकाले अब्राम अति धनाढ्य थिए।
3तिनी नेगेवबाट यात्रा गरेर बेथेलको त्यस ठाउँमा आइपुगे जहाँ अघि सुरुमा बेथेल र ऐको बीचमा तिनको पाल टाँगिएको थियो, 4र जहाँ तिनले पहिले वेदी बनाएका थिए। त्यहाँ अब्रामले परमप्रभुका नाउँको पुकारा गरे।
5अब्रामको साथमा लागेका लोतका पनि भेड़ाबाख्रा र गाईबस्तुहरूका बथान र पालहरू थिए। 6त्यस जमिनले तिनीहरू दुवैलाई सँगै रहेको अवस्थामा धान्न सकेन, किनकि तिनीहरूका भेड़ाबाख्रा र गाईबस्तुहरूको सम्पत्ति यति ठूलो थियो कि तिनीहरू साथसाथै रहन नसक्ने भए। 7अब्राम र लोतका गाईबस्तुका गोठालाहरूका बीचमा झगड़ा पनि भयो। त्यस बेला त्यस देशमा कनानी र परिज्जीहरू पनि बस्थे।
8यसैकारण अब्रामले लोतलाई भने, “तिम्रो र मेरो बीचमा र तिम्रा र मेरा गोठालाहरूका बीचमा झगड़ा नहोस्, किनकि हामी त नातेदार हौं। 9सारा देश तिम्रै अगि छ। तिमी मबाट अलग होऊ। तिमी देब्रेतिर गयौ भने म दाहिनेतिर जानेछु, अथवा तिमी दाहिनेतिर गयौ भने म देब्रेतिर जानेछु।”
10लोतले आफ्ना आँखा उठाएर हेरे, र यर्दनको बेँसीचाहिँ परमप्रभुको बगैँचाजस्तै, अथवा सोअरतिरको मिश्रदेशजस्तै चारैतिर प्रशस्त पानीले भिजेको थियो। (परमप्रभुले सदोम र गमोरा सर्वनाश गर्न अघिको कुरो यो हो।) 11यसैकारण लोतले यर्दनको जम्मै बेँसी रोजेर पूर्वतिर लागे। यसरी यिनीहरू छुट्टिए। 12अब्रामचाहिँ कनान देशमा नै बस्न लागे। लोतचाहिँ बेँसीका सहरहरूमा वास गरे। तिनले आफ्नो पाल सदोमसम्म सारे। 13सदोमका मानिसहरू दुष्ट थिए, र परमप्रभुको विरुद्धमा साह्रै पाप गर्थे।
14लोत तिनीबाट अलग भएपछि परमप्रभुले अब्रामलाई भन्नुभयो, “अब तेरा आँखा उठाएर तँ भएको ठाउँबाट उत्तर, दक्षिण, पूर्व र पश्चिमतिर हेर्। 15तैंले देखेका सबै ठाउँ म तँलाई र तेरा सन्तानलाई सधैँको निम्ति दिनेछु। 16म तेरा सन्तानलाई पृथ्वीको धूलोसरह बढ़ाउनेछु, यहाँसम्म कि कसैले धूलो गन्न सक्छ भने तेरा सन्तान पनि गन्न सक्नेछ। 17उठ्, देशको चारैतिर जा, किनकि म त्यो तँलाई दिनेछु।”
18तब अब्रामले आफ्ना पाल सारे, र हेब्रोनमा भएका मम्रेका फलाँटका रूखहरूमा आए। त्यहाँ आएर तिनी त्यहीँ बसोबास गर्न लागे। त्यहाँ परमप्रभुको निम्ति तिनले एउटा वेदी बनाए।
BOOK OF GEN - 14
GENESIS 14 (KJV) — Abram Rescues Lot • Melchizedek Blesses Abram • Abram Refuses Spoils
Background of War• Powerful kings went to war against the cities of the plain (including Sodom and Gomorrah).• Sodom was defeated, and many people and goods were taken.
Lot Captured• Lot (Abram’s nephew) was taken prisoner.• His possessions were seized along with the spoil of Sodom.
Abram’s Courage• When Abram heard Lot was taken, he didn’t ignore it.• He gathered 318 trained servants born in his house.• He pursued the enemy and attacked by night, showing wisdom and courage.
God’s Victory• Abram defeated the kings and brought back what was stolen.• He rescued Lot, his goods, and also brought back the people who were taken.• This shows how God can use one faithful man to bring deliverance.
Melchizedek, Priest of the Most High God• Melchizedek (king of Salem) met Abram and brought bread and wine.• He blessed Abram and gave glory to “the most high God, possessor of heaven and earth.”• He reminded Abram that victory came because God delivered the enemies into his hand.
Tithes to God• Abram gave Melchizedek tithes of all.• Abram honored God first—before taking anything for himself.
Abram’s Integrity• The king of Sodom offered Abram the goods, asking only for the people.• Abram refused to be enriched by Sodom’s wealth.• He said he would not take even “from a thread even to a shoelatchet”—so no one could say, “I have made Abram rich.”• Abram wanted the glory to belong to God alone.
Simple Lessons• God can give victory even when the enemy looks stronger.• Rescue the one in trouble—love doesn’t stay silent.• Honor God first (thanksgiving, giving, humility).• Refuse anything that will steal God’s glory or stain your testimony.
#Genesis14 #KJV #Faith #Obedience #GodMostHigh #Abram #Melchizedek #Victory #Integrity #Tithes #BibleTruth
See less
लोतको कैद र छुटकारा
1यसै समयमा शिनारका राजा अम्रापेल, एल्लासारका राजा अर्योक र एलामका राजा कदोर्लाओमेर तथा गोयीमका राजा तिदालले 2सदोमका राजा बेरा, गमोराका राजा बिर्शा, अदमाका राजा शिनाब, सबोयीमका राजा शेमेबेर र बेलाका (अर्थात् सोअरका) राजाका विरुद्धमा युद्ध गरे। 3तिनीहरू सबै सिद्दीम, अर्थात् खारा समुद्रको बेँसीमा जम्मा भए। 4बाह्र वर्षसम्म त तिनीहरू कदोर्लाओमेरको अधीनमा बसेका थिए। तर तेह्रौँ वर्षमा तिनीहरूले विद्रोह गरे।
5चौधौँ वर्षमा कदोर्लाओमेर र उनका मित्र राजाहरू आएर अस्तेरोत-कर्णेममा रपाईहरूलाई, हाममा जूजीहरूलाई, शावेकिर्यातैममा एमीहरूलाई, 6तथा होरीहरूलाई सेइरको पहाड़ी देशमा मरुभूमिनेर भएको एल-पारानसम्म अधीन गराए। 7त्यसपछि उनीहरू फर्केर एन-मिशपातमा (अर्थात् कादेशमा) आएर अमालेकीहरूको जम्मै देशलाई र हासेसोन-तामारमा बस्ने एमोरीहरूलाई पनि अधीन गराए।
8तब सदोम, गमोरा, अदमा, सबोयीम र बेलाका (अर्थात् सोअरका) राजाहरू निस्केर सिद्दीमको बेँसीमा उनीहरूसित युद्ध गर्नलाई मोर्चा बाँधेर जम्मा भए। 9एलामका राजा कदोर्लाओमेर, गोयीमका राजा तिदाल, शिनारका राजा अम्रापेल, एल्लासारका राजा अर्योकसित, यी पाँच राजाहरूका विरुद्धमा चार राजाहरू। 10सिद्दीमको बेँसीचाहिँ अलकत्राको धापले भरिएको थियो। र सदोम र गमोराका राजाहरू भाग्दाभाग्दै तिनीहरूका कोही मानिसहरू त्यहीँ जाकिए। बाँकी मानिसहरूचाहिँ पहाड़तिर भागे। 11ती चार राजाहरूले सदोम र गमोराका जम्मै मालसामान र खानेकुरा लिएर आफ्नो बाटो लागे। 12उनीहरूले सदोममा बसेका अब्रामका भतिजा लोतलाई पनि तिनका सबै मालसामानसमेत लिएर गए।
13उम्केर भागेको एक जनाले आएर हिब्रू अब्रामलाई यो कुरा बताइदियो। तिनी एश्कोल र आनेरको भाइ एमोरीको मम्रेका फलाँटका रूखहरूनेर बसेका थिए। तिनीहरू अब्रामसित मित्रभावमा थिए। 14अब्रामले आफ्ना नातेदारलाई कैद गरेर लगेको कुरा सुनेर आफ्नो घरमा जन्मेर तालीम पाएका तीन सय अठाह्र जना दासहरूलाई साथमा लिएर उनीहरूलाई दानसम्मै खेदेर गए। 15तिनले शत्रुहरूमाथि आक्रमण गर्न राती आफ्ना दासहरूका बीचमा दल-दल बनाए र उनीहरूलाई परास्त गरे, र दमस्कसको उत्तरतर्फको होबासम्मै उनीहरूलाई खेदे। 16तिनले सबै मालसामान र तिनका नातेदार लोतलाई र तिनका धन-सम्पत्ति, स्त्रीहरू र मानिसहरूलाई समेत फर्काएर ल्याए।
17कदोर्लाओमेर र तिनका मित्र राजाहरूलाई जितेर फर्कंदा शावेको उपत्यका, अर्थात् राजाको उपत्यकामा सदोमका राजा तिनलाई भेट गर्न आए।
मल्कीसेदेकले अब्रामलाई आशीर्वाद दिएका
18अनि शालेमका राजा मल्कीसेदेक रोटी र दाखमद्य लिएर अब्रामकहाँ आए। उनी सर्वोच्च परमेश्वरका पूजाहारी थिए। 19उनले अब्रामलाई यसो भनेर आशीर्वाद दिए,
“स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने
सर्वोच्च परमेश्वरबाट अब्रामलाई आशिष् मिलोस्।
20सर्वोच्च परमेश्वर धन्यका होऊन्,
जसले तिम्रा शत्रुहरूलाई
तिम्रा हातमा सुम्पिदिनुभयो।”
अनि अब्रामले उनलाई सबै कुराको दशांश दिए।
21तब सदोमका राजाले अब्रामलाई भने, “मलाई मानिसहरू मात्र देऊ, तर धनमालचाहिँ तिमी नै राख्नू।”
22तर अब्रामले सदोमका राजालाई भने, “स्वर्ग र पृथ्वीका परमप्रभु, सर्वोच्च परमेश्वरमा मैले यसरी शपथ खाएको छु, 23कि एउटा धागो अथवा जुत्ताको फित्ता वा तपाईंको कुनै पनि थोक म लिनेछैनँ। नत्रता ‘मैले अब्रामलाई धनी तुल्याएँ’ भनेर तपाईंले भन्नुहुनेछ। 24मसँग हुने मानिसहरूले जति खाएका र तिनीहरूका भागबाहेक म केही हिस्सा लिनेछैनँ। आनेर, एश्कोल र मम्रेले चाहिँ आफ्ना भागहरू लिऊन्।”
BOOK OF GEN - 15
God’s Covenant with Abram (Genesis 15 — KJV)
After these things, the LORD came to Abram in a vision and said:“Fear not, Abram: I am thy shield, and thy exceeding great reward.” (Genesis 15:1)
A promise beyond countingGod brought Abram outside and said:“Look now toward heaven… so shall thy seed be.” (Genesis 15:5)Abram believed God—and the LORD counted it to him for righteousness.
The covenant sacrificeThe LORD told Abram to bring:a heifer, a she goat, a ram, a turtledove, and a young pigeon (Genesis 15:9–10).Abram prepared the pieces—showing obedience and readiness to trust God’s promise.
A deep sleep and a holy momentAs the sun went down, a deep sleep fell upon Abram (Genesis 15:12).Then, in the darkness, God confirmed His covenant.
The smoking furnace and the burning lampWhen the sun went down, Abram saw a smoking furnace and a burning lamp pass between those pieces (Genesis 15:17).This shows God Himself sealing the promise—God taking the covenant upon Himself.
God’s promise of the land“Unto thy seed have I given this land…” from the river of Egypt unto the great river, the river Euphrates (Genesis 15:18)God also named the nations in the land (Genesis 15:19–21).
Simple truths to remember God tells His servant: Do not fear. God Himself is our shield and reward. God’s promises may seem impossible—but He is faithful. When God makes a covenant, He keeps it—His Word never fails.
#Genesis15 #GodsCovenant #KJV #Faith #GodsPromises #FearNot #GodIsFaithful #ScriptureTruth #BibleTruth
See less
अब्रामसँग परमेश्वरले करार बाँध्नुभएको
1त्यसपछि दर्शनमा अब्रामकहाँ परमप्रभुको यो वचन आयो,
“अब्राम, तँ नडरा। तेरो ढाल म नै हुँ,
र तेरो इनाम अत्यन्त ठूलो हुनेछ।”
2तर अब्रामले भने, “हे परमप्रभु परमेश्वर, तपाईंले मलाई के दिनुहुन्छ र? किनभने म सन्तानविहीन नै छु, मेरो घरको उत्तराधिकारी दमस्कसको एलीएजर हुनेछ।” 3फेरि अब्रामले भने, “हेर्नुहोस्, तपाईंले मलाई सन्तान दिनुभएन, र मेरो घरमा जन्मेको दास नै मेरो उत्तराधिकारी हुनेछ।”
4तब परमप्रभुको यो वचन फेरि तिनीकहाँ आयो, “यो मानिसचाहिँ तेरो उत्तराधिकारी हुनेछैन, तर जो तेरो आफ्नै छोरा हुन्छ त्यही नै तेरो उत्तराधिकारी हुनेछ।” 5अनि उहाँले तिनलाई बाहिर लगेर भन्नुभयो, “आकाशतिर हेरेर तारा गन्न सक्छस् कि सक्दैनस्, गनिहेर।” उहाँले तिनलाई भन्नुभयो, “तेरा सन्तानहरू पनि त्यस्तै हुनेछन्।”
6अनि तिनले परमप्रभुमाथि विश्वास गरे, र यो तिनको निम्ति धार्मिकता गनियो।
7फेरि उहाँले तिनलाई भन्नुभयो, “यो देश तेरो अधिकारमा दिनलाई कल्दीहरूको ऊरबाट तँलाई ल्याउने परमप्रभु म नै हुँ।”
8तर अब्रामले भने, “हे परमप्रभु परमेश्वर, मैले यसको अधिकार गर्न पाउँछु भनेर म कसरी थाहा पाऊँ?”
9उहाँले तिनलाई भन्नुभयो, “मेरो निम्ति तीन वर्षको एउटा कोरली, तीन वर्षको एउटा बाख्रा, तीन वर्षको एउटा भेड़ा, एउटा ढुकुर र एउटा परेवाको बचेरो ले।”
10तिनले ती सबै उहाँकहाँ ल्याए, र माझमा दुई-दुई फ्याक पारेर हरेक फ्याक आमनेसामने राखिदिए। तर पक्षीहरूचाहिँ तिनले दुई-दुई फ्याक पारेनन्। 11अनि चील र गिद्धहरू ती मरेका पशुपक्षीहरूमाथि झम्टँदा अब्रामले तिनीहरूलाई धपाए।
12सूर्य अस्ताउँदा अब्राम मस्त निद्रामा परे, अनि डरलाग्दो र घोर अन्धकारले तिनलाई छोप्यो। 13तब परमप्रभुले अब्रामलाई भन्नुभयो, “यो निश्चय जानिराख्, कि तेरा सन्तानहरू कुनै एउटा देशमा प्रवासी भएर बस्नेछन्, जुन देश तिनीहरूको होइन, र त्यस देशका मानिसहरूका कमारा-कमारी हुनेछन्, र चार सय वर्षसम्म तिनीहरू थिचोमिचोमा पर्नेछन्। 14तर तिनीहरू जुन जातिका दास बन्नेछन्, उनीहरूको पनि म इन्साफ गर्नेछु, र पछिबाट तिनीहरू धेरै धन-सम्पत्ति लिएर निस्किआउनेछन्। 15तँचाहिँ आफ्ना पितृहरूकहाँ शान्तिसित जानेछस्। तेरो पूरो बुढ़ेसकालमा तँ गाड़िनेछस्। 16चौथो पुस्तामा तेरा सन्तानहरू फेरि यहाँ आउनेछन्, किनकि एमोरीहरूको अधर्म अहिलेसम्म पूरा भएको छैन।”
17सूर्य अस्ताएपछि जब अँध्यारो भयो तब मासुका टुक्राहरूका बीचबाट धूवाँ आइरहेको आगोको एउटा मकल र बलिरहेको एउटा राँको छिरिगयो। 18त्यसै दिन परमप्रभुले अब्रामसित यसो भनेर करार बाँध्नुभयो, “तेरा सन्तानहरूलाई मिश्रदेशको नदीदेखि महानदी यूफ्रेटिससम्मको यो देश मैले दिएको छु— 19केनी, कनज्जी, कदमोनी, 20हित्ती, परिज्जी, रपाई, 21एमोरी, कनानी, गिर्गाशी र यबूसीहरूका देशहरू दिएको छु।”
BOOK OF GEN - 16
GENESIS 16 (KJV) — Hagar & IshmaelWhen people rush God’s promise, problems grow—but God still sees, hears, and shows mercy.
Sarai’s plan•Sarai had no child, and time was passing.•She told Abram to take Hagar (her Egyptian handmaid) so she could obtain children by her.•Abram listened, and Hagar conceived.
Conflict in the home•After Hagar conceived, Sarai felt despised (dishonored).•Sarai blamed Abram, and Abram said Hagar was in Sarai’s power.•Sarai dealt harshly with Hagar, and Hagar fled.
God finds Hagar in the wilderness•The Angel of the LORD found Hagar by a fountain on the way to Shur.•He called her by name and asked where she came from and where she was going.•He told her to return and submit to her mistress.
God’s promise and the child’s name•God promised to multiply her seed exceedingly.•He said she would bear a son and call his name Ishmael, because the LORD heard her affliction.•God also foretold Ishmael’s future: conflict, struggle, and dwelling in the presence of his brethren.
“Thou God seest me”•Hagar called the LORD who spoke to her: “Thou God seest me.”•The well was named Beer-lahai-roi.
Ishmael is born•Hagar returned and bore Abram a son.•Abram called his son’s name Ishmael.•Abram was eighty and six years old when Ishmael was born.
Lessons•Wait on God’s promise; rushing can bring consequences.•God hears the afflicted and sees the unseen.•Obedience matters, even when it is difficult.•God’s mercy still reaches people in messy situations.
#Genesis16 #KJV #Faith #GodSeesMe #GodHears #Obedience #GodsMercy #Hagar #Ishmael
See less
इश्माएलको जन्म
1आफ्नी पत्नी साराईबाट अब्रामको कोही सन्तान भएको थिएन। तर हागार नाउँ भएकी तिनकी एउटी मिश्री कमारी थिई। 2साराईले अब्रामलाई भनिन्, “हेर्नुहोस्, परमप्रभुले मेरो कोख बन्द गरिदिनुभएको छ। यसकारण मेरी कमारीकहाँ जानुहोस्। शायद त्यसबाट मेरो निम्ति सन्तान हुन सक्छ।”
अब्रामले साराईको कुरा माने। 3अब्राम कनानमा बसेका दश वर्षपछि तिनकी पत्नी साराईले आफ्नी कमारी मिश्री हागारलाई आफ्ना पति अब्रामलाई तिनकी पत्नी हुनलाई दिइन्। 4अनि तिनी हागारकहाँ गए, र त्यो गर्भवती भई।
जब त्यसले “म गर्भवती भएछु” भनी थाहा पाई, तब त्यसले आफ्नी मालिक्नीलाई तुच्छ दृष्टिले हेर्न लागी। 5साराईले अब्रामलाई भनिन्, “ममाथिको अन्याय तपाईंकै शिरमाथि परोस्। मैले आफ्नी कमारी तपाईंकै काखमा दिएँ, र त्यो गर्भवती हुने बित्तिकै मलाई तुच्छ दृष्टिले हेर्न लागी। परमप्रभुले तपाईं र मेरो बीचमा इन्साफ गरिदेऊन्।”
6तर अब्रामले साराईलाई भने, “हेर, तिम्री कमारी तिम्रै हातमा छे। त्यसलाई जे गर्न मन लाग्छ त्यही गर।” तब साराईले त्यससित कठोर व्यवहार गर्न लागिन्, र त्यो तिनको सामुन्नेबाट भागेर गई।
7परमप्रभुका दूतले त्यसलाई उजाड़-स्थानमा शूरतिर जाने बाटोकै पानीको मूलनेर भेट्टाए। 8र तिनले सोधे, “ए साराईकी दासी हागार, कहाँबाट आइस् र कता जाँदैछेस्?”
त्यसले भनी, “मेरी मालिक्नी साराईको सामुन्नेबाट भाग्दैछु।”
9परमप्रभुका दूतले त्यसलाई भने, “तेरी मालिक्नीकहाँ फर्केर जा, र तिनकै अधीनमा बस्।” 10परमप्रभुका दूतले फेरि त्यसलाई भने, “म तेरो वंशलाई यति औधी बढ़ाउनेछु कि त्यो धेरै भएकोले गन्न सकिनेछैन।”
11परमप्रभुका दूतले त्यसलाई भने,
“तँ गर्भवती छेस्,
र तैंले एउटा छोरो जन्माउनेछेस्।
तैंले त्यसको नाउँ इश्माएल
राख्नू, किनभने परमप्रभुले तेरो दु:ख हेर्नुभएको छ।
12मानिसहरूमा त्यो जङ्गली गधाजस्तै हुनेछ।
त्यसको हात सबैका विरुद्धमा उठ्नेछ,
र सबैका हात त्यसको विरुद्धमा उठ्नेछन्।
आफ्ना सबै नातेदारहरूकै शत्रुतामा त्यो बसोबास गर्नेछ।”
13हागारले आफूसित कुरा गर्नुहुने परमप्रभुलाई यस्तो नाउँ दिई, “मलाई देख्नुहुने परमेश्वर तपाईं हुनुहुन्छ।” किनभने त्यसले भनी, “मैले साँच्ची नै परमेश्वरलाई देखेकी छु, र उहाँलाई देखेर पनि म जीवितै छु।” 14यसकारण त्यस पँधेरोको नाउँ बेअर-लहै-रोइ राखियो। कादेश र बेरेदको बीचमा त्यो पर्छ।
15अनि हागारले अब्रामको एक जना छोरो जन्माई। हागारले जन्माएको आफ्नो छोराको नाउँ अब्रामले इश्माएल राखे। 16हागारले अब्रामको निम्ति इश्माएल जन्माउँदा अब्राम छयासी वर्ष पुगेका थिए।
BOOK OF GEN - 17
GENESIS 17 (KJV) — God’s Covenant with Abraham
God reveals Himself as the Almighty (El Shaddai)“I am the Almighty God; walk before me, and be thou perfect.” (Gen 17:1)
God makes a covenant promise• The LORD confirms His covenant with Abram and promises to multiply him greatly.• God’s plan is bigger than one family—He is forming a people, and a future.
Name change = new identity, new calling• Abram → Abraham (“father of many nations”)• Sarai → SarahGod’s promise isn’t only about a new name—it’s about a new purpose.
Isaac is promised• God promises that Sarah will bear a son.• His name will be Isaac, and God will establish His covenant through him. (Gen 17:19)
The sign of the covenant• God gives circumcision as a sign of the covenant for Abraham’s household.• It points to belonging—set apart for God’s promise.
Abraham obeys immediately• Abraham responds in obedience and does what God commanded. (Gen 17:23)True faith doesn’t only believe—it follows.
God’s covenant shows us:• He is powerful and faithful.• He keeps promises even when it seems impossible.• He can rename your life, redirect your future, and call you into His plan.• Obedience is our response to His Word.
#Genesis #KJV #GodsCovenant #Abraham #Sarah #Isaac #Faith #Obedience #GodsPromises #Scripture #BibleTruth
See less
खतनाको करार
1जब अब्राम उनान्सय वर्षका भए तब परमप्रभु अब्रामकहाँ देखा पर्नुभयो, र तिनलाई भन्नुभयो, “म सर्वशक्तिमान् परमेश्वर हुँ। मेरो सामु हिँड्, र निर्दोष भएर बस्। 2मेरो र तेरो बीचमा म आफ्नो करार पक्का गर्नेछु, र म तेरो अत्यन्तै वृद्धि गराउनेछु।”
3तब अब्राम घोप्टो परे, र परमेश्वरले तिनलाई यसो भन्नुभयो, 4“हेर्, यो मेरो करार तँसँगै छ। तँ असंख्य जाति-समूहको पिता हुनेछस्। 5अब उप्रान्त तेरो नाउँ अब्राम हुनेछैन, तर अब्राहाम हुनेछ, किनकि मैले तँलाई असंख्य जाति-समूहको पिता तुल्याएको छु। 6म तँलाई अत्यन्तै फल्दो-फुल्दो तुल्याउनेछु, र तँबाट धेरै जातिहरू बनाउनेछु। तँबाट राजाहरू उत्पन्न हुनेछन्। 7तँ र तँपछिका तेरा सन्तानका परमेश्वर हुनलाई मेरो करार मेरो र तेरो र तँपछिका तेरा सन्तानहरूका बीचमा युग-युगसम्म स्थापित गर्नेछु। 8तैंले प्रवास गरेको यो देश, अर्थात् सारा कनान देश तँ र तेरा भावी सन्तानलाई अनन्त अधिकारको निम्ति दिनेछु, र म तिनीहरूका परमेश्वर हुनेछु।”
9अनि परमेश्वरले अब्राहामलाई भन्नुभयो, “तैंले चाहिँ मेरो करार पालन गर्नुपर्छ— तँ र तँपछिका तेरा सन्तानहरूले तिनका पुस्तौँसम्म। 10मेरो र तेरो, र तँपछिका तेरा सन्तानहरूका बीचमा भएको तिमीहरूले पालन गर्नुपर्ने मेरो करार यही हो: तिमीहरूमध्येको हरेक पुरुषको खतना हुनुपर्छ। 11तिमीहरूको आफ्नो खलड़ीको खतना हुनुपर्छ। मेरो र तिमीहरूका बीचमा भएको करारको चिन्ह यही हुनेछ। 12तिमीहरूका पुस्तौँसम्म तिमीहरूमा हरेक पुरुष आठ दिनको हुने बित्तिकै त्यसको खतना गरिओस्, र साथै तिनीहरूको पनि, जो तिमीहरूका सन्तान होइनन्, चाहे घरमा जन्मेको होस् अथवा कुनै विदेशीबाट दाम हालेर किनेको होस्। 13चाहे तेरो घरमा जन्मेको होस् वा दाम हालेर किनेको होस् जसको खलड़ीको खतना भएको छैन, त्यसको खतना हुनैपर्छ। यसरी मेरो करार तिमीहरूको शरीरमा पछि परन्तुसम्म हुनेछ। 14खतना नगरिएको जुनसुकै पुरुष जसको खलड़ीको खतना भएको छैन, त्यो मानिस आफ्नो जातिबाट बहिष्कार गरिनेछ। त्यसले मेरो करार भङ्ग गर्छ।”
15फेरि परमेश्वरले अब्राहामलाई भन्नुभयो, “तेरी पत्नी साराईलाई चाहिँ अबदेखि साराई नाउँले नबोलाउनू, तर त्यसको नाउँ सारा हुनेछ। 16म त्यसलाई आशिष् दिनेछु, र निश्चय नै त्यसबाट म तँलाई एक जना छोरो दिनेछु। म त्यसलाई आशिष् दिनेछु, र त्यो धेरै जातिहरूकी आमा हुनेछे। जाति-जातिहरूका राजाहरू त्यसबाट उत्पन्न हुनेछन्।”
17तब अब्राहाम घोप्टो परी मनमनै हाँसेर भने, “के सय वर्ष पुगिसकेकोलाई सन्तान होला? नब्बे वर्ष पुगेकी साराले बालक जन्माउलिन् र?” 18अनि अब्राहामले परमेश्वरलाई भने, “इश्माएल नै तपाईंको आशिष्मा बाँचिरहे त हुन्छ।”
19तब परमेश्वरले भन्नुभयो, “हो, तर तेरी पत्नी साराले नै तेरो लागि एक जना छोरा जन्माउनेछे, र तैंले त्यसको नाउँ इसहाक राख्नेछस्। म त्यससित र त्यसपछि हुने त्यसका सन्तानसित आफ्नो करार स्थापित गर्नेछु। 20अनि इश्माएलको विषयमा चाहिँ मैले तेरो बिन्ती सुनें। हेर्, म त्यसलाई आशिष् दिनेछु, र म त्यसलाई फल्दो-फुल्दो तुल्याएर प्रशस्त गरी त्यसको वृद्धि गर्नेछु। बाह्र शासकको त्यो पिता हुनेछ, र म त्यसबाट एउटा ठूलो जाति उत्पन्न गराउनेछु। 21तर मेरो करार त म इसहाकसँगै स्थापित गर्नेछु, जसलाई साराले आउँदो साल यही समयमा तँबाट जन्माउनेछे।” 22तिनीसित कुरा गरिसक्नुभएपछि परमेश्वर अब्राहामकहाँबाट जानुभयो।
23अब्राहामले आफ्नो छोरो इश्माएल र आफ्नो घरमा जन्मेका र दाम हालेर किनेका आफ्ना सबै कमारा, आफ्नो घरका पुरुष सबैलाई लिएर तिनलाई परमेश्वरले भन्नुभएबमोजिम त्यसै दिन तिनीहरूका खलड़ीको खतना गरे। 24आफ्नो खलड़ीको खतना गर्दा अब्राहाम उनान्सय वर्ष पुगेका थिए, 25र तिनको छोरो इश्माएलचाहिँ आफ्नो खलड़ीको खतना गर्दा तेह्र वर्षका थिए। 26अब्राहाम र तिनको छोरो इश्माएलको खतना एकै दिनमा भएको थियो। 27तिनको घरमा जन्मेका र विदेशीहरूबाट दाम हालेर किनेका सबै पुरुषहरूको खतना तिनको खतनासँगसँगै भयो।
BOOK OF GEN - 18
GENESIS 18 — The Promise and Intercession
Abraham welcomes the visitors• The LORD appears to Abraham by the tents of Mamre.• Abraham runs to meet the three visitors, bows, and shows hospitality.• He prepares bread, butter, milk, and the calf, and they eat. (Genesis 18:1–8)
God repeats the promise• “Where is Sarah thy wife?” — the LORD speaks directly about her.• God promises: Sarah will have a son “according to the time of life.” (Genesis 18:10)• Sarah laughs within herself because of age.• The LORD answers: “Is any thing too hard for the LORD?” (Genesis 18:14)• Sarah denies laughing, but God knows the heart. (Genesis 18:12–15)
God reveals what is coming• The LORD speaks about Abraham’s calling and why He will not hide His plans.• The cry of Sodom and Gomorrah is great, and their sin is very grievous. (Genesis 18:17–21)
Abraham intercedes for Sodom • Abraham asks: “Wilt thou also destroy the righteous with the wicked?” (Genesis 18:23)• He pleads step by step: fifty… forty-five… forty… thirty… twenty… ten.• God shows mercy in His answer: If ten righteous are found, He will not destroy it. (Genesis 18:24–32)
Simple truths to remember• Hospitality and humility honor God.• God’s promises don’t depend on our age or situation.• The LORD sees what’s hidden in the heart.• Intercession matters—God listens to sincere prayer.• God is righteous, and He also shows mercy.
Where do you need to believe again: “Is any thing too hard for the LORD?”
#Genesis18 #KJV #GodsPromise #Faith #Prayer #Intercession #Abraham #Sarah #TrustGod #Scripture
See less
तीन जना स्वर्गदूतलाई अब्राहामको सत्कार
1दिउँसोको गर्मीमा मम्रेका फलाँटका रूखहरूनेरको आफ्नो पालको ढोकामा अब्राहाम बसिरहँदा परमप्रभु तिनीकहाँ देखा पर्नुभयो। 2तिनले आफ्ना आँखा उठाएर हेरे, र आफ्नो सामु तीन जना मानिसहरू उभिरहेका देखे। उनीहरूलाई देखेर तिनी पालको ढोकाबाट भेट गर्नलाई कुदेर गए, र भूइँसम्म निहुरेर दण्डवत् गरे।
3तिनले भने, “हे मेरा प्रभु, ममाथि तपाईंको निगाह हुन्छ भने कृपा गरी आफ्नो दासकहाँबाट त्यसै नजानुहोस्। 4म केही पानी ल्याउनेछु, र तपाईंहरू आफ्ना पाउ धुनुहोस्, र यही रूखमुनि आराम गर्नुहोस्। 5म गएर केही रोटी ल्याउनेछु, र खाएर तपाईंहरू थकाइ मार्नुहोस्, त्यसपछि मात्र जानुहोस्, किनभने यसैको निम्ति तपाईंहरू आफ्नो दासकहाँ आउनुभएको होला।”
उनीहरूले भने, “जाऊ, तिमीले भनेअनुसार गर।”
6तब अब्राहाम झट्टै पालमा साराकहाँ गएर भने, “तुरुन्तै पाँच पाथी मसिनो पीठो तयार गरी मुछेर रोटी बनाऊ।”
7अब्राहाम आफैचाहिँ बथानतिर कुदेर गए, र एउटा कलिलो र असल बाछो छानेर आफ्नो नोकरलाई दिए, र त्यसले तुरुन्तै त्यो पकायो। 8तब तिनले दही, दूध र त्यो पकाएको बाछाको मासु लगेर उनीहरूका सामु टक्र्याए। उनीहरूले नखाउञ्जेल तिनी उनीहरूकै नजिक उभिरहे।
9अनि उनीहरूले तिनलाई सोधे, “तिम्री पत्नी सारा कहाँ छिन्?”
तिनले भने, “तिनी त पालमा छिन्।”
10तब परमप्रभुले भन्नुभयो, “आउँदो साल यही समयमा म निश्चय नै तँकहाँ फर्किआउनेछु, र हेर्, तेरी पत्नी साराले एक जना छोरो जन्माएकी हुन्छे।”
साराले चाहिँ यो कुरो पालको ढोकाबाट उहाँको पछिल्तिर सुनिरहेकी थिइन्। 11अब्राहाम र सारा वृद्ध थिए र तिनीहरूको उमेर धेरै ढल्किसकेको थियो। साराको रजस्वला पनि बन्द भइसकेको थियो। 12यसकारण सारा मनमनै यसो भन्दै हाँसिन्, “म वृद्ध भइसकेकी छु, र मेरा पति पनि वृद्ध भइसक्नुभएको छ, र के मलाई यो सुख हुन्छ र?”
13तब परमप्रभुले अब्राहामलाई भन्नुभयो, “‘बूढ़ी भएर पनि मैले छोराछोरी पाउने’ भनेर सारा किन हाँसी? 14परमप्रभुको निम्ति कुनै कुरो कठिन छ र? आउँदो साल तोकिएकै समयमा म तँकहाँ फर्किआउनेछु, र साराको एक जना छोरा हुनेछ।”
15तर साराले यसो भन्दै इन्कार गरिन्, “म हाँस्दै हाँसिनँ।” किनभने तिनी डराइन्।
तर उहाँले भन्नुभयो, “तँ हाँसेकै होस्।”
सदोमको निम्ति अब्राहामको अन्तर्बिन्ती
16तब ती पुरुषहरू त्यहाँबाट सदोमतिर हेर्न लागे। अब्राहाम उनीहरूसित अलि परसम्म बाटो देखाउन गए। 17परमप्रभुले भन्नुभयो, “मैले गर्न लागेको काम के अब्राहामबाट लुकाएर राखूँ? 18अब्राहामबाट एउटा ठूलो र शक्तिशाली जाति बन्नेछ, र त्यसद्वारा नै पृथ्वीका सबै जातिहरूले आशिष् पाउनेछन् 19किनभने त्यसले आफ्ना छोराछोरीहरू र घरानालाई धर्म र न्याय गरेर परमप्रभुको मार्ग पालन गर्नलाई आज्ञा देओस् भनेर मैले त्यसलाई छानेको छु। यसैले नै परमप्रभुले अब्राहामसित गर्नुभएको प्रतिज्ञा पूरा गरिदिनुहुनेछ।”
20तब परमप्रभुले भन्नुभयो, “सदोम र गमोराको विरुद्धमा ठूलो आवाज उठेको छ, र तिनीहरूका पाप साह्रै ज्यादा भएका छन्। 21अब त्यही आवाजअनुसार तिनीहरूबाट यो काम भएको हो कि होइन भनी हेर्नलाई म तल ओर्लेर जानेछु। होइन रहेछ भने मलाई थाहा हुनेछ।”
22यसकारण ती पुरुषहरू त्यहाँबाट झरेर सदोमतिर गए। तर अब्राहामचाहिँ अझै परमप्रभुकै सामु उभिरहे। 23तब अब्राहामले नजिक गएर उहाँलाई भने, ‘के दुष्टहरूसँग धर्मीहरूलाई पनि सर्वनाश गर्नुहुनेछ? 24त्यस सहरमा पचास धर्मी जन रहेछन् भने, के त्यसमा भएका पचास धर्मी जनका निम्ति त्यस सहरलाई नजोगाएर नष्ट पार्नुहुनेछ र? 25दुष्टका साथमा धर्मी जनलाई मार्ने काम तपाईंबाट कहिल्यै नहोस्। धर्मीको दशा पनि दुष्टको जस्तै हुनु त तपाईंबाट पर रहोस्। सारा पृथ्वीका न्यायकर्ताले उचित न्याय गर्नुहुन्न र?
26परमप्रभुले भन्नुभयो, “सदोम सहरभित्र पचास धर्मी जन पाएँ भने म तिनीहरूका खातिर जम्मैलाई छोड़िदिनेछु।”
27अब्राहामले भने, “हेर्नुहोस्, म केवल माटो र खरानी मात्र भएर पनि परमप्रभुसँग कुरा गर्न आँट गरेको छु। 28पाँच कम पचास जना धर्मी जन त्यहाँ रहेछन् भने, केवल पाँच मात्र घटी भएकामा सारा सहरै तपाईं नाश गर्नुहुनेछ?”
उहाँले भन्नुभयो, “त्यहाँ पैँतालीस पाएँ भने म त्यो नाश गर्नेछैनँ।”
फेरि तिनले भने, “त्यहाँ चालीस रहेछन् भने?”
29उहाँले भन्नुभयो, “चालीस जनाका खातिर पनि म त्यसो गर्नेछैनँ।”
30तब तिनले भने, “परमप्रभुलाई रिसानी नभए म अझै बोल्नेछु। यदि त्यहाँ तीस जना पाइए भने?”
उहाँले भन्नुभयो, “त्यहाँ तीसै पाएँ भने पनि म त्यसो गर्नेछैनँ।”
31तिनले भने, “हेर्नुहोस्, परमप्रभुसँग मैले कुरा गर्ने आँट गरिरहेछु। बीस जना पाइए भने?”
उहाँले भन्नुभयो, “बीस जनाका खातिर पनि म नाश गर्नेछैनँ।”
32अनि तिनले भने, “परमप्रभु रिसानी नहोस्। अब एक पल्ट मात्र बोल्नेछु। यदि त्यहाँ दश जना पाइए भने?”
उहाँले भन्नुभयो, “दश जनाका खातिरमा पनि म त्यो नाश गर्नेछैनँ।”
33अब्राहामसित कुरा गरिसक्नुभएपछि परमप्रभु गइहाल्नुभयो, र अब्राहामचाहिँ आफ्नो ठाउँमा फर्के।
BOOK OF GEN
BOOK OF GEN - 19
GENESIS — CHAPTER 19 (KJV) — SODOM’S JUDGMENT & GOD’S MERCY
Two Angels Visit Sodom• Two angels arrive at evening.• Lot welcomes them with humility and insists they stay in his house.• He prepares a meal (unleavened bread), showing hospitality.
Sodom’s Wickedness Exposed• The men of the city surround Lot’s house—old and young, from every part.• They demand to harm the visitors.• Lot pleads with them not to do wickedly.• The angels pull Lot inside, shut the door, and strike the attackers with blindness.
Warning: Judgment Is Coming• The angels tell Lot: Bring your family out.• God will destroy the city because the cry of sin is great before the LORD.• Lot warns his sons-in-law, but they treat it like a joke.
Mercy While Lot Lingers• Morning comes—angels urge Lot to leave quickly.• Lot hesitates, so the angels take their hands and lead them out—God being merciful.• Command: Escape! Don’t look back. Don’t stay in the plain.• Lot asks to flee to a small city—Zoar—and God allows it.• Lot arrives safely as the sun rises.
Fire From Heaven• The LORD rains brimstone and fire on Sodom and Gomorrah.• The cities, the plain, and everything growing are overthrown.
Lot’s Wife Looks Back• She looks back—and becomes a pillar of salt. A warning about a heart still attached to what God is judging.
Abraham Sees the Aftermath• Abraham looks toward the plain and sees smoke like a furnace.• God remembered Abraham and delivered Lot from the overthrow.
The Cave & A Tragic Afterstory• Lot leaves Zoar and lives in a cave with his two daughters.• His daughters make him drink wine and commit sin to preserve offspring.• Two nations come from this:• Moab → Moabites• Ben-ammi → Ammonites
MAIN LESSONS• God sees wickedness and will judge it in His time.• God is merciful—He rescued Lot even when Lot hesitated.• Obedience matters: Look not behind thee.• Sin destroys communities—and leaves painful consequences.
Read: Genesis 19 (KJV)
Lord, deliver me from sin, help me obey quickly, and keep my heart from looking back.
#Genesis19 #KJV #SodomAndGomorrah #Lot #GodsMercy #GodsJudgment #Obedience #Scripture #BibleTruth
See less
सदोममा दुई स्वर्गदूतहरू
1साँझमा ती दुई स्वर्गदूतहरू सदोममा आए। त्यस बेला लोत सदोमको मूल ढोकामा बसिरहेका थिए। उनीहरूलाई देखेर लोत भेट गर्न उठे, र भूइँसम्म निहुरेर दण्डवत् गरी भने, 2“हजूर, कृपा गरी आफ्नो दासको घरमा पाल्नुहोस्, र त्यहीँ रात बिताउनुहोस्। तपाईंहरू आफ्ना पाउ धुनुहोस् र बिहान सबेरै उठेर जानुहोस्।”
उनीहरूले भने, “अँहँ, हामी बाहिर चोकमा नै सुत्नेछौं।”
3तिनले उनीहरूलाई ज्यादै ढिपी लाएर बिन्ती गरे। यसैले उनीहरू तिनको साथ लागेर तिनको घरमा गए। तिनले उनीहरूलाई भोज दिए, र खमिर नहालेको रोटी बनाएर उनीहरूका सामुन्ने राखिदिए, र उनीहरूले खाए। 4उनीहरू सुत्न अघि सदोम सहरका के युवक के बूढ़ा एउटै पनि नछोड़ी जम्मै मानिसहरू आएर लोतको घर रिङ्गै घेरे। 5तिनीहरूले लोतलाई बोलाएर भने, “बेलुकी तिमीकहाँ आएका मानिसहरू कहाँ छन्? उनीहरूलाई यहाँ बाहिर हामीकहाँ ल्याऊ, र हामी उनीहरूसँग भोग गरौं।”
6लोत ढोकाबाहिर तिनीहरूकहाँ गएर ढोकाचाहिँ आफ्नो पछिल्तिर थुनिदिए, 7र तिनीहरूलाई भने, “हे मेरा दाजुभाइ हो, कृपा गरी यस्तो दुष्ट काम नगर्नुहोस्। 8कुनै मानिससित सहवास नभएका मेरा दुई छोरीहरू छन्। बरु म तिनीहरूलाई नै तपाईंहरूकहाँ बाहिर ल्याइदिनेछु। तपाईंहरूको इच्छाअनुसार तिनीहरूसित व्यवहार गर्नुहोस्। तर यी मानिसहरूलाई केही नगर्नुहोस्, किनकि उनीहरू मेरो छानामुनि आएका मेरा पाहुना हुन्।”
9तर तिनीहरूले भने, “पछि हट्।” अनि तिनीहरूले भने, “हामीसँग बसोबास गर्न आएको यो मानिस अब हाम्रो न्यायकर्ता हुन खोज्दोरहेछ। अब उनीहरूलाई भन्दा तँलाई हामी नराम्रो व्यवहार गर्नेछौं।” तब तिनीहरूले लोतलाई घचेटे, र ढोका फोर्नलाई अगि बढ़े।
10तर भित्रका ती दुई मानिसहरूले आफ्ना हात बढ़ाएर लोतलाई तानी आफूकहाँ घरभित्र हुले, र ढोका थुनिदिए, 11र उनीहरूले घरका ढोकानेर भएका साना-ठूला जम्मै मानिसहरूलाई अन्धा पारिदिए। तब ती मानिसहरूले ढोका भेट्टाउन सकेनन्।
सदोम र गमोराको विनाश
12ती दुई मानिसहरूले लोतलाई भने, “तिमीसँग यहाँ अरू कोही छन्? जुवाइँ, कि छोराछोरीहरू, अथवा सहरमा तिम्रा अरू जो भए पनि तिनीहरूलाई लिएर यस ठाउँबाट निस्केर जाऊ, 13किनभने हामी यस ठाउँलाई नष्ट पार्नेछौं, किनकि यहाँका मानिसहरूका विरुद्धमा उठेको आवाज परमप्रभुको अगि यति ठूलो भएको छ कि यस सहरलाई सर्वनाश गर्न परमप्रभुले हामीलाई पठाउनुभएको छ।”
14यसैकारण आफ्ना छोरीहरूलाई विवाह गर्न माग्ने जुवाइँहरूकहाँ गएर लोतले भने, “उठ, यस ठाउँबाट गइहालौं, किनभने परमप्रभुले यो सहर नष्ट पार्नुहुनेछ।” तर जुवाइँहरूलाई त तिनले ठट्टा गरेजस्तो लाग्यो।
15उज्यालो हुन लाग्दा ती दूतहरूले लोतलाई यसो भनेर आतुरी लाए, “उठ, तिम्री पत्नी र यहाँ भएका तिम्रा दुई छोरीहरूलाई लिएर गइहाल, नत्रता यस सहरले पाउने सजायमा तिमी पनि भस्म हुनेछौ।”
16जब तिनले आलटाल गरिरहे, तब ती मानिसहरूले तिनका, तिनकी पत्नीका र दुवै छोरीहरूका हात समातेर सहरबाहिर ल्याए। किनभने परमप्रभुको दया तिनीहरूमाथि थियो। 17तिनीहरूलाई बाहिर ल्याएपछि उनीहरूमा एक जनाले भने, “आफ्नो ज्यान जोगाउनलाई भाग, फर्केर पछाड़ि नहेर, र बेँसीमा कतै पनि नअड़िनू, तर पहाड़तिर भाग, नत्रता तिमीहरू भस्म हुनेछौ।”
18तब लोतले उनीहरूलाई भने, “हजूर हो, त्यसो नहोस्। 19हेर्नुहोस्, तपाईंहरूको दासले तपाईंहरूको अनुग्रह पाएको छ, र मेरो प्राण बचाएर तपाईंहरूले मलाई ठूलो करुणा देखाउनुभएको छ। म पहाड़तिर भाग्न सक्दिनँ, नत्रता यस विपत्तिमा परेर म मर्नेछु। 20हेर्नुहोस्, ऊ त्यो सहर भाग्नलाई नजिकै छ, र त्यो सानो पनि छ। मलाई त्यहीँ नै भाग्न दिनुहोस्— त्यो साह्रै सानो छैन र? त्यहाँ गए मेरो प्राण बाँच्ला।”
21उनले तिनलाई भने, “हेर, यस विषयमा मैले तेरो बिन्ती ग्रहण गरें। तैंले भनेको सहरलाई चाहिँ म भस्म गर्नेछैनँ। 22चाँड़ो गरेर त्यहीँ नै भागिजा, किनकि तँ त्यहाँ नपुगुञ्जेल म केही गर्न सक्दिनँ।” (यसैले त्यस सहरको नाउँ सोअर राखियो।)
23लोत सोअरमा पुग्दा सूर्य उदाइसकेको थियो। 24तब परमप्रभुले सदोम र गमोरामाथि आकाशबाट आगो र गन्धक बर्साउनुभयो। 25यसरी उहाँले ती सहरहरू र जम्मै बेँसी र सहरहरूका सबै बासिन्दाहरू र जमिनमा उम्रेका सबै थोक सर्वनाश गरिदिनुभयो। 26तर लोतकी पत्नीले पछाड़ि फर्केर हेरिन्, र तिनी नूनको थाम भइहालिन्।
27अब्राहाम सबेरै उठेर तिनी परमप्रभुको सामु उभिएको ठाउँमा गए। 28तिनले तल सदोम, गमोरा र बेँसीका सबै जग्गातिर हेरे। र त्यस ठाउँबाट धूवाँ भट्टीको धूवाँजस्तै मास्तिर उठिरहेको तिनले देखे।
29यसरी बेँसीका सहरहरू सर्वनाश गर्नुहुँदा परमेश्वरले अब्राहामलाई सम्झनुभयो। लोत बसेको सहरलाई उहाँले नष्ट पार्नुहुँदा त्यस सर्वनाशको बीचबाट लोतलाई निकाल्नुभयो।
लोत र तिनका छोरीहरू
30लोत सोअरबाट निस्केर आफ्ना दुवै छोरीहरूका साथमा पहाड़मा गएर बस्न लागे, किनभने सोअरमा बस्न तिनी डराए। तिनी आफ्ना दुवै छोरीहरूसँग एउटा ओड़ारमा बस्न लागे। 31एक दिन जेठीले कान्छीलाई भनी, “हाम्रा बुबा वृद्ध हुनुभएको छ। र संसारको रीतिबमोजिम हामीकहाँ आउने पृथ्वीमा कुनै मानिस छैन। 32यसैले अब हामी आफ्ना बुबालाई मद्य खुवाएर उहाँसित सुतौं, र आफ्ना पिताबाट सन्तान खड़ा गरौं।”
33त्यसै रात तिनीहरूले आफ्ना पितालाई दाखमद्य खुवाए, र जेठीचाहिँ आफ्ना पिताकहाँ गएर सुती। त्यो सुत्न आएकी र उठेर गएकी लोतलाई केही अत्तोपत्तो भएन।
34भोलिपल्ट जेठीले कान्छीलाई भनी, “हेर्, हिजो राती म बुबासित सुतें। आज राती पनि उहाँलाई मद्य खुवाऔं, र तँ गएर उहाँसित सुत्, र हामी आफ्ना पिताबाट सन्तान खड़ा गरौं।” 35यसरी तिनीहरूले त्यस रात पनि आफ्ना पितालाई दाखमद्य खुवाए, र कान्छीचाहिँ गएर उहाँसित सुती। त्यो सुत्न आएकी र उठेर गएकी लोतलाई केही थाहै भएन।
36यसरी लोतका दुवै छोरीहरू आफ्ना पिताबाट गर्भवती भए। 37तब जेठीले एक जना छोरो जन्माई र उसले त्यसको नाउँ मोआब राखी। हिजोआजका मोआबीहरूका पुर्खा यिनी हुन्। 38कान्छीले पनि एक जना छोरो जन्माई, र उसले त्यसको नाउँ बेन-अमी राखी। हिजोआजका अम्मोनीहरूका पुर्खा यिनी हुन्।
BOOK OF GEN - 20
Abraham, Sarah, & Abimelech — Genesis 20
What Happened• Abraham traveled to Gerar and told others that Sarah was his sister.• King Abimelech took Sarah into his house (not knowing she was Abraham’s wife).• God warned Abimelech in a dream: “Thou art but a dead man… for she is a man’s wife.” (Gen. 20:3)• Abimelech said he acted in sincerity, and God confirmed He protected him from sin.• Abimelech returned Sarah, corrected Abraham, and gave gifts for what happened.• Abraham prayed, and God healed Abimelech’s household.
The Big Lessons• Fear can lead to wrong choices. Abraham feared for his life and used deception again.• God protects His promise. Sarah was part of God’s covenant plan, and the Lord guarded her.• God can warn and correct even unbelievers. Abimelech listened to God’s warning and obeyed.• Integrity matters. Abimelech responded with honesty and made things right.• Prayer brings restoration. Abraham prayed, and healing came.
Life Application• When you feel afraid, don’t hide the truth—run to God and trust Him.• If you realize you did wrong, humble yourself and make it right quickly.• God can protect you even when you make mistakes—but obedience is always safer.• Forgiveness and prayer can bring healing to broken situations.
Lord, help me walk in truth, not fear. Give me courage to obey You, and a clean heart to make things right. Amen.
#Genesis20 #GodsWord #FaithOverFear #Prayer #Truth #BibleTruth
See less
अब्राहाम र अबीमेलेक
1त्यहाँबाट अब्राहाम नेगेवतिर गए, र कादेश र शूरको बीचमा बस्न लागे। तिनी गरार देशमा बसोबास गरे। 2त्यहाँ अब्राहामले आफ्नी पत्नी साराको बारेमा भने, “तिनी त मेरी बहिनी हुन्।” तब गरारका राजा अबीमेलेकले सारालाई झिकाएर लगे।
3तर राती सपनामा अबीमेलेककहाँ आएर परमेश्वरले भन्नुभयो, “हेर्, त्यस स्त्रीलाई झिकाएर ल्याएको हुनाले तँ मरेको जस्तै छस्, किनभने त्यो अर्काकी पत्नी हो।”
4अबीमेलेक अहिलेसम्म साराको नजिक गएका थिएनन्। यसकारण उनले भने, “हे परमप्रभु, के तपाईं निर्दोष जातिलाई मार्नुहुन्छ? 5‘तिनी मेरी बहिनी हुन्’ भनी त्यस मानिस आफैले मलाई भनेको थिएन र? र त्यस स्त्रीले पनि ‘तिनी मेरा दाजु हुन्’ भनी भनेकी थिइन र? मैले त यो काम आफ्नो शुद्ध विवेक र निर्दोष हातले नै गरेको हुँ।”
6तब परमेश्वरले उनलाई सपनामा भन्नुभयो, “हो, मलाई यो कुरो थाहा छ, कि तेरो शुद्ध विवेकले यो तैंले गरेको होस्। मेरो विरुद्धको पापबाट तँलाई जोगाउने पनि म नै हुँ। यसैले त मैले तँलाई त्यसलाई छुन दिइनँ। 7अब त्यस मानिसकी पत्नी फर्काइदे, किनभने त्यो एक अगमवक्ता हो। त्यसले तेरो निम्ति प्रार्थना गरिदिनेछ, र तँ बाँच्नेछस्। तर त्यसलाई फर्काइदिइनस् भने यो कुरो याद राख्, कि तँ र तँसँग भएका सबै निश्चय नै मर्नेछन्।”
8अबीमेलेक सबेरै उठेर आफ्ना सबै अधिकारीहरूलाई बोलाएर यी सबै कुरा बताइदिए। र ती मानिसहरू साह्रै डराए। 9तब अबीमेलेकले अब्राहामलाई बोलाएर भने, “तपाईंले हामीलाई के गर्नुभयो? मैले तपाईंको के बिगार गरेको थिएँ, र तपाईंले म र मेरो राज्यमा यति ठूलो दोष ल्याउनुभयो? तपाईंले मसित गर्नु नहुने काम गर्नुभयो।” 10अबीमेलेकले फेरि अब्राहामलाई भने, “के सम्झेर तपाईंले मसित यस्तो काम गर्नुभयो?”
11अब्राहामले भने, “किनभने मैले त सोचेको थिएँ, यस ठाउँमा परमेश्वरको डर कसैलाई छैन, र मानिसहरूले मलाई मेरी पत्नीको कारण मार्नेछन्। 12यो कुरो सत्य पनि हो कि तिनी मेरी बहिनी हुन्। तिनी मेरा पिताकी छोरी हुन्, तर मेरी आमाकी होइनन्। र तिनी मेरी पत्नी भइन्। 13अनि जब परमेश्वरले मलाई आफ्ना पिताको घर छोड़ेर परदेशी भएर यताउता घुमिहिँड्ने तुल्याउनुभयो, तब मैले सारालाई भनेको थिएँ, ‘दया गरेर तिमीले मेरो विषयमा “यिनी मेरा दाजु हुन्” भन्नू है’।”
14तब अबीमेलेकले भेड़ाबाख्रा, गाई-गोरु, कमारा-कमारीहरू ल्याएर अब्राहामलाई दिए, र तिनकी पत्नी सारालाई पनि फिर्ता गरिदिए। 15अनि अबीमेलेकले भने, “हेर्नुहोस्, मेरो देश तपाईंकै सामुन्ने छ। तपाईंलाई जहाँ मन लाग्छ त्यहीँ बस्नुहोस्।”
16उनले सारालाई भने, “हेर, तिम्रा दाजुलाई मैले चाँदीका एक हजार सिक्का दिएको छु। मैले त्यसद्वारा तिमीसित हुने सबैका नजरमा तिम्रो शिर उठाइदिएको हुँ। सबैका सामु तिमीसित न्यायसङ्गत व्यवहार गरिएको छ।”
17तब अब्राहामले परमेश्वरसित प्रार्थना गरे, र परमेश्वरले अबीमेलेक र तिनकी पत्नी र तिनका कमारीहरूलाई निको पारिदिनुभयो, र तिनीहरूले फेरि जन्माउन सकून्। 18किनभने अब्राहामकी पत्नी साराको कारणले गर्दा परमेश्वरले अबीमेलेकको घरका जम्मैको कोख बन्द गरिदिनुभएको थियो।
BOOK OF GEN - 21
GENESIS 21 — ISAAC: GOD KEEPS HIS PROMISEGod keeps His promise • Hagar & Ishmael sent away • Covenant at Beer-sheba
God did exactly what He promised. Sarah gave birth to Isaac, the promised son. Joy later turned into conflict when Ishmael mocked. God protected Isaac as the heir, and God also rescued Hagar and Ishmael in the wilderness. Afterward, Abraham made a covenant at Beer-sheba, showing that when God is with you, peace can follow.
PROMISE FULFILLED (Genesis 21:1–7)• The LORD visited Sarah as He said, and she bore Isaac to Abraham in old age.• Abraham obeyed God and circumcised Isaac on the 8th day.• Sarah rejoiced and said: “God hath made me to laugh.” (Gen 21:6)
CONFLICT & SEPARATION (Genesis 21:8–14)• At Isaac’s weaning feast, Sarah saw Ishmael mocking.• Sarah told Abraham to send away Hagar and Ishmael, because Isaac would be the heir.• Abraham was grieved, but God confirmed: “In Isaac shall thy seed be called.”
GOD RESCUES IN THE WILDERNESS (Genesis 21:15–21)• Hagar and Ishmael wandered in the wilderness and ran out of water.• Hagar wept, but God heard the voice of the lad.• God opened her eyes to a well of water and saved them.• God promised Ishmael would become a great nation, and God was with him.
COVENANT AT BEER-SHEBA (Genesis 21:22–34)• Abimelech saw that God was with Abraham and sought peace.• They made a covenant.• Abraham set apart seven ewe lambs as a witness about a well.• Abraham called the place Beer-sheba and worshiped the LORD.
LESSONS TO REMEMBER• God keeps His promises.• Obedience matters.• God protects His covenant plan.• God shows mercy and provides in the wilderness.• God can bring peace after conflict.
#Genesis21 #Isaac #GodKeepsHisPromise #KJV #Faith #GodProvides #GodIsWithYou
See less
इसहाकको जन्म
1आफूले भन्नुभएअनुसार सारालाई परमप्रभुले कृपा देखाउनुभयो, र आफ्नो प्रतिज्ञाबमोजिम गर्नुभयो। 2सारा गर्भवती भइन्, र अब्राहामको वृद्धावस्थामा, परमेश्वरले अब्राहामलाई भन्नुभएको समयमा तिनले एक जना छोरा जन्माइन्। 3साराले तिनीबाट जन्माएको आफ्नो छोराको नाउँ अब्राहामले इसहाक राखे। 4अब्राहामको आफ्नै छोरा इसहाक आठ दिनको हुँदा तिनले परमेश्वरको आज्ञाअनुसार त्यसको खतना गरे। 5तिनको छोरा इसहाक जन्मँदा अब्राहाम एक सय वर्ष पुगेका थिए।
6साराले भनिन्, “परमेश्वरले मलाई एउटा हाँस्ने कारण दिनुभयो। यो सुन्ने जति सबै मसँगै हाँस्नेछन्।” 7तिनले फेरि भनिन्, “साराले बालकलाई दूध खुवाउँछे भनेर कसले अब्राहामलाई भन्नेथियो? तापनि तिनको बुढ़ेसकालमा मैले तिनीबाट एक जना छोरा जन्माएँ।”
हागार र इश्माएल निकालिएका
8बालक बढ्दैगयो, र त्यसले दूध खान छोड़्यो। र इसहाकले दूध खान छोड़ेको दिन अब्राहामले एउटा ठूलो भोज दिए। 9तर मिश्री हागारले अब्राहामबाट जन्माएको छोरालाई ठट्टा गरिरहेको साराले देखिन्। 10यसैकारण तिनले अब्राहामलाई भनिन्, “यस कमारीलाई त्यसको छोरासँगै निकालिदिनुहोस्, किनकि यस कमारीको छोरो मेरा छोरा इसहाकसँग उत्तराधिकारी हुन पाउनेछैन।”
11आफ्नै छोरो भएकोले यो कुरा अब्राहामलाई साह्रै नराम्रो लाग्यो। 12तर परमेश्वरले अब्राहामलाई भन्नुभयो, “त्यो बालक र तेरी कमारीको निम्ति तैंले चिन्ता नगरी साराले तँलाई जसो भन्छे सोहीबमोजिम गर्, किनकि इसहाकबाट नै तेरो वंशको नाउँ रहनेछ। 13म त्यस कमारीको छोराबाट पनि एक जाति खड़ा गर्नेछु, किनभने त्यो पनि तेरै सन्तान हो।”
14अब्राहामले बिहानै उठेर रोटी र पानीको एउटा मशक हागारको काँधमा राखिदिए, र बालकलाई पनि त्यसकै साथ लगाएर बिदा गरिदिए। अनि हागार बेर्शेबाको उजाड़-स्थान हुँदो डुल्न लागी।
15जब मशकको पानी सिद्धियो तब तिनले बालकलाई एउटा पोथ्रोमुनि छोड़ेर 16आफैचाहिँ उतापट्टि एक काँड़ले पार गर्ने दूरीमा बसी, किनकि “मैले यो बालक मरेको हेर्नु नपरोस्” भनी त्यसले मनमा सोची। अनि हागार त्यहाँ बसेर डाँको छोड़ी-छोड़ी रुन लागी।
17परमेश्वरले बालकको सोर सुन्नुभयो। अनि परमेश्वरका दूतले स्वर्गबाट हागारलाई हपारेर भने, “ए हागार, तँलाई के दु:ख पर्यो? नडरा, किनभने बालक भएको ठाउँबाट त्यसको सोर परमेश्वरले सुन्नुभएको छ। 18उठ्, गएर बालकलाई उठा, र त्यसको हात बलियो गरी पक्री नै राख्, किनभने म त्यसबाट एउटा ठूलो जाति खड़ा गर्नेछु।”
19तब परमेश्वरले तिनका आँखा खोलिदिनुभयो, र तिनले एउटा पानीको कूवा देखी, र गएर मशकमा पानी भरेर बालकलाई पिउन दिई।
20परमेश्वर त्यस बालकको साथ रहनुभयो। त्यो बढ्दैगयो, र उजाड़-स्थानमा बसेर एक धनुर्धारी बन्यो। 21त्यो पारानको मरुभूमिमा बस्थ्यो, र त्यसकी आमाले त्यसको लागि मिश्रबाट एउटी पत्नी ल्याइदिई।
अब्राहाम र अबीमेलेकको बीचमा भएको करार
22त्यस बेला अबीमेलेक र उनका सेनापति पीकोलले अब्राहामलाई भने, “तपाईंले गर्नुभएका सबै काममा परमेश्वर तपाईंसँग हुनुहुन्छ। 23यसकारण यहाँ मसित परमेश्वरको सामु शपथ खानुहोस्, कि तपाईं मसँग वा मेरा छोराछोरीसँग अथवा मेरा नाति-पनातिसँग छलकपटको व्यवहार गर्नुहुनेछैन। तर मैले तपाईंसँग गरेको कृपाअनुसार नै मसँग र तपाईं परदेशी भएर बस्नुभएको देशसँग व्यवहार गर्नुहोला।”
24अब्राहामले भने, “हुन्छ, म शपथ खान्छु।”
25तब अब्राहामले अबीमेलेकका दासहरूले जबरदस्तसित खोसेर लिएको इनारको विषयमा अबीमेलेकलाई सुनाए। 26तर अबीमेलेकले भने, “यस्तो काम कसले गर्यो सो मलाई थाहा छैन। तपाईंले मलाई भन्नुभएन। आज मात्र मैले यो कुरा सुनें।”
27त्यसकारण अब्राहामले भेड़ा र गाई-गोरुहरू ल्याएर अबीमेलेकलाई दिए, र ती दुवै जनाले करार बाँधे। 28अब्राहामले बगालबाट भेड़ाका सात वटा पाठी छुट्ट्याएर राखे। 29अबीमेलेकले अब्राहामलाई सोधे, “तपाईंले यी सात पाठी छुट्ट्याएर राखेको अर्थ के हो?”
30अब्राहामले भने, “यो इनार मैले खनेको हो भन्ने गवाहीको निम्ति यी सात वटा पाठी मेरो हातबाट तपाईं लिनुहोस्।”
31यसैकारण त्यस ठाउँको नाउँ बेर्शेबा राखियो, किनकि त्यहाँ ती दुवैले आपसमा शपथ खाएका थिए।
32यसरी तिनीहरूले बेर्शेबामा आपसमा करार बाँधे। तब अबीमेलेक र उनका सेनापति पीकोल पलिश्तीहरूको देशमा फर्के। 33अब्राहामले बेर्शेबामा एउटा झ्याउको बोट रोपे, र त्यहाँ अनन्तका परमेश्वरको नाउँको पुकारा गरे। 34त्यसपछि अब्राहाम पलिश्तीहरूको देशमा धेरै दिनसम्म बसोबास गरे।
BOOK OF GEN - 22
OFFERING OF ISAAC (GENESIS 22)Jehovah-Jireh — The LORD Will Provide
God tested Abraham’s faith by commanding him to offer Isaac on Mount Moriah. Abraham obeyed, trusting God’s promise.
God’s CommandGod told Abraham to take Isaac to the land of Moriah and offer him.
The JourneyAbraham traveled for three days and saw the place afar off.
Isaac’s QuestionIsaac asked, “Where is the lamb?”
Abraham’s FaithAbraham answered, “God will provide himself a lamb.”
The Test of Obedience Abraham built an altar, laid Isaac on it, and raised the knife.
God Stops the Sacrifice The angel of the LORD called out and stopped Abraham.
God’s Provision A ram was caught in a thicket, and Abraham offered it instead.
Jehovah-Jireh Abraham called the place Jehovah-jireh: “The LORD will provide.”
What It Means God was not trying to destroy Isaac. God was proving Abraham’s trust and showing that God provides the sacrifice.
Lesson to Remember When God tests your faith, He already has a provision. Obedience is not always easy, but God’s plan is always right.Trust God even when you don’t understand.
“God will provide himself a lamb.” — Genesis 22:8
#Genesis22 #JehovahJireh #GodProvides #Faith #Obedience #BibleTruth
See less
अब्राहामको विश्वासको जाँच
1केही समयपछि परमेश्वरले अब्राहामको ठूलो जाँच गर्नुभयो, र तिनलाई भन्नुभयो, “ए अब्राहाम।”
तिनले भने, “म यहीँ छु।”
2उहाँले भन्नुभयो, “तेरो छोरो, अर्थात् तैंले माया गरेको तेरो एउटै छोरो इसहाकलाई लिएर मोरीयाहको देशमा गई मैले तँलाई देखाएको डाँड़ामा त्यसलाई होमबलि गर्।”
3अब्राहाम बिहानै उठेर गधामा काठी कसे, र आफ्ना कमाराहरूमध्येका दुई जना र छोरो इसहाकलाई साथमा लिए, र होमबलिको निम्ति दाउरा चिरेर परमेश्वरले तिनलाई भन्नुभएको त्यस ठाउँमा हिँड़े। 4तेस्रो दिन अब्राहामले हेर्दा टाढ़ामा त्यो ठाउँ देखे। 5तब अब्राहामले आफ्ना कमाराहरूलाई भने, “तिमीहरू यहीँ गधासँग बस। म र यो केटो ऊ परसम्म गएर पूजा गरी तिमीहरूकहाँ फर्केर आउनेछौं।”
6अब्राहामले होमबलिको दाउरा उठाएर आफ्नो छोरो इसहाकलाई बोकाए, र आगो र छुरी आफ्नो हातमा लिए। यसरी ती दुवै जना सँगसँगै गए। 7इसहाकले आफ्ना पिता अब्राहामलाई भने, “बुबा।”
तिनले भने, “के हो, छोरा?”
त्यसले भन्यो, “यी आगो र दाउरा त छन्, तर होमबलिको थुमाचाहिँ खोइ?”
8अब्राहामले भने, “छोरा, परमेश्वरले नै होमबलिको निम्ति थुमा जुटाइदिनुहुनेछ।” अनि ती दुवै सँगसँगै गए।
9परमेश्वरले तिनलाई भन्नुभएको ठाउँमा पुगेपछि अब्राहामले त्यहाँ एउटा वेदी बनाएर दाउरा तह लाएर राखे। त्यसपछि तिनले आफ्नो छोरो इसहाकलाई बाँधेर वेदीमा दाउरामाथि राखे। 10तब अब्राहामले आफ्नो छोरालाई बलि गर्न छुरी उठाए। 11तर परमप्रभुका एक जना दूतले स्वर्गबाट तिनलाई हपारेर भने, “ए अब्राहाम, अब्राहाम!”
तिनले भने, “म यहीँ छु।”
12उनले भने, “तेरो हात त्यस केटामाथि नउठा”, र “त्यसलाई केही नगर्। अब मैले थाहा पाएँ तैले परमेश्वरको भय मान्दोरहेछस्, किनकि तेरो छोरो, तेरो एकमात्र छोरालाई पनि मबाट तैंले रोकेर राखिनस्।”
13अब्राहामले माथितिर हेरे र एउटा भेड़ा झाड़ीमा सीङ अल्झेर फसेको देखे। अब्राहामले गएर त्यस भेड़ालाई ल्याए, र तिनका छोराको सट्टामा त्यसैलाई होमबलि गरे। 14यसकारण अब्राहामले त्यस ठाउँको नाउँ “परमप्रभुले जुटाउनुहुन्छ” राखे। “परमप्रभुको डाँड़ामा जुटाइनेछ” भनी आजपर्यन्त भनिन्छ।
15परमप्रभुका दूतले दोस्रो पल्ट स्वर्गबाट अब्राहामलाई कराएर भने, 16परमप्रभु भन्नुहुन्छ, “मैले आफ्नै नाउँमा शपथ खाएको छु, कि तैंले यो काम गरेकोले र तेरो छोरो, अर्थात् तेरो एउटै छोरालाई पनि मबाट नरोकेकोले म निश्चय नै तँलाई आशिष् दिनेछु। 17तेरा सन्तानको वृद्धि गरेर आकाशका तारा र समुद्र किनारका बालुवासरह म तुल्याउनेछु। तेरा सन्तानले आफ्ना शत्रुहरूका सहरहरू कब्जा गर्नेछन्। 18तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन्, किनकि तैंले मेरो वचन पालन गरिस्।”
19त्यसपछि अब्राहाम आफ्ना कमाराहरूकहाँ फर्केर आए, र तिनीहरू उठे र बेर्शेबासम्म सँगसँगै गए। र अब्राहाम बेर्शेबामा बसोबास गरे।
20केही समयपछि “मिल्काले पनि तपाईंका भाइ नाहोरबाट छोराहरू जन्माइन्” भन्ने कुरा अब्राहामले सुने: 21जेठो ऊज, त्यसको भाइ बूज, र आरामका पिता कमूएल, 22र केसेद, हजो, पिलदाश, यिदलाप र बतूएल। 23बतूएल रिबेकाका पिता भए। यी आठै छोरालाई अब्राहामका भाइ नाहोरबाट मिल्काले जन्माइन्। 24यीबाहेक रूमा नाउँ भएकी तिनकी भित्रिनीले पनि तेबह, गहम, तहस र माकालाई जन्माई।
BOOK OF GEN - 23
GENESIS CHAPTER 23THE BURIAL OF SARAH
Sarah died at 127 years old in Kirjath-arba (Hebron), and Abraham mourned for her. After grieving, Abraham spoke to the Hittites and asked to buy a burial place because he was a stranger and sojourner in the land.
The Hittites honored Abraham and called him a mighty prince. Abraham then requested the Cave of Machpelah from Ephron the Hittite. Even when Ephron offered the land, Abraham insisted on paying the full price. The purchase was done openly with witnesses, and Abraham buried Sarah in the cave.
This became the first piece of land Abraham legally owned in Canaan, showing faith in God’s promise.
• Love and honor in grief• Integrity and fairness in dealings• Do things openly and rightly• Faith that God’s promises will be fulfilled
Grief may be painful, but we must still walk with honor, integrity, and faith. Do what is right—even when it costs you—and trust God in every season.
#Genesis23 #Abraham #Sarah #Faith #Integrity #KJV #BibleTruth
See less
साराको मृत्यु
1सारा एक सय सत्ताईस वर्षसम्म बाँचिन्। 2सारा कनान देशको किर्यत-अर्बा अर्थात् हेब्रोनमा मरिन्। अब्राहाम साराको निम्ति शोक र विलाप गर्न त्यहाँ गए।
3अब्राहाम लाश भएको ठाउँबाट उठे, र हित्तीहरूलाई यसो भने, 4“तपाईंहरूका बीचमा म एक प्रवासी भएर बसेको छु। यस लाशलाई गाड्न चिहानको लागि कुनै जमिन मलाई बेच्नुहोस्।”
5हित्तीहरूले अब्राहामलाई भने, 6“हे प्रभु, सुन्नुहोस्, तपाईं हामीहरूमध्ये एक शक्तिशाली शासक हुनुहुन्छ। हाम्रा चिहानमध्ये सबैभन्दा असलचाहिँ छानेर लाश गाड्नुहोस्। हामीमध्ये कसैले पनि आफ्नो चिहान लाश गाड्नलाई तपाईंलाई दिन इन्कार गर्नेछैन।”
7तब अब्राहाम उठेर हित्तीहरूका अगि निहुरेर दण्डवत् गरे। 8तिनले तिनीहरूलाई यसो भने, “यदि मैले यो लाश गाड्ने तपाईंहरूको मन्जूरी छ भने मेरो कुरो सुन्नुहोस्, र सोहोरका छोरा एप्रोनसित मेरो निम्ति यो बिन्ती गरिदिनुहोस्, 9कि उनले आफ्नो निजी मक्पेलाको ओड़ार मलाई बेचून्। त्यो उनका खेतको छेवैमा छ। त्यसको पूरा दाममा तपाईंहरूकै बीचमा एउटा गाड्ने ठाउँको निम्ति उनले त्यो जग्गा मेरो अधिकारमा देऊन्।”
10त्यस बेला एप्रोन हित्तीहरूका माझमा बसिरहेका थिए, र जति जना उनका सहरको ढोकाको अगाड़ि आएका थिए, ती सबैले सुन्ने गरी हित्ती एप्रोनले अब्राहामलाई भने, 11“होइन, मेरा प्रभु, मेरो कुरा सुन्नुहोस्। म तपाईंलाई त्यो खेत र त्यसमा भएको ओड़ार पनि दिन्छु। मेरा मानिसहरूकै सामुन्ने त्यो म तपाईंलाई दिन्छु। तपाईं आफ्नो मरेकी स्त्रीलाई त्यहीँ गाड्नुहोस्।”
12अब्राहामले फेरि त्यस देशका मानिसहरूलाई दण्डवत् गरे। 13अनि तिनले त्यस ठाउँका मानिसहरूले सुन्ने गरी एप्रोनलाई भने, “तपाईंको मन्जूरी भए सुन्नुहोस्, म त्यस जग्गाको दाम दिनेछु। त्यो तपाईंले स्वीकार गर्नुहोस्, र त्यहाँ म यो लाश गाड्न पाऊँ।”
14एप्रोनले अब्राहामलाई भने, 15“हे मेरा प्रभु, मेरो कुरा सुन्नुहोस्। जग्गाको दाम त चाँदीका चार सय सिक्का हो, तर मेरो र तपाईंको बीचमा त्यो के हो र? लाशलाई तपाईं गाड्नुहोस्।”
16अब्राहामले एप्रोनको कुरा मन्जूर गरे र तिनले एप्रोनलाई हित्तीहरूका सामुन्ने उनले भनेबमोजिम, व्यापारीहरूमा जुन तौल प्रचलित थियो, त्यहीअनुसार चाँदीका चार सय सिक्का जोखी-जोखीकन उनलाई दिए।
17यसरी मक्पेलामा मम्रेनेरको एप्रोनको खेत र त्यसभित्र भएका ओड़ार र रूखहरूसमेत 18एप्रोनले त्यस सहरका ढोकाको अगाड़ि आएकाहरू हित्तीहरू सबैका सामु अब्राहामको अधिकारमा दिए। 19त्यसपछि अब्राहामले आफ्नी पत्नी सारालाई कनान देशमा मम्रेनेरको, अर्थात् हेब्रोनमा भएको मक्पेलाका खेतको ओड़ारमा गाड़े। 20यसरी त्यो खेत र त्यसमा भएको ओड़ारसमेत हित्तीहरूका तर्फबाट चिहानको रूपमा अब्राहामको अधिकारमा पक्कासँग दर्ता भयो।
BOOK OF GEN - 24
ISAAC AND REBEKAH (Genesis 24)
Abraham wanted Isaac to marry within the family of faith, not from the Canaanites. So he sent his trusted servant back to his homeland to find a wife for Isaac. The servant prayed for God’s clear guidance at a well, asking for a specific sign.
Rebekah came, offered water to the servant, and willingly drew water for his camels too—showing kindness, humility, and a serving heart. The servant praised God, then gave gifts and asked about her family. When he met her household, he told them how the Lord led him step by step. Rebekah’s family recognized God’s hand and agreed.
Rebekah chose to go immediately. When she arrived in Canaan, Isaac received her, and she became his wife—God providing at the right time through prayer, obedience, and faithful guidance.
Lesson / ReminderPray and trust God’s leading. A willing, humble, and kind heart is precious—and God can guide clearly when we walk in obedience.
#Genesis24 #Isaac #Rebekah #Faith #Prayer #GodsGuidance #Obedience #Kindness #KJV
See less
इसहाक र रिबेका
1अब्राहाम दिन धेरै खाएर बूढ़ा भइसकेका थिए। परमप्रभुले सबै कुरामा अब्राहामलाई आशिष् दिनुभएको थियो। 2अब्राहामले आफ्नो घरका सबै कुरामा अख्तियार गर्ने प्रमुख नोकरलाई भने, “तेरो हात मेरो तिघ्रामुनि राख्। 3म तँलाई स्वर्ग र पृथ्वीका परमप्रभु परमेश्वरको यो शपथ खान लाउँछु कि तैंले मेरो छोरालाई अहिले म बसेको ठाउँका कनानीका छोरीहरूमध्ये कसैलाई विवाह गर्न नल्याइदिनू, 4तर मेरो देशमा मेरै कुटुम्बकहाँ गएर मेरो छोरा इसहाकको लागि एउटी पत्नी ल्याउनू।”
5तब त्यस नोकरले अब्राहामलाई भने, “यदि त्यो स्त्री यस देशमा मेरो पछि लागेर आउन इच्छा गरिन भनेता के मैले तपाईंका छोरालाई जुन देशबाट तपाईं आउनुभयो त्यहीँ नै लैजाने?”
6अब्राहामले त्यसलाई भने, “तैंले मेरो छोरालाई त्यहाँ फर्काएर नलानू। 7मलाई मेरा पिताको घर र मेरो जन्मभूमिबाट यहाँ ल्याउनुहुने स्वर्ग र पृथ्वीका परमप्रभु परमेश्वरले शपथ खाई मसँग यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, ‘म तेरै सन्तानलाई यो देश दिनेछु।’ उहाँले नै आफ्ना दूत तेरो अगिअगि पठाउनुहुनेछ, र तैंले मेरो छोराको लागि त्यहाँबाट एउटी पत्नी ल्याउन सक। 8त्यो केटी तेरो पछि आउन इच्छा गरिन भने तँलाई मेरो यो शपथ लाग्नेछैन। केवल तैंले मेरो छोरालाई चाहिँ त्यहाँ फर्काएर नलैजानू।” 9तब त्यस नोकरले आफ्ना मालिक अब्राहामको तिघ्रामुनि हात राखीकन यस विषयमा तिनीसित शपथ खायो। 10त्यसपछि त्यो नोकर आफ्ना मालिकका दश वटा ऊँट र सबै किसिमका असल-असल सौगात लिएर बिदा भयो, र अराम-नाहारैमतिर लागेर नाहोरको सहरमा गयो। 11साँझपख स्त्रीहरू पानी भर्ने बेलामा सहरका बाहिरपट्टि पानीको इनारको नजिकै त्यसले ऊँटहरूलाई राख्यो।
12अनि त्यसले मनमनै प्रार्थना गर्यो, “हे मेरा मालिकका परमप्रभु परमेश्वर, कृपा गरी आज मलाई मेरो काम सफल गराइदिनुहोस् र मेरा मालिक अब्राहामलाई आफ्नो दया देखाउनुहोस्। 13हेर्नुहोस्, म यो इनारनेर उभिरहेको छु, र सहरका मानिसहरूका छोरीहरू पानी भर्नलाई आउँदैछन्। 14यसैले यसो होस्: जुन कन्यालाई म ‘तिम्रो गाग्रो मतिर पानी पिउनलाई ढल्काइदेऊ’ भनुँला, र जसले मलाई ‘खानुहोस्, म तपाईंका ऊँटहरूलाई पनि खुवाइदिन्छु’ भन्छिन्, तिनलाई नै तपाईंले आफ्ना दास इसहाकको निम्ति रोज्नुभएको होस्। तपाईंले मेरा मालिकलाई दया देखाउनुभएको रहेछ भन्ने म त्यसैबाट थाहा पाउनेछु।”
15त्यसले यो भनिसकेको पनि थिएन, अब्राहामका भाइ नाहोरकी पत्नी मिल्काको छोरो बतूएलकी छोरी रिबेका काँधमा गाग्रो राखेर आइन्। 16कन्या अत्यन्त सुन्दरी र कुनै मानिससित पनि सहवास नभएकी थिइन्। इनारमा ओर्लेर तिनले गाग्रोमा पानी भरिन् र उक्लेर आइन्।
17तब त्यो नोकर तिनलाई भेट गर्न दगुर्यो र भन्यो, “कृपा गरी तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ।”
18तिनले “हजूर, खानुहोस्” भनेर तुरुन्तै गाग्रो झारिन्, र आफ्नो हातमा गाग्रो राखेर त्यसलाई पानी खुवाइदिइन्।
19त्यसलाई खान दिइसकेपछि तिनले भनिन्, “तपाईंका ऊँटहरूका निम्ति पनि तिनीहरूले पिई नसकुञ्जेल म पानी उघाएर दिनेछु।”
20तब तिनले झट्टै आफ्नो गाग्रोको पानी डूँड़मा खन्याएर फेरि पानी उघाउन इनारतिर कुदेर गइन्, र तिनले सबै ऊँटहरूका निम्ति पनि पानी उघाइदिइन्। 21त्यो मानिसचाहिँ परमप्रभुले आफ्नो यात्रा सफल गरिदिनुभएको हो कि होइन भनी थाहा पाउनलाई चूप लागी डिठ लाएर तिनलाई हेरिरह्यो।
22ऊँटहरूले पानी खाइसकेपछि त्यस मानिसले छ ग्राम तौलका सुनको एउटा नत्थ र एक सय ग्राम जति तौलका सुनका बालाहरू झिकेर भन्यो, 23“तिमी कसकी छोरी हौ? के तिम्रा बुबाको घरमा हामीलाई डेरा गर्नलाई बस्ने ठाउँ छ?”
24तिनले त्यसलाई भनिन्, “म नाहोरबाट मिल्काले जन्माएका बतूएलकी छोरी हुँ।” 25तिनले त्यसलाई अझै भनिन्, “हामीसँग दाना र पराल प्रशस्त छन्, डेरा गर्नलाई कोठा पनि छन्।”
26तब त्यस मानिसले आफ्नो शिर निहुराएर भक्तिसाथ परमप्रभुलाई दण्डवत् गरेर भन्यो, 27“परमप्रभु, मेरा मालिक अब्राहामका परमेश्वर धन्यका हुनुहुन्छ, जसले मेरा मालिकप्रतिको दया र विश्वस्तता त्याग्नुभएको छैन। परमप्रभुले नै मलाई बाटोमा डोर्याएर मेरा मालिकका कुटुम्बको घरमा ल्याइदिनुभएको छ।”
28तब ती कन्या गइन्, र आफ्नी आमाका परिवारलाई सबै कुरा बताइन्। 29रिबेकाका लाबान नाउँ भएका एक जना दाजु थिए। लाबान निस्केर इनारनेर त्यस मानिस भएको ठाउँतिर दगुरेर गए। 30जब उनले आफ्नी बहिनीको नाकमा नत्थ र हातमा बाला देखे र “त्यस मानिसले मलाई यसो भन्यो” भन्ने कुरा आफ्नी बहिनीबाट सुने, तब उनी त्यस मानिसकहाँ गए। 31अनि इनारको छेउमा ऊँटहरूका नजिकै त्यो उभिरहेको देखेर लाबानले भने, “हे परमप्रभुका आशीर्वादी जन, भित्र आउनुहोस्। किन बाहिरै उभिरहनुहुन्छ? मैले तपाईंको निम्ति डेरा र ऊँटहरूका लागि ठाउँ तयार पारिराखेको छु।”
32तब त्यो मानिस लाबानसित उनको घरमा गयो, र लाबानले ऊँटहरूका भारीहरू झारेर तिनीहरूलाई पराल र दाना दिए। अनि उनले अब्राहामको नोकर र त्यससित हुने मानिसहरूका निम्ति खुट्टा धुने पानी पनि दिए। 33तब त्यसको सामु खानेकुरा पनि राखिदिए। तर त्यसले भन्यो, “जबसम्म मेरो समाचार म भन्दिनँ तबसम्म म केही खान्नँ।”
उनले भने, “ल, भन्नुहोस्।”
34तब त्यसले भन्यो, “म अब्राहामको एक नोकर हुँ। परमप्रभुले मेरा मालिकलाई खूबै आशिष् दिनुभएको हुनाले तिनी एक ठूला मानिस भएका छन्। 35उहाँले तिनलाई बगालका बगाल भेड़ाबाख्राहरू र बथानका बथान गाई-गोरुहरू, तथा सुनचाँदी, दास-दासी, ऊँटहरू र गधाहरू दिनुभएको छ। 36मेरा मालिककी पत्नी साराले बुढ़ेसकालमा तिनको निम्ति एक जना छोरो जन्माइन्, र उनैलाई तिनले आफ्ना जे-जति छन् सबै दिएका छन्। 37मेरो मालिकले मलाई यसो भनेर शपथ खान लाएका छन्, ‘तैंले मेरो छोराको लागि म अहिले बसेको देशका कनानीहरूका छोरीहरूमध्ये कुनै पनि विवाह गर्नलाई नल्याउनू, 38तर मेरो कुटुम्बकहाँ र मेरो पिताको घरमा गएर तैंले मेरो छोराको निम्ति एउटी पत्नी खोजेर ल्याइदिनू।’
39“मैले मेरो मालिकलाई भनें, कथङ्कदाचित् त्यो स्त्री मेरो साथमा आउन मानिन भने नि त?”
40तिनले मलाई भने, ‘जुन परमप्रभुको सामुन्ने म हिँड्डुल गर्छु, उहाँले नै आफ्ना दूत तँसित पठाउनुहुनेछ, र तेरो कार्य सफल हुनेछ, र तैंले मेरो कुटुम्ब र मेरा पिताको घरबाट मेरो छोराको लागि एउटी पत्नी ल्याउनेछस्। 41जब तँ मेरो कुटुम्बकहाँ पुग्नेछस् तब मेरो यस शपथबाट छुट्नेछस्। अनि तिनीहरूले केटी दिएनन् भने पनि मेरो यस शपथबाट तँ छुट्नेछस्।’
42आज इनारमा आइपुगेर मैले यसो भनें, हे परमप्रभु, मेरा मालिक अब्राहामका परमेश्वर, तपाईंको इच्छा भए तपाईंले मेरो कार्य सफल गराइदिनुहोस्। 43हेर्नुहोस्, म इनारमा उभिरहेछु। जुन स्त्री पानी भर्नलाई आउलिन् र मैले “तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ,” भन्दा 44तिनले मलाई “खानुहोस्, र म तपाईंका ऊँटहरूलाई पनि पानी उघाइदिनेछु,” भन्नेछिन्, त्यही स्त्रीचाहिँ मेरा मालिकका छोराको लागि परमप्रभुले ठहराउनुभएको होस्।
45“मैले यी कुरा मनमनै भनिसक्न अगि नै, हेर्नुहोस्, रिबेका काँधमा आफ्नो गाग्रो बोकेर आइन्, र इनारमा ओर्लेर पानी उघाइन्। मैले तिनलाई भनें, ‘कृपा गरी मलाई पानी पिउन देऊ।’
46“तिनले तुरुन्तै आफ्नो काँधबाट गाग्रो झारेर भनिन्, ‘खानुहोस्। म तपाईंका ऊँटहरूका निम्ति पनि पानी खान दिनेछु।’ तब मैले पानी पिएँ, र तिनले मेरा ऊँटहरूलाई पनि पानी खान दिइन्।
47“मैले तिनलाई ‘तिमी कसकी छोरी हौ?’ भनी सोधें।
“तिनले भनिन्, ‘नाहोर र मिल्काका छोरा बतूएलकी छोरी हुँ।’
“तब मैले तिनको नाकमा नत्थ र हातमा बालाहरू लगाइदिएँ। 48अनि आफ्नो शिर निहुराएर भक्तिसाथ परमप्रभुलाई दण्डवत् गरें, र मेरा मालिक अब्राहामका परमप्रभु परमेश्वरलाई धन्यको भनें, जसले मेरा मालिककै भाइकी नातिनी तिनका छोराको निम्ति दिन मलाई ठीक बाटोमा डोर्याउनुभएको थियो। 49अब तपाईंहरू मेरा मालिकसँग दया र सत्यको व्यवहार गर्नुहुन्छ भने मलाई भन्नुहोस्। होइन भने पनि मलाई भन्नुहोस्, र म दाहिने-देब्रे जता हुन्छ लागुँला।”
50तब लाबान र बतूएलले जवाफ दिए, “यो कुरा परमप्रभुबाट नै हुन आएको हो। हामी तपाईंलाई खराब अथवा असल केही भन्न सक्दैनौं। 51हेर्नुस्, रिबेका तपाईँको सामुन्ने छे। त्यसलाई लिएर जानुस्, र परमप्रभुले भन्नुभएजस्तै गरी तिनी तपाईंका मालिकका छोराकी पत्नी होस्।”
52अब्राहामको नोकरले तिनीहरूका कुरा सुनेपछि भूइँमा निहुरेर भक्तिसाथ परमप्रभुलाई दण्डवत् गर्यो। 53तब त्यसले सुन र चाँदीका गहनाहरू र लुगाहरू ल्याएर रिबेकालाई दियो। त्यसले तिनका दाजु र आमालाई पनि मूल्यवान् थोकहरू उपहारको रूपमा दियो। 54तब त्यो र त्यसका साथमा भएका मानिसहरूले खाए र पिए, त्यो रात त्यहीँ बिताए।
बिहान उठेपछि त्यसले भन्यो, “मेरा मालिककहाँ जान अब मलाई बिदा दिनुहोस्।”
55तर रिबेकाका दाजु र आमाले भने, “कन्यालाई कम-से-कम दश दिन यहीँ हामीसँग रहन दिनुहोस्। त्यसपछि तिनी गए हुन्छ।”
56तर त्यसले तिनीहरूलाई भन्यो, “मलाई नअलमल्याउनुहोस्। अब परमप्रभुले मेरो यात्रा सफल गराउनुभएको छ। मलाई जान दिनुहोस्, र म मेरा मालिककहाँ जानेछु।”
57तब तिनीहरूले भने, “हामी कन्यालाई नै बोलाएर यसबारे तिनकै मुखबाट सुनौं।” 58अनि तिनीहरूले रिबेकालाई डाकेर भने, “के तिमी यस मानिसको साथमा जान्छ्यौ?”
तिनले भनिन्, “म जान्छु।”
59यसैकारण तिनीहरूले आफ्नी बहिनी रिबेकालाई तिनकी सेविकासँगै अब्राहामको नोकर र त्यसका मानिसहरूका साथमा पठाइदिए। 60तिनीहरूले रिबेकालाई आशिष् दिएर भने,
“हे हाम्री बहिनी,
तिमी हजारौँ हजारका आमा होऊ,
र तिम्रा सन्तानले तिनीहरूसँग
दुश्मनी गर्नेहरूका सहरहरू कब्जा गरून्।”
61तब रिबेका र तिनका सहेलीहरू ऊँटहरूमा चढ़ेर त्यस मानिसको पछि लागे। यसरी रिबेकालाई लिएर त्यो नोकर आफ्नो बाटो लाग्यो।
62अब इसहाकचाहिँ बेअर-लहै-रोइबाट आएका थिए, किनकि त्यस बेला उनी नेगेवमा बसोबास गरिरहेका थिए। 63इसहाक साँझपख एकाग्रताका निम्ति बाहिर निस्केका थिए। उनले आँखा उठाएर हेर्दा ऊँटहरू आइरहेका देखे। 64रिबेकाले पनि आँखा उठाएर हेर्दा इसहाकलाई देखिन्, र ऊँटबाट ओर्लेर त्यस नोकरलाई सोधिन्, 65“हामीलाई भेट्न बाहिर हिँड्दैआउने मानिस को हुन्?”
त्यस नोकरले भन्यो, “उनी त मेरा मालिक हुन्।” तब रिबेकाले घुम्टो हालेर आफ्नो अनुहार छोपिन्।
66त्यसपछि आफूले गरेका सबै काम त्यस नोकरले इसहाकलाई बतायो। 67इसहाकले रिबेकालाई आफ्नी आमा साराको पालमा लगे, र विवाह गरे। अनि तिनी उनकी पत्नी भइन्, र उनले तिनलाई प्रेम गरे। यसरी आफ्नी आमाको मृत्युपछि इसहाकले सान्त्वना पाए।
BOOK OF GEN - 25
GENESIS 25 — “The Generations of Isaac: Esau and Jacob”
Abraham’s Later Family (Keturah)✓ After Sarah’s death, Abraham married Keturah.•They had sons: Zimran, Jokshan, Medan, Midian, Ishbak, Shuah.→ Abraham gave Isaac the main inheritance, then gave gifts to the other sons and sent them eastward.
The Death of Abraham✓ Abraham died at 175 years old.•Isaac and Ishmael buried him in the cave of Machpelah.
God Blesses Isaac→ After Abraham’s death, God blessed Isaac.•Isaac lived near Beer-lahai-roi.
Ishmael’s Descendants•Ishmael had twelve princes (tribal leaders).✓ Ishmael died at 137 years old.→ His descendants lived from Havilah to Shur.
Isaac and Rebekah (The Twins)✓ Isaac was forty when he married Rebekah.•Rebekah was barren, but Isaac prayed and God answered.→ God revealed: two nations would come from them, and the older would serve the younger.
The Birth of Esau and Jacob•Esau was born first and became a skilled hunter.→ Jacob was born holding Esau’s heel and became a quiet man who stayed among the tents.
The Birthright Sold→ Esau came home hungry and asked for Jacob’s food.•Jacob asked for Esau’s birthright in exchange.✓ Esau agreed and treated his birthright as unimportant.
✓ Value spiritual blessings more than temporary desires.→ Beware of impulsive decisions.•God’s plan will stand, even when people fail.
#HolyBible #KJV #Genesis25 #GodsWord #Faith #BibleLessons #ChristianLife
See less
अब्राहामको मृत्यु
1अब्राहामले अर्की एउटी पत्नी विवाह गरे। तिनको नाउँ कतूरा थियो। 2तिनले अब्राहामबाट जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूहलाई जन्माइन्। 3योक्षान शेबा र ददानका पिता भए। ददानका सन्तान अश्शूरी, लतूशी र लऊम्मीहरू थिए। 4मिद्यानका छोराहरूचाहिँ एपा, एपेर, हानोक, अबीदा र एल्दा थिए। यी सबै कतूराका सन्तान हुन्।
5अब्राहामले आफूसँग भएका सबै थोक इसहाकलाई नै दिए। 6तर आफू जीवित छँदै उनका उपपत्नीपट्टिका छोराहरूलाई उनले उपहारहरू दिए, र आफ्ना छोरा इसहाकबाट छुट्ट्याएर तिनीहरूलाई पूर्व देशतिर पठाइदिए।
7अब्राहाम जम्मा एक सय पचहत्तर वर्षसम्म बाँचे। 8अब्राहाम दीर्घायु भई पूरा बुढ़ेसकालमा मरे, र आफ्ना मरेका पिता-पुर्खाहरूसँग मिल्न गए। 9उनका छोराहरू इसहाक र इश्माएलले तिनलाई हित्ती सोहोरको छोरा एप्रोनको खेतमा भएको, मम्रेनेरको मक्पेलाको ओड़ारमा गाड़े। 10त्यो खेत अब्राहामले हित्तीहरूबाट किनेका थिए। त्यहीँ नै अब्राहाम आफ्नी पत्नी सारासित गाड़िए। 11अब्राहामको मृत्युपछि परमेश्वरले तिनका छोरा इसहाकलाई आशिष् दिनुभयो। त्यस बेला इसहाक बेअर-लहै-रोइनेर बसोबास गरे।
इश्माएलका छोराहरू
12साराकी कमारी मिश्री हागारपट्टिबाट जन्मेको अब्राहामको छोरो इश्माएलको वृत्तान्त यही हो।
13जन्म क्रमको सूचीअनुसार इश्माएलका छोराहरूका नाउँ यी नै हुन्: इश्माएलको जेठो छोरो नबायोत, र केदार, अदबेल, मिब्साम, 14मिश्मा, दुमा, मस्सा, 15हदद, तेमा, यतूर, नापीश र केदमा। 16इश्माएलका छोराहरू यी नै हुन्। तिनीहरूका बस्ती र छाउनीहरूअनुसार ती बाह्र कुलनायकका नाउँ यी नै हुन्। 17इश्माएलको जम्मा उमेर एक सय सैँतीस वर्ष थियो, तब तिनको मृत्यु भयो र तिनी आफ्ना पिता-पुर्खाहरूसँगै मिल्न गए। 18मिश्रको सिमानानेर, अश्शूर देशतर्फ हवीलादेखि शूरसम्म तिनीहरू बसोबास गर्थे। अनि तिनीहरू आफ्ना दाजुभाइको शत्रुतामा बस्थे।
एसाव र याकूबको जन्म र बाल्यावस्था
19अब्राहामका छोरा इसहाकको वृत्तान्त यही हो।
अब्राहाम इसहाकका पिता भए। 20इसहाकले चालीस वर्षको उमेरमा पद्दन-आरामका अरामी बतूएलकी छोरी अरामी लाबानकी बहिनी रिबेकासँग विवाह गरे।
21तिनी बाँझी भएकी हुनाले इसहाकले आफ्नी पत्नीको निम्ति परमप्रभुसँग प्रार्थना गरे। तब परमप्रभुले उनको प्रार्थना सुन्नुभयो, र रिबेका गर्भवती भइन्। 22गर्भमा भएका बालकहरूले एक-अर्कासँग लड़न्त गर्न लागे।
“किन मलाई यस्तो भयो?” भनी तिनले परमप्रभुसँग सोध्न लागिन्। 23परमप्रभुले तिनलाई भन्नुभयो,
“तेरो कोखमा दुई जातिहरू छन्,
तेरो गर्भबाट जन्मँदाखेरि नै दुई जाति छुट्टाछुट्टै जन्मनेछन्।
एक जना अर्कोभन्दा बलवान् हुनेछ,
र जेठाले कान्छाको सेवा गर्नेछ।”
24तिनको सुत्केरी हुने बेला आयो, र तिनको कोखमा जुम्ल्याहा रहेछन्। 25जेठोचाहिँ रातो वर्णको, शरीरभरि रौँको लुगा लाएजस्तै जन्म्यो। यसकारण त्यसको नाउँ एसाव राखियो। 26त्यसपछि त्यसको भाइचाहिँ एसावको कुर्कुच्चा हातले समातेर निस्क्यो। यसैकारण त्यसको नाउँ याकूब राखियो। रिबेकाले यिनीहरूलाई जन्माउँदा इसहाक साठी वर्ष पुगेका थिए।
27यिनीहरू बढ़ेपछि एसावचाहिँ सिपालु शिकारी र मैदानमा डुलिहिँड्ने मानिस भए, र याकूबचाहिँ पालमा बसिरहने शान्त स्वभावका मानिस भए। 28इसहाकले एसावलाई माया गर्थे, किनभने उनले शिकार गरेर ल्याएको मासु तिनले खान पाउँथे। तर रिबेकाले चाहिँ याकूबलाई माया गर्थिन्।
29एक पल्ट याकूबले सुरुवा पकाइराखेको बेलामा एसाव मैदानबाट आए। उनलाई भोकले भाउन्न छुटेको थियो। 30एसावले याकूबलाई भने, “मलाई त्यो रातो सुरुवा अलिकता खान देऊ। मलाई भोकले भाउन्न छुटेको छ।” (यसैकारण उनलाई एदोम पनि भनिन्थ्यो।)
31याकूबले भने, “पहिले मलाई तपाईंको ज्येष्ठ-अधिकार बेच्नुहोस्।”
32एसावले भने, “म त मर्नै आँटें। अब मलाई त्यो ज्येष्ठ-अधिकारको के काम?”
33याकूबले भने, “पहिले शपथ खाएर मलाई भन्नुहोस्।” तब उनले शपथ खाए, र आफ्नो ज्येष्ठ-अधिकार याकूबलाई बेचे।
34त्यसपछि याकूबले एसावलाई रोटी र दालको सुरुवा दिए। खानपान गरेर एसाव आफ्नो बाटो लागे। यसरी एसावले आफ्नो ज्येष्ठ-अधिकारलाई लत्त्याए।
BOOK OF GEN - 26
GENESIS 26 (KJV) — Isaac in Gerar: Famine, Promise, Wells, Covenant
Main Story➤ A famine comes, and Isaac goes to Gerar➤ The LORD tells Isaac not to go to Egypt, but to stay where God leads➤ God renews the promise given to Abraham: blessing, land, and a great seed➤ Isaac obeys, and God blesses him greatly
Isaac and Rebekah in Gerar➤ Isaac fears the men of the place and says Rebekah is his “sister”➤ Abimelech sees the truth and corrects the matter➤ Abimelech warns the people not to harm Isaac or Rebekah➤ God still keeps His protection and promise
God’s Blessing and Envy➤ Isaac sows in the land and receives an hundredfold➤ He becomes great, and the Philistines envy him➤ They stop up the wells that Abraham’s servants dug➤ Abimelech asks Isaac to move away because Isaac has become mightier
Conflict Over the Wells➤ Isaac reopens the old wells and digs new ones➤ Herdmen quarrel, so Isaac names a well Esek (contention)➤ They quarrel again, and he names another Sitnah (hatred/strife)➤ Isaac moves on and digs again, and there is no fighting➤ He names it Rehoboth (room), saying the LORD has made room for them
Beersheba and Worship➤ Isaac goes to Beersheba➤ The LORD appears and says, “Fear not, for I am with thee”➤ Isaac builds an altar and calls upon the name of the LORD➤ He sets up his tent, and his servants dig a well
Covenant With Abimelech➤ Abimelech comes to Isaac with friends and his chief captain➤ They admit God is with Isaac and ask for peace➤ Isaac makes them a feast, and they swear to live peacefully➤ That same day, Isaac’s servants find water➤ Isaac names the well Shebah, and the city is called Beersheba
Esau’s Choice➤ Esau marries Hittite women➤ This brings grief to Isaac and Rebekah
Lessons to Remember➤ Obedience matters, even in hard times—God guides and provides➤ Fear can lead to wrong choices, but God’s promise still stands➤ Peace is better than constant fighting—sometimes moving forward is wisdom➤ God makes “room” for His people in the right time➤ Worship comes first: altar before agreement, prayer before progress
#Genesis26 #KJV #Isaac #GodsPromise #Faith #Obedience #Peace #Beersheba #Prayer #GodProvides
See less
इसहाक र अबीमेलेकको करार
1अब्राहामको समयमा परेको अनिकालबाहेक त्यस देशमा अर्को अनिकाल पनि पर्यो। तब इसहाक पलिश्तीहरूका राजा अबीमेलेककहाँ गरार देशमा गए। 2परमप्रभुले तिनीकहाँ देखा परेर तिनलाई भन्नुभयो, “मिश्रमा नजा, तर मैले तँलाई भनेकै ठाउँमा बस्। 3त्यही ठाउँमा बसोबास गर्, र म तँसँग रहनेछु, र तँलाई आशिष् दिनेछु, किनकि मैले तेरो बुबा अब्राहामसँग शपथ खाएर दिएको प्रतिज्ञा म पूरा गरेर तँलाई र तेरा सन्तानलाई यी नै देशहरू दिनेछु। 4तेरा सन्तानलाई आकाशका ताराहरूझैँ बढ़ाउनेछु, र तिनीहरूलाई यी सबै देश दिनेछु। तेरै सन्तानहरूद्वारा संसारका सबै जातिहरूले आशिष् पाउनेछन्, 5किनभने अब्राहामले मेरो वचन पालन गर्यो, र मैले दिएका आदेशहरू, मेरा आज्ञाहरू, मेरा नियमहरू र मेरा विधिविधानहरूको प्रतिपालन गर्यो।” 6यसैकारण इसहाक गरारमा नै बसे।
7त्यस ठाउँका मानिसहरूले तिनकी पत्नीको विषयमा सोधपूछ गर्दा तिनले “तिनी मेरी बहिनी हुन्” भने। किनभने “रिबेकाको खातिर त्यस ठाउँका मानिसहरूले मलाई मारिहाल्लान्” भनी रिबेकालाई आफ्नी पत्नी भन्न तिनी डराए। किनकि रिबेका अत्यन्तै सुन्दरी थिइन्।
8इसहाक त्यहाँ धेरै दिन बसेपछि पलिश्तीहरूका राजा अबीमेलेकले झ्यालबाट हेर्दा इसहाक आफ्नी पत्नी रिबेकासँग प्रेम-क्रीड़ा गरिरहेका देखे। 9यसकारण अबीमेलेकले इसहाकलाई बोलाएर भने, “हेर, तिनी त साँच्चै तिम्री पत्नी रहिछन्। किन तिमीले ‘तिनी मेरी बहिनी हुन्’ भन्यौ?”
इसहाकले उनलाई भने, “किनभने तिनको खातिर मलाई यहाँका मानिसहरूले मार्लान् भन्ने मैले सोचें।”
10अबीमेलेकले भने, “तिमीले हामीसँग यो के गरेको? कुनै मानिसले तिम्री पत्नीसित कुकर्म गर्दो हो त तिमीले हामीमाथि दोष ल्याउनेथियौ।”
11यसकारण अबीमेलेकले सबै मानिसहरूलाई यसो भनेर चेताउनी दिए, “यी मानिस अथवा यिनकी पत्नीलाई छुने जुनसुकै मानिसलाई पनि निश्चय नै मृत्युदण्ड हुनेछ।”
12इसहाकले बालीनाली लगाए, र त्यही साल तिनले सय गुणा कटनी गरे। 13परमेश्वरले तिनलाई आशिष् दिनुभयो, र तिनी धनी भए, र झन्-झन् बढ़ेर तिनी अत्यन्तै धनाढ्य भए। 14तिनका प्रशस्त भेड़ाबाख्रा, गाई-गोरु र नोकरचाकर भए। यसैकारण पलिश्तीहरूले तिनलाई डाह गर्न लागे। 15तिनका पिता अब्राहामको पालोमा उनका नोकरहरूले खनिराखेका सबै इनारहरू पलिश्तीहरूले रोके, र ढुङ्गा-माटोले पुरिदिए।
16त्यसपछि अबीमेलेकले इसहाकलाई भने, “हामीहरूबाट अब तिमी गइहाल, किनभने तिमी हाम्रा निम्ति ज्यादै शक्तिशाली भएका छौ।”
17तब त्यहाँबाट निस्केर इसहाकले गरारको बेँसीमा आफ्नो पाल टाँगेर बसोबास गर्न लागे। 18तिनले आफ्ना पिताका पालोमा खनिएका इनारहरू फेरि खन्न लाए। किनभने अब्राहामको मृत्युपछि पलिश्तीहरूले ती पुरिदिएका थिए। अनि तिनले ती इनारहरूका नाउँ आफ्ना पिताले राखेकै नाउँ राखिदिए।
19बेँसीमा खन्दा इसहाकका नोकरहरूले उम्रेको पानीको मूल भेट्टाए। 20तर गरारका गोठालाहरू इसहाकका गोठालाहरूसँग “यो पानी हाम्रो हो” भनेर झगड़ा गर्न लागे। यसकारण तिनले त्यस इनारको नाउँ एसेक राखे, किनभने उनीहरूले तिनीहरूसँग झगड़ा गरेका थिए। 21तब तिनीहरूले अर्को इनार खने, र त्यसमा पनि झगड़ा भयो। यसकारण तिनले त्यसको नाउँ सित्ना राखे। 22तिनी त्यहाँबाट अन्यत्र गए, र तिनले अर्को इनार खने। त्यसमा चाहिँ कसैले झगड़ा गरेन। यसकारण तिनले त्यसको नाउँ यसो भनेर रहोबोत (खुला ठाउँहरू) राखे, “अब त परमप्रभुले हामीलाई बस्ने ठाउँ दिनुभएको छ, र हामी यस ठाउँमा फल्दो-फुल्दो हुनेछौं।”
23त्यहाँदेखि तिनी बेर्शेबामा सरे। 24परमप्रभु त्यही रात तिनीकहाँ देखा पर्नुभयो, अनि उहाँले तिनलाई भन्नुभयो, “म तेरो पिता अब्राहामका परमेश्वर हुँ। नडरा, किनभने म तँसँग छु। म तँलाई आशिष् दिनेछु, र मेरो दास अब्राहामको खातिर म तेरा सन्तानको वृद्धि गराउनेछु।”
25तब इसहाकले त्यहाँ एउटा वेदी बनाएर परमप्रभुका नाउँको पुकारा गरे, र आफ्नो पाल त्यहीँ नै टाँगे। त्यहाँ तिनका नोकरहरूले एउटा इनार खने।
26एक दिन अबीमेलेक आफ्ना सल्लाहकार अहुज्जत र आफ्नो फौजका सेनापति पीकोललाई साथमा लिएर गरारबाट इसहाककहाँ आए। 27इसहाकले तिनीहरूलाई भने, “दुश्मनी गरेर तपाईंहरूका बीचबाट मलाई निकाल्नुभयो, र पनि तपाईंहरू अहिले किन मकहाँ आउनुभयो?”
28तिनीहरूले भने, “हामीले प्रष्टै देख्यौं कि परमप्रभु तपाईंसँग हुनुहुन्थ्यो। यसैले हामी यही भन्न चाहन्छौं कि हाम्रा बीचमा, अर्थात् तपाईं र हाम्रा बीचमा एउटा सम्झौता होस्। तपाईंसँग हामी शपथसहितको एउटा सन्धि गरौं, 29जसद्वारा तपाईंले हामीलाई केही हानि गर्नुहुनेछैन, जसरी हामीले पनि तपाईंलाई नछोईकन शान्तिसाथ पठाएका थियौं। तपाईं अब परमेश्वरका आशिष्का पात्र हुनुहुन्छ।”
30तब इसहाकले तिनीहरूका निम्ति भोज तयार गरे, र तिनीहरूले खाए र पिए। 31बिहान तिनीहरू सबेरै उठे, र आपसमा शपथ खाए। अनि इसहाकले तिनीहरूलाई बिदा दिए, र तिनीहरू शान्तिसाथ छुट्टिएर गए।
32त्यही दिन इसहाकका नोकरहरू आएर तिनीहरूले खनेका इनारको विषयमा तिनलाई भने, “हामीले पानी भेट्टाएका छौं।” 33तब तिनले त्यसको नाउँ शिबा राखे। यसकारण त्यस सहरको नाउँ आजसम्म बेर्शेबा भनिन्छ।
34एसावले चालीस वर्षको उमेरमा हित्ती बेरीकी छोरी यहूदीत र हित्ती एलोनकी छोरी बासमतलाई विवाह गरी ल्याए। 35ती स्त्रीहरूले गर्दा इसहाक र रिबेकाको जीवन अमिलो हुन गयो।
BOOK OF GEN - 27
GENESIS CHAPTER 27Jacob Takes Esau’s Blessing
Isaac is old and cannot see well. He asks Esau, his firstborn, to hunt and prepare food so Isaac can bless him before he dies.
Rebekah hears Isaac’s plan. She wants Jacob to receive the blessing instead, because God had already said the older would serve the younger. So she tells Jacob what to do.
Rebekah prepares a meal and dresses Jacob in Esau’s clothes. She covers Jacob’s hands and neck with goatskins so he will feel hairy like Esau.
Jacob goes in to Isaac and claims to be Esau. Isaac is unsure, but he feels Jacob’s hands, smells Esau’s clothing, and is convinced. Isaac then speaks the blessing over Jacob—promises of fruitfulness, authority, and God’s covenant favor.
When Esau returns with the food, the truth comes out. Esau is heartbroken and cries out for a blessing too. Isaac tells him the main blessing has already been given and cannot be taken back. Esau becomes very angry and plans revenge.
Rebekah warns Jacob, and Jacob flees to Haran to escape Esau’s anger.
Lesson / Reflection:•God’s promises will stand, but lies and manipulation bring painful consequences.•Favoritism in the family created division and sorrow.•Forgiveness and repentance are needed when sin breaks relationships.•Trust God’s plan without using deceit to “force” an outcome.
#Genesis27 #JacobAndEsau #Isaac #Rebekah #KJV #Faith #GodsPlan #Truth #Forgiveness #BibleLessons #Scripture #OldTestament #Genesis
See less
याकूबको छल
1जब इसहाक वृद्ध भए र तिनका आँखा कमजोर भएर देख्न नसक्ने भए, तब तिनले आफ्ना जेठा छोरा एसावलाई बोलाएर भने, “ए मेरो छोरो।”
उनले तिनलाई जवाफ दिए, “हजूर।”
2तिनले भने, “हेर्, म वृद्ध भएँ। मेरो मर्ने दिन कहिले आउँछ म भन्न सक्दिनँ। 3अब तेरा हतियारहरू, अर्थात् तेरो ठोक्रो र धनु लिएर मैदानमा जा, र मेरो निम्ति शिकार मारेर, 4स्वादिष्ठ तरकारी बनाई मकहाँ ले, र खाएर मेरो मृत्युअघि म तँलाई आशिष् दिऊँ।”
5इसहाकले एसावसँग यसरी कुरा गर्दा रिबेकाले सुनिरहेकी थिइन्। जब एसाव मैदानमा शिकार मारेर ल्याउन गए, 6तब रिबेकाले आफ्ना छोरा याकूबलाई भनिन्, “हेर्, तेरा पिताले तेरो दाजु एसावसँग यसो भनेर कुरा गरिरहेको मैले सुनें, 7‘शिकार मारेर मकहाँ ले, र मेरो निम्ति स्वादिष्ठ तरकारी तयार गर्, र त्यो खाएर मेरो मृत्युअघि परमप्रभुको सामुन्ने म तँलाई आशिष् दिनेछु।’ 8यसकारण ए छोरो, मैले तँलाई भनेबमोजिम मेरो कुरा मान्। 9बथानमा गएर दुई वटा असल-असल पाठा लिएर आइज, र तेरा बुबालाई मन पर्ने स्वादिष्ठ तरकारी म बनाइदिऊँ। 10अनि तैंले त्यो तेरा बुबाकहाँ लैजा, र तिनले यो खाएर आफ्नो मृत्युअघि तँलाई नै आशिष् देऊन्।”
11याकूबले आफ्नी आमा रिबेकालाई भने, “तर हेर्नुहोस्, मेरा दाजु एसाव रौँ नै रौँ भएका मानिस हुन्। मचाहिँ रौँ नभएको छु। 12शायद मेरा पिताले मलाई छाम्नुहुन्छ, र उहाँको सामु म छली देखिनेछु। र आशिष् त होइन, तर ममाथि सराप आइपर्ला।”
13तिनकी आमाले तिनलाई भनिन्, “हे मेरो छोरो, तँलाई दिएको सराप ममाथि नै परोस्। केवल मेरो कुरा मान्, र गएर ती मकहाँ ले।”
14तब तिनी गएर ती पाठा ल्याए र आमालाई दिए, र तिनले याकूबका बुबालाई मन पर्ने स्वादिष्ठ तरकारी तयार गरिन्। 15तब घरमा भएका आफ्ना जेठो छोरा एसावका असल-असल लुगाहरू झिकेर रिबेकाले ल्याइन्, र कान्छा छोरा याकूबलाई लगाइदिइन्। 16बाख्राका पाठाका छालाहरू याकूबका हात र घाँटीका रौँ नभएका भागमा तिनले लगाइदिइन्, 17अनि आफूले तयार पारेका स्वादिष्ठ तरकारी र रोटी आफ्ना छोरा याकूबका हातमा दिइन्।
18याकूबले आफ्ना पिताकहाँ गएर भने, “बुबा।”
इसहाकले भने, “हँ, तँ को होस्?”
19याकूबले आफ्ना पितालाई भने, “म तपाईंको जेठो छोरो एसाव हुँ। तपाईंले अह्राउनुभएबमोजिम मैले गरेको छु। अब उठेर बस्नुहोस्, र मैले ल्याएको शिकारको मासु खानुहोस्, र मलाई आशिष् दिनुहोस्।”
20इसहाकले आफ्ना छोरालाई भने, “छोरो, कसरी तैंले यति चाँड़ै त्यो भेट्टाउन सकिस्?”
तिनले जवाफ दिए, “परमप्रभु तपाईंका परमेश्वरले मलाई सफल गराउनुभयो।”
21तब इसहाकले याकूबलाई भने, “छोरो, नजिकै आइज, तँ मेरो छोरो एसाव होस् कि होइनस् म यसो हेरूँ।”
22याकूब आफ्ना पिताको नजिकै गए, र इसहाकले तिनलाई छामेर भने, “सोर त याकूबको हो, तर हातहरू त एसावकै हुन्।” 23तिनका हातहरू तिनका दाजु एसावकै हातजस्ता रौँ नै रौँ भएका हुनाले इसहाकले तिनलाई चिनेनन्। तब इसहाकले याकूबलाई आशिष् दिए। 24इसहाकले तिनलाई सोधे, “के तँ साँच्चै मेरो छोरो एसाव नै होस् त?”
याकूबले जवाफ दिए, “म एसाव नै हुँ।”
25तब इसहाकले भने, “तैंले शिकार गरेको मासु यहाँ ले, र म खाऊँ, र तँलाई आशिष् दिऊँ।”
तब याकूबले त्यो आफ्ना पिताकहाँ ल्याए, र उनले खाए। अनि तिनले दाखमद्य पनि लगिदिए, र उनले पिए। 26तब तिनका पिता इसहाकले तिनलाई भने, “मेरो नजिकै आएर मलाई म्वाइँ खा, मेरो छोरो।”
27याकूब नजिक गएर आफ्ना पितालाई म्वाइँ खाए। अनि इसहाकले तिनका लुगाहरूको गन्ध सुँघेर यसो भनी आशिष् दिए,
“हेर, मेरो छोराको बास्ना,
परमप्रभुले आशिष् दिनुभएको
खेतको बास्नाजस्तै छ।
28परमेश्वरले तँलाई आकाशको शीतबाट
र पृथ्वीको प्रचुरताबाट धेरै
दाखमद्य र अन्न देऊन्।
29जाति-जातिले तेरो सेवा गरून्।
र मानिसहरूले तँलाई दण्डवत् गरून्।
तेरा दाजुभाइहरूमाथि तेरो प्रभुत्व होस्,
र तेरी आमाका छोराहरूले तँलाई दण्डवत् गरून्।
तँलाई सराप्नेहरू सबै श्रापित होऊन्,
र तँलाई आशिष् दिनेहरू सबैले आशिष् पाऊन्।”
30इसहाकले आशिष् दिइसक्ने बित्तिकै याकूब आफ्ना पिता इसहाकको उपस्थितिबाट निस्केर गएका मात्र थिए, उनका दाजु एसाव शिकारबाट आइपुगे। 31उनले पनि स्वादिष्ठ तरकारी तयार गरेर आफ्नो पिताकहाँ ल्याए। र उनले आफ्नो पितालाई भने, “बुबा, उठेर आफ्नो छोराले ल्याएको शिकार खानुहोस्, र मलाई आशिष् दिनुहोस्।”
32उनका पिता इसहाकले उनलाई सोधे, “तँचाहिँ को होस्?”
उनले उत्तर दिए, “म तपाईंको जेठो छोरो एसाव हुँ।”
33इसहाक भयानकसँग कामे र भने, “त्यसोभए त्यो को थियो जसले शिकार गरेर यहाँ मकहाँ ल्यायो, र तँ आउन अघि नै मैले त्यो सबै खाएर त्यसलाई आशिष् दिइसकें? हो, त्योचाहिँ आशीर्वादी हुनेछ।”
34जब एसावले आफ्ना पिता इसहाकका यी कुरा सुने तब उनी अत्यन्तै विह्वल भई चर्को सोरले रोए र आफ्ना पितालाई भने, “बुबा, मलाई पनि आशिष् दिनुहोस्।”
35तर इसहाकले भने, “तेरो भाइ छल गरेर आयो, र तैंले पाउने आशिष् लगिहाल्यो।”
36एसावले भने, “त्यसको नाउँ याकूब राखिएको के ठीकै होइन? किनभने त्यसले मलाई दुई पल्ट ठगिसक्यो। त्यसले मेरो ज्येष्ठ-अधिकार हर्यो, र अहिले मैले पाउने आशिष् पनि लग्यो।” उनले फेरि भने, “के तपाईंले मेरो निम्ति एउटै आशिष् पनि जगेडा राख्नुभएको छैन?”
37इसहाकले एसावलाई जवाफ दिए, “हेर्, मैले त्यसलाई तेरो मालिक तुल्याइसकें। र त्यसका सबै दाजुभाइहरूलाई मैले त्यसका दास तुल्याएँ। अन्न र दाखमद्यले मैले त्यसलाई तृप्त पारेको छु। अब तेरो निम्ति म के गर्न सक्छु र, छोरो?”
38एसावले आफ्ना पितालाई भने, “तपाईंसित एउटै मात्र आशिष् छ र मेरा बुबा? मलाई पनि त आशिष् दिनुहोस्।” अनि एसाव डाँको छोड़ेर रोए।
39तब उनका पिता इसहाकले भने,
“हेर्, तेरो बसोबास पृथ्वीको
प्रशस्तपनाबाट बाहिरै हुनेछ,
र आकाशको शीतबाट बाहिर।
40तैंले आफ्नो तरवारको बलले जीविका चलाउनेछस्,
र तैंले तेरो भाइको सेवा गर्नेछस्।
तर तँ व्याकुल भएपछि
तैंले त्यसको जुवा तेरो काँधबाट
हल्लाएर फ्याँक्नेछस्।”
41आफ्ना पिताले याकूबलाई दिएको त्यस आशिष्ले गर्दा एसावले तिनीसँग दुश्मनी गर्न लागे, र एसावले मनमनै भने, “मेरा पिताको मर्ने बेला नजिकै आइपुगेको छ। त्यसपछि म मेरो भाइ याकूबलाई मार्नेछु।”
42तर तिनका जेठा छोरा एसावको यो कुरा रिबेकाकहाँ पुग्यो। यसकारण रिबेकाले आफ्ना कान्छा छोरा याकूबलाई बोलाएर भनिन्, “हेर्, तेरो दाजु एसावले तँलाई मार्ने विचार गरेर आफ्नो चित्त बुझाएको छ। 43यसकारण ए छोरो, मैले भनेको कुरा मान्। तँ हारानमा मेरा दाजु लाबानकहाँ भागेर जा, 44र तेरो दाजुको रीस नमरुञ्जेल केही दिन त्यहाँ उनीसँग बस्। 45तैंले तेरो दाजुमाथि गरेको काम त्यसले बिर्सेर तँसँग गरेको रीस मरेपछि म तँलाई त्यहाँबाट लिन पठाउनेछु। एकै दिनमा तिमीहरू दुवै जनाको वियोग मैले किन सहने?”
46तब रिबेकाले इसहाकलाई भनिन्, “यहाँका हित्ती स्त्रीहरूले गर्दा मेरो जीवनै हैरान भइसक्यो। याकूबले यस देशका केटीहरूमध्ये यस्तै एउटी केटीलाई विवाह गर्यो भने म बाँचेर के फाइदा हुन्छ?”
BOOK OF GEN - 28
GENESIS 28 — Jacob’s Ladder (Bethel)
Isaac blesses JacobIsaac sends Jacob away with God’s blessing, telling him not to marry from Canaan, but to go to Padan-aram. God’s covenant promises continue through Jacob.
➤ Jacob’s journeyJacob travels alone, unsure of the future—yet God is already watching over him.
Jacob sleeps on the stonesAt night, Jacob rests with a stone for a pillow. In his weakness and loneliness, God meets him.
The dream: a ladder to heavenJacob sees a ladder set on the earth reaching up to heaven, with angels ascending and descending—showing heaven is active, and God is in control.
➤ The LORD appears and speaksGod promises: “I am with thee… I will keep thee… I will not leave thee.”God repeats the covenant: land, descendants, and blessing to all families through his seed.
Jacob wakes in awe“Surely the LORD is in this place; and I knew it not.”Jacob realizes God’s presence is real, even in an ordinary place.
The pillar and the name “Bethel”Jacob sets up the stone as a pillar and pours oil on it, naming the place Bethel (“House of God”).
➤ Jacob’s vowJacob commits to follow God if God keeps His word—promising worship and giving (a tenth).
“And he dreamed, and behold a ladder set up on the earth, and the top of it reached to heaven.”—Genesis 28:12
LESSONS / REMINDERS➤ God meets us when we feel alone and uncertain➤ God’s promises are stronger than our fear➤ God is present even when we don’t notice➤ Worship is a response to God’s faithfulness➤ Trust God’s “I am with thee” promise
#Genesis28 #Bethel #JacobsLadder #GodIsWithYou #KJV #Faith #Prayer #GodsPromises
See less
याकूब कन्याको खोजीमा हिँडेका
1तब इसहाकले याकूबलाई बोलाएर आशीर्वाद दिए, र यसो भनेर आज्ञा गरे, “तैंले कनानी स्त्रीहरूमध्ये कसैलाई विवाह नगर्नू। 2पद्दन-आराममा तेरी आमाका बुबा बतूएलको घरमा गएर त्यहीँबाट तेरा मामा लाबानका छोरीहरूमध्ये एउटीलाई विवाह गर्। 3सर्वशक्तिमान् परमेश्वरले तँलाई आशिष् देऊन्, र तँलाई फल्दो-फुल्दो गराएर तेरो वृद्धि गराऊन्, र तँ मानिसहरूको एक समुदाय होस्। 4परमेश्वरले तँलाई र तेरा सन्तानहरूलाई अब्राहामले पाएको आशिष् देऊन्, कि तँ प्रवासी भएको यस देशमा, जो परमेश्वरले अब्राहामलाई दिनुभएको हो, तेरै अधिकार होस्।” 5यसरी इसहाकले याकूबलाई पठाए। तिनी पद्दन-आराममा एसाव र याकूबकी आमा रिबेकाका दाजु अरामी बतूएलका छोरा लाबानकहाँ गए।
6अब इसहाकले याकूबलाई आशीर्वाद दिएर पत्नी ल्याउन त्यहाँबाट पद्दन-आराममा पठाएछन्, र तिनलाई आशीर्वाद दिएर, “तैंले कनानी स्त्रीहरूमध्ये कसैलाई विवाह नगर्नू” भन्ने कुरा एसावले थाहा पाए। 7र याकूब बाबु-आमाको आज्ञा मानेर पद्दन-आरामतर्फ गएछ भन्ने पनि एसावले थाहा पाए। 8कनानी स्त्रीहरू उनका बुबालाई मन पर्दैन रहेछ भन्ने जब एसावले पत्ता लगाए, 9तब एसाव इश्माएलकहाँ गए, र उनका आफ्ना पत्नीहरूबाहेक अब्राहामका छोरा इश्माएलकी छोरी र नबायोतकी बहिनी महलतलाई आफ्नी पत्नी तुल्याएर ल्याए।
बेथेलमा याकूबको सपना
10बेर्शेबा छोड़ेर याकूब हारानतिर लागे। 11कुनै एउटा ठाउँमा पुगेपछि सूर्य अस्ताएको हुनाले तिनी त्यस रात त्यहीँ वास बसे। त्यस ठाउँका ढुङ्गाहरूबाट एउटा लिएर तिनले आफ्नो सिरान बनाएर सुत्नलाई त्यहीँ पल्टे। 12तिनले यस्तो सपना देखे: जमिनमा खड़ा गरिएको एउटा भर्याङ रहेछ, र त्यसको टुप्पाचाहिँ आकाशसम्मै पुगेको रहेछ र परमेश्वरका दूतहरू त्यसमा उक्लने र ओर्लने गर्दारहेछन्। 13परमप्रभु त्यसमाथि उभिनुभयो, र याकूबलाई भन्नुभयो, “म परमप्रभु, तेरा पिता अब्राहामका परमेश्वर र इसहाकका परमेश्वर हुँ। जुन भूमिमा तँ ढल्किरहेको छस् त्यो म तँलाई र तेरा सन्तानहरूलाई दिनेछु। 14तेरा सन्तान पृथ्वीको धूलोसरह हुनेछन्। पूर्व, पश्चिम, उत्तर र दक्षिणतिर फैलिएर तँ जानेछस्। तँ र तेरा सन्तानहरूद्वारा नै पृथ्वीका सबै मानिसहरू आशीर्वादी हुनेछन्। 15हेर्, म तँसँग छु र तँ जहाँसुकै गए तापनि तँलाई रक्षा गर्नेछु, र तँलाई यस ठाउँमा फर्काएर ल्याउनेछु। मैले तँलाई भनेको कुरा पूरा नगरुञ्जेल म तँलाई छोड्नेछैनँ।”
16तब याकूब निद्राबाट ब्यूँझेर भने, “निश्चय नै यस ठाउँमा परमेश्वर हुनुहुँदोरहेछ, र यो मलाई थाहा थिएन।” 17तिनी साह्रै डराए र तिनले भने, “यो ठाउँ कस्तो भययोग्य रहेछ। यो त परमेश्वरको घरबाहेक अरू केही होइन रहेछ। यो त स्वर्गको ढोका पो रहेछ।”
18याकूब बिहान सबेरै उठे, र आफूले सिरान बनाएको ढुङ्गा लिएर खामोजस्तै गरी खड़ा गरेर त्यसको टुप्पामा तेल खन्याए। 19तिनले त्यस ठाउँको नाउँ बेथेल राखे। पहिले त्यस ठाउँको नाउँ लूज थियो।
20तब याकूबले यसो भन्ने भाकल गरे, “यदि परमेश्वर मेरो साथमा रहनुभयो, मेरो यात्रामा मलाई रक्षा गर्नुभयो, मलाई खानलाई रोटी र लाउनलाई वस्त्र दिनुभयो, 21अनि म कुशलपूर्वक फेरि मेरा बुबाको घरमा आउन पाएँ भने, परमप्रभु नै मेरा परमेश्वर हुनुहुनेछ। 22र मैले खामो बनाएको यो ढुङ्गाचाहिँ परमेश्वरको घर हुनेछ, र तपाईंले मलाई दिनुभए जति सबैको दशांश म तपाईंलाई अवश्य चढ़ाउनेछु।”
BOOK OF GEN - 29
Genesis 29 (KJV)
Jacob Meets Rachel• Jacob travels to Haran and finds shepherds by a well• Rachel comes with her father Laban’s sheep• Jacob rolls away the stone and waters the flock• Jacob weeps for joy and tells Rachel he is Rebekah’s son (her relative)• Rachel runs to tell Laban, and Laban welcomes Jacob
Jacob Works for Rachel• Jacob stays with Laban and offers to work for Rachel• Laban agrees: Jacob will serve seven years for Rachel• Jacob’s love makes the time feel short
Laban’s Deceit• At the wedding, Laban secretly gives Leah instead of Rachel• Jacob discovers the trick the next morning• Laban says the older must be married first• Jacob “fulfills Leah’s week,” then receives Rachel too• Jacob serves another seven years for Rachel
Family Conflict• Leah is unloved, but the Lord sees her pain• God opens Leah’s womb while Rachel remains barren• Rivalry grows inside the home because of jealousy and favoritism
Leah’s Sons• Reuben — “The Lord has seen my affliction”• Simeon — “The Lord has heard”• Levi — “Now my husband will be joined to me”• Judah — “Now will I praise the LORD”
Lessons• Love and patience can endure long seasons of waiting• Deception always brings trouble and tears• God sees the unloved and hears the hurting• God’s plan moves forward even through messy family situations• True peace comes when we choose to praise the Lord, not compete for approval
#Genesis29 #KJV #Jacob #Rachel #Leah #GodSees #GodHears #TrustGod #BibleLessons
See less
लेआ र राहेलसँग याकूबको विवाह
1तब याकूब उठेर आफ्नो बाटो लागे, र पूर्ववासीहरूको देशमा पुगे। 2त्यहाँ तिनले मैदानमा एउटा इनार देखे, र त्यसको नजिक भेड़ाका तीन बगाल बसिरहेका थिए, किनकि त्यही इनारबाट मानिसहरूले बगाललाई पानी खुवाउँथे। इनारको मुख ढाक्ने एउटा ठूलो ढुङ्गा थियो। 3जब सबै बगालहरू त्यहाँ जम्मा हुन्थे, तब गोठालाहरूले इनारको मुखबाट ढुङ्गा गुड़ाएर भेड़ाहरूलाई पानी खान दिन्थे। त्यसपछि तिनीहरूले इनारको मुखमा फेरि त्यो ढुङ्गा राखिदिन्थे।
4याकूबले तिनीहरूलाई भने, “हे मेरा भाइ हो, तिमीहरू कहाँका हौ?”
तिनीहरूले भने, “हामी हारानमा बस्ने हौं।”
5तिनले भने, “तिमीहरू नाहोरका नाति लाबानलाई चिन्छौ?”
तिनीहरूले भने, “तिनलाई हामी चिन्छौं।”
6याकूबले तिनीहरूलाई सोधे, “के उहाँ सन्चै हुनुहुन्छ?”
तिनीहरूले भने, “उहाँ सन्चै हुनुहुन्छ। हेर्नुहोस्, उहाँकी छोरी राहेल भेड़ाहरू लिएर आउँदैछिन्।”
7तिनले भने, हेर, साँझ परेको छैन। भेड़ाबाख्राहरूलाई जम्मा गर्ने बेला भएको छैन। भेड़ाहरूलाई पानी खुवाएर फेरि चराउन लैजाओ।
8तिनीहरूले भने, “सबै बगालहरू जम्मा नभई अनि इनारको मुखबाट ढुङ्गा नगुड़ाइकन हामी त्यसो गर्न सक्दैनौं। त्यसपछि मात्र हामी भेड़ाहरूलाई पानी खुवाउँछौं।”
9याकूब तिनीहरूसँग कुरा गरिरहँदा, राहेल आफ्ना बुबाका भेड़ाहरू लिएर त्यहाँ आइपुगिन्, किनकि भेड़ाहरू तिनले नै चराउने गर्थिन्। 10जब याकूबले आफ्ना मामा लाबानकी छोरी राहेल र आफ्ना मामाका भेड़ाहरू देखे, तब नजिक आएर तिनले इनारको मुखको ढुङ्गा गुड़ाइदिए, र आफ्ना मामा लाबानका भेड़ाहरूलाई पानी खुवाइदिए। 11तब याकूबले राहेललाई म्वाइँ खाए, र रुन लागे। 12याकूबले राहेललाई “म तिम्रा बाबुको नातेदार, रिबेकाको छोरा हुँ” भनी बताइदिए। तब राहेल कुदेर गइन् र आफ्ना बाबुलाई यो कुरा बताइदिइन्।
13आफ्ना भानिज याकूब आएको समाचार पाउने बित्तिकै लाबान तिनलाई भेट्नलाई कुदेर आए, र तिनलाई अँगालो हालेर म्वाइँ खाए, अनि तिनलाई आफ्नो घरमा ल्याए। 14अनि याकूबले लाबानलाई सबै कुरा बताइदिए। लाबानले तिनलाई भने, “वास्तवमा तिमी मेरो हाड़ र मासु हौ।”
याकूब उनीसँग एक महिना बसेपछि 15लाबानले तिनलाई भने, “मेरा नातेदार हुँदैमा तिमीले सित्तैँमा मेरो सेवा गर्ने? ज्याला कति हुनुपर्छ मलाई भन।”
16लाबानका दुई छोरीहरू थिए। जेठीको नाउँ लेआ र कान्छीको नाउँ राहेल थियो। 17लेआका आँखा धमिला थिए, तर राहेलचाहिँ सुडौल र सुन्दरी थिइन्। याकूबले राहेललाई प्रेम गरे। 18तिनले भने, “तपाईंकी कान्छी छोरी राहेलको निम्ति सात वर्षसम्म म तपाईंको सेवा गर्नेछु।”
19लाबानले भने, “त्यसलाई अरू कोहीसँग विवाह गरिदिनुभन्दा त तिमीलाई दिनु नै असल हो। हुन्छ, मसँगै बस।” 20यसकारण याकूबले राहेलको निम्ति सात वर्षसम्म सेवा गरे। तिनले राहेललाई यति प्रेम गर्थे कि त्यो समय तिनलाई थोरै दिनजस्तो लाग्यो।
21त्यसपछि याकूबले लाबानलाई भने, “मैले तपाईंको सेवा गरिसकें। अब मेरी पत्नी हुनलाई राहेल मलाई दिनुहोस्। म तिनीसँग सहवास गर्न चाहन्छु।”
22तब लाबानले त्यस ठाउँका सबै मानिसहरू जम्मा गरेर भोज दिए। 23तर साँझमा उनले आफ्नी छोरी लेआलाई याकूबकहाँ ल्याइदिए, र याकूबले तिनीसँग सहवास गरे। 24लाबानले आफ्नी कमारी जिल्पालाई आफ्नी छोरी लेआकी कमारी हुनलाई दिए।
25याकूबले बिहान हेर्दा त लेआ पो रहिछन्। तब तिनले लाबानलाई भने, “तपाईंले मप्रति किन यस्तो गर्नुभयो? मैले राहेलको निम्ति सेवा गरेको होइन र? तपाईंले किन मसित यसरी छल गर्नुभयो?”
26लाबानले भने, “हाम्रो देशमा जेठीको भन्दा कान्छीको विवाह अघिबाट गर्नुहुँदैन। 27लेआसँग एक साता पूरा गर, र अर्को सात वर्ष मेरो सेवा गरेको सट्टामा म तिमीलाई कान्छी पनि दिइहाल्छु।”
28याकूबले त्यसै गरे, र लेआसँग एक साता पूरा गरे। तब लाबानले आफ्नी छोरी राहेललाई पनि याकूबकी पत्नीको रूपमा दिए। 29लाबानले आफ्नी कमारी बिल्हालाई आफ्नी छोरी राहेलकी कमारी हुनलाई दिए। याकूबले राहेलसँग पनि सहवास गरे। 30तिनले लेआलाई भन्दा राहेललाई बढ़ी प्रेम गर्थे, र अर्को सात साल याकूबले लाबानको सेवा गरे।
याकूबका बालबच्चा
31लेआलाई अवहेलना भएको देखेर परमप्रभुले तिनको कोख खोलिदिनुभयो। तर राहेलचाहिँ बाँझी नै रहिन्। 32लेआ गर्भवती भएर एक जना छोरो जन्माइन्, र तिनले त्यसको नाउँ यसो भनेर रूबेन राखिन्, “साँच्ची नै परमप्रभुले मेरो दु:ख देख्नुभएको छ। अब त मेरा पतिले मलाई प्रेम गर्नुहुन्छ।”
33तिनी फेरि गर्भवती भइन्, र अर्को छोरा जन्माइन्। तिनले भनिन्, “म अवहेलित भएकी छु भनी परमेश्वरले सुन्नुभएको हुनाले उहाँले मलाई यो छोरा पनि दिनुभयो।” र तिनले त्यसको नाउँ शिमियोन राखिन्।
34तिनी फेरि गर्भवती भइन् र एक जना छोरो जन्माएर भनिन्, “यस पाली त मेरा पति मप्रति आकर्षित हुनुहुनेछ, किनभने मैले उहाँको निम्ति तीन जना छोराहरू पाइसकें।” यसकारण त्यसको नाउँ लेवी राखियो।
35तिनी फेरि गर्भवती भएर छोरो पाइन् र भनिन्, “यस पाली त म परमप्रभुको प्रशंसा गर्नेछु।” यसैले त्यसको नाउँ यहूदा राखियो। त्यसपछि तिनले जन्माउन छोड़िन्।
BOOK OF GEN - 30
GENESIS 30 (KJV) — GOD REMEMBERS RACHEL
WHAT HAPPENED• Rachel had no children and cried to Jacob. (v.1)• Rachel gave Bilhah to Jacob → Dan and Naphtali were born. (v.3–8)• Leah gave Zilpah to Jacob → Gad and Asher were born. (v.9–13)• Reuben found mandrakes → Rachel wanted them → Leah made an agreement. (v.14–16)• God heard Leah → Issachar, Zebulun, and Dinah were born. (v.17–21)• God remembered Rachel → He opened her womb → Joseph was born. (v.22–24)• Jacob wanted to go home, but Laban asked him to stay because God blessed him through Jacob. (v.25–30)• Jacob’s wages became the speckled, spotted, and ringstraked livestock. (v.31–36)• Jacob used striped rods at the watering troughs → his flocks increased. (v.37–43)• Jacob prospered greatly. (v.43)
LESSONSJealousy brings pain, but God’s timing is perfect. (v.1, v.22)People may plan and bargain, but God gives the increase. (v.17, v.22)God sees the forgotten—He remembered Rachel. (v.22)God can still bless and work even in messy situations.
“And God remembered Rachel… and opened her womb.” (Genesis 30:22)
#Genesis30 #KJV #GodRemembers #Joseph #Jacob #Rachel #Leah
See less
1याकूबबाट आफ्नो केही सन्तान नभएको देखेर राहेलले आफ्नी दिदीसित डाह गर्न लागिन्। तिनले याकूबलाई भनिन्, “मलाई पनि सन्तान दिनुहोस्, नत्र म मर्नेछु।”
2याकूबले राहेलसित रिसाएर भने, “तिम्रो कोख थुनिदिने म परमेश्वरको स्थानमा छु र?”
3तब तिनले भनिन्, “मेरी कमारी बिल्हा यहीँ छे। त्यससँग सहवास गर्नुहोस् र त्यसले मेरो निम्ति बच्चा जन्माओस् र त्यसद्वारा मलाई पनि सन्तान मिलोस्।”
4यसकारण राहेलले आफ्नी कमारी बिल्हालाई याकूबकी पत्नीको रूपमा दिइन्, र याकूब त्यसकहाँ गए। 5बिल्हाले गर्भवती भएर याकूबबाट एक जना छोरो जन्माई। 6तब राहेलले भनिन्, “परमेश्वरले मलाई ठीक ठहराउनुभयो, र मेरो बिन्ती पनि सुनेर मलाई एक जना छोरो दिनुभयो।” यसकारण तिनले त्यसको नाउँ दान राखिन्।
7राहेलकी कमारी बिल्हा फेरि गर्भवती भई, र त्यसले याकूबबाट अर्को एक जना छोरो जन्माई। 8तब राहेलले भनिन्, “ज्यादै लड़न्त गरेर मैले मेरी दिदीलाई जितें।” यसैकारण तिनले त्यसको नाउँ नप्ताली राखिन्।
9आफूले जन्माउन छोड़ेको देखेर लेआले आफ्नी कमारी जिल्पालाई लगेर याकूबलाई पत्नीको रूपमा दिइन्। 10लेआकी कमारी जिल्पाले याकूबबाट एक जना छोरो जन्माई, 11र लेआले भनिन्, “भाग्यमानी।” यसैकारण तिनले त्यसको नाउँ गाद राखिन्।
12लेआकी कमारी जिल्पाले याकूबबाट अर्को एक जना छोरो जन्माई। 13अनि लेआले भनिन्, “म सुखी रहिछु। स्त्री जातिहरूले मलाई सुखी भन्नेछन्।” यसैले तिनले त्यसको नाउँ आशेर राखिन्।
14गहूँ फसलको बेलामा रूबेन खेतमा गए, र विशाखमूलहरू भेट्टाएर आफ्नी आमा लेआकहाँ ल्याए। राहेलले लेआलाई भनिन्, “कृपा गरी तपाईंको छोराले ल्याएका विशाखमूलहरूबाट मलाई केही दिनुहोस्।”
15तर लेआले तिनलाई भनिन्, “के मेरो पति मबाट खोस्नु सानो कुरो हो र, अब तिमी मेरो छोराको विशाखमूल पनि लिन खोज्छ्यौ?”
राहेलले भनिन्, “त्यसो भए तपाईंको छोराको विशाखमूलको निम्ति आज राती उहाँ तपाईंसित सुत्नुहुन्छ।”
16साँझमा याकूब खेतबाट आउँदा लेआ तिनलाई भेट गर्न गइन्, र भनिन्, “तपाईं मकहाँ आउनुपर्छ, किनभने मेरो छोराका विशाखमूलहरूसँग तपाईंलाई भाड़ामा लिएकी छु।” यसकारण याकूब त्यस रात तिनीसित सुते।
17परमेश्वरले लेआको बिन्ती सुन्नुभयो, र तिनी गर्भवती भइन्, र याकूबबाट तिनले आफ्नो पाँचौँ छोरो जन्माइन्। 18तब लेआले भनिन्, “मैले मेरी कमारी मेरा पतिलाई दिएकी हुनाले परमेश्वरले मलाई मेरो इनाम दिनुभयो।” यसकारण तिनले त्यसको नाउँ इस्साखार राखिन्।
19लेआ फेरि गर्भवती भइन्, र याकूबबाट आफ्नो छैटौँ छोरो जन्माइन्। 20तब लेआले भनिन्, “परमेश्वरले मलाई अमूल्य उपहार दिनुभएको रहेछ। अब मेरो पतिले मलाई कदर गर्नुहुनेछ, किनभने मैले उहाँको निम्ति छ जना छोराहरू जन्माइसकें।” यसैकारण तिनले त्यसको नाउँ जबूलून राखिन्।
21केही समयपछि तिनले एउटी छोरी जन्माइन्, र तिनले त्यसको नाउँ दीना राखिन्।
22तब परमेश्वरले राहेललाई सम्झनुभयो, र तिनको बिन्ती सुनेर उहाँले तिनको गर्भ खोलिदिनुभयो। 23तिनी गर्भवती भएर एक जना छोरो जन्माइन्, र भनिन्, “परमेश्वरले ममाथि परेको निन्दा हटाइदिनुभयो।” 24तिनले त्यसको नाउँ योसेफ राखिन्। अनि तिनले भनिन्, “परमेश्वरले मलाई अर्को छोरो पनि देऊन्।”
याकूबको सम्पत्ति बढ़ेको
25राहेलले योसेफलाई जन्माएपछि याकूबले लाबानलाई भने, “आफ्नो देश र घरमा जान मलाई बिदा दिनुहोस्। 26मलाई मेरा पत्नीहरू र छोराछोरीहरू लैजान दिनुहोस्, जसका निम्ति मैले तपाईंको चाकरी गरेको छु। मलाई जान दिनुहोस्, किनभने मैले गरेको सेवा तपाईंलाई थाहै छ।”
27तर लाबानले तिनलाई भने, “ममाथि तिम्रो निगाह भए, बस। पूर्वलक्षणद्वारा मलाई थाहा भएको छ कि परमप्रभुले तिम्रो खातिर मलाई आशिष् दिनुभएको छ। 28ज्याला कति लिन्छौ मलाई भन, र म तिमीलाई त्यति दिउँला।”
29याकूबले लाबानलाई भने, “मैले तपाईंको कस्तो सेवा गरेको छु, र तपाईंका गाईबस्तु मसित कसरी सप्रेका छन् सो तपाईं आफै जान्नुहुन्छ। 30म आउनुभन्दा अघि तपाईंसँग थोरै थिए र अहिले प्रशस्त भएको छ। मैले जहाँ हात लगाए पनि परमप्रभुले तपाईंलाई आशिष् दिनुभएको छ। तर अब मेरो आफ्नै घरबारको निम्तिचाहिँ मैले कहिले व्यवस्था गर्ने?”
31उनले भने, “म तिमीलाई के दिऊँ त?”
याकूबले भने, “तपाईं मलाई केही नदिनुहोस्। तर यदि तपाईंले मेरो निम्ति यति एउटा कुरा गर्नुहुन्छ भने, म तपाईंका बगालहरूको हेरचाह गरी चराउँदैरहनेछु। 32आज तपाईंका सबै बगालबाट थोप्ले र पेटारे भेड़ा र कालो थुमा, र बाख्राहरूमध्येबाट पनि थोप्ले र पेटारे जति छुट्ट्याउँदैजान दिनुहोस्। मेरो ज्याला तिनीहरू नै होऊन्। 33अनि तपाईं पछि यसअनुसार मेरो ज्यालाको हिसाब गर्नुहुँदा मेरो ईमानदारीले नै मेरो निम्ति जवाफ दिनेछ। बाख्राहरूमध्येका थोप्ले र पेटारे नभए जत्ति र थुमाहरूमध्ये काला नभए जत्ति मसँग फेला पर्यो भने मैले ती चोरेको ठहरिनेछ।”
34लाबानले भने, “हुन्छ, तिमीले भनेजस्तै होस्।” 35त्यस दिन पेटारे र थोप्ले बोकाहरू र पेटारे र थोप्ले बाख्रीहरू (जसका सेता दाग थिए) र हरेक काला थुमा लाबानले छुट्ट्याएर आफ्ना छोराहरूको जिम्मामा लगाइदिए। 36तब याकूब र उनको बीचमा लाबानले तीन दिनको बाटो जति अन्तर राखे। अनि याकूबले चाहिँ लाबानका बाँकी बगालहरू चराउन लागे।
37तब याकूबले लहरे-पीपल, हाड़े-बदाम र चिनारका रूखका भर्खर काटिएका हाँगाहरू लिएर तिनमा सेता-सेता धर्का बनाउनलाई तिनका बोक्रा ताछे। 38अनि तिनले ती हाँगाहरू बगालले पानी खान आउने ठाउँमा बगालहरूका सामुन्ने तिनीहरूका पानी खाने डूँड़मा राखे। तिनीहरू पानी खान आउँदा त्यहीँ मिसिन्थे। 39ती बगालहरू ती हाँगाहरूका सामुन्ने मिसिने भएका हुनाले तिनीहरूले पाठा-पाठी पनि त्यस्तै छिर्केमिर्के, पेटारे र थोप्ले बियाए। 40याकूबले ती पाठाहरू छुट्ट्याएर बाँकी बगालचाहिँ लाबानका बगालका छिर्केमिर्के र काला-कालाहरूतिर पठाइदिए। यसरी तिनले आफ्ना बगालचाहिँ लाबानका बगालसित नमिसाएर अलग्गै राखे। 41ती हाँगाहरूका सामु मिसिऊन् भनेर बलिया-बलिया बगालहरू मिसिने बेलामा चाहिँ याकूबले डूँड़मा ती बगालका आँखाकै सामु ती हाँगाहरू राखिदिन्थे। 42तर निर्धा बगालहरूका निम्तिचाहिँ तिनले ती हाँगाहरू राखिदिँदैनथे। यसकारण निर्धा जत्ति लाबानका भए, र बलिया जत्तिचाहिँ याकूबका भए। 43यसरी याकूब अत्यन्तै धनी भए, र तिनका ठूला-ठूला बगाल, नोकर-चाकर, ऊँट र गधाहरू पनि भए।
BOOK OF GEN - 31
JACOB LEAVES LABAN & THE COVENANTGenesis 31:1–55 (KJV)
WHAT HAPPENED• Laban’s sons became jealous, and Laban’s attitude toward Jacob changed.• The LORD told Jacob to return to the land of his fathers, and promised to be with him.• Jacob spoke to Rachel and Leah and explained how Laban had dealt unfairly with him, but God protected and blessed him.• Jacob left secretly with his family and flocks.• Rachel took her father’s idols (images).• Laban pursued Jacob and chased him for days until they met at Mount Gilead.• God warned Laban in a dream not to speak good or bad to Jacob.• Laban confronted Jacob and searched for the idols, but Rachel hid them, and they were not found.• Jacob defended himself, reminding Laban of many years of hard service and how God saw the wrong and helped him.• They made a covenant and set up a stone heap/pillar as a witness between them.• They agreed not to cross that boundary to harm one another.• Laban blessed his daughters and grandchildren and returned home.
THE COVENANT (MIZPAH)• A witness before God.• “The LORD watch between me and thee…”• A boundary of peace: no crossing for harm.
MAIN LESSONS• God can lead you out of unfair situations.• God’s favor is greater than manipulation and cheating.• Peace needs boundaries, and promises should be honored before God.
#Genesis31 #Jacob #Laban #Rachel #Leah #Mizpah #Covenant #KJV #GodIsFaithful #GodsProtection #GodsGuidance #TrustGod #Obedience #Prayer #Peace #Boundaries #ChristianLife #Scripture #OldTestament
See less
याकूब लाबानको घरबाट सुटुक्क भागेका
1लाबानका छोराहरूले यसो भनिरहेका याकूबले सुने, “हाम्रा बुबाका सबै थोक याकूबले लिइसके, र हाम्रा बुबाकै सम्पत्तिबाट तिनले यत्ति धेरै पाएका छन्।” 2र याकूबले लाबानको व्यवहार हेर्दा पनि आफूप्रति तिनको भावना पहिलेजस्तै नभएको देखे।
3तब परमप्रभुले याकूबलाई भन्नुभयो, “तेरा पिता-पुर्खा र तेरो कुटुम्बकहाँ फर्केर जा, र म तँसँग हुनेछु।”
4यसकारण याकूबले राहेल र लेआलाई आफ्ना बगाल भएको खर्कमा बोलाइपठाए, 5र तिनीहरूलाई भने, “तिमीहरूका बुबाको मप्रतिको भावना पहिलेजस्तै नभएको म देख्दैछु। तर मेरा पिताका परमेश्वर मसँग हुनुभएको छ। 6मेरो बलले भ्याएसम्म मैले तिमीहरूका बुबाको सेवा गरेको तिमीहरूलाई थाहै छ। 7तापनि तिमीहरूका बुबाले मलाई ठग्नुभएको छ, र मेरो ज्याला दश पल्ट बदल्नुभएको छ। तर परमेश्वरले तिनलाई मेरो हानि गर्न दिनुभएन। 8उनले थोप्ले जत्ति तिम्रो ज्याला होस् भन्दा सबै बगालले थोप्ले नै बियाए। अनि उनले पेटारे जत्ति तिम्रो ज्याला होस् भन्दा सबै बगालले पेटारे नै बियाए। 9यसरी परमेश्वरले तिमीहरूका बुबाका बगालहरू लिएर मलाई दिनुभयो।
10“बगाल मिसिने बेलामा बगालमाथि चढ्ने बोकाहरू पेटारे, थोप्ले र छिर्केमिर्के भएका सपनामा मैले देखें। 11त्यस बेला परमेश्वरका दूतले सपनामा मलाई ‘ए याकूब’ भन्नुभयो। मैले भनें ‘हजूर।’ 12र उहाँले भन्नुभयो, ‘तेरा आँखा उठाएर बगालमाथि चढ्ने सबै बोकाहरूलाई हेर्। ती पेटारे, थोप्ले र छिर्केमिर्के छन्, किनकि लाबानले तँमाथि जे गरिरहेछ सो मैले देखेको छु। 13तैंले खामामा तेल खन्याएको र भाकल गरेको ठाउँ बेथेलका परमेश्वर म नै हुँ। अब उठ्, यस ठाउँबाट फर्केर तेरो जन्मभूमिमा जा’।”
14तब राहेल र लेआले तिनलाई भने, “हाम्रा बुबाको घरमा हाम्रा निम्ति हकको केही अंश छ र? के उहाँले हामीलाई विदेशीजस्तै सम्झनुभएको छैन र? 15उहाँले त हामीलाई बेचिदिनुभयो, र हाम्रा निम्ति दिइएको पैसा पनि आफैले चलाइसक्नुभएको छ। 16हाम्रा बुबाबाट परमेश्वरले लानुभएको सबै सम्पत्ति हाम्रै र हाम्रा छोराछोरीहरूको भएको छ। अब परमेश्वरले तपाईंलाई जे-जसो गर्नू भन्नुभयो त्यसै गर्नुहोस्।”
17तब याकूब उठेर आफ्ना छोराहरू र पत्नीहरूलाई ऊँटहरूमाथि राखे। 18अनि तिनले आफ्ना सबै गाईबस्तुलाई अगि धपाई पद्दन-आराममा रहँदा आफूले प्राप्त गरेका जम्मै सम्पत्ति लिएर आफ्ना पिता इसहाककहाँ कनान देशमा जानलाई तिनी निस्के।
19त्यस बेला जब लाबानचाहिँ आफ्ना भेड़ाको ऊन कत्रन गएका थिए, तब राहेलले आफ्ना बुबाका घर-देवताहरू चोरेर लगिन्। 20त्यसबाहेक अरामी लाबानलाई याकूबले झुक्क्याए, कारण तिनको भाग्ने मति छ भनेर तिनले उनलाई बताएनन्। 21यसरी आफूसँग भएका सबै कुरा लिएर याकूब भागेर महानदी यूफ्रेटिस तरे, र गिलादको पहाड़ी देशतर्फ लागे।
लाबानले याकूबलाई लखेटेका
22तेस्रो दिनमा याकूब भागेको खबर लाबानले सुने, 23अनि उनले आफ्ना दाजुभाइहरूलाई साथमा लिएर सात दिनसम्म तिनलाई लखेटे, र गिलादको पहाड़ी देशमा तिनलाई भेट्टाए। 24तब अरामी लाबानकहाँ राती सपनामा परमेश्वर देखा पर्नुभयो, र उनलाई भन्नुभयो, “होशियार गर्, तैंले याकूबलाई असल कि खराब केही कुरा नभन्।”
25लाबानले याकूबलाई भेट्टाउँदा याकूबले आफ्नो पाल गिलादको पहाड़ी देशमा टाँगेका थिए, र लाबानले पनि आफ्ना दाजुभाइहरूका साथमा त्यहीँ पाल टाँगे। 26लाबानले याकूबलाई भने, “तिमीले मलाई झुक्क्याएर मेरा छोरीहरूलाई लड़ाइँका कैदीहरूलाई झैँ लगेर यो के गरेको? 27तिमी किन मलाई नभनीकन सुटुक्क भागेर मलाई धोका दियौ? म वीणा र खैँजड़ीको खुशीयालीमा तिमीलाई पठाउनेथिएँ। 28मेरा नातिनातिना र छोरीहरूलाई बिदाइको म्वाइँ खान मलाई किन दिएनौ? यो तिमीले मूर्खता गर्यौ। 29तिमीलाई हानि गर्ने शक्ति मसँग छ। तर तिम्रा बुबाका परमेश्वरले हिजो राती मलाई यसो भन्नुभयो, 30‘होशियार गर्, तैंले याकूबलाई असल कि खराब केही पनि नभन्।’ अब तिम्रा बुबाको घरमा जान तिमीले ज्यादै इच्छा गरेका हुनाले तिमी हिँड़ेका छौ, तर मेरा देवताहरूचाहिँ किन चोर्यौ?”
31याकूबले लाबानलाई जवाफ दिए, “तपाईंले आफ्ना छोरीहरूलाई मबाट जबरजस्तसाथ खोस्नुहुन्छ कि भन्ने मलाई डर लाग्यो। 32तर तपाईंका देवताहरू जससँग भेट्टाउनुहुन्छ त्यो जीवित रहनेछैन। मसँग भएको तपाईंको कुन चीज छ सो हाम्रा कुटुम्बका सामुन्ने चिन्नुहोस्, र लिनुहोस्।” राहेलले ती चोरेकी याकूबलाई थाहै थिएन।
33तब लाबान याकूबको पालभित्र, त्यसपछि लेआको र दुवै कमारीहरूका पालभित्र पसे, तर केही पाउन सकेनन्। उनी लेआको पालबाट निस्केर राहेलको पालभित्र पसे। 34तर राहेलचाहिँ ती घर-देवताहरू लिएर आफ्नो ऊँटको काठीमा राखी तीमाथि बसिरहेकी थिइन्। लाबानले पालमा जताततै धुँइधुँइती खोजे तर ती पाउनै सकेनन्।
35राहेलले आफ्ना बुबालाई भनिन्, “हजूर, मसँग नरिसाउनुहोला। म नछुने भएकी हुनाले मैले तपाईंको अगाड़ि उठ्नु भएन।” यसरी उनले खोज्न त खोजे, तर ती घर-देवताहरू भेट्टाउन सकेनन्।
36याकूब झोकिए, र लाबानलाई हप्काएर भने, 37“मेरो अपराध के छ र तपाईंले मलाई यसरी लखेट्नुभयो? अब तपाईंले मेरा सबै मालतालहरूको खानतलाशी लिनुभयो। तपाईंका घरेलु मालहरूमध्ये के भेट्टाउनुभयो खै? ती तपाईंका र मेरा कुटुम्बहरूका अगाड़ि राखिदिनुहोस्। यिनीहरूले हामी दुईका बीचमा इन्साफ गरिदिनेछन्।”
38“यी बीस वर्षदेखि म तपाईंसँग छु। त्यतिञ्जेल तपाईंका भेड़ीहरू र बाख्रीहरूका गर्भ कहिल्यै तुहेनन्। मैले तपाईंका बगालका भेड़ाहरू खाइनँ। 39जङ्गली जनावरहरूले फहराएकाहरूलाई पनि तपाईंकहाँ मैले ल्याउँदिनथें। बरु क्षतिपूर्ति मैले गर्थें। दिनमा होस् वा रातमा होस् चोरी भएकाहरूको मोल पनि तपाईंले मबाटै लिनुहुन्थ्यो। 40दिउँसोको गर्मीले र रातको चिसोले मलाई क्षीण बनाएको थियो— मेरो हालत यस्तै थियो। मेरा आँखामा पटक्कै निद्रा लाग्दैनथ्यो। 41यी बीस वर्ष म यसरी तपाईंको घरमा रहें। तपाईंका दुई छोरीहरूका निम्ति मैले चौध वर्ष सेवा गरें, र छ वर्षसम्म तपाईंका बगालको हेरचाह गरें। र तपाईंले मेरो ज्याला दश चोटि बदल्नुभयो। 42मेरा बुबाका परमेश्वर, जो अब्राहामका परमेश्वर, जो इसहाकको “भय” हुनुहुन्छ, यदि उहाँ मसँग नहुनुभए निश्चय नै अहिले तपाईंले मलाई रित्तै हात पठाउनुहुनेथियो। तर परमेश्वरले मेरो कष्ट र मेरो हातको मेहनत देख्नुभयो, र तपाईंलाई गत रात हप्काउनुभएको हो।”
43लाबानले जवाफमा याकूबलाई भने, “यी छोरीहरू मेरै छोरीहरू हुन्। यी छोराछोरी पनि मेरै छोराछोरी हुन्। यी बगालहरू मेरै बगालहरू हुन्, र तिमी यहाँ जो देख्छौ सबै मेरै हुन्। तर आज यी मेरा छोरीहरू र तिनीहरूले जन्माएका छोराछोरीहरूलाई म के गर्न सक्छु र? 44अब आऊ, तिमी र म आपसमा एउटा करार बाँधौं, र तिम्रो र मेरो बीचमा त्यही नै साक्षी होस्।”
45तब याकूबले एउटा ढुङ्गो ल्याएर खामोजस्तै खड़ा गरे। 46अनि याकूबले आफ्ना दाजुभाइहरूलाई भने, “तपाईंहरू पनि ढुङ्गाहरू ल्याउनुहोस्।” तिनीहरूले ढुङ्गा ल्याएर एक थुप्रो लगाए, र तिनीहरूले त्यही ढुङ्गाको थुप्रोनेर खानपान गरे। 47लाबानले त्यस ढुङ्गाको थुप्रोको नाउँ यगर-सहदूता राखे, र याकूबले त्यसलाई गलेद भने।
48लाबानले भने, “आज यो ढुङ्गाको थुप्रो तिम्रो र मेरो बीचमा साक्षीको रूपमा खड़ा छ।” 49यसैकारण त्यसको नाउँ गलेद राखियो। त्यसको नाउँ मिस्पा पनि थियो, किनभने उनले भने, “हामी एक-अर्काबाट अलग हुँदा पनि तिम्रो र मेरो बीचमा परमप्रभुले हेरचाह गरून्। 50तिमीले मेरा छोराछोरीहरूलाई अनर्थ गर्यौ भने अथवा मेरा छोरीहरूबाहेक अरू पत्नीहरू ल्यायौ भने, हामीसँग कोही मानिस नभए तापनि याद गर, तिम्रो र मेरो बीचमा परमेश्वर साक्षी हुनुहुन्छ।
51लाबानले याकूबलाई फेरि भने, “मैले तिम्रो र मेरो बीचमा खड़ा गरेर राखेको यो ढुङ्गाको थुप्रो र खामो हेर। 52यो थुप्रो र यो खामो साक्षी रहून् कि यो थुप्रो नाघेर म तिमीकहाँ हानि गर्न पारि आउनेछैनँ, अनि यो थुप्रो र खामो नाघेर तिमी पनि मकहाँ हानि गर्नलाई वारि नआऊ। 53अब्राहामका परमेश्वर र नाहोरका परमेश्वर र उनीहरूका पिताका परमेश्वरले हाम्रा बीचमा इन्साफ गरून्।”
यसकारण याकूबले आफ्ना पिता इसहाकको “भय” साक्षीको रूपमा राखेर शपथ खाए। 54याकूबले त्यस पहाड़ी देशमा बलिदान चढ़ाए, र आफ्ना कुटुम्बहरूलाई खानपान दिए। तिनीहरू खानपान गरेर त्यो रात त्यही ठाउँमा बिताए।
55लाबान बिहान सबेरै उठे, आफ्ना नाति-नातिनाहरू र छोरीहरूलाई म्वाइँ खाएर तिनीहरूलाई आशीर्वाद दिए। त्यसपछि उनी बिदा भएर घर फर्के।
BOOK OF GEN - 32
JACOB AND ESAU — GENESIS 32 (KJV)
Jacob continued his journey back to Canaan, and the angels of God met him. Jacob knew God was with him, so he named the place Mahanaim (“two camps”).
Jacob sent messengers to Esau, speaking humbly and calling Esau “my lord.” The messengers returned saying Esau was coming with 400 men. Jacob became afraid, so he divided his people and flocks into two groups, hoping one could escape if the other was attacked.
Jacob prepared wisely, but he also prayed earnestly. He reminded God of His promises, confessed his unworthiness, and asked for deliverance from Esau, trusting God to keep His Word.
After praying, Jacob acted in humility by sending many gifts ahead to Esau—herds and servants—to seek peace and “find grace” in Esau’s sight.
That night Jacob brought his family across the stream and stayed behind alone. Then a Man wrestled with him until daybreak. Jacob would not let go without a blessing. The Man changed Jacob’s name to Israel, showing that Jacob had struggled with God and men and prevailed.
Jacob realized this was a holy encounter, so he called the place Peniel, saying he had seen God “face to face” and lived. Jacob’s hip was touched, and he went forward limping—but he also went forward changed.
⸻
LESSONS & LIFE APPLICATION Fear should drive you to prayer, not panic. Humility opens doors that pride closes. Make peace when possible and do what is right. Wrestling in prayer builds strong faith. God can change your identity, not just your situation. Even with a limp, keep walking with God.
What are you afraid of today?Bring it to God in prayer—trust His promises, humble yourself, and keep walking forward.
#Genesis32 #Jacob #Israel #Prayer #Faith #Peniel #KJV
See less
एसावसँग भेट गर्ने याकूबले तयारी गरेका
1याकूब पनि आफ्नो बाटो लागे, र परमेश्वरका दूतहरूले तिनीसँग भेट गरे। 2याकूबले उनीहरूलाई देखेर भने, “यो त परमेश्वरको छाउनी हो।” यसकारण तिनले त्यस ठाउँको नाउँ महनोम राखे।
3याकूबले एदोमका देशको सेइरमा आफ्ना दाजु एसावकहाँ आफ्नो अगि दूतहरू पठाए। 4याकूबले तिनीहरूलाई यसो भन्ने आज्ञा दिए: “तिमीहरूले मेरा मालिक एसावलाई यसो भन्नू, ‘तपाईंको दास याकूब यसो भन्छ, म लाबानसँग बसोबास गरी अहिलेसम्म त्यहीँ रहें। 5मसँग गाई-गोरु, गधा, भेड़ाबाख्रा र नोकर-चाकरहरू छन्, र तपाईंबाट निगाह पाइएला भन्ने हेतुले अहिले तपाईंकहाँ मैले बिन्ती गर्न पठाएको हुँ’।”
6ती दूतहरू याकूबकहाँ फर्केर आई यसो भने, “हामी तपाईंका दाजु एसावकहाँ गयौं, र उहाँ तपाईंसँग भेट गर्न चार सय मानिसहरूका साथमा आउँदैहुनुहुन्छ।”
7तब याकूब साह्रै डराएर आकुल भए। तिनले आफूसँग भएका मानिसहरू, भेड़ाबाख्राका बगालहरू, गाई-गोरुका बथानहरू र ऊँटहरूलाई दुई दलमा विभक्त गरे। 8“यदि एसाव आएर एक दललाई आक्रमण गरे पनि अर्को दल त उम्कन सक्ला” भनी तिनले सोचे।
9तब याकूबले प्रार्थना गरे, “हे मेरो पिता अब्राहामका परमेश्वर, र मेरो बुबा इसहाकका परमेश्वर, हे परमप्रभु, जसले मलाई ‘तँ तेरै देशमा तेरा कुटुम्बहरूकहाँ जा, र म तेरो भलाइ गर्नेछु’ भन्नुभएको थियो। 10तपाईंले आफ्नो दासलाई जत्ति करुणा र विश्वासयोग्यता देखाउनुभएको छ त्यसको म कत्ति पनि योग्य छैनँ। किनभने एउटा लाठो मात्र लिएर मैले यसो यर्दन नदी तरेको थिएँ। तर अहिले मेरा दुई वटा दल भएका छन्। 11म बिन्ती गर्दछु, मलाई मेरा दाजु एसावको हातबाट बचाउनुहोस्, किनकि उनीसँग मलाई डर लाग्छ, कि उनले आमा, छोराछोरीहरूसमेत हामी जम्मैलाई आक्रमण गर्लान्। 12तर तपाईंले भन्नुभएको छ, ‘साँच्ची नै म तेरो भलाइ गर्नेछु, र तेरा सन्तानहरू समुद्रका बालुवासरह तुल्याउनेछु, जो गन्न सकिने छैन’।”
13तिनी त्यस रात त्यहीँ वास बसे, र आफूसँग भएको सम्पत्तिबाट तिनले दाजु एसावको निम्ति सौगात छुट्ट्याए: 14अर्थात्, दुई सय बाख्री, बीस वटा बोका, दुई सय भेड़ी, बीस वटा भेड़ा, 15तीस दुहुना ऊँट र तिनका बच्चा, चालीस गाई र दश साँढ़े, बीस गधैनी र दश गधा। 16यी सबैका लागि तिनले बथान गरी आफ्ना कमारीहरूलाई जिम्मा लगाए, र तिनीहरूलाई भने, “मभन्दा अगिअगि जाओ, र बथान-बथानका बीचमा केही खाली ठाउँ राख।”
17तिनले सबैभन्दा अगिल्लालाई यसो भने, “मेरा दाजु एसावले तँलाई भेटेर ‘तँ कसको मानिस होस्, तँ कहाँ जाने होस्, तेरो अगिअगि गएका यी बथानहरू कसका हुन्?’ भनेर सोध्नुभयो भने, 18तैंले यसो भन्नू: ‘ती त तपाईंका दास याकूबका हुन्। यी जम्मै मेरा प्रभु एसावको निम्ति सौगातको रूपमा पठाएका हुन्। हेर्नुहोस्, तिनीचाहिँ हाम्रा पछिपछि आउँदैछन्’।”
19तिनले दोस्रो, तेस्रो र बथानका पछिपछि लाग्ने जम्मैलाई आज्ञा दिए: “एसावलाई भेट्दा तिमीहरूले उही किसिमले भन्नू। विशेष गरी तिमीहरूले यसो भन्नू, 20‘हेर्नुहोस्, तपाईंका दास याकूब हाम्रा पछिपछि आउँदैछन्’।” किनभने तिनले यस्तो विचार गरे, “मेरो अगिअगि गएको सौगातले म उनको रीस साम्य गर्न सक्छु होला। त्यसपछि म उनको सामु पर्दा शायद उनले मलाई ग्रहण गर्नेछन्।” 21यसैकारण ती सौगात तिनीभन्दा अगाड़ि गए, र तिनी आफैचाहिँ त्यस रात आफ्नै पालमा बसी बिताए।
याकूब र स्वर्गदूतको कुश्ती
22त्यस रात याकूब उठे, र तिनका दुई पत्नी, दुई कमारी, र एघारै छोराहरूलाई लिएर यब्बोक नदी तरे। 23तिनले तिनीहरूलाई खोलाको पारि पठाएपछि, त्यसै गरी तिनले आफूसित भएका सबै कुरा पनि पठाए। 24यसरी याकूबचाहिँ एकलै छोड़िए। अनि एक जना व्यक्ति उज्यालो नहोउञ्जेल तिनीसित कुश्ती लड़े। 25यी व्यक्तिले याकूबलाई जित्न नसकेका देखेर याकूबका कम्मरको खोक्रो भाग छोए, र उनीसित कुश्ती लड्दालड्दै याकूबको कम्मरको गेड़ी फुस्क्यो। 26तब ती व्यक्तिले भने, “उज्यालो हुन लाग्यो। मलाई जान देऊ।”
तर याकूबले भने, “मलाई आशीर्वाद नदिउञ्जेल म तपाईंलाई जान दिन्नँ।”
27उनले तिनलाई भने, “तिम्रो नाउँ के हो?”
तिनले भने, “याकूब।”
28त्यस व्यक्तिले भने, “अब उप्रान्त तिम्रो नाउँ याकूब होइन तर इस्राएल हुनेछ, किनभने तिमीले परमेश्वर र मानिसहरूसँग लड़न्त गर्यौ, अनि विजयी भयौ।”
29तब याकूबले उनलाई सोधे, “बिन्ती छ, मलाई भन्नुहोस्, तपाईंको नाउँ के हो?”
तर उनले उत्तर दिए, “मेरो नाउँ तिमी किन सोध्छौ?” अनि उनले तिनलाई आशीर्वाद दिए।
30यसकारण याकूबले त्यस ठाउँको नाउँ पनीएल राखे, किनकि “परमेश्वरको सम्मुखै परे तापनि मेरो ज्यान बाँच्यो” भनी तिनले भने।
31तिनको कम्मरले गर्दा तिनी खोच्याई-खोच्याई हिँड़ेर पनीएल नाघिसक्दा सूर्योदय भयो। 32तिनका कम्मरको नसो छोइएको हुनाले आजसम्म इस्राएलीहरू कम्मरको नसो खाँदैनन्।
BOOK OF GEN - 33
Genesis 33:1–20 — Jacob & Esau Reconciled (KJV)
-Jacob is returning from Padan-aram and is afraid to meet Esau.-Esau comes toward him with 400 men.
What Happened• Jacob arranged his family in groups, placing the handmaids and their children first, then Leah and her children, and Rachel and Joseph last.• Jacob went ahead of them all and bowed himself to the ground seven times as he approached Esau—showing humility and seeking peace.• Instead of revenge, Esau ran to meet Jacob, embraced him, fell on his neck, kissed him, and they wept. Their long conflict softened into reconciliation.• Esau asked about Jacob’s family, and Jacob testified that his children were God’s gracious gift.• Jacob insisted Esau accept the gifts he had sent. Esau first said he had enough, but Jacob urged him to receive them as a sign of restored relationship and favor.• Jacob said, “I have seen thy face, as though I had seen the face of God, and thou wast pleased with me.” (Gen. 33:10)• They agreed to part peacefully. Esau returned to Seir, and Jacob continued his journey at a careful pace for the sake of his children and flocks.
Jacob’s Journey After• Jacob came to Succoth and built a house for himself and booths for his cattle.• He later came safely to Shalem, a city of Shechem in Canaan.• He bought a piece of land from the children of Hamor for a hundred pieces of money (Gen. 33:19).• Jacob set up an altar and called it El-elohe-Israel — “The mighty God of Israel.” (Gen. 33:20)
Meaning• God can restore broken relationships through humility, repentance, and mercy.• Reconciliation is not just words—it is shown through actions, peace, and restored honor.
Lessons• Seek peace and forgiveness even when fear and past wounds are real.• Humility can open the door to healing.• God can change hearts and turn conflict into restoration.• Give God the glory after victory—Jacob worshiped and built an altar to the Lord.
#Genesis33 #JacobAndEsau #Reconciled #Forgiveness #Peace #Restoration #KJV #OldTestament #BookOfGenesis #GodsGrace #Humility #Faith #TrustGod #ElEloheIsrael #BibleTruth #Scripture #GodsWord #ChristianPost #DailyBible #BibleLearning
See less
याकूब र एसावको शान्तिपूर्वक भेटघाट
1याकूबले आफ्ना आँखा उठाएर हेर्दा एसाव र तिनका साथमा चार सय मानिसहरू आइरहेका देखे। तिनले आफ्ना छोराछोरीहरूलाई लेआ, राहेल र दुई कमारीहरूको जिम्मामा विभक्त गरिदिए। 2तिनले कमारीहरू र तिनका छोराहरूलाई सबैभन्दा अगाड़ि, त्यसपछि लेआ र तिनका छोराछोरीहरू, र राहेल र योसेफलाई सबैभन्दा पछि राखे। 3तिनीहरू सबैका अगि तिनी आफैचाहिँ आफ्ना दाजुको नजिक नपुगुञ्जेल सात चोटि भूइँमा ढोग्दैगए।
4तर एसाव तिनीकहाँ दौडँदै आएर तिनलाई अँगालो हाले, र छातीमा टाँसेर तिनलाई म्वाइँ खाए, र तिनीहरू दुवै खूब रोए। 5तब एसावले यसो हेर्दा ती स्त्रीहरू र केटाकेटीहरूलाई देखेर भने, “तिमीसँग भएका यिनीहरूचाहिँ को हुन्?”
याकूबले भने, “परमेश्वरले हजूरको दासलाई अनुग्रह गरी दिनुभएका मेरा बालबच्चा हुन्।”
6तब कमारीहरू र तिनका छोराछोरीहरू नजिक आएर एसावलाई ढोग गरे। 7त्यसपछि लेआ र तिनका छोराछोरीहरू आएर ढोग गरे। सबभन्दा पछि योसेफ र राहेल आए, र तिनीहरूले पनि ढोग गरे।
8एसावले याकूबलाई सोधे, “मैले भेटेका यी सबै बथानको अर्थ के हो?”
याकूबले जवाफ दिए, “मैले हजूरबाट अनुग्रह पाउनलाई हो।”
9तर एसावले भने, “भाइ, मसँग प्रशस्तै छ। तिम्रो जो छ तिमीसँगै रहोस्।”
10याकूबले भने, “होइन, तपाईंको निगाह ममाथि छ भने कृपा गरी मेरो हातको यो सौगात ग्रहण गर्नुहोस्। किनभने यति ठूलो निगाह देखाएर तपाईंले मलाई स्वागत गर्नुभयो कि साँच्ची नै तपाईंको दर्शन पाउँदा मलाई त परमेश्वरकै दर्शन पाएझैँ लाग्यो। 11अब बिन्ती छ, तपाईंलाई नै भनेर ल्याएको मेरो यो सौगात ग्रहण गर्नुहोस्, किनभने परमेश्वरको अनुग्रह ममाथि भएको हुनाले मसँग प्रशस्तै छ।” यसरी याकूबले जिद्दी गरे, र एसावले ती लिए।
12तब एसावले भने, “अब हामी अगि बढ़ौं। म तिमीलाई साथ दिनेछु।”
13तर याकूबले उनलाई भने, “हजूरलाई जाहेरै छ कि यी केटाकेटीहरू कलिलै छन्, र दुहुना बथानहरूको मलाई फिक्री लाग्छ। तिनीहरूलाई एकै दिन पनि बेसी धपाए भने सबै मरिजालान्। 14यसकारण म हजूरलाई बिन्ती गर्दछु, कि तपाईं नै मभन्दा अगि जानुहोस्। मचाहिँ मभन्दा अगाड़ि गएका गाईबस्तुहरू र यी बालबच्चाहरूको चालअनुसार हजूरकहाँ सेइरमा नआइपुगुञ्जेल बिस्तार हिँड़ेर आउनेछु।”
15एसावले भने, “मसँग भएका केही मानिसहरू तिमीसित छोड़िदिनेछु।”
तर याकूबले भने, “यसको दरकार होला र? हजूरको निगाह मात्र ममाथि रहोस्।”
16यसैले एसाव त्यही दिन सेइरमा फर्के। 17तर याकूबचाहिँ सुक्कोततिर लागे, र आफ्नो लागि एउटा डेरा र गाईबस्तुलाई छाप्राहरू बनाए। यसैकारण त्यस ठाउँको नाउँ सुक्कोत राखियो।
18याकूब पद्दन-आरामबाट हिँड़ेर गएपछि कनानको शकेम भन्ने एउटा सहरमा कुशलसाथ आइपुगे, र त्यस सहरको अगि आफ्नो पाल टाँगेर वास गरे। 19आफूले पाल टाँगेको जग्गा शकेमका बाबु हमोरका छोराहरूबाट तिनले एक सय चाँदीका टुक्रा दाम हालेर किने। 20त्यहाँ तिनले एउटा वेदी बनाएर त्यसको नाउँ एल-एलोह-इस्राएल राखे।
BOOK OF GEN - 34
GENESIS 34 (KJV) Dinah and Shechem
Dinah, the daughter of Jacob and Leah, went out to see the daughters of the land. While she was there, Shechem the son of Hamor (a prince of that country) saw her and committed a serious sin against her. This brought shame and pain to Jacob’s family.
After that, Shechem’s heart became attached to Dinah. He spoke kindly to her and wanted to marry her. He asked his father Hamor to arrange the marriage.
Hamor went to Jacob to speak about Dinah, and at the same time Jacob’s sons came in from the field. They were grieved and very angry because Shechem had done a wicked thing by defiling their sister.
Hamor and Shechem offered a peaceful agreement. They asked for marriage with Dinah and suggested that their people join together, live in the land, trade, and grow rich together.
But Jacob’s sons answered deceitfully. They said they could not give their sister to an uncircumcised man, and they demanded that every male in the city must be circumcised. They used this condition as a trap.
Hamor and Shechem agreed and convinced the men of the city to accept circumcision, telling them it would benefit them and that their wealth would increase through unity.
On the third day, when the men were sore and weak, Simeon and Levi (Dinah’s brothers) took swords, entered the city boldly, and killed all the males. They also killed Hamor and Shechem and took Dinah out of Shechem’s house.
After that, the other sons of Jacob came and spoiled the city. They took their sheep, oxen, goods, and everything they found. They also took the women and children, and they carried away the wealth of the city.
Jacob then rebuked Simeon and Levi. He said they had troubled him and made his household hated among the people of the land, and he feared that surrounding nations might gather together and destroy them.
LessonsSin brings shame and pain and can affect many people.Revenge and deceit do not heal damage, they multiply it.Holy things must not be used for evil plans.Anger must be controlled, because uncontrolled anger leads to destruction.God wants righteousness and wisdom in how we respond to wrongdoing.
#Genesis34 #KJV #GodsWord #BibleTruth #OldTestament #Faith #Prayer #Wisdom #Righteousness #SelfControl #Forgiveness
See less
दीनाको बेइज्जतको प्रतिशोध
1याकूबबाट लेआले जन्माएकी छोरी दीना त्यस ठाउँका स्त्रीहरूसँग भेट गर्न गइन्। 2त्यस ठाउँका रजौटा हिव्वी हमोरका छोरा शकेमले तिनलाई देखे, र लगेर तिनीसित सहवास गरेर तिनको अपमान गरे। 3उनको मन याकूबकी छोरी दीनातर्फ बस्यो। उनले ती कन्यासित प्रेम गरेर मीठा-मीठा कुरा गरे। 4तब शकेमले आफ्ना बुबा हमोरलाई यसो भने, “मेरी पत्नी तुल्याउनलाई त्यो कन्या मलाई ल्याइदिनुहोस्।”
5शकेमले आफ्नी छोरी दीनालाई बिगारेको कुरा याकूबले सुने। तर तिनका छोराहरू चरनमा गाईबस्तुसँग गएका हुनाले तिनीहरू नफर्कुञ्जेल तिनी चूपै लागिबसे।
6तब शकेमका बुबा हमोरचाहिँ कुरा गर्न याकूबकहाँ आए। 7भएका घटनाहरू सुनेर याकूबका छोराहरू चरनबाट आएका थिए। तिनीहरू विचलित र क्रुद्ध भए, किनभने याकूबकी छोरीलाई बिगारेर शकेमले इस्राएलको बेइज्जत गरिदिएका थिए। यस्तो काम गर्नु उचित थिएन।
8तर हमोरले तिनीहरूसँग यसो भनेर कुरा गरे, “मेरो छोरो शकेमको मन तपाईंकी छोरीतर्फ आसक्त भएको छ। कृपा गरी त्यसलाई दीनासँग विवाह गर्न दिनुहोस्। 9तपाईंहरू हामीसँग बिहाबारी गर्नुहोस्। तपाईंका छोरीहरू हामीलाई दिनुहोस्, र हाम्रा छोरीहरू तपाईंहरू लिनुहोस्। 10तपाईंहरू हामीसँगै बस्नुहोस्, र यो ठाउँ तपाईंहरूका निम्ति खुला रहनेछ। यहीँ बसोबास गर्नुहोस्, व्यापार गर्नुहोस् र सम्पत्ति जोड्नुहोस्।”
11शकेमले पनि ती कन्याका बाबु र दाजुभाइहरूलाई भने, “ममाथि तपाईंहरूको निगाह रहोस्। तपाईंहरू मसँग जे भन्नुहुन्छ म दिनेछु। 12दाइजो र विवाहको उपहार जत्तिसुकै भन्नुहुन्छ माग्नुहोस्, र तपाईंहरूले भन्नुभएबमोजिम म दिनेछु। केवल त्यो कन्यासँग मलाई विवाह गर्न दिनुहोस्।”
13शकेमले तिनीहरूकी बहिनी दीनालाई बिगारेका हुनाले याकूबका छोराहरूले शकेम र हमोरसँग कपट राखेर जवाफ दिए। 14तिनीहरूले उनीहरूलाई भने, “खतना नभएकोलाई हाम्री बहिनी दिने काम हामीबाट हुनै सक्दैन। किनभने त्यसो गर्यौं भने हाम्रो बेइज्जत हुन्छ। 15यही शर्तमा मात्र हामी तपाईंले भन्नुभएको कुरा मान्नेछौं, कि तपाईंहरू पनि हामीजस्तै हुनुहोस्, अर्थात् प्रत्येक पुरुषको खतना गरिओस्। तब मात्र हामी हाम्रा चेलीहरू तपाईंहरूलाई दिनेछौं, 16र हामी तपाईंहरूका चेलीहरू लिनेछौं, र हामी तपाईंहरूसँगै एउटै जाति भएर बसोबास गर्नेछौं। 17तर हाम्रो कुरा सुनेर पनि तपाईंहरूले खतना गर्न मान्नुहुन्न भनेता हाम्री छोरी लिएर हामी यहाँबाट गइहाल्नेछौं।”
18हमोर र उनका छोरा शकेमलाई तिनीहरूको कुरा मन पर्यो। 19ती युवकले यो काम गर्नु कति पनि ढिलाएनन्, किनभने याकूबकी छोरीसित उनी मोहित भएका थिए। उनी आफ्ना बुबाको घरानाका सबैभन्दा बढ़ी आदरणीय थिए। 20यसकारण हमोर र उनका छोरा शकेम सहरको मूल ढोकामा आएर सहरवासीहरू सबैलाई यसो भने, 21“यी मानिसहरू शान्तिप्रिय छन्। तिनीहरू यस देशमा बसेर व्यापार गरून्। तिनीहरूका निम्ति जमिन पनि प्रशस्तै छ। 22हाम्रा र तिनीहरूका बीचमा बिहाबारी पनि चलोस्। तिनीहरू हामीसित बसोबास गरेर एउटै जाति बन्न यही शर्तमा मन्जूर गर्छन् कि तिनीहरूको खतना भएझैँ हामीहरूको हरेक पुरुषको खतना हुनुपर्छ। 23के तिनीहरूका गाईबस्तु र धन-सम्पत्ति र सबै वस्तुहरू हाम्रै हुनेछैनन् र? केवल हामी तिनीहरूको कुरा मन्जूर गरौं, र तिनीहरू हामीसित बस्नेछन्।”
24सहरको मूल ढोकाबाट निस्कने सबैले हमोर र उनका छोरा शकेमको कुरा माने, र ती सबैको खतना भयो।
25तेस्रो दिन जब उनीहरू साह्रै पीडित अवस्थामा थिए, तब याकूबका दुई छोराहरू, दीनाका दाजुहरू शिमियोन र लेवी आ-आफ्नो तरवार लिएर गुप्त रूपले सहरमा पसे, र सबै पुरुषहरूलाई मारे। 26तिनीहरूले हमोर र उनका छोरा शकेमलाई पनि तरवारले काटेर मारे, र शकेमको घरबाट दीनालाई लिएर गए। 27अनि याकूबका छोराहरूले तिनीहरूकी बहिनीलाई उनीहरूले बिगारिदिएका हुनाले ती मारिएकाहरूकहाँ आएर त्यस सहरलाई लुटे। 28तिनीहरूले उनीहरूका बगाल र बथानहरू, गधाहरू, र त्यस सहरमा र खेतमा भएका सबै कुरा पनि लगे। 29उनीहरूका सबै धन-सम्पत्ति, सबै बालबच्चा, र उनीहरूका पत्नीहरू कैद गरे र घरमा जे-जति थिए ती सबै तिनीहरूले लुटे।
30तब याकूबले शिमियोन र लेवीलाई भने, “कनानी र परिज्जीहरूको यस देशका बासिन्दाहरूमा तिमीहरूले मलाई अप्रिय तुल्याएर सङ्कष्टमा पारिदिएका छौ। मेरा मानिसहरू थोरै छन्। यदि उनीहरू सबै भेला भएर मेरो विरुद्धमा हमला गरे भने मलाई र मेरो घरका सबैलाई खतम पार्नेछन्।”
31तर तिनीहरूले उत्तर दिए, “के त्यसले हाम्री बहिनीलाई वेश्याजस्तै तुल्याउनु हुन्छ त?”
BOOK OF GEN - 35
GENESIS 35 — RETURN TO BETHEL
God calls Jacob to return➤ God tells Jacob to go back to Bethel and dwell there.➤ Bethel reminds Jacob: God keeps His promises.
Clean house: repentance before worship➤ Jacob tells his household to prepare before meeting God.◆ Put away strange gods◆ Be clean◆ Change your garments
Burying the idols➤ They give Jacob their idols and earrings connected with false worship.➤ Jacob buries them under the oak near Shechem.➤ This shows leaving sin behind, not keeping it.
God protects them on the journey➤ The fear of God falls on the surrounding cities.➤ No one attacks them as they travel.
Worship at Bethel➤ Jacob builds an altar and worships the Lord.➤ God honors a repentant return.
Loss and sorrow➤ Deborah dies and is buried.➤ Rachel has hard labor near Ephrath (Bethlehem).
Benjamin is born, Rachel dies➤ Ben-oni (“son of my sorrow”) → Benjamin (“son of the right hand”).➤ Rachel dies and Jacob sets a pillar at her grave.➤ Even in grief, God’s plan continues.
God confirms Jacob’s name: Israel➤ God repeats: Jacob’s name is Israel.➤ God renews the covenant promise of nation, kings, and land.
Reuben’s sin➤ Sin brings dishonor and consequences.
The twelve sons of Jacob◆ Reuben • Simeon • Levi • Judah • Issachar • Zebulun◆ Joseph • Benjamin • Dan • Naphtali • Gad • Asher
Death of Isaac➤ Isaac dies “old and full of days.”➤ Esau and Jacob bury him together.
Main message / lesson➤ Return to God, remove idols, renew worship, trust His promises.
How to apply today➤ Remove anything that competes with God.➤ Return to prayer, obedience, and worship.➤ Hold on to God’s promises in painful seasons.
#Genesis35 #Bethel #Israel #Bible #KJV #Faith #Repent #Worship #GodsPromise
See less
याकूबले बेथेलमा वेदी बनाएका
1त्यसपछि परमेश्वरले याकूबलाई भन्नुभयो, “उठेर बेथेलमा जा, र त्यहीँ बसोबास गर्, र तेरो दाजु एसावबाट तँ भाग्दाखेरि तँकहाँ देखा पर्ने परमेश्वरको निम्ति त्यहाँ एउटा वेदी बना।”
2यसकारण याकूबले आफ्नो घराना र आफूसित भएका सबैलाई भने, “तिमीहरूसँग भएका विदेशी देवताहरू मिल्काइदेओ र आफू-आफूलाई शुद्ध पारेर लुगाहरू फेर। 3तब हामी बेथेलमा जाऔं, र मेरो दु:खको दिनमा मेरो पुकारा सुन्नुहुने र म जहाँ गए तापनि मसित हुनुहुने परमेश्वरको निम्ति त्यहाँ एउटा वेदी म बनाउनेछु।” 4यसकारण तिनीहरूले आफू-आफूसित भएका विदेशी देवताहरू र आफ्ना कानमा भएका कुण्डलहरू याकूबलाई दिए र याकूबले शकेमको नजिकै भएको फलाँटको रूखमुनि ती गाड़िदिए। 5जब तिनीहरूले आफ्नो यात्रा सुरु गरे तब परमेश्वरको त्रास वरिपरिका सहरहरूमा फैलियो, र कसैले पनि तिनीहरूलाई खेदेन।
6याकूब र तिनीसँग भएका सबै जना कनान देशमा भएको लूज सहरमा, अर्थात् बेथेलमा आइपुगे। 7त्यहाँ तिनले एउटा वेदी बनाए। त्यस ठाउँको नाउँ तिनले एल-बेथेल राखे, किनभने तिनका दाजुबाट भागेर जाँदा परमेश्वरले आफैलाई त्यहाँ तिनीकहाँ प्रकट गर्नुभएको थियो।
8त्यहाँ रिबेकाकी धाई दबोरा मरी, र त्यसलाई बेथेलनेरको फलाँटको रूखमुनि तिनीहरूले गाड़े। त्यसैले त्यस ठाउँको नाउँ अल्लोन-बकुत राखे।
9याकूब पद्दन-आरामबाट आएपछि परमेश्वर फेरि तिनीकहाँ देखा परेर तिनलाई आशिष् दिनुभयो। 10परमेश्वरले तिनलाई भन्नुभयो, “तेरो नाउँ त याकूब हो, तर अबदेखि उप्रान्त तँलाई याकूब भनिनेछैन, तेरो नाउँ इस्राएल हुनेछ।” यसैले तिनको नाउँ इस्राएल भयो।
11परमेश्वरले तिनलाई भन्नुभयो, “म सर्वशक्तिमान् परमेश्वर हुँ। फल्दै-फुल्दैजा, र संख्यामा तेरो वृद्धि होस्। एउटा जाति र जातिहरूको समूह तँबाट उत्पन्न हुनेछन्, र राजाहरू पनि तँबाट उत्पन्न हुनेछन्। 12अब्राहाम र इसहाकलाई मैले दिएको देश म तँलाई दिनेछु, र म त्यो देश तँपछि हुने तेरा सन्तानलाई दिनेछु।” 13तब तिनीसँग कुरा गर्नुभएको ठाउँबाट परमेश्वर उक्लिहाल्नुभयो।
14परमेश्वर तिनीसँग कुरा गर्नुभएको ठाउँमा याकूबले ढुङ्गाको एउटा खामो खड़ा गरे। अनि तिनले त्यसमा अर्घ-बलि चढ़ाएर तेल खन्याए। 15परमेश्वरले तिनीसँग कुरा गर्नुभएको त्यस ठाउँको नाउँ याकूबले बेथेल राखे।
राहेल र इसहाकको मृत्यु
16तिनीहरू फेरि बेथेलबाट हिँड़ेर एप्रात पुग्न अझ केही बाँकी छँदै राहेललाई सुत्केरी बेथा लाग्यो, र तिनलाई ज्यादै पीडा भयो। 17तिनलाई अतिशय पीडा हुँदा सुँड़ेनीले तिनलाई भनी, “नडराउनुहोस्, किनकि तपाईंको अर्को एक जना छोरो हुनेछ।” 18तिनको प्राण जाने बेलामा (किनभने तिनी मर्न लागिन्) तिनले त्यस बालकको नाउँ बेन-ओनी राखिन्। तर त्यसका बुबाले बालकको नाउँ बेन्यामीन राखे।
19यसरी राहेल मरिन्, र एप्रात, अर्थात् बेथलेहेम जाने बाटोमा तिनीहरूले तिनलाई गाड़े। 20याकूबले तिनको चिहानमाथि एउटा खामो खड़ा गरे। यो राहेलका चिहानको खामो हो, जो अहिलेसम्म पनि छँदैछ।
21इस्राएल अगि बढ़े, र तिनले मिग्दल-एदेरबाट पारिपट्टि आफ्नो पाल टाँगे। 22इस्राएल त्यस देशमा रहँदा रूबेन तिनकी भित्रिनी बिल्हासँग सुते, र इस्राएलले यो कुरा सुने।
23याकूबका बाह्रजना छोराहरू थिए:
लेआतर्फका छोराहरू:
जेठा रूबेन, त्यसपछि शिमियोन, लेवी, यहूदा, इस्साखार र जबूलून।
24राहेलतर्फका छोराहरू:
योसेफ र बेन्यामीन।
25राहेलकी कमारी बिल्हातर्फका छोराहरू:
दान र नप्ताली।
26लेआकी कमारी जिल्पातर्फका छोराहरू:
गाद र आशेर।
पद्दन-आराममा जन्मेका याकूबका छोराहरू यी नै हुन्।
27याकूब तिनका बुबा इसहाककहाँ मम्रे, अर्थात् किर्यत-अर्बामा आए (जो हेब्रोन हो), जहाँ अब्राहाम र इसहाकले बसोबास गरेका थिए। 28इसहाकको जम्मा उमेर एक सय असी वर्ष भएको थियो। 29तब इसहाकको मृत्यु भयो। तिनी वृद्ध र पूरा दिन पुगेका भई आफ्ना पिता-पुर्खाहरूसँग मिल्न गए। अनि तिनका छोरा एसाव र याकूबले तिनलाई गाड़े।
BOOK OF GEN - 36
GENESIS 36 — Generations of Esau (Edom) (Genesis 36:1–43, KJV)
Genesis 36 records the family line of Esau (also called Edom)—his wives, children, grandchildren, tribal chiefs (dukes), and the early kings of Edom. It also explains why Esau’s people settled in Mount Seir.
Esau had grown very wealthy, with many cattle and possessions. Because the land could not support both Esau and Jacob together, Esau moved away and dwelt in Mount Seir. From Esau came the nation called Edom.
This chapter lists Esau’s wives and the sons born to him, then names many of Esau’s descendants. These names show Esau’s family growing into a large people, just as God allowed.
As Esau’s descendants increased, they formed organized tribes with leaders called dukes or chiefs. These chiefs ruled different clans and regions, showing Edom becoming structured and established.
The chapter also lists the people who were already living in the land—Seir the Horite and his descendants. This shows Edom settling in a real land with real history, and Esau’s descendants living there and becoming a strong nation.
A key detail is that Edom had kings “before there reigned any king over the children of Israel.” This reminds us that God’s plan for Israel was still unfolding, even while other nations were already forming governments.
Even though this chapter contains many names, it teaches important truths: God keeps His word—Esau became a great people even though the covenant line was through Jacob. Nations often begin with families, then grow into tribes and kingdoms. God rules over history, and every generation is part of His unfolding plan.
Lessons:God keeps promises.Nations come from families.God is in control of history.
#Genesis #KJV #Esau #Edom #OldTestament #Scripture #GodKeepsPromises
See less
एसावका सन्तान
1एसाव, अर्थात् एदोमको वृत्तान्त यही हो।
2एसावले कनानी स्त्रीहरूमध्येबाट पत्नी ल्याए: अर्थात् हित्ती एलोनकी छोरी आदा र हिव्वी सिबोनकी नातिनी र अनाकी छोरी ओहोलीबामा, 3तथा इश्माएलकी छोरी नबायोतकी बहिनी बासमत।
4एसावबाट आदाले एलीपजलाई जन्माइन्, र बासमतले रूएललाई जन्माइन्, 5अनि ओहोलीबामाले येऊश, यालाम र कोरहलाई जन्माइन्। कनान देशमा जन्मेका एसावका छोराहरू यी नै हुन्।
6आफ्ना पत्नीहरू, छोराछोरीहरू, र तिनको घरका सबै मानिसहरू, गाईबस्तुहरू, र तिनका अरू जम्मै पशुहरू र कनान देशमा प्राप्त गरेका सबै सम्पत्तिहरू लिएर एसाव आफ्नो भाइ याकूबबाट छुट्टिएर अर्को देशमा गए। 7धेरै धन-सम्पत्ति भएको हुनाले तिनीहरू एकसाथ बस्न सकेनन्। तिनीहरूका गाईबस्तुले गर्दा तिनीहरू बसेका ठाउँबाट तिनीहरूको निर्वाह हुन सकेन। 8यसकारण एसावले (अर्थात् एदोमले) सेइरको देशमा बसोबास गरे।
9सेइरको पहाड़ी देशमा एदोमीहरूका पिता एसावको वृत्तान्त यही हो।
10एसावका छोराहरूका नाउँ यी नै हुन्:
एसावकी पत्नी आदाका छोरा
एलीपज, र एसावकी पत्नी बासमतका
छोरा रूएल।
11एलीपजका छोराहरू: तेमान, ओमार, सपो, गाताम र कनज। 12एसावका छोरा एलीपजकी तीम्न नाउँ भएकी एउटी भित्रिनी थिई। एलीपजबाट त्यसले अमालेकलाई जन्माई। एसावकी पत्नी आदाका नातिहरू यी नै हुन्।
13रूएलका छोराहरू: नहत, जेरह, शम्मा र मिज्जा। एसावकी पत्नी बासमतका नातिहरू यी नै हुन्।
14एसावकी पत्नी ओहोलीबामा, जो सिबोनकी नातिनी र अनाकी छोरी थिइन्, एसावबाट तिनका यी छोराहरू भए: येऊश, यालाम र कोरह।
15एसावका सन्तानहरूमध्ये मुख्य-मुख्य यी नै हुन्: एसावका जेठा छोरा एलीपजका छोराहरू: मुखियाहरू तेमान, ओमार, सपो, कनज, 16कोरह, गाताम र अमालेक। एदोम देशमा एलीपजबाट भएका मुखियाहरू यी नै हुन्। यिनीहरू आदाका नातिहरू हुन्।
17एसावका छोरा रूएलका छोराहरू:
मुखियाहरू नहत, जेरह शम्मा र मिज्जा। एदोम देशमा रूएलबाट भएका मुखियाहरू यी नै हुन्। एसावकी पत्नी बासमतका नातिहरू यी नै हुन्।
18एसावकी पत्नी ओहोलीबामाका छोराहरू:
मुखियाहरू येऊश, यालाम र कोरह। अनाकी छोरी एसावकी पत्नी ओहोलीबामाले जन्माएका मुखियाहरू यी नै हुन्।
19एसाव, अर्थात् एदोमका छोराहरू यी नै हुन्, र तिनीहरूका मुखियाहरू यिनी हुन्।
20त्यस देशका बासिन्दा होरी सेइरका छोराहरू यी नै हुन्:
लोतान, शोबाल, सिबोन, अना,
21दीशोन, एसेर र दीशान। एदोमको देशमा सेइरका यी छोराहरू होरी मुखियाहरू हुन्।
22लोतानका छोराहरू: होरी र हेमान। तीम्न लोतानकी बहिनी थिइन्।
23शोबालका छोराहरू: अल्बान, मानहत, एबाल, शपो र ओनाम।
24सिबोनका छोराहरू: अय्या र अना। तिनका बुबा सिबोनका गधाहरू चराउँदा मरुभूमिमा तातो पानीको मूल भेट्टाउने यी नै अना हुन्।
25अनाका छोराछोरीहरू: दीशोन र अनाकी छोरी ओहोलीबामा।
26दीशोनका छोराहरू: हेमदान, एश्बान, यित्रान र करान।
27एसेरका छोराहरू: बिल्हान, जावान र अकान।
28दीशानका छोराहरू: ऊज र आरान।
29होरीहरूका मुखियाहरू यी नै हुन्: लोतान, शोबाल, सिबोन, अना,
30दीशोन, एसेर र दीशान। सेइर देशमा तिनीहरूका खलकअनुसार होरी मुखियाहरू यी नै हुन्।
एदोमका राजाहरू
31इस्राएलका कुनै राजाले राज्य गर्नुभन्दा अगि एदोम देशमा राज्य गर्ने राजाहरू यी नै हुन्:
32बओरका छोरा बेलाले एदोममा शासन गर्थे। उनको राजधानीको नाउँ दिन्हावा थियो।
33बेलाको मृत्युपछि बोज्रामा बस्ने जेरहका छोरा योबाबले उनको सट्टामा राज्य गरे।
34योबाबको मृत्युपछि तेमानीहरूको देशका हूशामले उनको सट्टामा राज्य गरे।
35हूशामको मृत्युपछि मोआब देशमा मिद्यानलाई जित्ने बददका छोरा हददले उनको सट्टामा राज्य गरे। तिनको राजधानीको नाउँ अवीत थियो।
36हददको मृत्युपछि मास्रेकामा बस्ने सम्लाले उनको सट्टामा राज्य गरे।
37सम्लाको मृत्युपछि महानदीका किनारको रहोबोत सहरका शौलले उनको सट्टामा राज्य गरे।
38शौलको मृत्युपछि अक्बोरका छोरा बाल-हानानले उनको सट्टामा राज्य गरे।
39अक्बोरका छोरा बाल-हानानको मृत्युपछि हददले उनको सट्टामा राज्य गरे। तिनको राजधानीको नाउँ पाऊ थियो। तिनकी पत्नीको नाउँ महेतबेल थियो। तिनी मत्रेदकी छोरी र मे-जाहाबकी नातिनी थिइन्।
40एसावबाट भएका मुखियाहरू तिनीहरूका नाउँ, देश र वंशअनुसार यी नै हुन्:
तीम्न, अल्वा, यतेत, 41ओहोलीबामा, एलाह, पीनोन, 42कनज, तेमान, मिब्सार 43मग्दीएल र ईराम। तिनीहरूले कब्जा गरेको देशमा तिनीहरूका वासस्थानअनुसार एदोमका मुखियाहरू यी नै हुन्।
एदोमीहरूका पुर्खा एसावको वृत्तान्त यही हो।
BOOK OF GEN - 37
GENESIS 37 — Joseph the Dreamer Sold into Egypt (KJV)
Jacob (Israel) lived in Canaan, and Joseph was seventeen years old, helping his brothers with the flock. Joseph reported to his father the evil things his brothers were doing. Israel loved Joseph more than all his sons because Joseph was the son of his old age, and he made him a coat of many colours. When Joseph’s brothers saw their father loved him most, they hated him and could not speak peacefully to him.
Joseph then dreamed dreams that showed his future rule. In one dream, they were binding sheaves in the field, and Joseph’s sheaf stood upright while his brothers’ sheaves stood around and bowed down. His brothers hated him even more and asked, “Shalt thou indeed reign over us?” Joseph dreamed again, and this time the sun, the moon, and eleven stars bowed to him. He told the dream to his father and brothers. His father rebuked him, asking if the family would bow to Joseph, but his brothers envied him while his father kept the saying in mind.
Later, Joseph’s brothers went to feed the flock in Shechem. Israel sent Joseph from the vale of Hebron to check on them and bring word back. Joseph could not find them at first, but a man told him they had gone to Dothan. Joseph went to Dothan, and when his brothers saw him coming, they plotted to kill him. They called him “this dreamer” and wanted to cast him into a pit and say a wild beast had devoured him, to see what would become of his dreams.
Reuben heard their plan and tried to save Joseph. He told them not to kill him, but to cast him into a pit in the wilderness without shedding blood, intending later to deliver Joseph back to his father. When Joseph arrived, they stripped him of his coat of many colours and cast him into an empty pit with no water. Then they sat down to eat bread.
While they were eating, they saw a company of Ishmeelites coming from Gilead with camels carrying spicery, balm, and myrrh, traveling to Egypt. Judah suggested that instead of killing Joseph, they should sell him, because he was their brother. They agreed. Midianite merchantmen passed by, and Joseph was taken out of the pit and sold to the Ishmeelites for twenty pieces of silver. The traders then brought Joseph into Egypt.
Reuben returned to the pit and discovered Joseph was gone. He tore his clothes in grief and cried out that the child was not there. The brothers then took Joseph’s coat, killed a kid of the goats, dipped the coat in the blood, and sent it to their father. They claimed they had found it and asked if it was Joseph’s coat. Jacob recognized it and believed Joseph had been torn in pieces by an evil beast. Jacob rent his clothes, put sackcloth on his loins, and mourned many days. His sons and daughters tried to comfort him, but he refused and said he would go down to the grave mourning for his son. Thus his father wept for him.
Meanwhile, Joseph was sold in Egypt to Potiphar, an officer of Pharaoh and captain of the guard.
Short LessonsJoseph’s dreams revealed God’s future plan, but jealousy and hatred in the family produced betrayal. Yet even when Joseph was rejected, God was still guiding events toward His purpose. What people meant for evil, God would later use for good.
#Genesis37 #Joseph #KJV #OldTestament #Scripture #BibleTruth #GodsPlan
See less
योसेफका सपनाहरू
1याकूब आफ्ना बाबुले बसोबास गरेको कनान देशमा बस्थे। 2याकूबको वृत्तान्त यही हो।
योसेफ सत्र वर्षका हुँदा तिनका दाजुहरूसँग भेड़ाबाख्राहरूका बगाल चराउँथे। एक दिन तिनले आफ्ना पिताका पत्नीहरू बिल्हा र जिल्पाका छोराहरूको खराब व्यवहारको कुरा आफ्ना बुबाकहाँ ल्याए।
3आफ्नो बुढ़ेसकालका छोरा भएकाले इस्राएलले अरू छोराहरूलाई भन्दा योसेफलाई बढ़ी माया गर्थे, र तिनले योसेफको निम्ति राम्रा बुट्टाहरू भएको एउटा लामो लबेदा बनाइदिए। 4तर तिनका बुबाले अरू दाजुभाइहरूलाई भन्दा तिनलाई बढ़ी माया गरेका देखी तिनका दाजुहरूले तिनीसित दुश्मनी राखे र तिनीसँग राम्ररी बोल्दैनथे।
5एक पल्ट योसेफले एउटा सपना देखे। तिनले त्यो सपना आफ्ना दाजुहरूलाई भनेपछि तिनीहरू उनीसँग झन् बढ़ी दुश्मनी राख्न लागे। 6तिनले उनीहरूलाई भने, “मैले देखेको सपना सुन्नुहोस्। हामीहरू खेतमा अन्नका बिटा बाँधिरहेका थियौं। 7मेरो बिटाचाहिँ ठाड़ो भयो, र तपाईंहरूका बिटाहरू त्यसका चारैतिर जम्मा भएर मेरो बिटालाई दण्डवत् गरे।”
8तिनका दाजुहरूले तिनलाई भने, “के तँ हामीमाथि राज्य गर्ने भइस्? के तेरो प्रभुत्व हामीमाथि हुने भयो?” अनि तिनको सपना र तिनका कुराहरूको कारणले उनीहरूले तिनीसँग झन् दुश्मनी राखे।
9तब तिनले अर्को सपना देखे र तिनका दाजुहरूलाई यसो भनेर बताए, “सुन्नुहोस्, मैले अर्को सपना देखें। सूर्य, चन्द्र र एघार वटा ताराले मलाई दण्डवत् गरिरहेका थिए।”
10जब तिनले आफ्ना बुबा र दाजुहरूलाई यो सपना बताए, तब तिनका बुबाले तिनलाई हप्काएर भने, “तैंले देखेको यो सपना के हो? के साँच्ची नै म र तेरी आमा र तेरा दाजुहरू आएर भूइँसम्मै झुकेर तँलाई ढोग्नुपर्ने?” 11तब तिनका दाजुहरूले तिनलाई डाह गर्न लागे। तर तिनका बाबुले चाहिँ यी कुरा मनैमा राखे।
योसेफलाई तिनका दाजुहरूले बेचेर मिश्रमा पठाएका
12एक पल्ट तिनका दाजुहरू आफ्ना बुबाका बगालहरू शकेममा चराउन गएका थिए। 13र इस्राएलले योसेफलाई भने, “तेरा दाजुहरू शकेममा भेड़ाहरू चराइरहेका छन्। आइज, म तँलाई उनीहरूकहाँ पठाउँछु।”
योसेफले भने, “म तयार छु।”
14इस्राएलले तिनलाई भने, “गएर हेर्, तेरा दाजुहरू र भेड़ाबाख्राहरू राम्रै छन् कि छैनन्। अनि मकहाँ समाचार ले।” तब इस्राएलले तिनलाई हेब्रोनको बेँसीबाट शकेममा पठाए।
योसेफ त्यहाँ आइपुगेपछि 15एक जना मानिसले तिनलाई खेतमा डुलिरहेका भेट्टायो। त्यस मानिसले तिनलाई सोध्यो, “तिमी कसलाई खोज्दैछौ?”
16तिनले भने, “म मेरा दाजुहरूलाई खोज्दैछु। दया गरी मलाई भन्नुहोस्, उनीहरू बगाल कहाँ चराउँदैछन्?”
17त्यस मानिसले भन्यो, “उनीहरू त यहाँबाट गए, किनभने उनीहरूले ‘हामी दोतानतिर जाऔं’ भनिरहेका मैले सुनेको थिएँ।”
यसैले आफ्ना दाजुहरूलाई खोज्दैगएर योसेफले उनीहरूलाई दोतानमा भेट्टाए। 18उनीहरूले तिनलाई टाढ़ैबाट आइरहेका देखे, र तिनी उनीहरूका नजिक आइपुग्नुभन्दा अघि नै तिनलाई मार्ने उनीहरूले मतो गरे।
उनीहरूले आपसमा भने, “त्यो स्वप्न-दर्शी आउँदैछ। 19लौ, अब हामी त्यसलाई मारेर एउटा खाड़लमा फालिदिऔं। 20‘जङ्गली पशुले त्यसलाई खाएछ क्यारे’ भनी हामी भनौं, र त्यसका सपनाहरू के हुँदारहेछन्, हेरौंला।”
21यो सुनेर रूबेनले यसो भनेर उनीहरूका हातबाट तिनलाई बचाउन खोजे, “हामीले त्यसको ज्यानै त लिनुहुँदैन।” 22रूबेनले उनीहरूलाई भने, “रक्तपातचाहिँ नगरौं। यहाँ मरुभूमिको यस खाल्डोमा त्यसलाई फालिदिऔं। तर त्यसमाथि हातचाहिँ नउठाऔं।” उनीहरूका हातबाट बचाएर योसेफलाई आफ्ना बुबाकहाँ पुर्याइदिने हेतुले रूबेनले यसो भनेका थिए।
23यसैले जब योसेफ आफ्ना दाजुहरूकहाँ आइपुगे तब तिनले लाएका राम्रा बुट्टाहरू भएको त्यो लामो लबेदा उनीहरूले फुकालेर खोसे। 24अनि उनीहरूले तिनलाई समातेर एउटा गहिरो खाल्डोमा फालिदिए। त्यो पानी नभएको सुक्खा खाल्डो थियो।
25जसै उनीहरू खान बसे, उनीहरूले यसो मास्तिर हेरे र मिश्रतिर सुगन्धित मसला, लेप र मूर्र ऊँटहरूमा लादेर लगिरहेका गिलादबाट आएको एक इश्माएली यात्री दललाई देखे।
26तब यहूदाले आफ्ना दाजुभाइहरूलाई भने, “हामीले आफ्नो भाइलाई मारेर त्यसको रगत लुकाएर हामीलाई के फाइदा हुन्छ र? 27आओ, अब त्यसलाई इश्माएलीहरूका हातमा बेचिदिऔं। हामी त्यसमाथि हातचाहिँ नउठाऔं। किनकि त्यो हाम्रै भाइ, हाम्रै जीउजस्तै हो।” उनका दाजुभाइहरूले उनको कुरा माने।
28यसकारण जब मिद्यानी व्यापारीहरू त्यही बाटो भएर आए, तब योसेफका दाजुहरूले तिनलाई खाल्डोबाट तानी निकालेर ती इश्माएलीहरूका हातमा चाँदीका बीस सिक्कामा बेचिदिए। अनि तिनीहरूले योसेफलाई मिश्रमा लगे।
29जब रूबेन खाल्डोमा फर्के तब योसेफलाई त्यस खाल्डोमा नदेख्दा उनले आफ्ना लुगा च्याते, 30र भाइहरूकहाँ गएर भने, “केटो त छैन त? अब म कहाँ जाऊँ?”
31तब उनीहरूले एउटा बोका मारेर योसेफको लबेदा त्यस रगतमा चोपे। 32अनि त्यो राम्रा बुट्टाहरू भएको लबेदा उनीहरूले आफ्ना बुबाकहाँ ल्याएर भने, “यो हामीले भेट्टायौं। हेर्नुहोस् त, यो तपाईंको छोराको हो कि होइन?”
33इस्राएलले त्यो लुगा चिनेर भने, “यो त मेरो छोराकै लबेदा हो। जङ्गली पशुले त्यसलाई खाएछ क्यारे! निस्सन्देह योसेफलाई धुजाधुजा पार्यो होला।”
34तब याकूबले आफ्ना लुगा च्याते, र तिनले आफ्नो कम्मरमा भाङ्ग्रा लाएर आफ्ना छोराको निम्ति धेरै दिनसम्म शोक गरे। 35तिनका सबै छोराछोरीहरूले तिनलाई सान्त्वना दिने प्रयत्न गरे, तर तिनलाई शान्ति भएन। तिनले भने, “अँहँ, यो मेरो शोकमा नै म मेरो छोराकहाँ चिहानमा जानेछु।” यसरी योसेफका बुबाले तिनको निम्ति बिलौना गरे।
36यसै बीचमा मिद्यानीहरूले योसेफलाई मिश्रमा फारोका एक जना अधिकृत पोतीफरको हातमा बेचिदिए।
BOOK OF GEN - 38
GENESIS 38 — Judah & Tamar
Genesis 38 pauses Joseph’s story to show what happens in Judah’s family line.
Judah leaves his brothers and marries a Canaanite woman. They have three sons: Er, Onan, and Shelah. When Er grows up, Judah gives him a wife named Tamar. But Er lives wickedly, and the LORD takes his life.
Judah then tells Onan to marry Tamar so that a child will be raised for Er’s family line. Onan refuses to do what is right and will not give offspring for his brother’s name. Because of his sin, the LORD also takes Onan’s life.
Tamar is left a widow. Judah tells her to wait until Shelah is grown, but Judah keeps delaying and does not fulfill his responsibility. Later, Tamar realizes Judah is not going to give her Shelah. She disguises herself, Judah does not recognize her, and he promises payment. As a pledge, Judah gives his signet, bracelets, and staff.
When Tamar later reveals the pledge items, Judah realizes what he has done and confesses, “She hath been more righteous than I.” Tamar becomes pregnant, and she gives birth to twins, Pharez and Zarah—and Judah’s family line continues.
Life Lessons• Sin has consequences, and God judges wickedness.• Delaying what is right can hurt others.• Don’t judge others while ignoring your own sin.• Confession and humility are better than pride.• God can still move His purpose forward even through messy situations.
Genesis 38:26 — “She hath been more righteous than I; because that I gave her not to Shelah my son.”
#Genesis38 #JudahAndTamar #KJV #OldTestament #Scripture #BibleTruth #GodsWord #Faith #Repentance
See less
तामारको घटना
1त्यस बेला यहूदाचाहिँ आफ्ना दाजुभाइहरूलाई छोड़ेर तलतिर हीरा नाउँ भएको कुनै एक अदुल्लामवासीकहाँ गए। 2त्यहाँ यहूदाले शूआ नाउँ भएको कुनै कनानीकी छोरीलाई देखे। उनले तिनलाई विवाह गरेर तिनीकहाँ गए। 3तिनी गर्भवती भएर एक जना छोरो जन्माइन्, र त्यसको नाउँ एर् राखियो। 4तिनी फेरि गर्भवती भएर अर्को छोरो जन्माइन्। तिनले त्यसको नाउँ ओनान राखिन्। 5फेरि तिनले एउटा छोरो जन्माइन्, र तिनले त्यसको नाउँ शेलह राखिन्। तिनले त्यसलाई जन्माउँदा यहूदाचाहिँ कजीबमा बस्दैथिए।
6यहूदाले उनको जेठो छोरो एर्को निम्ति एउटी पत्नी ल्याइदिए। तिनको नाउँ तामार थियो। 7तर यहूदाको जेठो छोरो एर् परमप्रभुको दृष्टिमा दुष्ट थियो, र परमप्रभुले त्यसको प्राण लिनुभयो।
8तब यहूदाले ओनानलाई भने, “तेरी भाउजूकहाँ जा, र देवरले गर्नुपर्ने कर्तव्य गर्, र तेरा दाजुको निम्ति सन्तान उत्पन्न गर्।” 9तर सन्तान आफ्नो नहुने जानेर ओनानले भाउजूकहाँ जाँदा दाजुको सन्तान नहोस् भन्ने हेतुले वीर्यचाहिँ भूइँमा पतन गर्थ्यो। 10त्यसले गरेको यो काम परमप्रभुको दृष्टिमा खराब ठहरियो, र उहाँले त्यसको पनि प्राण लिनुभयो।
11तब यहूदाले आफ्नी बुहारी तामारलाई भने, “मेरो छोरो शेलह ठूलो नहोउञ्जेल विधवा नै भएर तिम्रा बुबाको घरमा बस।” किनभने शेलह त्यसका दाजुहरूजस्तै मर्छ कि भनेर उनी डराए। यसकारण तामार गएर आफ्नो माइतमा बसिन्।
12रहँदा-बस्दा एक दिन शूआकी छोरी यहूदाकी पत्नी मरिन्। शोक गर्ने समय बितिसकेपछि यहूदा उनका मित्र अदुल्लामवासी हीरालाई साथमा लिएर तिम्नामा उनका भेड़ा कत्रनेहरूकहाँ गए।
13ससुरा भेड़ा कत्रनलाई तिम्नामा जाँदैछन् भन्ने खबर तामारले पाएर 14विधवाको लुगा फुकाली घुम्टो हालेर भेष परिवर्तन गरी तिम्नाको बाटोमा भएको एनैम सहरको ढोकामा बसिन्। किनकि शेलह ठूलो भइसकेर पनि त्यसकी पत्नी हुन नपाएकी तिनले देखिन्।
15तिनले मुख छोपेकी हुनाले यहूदाले तिनलाई देखेर वेश्या भनी ठाने। 16सड़कको किनारमा गएर उनले तिनलाई भने, “लौ, मलाई तिमीकहाँ आउन देऊ।” किनभने आफ्नै बुहारी हो भनी उनलाई थाहा थिएन।
तिनले भनिन्, “तपाईं मकहाँ आउनुहुन्छ भने मलाई के दिनुहुन्छ?” 17उनले जवाफ दिए, “बगालबाट म तिमीलाई एउटा पाठो दिनेछु।”
तिनले भनिन्, “तपाईंले त्यो नपठाउञ्जेल मसँग केही चीज बन्धकी राख्नुहुन्छ कि?”
18यहूदाले भने, “म के बन्धकी राखूँ?”
तिनले भनिन्, “तपाईंको छाप र त्यसको डोरी, र तपाईंको हातको यो लट्ठी राखे हुन्छ।” यसैले यहूदाले तिनलाई ती चीजहरू दिए, र तिनीसँग सहवास गरे। अनि उनीबाट तिनी गर्भवती भइन्। 19तब तिनी उठेर गइहालिन्, र घुम्टो फुकालेर फेरि विधवाको लुगा लगाइन्।
20यहूदाले आफ्ना बन्धकीका चीजहरू ती स्त्रीबाट निखन्नलाई आफ्ना मित्र अदुल्लामवासीको हातमा एउटा पाठो पठाइदिए। तर उनले तिनलाई भेट्टाएनन्। 21“एनैममा बाटोको छेउमा बस्ने वेश्या कहाँ छ?” भनेर उनले त्यस ठाउँका मानिसहरूलाई सोधे।
तिनीहरूले “यहाँ कुनै वेश्या छैन” भने।
22तब उनी यहूदाकहाँ फर्केर आई भने, “मैले त त्यसलाई भेट्टाइनँ। त्यस ठाउँका मानिसहरूले पनि ‘यहाँ कुनै वेश्या छैन’ भने।”
23यहूदाले भने, “ती चीजहरू त्यसैले राखोस्, नत्रता हामीलाई लाज हुनेछ। हेर, मैले यो पाठो पठाएकै हो, तर हामीले त्यसलाई भेट्टाएनौं।”
24प्राय: तीन महिनापछि तिम्री बुहारी तामार वेश्याकी चालमा चलेकी छे, र बेश्यापनबाट गर्भवती पनि भएकी छे भन्ने खबर यहूदालाई सुनाइयो।
तब यहूदाले भने, “त्यसलाई यहाँ ल्याएर जलाइदेओ।”
25तिनलाई त्यहाँ ल्याउँदाल्याउँदै तिनले आफ्ना ससुरालाई यसो भनिपठाइन्, “यी चीजहरू जसका हुन्, तिनैबाट म गर्भवती भएकी हुँ।” अनि तिनले भनिन्, “हेर, यो छाप, यो डोरी र यो लट्ठी कसका हुन्?”
26तब यहूदाले ती चीजहरू आफ्ना हुन् भनी स्वीकार गरेर भने, “त्यो त मभन्दा पनि धर्मी रहिछ, किनभने मैले मेरा छोरा शेलह त्यसका पति हुनलाई दिइनँ।” त्यसपछि उनले तिनीसँग फेरि सहवास गरेनन्।
27सुत्केरी हुने बेलामा तिनको गर्भमा जुम्ल्याहा रहेछन् भन्ने थाहा भयो। 28तिनलाई सुत्केरी व्यथा लाग्दा एउटाचाहिँले हात बाहिर निकाल्यो, र सुँड़ेनीले त्यसको हातमा एउटा रातो धागो यसो भनेर बाँधी, “पहिले जन्मेको यही हो।” 29तर त्यसले आफ्नो हात फेरि भित्र लगेपछि त्यसको भाइचाहिँ पो जन्म्यो। र त्यसले भनी, “ए तैंले यस्तो बलजफत गर्ने!” यसकारण त्यसको नाउँ फारेस राखियो। 30पछिबाट हातमा रातो धागो बाँधिएको चाहिँ जन्म्यो। त्यसको नाउँचाहिँ जेरह राखियो।
BOOK OF GEN - 39
GENESIS 39 — Joseph: Faithful in the House & in the Prison
Joseph is taken to Egypt and sold to Potiphar, an officer of Pharaoh. Even in a foreign land, the LORD is with Joseph, and everything he does prospers. Potiphar sees God’s favor on Joseph and makes him overseer of his house—Joseph is trusted with everything.
But Joseph is tested. Potiphar’s wife tempts him day after day, yet Joseph refuses. He chooses holiness and says he cannot do this great wickedness and sin against God. Joseph runs from temptation, leaving his garment behind.
Because of this, she lies and falsely accuses Joseph. Potiphar becomes angry and Joseph is thrown into prison—even though he did what was right.
Still, God does not leave him. The LORD is with Joseph in prison, and He gives Joseph favor in the sight of the keeper of the prison. Soon, Joseph is trusted again, and the keeper puts many things under Joseph’s hand. What looks like a setback is still under God’s control.
Lessons / Reminders•God’s presence is not based on our location—He is with us anywhere.•Temptation can be strong, but obedience protects your soul. Flee sin, not God.•Doing right may still bring suffering, but God’s favor and purpose continue.•God can turn a prison season into preparation for a bigger plan.
#Genesis39 #Joseph #GodIsWithUs #Faithfulness #Obedience #Holiness #TrustGod #KJV
See less
पोतीफरको घरमा योसेफ
1अब योसेफ मिश्रमा लगिए, र फारोका एक जना अधिकृत, अङ्गरक्षकका कप्तान पोतीफर भन्ने एक जना मिश्रीले तिनलाई त्यहाँ ल्याउने इश्माएलीहरूका हातबाट किने।
2परमप्रभु योसेफको साथमा हुनुहुन्थ्यो, र त्यहाँ तिनको उन्नति भयो। तिनी आफ्ना मिश्री मालिकको घरमा बस्थे। 3तिनका मालिकले परमप्रभु तिनको साथमा हुनुभएको र तिनले गरेका सबै काममा परमप्रभुले उन्नति गराउनुभएको देखे। 4यसैले उनको निगाह योसेफमाथि रह्यो। योसेफले उनको सेवा-शुश्रूषा गर्थे। उनले तिनलाई आफ्नो घरको मुख्य कारिन्दा तुल्याएर उनीसँग भएका सब थोकको जिम्मा तिनलाई दिए। 5उनले तिनलाई आफ्नो घरको र आफूसँग भएका सबै कुराको मुख्य कारिन्दा तुल्याएको समयदेखि परमप्रभुले योसेफको खातिर त्यस मिश्रीको घरमा आशिष् दिनुभयो। परमप्रभुको आशिष् उनको घरबार, अन्न-खेत र सबै कुरामाथि थियो। 6यसैले आफूसँग भएका सबै उनले योसेफको जिम्मामा छोड़िदिए। आफूले खाने भोजनबाहेक आफूसँग भएको अरू कुनै कुराको विषयमा उनी वास्ता राख्दैनथिए।
योसेफ सुन्दर र हेर्नमा राम्रा थिए। 7केही समयपछि तिनका मालिककी पत्नीले योसेफमाथि नजर लगाएर भनिन्, “मसँग सुत्।”
8तर तिनले अस्वीकार गरेर आफ्ना मालिककी पत्नीलाई भने, “हेर्नुहोस्, म यस घरमा भएकोले गर्दा मेरा मालिकलाई यस घरमा भएको कुनै कुराको पनि फिक्री छैन, र उहाँसँग भएका सबै कुरा उहाँले मेरै जिम्मामा दिनुभएको छ। 9यस घरमा मभन्दा ठूलो कोही छैन। उहाँले तपाईंबाहेक सबै कुरा मलाई दिनुभएको छ, किनभने तपाईं उहाँकी पत्नी हुनुहुन्छ। तब कसरी यस्तो घोर दुष्ट काम गरेर परमेश्वरको विरुद्धमा मैले पाप गर्नु?” 10अनि तिनले दिनदिनै योसेफसँग कुरा गरे तापनि तिनीसित सुत्न अथवा तिनीसित बस्न योसेफ मानेनन्।
11एक दिन योसेफ आफ्नो काम गर्न घरभित्र गएका थिए। घरमा अरू कोही काम गर्ने मानिस थिएन। 12तिनले योसेफको लुगा समातेर भनिन्, मसित सुत्। तर आफ्नो लुगा तिनकै हातमा छोड़ेर योसेफ भागे, र घरबाट बाहिर निस्के।
13योसेफले आफ्नो लुगा तिनकै हातमा छोड़ेर घरबाट निस्केका देखेर 14तिनले आफ्ना घरका नोकरहरूलाई बोलाएर भनिन्, “हेर, मेरा स्वामीले त यहाँ एक हिब्रू हाम्रो बेइज्जत गर्न ल्याउनुभएको रहेछ। त्यो मसित सुत्नलाई यहाँभित्र आयो, र म चिच्च्याएर कराएँ। 15म चिच्च्याएर कराएकी सुनी त्यसले आफ्नो लुगा मसँग छोड़ेर भाग्यो, र घरबाट बाहिर निस्क्यो।”
16तिनका पति घर नआउञ्जेल तिनले त्यो लुगा आफ्नै साथमा राखिन्, 17र उनी आएपछि तिनले यसो भनेर उही कुरा उनलाई पनि सुनाइन्, “हामीकहाँ तपाईंले ल्याउनुभएको त्यो हिब्रू नोकर मेरो बेइज्जत गर्नलाई यहाँ भित्र आयो। 18तर म चिच्च्याएर कराउने बित्तिकै त्यसले आफ्नो यो लुगा मकहाँ छोड़ी भागेर घरबाट निस्क्यो।”
19“तपाईंको नोकरले मसँग यस्तो व्यवहार गर्यो” भन्ने कुरा जब योसेफका मालिकले आफ्नी पत्नीको मुखबाट सुने तब उनी रीसले राँकिए।
20उनले योसेफलाई राजाका कैदीहरू थुनिने झ्यालखानमा लगेर हालिदिए।
योसेफ त्यसरी झ्यालखानमा परे। 21तर परमप्रभु योसेफको साथमा हुनुहुन्थ्यो, र उहाँले तिनीमाथि टिठ्याउनुभयो, अनि तिनलाई झ्यालखानका हाकिमको निगाहपात्र बनाउनुभयो। 22यसकारण झ्यालखानका हाकिमले त्यस झ्यालखानमा भएका सबै कैदीहरू योसेफको जिम्मामा राखिदिए। त्यहाँ जे-जे काम हुन्थ्यो ती सबै योसेफकै खटनमा हुन्थ्यो। 23योसेफको जिम्मामा राखिएको कुनै कुरामा पनि झ्यालखानका हाकिमले केही फिक्री गर्दैनथिए, किनभने परमप्रभु योसेफको साथमा हुनुहुन्थ्यो। योसेफले जे गरे तापनि परमप्रभुले तिनलाई त्यसमा सफल गराउनुहुन्थ्यो।
BOOK OF GEN - 40
GENESIS 40 (KJV) — Joseph Interprets Dreams in Prison
• Pharaoh’s officers are imprisonedThe chief butler (cupbearer) and the chief baker offend Pharaoh, and they are put in the same prison where Joseph is kept.
• Joseph is appointed to serve themJoseph is assigned to attend them. Even in a hard place, he stays faithful, responsible, and hardworking.
• Both men dream in the same nightEach has a dream, and in the morning they are troubled because there is no one to interpret it.
• Joseph points them to GodJoseph tells them that interpretations belong to God, then he listens carefully to their dreams.
• The butler’s dream (vine with 3 branches)Joseph explains: the 3 branches = 3 days.Pharaoh will lift up the butler’s head and restore him to his place to serve again.
• Joseph’s requestJoseph asks the butler to remember him and tell Pharaoh, because Joseph was taken away from his land and did nothing to deserve prison.
• The baker’s dream (3 baskets on his head)Joseph explains: the 3 baskets = 3 days.Pharaoh will lift up the baker’s head from off him—he will be executed, and birds will eat his flesh.
• Pharaoh’s birthday: the dreams come trueExactly as Joseph said:— The butler is restored.— The baker is hanged.
• The butler forgets JosephEven after being restored, the butler does not remember Joseph. Joseph remains in prison—yet God is still working behind the scenes.
Life Lessons• God can use your prison season to prepare your future.• Stay faithful where you are—God sees what people overlook.• God’s truth is not always easy, but it is always true.• People may forget you, but God never forgets you.
#Genesis40 #Joseph #KJV #Faith #GodsTiming #TrustGod #BibleTruth #Scripture #Jesus
See less
फारोका नोकरहरूका सपना
1केही समयपछि मिश्रका राजाका मुख्य पियाउने र मुख्य पकाउनेले आफ्ना मालिक मिश्रका राजाको विरुद्धमा अपराध गरे। 2फारो आफ्ना यी दुई अधिकृतहरू, अर्थात् मुख्य पियाउने र मुख्य पकाउनेसँग क्रोधित भए। 3उनले उनीहरूलाई अङ्गरक्षकका कप्तानको घर, अर्थात् झ्यालखानको पहरामा हालिदिए। योसेफ पनि त्यहीँ नै थुनामा थिए। 4अङ्गरक्षकका कप्तानले उनीहरूलाई योसेफको जिम्मामा राखिदिए, र तिनले उनीहरूको रेखदेख गर्थे।
केही समयसम्म उनीहरू पहरामा नै बसे। 5एक पल्ट एकै रात झ्यालखानमा परेका मिश्रका राजाका मुख्य पियाउने र मुख्य पकाउने दुवैले आ-आफ्नो अर्थ भएका सपना देखे।
6बिहान आउँदा योसेफले उनीहरूलाई अफसोस गरिरहेका देखे। 7यसकारण तिनले आफ्ना मालिकको कैदमा रहेका फारोका ती दुई अधिकृतहरूलाई सोधे, “आज किन तपाईंहरूको मुख दु:खी छ?”
8उनीहरूले तिनलाई भने, “हामीले सपना देख्यौं, तर तिनको अर्थ खोलिदिने कोही पनि छैन।”
योसेफले उनीहरूलाई भने, “सपनाको अर्थ त परमेश्वरकै हातमा हुँदैन र? मलाई तपाईंहरूका सपना बताउनुहोस्।”
9तब मुख्य पियाउनेले चाहिँ आफ्नो सपना योसेफलाई यसरी बताए। “मेरो सपनामा मेरो सामुन्ने एउटा दाखको बोट थियो। 10दाखको बोटमा तीन वटा हाँगाहरू थिए। त्यसमा टुसा पलाएपछि फूलहरू पनि ढकमक्क लागे, र दाखका झुप्पाहरू लटरम्म भएर पाके। 11फारोको कचौरा मेरो हातमा थियो, र मैले दाख लिई निचोरेर फारोको कचौरामा हालेँ, र त्यो कचौरा फारोको बाहुलीमा टक्र्याएँ।”
12योसेफले उनलाई भने, “यसको अर्थ यही हो; तीन हाँगाहरू भनेको तीन दिन हो। 13तीन दिनभित्रै फारोले तपाईंको शिर ठाड़ो पारिदिनुहुनेछ, र फेरि तपाईंको आफ्नो काम दिनुहुनेछ, र तपाईं अघि उहाँका मुख्य पियाउने हुनुहुँदाजस्तै फेरि फारोको कचौरा उहाँको बाहुलीमा टक्र्याउनुहुनेछ। 14तर जब तपाईंको भलो हुनेछ तब मलाई पनि सम्झनुहोला। कृपा गरी फारोसँग मेरो विषयमा कुरा उठाएर मलाई यस झ्यालखानबाट निकालिदिनुहोला, 15किनकि मलाई वास्तवमा हिब्रूहरूको देशबाट चोरी गरेर ल्याएको हो, र यहाँ पनि झ्यालखानमा पर्ने काम मैले केही गरेको थिइनँ।”
16सपनाको अर्थ असल भएको देखेर मुख्य पकाउनेले पनि योसेफलाई भने, “मैले पनि यस्तो एउटा सपना देखें। मेरो टाउकोमा रोटीका तीन वटा टोकरी थिए। 17माथिल्लो टोकरीमा फारोको निम्ति पकाएका अनेक किसिमका खानेकुरा थिए। तर मेरो टाउकोमा भएको टोकरीबाट चराहरूले ठुँगी-ठुँगी खाइरहेका थिए।”
18योसेफले भने, “यसको अर्थ यही हो: तीन वटा टोकरीहरूचाहिँ तीन दिन हो। 19तीन दिनभित्रै फारोले तपाईंको शिर उड़ाइदिनुहुनेछ, र तपाईंलाई रूखमा झुण्ड्याइदिनुहुनेछ। र चराहरूले तपाईंको मासु ठुँगी-ठुँगी खानेछन्।”
20तेस्रो दिन फारोको जन्मदिन थियो। त्यस दिन उनले आफ्ना सबै अधिकृतहरूलाई भोज दिए, र यी अधिकृतहरूका अगि ल्याएर उनले मुख्य पियाउने र मुख्य पकाउनेलाई खड़ा गरे। 21उनले मुख्य पियाउनेलाई चाहिँ आफ्नै काममा फेरि नियुक्त गरे, र यिनले फारोलाई कचौरा टक्र्याउने गरे। 22तर योसेफले उनीहरूका सपनाको अर्थ खोलिदिएझैँ मुख्य पकाउनेलाई चाहिँ फारोले झुण्ड्याइदिए।
23तापनि मुख्य पियाउनेले योसेफलाई सम्झेनन्, तर तिनलाई बिर्सिहाले।
BOOK OF GEN - 41
GENESIS 41 (KJV) — Pharaoh’s Dream • Joseph Exalted • God’s Plan for Famine
Pharaoh had two powerful dreams after two full years:
Dream #1 (Cows)• 7 healthy, fat cows came up out of the river and fed in a meadow.• 7 ugly, thin cows came up after them… and ate the 7 fat cows—yet they still looked thin.
Dream #2 (Corn)• 7 good, full ears of corn grew on one stalk.• 7 thin ears, blasted by the east wind, came up after them and devoured the 7 good ears.
Pharaoh woke up troubled. He called the magicians and wise men, but none could interpret the dreams.
Then the chief butler remembered Joseph and told Pharaoh: “Joseph can interpret dreams.”
So Joseph was brought out of the dungeon, shaved, changed his clothes, and stood before Pharaoh.
Joseph said the meaning was from God: The two dreams are one message because God is showing Pharaoh what He will do. 7 years of great abundance are coming in Egypt. After that will come 7 years of severe famine, so terrible that the abundance will be forgotten.
Joseph gave wise counsel:• Choose a discreet and wise man to oversee Egypt.• Store one-fifth (20%) of the harvest during the seven good years.• Gather and store grain in cities to prepare for the famine.
Pharaoh recognized God’s wisdom in Joseph and said:• “Can we find such a one as this, a man in whom the Spirit of God is?”So Pharaoh set Joseph over all Egypt.
Joseph was given honor and authority:• Pharaoh gave him his ring, fine clothing, and a gold chain.• Joseph rode in the second chariot.• All were told to bow the knee.• Joseph was called Zaphnath-paaneah and was given Asenath as wife.
Joseph was 30 years old when he stood before Pharaoh.During the 7 years of plenty, he gathered grain “as the sand of the sea.”When the famine began, the people cried for food, and Pharaoh said: “Go unto Joseph; what he saith to you, do.”
The famine spread, and all countries came to Egypt to buy corn, because the famine was sore everywhere.
Message / Lesson:God can take a prisoner and make him a ruler in one day. What looks like delay is often God’s preparation. When God gives wisdom, it’s not just for you—it can save many lives.
#Genesis41 #KJV #Joseph #PharaohDream #GodsPlan #DreamInterpretation #Wisdom #Faith #GodsTiming #Promotion #Abundance #Famine #Scripture #OldTestament #Genesis #TrustGod #GodProvides #BiblicalTruth #DailyWord
See less
फारोका सपनाहरू र त्यसका अर्थ
1यसको पूरा दुई वर्षपछि फारोले एउटा सपना देखे। सपनामा उनी नील नदीको किनारमा उभिरहेका थिए। 2नील नदीबाट सात वटा खूब सप्रेका मोटा-मोटा गाईहरू निस्केर आए, र काँसको घारीमा चर्न लागे। 3त्यसपछि अरू सात वटा हड्डी र छाला मात्र भएका दुब्ला-दुब्ला गाईहरू नील नदीबाट तिनीहरूका पछिपछि निस्के, र नील नदीको किनारमा उभिरहेका पहिलेका गाईहरूसँगै उभिए। 4ती हड्डी र छाला मात्र भएका दुब्ला-दुब्ला गाईहरूले ती सात वटा सप्रेका मोटा-मोटा गाईहरूलाई खाइहाले। अनि फारो ब्यूँझे।
5त्यसपछि उनी फेरि निदाए, र अर्को एउटा सपना देखे। सात वटा भरिला र असल अनाजका बाला एउटै डाँठमा उम्रिरहेका थिए। 6त्यसपछि सेप्रा र पूर्वीय बतासले ओइलाएका अरू सात वटा अन्नका बालाहरू पसाए। 7अनि ती सेप्रा बालाहरूले ती सात वटा असल र भरिला बालाहरूलाई निलिहाले। अनि फारो ब्यूँझे। त्यो सपना रहेछ भनी उनलाई थाहा भयो।
8बिहान उनको हृदयमा ठूलो चिन्ता पर्यो, अनि उनले मिश्रका सबै जादूगर र त्यहाँका सबै ज्ञानी पुरुषहरूलाई बोलाए। फारोले तिनीहरूलाई आफ्ना सपना बताए। तर फारोलाई सपनाको अर्थ खोलिदिने त्यहाँ कोही भएन।
9तब ती मुख्य पियाउनेले फारोलाई भने, “मेरो भूल आज मलाई थाहा भयो। 10फारोले आफ्ना नोकरहरूसँग रिसानी भएर मलाई र मुख्य पकाउनेलाई अङ्गरक्षकका कप्तानको कैदखानामा राख्नुहुँदा 11एउटै रात उनले र मैले आ-आफ्नै अर्थ भएका सपना देखेका थियौं। 12त्यहाँ अङ्गरक्षकका कप्तानको एक जना जवान हिब्रू नोकर हामीसँग थियो, र जब हामीले त्यसलाई हाम्रा सपना बतायौं, हामी दुवैको आ-आफ्नो सपनाअनुसार सपनाको अर्थ त्यसले हामीलाई खोलिदियो। 13त्यसले हामीलाई जस्तो अर्थ खोलेको थियो, त्यस्तै हुनआयो। म आफ्नो काममा फेरि नियुक्त भएँ, तर त्यो मुख्य पकाउनेचाहिँ झुण्ड्याइयो।”
14यसैकारण फारोले योसेफलाई बोलाउन पठाए, र उनीहरूले तिनलाई झ्यालखानबाट निकालेर ल्याए। तिनले दाह्री र कपाल खौरे, र लुगा फेरे। अनि तिनी फारोको सामुन्ने हाजिर भए।
15फारोले योसेफलाई भने, “मैले एउटा सपना देखें। तर यहाँ कसैले त्यसको अर्थ बताउन सकेन। मैले तेरो विषयमा सुनें, कि सपना सुनेपछि तैंले अर्थ खोल्न सक्छस् रे।”
16योसेफले फारोलाई भने, “यस्तो ज्ञान त ममा छैन। तर परमेश्वरले फारोलाई यथार्थ उत्तर दिनुहुन्छ।”
17तब फारोले योसेफलाई भने, “मेरो सपनामा म नील नदीको किनारमा उभिरहेको थिएँ। 18अनि सात वटा खूब सप्रेका मोटा गाईहरू नील नदीबाट निस्केर काँसको घारीमा चर्न लागे। 19त्यसपछि निर्धा र हड्डी र छाला मात्र भएका दुब्ला-दुब्ला, मैले मिश्रमा कहिल्यै नदेखेका गाईहरू तिनका पछि लागे। 20ती हड्डी र छाला मात्र भएका दुब्ला गाईहरूले पहिलेका सात वटा सप्रेका मोटा-मोटा गाईहरूलाई खाइहाले। 21तर तिनीहरूले ती सात वटालाई खाइसकेपछि पनि तिनीहरूले खाए भनेर कसैले भन्न सक्दैनथियो, किनभने तिनीहरू अझै पनि पहिलेजस्तै दुब्लै थिए। तब म ब्यूँझें।
22“मैले मेरो दोस्रो सपनामा यो पनि देखें— एउटा डाँठमा सात वटा भरिला र असल बाला पसाए। 23फेरि ओइलाएका, सेप्रा र पूर्वीय बतासले हानेका सात वटा बालाहरू त्यसपछि पसाए। 24ती सेप्रा बालाहरूले ती सात वटा असल बालाहरूलाई निलिहाले। मैले जादूगरहरूलाई पनि यो सपना बताएँ, तर मलाई यसको अर्थ खोलिदिन कसैले पनि सकेन।”
25तब योसेफले फारोलाई भने, “फारोका सपनाहरू एउटै हो। परमेश्वरले जे गर्न लाग्नुभएको छ सो फारोलाई प्रकट गर्नुभएको छ। 26ती सात वटा खूब सप्रेका मोटा-मोटा गाईहरू सात वर्ष, र ती सात वटा असल बालाहरू पनि सात वर्ष नै हुन्। सपना एउटै हो। 27तिनका पछिपछि आउने हड्डी र छाला मात्र भएका दुब्ला गाईहरू सात वर्ष हुन्। र ती सात वटा पूर्वीय बतासले हानेका सेप्रा बालाहरू पनि अनिकालका सात वर्ष हुन्।”
28“यो मैले फारोलाई निवेदन गरेजस्तै हो— आफूले गर्न लाग्नुभएको कार्य फारोलाई परमेश्वरले देखाउनुभएको हो। 29मिश्रदेशभरि जताततै सात वर्षसम्म ठूलो सहकाल हुनेछ, 30तर त्यसपछि अनिकालका सात वर्ष आउनेछन्, र मिश्रभरि त्यो सहकालको समय बिर्सिनेछ, र अनिकालले देश स्वाहा पार्नेछ। 31पछि आउने अनिकालले गर्दा देशमा भएको सहकालको यादै रहनेछैन, किनभने त्यो अनिकाल अति भयानक हुनेछ। 32फारोको यो सपना दोहोरिएको अर्थचाहिँ यो परमेश्वरले निर्णय गरिसक्नुभएको छ, र परमेश्वरले चाँड़ै नै पूरा गर्नुहुनेछ।
33“यसकारण अब फारोले एक जना चतुर र बुद्धिमान् मानिस छानेर सारा मिश्रदेशमा अधिकार चलाउन नियुक्त गर्नुहोस्। 34फारोबाट सहकालका सात वर्षसम्म मिश्रदेशका उब्जनीको पाँचौँ हिस्सा उठाउनलाई देशमा कामदारीहरू नियुक्त होऊन्। 35तिनीहरूले आउने सहकालका वर्षहरूका सबै अनाजहरू जम्मा गरून्, अनि सहर-सहरमा खानका निम्ति फारोको अख्तियारमा अनाजहरू थुपारून् र ती सञ्चय गरून्। 36अनिकालले देश विनाश हुन नपाओस् भनी मिश्रदेशमा परिआउने ती सात वर्षको अनिकालको निम्ति देशको लागि ती अनाजहरू सुरक्षित राखिऊन्।”
37यो सुझाव फारो र उनका सारा अधिकारीहरूलाई मन पर्यो। 38अनि फारोले उनीहरूलाई भने, “यिनीजस्तो परमेश्वरका आत्मा भएको अन्य कुन मानिस हामी पाउन सक्छौं?”
39तब फारोले योसेफलाई भने, “परमेश्वरले तिमीलाई सबै कुरा देखाइदिनुभएको छ, र तिमीजस्तो चतुर र बुद्धिमान् मानिस अरू छैन। 40यसकारण मेरो महलको अख्तियार चलाउने तिमी नै भयौ, र तिम्रै आज्ञाअनुसार मेरो समस्त प्रजा चल्नेछ। केवल सिंहासनको सम्बन्धमा मात्र म तिमीभन्दा माथि हुनेछु।”
मिश्रमा योसेफले अधिकार चलाएका
41अनि फारोले योसेफलाई भने, “हेर, मैले तिमीलाई सम्पूर्ण मिश्रदेशमाथि अधिकार दिएको छु।” 42तब फारोले आफ्नो छाप-औँठी आफ्नो औँलाबाट फुकालेर योसेफको औँलामा लगाइदिए, र तिनलाई मलमलको लुगा पहिराइदिए, र तिनको गलामा सुनको सिक्री लगाइदिए। 43तिनलाई फारोले आफ्नो दोस्रो प्रशासकझैँ रथमा सवार गराए। मानिसहरू तिनको अगिअगि “घुँड़ा टेकेर झुक” भनी कराउँदै हिँड़े। यसरी फारोले तिनलाई सम्पूर्ण मिश्रदेशमाथि अधिकार दिए।
44फारोले फेरि पनि योसेफलाई भने, “म फारो हुँ, तर म यो भन्दछु कि तिम्रो इच्छाबाहेक अरू कुनै मानिसले मिश्रदेशभरि केही गर्न पाउनेछैन।” 45फारोले योसेफको नाउँ सापनत-पानेह राखे, र उनले तिनलाई ओनका पूजाहारी पोतीपेराकी छोरी आसनतसँग विवाह गरिदिए। त्यसपछि योसेफ मिश्रभरि दौड़ाहा गर्न लागे।
46मिश्रका राजा फारोको राजसेवामा नियुक्त हुँदा योसेफ तीस वर्ष पुगेका थिए। अनि योसेफ फारोको सम्मुखबाट निस्केर सारा मिश्रदेशभरि दौड़ाहा गर्न लागे। 47सहकालका सात वर्षसम्म जमिनले प्रशस्त उब्जनी दियो। 48तिनले सहकालका सात वर्षसम्म मिश्रका सबै अन्न जम्मा गरे, र सहर-सहरमा अनाजहरू थन्क्याए। तिनले हरेक सहरमा वरिपरिका खेतहरूका अनाज थन्क्याएर राखे। 49योसेफले समुद्रका बालुवासरी प्रशस्त मात्रामा अनाजहरू सञ्चय गरे, यहाँसम्म कि ती अघोर प्रशस्त भएको कारणले तिनले हिसाब राख्न पनि छोड़िदिए।
50अनिकालका वर्ष आउन अघि ओनका पूजाहारी पोतीपेराकी छोरी आसनतबाट योसेफका दुई छोराहरू जन्मिसकेका थिए। 51जेठाको नाउँ योसेफले मनश्शे राखे, र तिनले भने, “परमेश्वरले मेरा सबै कष्ट र मेरा बुबाका घरको सम्झना मलाई बिर्साउनुभएको छ।” 52अर्काको नाउँ तिनले एफ्राइम राखे, र तिनले भने, “परमेश्वरले मेरो कष्टको देशमा मलाई फलिफाप गराउनुभएको छ।”
53मिश्रको सात वर्षको ठूलो सहकालको अन्त भयो। 54तब योसेफले भनेझैँ अनिकालका सात वर्ष आउन लाग्यो। सबै देश-देशमा अनिकाल पर्यो, तर सारा मिश्रमा चाहिँ अन्न थियो। 55जब सारा मिश्र अनिकालले पीडित भयो, तब प्रजाहरूले फारोसँग अनाजको निम्ति बिन्ती चढ़ाए। फारोले सबै मिश्रीहरूलाई भने, “योसेफकहाँ जाओ। तिनले तिमीहरूलाई जे गर्नु भन्छन् त्यही गर।”
56जब सारा देशभरि अनिकाल पर्यो, तब योसेफले सबै धनसारहरू खोलेर सबै मिश्रीहरूलाई अनाज बेच्न सुरु गरे, किनकि मिश्रभरि घोर अनिकाल परेको थियो। 57यसैले सबै देशका मानिसहरू मिश्रमा योसेफकहाँ अनाज किन्न आए। किनभने पृथ्वीभरि नै भयङ्कर अनिकाल परेको थियो।
BOOK OF GEN - 42
GENESIS 42 — Joseph Tests His Brothers
Famine in CanaanA great famine hits the land. Jacob tells his sons, “Why do ye look one upon another?” Go to Egypt and buy corn so the family can live.
The Brothers Travel to EgyptJoseph’s 10 brothers go down to Egypt for food. Benjamin stays home with Jacob.
Joseph Is Now the GovernorJoseph is in authority over Egypt’s food supply—exactly where God positioned him. His brothers bow before him… and Joseph’s earlier dreams begin to come true.
Joseph Recognizes ThemJoseph knows who they are, but they do not recognize him.He speaks roughly and says, “Ye are spies!”
The Brothers Defend ThemselvesThey explain: “We are 12 brothers… the youngest is with our father… and one is not.”(That “one” is Joseph… and their guilt is still there.)
Joseph Tests Them With BenjaminJoseph says, “Bring your youngest brother.”He puts them in prison for 3 days—a test of truth, unity, and repentance.
Simeon Is TakenJoseph keeps Simeon bound as a prisoner, and sends the rest home with grain.
Guilt & Fear Rise UpThey confess, “We are guilty concerning our brother…”Then they find their money back in their sacks—now they’re afraid and shaken.
Lessons From Genesis 42 God can use time, famine, and pressure to bring hidden sin to the surface. The past doesn’t stay buried—conviction will eventually speak. God’s plan is bigger than betrayal—Joseph’s story shows purpose in pain. Testing is not always punishment—sometimes it’s preparation for restoration.
#Genesis42 #Joseph #GodsPlan #Faith #Forgiveness #Repentance #Restoration #OldTestament #Scripture #BibleTruth #GodIsGood #TrustGod #ChristianLife #GodsTiming
See less
याकूबका दश छोराहरू मिश्रमा गएका
1मिश्रमा अनाज छ भनी थाहा पाएपछि याकूबले आफ्ना छोराहरूलाई भने, “तिमीहरू किन एक-अर्काको मुख हेराहेर गर्दै बस्छौ? 2मिश्रमा अनाज छ रे भन्ने मैले सुनेको छु। हामीहरू जीवितै रहने हो भने त्यहाँ गएर हाम्रा निम्ति अनाज किनेर ल्याओ।”
3यसकारण योसेफका दश जना दाजुहरू मिश्रमा अनाज किन्न गए। 4तर याकूबले योसेफका भाइ बेन्यामीनलाई चाहिँ तिनका दाजुहरूसँग पठाएनन्। किनकि तिनलाई केही खतरा आइपर्ला भनी याकूब डराउँथे। 5यसरी अरू जानेहरूका साथमा इस्राएलका छोराहरू पनि अनाज किन्न गए, किनकि कनान देशमा पनि अनिकाल परेको थियो।
6त्यस बेला योसेफ मिश्रका अधिपति थिए। देशका सारा मानिसहरूलाई अनाज बेच्ने पनि तिनी नै थिए। यसकारण योसेफका दाजुहरूले आएर भूइँसम्म निहुरेर तिनलाई ढोग गरे। 7योसेफले आफ्ना दाजुहरूलाई देखेर चिनिहाले, तर तिनले उनीहरूलाई नचिनेका जस्तै गरी कड़ासँग उनीहरूलाई सोधे, “तिमीहरू कहाँबाट आएका हौ?”
उनीहरूले भने, “कनान देशबाट अनाज किन्न आएका हौं।”
8योसेफले आफ्ना दाजुहरूलाई त चिने, तर उनीहरूले भने तिनलाई चिनेनन्। 9तब योसेफले उनीहरूका विषयमा आफूले देखेका सपना सम्झे, र तिनले उनीहरूलाई भने, “तिमीहरू जासूस हौ। यस देशको कमजोरी थाहा गर्न तिमीहरू आएका हौ।”
10उनीहरूले योसेफलाई भने, “हे प्रभु, त्यसो होइन। हामी तपाईंका दासहरू अनाज किन्न आएका हौं। हामी सबै एउटै मानिसका छोराहरू हौं। 11हामी सोझा मानिसहरू हौं, हामी हजूरका दासहरू हौं, जासूस होइनौं।”
12तिनले उनीहरूलाई भने, “होइन, तिमीहरू यस देशको कमजोरी थाहा गर्नलाई नै आएका हौ।”
13तब उनीहरूले भने, “हामी हजूरका दास बाह्र जना दाजुभाइहरू थियौं। कनान देशका एउटै मानिसका छोराहरू हौं। कान्छोचाहिँ यस बेला हाम्रा बुबाका साथमा छ, र एउटाचाहिँ अब छैन।”
14योसेफले उनीहरूलाई भने, “मैले भनेजस्तै तिमीहरू जासूस नै रहेछौ। 15अब तिमीहरूको जाँच यसरी हुनेछ। फारोको जीवनको शपथ खाएर म भन्दछु कि तिमीहरूको कान्छो भाइ नआएसम्म तिमीहरू यस ठाउँबाट जान पाउनेछैनौ। 16तिमीहरूमध्ये एक जनालाई तिमीहरूको भाइलाई ल्याउन पठाओ। त्यतिञ्जेल तिमीहरू थुनामा रहनेछौ। यसरी तिमीहरूको कुरा सत्य हो कि होइन जाँचिनेछ। नत्रता फारोको जीवनको शपथ खाएर म भन्दछु कि तिमीहरू जासूसै हौ।” 17अनि योसेफले उनीहरूलाई एकसाथ तीन दिन थुनामा राखे।
18तेस्रो दिन योसेफले उनीहरूलाई भने, “यसो गर, र तिमीहरू बाँच्नेछौ, किनकि म परमेश्वरसँग डराउँछु। 19यदि तिमीहरू ईमानदार हौ भने तिमीहरू दाजुभाइहरूमध्ये एक जना यहाँ थुनामा बस, र बाँकीचाहिँ अनिकालमा तिमीहरूका परिवारको भोक मार्नलाई अनाज बोकेर जाओ। 20तर तिमीहरूको कान्छो भाइलाई यहाँ मकहाँ ल्याओ। यसरी तिमीहरूको कुरा साँचो ठहरिनेछ, र तिमीहरू मर्नेछैनौ।” उनीहरूले त्यसै गरे।
21उनीहरू एकले अर्कालाई भने, “साँच्ची नै हाम्रो भाइको विषयमा हामी दोषी छौं, किनकि त्यसले हामीसित बिन्ती गर्दा हामीले त्यसको मनको व्याकुलता देखेर पनि त्यसको कुरा सुनेनौं। यसकारण यो सङ्कष्ट हामीमाथि पर्न आएको हो।”
22रूबेनले उनीहरूलाई जवाफ दिए, “त्यस ठिटाको विरुद्ध अपराध नगर भनी मैले तिमीहरूलाई भनेको होइन? तर तिमीहरूले सुन्दै सुनेनौ। अब त्यसका रगतको बदला हामीले भोग्नुपर्छ।” 23योसेफ र तिनका दाजुभाइहरूका बीचमा दोभासे भएको हुनाले उनीहरूको कुरा योसेफले बुझ्छन् भनी उनीहरूलाई थाहा भएन।
24योसेफ उनीहरूबाट एकातर्फ फर्केर रोए। तर फेरि उनीहरूतिर फर्केर तिनले उनीहरूसित कुरा गरे। तिनले उनीहरूबाट शिमियोनलाई लिएर उनीहरूका आँखाकै सामुन्ने उनलाई बाँधे।
25योसेफले उनीहरूका धोक्राहरूमा अनाज भरिदिनू र उनीहरूका आ-आफ्ना चाँदीका सिक्काहरू धोक्रामै हालिदिनू र उनीहरूको बाटोको निम्ति उनीहरूलाई सामलतुमल दिनू भनी हुकुम गरे। तिनीहरूका निम्ति त्यसै गरियो। 26तब आफ्ना गधाहरूमा अनाज लादेर उनीहरू त्यहाँबाट हिँड़े।
27वास बस्ने ठाउँमा उनीहरूमध्ये एक जनाले आफ्नो गधालाई दाना दिन धोक्रो फुकाउँदा आफ्नो चाँदी धोक्रोको मुखमै देखे। 28उनले आफ्ना दाजुभाइहरूलाई भने, “मेरो चाँदी त फर्काइदिएछन् क्यारे! हेर, त्यो यहाँ मेरो धोक्रोको मुखैमा छ।”
यसमा उनीहरूको हंसले ठाउँ छोड्यो, र उनीहरू थरथर काम्दै र एक-अर्कालाई हेराहेर गर्दै भन्न लागे, “परमेश्वरले हामीलाई यो के गर्न लाग्नुभयो?”
29जब उनीहरू कनान देशमा आफ्ना बुबा याकूबकहाँ आइपुगे, तब उनीहरूमाथि भएको कुरा सबै तिनलाई यसो भनेर बताए, 30“त्यस देशका मालिकले हामीसित कठोर बोली गरे। हामीलाई त तिनले त्यस देशमा जासूसजस्तै तुल्याए। 31तर ‘हामी सोझा मानिस हौं। हामी जासूस होइनौं। 32हाम्रा बुबाका हामी बाह्र भाइ छोरा हौं। एउटाचाहिँ छैन, र कान्छोचाहिँ यस बेला कनान देशमा हाम्रा बुबाको साथमा छ’ भनेर हामीले तिनलाई भन्यौं।
33“त्यस देशका ती मालिकले हामीलाई भने, ‘यस कुराबाट मात्र तिमीहरू सोझा मानिस रहेछौ भनी मलाई थाहा हुनेछ, कि तिमीहरूका दाजुभाइमध्ये एक जना यहाँ मसँग छोड़, र अनिकालमा तिमीहरूका परिवारको भोक मार्नलाई अनाज लिएर आफ्नो बाटो लाग। 34तर तिमीहरूको कान्छो भाइलाई यहाँ मकहाँ ल्याओ। तब मात्र तिमीहरू जासूस होइनौ, तर सीधा मानिस रहेछौ भन्ने मलाई थाहा हुनेछ, र म तिमीहरूको यस भाइलाई तिमीहरूका हातमा सुम्पनेछु, र तिमीहरू यस देशमा लेनदेन गर्न पाऔला’।”
35उनीहरूले आफ्ना धोक्राहरू खन्याउँदा उनीहरू हरेकका चाँदीको पोको आ-आफ्नो धोक्रोमा रहेछ। जब उनीहरूले र उनीहरूका बुबाले ती चाँदीका पोकाहरू देखे तब उनीहरू डराए। 36उनीहरूका बुबा याकूबले उनीहरूलाई भने, “तिमीहरूले त मेरा छोराहरू मबाट खोसेर मलाई अति शोकित तुल्याएका छौ। योसेफ छैन, शिमियोन छैन, अब बेन्यामीनलाई पनि लैजान खोज्छौ। यी सबै घटना मैमाथि पर्न आएको छ।”
37तब रूबेनले आफ्ना बाबुलाई भने, “यदि मैले बेन्यामीनलाई तपाईंकहाँ ल्याइनँ भने मेरा दुई छोराहरूको प्राण लिनुहोस्। बेन्यामीनलाई मेरो जिम्मामा दिनुहोस्। त्यसलाई म तपाईंकहाँ फर्काएर ल्याउनेछु।”
38तर याकूबले भने, “मेरो छोरो तिमीहरूसँग जानेछैन, किनकि त्यसको दाजु मरिहाल्यो, र अब यही मात्र बाँकी छ। यदि तिमीहरूले गर्न लागेको यात्रामा त्यसमाथि केही खतरा पर्न आयो भने, तिमीहरूले मलाई यो फुलेको कपाल अफसोसमै चिहानमा पुर्याउनेछौ।”
BOOK OF GEN - 43
GENESIS 43 (KJV) (Joseph’s brothers return to Egypt with Benjamin)
The famine gets worse (v.1–2)The food in Canaan is gone. Jacob’s family cannot survive unless they buy grain again. So Jacob tells his sons to return to Egypt for more food.
Judah reminds Jacob of the rule (v.3–5)Judah explains clearly: the ruler in Egypt (Joseph) warned them, “Ye shall not see my face, except your brother be with you.”Meaning: No Benjamin = no grain. If Jacob won’t send Benjamin, going back is useless.
Jacob feels hurt and pressured (v.6–7)Jacob is upset that they told the ruler about their family. The brothers explain they answered honestly because the ruler questioned them closely about their father and whether they had another brother. They didn’t know this would happen.
Judah becomes responsible for Benjamin (v.8–10)Judah steps up like a leader. He tells Jacob:• Send Benjamin with me• We must go so we can live• I will be “surety” for him (I will guarantee his safety)Judah even says, “If I bring him not unto thee… then let me bear the blame for ever.”This shows real responsibility and love for the family.
Jacob agrees and gives wise instructions (v.11–14)Jacob finally yields, but he prepares carefully: Send a gift (balm, honey, spices, myrrh, nuts, almonds) Take double money (to pay for new grain + return the money that was found before) Bring BenjaminThen Jacob prays: “God Almighty give you mercy before the man.”Jacob is trusting God now, not just his fear.
They return to Egypt with Benjamin (v.15–17)The brothers go back to Egypt with:• Benjamin• The gift• Double moneyWhen Joseph sees Benjamin, he gives a surprising command:“Bring these men home… and make ready; for these men shall dine with me at noon.”Joseph is already planning mercy and restoration.
The brothers fear punishment (v.18–23)When they are brought to Joseph’s house, they panic. They think:“We are here because of the money that was returned in our sacks… maybe we’ll be arrested and made slaves.”So they explain everything to Joseph’s steward, including that they brought the money back.The steward answers kindly:“Peace be to you, fear not… your God… hath given you treasure in your sacks.”Then he brings out Simeon to them safely.This shows God is softening their fear and preparing their hearts.
Joseph’s house: cleansing and preparation (v.24–26)They wash their feet, their animals are cared for, and they prepare the gift.When Joseph arrives, they bow down—fulfilling Joseph’s earlier dreams again.
Joseph asks about their father + blesses Benjamin (v.27–31)Joseph asks:• “Is your father well?”• “Is he yet alive?”They answer yes.Joseph sees Benjamin—his own mother’s son—and says:“God be gracious unto thee, my son.”Joseph is so moved that he must leave to weep privately.Even though he has power, his heart is full of love.
The meal and the shocking order (v.32–34)Joseph eats separately (Egyptians wouldn’t eat with Hebrews).Then the brothers sit down—from the oldest to the youngest—and they are amazed, because Joseph arranged it perfectly.Benjamin receives five times more than the others.This is not to shame them, but to test their hearts and show favor.
WHAT THIS CHAPTER TEACHES US God can use pressure to bring change. The famine pushed the family to move forward. True repentance begins to show in responsibility. Judah changes—from selfish to sacrificial. God’s mercy can meet you even when you expect punishment. The steward’s words brought peace. God is working behind the scenes. Joseph is preparing restoration long before they understand it. Favor doesn’t always mean harm to others. Benjamin is blessed, but the goal is healing the family.
When your situation feels impossible, God can still be guiding every step—turning fear into mercy, and pain into restoration.
#Genesis43 #KJV #Joseph #Judah #Benjamin #GodsMercy #Faith #Restoration #GodsPlan
See less
योसेफका दाजुहरू दोस्रो पल्ट मिश्रमा गएका
1त्यस देशमा अझ भयङ्कर अनिकाल थियो। 2जब मिश्रबाट ल्याएको अनाज उनीहरूले खाइसके, तब उनीहरूका बाबुले उनीहरूलाई भने, “हाम्रा निम्ति अलिकता अनाज किन्न फेरि जाओ।”
3तर यहूदाले तिनलाई भने, “ती मानिसले हामीलाई ‘तिमीहरूको भाइलाई तिमीहरूका साथमा नल्याउञ्जेल मेरो सम्मुख आउन पाउनेछैनौ’ भनेर कड़ा चेताउनी दिएका छन्। 4तपाईंले भाइलाई हाम्रो साथमा पठाउनुहुन्छ भने मात्र हामी गएर तपाईंको निम्ति अनाज किनेर ल्याउनेछौं। 5तर त्यसलाई पठाउनुहुन्न भनेता हामी जानेछैनौं, किनभने ती मानिसले हामीलाई भनेका छन् कि ‘तिमीहरूको भाइ तिमीहरूसित नहोउञ्जेल तिमीहरू मेरो सम्मुख आउन पाउनेछैनौ’।”
6इस्राएलले भने, “तिमीहरूको अर्को भाइ छ भनी ती मानिसलाई बताएर तिमीहरूले ममाथि किन यस्तो संकष्ट ल्यायौ?”
7उनीहरूले जवाफ दिए, “ती मानिसले यसो भनेर हामी र हाम्रा कुटुम्बका विषयमा केरकार गरी सोधपूछ गरे, ‘के तिमीहरूका बुबा अझै जीवितै छन्? के तिमीहरूको अरू भाइ पनि छ?’ हामीले त यी नै प्रश्नका जवाफ मात्र तिनलाई दियौं। तिनले हामीलाई ‘तिमीहरूको भाइलाई यहाँ ल्याओ’ भन्लान् भनी हामीले कसरी जान्नु?”
8तब यहूदाले आफ्ना बुबा इस्राएललाई भने, “यस केटालाई मेरो साथमा पठाइदिनुहोस्, र हामी गइहाल्नेछौं, कि हामी र तपाईं र हाम्रा बालबच्चासमेत नमरौं तर जीवितै रहौं। 9यसको जमानी म भएँ। मेरै हातबाट फेरि तपाईंले यसलाई लिनुहोला। यदि मैले यसलाई फर्काएर ल्याइनँ भने र तपाईंको सामु राखिनँ भने, म सदाको निम्ति दोषी ठहरिनेछु। 10हामीले ढिलो नगरेको भए हामी दुई पल्टसम्म ओहोरदोहोर गर्न सक्नेथियौं।”
11तब उनीहरूका बुबा इस्राएलले उनीहरूलाई भने, “यदि यसो हुनैपर्छ भने यसो गर: यस देशका बढ़िया-बढ़िया उब्जनीहरू, अलिक सुगन्धित लेप, अलिकता मह, सुगन्धित मसला, मूर्र, पेस्ता र हाड़े-बदाम ती मानिसको निम्ति सौगातको रूपमा तिमीहरूका धोक्रामा लगिदेओ। 12तिमीहरूसँग दोबर चाँदी पनि लैजाओ, किनभने जुन चाँदी तिमीहरूका धोक्राको मुखमा थियो त्यो फिर्ता गर्नुपर्छ। शायद त्यो भूलले भएको होला। 13आफ्नो भाइलाई पनि साथमा लिएर ती मानिसकहाँ फेरि जाओ। 14तिमीहरूको अर्को भाइ र बेन्यामीनलाई छुटकारा दिन ती मानिसको सामुन्ने सर्वशक्तिमान् परमेश्वरले तिमीहरूमाथि कृपा गरून्। म निर्वंश हुनैपर्छ भने होस्।”
15तब ती मानिसहरू सौगात, दोबर चाँदी र बेन्यामीनलाई पनि आफ्ना साथमा लिई मिश्रतिर गए, र योसेफको सामुन्ने हाजिर भए। 16जब योसेफले उनीहरूका साथमा बेन्यामीनलाई देखे तब तिनले आफ्नो घरको भण्डारेलाई भने, “यी मानिसहरूलाई मेरो घरमा लैजाऊ, र एउटा पशु मारेर भोज तयार गर। किनभने यी मानिसहरू आज दिउँसो मसँगै खानेछन्।”
17योसेफले हुकुम गरेबमोजिम त्यस मानिसले गर्यो, र ती मानिसहरूलाई योसेफको घरमा ल्यायो। 18तर योसेफको घरमा ल्याएको हुनाले योसेफका दाजुभाइहरूले डराएर आपसमा भने, “पहिलो पल्ट हाम्रा धोक्राहरूमा फर्काइदिएको चाँदीको कारण हामीलाई यहाँ ल्याएको हुनुपर्छ। अब तिनले हाम्रा विरुद्धमा निहुँ पाएर हामीलाई कमारा तुल्याउँछन् र हाम्रा गधाहरू जफत गरेर लिन्छन् होला।”
19यसैकारण योसेफका घरको हर्ताकर्ताकहाँ गएर घरको ढोकैमा त्यसलाई उनीहरूले भने, 20“हजूर, पहिलो पल्ट हामी अनाज किन्न आएका थियौं। 21वासमा पुगेर हाम्रा धोक्रा फुकाउँदा हामी प्रत्येकले धोक्राका मुख-मुखमा हाम्रै चाँदी फेला पार्यौं— हाम्रा पूरा चाँदी। यसैले यो हामीले आफ्ना साथमै ल्याएका छौं। 22अनाज किन्नलाई अरू बढ़ी चाँदी पनि हामीले ल्याएका छौं। हाम्रा धोक्रामा हाम्रै चाँदी कसले हालिदियो सो हामीलाई थाहा छैन।”
23त्यसले जवाफ दियो, “धन्दा नमान, नडराओ। तिमीहरूका परमेश्वर, तिमीहरूका बुबाका परमेश्वरले नै अवश्य तिमीहरूका धोक्राहरूमा धन हालिदिनुभएको हुनुपर्छ। तिमीहरूको चाँदी त मैले पाएकै थिएँ।” तब त्यसले शिमियोनलाई निकालेर उनीहरूकहाँ ल्यायो।
24त्यस मानिसले उनीहरूलाई योसेफको घरभित्र लग्यो, र उनीहरूलाई आ-आफ्ना खुट्टा धुनलाई पानी दियो, र उनीहरूका गधाहरूलाई दानापानी पनि दियो। 25मध्यदिनमा योसेफलाई भेट्ने समयको लागि उनीहरूले सौगात तयार पारे, किनकि खाना त्यहीँ खानुपर्छ भनी उनीहरूलाई भनिएको थियो।
26जब योसेफ घरमा आए तब उनीहरूले आफ्ना साथमा ल्याएका सौगात तिनलाई चढ़ाउन घरमा ल्याए, र तिनलाई साष्टाङ्ग प्रणाम गरे। 27तिनले चाहिँ उनीहरूको भलाकुसारी सोधपूछ गरेर भने, “तिमीहरूका बुबा, ती वृद्ध मानिस कुशलै छन्? अनि के तिनी जीवितै छन्?”
28उनीहरूले भने, “तपाईंका दास, हाम्रा बुबा कुशलै हुनुहुन्छ, र आजसम्म बाँचिरहनुभएको छ।” तब उनीहरूले भूइँसम्म निहुरेर तिनलाई ढोग गरे।
29योसेफले यसो हेरेर आफ्नो भाइ, आफ्नै आमाको छोरो, बेन्यामीनलाई देखेर भने, “तिमीहरूले मसँग कुरा गरेको तिमीहरूको कान्छो भाइ यही हो?” अनि योसेफले भने, “ए मेरो छोरा, परमेश्वरको अनुग्रह तँमाथि रहोस्।” 30तिनका भाइको खातिर तिनको हृदय स्नेहले भरिएर आएकोले रुन मन लागेर योसेफले आतुरीसँग ठाउँ खोजे। आफ्नो कोठाभित्र पसेर तिनी रोए।
31तब मुख धोए, र बाहिर आए, र आफैलाई खूब सम्हालेर तिनले भने, “अब खाना ल्याओ।”
32त्यसपछि तिनीहरूले योसेफको निम्ति छुट्टै र तिनका दाजुभाइका निम्ति छुट्टै र तिनीसित खाने अरू मिश्रीहरूका निम्ति छुट्टै खाना राखे, किनभने मिश्रीहरूले हिब्रूहरूसित सँगै बसेर खानुहुँदैनथ्यो। त्यसो गर्नु मिश्रीहरूका निम्ति घृणित कुरो थियो। 33जेठादेखि कान्छासम्म आ-आफ्नो उमेरअनुसार योसेफले उनीहरूलाई बसाएका थिए। ती मानिसहरू छक्क परेर एउटाले अर्कालाई हेर्न लागे। 34उनीहरूका भाग योसेफको टेबिलबाट झिकेर लगिएका थिए। तर बेन्यामीनको भागचाहिँ उनीहरू प्रत्येकको भन्दा पाँच गुणा बढ़ी थियो। यसरी उनीहरूले योसेफसँग खानपान गरेर आनन्द गरे।
BOOK OF GEN - 44
GENESIS 44 (KJV) — Joseph’s Final Test & Judah’s Plea
Joseph’s Secret Plan Joseph fills their sacks with food. He returns every man’s money. He hides his silver cup in Benjamin’s sack. This was not to destroy them—God was using it to reveal their hearts.
They Leave in Peace… then Trouble Comes Early in the morning, the brothers leave the city. But not far away, Joseph sends his steward to stop them.
The Brothers Speak Boldly (But They Don’t Know the Trap) “God forbid we should do such a thing!” “If the cup is found with anyone, let him die—and we will all be slaves!” Sometimes we speak too quickly… without knowing what’s ahead.
The Search Begins… and the Cup Is Found The cup is found in Benjamin’s sack. They tear their clothes (deep grief). They all return back to the city together.
Joseph Confronts Them Joseph speaks strongly: “What deed is this?” He says he can “certainly divine” (he speaks like an Egyptian ruler). The moment of truth has come—will they abandon Benjamin like they once abandoned Joseph?
Judah Steps Forward (The Heart Change) Judah doesn’t run. Judah doesn’t blame. Judah doesn’t leave. Judah offers himself in Benjamin’s place: “Let me stay instead of the lad…” “Let him go back to his father…”
Judah’s Plea Shows the Real Pain Their father Jacob is old and broken. Benjamin is deeply loved—the last son of Rachel. Losing Benjamin would destroy their father. Judah would rather suffer himself than crush his father again.
Big Lessons From Genesis 44 True repentance shows in actions, not words. Love is proven when you protect the weak. God can change a hard heart into a sacrificial heart. Judah’s sacrifice points forward to Jesus—One who offered Himself for others.
Judah offered to sacrifice himself for Benjamin.That is real repentance, real love, and real self-sacrifice.
#Genesis44 #KJV #Joseph #Judah #Benjamin #Repentance #Forgiveness #Faith #GodsPlan #BibleTruth #Scripture #OldTestament #Love #Sacrifice
See less
योसेफले आफ्ना दाजुभाइको जाँच गरेका
1तब योसेफले आफ्नो घरको भण्डारेलाई यसो भनेर हुकुम गरे, “उनीहरूले लैजान सक्नेजति अनाज ती मानिसहरूका धोक्राहरूमा भरिदेऊ, र हरेक मानिसको चाँदी आफ्नो धोक्रोको मुखमा राखिदेऊ। 2अनि मेरो कचौरा, अर्थात् मेरो चाँदीको कचौराचाहिँ अनाजको चाँदीसमेत त्यस कान्छाचाहिँको धोक्राको मुखमा हालिदेऊ।” र त्यसले योसेफले भनेबमोजिम गर्यो।
3बिहान उज्यालो हुने बित्तिकै उनीहरूका गधाहरूसँगै तिनले ती मानिसहरूलाई पठाइदिए। 4उनीहरू सहरबाट अलिक पर पुगेपछि योसेफले आफ्नो भण्डारेलाई भने, “झट्टै ती मानिसहरूका पछिपछि जाऊ, र उनीहरूलाई भेट्टाएपछि यसो भन्नू, ‘तिमीहरूले किन भलोको बदला खराबी गर्यौ? 5यही कचौरा होइन जसबाट मेरा मालिक पिउनुहुन्छ र जसद्वारा उहाँलाई शकून-अपशकून पनि हुन्छ? यो त तिमीहरूले खराब काम गर्यौ’।”
6त्यसले उनीहरूलाई भेट्टाएपछि उनीहरूसँग त्यही कुरा गरे। 7उनीहरूले त्यसलाई भने, “हजूर, किन यस्तो कुरा गर्नुहुन्छ? यस्तो काम हजूरका दासहरूबाट दूर रहोस्! 8हेर्नुहोस्, हाम्रा धोक्राका मुखमा हामीले भेट्टाएको चाँदी त हामीले कनान देशबाट फिर्ता ल्यायौं भने कसरी हामीले हजूरका मालिकको महलबाट चाँदी अथवा सुन चोरी गर्थ्यौं र? 9हजूरका दासहरूमध्ये जससँग त्यो फेला पर्छ, त्यो मारिओस्। र हामी पनि हजूरका कमारा हुनेछौं।”
10त्यसले भन्यो, “तिमीहरूले भनेजस्तै होस् त! जससँग त्यो फेला पर्ला त्यो मेरो कमारा हुनेछ। बाँकीचाहिँ निर्दोष ठहरिनेछन्।”
11तब हरेकले हतपत गरी आ-आफ्नो धोक्रो भूइँमा झारेर फुकाले। 12अनि भण्डारेले जेठादेखि लिएर कान्छासम्मको तलाशी लियो, र त्यो कचौरा बेन्यामीनको धोक्रोमा फेला पर्यो। 13तब उनीहरूले आफ्ना लुगा च्याते, र गधा लदाएर सहरतिर फर्के।
14यहूदा र उनका दाजुभाइहरू योसेफको घरमा आइपुग्दा तिनी त्यहीँ थिए, र उनीहरूले तिनको सामु लम्पसार परेर प्रणाम गरे। 15योसेफले उनीहरूलाई भने, “तिमीहरूले यस्तो के काम गर्यौ? मजस्तो मानिससँग अन्तर्ज्ञान छ भनी के तिमीहरूलाई थाहा थिएन?”
16यहूदाले भने, “हामी हजूरलाई के भनौं, अथवा अब हामीले कसरी आफ्नो सफाइ दिन सक्छौं र? हजूरका दासहरूको अपराध परमेश्वरले प्रकट गर्नुभएको छ। हेर्नुहोस्, अब हामी हजूरका कमारा भयौं। हामी र त्यो पनि जसको हातमा त्यो कचौरा फेला पर्यो।”
17तर योसेफले भने, “मबाट यस्तो कहिल्यै हुनेछैन। जसको हातमा त्यो कचौरा फेला पर्यो त्यही मात्र मेरो कमारा हुनेछ। तर तिमीहरूचाहिँ आफ्ना बुबाकहाँ शान्तिपूर्वक जाओ।”
18तब यहूदाले तिनको सामुन्ने गएर भने, “हे मेरा प्रभु, बिन्ती छ, दासलाई एउटा कुरा गर्ने अनुमति दिनुहोस्। हजूर राजासमान हुनुभए तापनि आफ्नो दासप्रति रिसानी माफ रहोस्। 19हजूरले आफ्ना दासहरूलाई यसो भनेर सोध्नुभएको थियो, ‘के तिमीहरूका बुबा अथवा भाइ छ कि?’ 20र हामीले हजूरलाई भन्यौं, हाम्रा बुबा एक वृद्ध मानिस हुनुहुन्छ, र उहाँको वृद्धावस्थाको बालक हाम्रो एउटा सानो भाइ पनि छ। त्यसका दाजु मरिसके, र आफ्नी आमापट्टिको अब त्यो मात्र छ, र त्यसका बुबाले त्यसलाई खूबै माया गर्नुहुन्छ।
21“तब हजूरले आफ्ना दासहरूलाई भन्नुभयो, ‘त्यसलाई यहाँ मकहाँ ल्याओ, र म त्यसलाई हेर्छु।’ 22हामीले हजूरलाई भन्यौं, ‘त्यस केटाले आफ्ना बुबालाई छोड्न सक्दैन। किनकि यदि त्यसले आफ्ना बुबालाई छोड्नुपर्यो भने त्यसका बुबाचाहिँ मरिजानुहुन्छ।’ 23तर हजूरले आफ्ना दासहरूलाई भन्नुभयो, ‘तिमीहरूको कान्छो भाइ तिमीहरूसँग आएन भने तिमीहरू फेरि मेरो सामु आउन पाउनेछैनौ।’ 24तब हामी हाम्रा बुबा, हजूरका दासकहाँ गयौं। अनि उहाँलाई हजूरका कुरा सुनायौं।
25“जब हाम्रा बुबाले ‘फेरि गएर अलिक अनाज किन’ भन्नुभयो, 26तब हामीले उहाँलाई भन्यौं, ‘हामी जान सक्दैनौं। यदि हाम्रो कान्छो भाइ हामीसित जाने हो भने मात्र हामी जान्छौं। किनकि हाम्रो कान्छो भाइ हामीसित गएन भनेता हामी ती मानिसको सामु जान पाउनेछैनौं।’
27“तब हजूरका दास मेरा बुबाले हामीलाई भन्नुभयो, ‘मेरी पत्नीतर्फबाट दुई जना छोराहरू भएका तिमीहरूलाई थाहै छ। 28एउटाले मलाई छोड़िहाल्यो। निश्चय नै त्यसलाई धुजाधुजा पार्यो होला भनी मैले भनें। त्यहाँदेखि मैले त्यसलाई देखेको छैनँ। 29यसलाई पनि तिमीहरूले मबाट लगेर यदि केही खतरा त्यसमाथि आइपर्यो भने, तिमीहरूले मेरो यो फुलेको कपाल अफसोसमै चिहानमा पुर्याउनेछौ।’
30“यसकारण हजूरका दास हाम्रा बुबाकहाँ पुग्दा त्यो केटो हामीसँग भएन भनेता उहाँको प्राण त्यही केटाको प्राणसँग गाँसिएको हुनाले, 31हाम्रा साथमा त्यो नभएको देख्ने बित्तिकै उहाँको मृत्यु हुनेछ। हामी हजूरका दासहरूले हाम्रा बुबाको फुलेको कपाल अफसोसमै चिहानमा पुर्याउनेछौं। 32हजूरको दास, म आफै यस केटाको निम्ति बुबाको अगि जमानी बसेको छु। अनि हाम्रा बुबालाई मैले यसो भनें: ‘यदि मैले त्यसलाई फर्काएर तपाईंकहाँ ल्याइनँ भनेता जीवनभरि म तपाईंको सामु दोषी ठहरिनेछु।’
33“यसकारण अब बिन्ती छ, यस केटाको सट्टामा म, हजूरको दासलाई नै हजूरले आफ्नो कमारा तुल्याउनुहोस्, र यस केटाले चाहिँ यसका दाजुहरूसँग जान पाओस्। 34किनकि यो केटो मेरो साथमा छैन भने मेरा बुबाकहाँ म कसरी जानु? मेरा बुबामाथि आइपर्ने विपत्ति म हेर्न सक्दिनँ।”
BOOK OF GEN - 45
GENESIS 45 (KJV) Joseph Reveals Himself
✦ Joseph could not hold it in anymore. He told everyone to leave so he could speak with his brothers alone.➤ This shows how deep his emotions were—and how personal this moment was.
✧ Joseph wept and revealed the truth: “I am Joseph!”• He asked, “Doth my father yet live?”• His brothers were speechless—shocked and afraid—because they remembered what they had done to him.
✦ Joseph immediately spoke peace instead of revenge.➤ He said, “Be not grieved, nor angry with yourselves.”• He reminded them that God was working through it all, even when they meant evil.
✧ God’s bigger purpose was preservation.• The famine had already lasted 2 years• There were 5 more years coming➤ God placed Joseph in Egypt ahead of time to protect many lives and keep the family line alive.
✦ Joseph made it clear: “It was not you… but God.”➤ God raised Joseph up to a high place in Egypt so help could come at the right time.• Joseph became a leader with authority to provide, protect, and prepare.
✧ Joseph invited Jacob and the whole family to come to Egypt.• “Come down unto me… tarry not.”• He planned for them to live in Goshen, where they could be safe and provided for.
✦ Joseph promised to nourish them.➤ He didn’t just forgive—he took responsibility to care for them during the remaining famine.
✧ Joseph proved it was really him.• “Your eyes see…”• “Benjamin’s eyes see…”➤ The truth was undeniable, and the broken family began to heal.
✦ The message of Genesis 45➤ Forgiveness is powerful.➤ God can turn pain into purpose.➤ What people meant for harm, God can use to save lives and restore families.
#Genesis45 #Joseph #Forgiveness #GodsPlan #Restoration #Mercy #Faith #KJV #GodsPurpose #FamilyHealing #Hope #TrustGod #Scripture #BibleTruth
See less
योसेफले आफूलाई जाहेर गरेको
1तब आफ्ना वरिपरि उभिने सबै सेवकका सामुन्ने आफूलाई सम्हाल्न नसकेर योसेफले कराएर भने, “सबै जनालाई यहाँबाट बाहिर पठाइदेओ।” यसैले योसेफले आफ्ना दाजुभाइहरूसँग आफूलाई प्रकट गर्दा त्यहाँ अरू कोही थिएन। 2अनि तिनी यति ठूलो सोरले रोए कि मिश्रीहरूले यो सुने, र फारोका परिवारकाहरूले पनि यो कुरा थाहा पाए।
3योसेफले आफ्ना दाजुभाइहरूलाई भने, “म योसेफ हुँ। के मेरा बुबा जीवितै हुनुहुन्छ?” तर तिनका दाजुहरूले तिनलाई जवाफ दिन सकेनन्, किनकि तिनको सामुन्ने उनीहरू डराएका थिए।
4तब योसेफले आफ्ना दाजुभाइहरूलाई भने, “कृपा गरी मेरो नजिक आओ।” उनीहरू नजिक गएपछि तिनले भने, “तिमीहरूले मिश्रमा बेचेको तिमीहरूको भाइ म नै हुँ। 5तिमीहरूले मलाई बेचेकोमा अब दु:ख नमान। आफैमाथि रीस पनि नगर, किनकि जीवन बचाउनका निम्ति परमेश्वरले मलाई तिमीहरू भन्दा अगि यहाँ पठाउनुभएको हो। 6देशमा अनिकाल भएको दुई वर्ष भयो, र अझै पाँच वर्षसम्म कहीँ पनि हलो जोतिनेछैन, र अनाजको कटनी पनि हुनेछैन। 7अनि तिमीहरूलाई एउटा भागको रूपमा पृथ्वीमा जोगाएर राख्न र तिमीहरूको जीवन बचाउन भनी परमेश्वरले मलाई तिमीहरूभन्दा अगि यहाँ पठाउनुभएको हो।
8“यसैले मलाई यहाँ पठाउने तिमीहरू होइनौ, तर परमेश्वर नै हुनुहुन्छ। उहाँले मलाई फारोका बुबातुल्य र उनका सारा परिवारका मालिक र मिश्रभरिका शासक तुल्याउनुभएको छ। 9अब झट्टै मेरा बुबाकहाँ गएर उहाँलाई भन, ‘तपाईंको छोरो योसेफ यसो भन्छ: परमेश्वरले मलाई सारा मिश्रका मालिक तुल्याउनुभएको छ। कति पनि अबेर नगरी मकहाँ आउनुहोस्। 10तपाईं गोशेन प्रदेशमा बसोबास गर्नुहोला। तपाईं र तपाईंका बालबच्चाहरू र तपाईंका नाति-नातिनाहरू र तपाईंका बगालहरू र तपाईंसँग भएका जे-जति सबै मेरो नजिकै हुनेछन्। 11त्यहाँ म तपाईंको पालनपोषण गर्नेछु, किनकि अनिकालका अझै पाँच वर्ष बाँकी नै छन्, नत्रता तपाईं र तपाईंका परिवार र तपाईंसँग भएका सबै दरिद्र हुनेछन्।’
12“अब तिमीहरूसँग बोल्ने म योसेफ नै हुँ भनेर तिमीहरूले आफ्नै आँखाले र मेरो भाइ बेन्यामीनले पनि देखेका छौ। 13मिश्रदेशमा मेरो सबै गौरव र तिमीहरूले जे-जे देखेका छौ सो सब कुरा मेरा बुबालाई अवश्य भन्नू, र झट्टै मेरा बुबालाई यहाँ ल्याउनू।”
14तब आफ्नो भाइ बेन्यामीनको गलामा अँगालो हालेर तिनी खूब रोए, र बेन्यामीन पनि तिनको गलामा टाँसिएर रोए। 15अनि तिनले आफ्ना सबै दाजुहरूलाई म्वाइँ खाए, र उनीहरूसित रोए। त्यसपछि तिनका दाजुहरूले पनि तिनीसँग कुराकानी गरे।
16योसेफका दाजुभाइहरू आएका छन् भन्ने खबर जब फारोको घरमा पुग्यो तब फारो र उनका अधिकारीहरू सबै खुशी भए। 17फारोले योसेफलाई भने, “तिम्रा दाजुभाइहरूलाई यसो भन: ‘तिमीहरू आफ्ना पशुहरू लदाएर कनान देशमा फर्केर जाओ, 18र तिमीहरूका बुबा र तिनको परिवारका सबैलाई लिएर मकहाँ आओ। मिश्रको सबैभन्दा असल ठाउँ म तिमीहरूलाई दिनेछु र तिमीहरूले यस देशको असल उब्जनी खानेछौ।’
19“तिनीहरूलाई यसो भनेर पनि हुकुम गर: तिम्रा बालबच्चा र तिम्रा पत्नीहरूका निम्ति मिश्रबाट गाड़ाहरू पनि लैजाओ, र तिमीहरूका बुबालाई लिएर आओ। 20तिमीहरूका मालसामानको केही फिक्री नगर, किनकि मिश्रका सबै असल-असल कुराहरू तिमीहरूकै हुन्।”
21इस्राएलका छोराहरूले त्यसै गरे। फारोको हुकुमबमोजिम योसेफले उनीहरूलाई गाड़ाहरू र यात्राको निम्ति सामलतुमल दिए। 22उनीहरू हरेकलाई तिनले नयाँ लाउने लुगा दिए। तर बेन्यामीनलाई चाहिँ चाँदीका तीन सय सिक्का र पाँच जोर लुगा दिए। 23आफ्ना बुबाको निम्ति चाहिँ तिनले यी चीजहरू पठाइदिए: मिश्रका असल-असल चीजहरूले लादिएका दश गधा, र तिनका बुबाका यात्राको लागि सामलतुमल, रोटी र अनाजले लादिएका दश वटा गधैनी। 24अनि तिनले आफ्ना दाजुभाइहरूलाई बिदा गरे। बिदा हुँदा तिनले उनीहरूलाई भने, “बाटोमा झगड़ा नगर।”
25यसरी उनीहरू मिश्रबाट कनान देशमा आफ्ना बुबा याकूबकहाँ आए। उनीहरूले तिनलाई भने, “योसेफ त अझै जीवितै रहेछन्, र मिश्रका अधिपति तिनी नै भएका रहेछन्।” 26यो कुरा सुनेर तिनको हृदय-गति नै रोकियो। तिनले उनीहरूको कुरा पत्याएनन्। 27तर उनीहरूलाई भनिपठाएका योसेफका सबै कुरा सुनेपछि र आफूलाई ल्याउन भनी योसेफले पठाएका गाड़ाहरू देखेपछि उनीहरूका बुबा याकूबको होश फर्क्यो। 28र इस्राएलले भने, “यति भए मलाई पुग्यो। मेरो छोरो योसेफ जीवितै रहेछ। म जानेछु र म मर्नभन्दा अघि त्यसलाई हेर्नेछु।”
BOOK OF GEN - 46
GENESIS 46:1–34 — “Jacob Goes Down to Egypt”
Jacob Worships God at Beersheba (v.1)Jacob (Israel) traveled toward Egypt, but before going, he stopped at Beersheba and offered sacrifices to the God of his father Isaac. This shows Jacob didn’t move by fear or pressure—he moved with faith and worship.
God Speaks to Jacob in a Vision (v.2–4)God called him: “Jacob, Jacob…”And God told him: Fear not to go down into Egypt I will make of thee a great nation there I will go down with thee I will surely bring thee up again Joseph shall put his hand upon thine eyes (Joseph would be with him at death)
Lesson:Even when the journey looks scary or unknown, God gives peace through His promises.
The Whole Family Travels to Egypt (v.5–7)Jacob and all his family went down to Egypt with:• sons and grandsons• daughters and granddaughters• wives and children• cattle and goods God was moving the entire family into the place He prepared.
The Names of Jacob’s Family Are Listed (v.8–27)The chapter records the names of Jacob’s children and descendants who came into Egypt. Important detail:“All the souls of the house of Jacob, which came into Egypt, were threescore and ten.” 70 people in all (a complete family beginning of a nation)
Joseph Meets Jacob in Goshen (v.28–30)Judah went ahead to guide them, and Joseph came to meet his father.Joseph and Jacob embraced, and Jacob said he could now die in peace because he had seen Joseph alive again.This is a powerful picture of restoration, forgiveness, and answered prayers.
Joseph Prepares His Family to Meet Pharaoh (v.31–34)Joseph explained how they should speak to Pharaoh.He told them to say they were shepherds, because Egyptians didn’t like shepherds. This would help them live in Goshen, a good place for their flocks and a place of separation.
Lesson:God can use even rejection or “being different” to protect His people and give them the best place.
Main Message of Genesis 46:1–34God guided Jacob into Egypt with assurance, purpose, and protection.What looked like a dangerous move was actually God’s plan to grow Israel into a great nation.
If God says, “Fear not,” you can move forward in peace—because His presence goes with you.
#Genesis46 #Jacob #Israel #Joseph #Goshen #Pharaoh #GodsPlan #Faith #KJV #OldTestament #BibleTruth #Scripture #GodIsFaithful
See less
आफ्नो परिवारसित याकूब मिश्रमा गएका
1तब इस्राएल आफूसँग भएका सबै थोक लिएर हिँड़े, र बेर्शेबामा आएर आफ्ना बुबा इसहाकका परमेश्वरको निम्ति बलिदान चढ़ाए। 2अनि राती दर्शनमा परमेश्वरले इस्राएलसँग बोल्नुभयो, र “याकूब, याकूब” भनी तिनलाई बोलाउनुभयो।
अनि तिनले भने, “म यहीँ छु।”
3उहाँले भन्नुभयो, “म परमेश्वर, तेरा बुबाका परमेश्वर हुँ। मिश्रमा जान नडरा, किनकि त्यहाँ म तँबाट एउटा ठूलो जाति बनाउनेछु। 4म तँसँग मिश्रमा जानेछु, र म तँलाई निश्चय नै फेरि फर्काइल्याउनेछु, अनि तेरो मृत्यु हुँदा योसेफकै हातले तेरा आँखा छोपिदिनेछ।” आफ्नो हात तेरो आँखामाथि राख्नेछ।
5त्यसपछि याकूब बेर्शेबाबाट हिँड़े। इस्राएलका छोराहरूले आफ्ना बुबा याकूब, आफ्ना बालबच्चा र आफ्ना परिवारहरूलाई फारोले तिनलाई ल्याउन पठाएका गाड़ाहरूमा चढ़ाएर लगे। 6आफ्ना गाईबस्तु र कनान देशमा जम्मा गरेका मालसामानहरू लिएर याकूब र तिनका जम्मै परिवार मिश्रमा गए। 7याकूबले आफ्नो साथमा आफ्ना छोराहरू, नातिहरू, छोरीहरू र नातिनीहरू, तिनका सबै सन्तानलाई मिश्रमा लगे।
8मिश्रमा जाने इस्राएलका छोराहरू, अर्थात् याकूब र तिनका सन्तानहरूका नाउँ यी नै हुन्:
याकूबका जेठा छोरा रूबेन।
9रूबेनका छोराहरू:
हानोक, पल्लु, हेस्रोन र कर्मी।
10शिमियोनका छोराहरू:
यमूएल, यामीन, ओहद, याकीन, सोहोर र कनानी पत्नीतर्फका छोरा शौल।
11लेवीका छोराहरू:
गेर्शोन, कहात र मरारी।
12यहूदाका छोराहरू:
एर्, ओनान, शेलह, फारेस र जेरह।
तर एर् र ओनानचाहिँ कनान देशमै मरे।
फारेसका छोराहरू हेस्रोन र हामूल थिए।
13इस्साखारका छोराहरू:
तोला, पुवा, याशूब र शिम्रोन।
14जबूलूनका छोराहरू:
सेरेद, एलोन र यहलेल।
15यिनीहरूचाहिँ याकूबबाट लेआले पद्दन-आराममा जन्माएका छोराहरू, तिनकी छोरी दीनासमेत हुन्। लेआबाट याकूबका छोराछोरी जम्मा तेत्तीस जना थिए।
16गादका छोराहरू:
सेफोन, हाग्यी, शूनी, यसबोन, एरी, अरोदी र अरेली।
17आशेरका छोराहरू:
यिम्ना, यिश्वा, यिश्वी र बरीआ। तिनीहरूकी बहिनी सेरह थिइन्। बरीआका छोराहरू हेबेर र मल्कीएल थिए।
18लाबानले आफ्नी छोरी लेआलाई दिएकी कमारी जिल्पापट्टिका याकूबका छोराछोरी यी नै हुन्। यिनीहरू जम्मा सोह्र जना थिए।
19याकूबकी पत्नी राहेलका छोराहरू:
योसेफ र बेन्यामीन।
20ओनका पूजाहारी पोतीपेराकी छोरी आसनततर्फबाट मिश्रमा जन्मेका योसेफका छोराहरू मनश्शे र एफ्राइम थिए।
21बेन्यामीनका छोराहरू:
बेला, बेकेर, अश्बेल, गेरा, नामान, एही, रोश, मुप्पीम, हुप्पीम र आर्द।
22राहेलबाट जन्मेका याकूबका छोराहरू यी नै हुन्। यिनीहरू जम्मा चौध जना थिए।
23दानका छोरा:
हुशीम।
24नप्तालीका छोराहरू:
यहसेल, गुनी, येसेर, र शिल्लेम।
25लाबानले आफ्नी छोरी राहेललाई दिएको कमारी बिल्हाले याकूबबाट जन्माएका छोराहरू यी नै हुन्। यिनीहरू जम्मा सात जना थिए।
26याकूबका साथमा मिश्रमा गएका तिनका बुहारीहरूबाहेक आफ्ना निज सन्तान जम्मा छयसट्ठी जना थिए। 27मिश्रमा जन्मेका योसेफका छोराहरूचाहिँ दुई जना थिए। मिश्रमा आउने याकूबका घरका सबै जम्मा सत्तरी जना थिए।
28गोशेनमा तिनलाई भेट्न आइदेऊन् भनी याकूबले यहूदालाई योसेफकहाँ खबर दिन आफ्नो अगि पठाए। 29योसेफले आफ्नो रथ तयार गर्न लगाए र गोशेनसम्म आफ्ना बुबा इस्राएललाई भेट गर्न आए। तिनको अगि योसेफ देखा पर्ने बित्तिकै तिनले आफ्ना बुबालाई अँगालो हालेर धेरै बेरसम्म रोए।
30इस्राएलले योसेफलाई भने, “मैले तेरो मुख देखेर तँ जीवितै रहेको जान्न पाएकोले अब म सन्तोषसित मर्छु।”
31योसेफले आफ्ना दाजुभाइहरू र आफ्ना बुबाका परिवारहरूलाई भने, “अब म गएर फारोलाई खबर दिन्छु र उनलाई भन्नेछु, ‘कनान देशका मेरा दाजुभाइहरू र मेरा बुबाका घरानाहरू मकहाँ आएका छन्। 32उनीहरू सबै गाईबस्तु पाल्ने भएकाले गोठाला हुन्। उनीहरूले आफ्ना सबै बगाल र बथान, र उनीहरूसँग भएका सबै थोक लिएर आएका छन्।’ 33जब फारोले तपाईंहरूलाई बोलाएर ‘तिमीहरूका कामधन्दा के हो?’ भनी सोध्छन्, 34तब तपाईंहरूले भन्नुहोस्, ‘हजूरका दासहरू हामी बाबु-छोराहरू हाम्रा बाल्यावस्थादेखि अहिलेसम्म गाईबस्तु पाल्ने हौं।’ अनि तपाईंहरूले गोशेनमा बसोबास गर्न पाउनुहुनेछ, किनभने मिश्रीहरू सबै गोठालाहरूलाई घृणा गर्छन्।”
BOOK OF GEN - 47
Genesis 47
• Joseph presented his brothers to Pharaoh.Joseph brought five of his brothers before Pharaoh. When Pharaoh asked their work, they said they were shepherds and asked permission to live in Goshen because the famine was still severe.
• Pharaoh welcomed Jacob’s family.Pharaoh allowed them to dwell in the best of the land—Goshen, and even said capable men could be placed over his cattle. God used Joseph’s favor to provide safety for the whole family.
• Jacob met Pharaoh and blessed him.Jacob stood before Pharaoh and blessed him. Pharaoh asked Jacob’s age, and Jacob answered that the days of his pilgrimage were 130 years, “few and evil” compared to his fathers—showing a life marked by hardship, yet guided by God.
• Joseph wisely managed the famine.Joseph sold grain to the people, and as the famine grew worse, the people ran out of money. Joseph accepted cattle in exchange for food so the people could survive.
• The land became Pharaoh’s, but the people were preserved.When both money and cattle were gone, the people offered their land and themselves so they wouldn’t die. Joseph bought the land for Pharaoh and gave seed to the people so they could plant again.
• The one-fifth law.Joseph set a law: one-fifth (20%) of the harvest would go to Pharaoh, and the people could keep four-fifths to live and to sow their fields. The people thanked Joseph because their lives were saved.
• Israel prospered in Goshen.Jacob’s family dwelled in Goshen, grew, and multiplied. Even in famine, God provided and kept His promise to preserve Israel.
• Jacob’s final request.Jacob lived in Egypt 17 years (making him 147), and before he died he made Joseph promise: “Bury me with my fathers in Canaan.” Jacob wanted to rest in the land of God’s covenant, showing faith in God’s promises beyond Egypt.
Life Lesson:God can use one faithful person (Joseph) to save many lives. In famine, crisis, and uncertainty—God still provides, guides, and keeps His promises.
#Genesis47 #Joseph #Jacob #Goshen #GodsPlan #Faith #GodProvides #OldTestament #Scripture
See less
योसेफका बुबा र दाजुभाइहरू फारोकहाँ हाजिर भएका
1तब भित्र गएर योसेफले फारोलाई भने, “मेरा बुबा र दाजुभाइहरू, उनका भेड़ाबाख्रा, गाईबस्तु र उनीहरूका सबै थोक लिएर कनानबाट आएका छन् र अहिले उनीहरू गोशेन प्रदेशमा छन्।” 2तिनले आफ्ना दाजुहरूमध्येबाट पाँच जनालाई लिएर फारोकहाँ हाजिर गराए।
3फारोले तिनका दाजुभाइहरूलाई सोधे, “तिमीहरूको कामधन्धा के हो?”
उनीहरूले फारोलाई भने, “हामी हजूरका दासहरू हाम्रा पिता-पुर्खादेखि नै गोठाला हौं।” 4उनीहरूले फारोलाई अझै भने, “हामी यस देशमा बसोबास गर्न आएका छौं, किनकि कनान देशमा घोर अनिकाल परेको हुनाले हजूरका दासहरूलाई भेड़ाबाख्रा चराउने ठाउँ भएन। अब बिन्ती छ, कि हामी हजूरका दासहरूले गोशेन प्रदेशमा बसोबास गर्ने अनुमति पाऔं।”
5फारोले योसेफलाई भने, “तिम्रा बुबा र तिम्रा दाजुभाइहरू तिमीकहाँ आएछन्। 6मिश्रदेश तिम्रै अगि छ। देशको सबैभन्दा असल ठाउँमा तिम्रा बुबा र तिम्रा दाजुभाइहरूलाई बस्न देऊ। उनीहरूलाई गोशेन प्रदेशमा नै बस्न देऊ। उनीहरूमध्ये कति लायकका मानिसहरू छन् भनी तिमीले थाहा पायौ भने मेरा गाईबस्तुहरू पनि उनीहरूकै जिम्मामा लगाइदेऊ।”
7तब योसेफले आफ्ना बुबा याकूबलाई पनि फारोकहाँ हाजिर गराए। याकूबले फारोलाई आशीर्वाद दिए। 8फारोले याकूबलाई सोधे, “तपाईंको उमेर कति भयो?”
9याकूबले भने, “मेरो प्रवासी जीवनको उमेर एक सय तीस वर्ष भयो। मेरो यस जीवनका वर्षहरू त थोरै र दु:खमय भएका छन्, हजूर। मेरा पिता-पुर्खाहरूले यस प्रवासको जीवनमा जति दिन उमेर खाएका थिए त्यति त अहिले मेरो पुगेकै छैन।” 10अनि याकूबले फेरि फारोलाई आशीर्वाद दिए, र फारोको उपस्थितिबाट निस्केर गए।
11तब योसेफले आफ्ना बुबा र दाजुभाइहरूलाई बसोबास गराए, र फारोको हुकुमअनुसार तिनले मिश्रमा भएका सबैभन्दा असल ठाउँ, अर्थात् रामसेस भन्ने इलाकामा उनीहरूका अधिकारमा जग्गाजमिन दिए। 12योसेफले आफ्ना बुबा, दाजुभाइहरू र आफ्ना बुबाका परिवारका सबैलाई उनीहरूका बालबच्चाको संख्याअनुसार खानेकुरा दिएर उनीहरूको पालनपोषण गरे।
मिश्रदेशको निम्ति योसेफको योजना
13घोर अनिकालले देश ग्रस्त भएकोले गर्दा देशमा खानेकुरा केही थिएन। अनिकालद्वारा मिश्र र कनान दुवै देश ग्रसित थिए। 14मिश्र र कनान देशका मानिसहरूले अन्न किनेका सबै रुपियाँ योसेफले जम्मा गरेर फारोकै महलमा राखे। 15जब मिश्र र कनानमा भएका मानिसहरूले आफ्ना रुपियाँपैसा खर्च गरिसके, तब सबै मिश्रीहरूले आएर योसेफलाई भने, “हामीलाई अन्न दिनुहोस्। तपाईंका आँखाको सामुन्ने हामी किन मरौं? हामीसित भएका रुपियाँपैसा सबै सिद्धिए।”
16योसेफले तिनीहरूलाई भने, “तिमीहरूका रुपियाँपैसा सिद्धिए भने गाईबस्तु ल्याओ। तिमीहरूका गाईबस्तुका सट्टामा म तिमीहरूलाई अन्न दिउँला।” 17यसकारण तिनीहरूले आफ्ना गाईबस्तुहरू योसेफकहाँ ल्याए, र योसेफले तिनीहरूका घोड़ा, भेड़ा, गाई, गधा आदिका सट्टामा तिनीहरूलाई खानेकुरा दिएर तिनीहरूको हेरचाह गरे। त्यस साल गाईबस्तुका सट्टामा तिनीहरूलाई तिनले अन्न दिए।
18त्यो साल बितेपछि अर्को साल आएर तिनीहरूले योसेफलाई भने, “हाम्रा रुपियाँपैसा सबै सकिएको कुरा त हजूरलाई थाहै छ। गाईबस्तुका बथान पनि सबै हजूरकै भइसकेका छन्। अब हजूरको लागि हामीसँग हाम्रै जीउ र जग्गाजमिनबाहेक अरू केही छैन। 19हामी हजूरका आँखाको सामुन्ने किन नष्ट हुने— हामी र हाम्रा जमिन पनि? हामीलाई अन्न दिएर हाम्रा जमिनसमेत हामीलाई किन्नुहोस्, र हामी आफ्ना जग्गाजमिनसमेत फारोका कमारा-कमारी हुनेछौं। हामीलाई बीउ दिनुहोस्, र हामी जीवित रहनेछौं र हाम्रा जग्गाजमिन पनि उजाड़ हुनेछैन।”
20यसरी योसेफले मिश्रका सबै जग्गाजमिन फारोको निम्ति किने। त्यहाँ घोर अनिकाल परेको हुनाले सबै मिश्रीहरूले आफ्ना जग्गाजमिन बेचे। यसरी जग्गाजमिन फारोको भयो। 21मिश्रको एक छेउदेखि अर्को छेउसम्मका सबै मानिसहरूलाई तिनले कमारा बनाए। 22तर पूजाहारीहरूका जग्गाजमिन तिनले किनेनन्, किनभने पूजाहारीहरूलाई फारोबाट अन्नको हिस्सा तोकिएको थियो, र फारोले दिएकै हिस्साबाट तिनीहरूले खान्थे। त्यसकारण तिनीहरूले चाहिँ आफ्ना जग्गाजमिन बेच्नुपरेन।
23योसेफले प्रजाहरूलाई भने, “हेर, आज मैले फारोको निम्ति तिमीहरूका जग्गाजमिन र तिमीहरूलाई पनि किनेको छु। अब तिमीहरूका निम्ति बीउ यहाँ छ, र तिमीहरूले जमिनमा बीउ छर। 24तर फसलको बेलामा उब्जनीको पाँचौँ हिस्सा तिमीहरूले फारोलाई टक्र्याउनुपर्छ। चार हिस्साचाहिँ खेतीलाई बीउको निम्ति र तिमीहरू, तिमीहरूका परिवार र तिमीहरूका बालबच्चाले खानका निम्ति तिमीहरूका आफ्नै हुनेछ।”
25तिनीहरूले भने, “हजूरले हाम्रो प्राण बचाइदिनुभएको छ। हजूरको निगाह हामीमाथि रहोस्। हामी फारोका कमारा हुनेछौं।”
26यसैले मिश्र देशमा जग्गाजमिनको विषयमा योसेफले एउटा ऐन बनाए, जो आजसम्म प्रचलित छ, कि उब्जनीको पाँचौँ हिस्सा फारोको हुन्छ। पूजाहारीहरूका जग्गाजमिन मात्र फारोको भएन।
27अब मिश्रको गोशेनमा इस्राएलीहरूले बसोबास गरे, र तिनीहरूले त्यहाँका जग्गाजमिन आफ्नो अधिकारमा लिए। अनि त्यहाँ तिनको फलिफाप भएर संख्यामा ज्यादै वृद्धि हुँदैगयो।
28याकूब मिश्रमा सत्र वर्ष बाँचे। याकूबको जम्मा उमेर एक सय सतचालीस वर्ष भयो। 29इस्राएलको मर्ने बेला आइपुग्दा तिनले आफ्ना छोरा योसेफलाई बोलाएर भने, “यदि तैंले मलाई श्रद्धा गर्छस् भने दया गरी तेरो हात मेरो तिघ्रामुनि राखेर मप्रति भक्ति देखाउँछु भनी मसँग प्रतिज्ञा गर्। तैंले मलाई मिश्रदेशमा नगाड्, 30तर जब म मेरा पिता-पुर्खाहरूसँग सुतिजाउँला तब मलाई मिश्रबाट बोकेर लगी उनीहरूकै चिहानमा गाड़िदे।”
तिनले भने, “तपाईंले भन्नुभएबमोजिम म गर्नेछु।”
31फेरि याकूबले भने, “मसँग शपथ खा।” अनि योसेफले शपथ खाए। तब इस्राएल आफ्नो पलङ्गको सिरानमा घोप्टो परे।
BOOK OF GEN - 48
Genesis 48:1–22 — Jacob Blesses Ephraim & Manasseh
Joseph comes to his father Jacob, bringing his two sons, Manasseh the firstborn and Ephraim the younger. Jacob, now old and weak, recalls God’s promise to him—to make his family fruitful and to give the land to his descendants forever.
Jacob adopts Ephraim and Manasseh as his own sons, giving them the same status as Reuben and Simeon. This means Joseph receives a double portion among the tribes of Israel.
As Jacob blesses the boys, he crosses his hands, placing his right hand—the hand of greater blessing—on Ephraim, the younger son. Joseph is concerned and tries to correct his father, thinking it is a mistake.
But Jacob knows what he is doing. He declares that although Manasseh will become a great people, Ephraim will be greater, and his descendants will become a multitude of nations.
Jacob blesses them in the name of the God who guided him all his life—the God who protected him and redeemed him from all evil. Before his death, Jacob assures Joseph that God will be with his family and will one day bring them back to the land He promised.
Life Lesson God’s choices are not limited by human traditions. He sees the future clearly and fulfills His promises in His perfect way.Trust God—even when His plan looks unexpected.
#Genesis48 #BibleTruth #GodsPromises #FaithInGod #TrustHisPlan #ScriptureReflection
See less
याकूबले मनश्शे र एफ्राइमलाई आशीर्वाद दिएका
1केही समयपछि “हजूरका पिता बिरामी हुनुहुन्छ” भनेर कसैले योसेफलाई खबर दियो। यसकारण आफ्ना दुई छोरा मनश्शे र एफ्राइमलाई आफ्नो साथमा लिएर तिनी याकूबकहाँ गए। 2अनि “तपाईंका छोरा योसेफ तपाईंलाई भेट गर्न आएका छन्” भन्ने खबर कसैले याकूबलाई सुनायो। तब इस्राएल आफै बल गरेर पलङ्गमा बसे।
3याकूबले योसेफलाई भने, सर्वशक्तिमान् परमेश्वर कनान देशको लूजमा मकहाँ देखा पर्नुभयो, र उहाँले मलाई आशीर्वाद दिएर भन्नुभयो, 4हेर, म तँलाई फल्दो-फुल्दो बनाउनेछु, र संख्यामा तेरो वृद्धि गराउनेछु। तँबाट म जातिहरूको समूह उत्पन्न गर्नेछु, र तँपछि तेरा सन्तानलाई यो देश अनन्तसम्म अधिकार गर्न दिनेछु।
5“अब म मिश्रमा आउन अगि मिश्रमा जन्मेका तेरा यी दुई छोराहरू मेरै हुन्। रूबेन र शिमियोनझैँ एफ्राइम र मनश्शे मेरै हुनेछन्। 6तिनीहरूभन्दा पछि जन्मेका सन्तानहरूचाहिँ तेरा हुनेछन्। यिनीहरूले हक पाउँदा एफ्राइम र मनश्शेका नाउँमा यिनीहरू बोलाइनेछन्। 7किनभने म पद्दन-आरामबाट आउँदा एप्रातमा पुग्न अझ केही टाढ़ा छँदै कनान देशमा राहेल मरिन्, र एप्रात, अर्थात् बेथलेहेममा जाने बाटैमा मैले तिनलाई गाडें।”
8योसेफका छोराहरूलाई देखेर इस्राएलले भने, “यिनीहरू को हुन्?”
9योसेफले आफ्ना बुबालाई भने, “परमेश्वरले मलाई यहाँ दिनुभएका यी मेरा छोराहरू हुन्।”
तब इस्राएलले भने, “तिनीहरूलाई यहाँ मकहाँ ल्याइदे। म तिनीहरूलाई आशीर्वाद दिनेछु।”
10त्यस बेला उमेरले गर्दा इस्राएलका आँखा धमिला भइसकेका थिए, र तिनी राम्ररी देख्न सक्दैनथे। यसकारण योसेफले तिनीहरूलाई तिनको नजिक लगिदिए। अनि तिनले तिनीहरूलाई म्वाइँ खाएर अँगालो हाले।
11इस्राएलले योसेफलाई भने, “मैले त तेरो मुख देख्न पाउँला भनी ठानेकै थिइनँ, तर हेर्, मलाई तेरा सन्तान पनि परमेश्वरले देख्न दिनुभयो।”
12तब योसेफले तिनीहरूलाई इस्राएलका घुँड़ाबाट हटाए, र तिनले भूइँमा घोप्टेर साष्टाङ्ग प्रणाम गरे। 13योसेफले ती दुवैलाई लिएर एफ्राइमलाई आफ्नो दाहिनेपट्टि र इस्राएलको देब्रेपट्टि, र मनश्शेलाई आफ्नो देब्रेपट्टि र इस्राएलको दाहिनेपट्टि पर्ने गरी इस्राएलको नजिक ल्याए। 14तर इस्राएलले आफ्नो दाहिने हात पसारेर कान्छा एफ्राइमको टाउकोमा राखे, र मनश्शे जेठा भए पनि यिनैको टाउकोमा इस्राएलले आफ्नो देब्रे हात राखे।
15तब तिनले योसेफलाई आशीर्वाद दिएर भने,
जुन परमेश्वरको सामुन्ने मेरा पिता
अब्राहाम र इसहाक हिँड्थे,
जुन परमेश्वरले मेरो जीवनभरि
आजसम्म मलाई डोर्याउनुभएको छ,
16ती स्वर्गदूत, जसले मलाई
सबै खराबीबाट जोगाउनुभएको छ,
उहाँले नै यी बालकहरूलाई आशीर्वाद देऊन्।
यिनैमा मेरो नाउँ अमर भइरहोस्,
र मेरा पिता अब्राहाम र इसहाकका नाउँ अमर होऊन्।
र पृथ्वीमा यिनीहरू अनगन्ती भई संख्यामा बढून्।
17तिनका बुबाले आफ्ना दाहिने हात एफ्राइमको टाउकोमा राखेका देखेर योसेफलाई मन परेन, र तिनले एफ्राइमको टाउकोबाट मनश्शेको टाउकोमा राख्न भनी तिनका बुबाको हात हटाउनलाई उठाए। 18तिनले बुबालाई भने, “हे बुबा, यसो होइन, किनकि जेठोचाहिँ यो हो। तपाईंको दाहिने हात यसको शिरमाथि राखिदिनुहोस्।”
19तर तिनका बुबाले अस्वीकार गरी भने, “मलाई थाहा छ, छोरा, मलाई थाहा छ। यसको पनि एउटा वंश हुनेछ, र यो पनि ठूलो हुनेछ। त्यसो भए तापनि यसको भाइचाहिँ योभन्दा महान् हुनेछ, र त्यसका सन्तान जातिहरूको एक समूह हुनेछ।” 20इस्राएलले तिनीहरूलाई त्यस दिन यसो भनेर आशीर्वाद दिए,
“इस्राएलले तेरो नाउँ लिएर यस्तो आशीर्वाद दिनेछ:
परमेश्वरले तँलाई एफ्राइम र मनश्शेजस्तै बनाऊन्।”
यसरी तिनले मनश्शेभन्दा एफ्राइमलाई नै अगाड़ि राखे।
21तब इस्राएलले योसेफलाई भने, “अब म मर्न लागेको छु, तर परमेश्वर तिमीहरूका साथमा हुनुहुनेछ, र तिमीहरूलाई फेरि तिमीहरूका पिता-पुर्खाहरूको देशमा लैजानुहुनेछ। 22त्यसबाहेक तेरा दाजुभाइहरूभन्दा तँ बढ़ी भएकोले मैले तँलाई एउटा पहाड़को पाखा दिएको छु, जो मैले आफ्नो तरवार र धनुको बलले एमोरीहरूबाट लिएको थिएँ।”
BOOK OF GEN - 49
GENESIS 49 (KJV) — Jacob Blesses His Sons
As Jacob’s life comes to an end, he gathers his sons and speaks words that reveal their character, their future, and God’s long-term plan for the tribes of Israel. These are not just blessings, but prophetic truths shaped by each son’s life.
Reuben Unstable as water. Though the firstborn, he lost the right of leadership because of sin and lack of self-control. Position without faithfulness cannot stand.
Simeon & Levi United in anger and violence. Because of their cruelty, they would be scattered among Israel. Zeal without righteousness leads to loss.
Judah Praised among his brothers. From Judah comes kingship — the lion, the scepter, and the promise “until Shiloh come.” This points to the Messiah, Jesus Christ, who would come from the tribe of Judah.
Zebulun, Issachar, Dan, Gad, Asher, Naphtali Each receives words describing their future roles, strengths, struggles, and place within the nation of Israel. God forms one people with different purposes.
Joseph A fruitful bough by a well. Though attacked and hated, God exalted him. His blessings overflow above his brothers, showing how faithfulness in suffering leads to abundance.
Benjamin A ravening wolf — fierce and bold. His tribe would produce warriors and leaders, including King Saul.
After speaking over all his sons, Jacob gives final instructions to be buried with his fathers in the cave of Machpelah.Then, having finished his purpose, Jacob gathers his feet into the bed and yields up the ghost, ending his journey in faith.
Genesis 49 reminds us• God sees the future clearly• Our choices shape outcomes• God’s promises move forward despite human weakness• The Messiah was promised long before He came
God’s plan continues — from Jacob to Christ.
#Genesis49 #Jacob Blesses HisSons #BibleTruth #GodsPromises #OldTestament #Messiah #KJV #FaithJourney
See less
याकूबले आफ्ना बाह्र छोराहरूलाई आशीर्वाद दिएका
1तब याकूबले आफ्ना छोराहरूलाई बोलाएर भने, तिमीहरू यहाँ जम्मा होओ, र पछिल्ला दिनहरूमा तिमीहरूमाथि के आइपर्नेछ सो म भनूँला।
2हे याकूबका छोरा हो,
जम्मा भएर सुन,
तिमीहरूका बुबा इस्राएलले भनेका सुन।
3रूबेन, तँ मेरो जेठो छोरो होस्,
मेरो शक्ति र मेरो बलको पहिलो फल,
गौरव र शक्तिमा सर्वप्रमुख।
4पानीजस्तो चञ्चल तँ,
तेरो प्रतिष्ठा कायम रहनेछैन,
किनभने तेरा बुबाको पलङ्गमा तँ चढ़िस्,
र त्यो अशुद्ध पारिस्—
तँ मेरो ओछ्यानमा चढ़िस्!
5शिमियोन र लेवी दाजुभाइ हुन्,
तिनका तरवार नै उपद्रवका हतियार हुन्,
6ए मेरो प्राण, तिनीहरूको सभामा नआइज,
तिनीहरूको सङ्गतमा नलाग्,
किनकि आफ्नो रीसमा तिनीहरूले
मानिसहरूलाई मारेका छन्,
तिनीहरूले आफूखुशी गरेर
गोरुहरूका ढोड़नसा काटेका छन्।
7तिनीहरूको रीसमाथि श्राप परोस्,
किनभने त्यो भयानक छ,
र तिनीहरूका क्रोधमाथि,
किनकि त्यो निष्ठुर छ।
तिनीहरूलाई म याकूबमा छिन्न-भिन्न पार्नेछु,
र इस्राएलमा तितरबितर पार्नेछु।
8ए यहूदा, तेरा दाजुभाइहरूले
तेरो प्रशंसा गर्नेछन्,
तेरो हातले तेरा शत्रुहरूका गर्दन पक्रनेछ,
तेरै बुबाका छोराहरू तेरो सामुन्ने निहुरिनेछन्।
9यहूदा सिंहको डमरु हो।
ए मेरो छोरो, शिकारबाट तँ आएको छस्,
त्यो निहुरिन्छ, र सिंहझैँ लेटिरहन्छ,
अँ, सिंहनीझैँ— कसले त्यसलाई उठाउने आँट गर्छ?
10यहूदाको हातबाट राजदण्ड हट्नेछैन,
राज्य चलाउनेको लाठी त्यसका खुट्टाका बीचबाट हट्नेछैन,
जबसम्म त्यसका मालिक आउँदैनन्।
र जातिहरू उहाँको आज्ञाकारी बन्नेछन्।
11त्यसको गधालाई दाखको बोटमा,
र गधाको बछेड़ोलाई चाहिँ
उत्तम जातको हाँगामा बाँध्नेछ।
त्यसले आफ्ना लुगाहरू दाखमद्यमा,
आफ्ना पोशाक अङ्गूरको रसमा धुनेछन्।
12त्यसका आँखा दाखमद्यभन्दा गाढ़ा,
र त्यसका दाँत दूधभन्दा सेता हुनेछन्।
13जबूलूनको वास समुद्रको किनारमा हुनेछ,
जहाजहरूका निम्ति त्यो बन्दरगाह हुनेछ,
र त्यसको सिमाना सीदोनसम्म हुनेछ।
14इस्साखार बलियो गधा हो,
जो दुई भारीहरूका बीचमा लेटिरहन्छ।
15आफ्नो विश्रामको ठाउँ असल रहेछ,
र त्यसको देश रमाइलो रहेछ भन्ने त्यसले देखेपछि,
त्यसले भारी बोक्नलाई आफ्नो काँध झुकाउनेछ,
र बेगारीको काम गर्न मान्नेछ।
16इस्राएलका कुलमध्येको एक भएर
दानले आफ्ना मानिसहरूका निम्ति न्याय गर्नेछ।
17दानचाहिँ बाटोमा भएको एउटा सर्प,
र गोरेटोमा भएको विषालु साँप हुनेछ,
जसले घोड़ाका कुर्कुच्चा डस्छ,
र त्यसको घोड़चढ़ीचाहिँ पछिल्तिर लोट्छ।
18“हे प्रभु, मैले तपाईंको उद्धारको प्रतीक्षा गर्दैआएको छु।
19“गादमाथि एक दलले आक्रमण त गर्नेछ,
तर त्यसले तिनीहरूलाई उल्टा खेद्दै हमला गर्नेछ।
20“आशेरबाट उत्पन्न हुने अनाजहरू उत्तम हुनेछन्,
र त्यसले राजकीय खाना बाँड़िदिनेछ।
21नप्ताली फुकाइएकी मुडुली-मृग हो,
जसले सुन्दर-सुन्दर पाठा-पाठी बियाउँछे।
22योसेफ फलले लटरम्म भएको एउटा लहरा हो,
पानीको मूलनेर भएको फल दिने लहरा,
जसका हाँगाहरू पर्खाल माथि-माथि फैलिन्छन्।
23धनुर्धारीहरूले त्यसलाई ज्यादै दु:ख दिए,
त्यसमाथि काँड़ चलाए,
र त्यसको खेदो गरे।
24तैपनि त्यसको धनु दह्रो नै रह्यो,
र त्यसका पाखुराहरू फूर्तिलै रहे,
याकूबका परमशक्तिशालीको हातद्वारा,
ती गोठाला, इस्राएलको चट्टानद्वारा,
25अर्थात् तेरा बुबाका परमेश्वर, जसले तँलाई सहायता गर्नुहुन्छ, सर्वशक्तिमान्, जसले तँलाई आशिष् दिनुहुन्छ— माथि स्वर्गका आशिष्हरू, तल अगाधका आशिष्हरू, स्तन र गर्भका आशिष्हरू।
26तेरा बुबाका आशीर्वाद प्राचीन पहाड़हरूका
आशीर्वादभन्दा र अनन्त डाँड़ाहरूका
आशिष्भन्दा प्रबल छ।
ती सबै योसेफको शिरमा होऊन्,
त्यसका दाजुभाइहरूमध्येका प्रधानको शिरैमा।
27“बेन्यामीन त एउटा फहराउने ब्वाँसो हो,
बिहानचाहिँ ल्याएको शिकार त्यसले खान्छ,
र बेलुकीचाहिँ त्यसले लूट बाँड्छ।”
28यी सबै इस्राएलका बाह्र कुल हुन्। आफ्ना बुबाले तिनीहरूलाई आशीर्वाद दिँदै भनेको कुरा यही हो। प्रत्येकलाई तिनले सुहाउँदो आशीर्वाद दिए।
याकूबको मृत्यु
29तब तिनले तिनीहरूलाई यो आज्ञा दिए: “म त मेरा मानिसहरूकहाँ मिल्न जान लागेको छु। हित्ती एप्रोनको खेतमा भएको ओड़ारमा मेरा पिता-पुर्खाहरूका साथमा मलाई गाड़, 30अर्थात् कनान देशमा मम्रेनेरको मक्पेलाको खेतमा भएको ओड़ार, जो अब्राहामले हित्ती एप्रोनको हातबाट खेतसमेत चिहान बनाउनलाई किनेका थिए। 31त्यहीँ नै उनीहरूले अब्राहाम र तिनकी पत्नी सारालाई गाड़ेका थिए। र त्यहीँ नै उनीहरूले इसहाक र तिनकी पत्नी रिबेकालाई पनि गाड़ेका थिए। त्यहीँ नै मैले लेआलाई गाडें। 32त्यो खेत र त्यहाँ भएको ओड़ार हित्तीहरूको हातबाट किनेको हो।”
33छोराहरूलाई यो आज्ञा दिइसकेपछि याकूबले आफ्ना खुट्टा ओछ्यानमा पसारेर आफ्नो प्राण त्यागे, र आफ्ना पिता-पुर्खाहरूसँग मिल्न गए।
BOOK OF GEN - 50
JOSEPH BURIES HIS FATHER & THE DEATH OF JOSEPHGenesis 50:1–26 (KJV)
• Joseph wept over Israel (Jacob) — a son’s deep love and honor for his father.• Israel was embalmed and Egypt mourned — Joseph had favor, and Jacob’s life was respected even in a foreign land.• Joseph asked Pharaoh to let him go and bury his father in Canaan — because Jacob made him swear.• Pharaoh agreed: “Go, and bury thy father.”• A great procession went up from Egypt — family, servants, elders, and chariots.• They mourned greatly at Abel-mizraim — a loud, public sorrow “beyond Jordan.”• Jacob was buried in the Cave of Machpelah — the family burial place promised with Abraham, Isaac, and Jacob.• After the burial, Joseph’s brothers feared Joseph would punish them.• Joseph forgave them: “Ye thought evil against me; but God meant it unto good.”• Joseph promised: “I will nourish you, and your little ones.”• Joseph lived to see generations of his family.• Before Joseph died, he spoke in faith: God will surely visit you and bring you back to the promised land.• Joseph made them swear to carry up his bones when God delivered Israel.• Joseph died at 110 years old, was embalmed, and placed in a coffin in Egypt — waiting for God’s promise to be fulfilled.
MESSAGE:Even when people hurt you, God can turn it for good.Forgiveness is power. Faith holds on to God’s promises.
#Genesis50 #Joseph #KJV #Forgiveness #GodMeantItForGood #Faith #GodsPromises #OldTestament #ScriptureTruth #BibleLessons
See less
याकूबलाई गाडेको
1योसेफ आफ्ना बुबामाथि घोप्टो परेर रोए, र तिनलाई म्वाइँ खाए। 2तब योसेफले आफ्नो सेवामा हुने वैद्यहरूलाई आफ्ना पिताको लाशमा सुगन्धित लेप मल्न लगाए। यसकारण ती वैद्यहरूले इस्राएलको लाशमा सुगन्धित लेप मले। 3यसको निम्ति चालीस दिन लागेको थियो, किनकि सुगन्धित लेप लाउन यति नै दिन लाग्थ्यो। तिनको निम्ति मिश्रीहरूले पनि सत्तरी दिन शोक मनाए।
4तिनको निम्ति शोक मनाउने दिन बितेपछि योसेफले फारोका भारदारहरूसँग यसरी कुरा गरे, “यदि तिम्रो निगाह ममाथि छ भने कृपा गरी यो मेरो कुरा फारोकहाँ लगिदेओ। 5मेरा बुबाले मलाई यसो भनेर शपथ खान लाउनुभयो: ‘म मर्न लागेको छु। कनान देशमा म आफैले खनेर बनाएको मेरो चिहानमा मलाई गाड्नू।’ यसकारण कृपा गरी गएर मेरा बुबालाई त्यहीँ गाड़ेर फर्किआउन पाऊँ।”
6फारोले जवाफ दिए, “तिमीलाई उनले शपथ खान लाएबमोजिम गएर तिम्रा बुबालाई गाड़।”
7यसैले आफ्ना बुबालाई गाड्न योसेफ गए। तिनका साथमा फारोका सारा अधिकारीहरू, उनका भारदारहरू र मिश्रका सबै मुख्य मानिसहरू, 8साथै योसेफका परिवारका सबै र तिनका दाजुभाइहरू र तिनका बुबाका परिवारका सबै गए। केवल तिनीहरूका बालबच्चा, तिनीहरूका बगाल र बथानहरू गोशेन प्रदेशमा नै छोड़िएर रहे। 9तिनका साथमा रथहरू र घोड़चढ़ीहरू पनि गए। त्यो एउटा ठूलो मलामीको समूह थियो।
10जब तिनीहरू यर्दननेरको आतादको खलामा आइपुगे, तब तिनीहरूले साह्रै अफसोस गरेर रुवाबासी गरे। अनि त्यहाँ योसेफले सात दिनसम्म आफ्ना बुबाको निम्ति विलाप गरे। 11त्यस देशका बासिन्दा कनानीहरूले आतादको खलामा गरेको विलाप देखेर भने, “यो त मिश्रीहरूको ठूलो विलाप रहेछ।” यसकारण यर्दननेरको त्यस ठाउँको नाउँ हाबिल-मिश्रइम राखियो। त्यो यर्दन पारिपट्टि छ।
12यसरी याकूबले तिनीहरूलाई आज्ञा गरेबमोजिम छोराहरूले गरे। 13तिनका छोराहरूले तिनलाई कनानसम्मै पुर्याए, र हित्ती एप्रोनसँग खेतसमेत अब्राहामले चिहान बनाउनलाई किनेको ओड़ार, अर्थात् मम्रेनेरको मक्पेलाको खेतमा भएको ओड़ारमा तिनलाई गाड़े। 14आफ्ना बुबालाई गाड़िसकेपछि आफ्ना दाजुभाइहरू र आफ्ना बुबालाई गाड्न तिनीसँग गएका सबैका साथमा योसेफ मिश्रमा फर्के।
15बुबाको मृत्यु भएको देखेर योसेफका दाजुभाइहरूले आपसमा भने, “शायद अब योसेफले हामीसँग दुश्मनी गर्नेछ, र हामीले उसलाई गरेका सबै खराबीको बदला लिनेछ।” 16यसैकारण उनीहरूले यसो भनेर योसेफकहाँ खबर पठाए, “मर्नुभन्दा अघि तपाईंका बुबाले यस्तो आज्ञा दिनुभएको थियो: 17‘तिमीहरूले योसेफलाई भन: कृपा गरी उनीहरूले तिमीसँग खराबी गरेकामा तिम्रा दाजुहरूका अपराध क्षमा गर।’ अब बिन्ती छ, कृपा गरी तपाईंका बुबाका परमेश्वरका दासहरूका अपराध क्षमा गर्नुहोस्।” उनीहरूको यस्तो कुरा सुनेपछि योसेफ रोए।
18तिनका दाजुहरू पनि आएर तिनका सामुन्ने घोप्टो परेर भने, “हेर्नुहोस्, हामी तपाईंका दास हौं।”
19तर योसेफले उनीहरूलाई भने, “नडराओ, के म परमेश्वरको स्थानमा छु र? 20तिमीहरूले मेरो विरुद्धमा हानि गर्ने विचार गरेका थियौ, तर परमेश्वरले त्यही कामद्वारा भलाइ गर्ने विचार गर्नुभयो, ताकि जसरी आज भइरहेको छ त्यसरी नै धेरै जना मानिसहरू बाँचिरहून्। 21यसकारण नडराओ, तिमीहरूलाई तिमीहरूका बालबच्चासमेत म पालनपोषण गर्नेछु।” यसरी तिनले उनीहरूलाई ढाड़स र सान्त्वना दिए।
योसेफको मृत्यु
22योसेफ र तिनका बुबाका परिवारहरू मिश्रमै बसे, र योसेफ एक सय दश वर्षसम्म बाँचे। 23योसेफले एफ्राइमको पनातिसम्म पनि देखे। मनश्शेका छोरा माकीरका भर्खर जन्मेका बालबच्चा पनि योसेफकै घुँड़ामा राखिए।
24तब योसेफले आफ्ना दाजुभाइहरूलाई भने, “मेरो मर्ने बेला भयो, तर परमेश्वरले निश्चय नै तिमीहरूको हेर-विचार गर्नुहुनेछ, र उहाँले अब्राहाम, इसहाक र याकूबसित शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशमा यस देशबाट तिमीहरूलाई लैजानुहुनेछ।” 25अनि योसेफले इस्राएलका सन्तानलाई शपथ खान लाएर भने, “परमेश्वरले तिमीहरूको हेर-विचार गर्नुहुनेछ, र त्यो बेला तिमीहरूले मेरा अस्थिहरू यहाँबाट लैजानू।”
26यसरी योसेफ एक सय दश वर्षको भएर मरे, र उनीहरूले तिनको लाश सुगन्धित लेप मलेर बाकसमा हालेर मिश्रमा नै राखे।
BOOK OF GEN
BOOK OF GEN
BOOK OF GEN
Welcome to the foundational story of everything. Discover the profound truths within the book of Genesis and how they shape our understanding of creation and our relationship with God. Our mission at SIMON THAPA is to help all nations understand the Bible and walk closely with its divine wisdom.

Understanding the Bible, beginning with creation
The book of Genesis is the starting point for understanding the entire biblical narrative. It reveals the extraordinary account of creation, the fall of humanity, and the early history of God's covenant with His people. We believe that understanding Genesis is crucial for anyone seeking a deeper connection with God and His plan for the world.

A message for all nations
Our teachings from Genesis are intended for everyone, regardless of background or nationality. SIMON THAPA is dedicated to reaching all nations, sharing the timeless wisdom found in this pivotal book. We invite you to join our teaching community in Decatur, GA, where we foster a deeper understanding of God's word.

Walk with God through His creative power
Genesis uniquely highlights God's power as the Creator. By studying this book, you can witness the majesty of His design and draw closer to Him. Our ultimate desire is for you to not only understand the Bible but to integrate its teachings into your life, fostering a continuous and meaningful walk with God. Let the story of creation inspire your journey.